यो वेबसाइट केको बारेमा होइन

यो साइट खुशीको खबर वा सुसमाचारको बारेमा हो । तर तपाईँले यसबारेमा यो सोच्ने सम्भावना छ कि यो साइटको उद्धेश्य भनेको विश्वासीहरू वा ख्रिष्टियनहरूको बारेमा हो । तर तपार्इँले सोचेको जस्तो होइन । यस भिन्नताको बारेमा म तपार्इँलाई बताउँन चाहन्छु । नेपाली र उसले बोल्ने नेपाली भाषाको भिन्नता र यो भिन्नता उस्तैउस्तै हो भनी तपार्इँले सोच्नुहोला । धेरैजसो मानिसहरू जोहरूसँग मेरो घुलमिल हुन्छ, उनीहरूले पनि यी दुई एउटै हुन भनी सोच्छन् अनि मानिसहरूले यी दुई शब्दहरूलाई एकै ठाउँमा मिसाएर बुझ्ने गरेको पनि मैले सुनेको छु । तर वास्तवमा यी दुईको बीच एकदमै धेरै समान विशेषता तथा प्रभाव रहेको छ । हिन्दी भाषा हिन्दू धर्मबाट एकदमै धेरै प्रभावित भएको छ र हिन्दू धर्म समृद्व तथा विकसित भयो साथै यसलाई सामान्यतया हिन्दीमा नै व्यक्त पनि गरिन्छ । तर धेरै हिन्दीभाषीहरू पनि छन् जोहरू हिन्दु होइनन् (उनीहरूमध्ये मेरी आमा एक हुन् ), त्यस्तैगरी, हिन्दु धर्मावलम्बीहरू अरू भाषाहरू (जस्तो तमिल, मलयालम, संस्कृत आदि) मा पनि प्रार्थना तथा आराधना गर्दछन् । यद्यपि, यी दुई एकअर्कामा उस्तै विशेषता तथा प्रभाव छ—तापनि तिनीहरू एउटै भने होइनन् ।

त्यसैले यो सुसमाचार तथा इसाई विश्वाससँग सम्बन्धित रहेको छ । इसाई विश्वासमा धेरै कुराहरू, मान्यताहरू तथा प्रथाहरू रहेका छन् जुनचाहिँ सुसमाचारको भागहरू होइनन् । उदाहरणको लागि, प्रसिद्ध उत्सवहरू ख्रीष्टमस बडादिन तथा इष्टर । सम्भवत: यी दुईवटा उत्सवहरू इसाई विश्वासको सबभन्दा सुपरिचित प्रतिनिधिहरू हुन् । ती उत्सवहरू येशू ख्रीष्टको जन्म, मृत्यु तथा पुनरुत्थानको सम्झनाको निमित्त हुन् जोचाहि सुसमाचारमा पकट गरिएको देहधारी परमेश्वर हो । तर सुसमाचारको सन्देशमा या त वेद पुस्तक — बाइबलमा – कहीँ पनि यी उत्सवहरूसँग सम्बन्ध हुने कुनै पनि सन्दर्भ वा आदेश (वा कुनै कुरा) पाउँदैनौँ । मलाईँ यी उत्सवहरू मनाउँदा रमाईलो लाग्ने गर्छ र मेरा धेरै साथीहरूले पनि यसै गर्छन् जसको सुसमाचारमा कत्ति पनि इच्छा छैन । सुसमाचारको मुख्य सरोकार केमा छ भन्ने कुरासँग यी इसाई उत्सवहरू मनाउने कुराको सम्बन्ध छैन । वास्तवमा त, फरकफरक इसाई सम्प्रदायहरूको वर्षमा फरक फरक दिनहरू छन् जसमा तिनीहरू यी उत्सवहरू मनाउने गर्छन् ।

दिपावली मनाउने उत्सव पनि इसाई उत्सव होइन । यद्यपि, वेद पुस्तक—बाइबलमा – यूहन्नाको सुसमाचार यो घोषणा गर्दै प्रारम्भ हुन्छ कि येशू ख्रीष्टको देहधारणबाट यस अन्धकारले भरिएको संसारमा ज्योतिको प्रवेश भएको छ । यस उत्सवले सुसमाचारसँग एकदम राम्रो सम्बन्ध राख्छ । सारांशमा भन्दा, विश्वासीहरू उत्सव मान्ने, मीठामीठा भोजन खाने तथा निश्चित धार्मिक रीतिरिवाजहरू पालन गर्नेको रूपमा चिनिन्छन् । यस्ता कुराहरूको सुसमाचारसँग कुनै सम्बन्ध छैन ।

यद्यपि, सुसमाचार र इसाई विश्वासबीचमा समान विशेषता तथा प्रभाव रहेको छ — तापनि यी दुई एउटै भने होइनन् । साँचो कुरा त यो हो कि, पूरै बाइबलभरी “इसाई” भन्ने शब्द मात्र तीन पटक उल्लेख भएको छ, अनि पहिलोपटक उल्लेख भएको यस शब्दले सूचित गर्छ कि यो त्यो शब्द थियो जसलाई सुसमाचारको विरोधीहरूले प्रयोग गर्न प्रारम्भ गञ्यो (प्रेरित ११:२६) । वेद पुस्तक—बाइबलमा शब्द तथा धारणाको उपयोग सामान्य रूपले सुसमाचारको मार्ग र सिधा मार्ग हुनुका विवरण दिनका लागि हुन्छ अनि तिनीहरू जसले सुसमाचारको अनुसरण गर्छन् तिनीहरूलाई विश्वासी, चेला, मार्गको अनुसरण गर्ने मान्छे भनिन्छन् ।

यस साइटको लक्ष्य स्वयमंको जानकारीको खोजी गर्नु हो, कि कसरी प्राचीन ऋग्वेदको स्वतन्त्रता तथा अमरत्व, सत्यको खोज तथा आशा, साथसाथै पहिलेको हिब्रू भविष्यवक्ता वा ऋषिको अपेक्षा येशूको देहधारणमा पूर्ण भएको छ । अब हामी सबैको लागि उपलब्ध छ । यो एउटा यस्तो शिक्षा हो जसको बारेमा विचार गर्नुपर्ने हुन्छ कि चाहे एक व्यक्ति हिन्दू, मुस्लिम, ईसाइ, या अरू कुनै धर्मको — या एक व्यक्ति कुनै पनि धर्मको भक्त होइन ।

त्यसैले यो साइट ती व्यक्तिहरूका लागि हुन् जो जीवन, पाप तथा मृत्युबाट मुक्ति अनि परमेश्वरसँगको बारेमा जान्नको लागि उत्सुक हुन्छन् । सुसमाचारलाई ईसाइ विश्वासको कुनै पनि समस्या वा जटिलताबिना बुझ्नुपर्ने भएकोले हामी ईसाइ विश्वास सम्बन्धी विवादीय मुद्धाहरूलाई अन्यत्रै अरू मानिसहरूको साथमा छोड्दिन्छौँ । यस आधारमा मैले सुसमाचारलाई प्रयाप्तरूपमा चाखलाग्दो र सन्तोषजनक पाएको छु र मलाईँ लाग्छ कि मैलेजस्तै तपाईँले पनि यसलाई यस्तै पाउँनुहुनेछ ।