सुसमाचारको पुस्तकमा येशूको पुनरुत्थानको उपस्थिति

येशू चेलाहरूकहाँ देखा पर्नु भयो

19 हप्ताको पहिलो दिन थियो। चेलाहरू त्यो बेलुकी भेला भएका थिए। यहूदीहरूको डरले दैलोहरू बन्द थियो। तब येशू आउनु भयो र तिनीहरूका सामुने उभिनु भयो। येशूले भन्नुभयो “शान्ति तिमीहरूसँग रहोस्।” 20 येशूले यति भने पछि उहाँले आफ्ना हात र कोखा देखाउनु भयो। तब चेलाहरूले प्रभुलाई देखेर अति खुशी भए।

21 त्यसपछि येशूले फेरि भन्नुभयो, “शान्ति तिमीहरूसँग रहोस्। पिताले मलाई पठानु भयो। त्यस्तै प्रकारले अब म तिमीहरूलाई पठाइरहेछु।” 22 यती भनिसके पछि, येशूले चेलाहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ। 23 यदि तिमीहरूले मानिसहरूका पाप क्षमा गरिदियौ भने तिनीहरूका पापहरू क्षमा हुनेछ। यदि त्यसो गरेनौ भने तिनीहरूका पापहरू क्षमा हुनेछैन्।”

येशू थोमासँग देखापर्नुभयो

24 थोमा जसलाई दिदुमस भनिन्छ, येशू चेलाहरूकहाँ आउनु हुँदा थिएनन्। बाह्रजना मध्ये थोमा एकजना थिए। 25 अरू चेलाहरूले थोमालाई भने, “हामीले प्रभुलाई देख्यौं।” थोमाले भने, “म त्यति बेला सम्म विश्वास गर्दिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देख्दिन अनि औंला त्यो काँटीको दागहरूमा राख्दिन र उहाँको कोखामा मेरो हात राख्दिन।”

26 एक हप्तापछि सबैजना चेलाहरू घरमा जम्मा भएका थिए। थोमा तिनीहरूसँग थिए। दैलो बन्द थियो, तर येशू आउनु भयो र तिनीहरू समक्ष उभिनु भयो। उहाँले भन्नुभयो, “शान्ति तिमीहरूमा रहोस्।” 27 त्यसपछि येशूले थोमालाई भन्नुभयो, “आऊ तिम्रो औंला यहाँ छिराऊ। मेरा हातहरू हेर, तिम्रो हात मेरा कोखमा पसाउ। शंका गर्न छोड अनि विश्वास गर्न थाल।”

28 थोमाले येशूलाई भने, “मेरा प्रभु र मेरा परमेश्वर!”

29 येशूले थोमालाई भन्नुभयो, “तिमीले मलाई विश्वास गर्यौ किनभने तिमीले मलाई देख्यौ। ती मानिसहरू धन्य हुन् जस-जसले मलाई नदेखिकनै विश्वास गरे।”

यूहन्नाले यो पुस्तक किन लेखे

30 येशूले धेरै अरू चमत्कारहरू देखाउनु भएको उहाँका चेलाहरूले देखेका थिए। ती चमत्कारहरू यस पुस्तकमा लेखिएको छैन। 31 तर ती कुराहरू लेखिए ताकि तिमीहरूले विश्वास गर्न सक्छौ कि येशू नै ख्रीष्ट हुन्; जो परमेश्वरको पुत्र हुन् भनि जब तिमीहरू उहाँलाई विश्वास गर्छौ, तिमीहरूले उहाँको नाममा जीवन पाउन सक्छौं।

