पुनरुत्थान पहिलो फल: तपाईंको लागि जीवन

हामी हिन्दू पात्रो अनुसार अन्तिम पूर्णिमाको दिन होलीको उत्सव मनाउँछौं। यसको चन्द्र–सौर उत्पत्तिको साथ, होली पश्चिमी क्यालेन्डरको वरिपरि घुमिरहन्छ, जसको कारण यो सामान्यतया मार्चमा वसन्तको आगमनको आनन्दमय उत्सवको रूपमा आउँछ। यद्यपि धेरैले होलीको उत्सव मनाउँछन् , तथापि केहीलाई मात्र थाहा छ कि यो प्रथम फलको चाड, र यसपछि मनाइने ईस्टर अर्थात पुनरुत्थानको समानान्तर पाइने एक चाड हो । यी उत्सवहरू वसन्त ऋतुको पुर्ण चन्द्रमाहरूमा आधारित हुन्छन् , र यसैले प्राय: आपसमा मिल्दछन्।

होलीको उत्सव

मानिसहरूले होलीलाई वसन्त ऋतुको उल्लासपूर्ण उत्सव, प्रेमको उत्सव, वा रंगहरूको उत्सवको रूपमा मनाउँछन्। यस उत्सवलाई मनाउनुको मुख्य उद्देश्य वसन्त ऋतुको सुरुवाती फसलको कटनी हो। परम्परागत साहित्य, होली प्रचुर मात्रामा वसन्त ऋतुको फसल कटनी उत्सवको रूप मा चिनिन्छ।

होली पनि खराबी मा राम्रोको विजयीको उत्सव हो। होलिका दहनको साँझ पछि, होली (वा रंगवाली होली, धुलेटी, धुलंडी, वा फगवा) अर्को दिनसम्म चलिरहन्छ।

मानिसहरूले एक अर्कालाई रंग लगाएर होली मनाउँछन्। तिनीहरूले पानीको बन्दुक र पानीले भरिएको बेलुनहरूले एक अर्कालाई भिजाउँछन् र उनीहरुलाई रंगाउन पनि प्रयोग गर्दछन्। यो पानीको लड़ाई जस्तो छ, तर रंगीन पानीको साथ। यो निष्पक्ष साथ, साथी वा अपरिचित, धनी वा गरीब, पुरुष वा महिला, बच्चाहरू वा वृद्धहरू बीच खेलिन्छ। रंग असाधारण रूपमा खुला सडकहरु, पार्कहरु, मन्दिरहरु र भवनहरूको बाहिर एक अर्कामा हालिन्छ। फरक फरक समूहहरूले ड्रम र संगीत वाद्ययन्त्र बोक्छन्, ठाउँ-ठाउँमा जान्छन्, गाउँछन् र नाच्छन्। साथी र दुश्मनहरू एक अर्कामा रंगीन पाउडर फ्याँक्न एक साथ आउँदछन्, हास्छन्, कुराकानी गर्दछन्, त्यसपछि होलीका स्वादिष्ट पदार्थहरू, खाना र पेय पदार्थहरू एक अर्कामा साझा गर्छन्। ढिलो बिहानसम्म, सबैजना रंगको चित्रकारी ले भरिएको देखिन्छन्, त्यसैकारणले यसको नाम “रंगहरूको उत्सव”भएको हो।

सायद होली को सबैभन्दा अनौंठो विरोधाभास सामाजिक भूमिकामा उल्टो हुनु हो। एक शौचालय सफाई गर्ने वाला एक कर्मचारीले एक ब्राह्मण मानिसलाई रंग हाल्न सक्दछ तर यो चाडको भूमिकामा उल्टो हुनुको एक सामाजिक हिस्सा हो। परम्परागत अभिव्यक्तिहरू जसमा आमाबाबु र बच्चाहरु, भाईबहिनीहरु, छिमेकीहरू, र विभिन्न जातजातिहरू बीच प्रेम र सम्मान सबै यसमा विपरीत पाईन्छ।

