भक्तिको अभ्यास कसरी गर्ने?

शब्द भक्ति (Bhakti) को अर्थ संस्कृतिमा “लगाव,सहभागिता,कसै प्रतिको स्नेहा,श्रद्धा, प्रेम,उपासना, पूजा” इत्यादि हो। यो एक भक्त द्वारा एक परमेश्वरको लागि एक असीमित भक्ति र प्रेमलाई जनाउँछ। यसैले, भक्तिलाई भक्त र देवताबीचको एउटा सम्बन्ध चाहिन्छ। भक्तिको अभ्यास गर्नेलाई भक्त भनिन्छ। भक्तहरूले प्राय: आफ्नो भक्तिलाई विष्णु (वैष्णववाद), शिव (शैववाद), वा देवी (शक्तिवाद) मा निर्देशित गर्छन्। यद्यपि कोहीले भक्तिका लागि अन्य देवताहरू छान्छन् (उदाहरणका लागि कृष्ण) ।

भक्तिको अभ्यास गर्नका लागि प्रेम र उपासनाको आवश्यकता हुन्छ,जो भावना र बुद्धि दुबैलाई एक आपसमा जोड्छ। भक्ति परमेश्वरको लागि एक अनुष्ठानात्मक भक्ति मात्र होइन, तर व्यवहारमा, नैतिकता र आध्यात्मिकता समावेश गर्ने मार्गमा भाग लिन्छ। यसमा, अन्य कुराहरूको अतिरिक्त, एउटाको दिमागलाई परिष्कृत गर्ने, ईश्वरलाई चिन्ने, ईश्वरमा भाग लिने, र ईश्वरलाई आन्तरिक बनाउने काम समावेश हुन्छ। भक्तले लिने आध्यात्मिक मार्गलाई भक्ति मार्ग भनिन्छ। धेरै कविताहरु र धेरै गीतहरु परमेश्वरको भक्ति व्यक्त गर्दै वर्षौं देखि लेखिँदै र गाईदै आइएका छन्।

ईश्वरबाट भक्ति?

यद्यपि भक्तहरूले विभिन्न देवताहरूको उपासनाको लागि धेरै भक्ति गीत र कविताहरु लेखेका छन्, तथापि प्रायः लुप्त भएका केही देवताहरूले नै मनुष्यका लागि भक्ति गीत र कविताहरू लेखेका छन् । भक्तिका जुन नमूनाहरू लाई पौराणिक कथाहरु प्रस्तुत गर्दछ, ती नाश्वान मानव जीवनको लागि कहिले पनि ईश्वर भक्तिबाट सुरु हुँदैन। प्रभु राम प्रति हनुमानको भावना एक नोकर (दास्य भाव) को जस्तै छ; कृष्ण प्रति अर्जुन र वृन्दावन गोठाला केटाको मित्रता (सखा भाव) को रूपमा छ; कृष्ण प्रति राधाको प्रेम (मार्धुय भाव) छ; र यशोदा, उनको बाल्यकालमा कृष्णको हेरचाह गर्ने माताको भाव स्नेह (वात्सल्य भावना) ले भरिएको छ ।

रामाप्रति हनुमानको उपासना अक्सर भक्तिको उदाहरणको रूपमा दिईन्छ

यद्यपि यी उदाहरणहरूबाट कुनै पनि मनुष्यको लागि ईश्वर बाट दिइएको भक्तिबाट सुरूवात हुँदैन। मनुष्यको लागि ईश्वर बाट दिइएको भक्ति यति विरलै छ कि हामी कहिल्यै पनि यसको विषयमा सोच्दैनौं की यस्तो किन छ। यदि हामी एउटा यस्तो परमेश्वरको भक्ति गर्छौ जसले हाम्रो भक्तिको प्रतिउत्तर दिन सक्नुहुन्छ ,त्यसैले यो ईश्वरले हामीबाट भक्ति शुरु गर्न पर्खनु पर्दैन, किनकि ईश्वर स्वयंले नै त्यसलाई सुरु गर्न सक्नुहुन्छ।

यो भक्तिको विषयलाई यस प्रकारले हेर्नु हो, मनुष्यबाट परमेश्वरको स्थानमा परमेश्वरबाट मनुष्यसम्म, जुन हामी बुझ्न सक्छौ कि हामी स्वयं कसरी भक्तिको अभ्यास गर्नु पर्छ ।

