परमेश्वरको लौकिक नृत्य – सृष्टिको रचना देखि क्रूस सम्मको लय

नृत्य के हो? नाटकीय नृत्यले लयबद्ध शारीरिक हलचलहरूलाई समेट्छ, जुन दर्शकहरूलाई देखाउन र एक कथा बताउनको लागि हुन्छ। नर्तकहरूले आफ्नो शरीरको विभिन्न अंगहरु प्रयोग गरेर,अन्य नर्तकहरूसँग आफ्नो शारीरिक हलचलहरूको समन्वय गर्छन् , ताकि उनीहरूको शारीरिक हलचल समयको अन्तरालमा दोहोर्याइएको दृश्य सौन्दर्य र उच्चारण तालको उत्पन्न हो, जसलाई मिटर  वा नृत्यलाई नाप्ने एकाई भनिन्छ।

नृत्य विद्यामा लेखेको शास्त्रीय लेखनकार्य, नाट्य शास्त्र सिकाउँछ की मनोरञ्जन नृत्य को एक प्रभाव मात्र हुनु पर्छ तर यसको प्राथमिक लक्ष्य हुनु हुँदैन। । संगीत र नृत्यको लक्ष्य भनेको रास हो, जसले दर्शकहरूलाई गहिरो वास्तविकतामा पुर्याउँछ, जहाँ उनीहरू आश्चर्य र आत्मिकी नैतिक प्रश्नहरूमा विचार गर्छन्।

शिवको तांडवको नटराज

दैत्यलाई कुल्चँदै शिवको दाहिने खुट्टा

त्यसोभए दिव्य नृत्य कस्तो देखिन्छ? तांडव (तांडवम, तांडव नाट्यम् वा नादंत) देवताहरूको नृत्यसँग सम्बन्धित छ। आनन्द तांडव आनन्दले भरिएको नृत्यलाई प्रकट गर्दछ,जबकि रुद्र तांडव रिस र क्रोधले भरिएको नृत्यलाई प्रकट गर्दछ। नटराजले दिव्य नृत्य प्रतिनिधित्व गर्दछ, जसमा शिव आफ्नो परिचित मुद्रा (हात र खुट्टाका नृत्य अवस्थामा देखाउँदै) मा नृत्यका प्रभुको रूपमा प्रदर्शित भएका थिए। उनको दाहिने खुट्टाले राक्षस अपस्मार या मुयालकालाई कुल्चदैछ।

यद्यपि, औंलाहरूले बायाँ खुट्टा तर्फ संकेत गर्दछ , जो भुइँबाट माथि उठेको छ।

शिवको शास्त्रीय नृत्यको नटराज छवि

उनी किन यसतर्फ संकेत गर्दछन् ?

किनभने त्यो उठेको खुट्टा, गुरुत्वाकर्षणको अवज्ञा गर्दै मुक्ति, मोक्षको प्रतीक हो। जस्तो कि तमिल लेख उन्माई उलखाम वर्णन गर्दछ:

  “सृष्टि गोलकबाट उत्पन्न हुन्छ; सुरक्षा आशाको हातबाट अगाडि बढ्छ; आगोबाट विनाश आउँछ; मुयालका दैत्य मा राखिएको खुट्टा बाट नाश हुन्छ; माथि उठेको खुट्टाले मुक्ति प्रदान गर्दछ …. । “

कृष्ण दैत्य–नाग कालियाको टाउकोमा नाच्छन्

कालिया नागमा नृत्य गर्दै कृष्ण

एउटा अर्को दिव्य शास्त्रीय नृत्य कृष्णको कालिया नृत्य हो। पौराणिक कथाका अनुसार, कालिया यमुना नदीमा बस्दथ्यो, त्यहाँका मानिसहरूलाई तर्साउथ्यो र सारा देशभरि आफ्नो विष फैलाउथ्यो ।