John 20:19-31

येशू सातजना चेलाहरूसँग देखा पर्नू भयो

त्यसपछि, येशू फेरि आफ्ना चेलाहरू समक्ष देखा पर्नु भयो। त्यो तिबिरियास झीलको छेउमा भएको थियो। यो यसरी हुन गयो। केही चेलाहरू भेला भएका थिए। तिनीहरू शिमोन पत्रुस, थोमा (दिदुमस भनिने), गालीलको कानाका नथानेल, जबदीका दुइ छोराहरू र अन्य दुइजना उहाँका अन्य चेलाहरू त्यहाँ थिए। शिमोन पत्रुसले भन्यो, “म माछा पक्रन जान्छु।”

अरू चेलाहरूले भने, “हामी तिमीसितै जानेछौं।” तब सबै चेलाहरू गए र डुङ्गामा चढे। त्यसरात तिनीहरूले केही पक्रन सकेनन्।

अर्को मिरमिरे बिहानमा येशू किनारमा उभिनुभयो। तर चेलाहरूले येशू हुनुहुनथ्यो भनेर चिनेनन्। तब येशूले तिनीहरूलाई भन्नुभयो, “साथीहरू हो! तिमीहरूले कुनै माछा पक्रियौ?”

चेलाहरू ले भने, “अहँ।”

येशूले भन्नुभयो, “माछा मार्ने जाल फ्याँक तिमीहरूको डुङ्गाको दाहिनेपट्टि। तिमीहरू त्यहाँ केही माछाहरू पाउनेछौ।” तिनीहरूले त्यसै गरे। तिनीहरूले यति धेरै माछाहरू पक्रे कि तिनीहरूले डुङ्गातर्फ जाल तान्न पनि सकेनन्।

येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “ती मानिस प्रभु हुन्।” पत्रुसले “ती मानिस प्रभु हुन्” भनेको सुने र आफ्ना ओढ्ने बेरेर पानीमा हामफाले किनभने तिनले काम गर्नलाई लुगा खोलेका थिए। अन्य चेलाहरू डुङ्गामा चढेर किनारमा आए। तिनीहरूले माछाले भरिएको जाल ताने। तिनीहरू किनारदेखि टाढा थिएनन्। तिनीहरू लगभग सय मिटर भित्र थिए। जब तिनीहरू किनारमा पुगे, तिनीहरूले जलिरहेको तातो कोइला देखे। त्यहाँ आगोमा केही माछा अनि केही रोटीका टुक्रा थिए। 10 येशूले भन्नुभयो, “तिमीहरूले भर्खरै पक्रेको केही माछाहरू ल्याऊ।”

11 शिमोन पत्रुस डुङ्गातर्फ गए र किनार तिर जाल ताने। त्यो ठूला-ठूला माछाले भरिएको थियो। त्यहाँ जम्मा एक सय त्रिपन्नवटा माछाहरू थिए। माछाहरू एकदमै गह्रों थियो र पनि जाल फाटेन। 12 येशूले तिनीहरूलाई भन्नुभयो, “आऊ अनि खाऊ।” कुनै पनि चेलाहरूले उहाँलाई सोध्ने आँट गरेनन्, “तपाईं को हुनुहुन्छ?” तिनीहरूलाई उहाँ प्रभु नै हुनुहुन्छ भनेर थाहा थियो। 13 येशू जानु भयो अनि रोटी लिनुभयो। उहाँले रोटी लिएर तिनीहरूलाई दिनुभयो। येशूले माछा पनि लिएर तिनीहरूलाई दिनुभयो।

14 यस्तो प्रकारले येशूले आफ्नो मृत्यूबाट पुनरूत्थान भएर चेलाहरूसित तेस्रोपल्ट देखा पर्नु भयो।

पत्रुससँग येशूको वार्तालाप

15 जब तिनीहरूले खाइसके, येशूले शिमोन पत्रुसलाई भन्नुभयो, “योआनेसको पुत्र शिमोन, यी अन्य मानिसहरूले भन्दा ज्यादा तिमी मलाई प्रेम गर्छौ?”