होली सम्बन्धी पौराणिक कथा

होली सम्बन्धी धेरै पौराणिक कथाहरु पाइन्छ। होलिका दहनबाट जारी रहेको कथाले राजा हिरण्यकशिपुको भाग्यको बखान गर्दछ, जस्मा आफ्नो विशेष शक्तिहरूले प्रह्लादलाई मार्ने योजना बनाए। तर उसले उनलाई कुनै पनि तरिकाले मार्न सकेन: न मनुष्य द्वारा वा न जनावर द्वारा,न घर भित्र वा न सडकमा, न दिनमा वा न रातमा, न प्रक्षेपणद्वारा वा न  हात हतियारहरूले, न जमीनमा , न पानीमा वा हावामा। प्रह्लादलाई जलाउने होलिकाको प्रयास असफल भएपछि, विष्णु नरसिंहको रूपमा,हिरण्यकश्यपुलाई महलको प्रवेसद्वारको ढोकामा (जो न त घर भित्र थियो वा न त बाहिर ) , साँझमा (न दिनमा वा न रातमा),आधा मानव र आधा सिंह (जो न मानव थियो न पशु),उनलाई आफ्नो काखमा (न त भूमिमा, न पानी र हवामा) राख्दै आफ्नो लामो तिखो नग्राले ( जो न हातहतियारले न प्रक्षेपणले) मारे। यस प्रकार कथामा होलीले खराबी माथि राम्रोको उत्सव मनाउँछ।

त्यस्तै गरी, प्रथम फलले विजयको उत्सव मनाउँदछ, तर दुष्ट राजामाथि होइन, तर स्वयं मृत्यु माथि। सुसमाचारले वर्णन गर्दछ कि पहिलो फल, जुन अहिले इस्टर संडे अर्थात पुनरुत्थानको आइतवार भनेर चिनिन्छ, यसले स्पष्ट गर्दछ, की यसले तपाईं र मलाई नयाँ जीवन प्रदान गर्दछ।

प्राचीन हिब्रू वेद चाडहरू

हामीले गत सप्ताह येशूको दैनिक घटनाहरू अनुसरण गरेका छौं। सप्ताहाको सातौं दिन, शबाथको दिनमा मृत्युमा आराम गर्दै , उहाँ एक पवित्र यहूदी चाड निस्तार चाडमा क्रूसमा टाँगिनुभएको थिए। परमेश्वरले यी पवित्र दिनहरूको धेरै अघि हिब्रू वेदमा स्थापना गर्नुभएको थियो। ती निर्देशनहरूमा हामी पाउँछौँ :

रमप्रभुले मोशालाई भन्नुभयो,
2 “इस्राएलका मानिसहरूलाई भन तिमीले परमप्रभुले रोज्नु भएका चाडहरूलाई पवित्र पर्वहरू भनी घोषणा गर। ती विशेष पवित्र दिनहरू यी नै हुन्
3 “छ दिनसम्म काम गर, सातौं दिन विश्राम मानिनेछ र त्यस दिन विशेष विश्रामको दिन, एक पवित्र सभाको दिन हुनेछ। त्यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नु। तिमीहरूको सब घरमा यस दिनलाई परमप्रभुको विश्राम मानिन्छ।
4 “यी सब परमप्रभुद्वारा तोकिएका चाडहरू हुन्, तिमीले यी दिनहरूलाई पवित्र सभा भनी घोषणा गर्ने छौ।
5 परमप्रभुको निस्तार पहिलो महीनाको चौधौं दिनको साँझमा शुरू हुन्छ।

लेवी २३: १-५

के यो कुरा चाखलाग्दो छैन कि येशू क्रूसमा टाँगिनुभएको र मर्नुभएको यी दुवै पवित्र चाडको दिन घटेको थियो जो कि १५०० वर्ष अघि निर्धारित गरिएको थियो ।

किन? यसको मतलब के हो?