जब कृष्ण नदीमा हाम फाले तब कालियाले उनलाई समात्यो। कालियाले त्यसपछि कृष्णलाई आफ्नो कुण्डलीमा डुबाउँदा डस्यो ,जसकाकारण दर्शकहरूलाई चिन्तित भए । कृष्णले यस्तो हुन अनुमति दिएका थिए, तर मानिसहरू चिन्तित भएको देखेर उनीहरूलाई आश्वासन दिने निर्णय गरे। यसैले, कृष्ण नागको टाउको माथि उफ्रनुभयो र आफ्नो प्रसिद्ध नृत्य शुरु गर्नुभयो, जो भगवानको लीला (दिव्य नाटक) को प्रतीक थियो, जसलाई “आराभती” नृत्य भनिन्छ। लयबद्ध हुदै, कृष्णले कालियाको प्रत्येक उठेको सिर माथि नृत्य गर्दै उसलाई पराजित गरे।

 क्रूस – सर्प अर्थात नागको टाउकोमा एक लयबद्ध नृत्य

सुसमाचारको पुस्तकले घोषणा गर्दछ कि येशूको क्रूसमा टाँगिनु र पुनरुत्थान पनि त्यस्तै नाच थियो जसले नागलाई हराएको थियो। यो आनन्द तांडव र रुद्र तांडव दुबै थियो, यस नृत्यले प्रभुमा आनन्द र क्रोध दुबैलाई उत्पन्न गरेको थियो। हामी यो कुरा मानव इतिहासको सुरुमा देख्छौं,की जब पहिलो मनु, आदमले नागको अगाडी घुँडा टेकदिएका थिए । परमेश्वर (विवरणहरू यहाँ छ) ले नागलाई भन्नुभएको थियो

15 म तँ र त्यस स्त्रीमाझ शत्रुता सृष्टि गर्नेछु। तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि शत्रुता सृष्टि गर्नेछु जसले गर्दा त्यसका सन्तानहरुले तेरो टाउको किच्याउने छन् अनि तेरा सन्तानहरुले पनि तिनीहरुको कुर्कुचामा डस्ने छन्।”

उत्पत्ति ३:१५
स्त्रीको वंश नागको शिरलाई कुल्चन्छ

त्यसैले यो नाटकमा नाग र बीज वा स्त्रीको वंशको बीचको संघर्षलाई बताइएको छ। यो बीज या वंश येशू हुनुहुन्थ्यो र तिनीहरूको संघर्षको चरमोत्कर्ष क्रूसमा पाईन्छ। जसरी कृष्णले कालियालाई डस्न अनुमति दिएका थिए, त्यसरी आफ्नो अन्तिम विजयको बारेमा विश्वस्त हुँदै येशूले नाग अर्थात सर्पलाई उहाँमाथि प्रहार गर्ने अनुमति दिनुभयो। जसरी शिवले मोक्षलाई संकेत गर्दै अपस्मारलाई आक्रमण गरे, ठीक त्यसरी नै येशूले नागलाई आफ्नो खुट्टाले कुल्चनुभयो र जीवनको बाटो बनाउनुभयो। बाइबलले उहाँको विजय र हाम्रो जीवनमार्गको यस्तै प्रकारले बयान गर्दछ:

13 तर मैले मनमा शान्ति पाइन, किन मैले मेरा भाइ तीतसलाई त्यहां भेटिनँ। त्यसैले मैले विदा लिएँ र म्यासिडोनिया तिर लागें।

14 तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई सँधै ख्रीष्टद्वारा विजयतर्फ डोरयाउनु हुन्छ। परमेश्वरले हामीलाई उहाँको ज्ञान सुगन्धित वासना जस्तो चारैतिर फिंजाउन प्रयोग गर्नुहुन्छ।

15 परमेश्वरमा हाम्रो यही भेटीहरू छन्। कि ती जो बचाइँदैछन् अनि ती जो नष्ट गरिदैंछन् तिनीहरूको बीचमा हामी ख्रीष्टको मिठो गन्ध हौं।

थियौ।कलस्सी २: १३:१५

उनीहरूको संघर्ष “सात” र “तीन” को लयबद्ध नाचमा देखा पर्‍यो ,जसले सृष्टि रचनाको माध्यमबाट येशूको अन्तिम सप्ताहमा देखियो।

हिब्रू वेदको सुरूमा नै परमेश्वरको पूर्वज्ञान देखा पर्‍यो

सबै पवित्र पुस्तकहरू (संस्कृत र हिब्रू वेद, सुसमाचारहरू) मा केवल दुई सप्ताह यस्तो हुन्छ जहाँ सप्ताहको प्रत्येक दिनको घटनाहरू वर्णन गरिएको हुन्छ। हिब्रू वेदको शुरुमा लिपिबद्ध गरिएको पहिलो हप्तामा परमेश्वरले कसरी सबै थोक सृष्टि गर्नुभयो भनेर लिपिबद्ध गरिएको छ।