हिब्रू गीता र ईश्वरीय भक्ति

हिब्रू वेदमा मनुष्यबाट लिएर ईश्वर सम्मको तुलनामा ईश्वर बाट लिएर मनुष्य सम्मको कविताहरू र भजनहरू पाईन्छ। यो संग्रहलाई भजनसंग्रह  भनिन्छ, जो हिब्रू गीता हो। यधपी यसलाई मानिसहरूद्वारा लेखिएको भए पनि,तथापि यसको लेखकहरूले दावी गरे कि परमेश्वरले उनीहरूको रचनाहरूलाई प्रेरणा दिनुभयो, र यसरी यो परमेश्वरको हो। तर यो कसरी सत्य हो भनेर हामी कसरी थाहा पाउने? हामी यो जान्न सक्दछौं, किनकि उनीहरूले वास्तविक मानव इतिहासलाई पहिलेबाट नै देखेका थिए र यसको लागि भविष्यबाणी गरे र हामी भविष्यवाणीहरू जाँच गर्न सक्दछौं।

उदाहरणको लागि भजनसंग्रह २२ लाई लिनुहोस्। हिब्रू राजा दाऊदले यो १००० ईसापूर्व लेखेका थिए (उनले आउँदै गरेको ‘ख्रिष्ट’ लाई पहिले नै देखेका थिए)। यो एउटा यस्तो व्यक्तिको स्तुति गाउनु हो, जसका हात र खुट्टामा यातना दिँदै ‘छेडिएको’ थियो, र त्यसपछि उहाँलाई ‘मारेर माटोमा मिलाइयो ‘ तर पछि ‘पृथ्वीका सबै राष्ट्रका मानिसहरूका ‘ लागि का भव्य विजय हासिल गर्नुभयो। प्रश्न यो हो कि उहाँ को हुनुहुन्छ?

र किन?

यसको उत्तरले हामीलाई भक्तिलाई अझ राम्ररी बुझ्न मद्दत गर्दछ।

परमेश्वरको भक्तिले भरिएको उपासनाको पूर्व–विचारको

प्रमाण भजनसंग्रह २२ द्वारा प्रमाणित गरिएको छ

तपाईं यहाँ सम्पूर्ण भजनसंग्रह २२ पढ्न सक्नुहुन्छ। तल दिईएको तालिकामा, समानताहरू देखाउनको लागि रंगले चिन्ह लगाउँदै , सुसमाचारका पुस्तकहरूमा लिपिबद्ध येशू क्रूसमा टाँगिएको वर्णनलाई भजनसंग्रह २२ मा समान्तर देखाइएको छ ।

भजनसंग्रह 22 मा पाइने क्रूसीकरणको विवरणलाई

सुसमाचारमा दिएको विवरणको साथ तुलना

रामाप्रति हनुमानको उपासना अक्सर भक्तिको उदाहरणको रूपमा दिईन्छ

यस अतिरिक्त, यूहन्नाको सुसमाचारले यो भन्छ की रगत र पानी तब बहन्थ्यो,जब येशूको कोखामा भालाले छेडिन्थ्यो, जसले मुटुको वरिपरि तरल पदार्थको जम्मा हुनुलाई संकेत गर्दछ। यस प्रकार येशू हृदयघातको कारण मर्नुभयो,जुन भजनसंग्रह २२ को वर्णन ‘मेरो हृदय पानी झै पोखियो’ संग मिल्दछ। हिब्रू शब्द ‘छेड्नु’ को शाब्दिक अर्थ “सिंह जस्तै ” हो। अर्को शब्दमा, सिपाहीहरूले उहाँको हात र खुट्टाहरुलाई यसरी क्षतविक्षत गरे, जसरी एउटा सिंहले आफ्नो सिकारको साथ गर्छ,जब उनीहरूले येशूलाई ‘छेडे ‘।

भजनसंग्रह २२ र येशूको भक्ति

यसको साथै, भजन संग्रह 22 उपरोक्त तालिका मा दिए को वचन 18 मा नै समाप्त हुदैन। यो निरन्तर हुँदै। अन्तमा दिए को – एक व्यक्ति मरे पश्चात्विजयी प्राप्तिमा ध्यान !