येशू क्रूसमा झुण्डाएको घटना (दिन ६) मा थियो र उहाँ मृत्युमा विश्राम गर्नु सबाथ (दिन ७) मा घटेको थियो

प्राचीन हिब्रू वेद चाडपर्वको साथ अगाडि बढिरहन्छ। निस्तार र शबाथ पछि अर्को चाड “पहिलो फल” थियो । हिब्रू वेदले यसको लागि यी निर्देशनहरू दिए।

हिब्रू पहिलो फल उत्सव

९.परमप्रभुले मोशालाई भन्‍नुभयो, १०.“इस्राएलीहरूलाई भन्‌: ‘मैले तिमीहरूलाई दिने देशमा पुगेर जब त्‍यहाँको बाली काटौला, तब तिमीहरूले आफ्‍नो बालीको पहिलो उब्‍जनीको एक बिटा पूजाहारीकहाँ ल्‍याउनू। ११. त्‍यो ग्रहण हुनलाई तिनले त्‍यो बिटा परमप्रभुको सामुन्‍ने डोलाऊन्‌। शबाथको भोलिपल्‍ट पूजाहारीले त्‍यो डोलाऊन्‌।

लेवी २३:९-११  

14 तिमीहरूले परमप्रभुलाई नयाँ फसल उपहार नचढाएसम्म तिमीहरूले रोटी, भूटेको अन्न, अथवा ताजा अन्नहरू खानु हुदैन। तिमीहरू जहाँ बसे पनि यी नियमहरू पुस्ता पुस्तासम्म चलि रहनेछन्।

लेवी २३:१४

निस्तार चाडको ‘विश्राम दिनको दोस्रो दिन ‘ पछिको दिन एक तेस्रो पवित्र चाड, पहिलो फल थियो। प्रत्येक वर्ष यस दिनमा प्रधान पुजारी पवित्र मन्दिरमा प्रवेश गर्थे र पहिलो वसन्त अन्नको फसल परमप्रभुलाई चढाउन। होलीलाई जस्तै, यसले जाडो पछि नयाँ जीवनको सुरुवातलाई संकेत गर्दै मानिसहरूलाई प्रशस्त फसलतिर हेर्दै सन्तुष्टिका साथ खानलाई सक्षम बनाउँछ।

यो शबाथको ठीक भोलिपल्ट हो जब येशू मृत्युमा विश्राम लिनुभयो, नयाँ सप्ताहको आइतबार, नीसान १६ हो। सुसमाचारको पुस्तकले लिपिबद्ध गर्दछ की त्यस दिन के भएको थियो जब प्रधान पुजारी मन्दिरमा “जीवनको पहिलो फल” चढाउँदै थिए।