लिपिबद्ध गरिएको दैनिक घटनाहरू सहितको अन्य सप्ताह येशूको अन्तिम सप्ताह हो। कुनै अन्य ऋषि, मुनि वा भविष्यवक्ताको विषयमा दैनिक गतिविधिहरू संग सबन्धित हामी एक पूरा सप्ताह पाउँदैनौ। हिब्रू वेदमा दिइएको सृष्टि रचनासँग सबान्धित विवरणहरू यहाँ दिइएको छ। हामी येशूको पछिल्लो सप्ताहको दैनिक घटनाहरूको माध्यमबाट गयौं र यो तलको तालिकामा यी दुई हप्ताहरूबाट प्रत्येक दिनको घटनाहरूलाई एक आपसमा सँग सँगै चल्दै गरेको देखाइएको छ। शुभ अङ्क ‘सात’, जो एक सप्ताह लाई निर्माण गर्दछ , यसरी आधार मिटर वा समय हो जुन सिर्जनाकर्ताले आफ्नो लयमा आधारित गर्नुभएको छ।

सप्ताहको दिनसृष्टिको सप्ताह  येशूको अन्तिम सप्ताह
दिन १अन्धकारले घेरिएको परमेश्वर भन्नुहुन्छ, त्यहाँ उज्यालो होस् र अन्धकारमा उज्यालो भयोयेशू भन्नुहुन्छ, “म ज्योति भएर संसारमा आएको छु …” अँध्यारोमा उज्यालो छ  
दिन २परमेश्वरले पृथ्वीलाई स्वर्गबाट ​​अलग पार्नुहुन्छयेशूले प्रार्थनाको स्थानको रूपमा मन्दिरलाई सफा गरेर येशूले पृथ्वीलाई स्वर्गको पृथकबाट अलग गर्नुभयो।  
दिन ३परमेश्वरले बोल्नुभयो त्यसैले जमिन समुद्रबाट उचालिन्छ।येशू यस्तो विश्वासको कुरा गर्नुहुन्छ जसमा पहाड उखल्लेर समुन्द्रमा जान्छ ।  
 परमेश्वर फेरि बोल्नुहुन्छ कि ‘ पृथ्वीबाट बिरूवाहरू उम्रिउन‘ र भूमिमा वनस्पति अंकुरित हुन्छ।येशूले एक श्राप बोल्नुहुन्छ र रूख ओइलाउँछ।  
दिन ४परमेश्वर बोल्नुहुन्छ कि आकाशमा ज्योतिहरू होस् र सूर्य, चन्द्रमा र ताराहरू आकाशलाई प्रकाश गर्दै देखा पर्नेछन् ।येशू आफ्नो आगमनको संकेतको बारेमा बोल्नुहुन्छ – सूर्य, चन्द्रमा र ताराहरू अँध्यारो हुनेछन्।  
दिन ५परमेश्वरले उडान गर्ने जनावरहरूलाई बनाउनुहुन्छ, जसमा उडान गर्ने डायनासोर सरीसृपहरू वा विशाल अजिङ्गर पनि समावेश छन्।शैतान , ठुलो अजिङ्गर, ख्रीष्टलाई आक्रमण गर्नको लागि अगाडी बढ्छ ।  
दिन ६परमेश्वर बोल्नुहुन्छ र जमिनमा चल्ने जनावरहरुको सृष्टि हुन्छ ।निस्तार-चाडको थुमालाई मन्दिरमा मार्छन्।  
 यहोवा परमेश्वरले आदमको… नाकमा जीवनको सास फेर्नुभयो ‘। आदम “सास फेर्न थाले”तब येशूले ठूलो स्वरले कराउँदै येशूले अन्तिम सास फेर्नुभयो। (मर्कूस १५:३७)  
 परमेश्वरले आदमलाई बगैंचामा राख्नुहुन्छयेशू स्वतन्त्र रूपमा बगैंचामा प्रवेश गर्नुहुन्छ ।  
 आदमलाई असल र खराबको ज्ञानको रूखबाट टाढा हुने चेतावनी दिइयो।येशूलाई रूखमा काँटी ठोकियो र श्रापित बनाईयो।  (गलाती ३:१३) हाम्रा निम्‍ति सराप बनेर ख्रीष्‍टले हामीलाई व्‍यवस्‍थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि “काठमा झुण्‍डिने हरेक श्रापित हुन्‍छ” भन्‍ने लेखिएको छ।      
 आदमका लागि कुनै जनावर उपयुक्त थिएन। एउटा अर्को व्यक्ति आवश्यक थियोनिस्तार-चाडको जनावरहरूको बलिदान पर्याप्त थिएन। एउटा व्यक्तिको आवश्यकता थियो। (हिब्रू १०:४-५) किनकि साँढ़े र बोकाहरूको रगतले पाप हरण गर्न असम्‍भव छ।  यसकारण संसारमा आउनुहुँदा ख्रीष्‍टले भन्‍नुभयो, “बलि र भेटीहरू तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्‍ति एउटा शरीर तयार पार्नुभएको छ।  
 परमेश्वरले आदमलाई गहिरो निद्रामा पार्नुहुन्छयेशू मृत्युको निद्रामा प्रवेश गर्नुहुन्छ
 परमेश्वरले आदमको करङबाट आदमको दुलही बनाउनुहुन्छयेशूको कोखामा एउटा चोट बनाईन्छ। आफ्नो बलिदानबाट येशूले आफ्नो दुलहीलाई जित्नुभयो, जो उहाँको हो। (प्रकाश २१:९) तब ती सात अन्‍तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्‍वर्गदूतहरूमध्‍ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्‍नी, उहाँकी दुलही देखाउनेछु।”  
दिन ७परमेश्वर कामबाट विश्राम लिनुहुन्छ।येशू मृत्युमा विश्राम गर्नुहुन्छ  
सृष्टि रचनाको सप्ताहमा लयबद्ध हुँदै येशुको अन्तिम सप्ताह