पत्रुसले जवाफमा भने, “ज्यू प्रभु, तपाईं जान्नु हन्छ म प्रेम गर्छु तपाईंलाई।”

त्यसपछि येशूले पत्रुसलाई भन्नुभयो, “मेरा भेंडा़हरूलाई खुवाऊ।”

16 फेरि पत्रुसलाई भन्नुभयो, “शिमोन योआनेसको पुत्र, तिमी मलाई प्रेम गर्छौ?”

पत्रुसले जवाफमा भने, “ज्यू, प्रभु, तपाईं जान्नु हुन्छ म प्रेम गर्छु तपाईंलाई।”

त्यसपछि येशूले भन्नुभयो, “मेरा भेंडा़हरू[a] को हेरचाहा गर।”

17 तेस्रोपल्ट येशूले पत्रुसलाई सोध्नुभयो, “शिमोन, योआनेसको पुत्र, तिमी मलाई प्रेम गर्छौ?”

पत्रुस उदास भए, किनकि येशूले उसलाई तेस्रो पल्ट सोध्नुभयो, “तिमी मलाई प्रेम गर्छौं?” पत्रुसले भने, “प्रभु तपाईं सब थोक जान्नुहुन्छ। मैले तपाईंलाई प्रेम गर्छु भनेर पनि जान्नुहुन्छ।”

येशूले पत्रुसलाई भन्नुभयो, “मेरा भेंडा़हरूलाई खुवाऊ। 18 म तिमीलाई साँच्चो भन्छु। जब तिमी जवान थियौ, तिमीले आफ्नो पेटी स्वयं कस्थ्यौ र जहाँ इच्छा छ त्यहाँ जान्थ्यौ। जब तिमी बूढा हुनेछौ तिमी हात छाडनेछौ र कोही अरूले पेटी कसिदिनेछ। त्यही मानिसले तिमीलाई अगुवाई गर्नेछ जहाँ जान तिम्रो इच्छा नभएतापनि।”

19 येशूले देखाउन चाहानु हुन्थ्यो कस्तो मृत्युले पत्रुसले परमेश्वरलाई महिमा प्रदान गर्नेछ। त्यसपछि उहाँले पत्रुसलाई भन्नुभयो, “मेरो पछि लाग।”

20 पत्रुसले फर्केर हेर्दा देखे जुन चेलाहरू येशूलाई प्रेम गर्थे उहाँको पछि हिड्न थाले। त्यो त्यही चेला जो साँझको भोजमा प्रभुको छातीमा अडेसलागेर बसेका थिए र भनेका थिए, “प्रभु, त्यो को होला जसले तपाईंलाई विश्वासघात गर्नेछ?”

21 जब पत्रुसले त्यस भक्तलाई देखे, उसले येशूलाई सोध्यो, “प्रभु उसलाई के गर्ने?”

22 येशूले जवाफ दिनुभयो, “यदि म चाहन्छु कि जब सम्म म आँउदिन त्यो जीवित रहे तिमीलाई के भयो त? तिमी मेरो पछि लाग।”

23 यसरी यो कुरा भाइहरूमा यति सम्म फैलिन गयो कि उसको त्यो चेला मर्दैन। तर येशूले त्यो मर्दैन भनि भन्नु भएको थिएन। तर यो भन्नु भएको थियो कि, “यदि म यो चाहन्छु कि जबसम्म म आऊँदिन त्यो यहीं जीवित रहे तिमीलाई के भयो त?”