येशू मरेकाहरूबाट उठ्नुभयो

प्ताको पहिलो दिन सखारै येशूको शरीर राखिएको चिहानमा आइमाईहरू आए। तिनीहरूले तयार पारेको सुगन्धित मसालाहरू ल्याए।
2 चिहानको प्रवेशद्वार बन्द गर्नलाई एउटा ठूलो ढुङ्गा राखिएको थियो। तर तिनीहरूले त्यो ढुङ्गा चिहानदेखि कतै गुड्याइ पठाएको पाए।
3 तिनीहरू भित्र पसे तर प्रभु येशूको शरीर देखेनन्।
4 जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, दुइजना मानिसहरू अति नै उज्यालो पहिरनमा तिनीहरूको समिपमा उभिए।
5 ती स्त्रीहरू अत्यन्त डरए, तिनीहरूले आ-आफ्ना शीर निहुराए। ती दुइ मानिसहरूले ती स्त्रीहरूलाई भने, “जीउँदो मानिसहरूलाई तिमीहरू किन मरकोहरूको माझमा खोजिरहेकाछौ?
6 येशू यहाँ छैन्न। उहाँ मृत्युबाट बौरी उठ्नु भएकोछ। उहाँले गालीलमा तिमीहरूलाई भन्नु भएको कुरा थाहा छ?
7 उहाँले भन्नु भएकोछ मानिसको पुत्रलाई पापीको हातमा सुम्पिइनेछ, क्रूसमा टाँगिनेछ, अनि मरेको तेस्रो दिन बौरी उठ्नेछ।”
8 तब ती स्त्रीहरूले येशूले के भन्नु भएको थियो सम्झना गरे।
9 ती स्त्रीहरूले चिहान छोडे अनि एघारजना प्रेरितहरू र अरू चेलाहरू भएकहाँ गए अनि सबै यी घटनाहरू बारे तिनीहरूले भने।
10 ती स्त्रीहरू मरियम मग्दलिनी, यूहन्ना र याकूबकी आमा मरियम र अरू स्त्रीहरू थिए। तिनीहरूले ती प्रेरितहरूलाई भएका सबै घटनाहरू सुनाए।
11 तर प्रेरितहरूले ती स्त्रीहरूले तिनीहरूलाई भनेका कुरालाई फोस्रा सम्झेर पत्याएनन्।
12 तर पत्रुस जुरूक्कै उठ्‌यो अनि चिहान तिर दगुरयो। त्यो निहुरियो अनि हेरयो। सुतीको लुगा जुन येशूको शरीर लपेटिएको थियो त्यो वाहेक उसले केही देखेन। जे भएको थियो त्यस विषयमा अन्योलमा पर्दै त्यो घर गयो।
13 त्यसै दिन येशूका दुइजना चेलाहरू इम्माउस नाउँ गरेको शहर गइरहेका थिए। यो ठाउँ यरूशलेमदेखि प्राय:साढे तीन कोश टाढा पर्थ्यो।
14 तिनीहरूले घटेका ती सब घटनाहरू बारे कुरा गरिरहेका थिए।
15 जब तिनीहरू यी कुराहरू गरिरहेका थिए, येशू आफै तिनीहरूको नजिक आउनुभयो अनि तिनीहरूसंगै हिंडनु भयो।
16 तर ती दुई जनालाई येशूले चिन्नु दिनु भएको थिएन।
17 त्यसपछि येशूले भन्नुभयो, ‘तिमीहरूले हिंड्दै गर्दा के विषयमा बात गरेको हो?”ती दुइजना रोकिए। तिनीहरूको अनुहार दुःखी देखियो।
18 तिनीहरू मध्ये एकजना क्लेओपास नाउँ भएकोले भने, “यरूशलेमको एकजना मानिस यरूशलेममा घटेको घटनाहरू बारे नजान्ने मानिस सायद तिमी मात्र हौ कि?”
19 येशूले तिनहरूलाई भन्नुभयो, “कस्तो घटनाहरू?” तिनीहरूले उहाँलाई भने, “यो नासरतको एकजना मानिस येशूको विषयको कुरो हो।” उहाँले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले देखाउनु भयो कि उहाँ एकजना महान अगमवक्ता हुनु हुन्थ्यो।
20 तर हाम्रो मुख्य पूजाहारीहरू अनि नेताहरूले उहाँलाई मृत्यु दण्ड दिनु औ क्रूसमा टगाउँन सुम्पिए।
21 हामीले आशा गरेका थियौ कि उहाँ नै एक जना हुनुहुन्थ्यो जसले इस्राएललाई मुक्त गराउँनु हुँदै थियो। तर यी सब घटनाहरू घटे। यी सब घटना घटेको आज तेस्रो दिन हो।
22 तब आज हाम्रा केही स्त्रीहरूले हामीलाई आश्चर्यचकित कुराहरू भने। बिहानै उठेर ती स्त्रीहरू येशूलाई राखिएको चिहानमा गएका थिए।
23 तर तिनीहरूले उहाँको शरीर त्यहाँ पाएनन्। तिनीहरू फर्के अनि तिनीहरूले दुइजना स्वर्गदुतहरूको दर्शन पाएको कुरा बताए। स्वर्गदूतहरूले भने कि येशू जीवित हुनुहुन्छ!
24 त्यसछि हाम्रा केही मानिसहरू पनि चिहानमा गए। ती स्त्रीहरूले भने झैं चिहान खाली थियो। तिनीहरू कसैले येशूलाई देखेनन्।”