आदमको ६ औं दिन येशूको साथ नृत्य गर्दै

यी दुई सप्ताहको प्रत्येक दिनको घटनाहरू एक अर्कासँग मेल खान्छन्, जुन लयबद्ध तालमेल बनाउँछन्। यी दुबै ७-दिन चक्रको अन्तमा, नयाँ जीवनको पहिलो फलहरू अंकुरित हुनको लागि र एक नयाँ सृष्टि अघि बढ्नको लागि तयार हुन्छ । त्यसैले आदम र येशू सँगै नाचिरहेका छन्, र एक संयुक्त नाटक बनाउँदै छन्।

बाइबलले आदमको बारेमा यस्तो भन्छ कि

… आदम, जो आउने को एक ढाँचा हो।

रोमी ५:१४

21 एउटा मानिसको कारण्ले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिस को कारणले पनि मृत्युबाट बौराई आयो।
22 आदममा जम्मै मानिसहरू मरे त्यसरी नै ख्रीष्टमा हामी सबै फेरि जीवित तुल्याइनछौं।

१ कोरिन्थी १५:२१-२२

यी दुई सप्ताहहरूको तुलना गरेर हामी देख्छौं कि आदमले येशू द्वारा बनाएको रास लीलाको नमुना माथि एक नाटकीय ढंगले प्रस्तुत गरे । के संसारको सृष्टि गर्न परमेश्वरलाई छ दिनको आवश्यकता थियो? के उहाँले एक आदेशले सबै कुरा बनाउन सक्नु हुदैनथ्यो? त्यसोभए उहाँले त्यस क्रममा सृष्टिको रचना किन गर्नुभयो जस्तो उहाँले यसलाई अहिले बनाउनुभयो ? जब उहाँ थाक्नु नै हुदैनथ्यो त्यही पनि परमेश्वरले सातौं दिनमा विश्राम किन लिनुभयो? उहाँले समय र क्रममा त्यो सबै गर्नुभयो जो उहाँले रच्नुभयो ताकि येशूको अन्तिम सप्ताह सृष्टि रचना हुने सप्ताहमा पहिल्यै बाट पूर्वानुमान गरिसकिएको थियो।