26गरीबहरू खाएर तृप्‍त हुनेछन्‌; परम प्रभु को खोजी गर्नेहरूले, उहाँको प्रशंसा गर्नेछन्‌- तिमीहरू का हृदय सदा जीवित रहून्‌!

27समस्‍त पृथ्‍वीका सबै जातिहरूले स्‍मरण गर्नेछन्‌,र परम प्रभुतिर फर्कनेछन्‌; जाति-जातिका सबै परिवार हरूले उहाँलाई दण्‍डवत्‌ गर्नेछन्‌।

28किन भने राज्‍य त परम प्रभु कै हो,र सबै जातिहरू माथि उहाँले नै शासन गर्नुहुन्‍छ।

29पृथ्‍वी का सबै धनीहरूले भोज गर्नेछन्‌, आराधना गर्नेछन्‌;जस-जसले आफ्‍नो प्राण बचाउन सक्‍दैनन्‌, जो धूलोमा मिलि जानेछन्‌- ती सबै उहाँको सामुन्‍ने घोप्‍टो पर्नेछन्‌।

30भावी सन्‍तानले उहाँको सेवा गर्नेछन्‌, भावी पुस्‍तालाई परम प्रभु को बारेमा बताइनेछ।

31अहिलेसम्‍म जन्‍म नभए को एउटा जातिलाई तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्‌- किन कि उहाँले यो गर्नुभएको छ।

भजनसंग्रह22:26-31

यसले त्यस व्यक्तिको मृत्यु को घटनाहरुको विवरणको बारेमा कुरा गर्दैन। त्यी विवरणहरु भजनसंग्रहको आरम्भमा नै अध्ययन गरि सकौ। भजनकारले अबत्यस व्यक्तिको मृत्युको विरासतमा आउनु हुने सन्तानभविष्यको पीढी‘ (वचन 30) लाई संबोधितगर्दछ।

वर्तमानमा बाँचिरहेको तपाईं र मेरो लागि पूर्व-विचार

येशूलाई क्रूसमा टाँगीए को 2000 वर्ष पश्चात् पनि हामी जीवितछौं। भजनकारले हामीलाई बताउद छन् कि सन्तानजसले त्यस छेडिएकोव्यक्तिको अनुसरगर्दछ, जसले यस्तो प्रकारको भयानक मृत्यु प्राप्त गर्यो, उनको सेवागर्नेछ र उनको बारेमा बताउने छन वचन 27ले यस प्रभावको भौगोलिक सीमाको भविष्यवाणीगर्दछ – पृथ्वीको बारेमा टाढा-टाढाको देशजाति-जातिको सबै कुलउनीहरुलाई ‘यहोवे को तर्फ फर्किन को लागि प्रेरितगर्दछ । वचन 29 भविष्यवाणीले यो गर्दछ कि जसले आफ्नो प्राण बचाउन सक्दैन (किनकी हामी मरणशील प्राणी हौ, जसको अर्थहामी सबै हौ) एकदिन उहाँको सामुन्ने घुँडा टेक्नेछौ। यस व्यक्तिको धार्मिकतायी मानिस हरुको लागि घोषित गरिनेछ जुन उहाँको मृत्युको समय जीवित थिएनन (जसको अहिले जन्म भएको छैन)।

भजन संग्रह 22 कोनिष्कर्षमा यसको केहि सम्बन्ध छैन कि सुसमाचार को वृतान्तले यसलाई उधारोलिए को हो या क्रूसमा चढ़ाइनु को घटनाहरु लाई निर्मित गरिएको हो, किन कियसले यहाँ धेरै पछि आउन हुने जसले युगको साथमा कार्य गर्दछ– अर्थात् हाम्रो समयसँग। पहिलो शताब्दीमा भएको सुसमाचार लेखक ले येशू को मृत्यु को समय लाई हाम्रो समय सम्मको लागि प्रभावित ‘पार्न सक्दैन’। उनिहरुलाई यो थाहा थिएन कि यसको प्रभाव के  हुनेछ।

एक व्यक्ति भजन संग्रह 22 को तुलनामा येशूको विरासतको यस भन्दा असल भविष्यवाणीगर्न सक्दैन।यहाँ सम्म कि वार्षिक विश्वव्यापी गुडफ्राइडे समारोहरुलाई ध्यानमा राख्दै उहाँको मृत्युको दुई हजारवर्ष  पश्चात् पनि उहाँको वैश्विक प्रभावको स्मरण गराउछ। यसले भजन संग्रह 22 को निष्कर्षलाई पूरागर्दछ, ठीक यस्तै सटीकताको साथ छ जति कि उहाँको मृत्युको विवरणको लागि आरम्भिक भविष्यवाणीमा भनिएको थियो।

विश्वको इतिहासमा अरु कसले यस्तो दावागर्न सक्छ किउहाँको मृत्युको विवरणको साथ-साथटाढाको भविष्यमा उहाँकोमा जीवनको विरासतको 1000 वर्ष पहिले नै भविष्यवाणी हुनेछ?