25 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मूर्ख हौ अनि अगमवक्ताहरूले भनेका प्रत्येक कुराहरू विश्वास गर्न ढिलो गरयौ।
26 ती अगमवक्ताहरूले भनी सकेका थिए कि ख्रीष्टलाई उहाँको महिमा भित्र पस्नु यी सब कुराहरू भोग्नु आवश्यक थियो।”
27 त्यसपछि येशूले धर्मशास्त्रमा मोशा देखि लिएर अन्य जम्मै अगमवक्ताहरूद्वारा जे लेखिएको थियो प्रत्येक कुरो बताउनु शुरू गर्नु भयो। धर्मशास्त्रहरूमा उहाँ आफ्नो विषयमा जे लेखिएको थियो उहाँले बताउनु भयो।।
28 जब तिनीहरू इम्माउस छेउ पुगे अनि येशूले वहाना गर्नु भयो कि उहाँ त्यहाँबाट अझै अधि जानुछ।
29 तर तिनीहरूले उहाँलाई यसो भन्दै अनेक बिन्ती गरे, “हामीसितै बस्नुहोस्, दिन धेरै बिती सक्यो प्रायः रात परि सक्यो!”तब उहाँ तिनीहरूसंग बस्नु राजी हुनु भयो।
30 येशू जब मेचमा उनीहरूसंग बस्नु भयो उहाँले केही रोटीहरू लिनु भयो अनि त्यसको निम्ति धन्यवाद दिनु भयो। तब तिनले त्यो टुक्रा पार्नु भयो अनि तिनीहरूलाई दिनुभयो।
31 त्यस बेला तिनीहरूको आँखा खोलियो अनि तिनीहरूले येशूलाई चिन्न सके तर उहाँ तिनीहरूबाट विलिन हुनु भयो।
32 ती दुइजना आपसमा बात मारे, “जब येशू बाटामा हामीसंग बात गर्नु हूँदै थियो, हामीभित्र आगो जलिरहेको अनुभव गरेका थियौं। यो साँच्चै रोमाँचित भइरहेको थियो जति वेला उहाँले हामीलाई धर्मशास्त्रको साँचो अर्थ खोलिरहनु भएको थियो।”
33 तब ती दुइजना जुरूक्क उठे अनि यरूशलेमतिर र्फकिए। तिनीहरूले एघार जना प्रेरितहरू र अरू एक साथ ठाउँमा भेला भएका भेटे। ती एघार चेलाहरू र तिनीहरूसंग भएका अरू मानिसहरूले भने,
34 “प्रभू येशू साँच्चै नै मृत्युबाट बौरी उठ्नु भएकोछ अनि उहाँ शिमोनको अघि देखा पर्नु भयो।”
35 त्यसपछि ती दुइजनाले बाटोमा जे भएको थियो सुनाए। तिनीहरूले भने, उहाँले रोटी टुक्रा पार्दा कसरी येशूलाई चिने।
36 जब ती दुइजना मानिसले यी कुराहरू गर्दै थिए, येशू आफै चेलाहरूको माझमा उभिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।”
37 तर चेलाहरू अचम्मित भए अनि डराए। तिनीहरूले प्रेत देखिरहेछन् भन्ने पनि सोचे।
38 तर उहाँले भन्नुभयो, “तिमीहरू विचलित हुन्छौ? तिमीहरूले देखेकै कुरामा किन शंका गर्छो?
39 मेरा हात र खुट्टाहरू हेर। म सत्य हुँ। मलाई स्पर्श गर। हेर, मेरो मासु र हड्डी छ। एक भूतको शरीर र हड्डी हुँदैन।
40 तब येशूले आफ्ना हात-खुट्टाहरू देखाउनु भयो।
41 तिनीहरू अत्यन्तै खुशी भएको कारणले अझ विश्वास गर्न सकेन्न्। तिनीहरू अचम्भित भए। येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूसित यहाँ खाने कुरा छ?”
42 तिनीहरूले एकटुक्रा पकाएको माछा उहाँलाई दिए।
43 त्यो लिनु भयो अनि तिनीहरूको अघि खानु भयो।
44 उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ मैले के भने त्यो सम्झना गर। मैले भने, मोशाको व्यवस्थामा अगमवक्ताहरूको पुस्तकमा मेरो विषयमा भनिएको अनि भजनसंग्रहमा भनिएका प्रत्येक कुरा पूरा हुनेछ।”
45 त्यसपछि उहाँले धर्मशास्त्रहरूमा लेखिएका सबै कुराहरू बुझन मन खोली दिनु भयो।
46 उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएकै छ कि ख्रीष्टलाई मारिनेछ अनि तेस्रो दिनमा उहाँ बौरी उठनु हुनेछ।
47 तिमीहरूले यी सबै घटना देख्यौ, तिमीहरू नै साक्षी छौं। तिमीहरू जानु पर्छ अनि सबै मानिसहरूमा प्रचार गर कि तिनीहरूको पापहरू क्षमा गर्न सकिन्छ। तिनीहरूलाई भनिदेऊ कि तिनीहरूले आफ्नो हृदय परिवर्तन गर्नै पर्छ अनि आफ्ना पापहरूको दुःख प्रकट गरून्। यरूशलेमबाट शुरू गरेर मेरो नाममा यी कुराहरू प्रचार गर। सारा संसारका मानिसहरूमा यो सुसमाचारहरू सुनाउनै पर्छ।