24 उही यो चेला हो जसले यस भनाईद्वारा साक्षी दिन्छ औ जसले यी लेखेका छन्। हामी जान्दछौ कि उसको गवाही सत्य छ। 25 येशूले अरू पनि धेरै कामहरू गर्नु भएकोछ। ती विषयमा एक एक गरेर सबै लेखिए भने म सोच्दछु कि जो पुस्तकहरू लेखिन्छ ती यति अधिक हुनेछ कि सारा पृथ्वीमा त्यो अटाउने छैन।

John 21:1-25

स्वर्गमा उसको प्रस्थान

मैले मेरो प्रथम पुस्तकमा, येशूले जे-जे गर्नु भयो र सिकाउनु भयो प्रत्येक कुरो लेखें। मैले येशूको सम्पूर्ण जीवन बारे लेखें, प्रारम्भदेखि उहाँ स्वर्ग तिर उचालिनु भए सम्म। यो घट्ना हुनु अघि उहाँद्वारा चुनिएका प्रेरितहरूसित उहाँले बातचित गर्नु भयो। प्रेरितहरूले के गर्नु पर्छ भन्ने कुरा पवित्र आत्माको सहयोग लिएर उहाँले बताउनु भयो। यी सबै घट्नाहरू येशूको मृत्यु पछि भयो, अनि उहाँले आफ्ना प्रेरितहरूलाई आफू जिउँदो रहेको शक्तिशाली प्रमाणहरूले प्रमाणित गर्नु भयो। येशू मृत्युबाट बौरी उठे पछि प्रेरितहरूले उहाँलाई चालीस दिनको अवधिमा धेरै पल्ट देखे। उहाँले तिनीहरूसँग परमेश्वरका राज्यको विषयमा बताउनुभयो। एक समय जब येशू तिनीहरूसँग खाई रहनु भएको थियो, उहाँले तिनीहरूलाई यरूशलेम नछोड्ने कुरा भन्नुभयो। उहाँले भन्नुभयो, “पिताले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएकोछ, जुन मैले तिमीहरूलाई पहिल्यै भनिसकेकोछु। त्यो प्रतिज्ञा प्राप्त गर्नलाई तिमीहरूले यरूशलेममा पर्खिनु पर्छ। यूहन्नाले मानिसहरूलाई पानीद्वारा बप्तिस्मा दिए, तर केही दिन पछिबाट तिमीहरूले पवित्र आत्माद्वारा बप्तिस्मा लिनेछौ।”

येशूको स्वर्गारोहण

प्रेरितहरू जम्मा भए। तिनीरूले येशूलाई सोधे, “हे प्रभु के यो इस्राएललाई राज्य फेरि फिर्ता दिने तपाईंको समय यही हो?”

येशूले तिनीहरूलाई भन्नुभयो, “पिता मात्र एक हुनुहुन्छ जसको मिति र समयहरू निर्णय गर्ने अधिकार छ। तिमीहरू यी कुराहरू बारे जान्न सक्तैनौ। तर पवित्र आत्मा तिमीमाथि आउनु हुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौ। तिमीहरू मानिसहरूबीच मेरो गवाही हुनेछौ। पहिले तिमीहरू यरूशलेमका मानिसहरूका निम्ति गवाही हुनेछौ। तब तिमीहरूले यहूदियामा, सामरियामा अनि संसारका प्रत्येक ठाउँका मानिसहरूलाई बताउनेछौ।”

येशूले प्रेरितहरूलाई ती कुराहरू भनिसके पछि उहाँ माथि आकाश सम्म उचालिनु भयो। प्रेरितहरूले हेर्दा हेर्दै येशू बादलभित्र पस्नु भयो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्। 10 येशू टाढा गइरहनु भएको थियो अनि प्रेरितहरूले आकाश तर्फ हेरिरहेका थिए। अचानक दुइजना मानिसहरू सेतो वस्त्र धारण गरेर तिनीहरूका छेउमा उभिए। 11 ती दुइजना मानिसहरूले प्रेरितहरूलाई भने, “गालीलका मानिसहरू, तिमीहरू यहाँ किन आकाशतर्फ हेर्दै उभिरहेकाछौ? तिमीहरूले येशूलाई तिमीहरूदेखि स्वर्ग-आरोहण भएको देख्यौ। जसरी तिमीहरूले उहाँलाई जानु भएको देख्यौ त्यसरी नै उहाँ फर्की आउनु हुनेछ।”

Acts 1:1-11