यो विशेष गरी दिन ६ को लागि साँचो छ। हामी प्रत्यक्ष रूपमा प्रयोग भएका शब्दहरूलाई एकरूपता मा देख्छौं। उदाहरणको लागि, केवल “येशू मर्नुभयो” भन्नुको सट्टा सुसमाचारको पुस्तकले भन्छ उहाँले “आफ्नो अन्तिम सास लिनुभयो” , आदमको प्रत्यक्ष उल्टो ढाचा जसले “जीवनको सास” प्राप्त गरे। समयको शुरुवातबाट यस्तो ढाँचाको प्रस्तुति, समयको अवधि र संसारको पूर्वज्ञानको विषयमा देखाउँछ। संक्षेपमा भन्नुपर्दा यो ईश्वरीय नृत्य हो।

‘तीन’ को मीटरमा नृत्य गर्दै

नम्बर तीनलाई शुभ मानिन्छ, किनकि त्राही बाट रत्म प्रकट हुदछ, लयबद्ध क्रम र नियमितता जसले स्वयं सृष्टिलाई सुरक्षित गर्दछ। रत्म सम्पूर्ण सृष्टि व्याप्त अन्तर्निहित कम्पन हो। त्यसकारण, यो समय र घटनाहरूको क्रमबद्ध प्रगतिको रूपमा धेरै तरीकामा प्रकट हुन्छ।

यसकारण यो अचम्मको कुरा होइन कि यो त्यही समय हो , जो सृष्टिको रचना पहिले ३ दिन र मृत्युको तीन दिन बीच पाईन्छ। तल दिइएको तालिकाले यस नमुनालाई जोड दिन्छ ।

 सृष्टिको सप्ताह  येशूको मृत्युको दिनहरू  
दिन १ र गुड फ्राइडेदिन अन्धकारमा शुरू हुन्छ। परमेश्वर भन्नुहुन्छ, त्यहाँ उज्यालो होस् र अन्धकारमा उज्यालो भयोदिन अँध्यारोले घेरिएको ज्योति (येशू) बाट शुरू हुन्छ। उहाँको मृत्युमा ज्योति निभ्दछ र संसार एक ग्रहण लागेको अन्धकार हुन्छ।
दिन २ र शबाथ विश्राम दिनपरमेश्वरले पृथ्वीलाई स्वर्गबाट अलग गर्दै पृथ्वीलाई स्वर्गबाट अलग ​​पार्नुहुन्छउहाँको शरीर आराम गर्ने क्रममा, येशूको आत्माले बन्धनमा परेका मरेकाहरूलाई स्वर्ग माथि जानको लागि स्वतन्त्र ​​पार्नुहुन्छ ।
दिन ३ र पुनरुत्थान पहिलो फलहरूपरमेश्वरले भन्नुभयो कि ‘जमीनले बिरूवाहरू उत्पादन गरून्’ र जमिनमा वनस्पति अंकुरित हुन्छन्।मरेको त्यो बीउ नयाँ जीवनमा देखा पर्दछ, सबैका लागि जसले यसलाई ग्रहण गर्दछ ।  
तसर्थ, परमेश्वर एक मुख्य मिटर (सात दिन द्वारा) र एक सानो मीटर (तीन दिन द्वारा) मा नाच्नुहुन्छ , ठीक त्यस्तै गरी जस्तो की नर्तकहरु विभिन्न समय चक्र मा आफ्नो शरीरलाई हल्लाउँछन्।

पछि हुने मुद्राहरू

हिब्रू वेदहरूले येशूको आगमनको विशिष्ट घटनाहरू र चाडपर्वहरूको लिपिबद्ध गर्दछ । परमेश्वरले यसलाई यसकारण दिनुभयो ताकि हामी जान्न सकौं कि यो परमेश्वरको नाटक थियो, मानिसको होइन। तलको तालिकाले येशूको आगमन भन्दा सयौं बर्ष पूर्व लिपिबद्ध गरिएका यी महान चिन्हहरूको सम्पर्कहरुको साथ केही सारांश प्रस्तुत गर्दछ।