लूका २४:१-४८

पहिलो फल सम्बन्धी येशूको विजय

येशू ‘पहिलो फल’ को पवित्र दिनमा मृत्युको माथि विजयी हुनुभयो , यो घटना जसमा दुश्मन र उनका चेलाहरू दुवैले असम्भव ठान्थे। होलीले खराबीमाथि भलाइको विजयको उत्सव मनाउने क्रममा, यस दिन येशूको जीत असलको विजय थियो।

54 यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिनछः“मृत्यु विजयमा निलिएको छ।”
55 “हे मृत्यु! तेरो विजय कहाँ छ? चिहान! तेरो विषदन्त शक्ति कहाँ छ?”
56 मृत्युको बिषदन्त नै पाप हो। अनि पापको शक्ति नियम हो।

कोरिन्थी १५:५४-५६

जब हामी होलीलाई उल्टो भूमिकाको माध्यमबाट मनाउँछौं, यो ‘पहिलो फल’ ले सबैभन्दा ठूलो भूमिका उल्टो बनायो। पहिले मृत्युको मानिस जाति माथि पूर्ण अधिकार थियो। अब येशूले मृत्युमाथि विजय पाउनुभएको छ । उहाँले त्यो शक्तिलाई उल्टाउनुभएको थियो। जस्तो कि नरसिंहले हिरण्यकशिपुको शक्तिको बिरूद्ध एक सुरुवात पाएका थिए,येशू पाप बिना मर्नुभएर, एउटा अजेय मृत्युलाई हराउनको लागि ढोका खोलिदिनुभयो।

तपाईं र मेरो लागि विजय

तर यो केवल येशूको लागि एक विजय थिएन। यो तपाईं र मेरो लागि पनि पहिलो फलको साथ घट्ने वाला यसको समयको ग्यारेन्टी दिँदै विजय हो। बाइबलले यसो भन्छ:

20 तर वास्तवमा ख्रीष्ट मृत्युबाट बौराइनु भएको थियो-मृत्युमा निदाएका ती सबै विश्वासीहरू मध्ये उहाँ प्रथम बौराइएको हुनु हुन्छ।
21 एउटा मानिसको कारण्ले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिस को कारणले पनि मृत्युबाट बौराई आयो।
22 आदममा जम्मै मानिसहरू मरे त्यसरी नै ख्रीष्टमा हामी सबै फेरि जीवित तुल्याइनछौं।
23 तर हरेक मानिसलाई उचित क्रमले जीवनमा बौराइन्छ। बौरीनेहरूमा ख्रीष्ट प्रथम हुनुहुथ्यो। त्यसपछि जब ख्रीष्ट आउनु हुन्छ, ख्रीष्टमा हुने सबै मानिसहरूलाई फेरि बौराइनेछ।
24 अनि तब अन्त आउनेछ। ख्रीष्टले जम्मै शासकहरूलाई, अधिकारीहरूलाई र शक्तिलाई नष्ट पार्नु हुनेछ। तब उहाँले पिता परमेश्वरको हातमा राज्य सुम्पनु हुन्छ।
25 जब सम्म परमेश्वरले जम्मै शत्रुहरूलाई ख्रीष्टको पाउमुनि दवाएर राख्नु हुँदैन त्यतिज्जेल सम्म ख्रीष्टले राजाले झैं शासन चलाउनु पर्छ।
26 नष्ट गरिनु पर्ने शत्रुहरूमा मृत्यु अन्तिम हुनेछ।

