दिन ५: होलिकाको धोकेबाज संग, शैतानले मार्नको लागि घेरा हाल्छ

हिन्दु वर्षको अन्तिम पूर्णिमा होलीको प्रतीक हो। यद्यपि धेरैले होलीलाई रमाइलोसंग मनाउँछन् , तथापि केवल केहीले मात्र जान्दछन् की यसको समन्तर एउटा अर्को प्राचीन पर्व –निस्तार चाडमा पाईन्छ ।

निस्तार चाड पनि वसन्त ऋतुमा पूर्णिमाको दिन आउँछ। हिब्रू क्यालेन्डरले चन्द्र चक्रलाई सौर वर्षको साथ बिभिन्न प्रकारले मिलाप गरेको हुनाले, कहिलेकाँही यो उही पूर्णिमामा, वा कहिलेकाँही आउने पूर्णिमाको दिन आउँछ। २०२१ मा, निस्तार चाड र होली दुबै आइतवार, मार्च २८ बाट सुरु हुन्छ। तर २०२२ मा , होली मार्च १८ देखि सुरु हुन्छ जबकि निस्तार चाख आउने पूर्णिमा को साथ शुरू हुन्छ। यद्यपि, यो होलीको साँझ हो वा होलिका दहन हो, जहाँ निस्तार चाडको समानताहरू पाइन्छ।

होलिका दहन

होली सुरु हुनुभन्दा अघिल्लो रात मानिसहरू होलिका दहन (छोटी होली वा कमुडुको चिता)गर्दछन्। होलिका दहनमा प्रह्लादको सद्गुण र राक्षसी होलिकाको जलाउनुलाई स्मरण गरिन्छ। यो कथा राक्षस राजा हिरण्यकश्यप र उसको छोरो प्रह्लादबाट शुरू हुन्छ। हिरण्यकश्यपूले सम्पूर्ण पृथ्वी जित्यो। ऊ यति घमण्डी थियो कि उसले आफ्नो राज्यमा भएका सबैलाई आफ्नो मात्र पूजा गर्ने आदेश दियो। तर उ धेरै निराश तब भयो, जब आफ्नै छोरा प्रह्लादले त्यसो गर्न इन्कार गरे।

उसको छोराको विश्वासघातबाट क्रोधित हिरण्यकश्यपले प्रह्लादको मृत्युदण्ड दियो र उसलाई मार्न धेरै प्रयत्न गर्यो, तर सबै प्रयासहरू विफल भए। विषालु सर्पले टोक्नेदेखि लिएर हात्तीहरूले कुल्चीमिल्ची गर्न, प्रह्लाद सधैं बिना क्षतिग्रस्त भएर देखा परे।

अन्तमा हिरण्यकश्यपु आफ्नो राक्षसी बहिनी होलिकातिर साहायताको लागि फर्क्यो। उ सँग एउटा लुगा थियो जसलाई ओढेपछी आगोको प्रभाव शून्य हुन्थ्यो । त्यसैले हिरण्यकश्यपुले होलिकालाई प्रह्लादलाई जलाएर मार्न भन्यो । होलिका चितामा बसि र मित्रताको नाटक गर्दै युवा प्रह्लादलाई आफ्नो काखमा राखि। त्यसपछि द्रुत विश्वासघात सँगै , उनले आफ्ना सेविकाहरुलाई चिता जलाउन आदेश दिई। यद्यपि लुगा होलिकाको माथिबाट खस्यो र त्यसले प्रह्लादलाई छोपिदियो । ज्वालाले प्रह्लादलाई जलाएन, जबकि होलिका आफ्नो दुष्कर्मको साथ जलेर मरि। यस प्रकार, होली दहनको नाम होलिका दहनबाट ​​आएको हो।