हिब्रू वेदयसले येशूको आगमनलाई कसरी दर्शाउँछ
आदमको संकेत  परमेश्वरले नागको सामना गर्नुभयो र सर्पको टाउको कुच्च्याउनको निम्ति बीजको आगमनको घोषणा गर्नुभयो।
नोआ ठूलो जलप्रलयबाट बचेबलिदानहरू दिइन्छ,जो येशूको आउँदै गरेको बलिदानलाई संकेत गर्दछ।
अब्राहमको बलिदानको चिन्हअब्राहमको बलिदान स्थान उही पर्वत थियो जहाँ हजारौं वर्ष पछि येशूको बलिदान हुनेछ। अन्तिम क्षणमा थुमालाई वैकल्पिक रूपमा बलिदान दिइयो ताकि छोरा बाँच्न सकोस्, जुन यो दर्साउँछ की येशू “परमेश्वरको थुमा” स्वयं लाई कसरी बलि चढाउनुहुनेछ ताकि हामी बाँच्न सकौ।
निस्तार चाडको चिन्हएक विशेष दिन– निस्तार चाडको दिनमा थुमालाई बलि चढाउनु पर्ने थियो। जस जसले यसलाई  दिए तिनीहरू मृत्युबाट बचे, तर अनाज्ञाकारी मानिसहरू मरे। सयौं वर्ष पछि येशूको बलिदान ठीक यही दिन निस्तार चाडमा थियो।
योम किप्पुरबलीको बोकोको बलिदान- येशूको बलिलाई संकेत गर्दै वार्षिक उत्सव
‘राज’ जस्तै: ‘ख्रिष्ट’ को अर्थ के हो?उहाँको आगमनको प्रतिज्ञाको साथ शीर्षक “ख्रीष्ट” को उद्घाटन भयो
जस्तै कि कुरुक्षेत्रको युद्धमा पाईन्छयुद्धको लागि तयार ,“ख्रीष्ट” राजा दाऊदको वंशबाट आउनुहुनेछ  
शाखाको चिन्ह“ख्रीष्ट” एक मरेको ठुटोबाट एउटा हाँगा जत्तिकै अंकुरित हुनुहुनेछ
आउँदै गरेको शाखाको नामयो अंकुरित ‘शाखा’ को नाम उहाँको आगमन भन्दा ५०० वर्ष पहिला राखिएको थियो ।  
सबैका लागि दुःख भोग्ने सेवकदैवीय वाणी वर्णन गर्दछ कि कसरी यो व्यक्ति सबै मानिसजातिको सेवा गर्दछ  
पवित्र सप्ताहमा आउँदैछदैवीय वाणी भन्दछ कि उहाँ कहिले आउनुहुन्छ, यसलाई सात सप्ताहको चक्रमा दिइएको छ।  
पहिलैबाट भविष्यवाणी गरिएको जन्मकुंवारीबाट उहाँको जन्म र जन्म स्थान उहाँको जन्म भन्दा धेरै अघि भविष्यबाणी गरिएको थियो
नृत्यमा मुद्राजस्तै येशूलाई संकेत गर्दै चाडहरू र दैवीय वाणीहरु

नृत्यमा, खुट्टा र टाउको प्रमुख रूपमा हलचल हुन्छन्, तर हात र औंलाहरूको उपयोग यी हलचलहरूलाई मनोहरपूर्वक स्पष्ट पार्न प्रयोग गरिन्छ। हामी यी हातहरू र औंलाहरूको हलचलहरुलाई विभिन्न मुद्रा भन्छौं। यी दैवीय वाणीहरु र चाडपर्वहरु दिव्य नृत्यको मुद्राहरु जस्तै छन्। कलात्मक रूपमा, यो व्यक्ति र येशूको कामको विवरण लाई औंल्याउँछन्। नृत्यका बारेमा वर्णन गर्ने नाट्य शास्त्र जस्तै , परमेश्वरले हामीलाई मनोरञ्जन बाहेक रास वा परम आनन्दमा जनाको लागि निम्तो दिनुहुन्छ।

हाम्रो निमन्त्रणा

परमेश्वर ले हामीलाई उहाँको नृत्यमा सामेल हुन आमन्त्रित गर्नुहुन्छ। हामी भक्तिको सन्दर्भमा हाम्रो आफ्नो प्रतिक्रियालाई बुझ्न सक्दछौं।

उहाँले हामीलाई उहाँको गहिरो प्रेममा प्रवेश गर्न आमन्त्रित गर्नुभयो , जस्तो कि राम र सीताबीच गहिरो रुपमा थियो।

यहाँ यो बुझ्नुहोस् कि येशूले पेश गर्नुभएको अनन्त जीवनको उपहार कसरी प्राप्त गर्ने।