तपाईंको लागि पृथ्वीको सबै राष्ट्रका मानिसहरू” मा परमेश्वरले दिनुभएको भक्ति

जस्तो उल्लेख गरिएको छ, भक्ति, केवल भावनालाई समेट्दैन, तर भक्तिमा एक व्यक्ति अर्थात भक्तको उपासनाको लागि पूर्ण भागीदारी हुन्छ। यदि परमेश्वरले आफ्नो छोरा येशूको बलिदानलाई यति होशियारीपूर्वक योजना गर्नुभयो कि उहाँले १००० वर्ष अगाडि भजनमा यसको विवरणहरुलाई प्रेरित गरे भने, उहाँले भावनात्मक प्रतिक्रियामा होइन, तर गहिरो पूर्वानुमान, योजना र आशयका साथ काम गर्नुभयो। परमेश्वरले यस कार्यमा पूर्ण रूपमा भाग लिनुभयो, र उहाँले यो तपाईं र मेरो लागि गर्नुभयो।

किन?

ईश्वरीय भक्तिमा, हाम्रोलागि उहाँको उपासनाको कारण, परमेश्वरले येशूलाई अनन्त जीवन दिनको लागि सबै प्रकारका बिस्तृत रूपमा ईतिहासको प्रारम्भदेखि योजना बनाएर पठाउनुभयो। उहाँले हामीलाई यो जीवन उपहारको रूपमा दिनुहुन्छ।

यसमा विचार गर्दै ऋषि पावलले यस्तो लेखेका थिए

येशूको क्रूसमा बलिदान हाम्रो लागि परमेश्वरको भक्ति थियो

६.किनकि हामी दुर्बल हुँदा नै ख्रीष्‍ट अधर्मीहरूका निम्‍ति ठीक समयमा मर्नुभयो। ७. धार्मिक मानिसको निम्‍ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्‍ति कसैले मर्ने आँट गरी पनि हाल्‍ला। ८.तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो।

रोमी ५:६-८

ऋषि यूहन्नाले यसमा यस्तो थपे :

“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

यूहन्ना ३:१६

हाम्रो प्रतिक्रिया – भक्ति

त्यसकारण, परमेश्वर कसरी चाहनुहुन्छ कि हामी उहाँको प्रेम, भक्ति प्रति आफ्नो प्रतिक्रिया दिने? बाइबलले भन्छ

हामी प्रेम गर्छौ किनभने परमेश्वरले पहिला हामीलाई प्रेम गर्नु भयो।

१ यूहन्ना ४:१९

“परमेश्वरले उहाँलाई मानिसहरूले खोजेको चाहनु हुन्थ्यो। हुन सक्छ तिनीहरूले वरिपरि उहाँलाई अँध्यारोमा खोज्लान् अनि पाउलान्। तर वास्तवमा उहाँ हामी प्रत्येकबाट टाढो हुनुहुन्न।

प्रेरित १७:२७

परमेश्वर चाहनुहुन्छ कि हामी उहाँमा फर्कियौं,उहाँको उपहारलाई प्राप्त गरौं र उहाँलाई प्रेममा जवाफ दिऔँ। एक भक्तिले भरिएको सम्बन्ध शुरू गर्दै, उहाँलाई फेरि प्रेम गर्न सिकौ। भक्ति स्थापनाको निम्ति उहाँ पहिलो कदम चाल्नुभयो, यस्तो कदम जुन उहाँले ठूलो मूल्य चुकाउनु पर्यो, जसमा धेरै अधिक पूर्वानुमान समावेश थियो, के यो तपाईं र मेरो लागि उहाँको भक्तको रूपमा प्रतिक्रिया दिनको लागि पर्याप्त छैन र ?