कोरिन्थी १५:२०-२६

येशूले पहिलो फलमा पुनरुत्थान हुनुभयो त्यसैले हामी जान्न सक्छौं कि उहाँ हामीलाई मृत्युबाट पुनरुत्थानमा सहभागी हुन आमन्त्रित गर्नुहुन्छ। जसरी पहिलो फल पछि ठूलो फसलको आशा नयाँ वसन्तमा गरिन्छ, त्यस्तै येशू ‘पहिलो फल’ को दिन जिउँदो भई उठ्नु पछि हुने पुनरुत्थानको आशा राख्नु हो, जो उहाँको लागि हुन्छ जुन उहाँसँग सम्बन्धित छ।

वसन्त बीज …

वा यस तरीकाले सोच्नुहोस्। दिन –१ मा येशूले स्वयं आफूलाई ‘बीज’ भनेर भन्नुभयो। जसरी होली वसन्त ऋतुमा बीउबाट नयाँ जीवनको अंकुरित हुनुले उत्सव मनाइन्छ, त्यस्तै होलीले येशूको नयाँ जीवनलाई पनि औंल्याउँदछ, जुन “बिउ” हो वसन्त ऋतुमा फेरि जीवित भएको थियो।

अर्को मनु …

बाइबलले मनुको अवधारणाको प्रयोग गरेर येशूको पुनरुत्थानलाई पनि व्याख्या गर्दछ। सबभन्दा प्रारम्भिक वेदहरूमा , मनु सबै मानिसजातिको पूर्वनिर्धारक थिए। हामी सबै उसका सन्तान हौं। त्यस पछि पुराणहरूले प्रत्येक कल्प वा युग( श्रद्धादेव मनु यस कल्पमा मन्वंतार हुन् ) एक नयाँ मनुलाई सम्मिलित गरेका थिए। हिब्रू वेद वर्णन गर्दछन् कि आदम यही मनु थिए, यो उनको मृतुबाट तिनको सन्तानमा पुगेकोले सम्पूर्ण मानव जातिमा मृत्यु आयो।

तर येशू अर्को मनु हुनुहुन्छ। मृत्युमा उहाँको विजयका साथ उहाँले एक नयाँ कल्पको उद्घाटन गर्नुभयो। येशूका सन्तानहरू भएको नाताले हामी पनि येशूजस्तै पुनरुत्थान भएर मृत्युमाथि यो विजयमा भाग लिनेछौं। उहाँ पहिले पुनरुत्थान हुनुभयो र हाम्रो पुनरुत्थान पछि आउनेछ। उहाँ हामीलाई नयाँ जीवनको पहिलो फलको अनुसरण गर्न आमन्त्रित गर्नुहुन्छ।

ईस्टर: त्यो आइतवारको पुनरुत्थान मनाउँदै

ईस्टर र होली दुबै रंगका साथ मनाइन्छन्

आज, हामी प्राय येशूको पुनरुत्थानलाई ईस्टर भन्छौं, र ईस्टर आइतवारले त्यस आइतवारको सम्झना गराउँदछ, जुन दिन उहाँ जीवित भई उठ्नु भएको थियो। धेरैले घर जस्तै नयाँ जीवनको प्रतीकहरू रंगेर ईस्टर मनाउँछन्। जसरी हामी होली रंगसँग मनाउँछौं, त्यसरी नै ईस्टरलाई पनि मनाउदछौ। जस्तो कि होलीले नयाँ आरम्भको उत्सव मनाउनु हो, ठीक त्यस्तै ईस्टर पनि हुन्छ। ईस्टर मनाउने खास तरिका अधिक महत्त्वपूर्ण छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने पहिलो फलहरूको पूर्तिको रूपमा येशूको पुनरुत्थान र यसबाट प्राप्त हुने लाभहरूको प्राप्त गर्नु अधिक महत्वपूर्ण हो।

हामी यसलाई सप्ताहको समयरेखामा देख्छौं:

येशूले पहिलो फल को चाडमा मृत्युबाट बौरी उठ्नुभयो – मृत्युले नयाँ जीवनको प्रस्ताव तपाईंलाई र मेरो लागि दिएको छ

गुड फ्राइडेको उत्तर दिइयो

यसले हाम्रो प्रश्न “गुड फ्राइडे” अर्थात शुभ शुक्रवार “राम्रो” किन छ भन्ने बारेमा उत्तर दिन्छ।