यहूदा: होलिका जस्तै विश्वासघात द्वारा नियन्त्रित

बाइबलले शैतानलाई आत्माहरु माथि शासन गर्ने राक्षसको रूपमा चित्रण गर्दछ। हिरण्यकश्यपू जस्तै, शैतानले पनि येशू लगायत सबैले उसको आराधना गर्ने योजना गरिरहेको थियो। जब त्यो आफ्नो प्रयासमा असफल भयो तब उसले येशूलाई मार्नको लागि आफ्नो योजनामा काम गर्नको लागि मानिसहरूसँग चलाखसँग काम गर्यो । हिरण्यकश्यपूले होलिकामार्फत प्रह्लादलाई मार्नको लागि काम गरे जस्तै, शैतानले येशूलाई मार्नको लागि ५ औं दिनमा यहूदालाई प्रयोग गर्‍यो , त्यसपछि लगत्तै येशूले उहाँको पुनरागमनको विषयमा शिक्षा दिनुभयो। यहाँ विवरण दिइएको छ:

१. अखमिरी रोटीको चाड नजिकै आइपुगेको थियो। यसलाई निस्‍तार-चाड भनिन्‍छ। २. मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूले उहाँलाई कसरी मारौं भनी मौका खोज्‍थे, तर मानिसहरूदेखि तिनीहरू डराउँथे। ३.तब बाह्रमध्‍येको एक जना इस्‍करियोत भनिने यहूदाभित्र शैतान पस्‍यो। ४. तिनीहरूका हातमा उहाँलाई कसरी पक्राइदिनु भनी मुख्‍य पूजाहारीहरू र कप्‍तानहरूकहाँ गएर त्‍यसले सल्‍लाह गर्‍यो। ५. तिनीहरू खुसी भए, र त्‍यसलाई रुपियाँ दिने कबोल गरे। ६.त्‍यो सहमत भयो, र भीड नभएको बेलामा उहाँलाई पक्राइदिने अवसर खोज्‍न लाग्‍यो।

लूका २२: १-६

शैतानले येशूलाई धोका दिनको लागि यहूदामा ‘प्रवेश’ गर्दै उहाँको संघर्षबाट फाइदा उठायो। यसबाट हामीहरु कोही अचम्म मान्नु पर्दैन। सुसमाचारले शैतानको वर्णन यसरी गर्दछ:

   ७. अनि स्‍वर्गमा लड़ाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्‍यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्‍यसका दूतहरूले पनि युद्ध गरे,  ८. तर यिनीहरू हारे, र यिनीहरूका निम्‍ति स्‍वर्गमा कुनै ठाउँ रहेन। ९. त्‍यो ठूलो अजिङ्गर तल फालियो— त्‍यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्‍यो पृथ्‍वीमा फ्‍याँकियो र त्‍यसका दूतहरू त्‍यसका साथसाथै फ्‍याँकिए।

प्रकाश १२:७–९   

बाइबलले शैतानलाई एक शक्तिशाली अजिंगरसँग तुलना गर्दछ जो यति धेरै चलाख छ कि जसले सम्पूर्ण संसारलाई भ्रामक तुल्याउन सक्छ, उ हिरण्यकश्यप जस्तो शक्तिशाली राक्षस हो। उसलाई मानव इतिहासको सुरुमा भविष्यवाणी गरिएको द्वन्द्वलाई संकेत गर्दै एक सर्पसित पनि तुलना गरिएको छ। त्यो प्राचीन सर्पको रूपमा मार्नको लागि घेरिरहेका छ । हिरण्यकश्यपले होलिका मार्फत काम गरे जस्तो गरी उसले येशूलाई मार्न यहूदासँग चलाखी का साथ काम गर्यो। सुसमाचारले यस प्रकार लिपिबद्ध गर्दछ :

त्यसबेलादेखि यहूदाले येशूलाई सुम्पने मौका खोज्यो।

मत्ती २६:१६

अर्को दिन,दिन ६, निस्तार चाड थियो यहूदाको माध्यमबाट शैतानले,कसरी मर्नेछ? यहूदालाई के हुन्छ? हामीले यसलाई अर्को लेखमा देख्नेछौ।

दिन ५ सारांश

समयरेखाले बताउँदछ की सप्ताहको यस ५ औं दिनमा, महान राक्षस अजिङ्गर , शैतानले आफ्नो शत्रु येशूलाई मार्न घेरा हाल्छ।

दिन ५: शैतान, महान राक्षस अजिङ्गर, येशूलाई मार्नको लागि यहूदामा प्रवेश गर्दछ