9 केही समयको निम्ति येशू स्वर्गदूतहरू भन्दा निम्नको बनाइनुभएको थियो। तर अहिले हामी उहाँलाई आदर र महिमाको मुकुट लगाउनु भएको देख्छौ किनकि उहाँले कष्ट भोग्नु भयो र क्रूसमा मर्नुभयो। किनभने परमेश्वरको अनुग्रहले येशूले प्रत्येक व्यक्तिका निम्ति मृत्युको अनुभव गर्नु

भयो।हिब्रू २:९

तर हामी येशूलाई देख्‍तछौं। उहाँ अलि बेरको निम्‍ति स्‍वर्गदूतहरूभन्‍दा केही तल होच्‍याइनुभयो, मृत्‍युको कष्‍टको कारण महिमा र आदरको मुकुट उहाँलाई पहिराइयो, यस हेतुले कि परमेश्‍वरको अनुग्रहद्वारा हरेक मानिसको निम्‍ति उहाँले मृत्‍युको स्‍वाद चाखून्‌।

जब येशूले ‘मृत्यु चाख्नुभयो’ उहाँले तपाईं, मेरो र ‘सबैको’ लागि त्यसो गर्नुभयो। गुड फ्राइडे अर्थात शुभ शुक्रबार ‘राम्रो’ हो किनभने यो हाम्रो लागि राम्रो थियो।

येशूको पुनरुत्थान माथि विचार गरियो

यहाँ पुनरुत्थान भएको प्रमाण दिनको लागि येशूले धेरै दिनदेखि आफूलाई मृत्युबाट जीवित देखाउनुभयो,यो यहाँ तल लिपिबद्ध गरिएको छ । तर उहाँ आफ्ना चेलाहरूसाथ पहिलो प्रकटीकरण:

… तिनीहरूलाई मूर्खता जस्तो देखिन्थ्यो

लूका २४: ११

यसको लागि येशूले यो गर्नुपर्यो:

27 त्यसपछि येशूले धर्मशास्त्रमा मोशा देखि लिएर अन्य जम्मै अगमवक्ताहरूद्वारा जे लेखिएको थियो प्रत्येक कुरो बताउनु शुरू गर्नु भयो। धर्मशास्त्रहरूमा उहाँ आफ्नो विषयमा जे लेखिएको थियो उहाँले बताउनु भयो।।

लूका २४: २७

र फेरि यसपछि:

44 उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ मैले के भने त्यो सम्झना गर। मैले भने, मोशाको व्यवस्थामा अगमवक्ताहरूको पुस्तकमा मेरो विषयमा भनिएको अनि भजनसंग्रहमा भनिएका प्रत्येक कुरा पूरा हुनेछ।”

लूका २४:४४

हामी कसरी पक्का हुन सक्छौं कि यदि यो हामीलाई अनन्त जीवन दिने परमेश्वरको योजना हो भने? केवल परमेश्वरलाई मात्र भविष्य थाहा छ। ऋषिहरूले सयौं वर्ष अघि संकेतहरू र भविष्यवाणीहरू लेखेका थिए ताकि जसद्वारा हामी पुष्टि गर्न सक्दछौं कि यदि येशूले तिनीहरूलाई पूरा गर्नुभयो भनेर…

4 तिमीहरूलाई बुझाउनको लागि जुन तिमीहरूले सिकेकाछौ त्यही कुराहरू नै सत्य हो भन्न, मैले यी कुराहरू लेखेको छु।

लूका १:४

येशूको मृत्यु र पुनरुत्थानको बारेमा जानकारीको लागि हामी खोजी गर्दछौं:

  • हिब्रू वेदले सृष्टि पछि बाट दुःख भोग सप्ताहको एक नाटकीय रूपमा देखाउँदछ ।
  • ऐतिहासिक दृष्टिकोणबाट पुनरुत्थान को प्रमाण।

     ३.पुनरुत्थानको यो जीवनको उपहार कसरी पाउने।

     ४.भक्तिमार्फत येशूलाई बुझ्नुहोस्।

      ५. रामायणको दृष्टिबाट सुसमाचार।