सत्य वेद पुस्तकमा तपाईँलाई स्वागत छ

तपाईँ, म अनि बाँकी सम्पूर्ण मानवजाति भ्रामक मायाजाल, पाप तथा मृत्युद्धारा बाँधिएको जीवन जिउने गर्छौँ। मानव इतिहासको सुरुवातदेखि नै विचारक, ऋषिमुनि तथा भविष्यवक्तहरूले हाम्रो मानवीय परिस्थितिको बारेमा चिन्तन मनन गरेका छन् साथै यो अस्तित्वबाट बच्नको लागि मार्ग प्राप्त गर्ने प्रयास गरे । धेरैजसो पवित्र साहित्यहरू यी प्रश्नहरूलाई लिएर सुरुवातदेखि नै पवित्र मानिसहरूद्धारा लेखिएको पाइन्छ । भारतीय उपमहाद्वीपबाट लगभग ईसापूर्व २०००–१००० सालको बीचमा लेखिएको ऋग्वेद सबभन्दा पहिलो पवित्र लेख हो । ऋग्वेदमा भएको पवित्र भजनले परमेश्वरको खोजी अनि भ्रामक मायाजाल, पाप र मृत्युको चक्रबाट मोक्ष वा उद्धार पाउनको लागि गम्भीर खोजलाई प्रकट गर्दछ ।

उपनिषद्को प्रार्थना

उपनिषद् (वेदभन्दा पछि ईसा पूर्व ८०० मा लेखिएको पवित्र साहित्य) मा भएको एउटा प्रसिद्ध प्रार्थनाले यस खोजको उद्धृत गर्दछ । यसको संस्कृतमा साथै नेपालीमा अनुवादित रूप तल दिइएको छ ।

संस्कृतमा 

नेपालीमाअनुवादित 

असतो मा सद् गमय।

तमसो मा ज्योतिर्गमय।

मृत्योर्मा अमृतम् गमय।

मलाईँअसत्यबाटसत्यतिरडो¥याऊ

मलाईँअन्धकारबाटज्योतितिरडो¥याऊ

मलाईँमत्युबाटअमरत्वतिरडो¥याऊ

सबै संस्कृतिहरू, भाषाहरू तथा धर्महरूलाई एकतर्फी हेर्दा यो मंत्र वा प्रार्थनाले अमरत्व प्राप्त गर्ने मार्ग थाहा पाउने मानवीय इच्छालाई व्यक्त गर्दछ ।

प्रतिज्ञा: प्रार्थनाको उत्तर आइरहेको छ

जब भारतीय उपमहाद्वीपमा रचिएको उपनिषद्मा यो प्रार्थना संस्कृत भाषामा लेखियो तब त्यसै समयको आसपासमा मध्यपूर्वको द्वीप सामी इब्रानीमा ज्ञानले भरिएको एउटा ईश्वरीय सन्देश यशैया नामक इस्राएली ऋषि या भविष्यवक्तालाई दिइयो । तपाईँले यो तलको कुराहरू पढ्दै गर्दा ध्यान दिनुहुनेछ कि माथि दिइएको उपनिषद्को प्रार्थनाको उत्तरको लागि यिनीहरू परमेश्वरद्धारा दिइएका प्रतिज्ञाहरू हुन् ।

“म परमप्रभुले तिमीलाई मेरो धार्मिकताअनुसार बोलाएको छु;

म तिम्रो हात समात्नेछु र तिम्रो रक्षा गर्नेछु ।

तिमीलाई नै म जाति–जातिहरूका निम्ति करार

र अन्य जातिहरूका निम्ति ज्योति बनाउनेछु,

अन्धाहरूका आँखा खोल्नलाई,

कैदीहरूलाई कारागारबाट

र अन्धकारमा बस्नेहरूलाई कैदी

राख्ने तहखानाबाट निकाल्नलाई ।

म अन्धाहरूलाई तिनीहरूले नचिनेको बाटोमा डो-याउनेछु ।

तिनीहरूले नजानेको बाटोमा म तिनीहरूलाई बाटो देखाँउदै लग्नेछु;

म तिनीहरूका अगि अँध्यारोलाई उज्यालो

र खाल्टाखुल्टी ठाउँलाई सम्म पार्नेछु ।

यी कामहरू म गर्नेछु, म तिनीहरूलाई त्याग्नेछैनँ ।

अन्धकारमा हिड्ने मानिसहरूले

एउटा ठूलो ज्योति देखेका छन् ।

मृत्युको छायाको देशमा बस्नेहरूमाथि,

एउटा ज्योति उदाएको छ।” यशैया ४२:६–७, १६, ९:२

सैयौँ वर्ष पहिले लेखिएको उपनिषद्को यो प्रार्थना र यशैयाको ईश्वरीय सन्देशले संसारलाई उलटपुलट पार्दियो जसलाई शुभ सन्देश भनियो । यो सन्देशले त्यो बेलाको संसारलाई धेरै परिवर्तन ग-यो र हामी यो कुरा जान्दछौँ या जान्दैनौँ कि आजको हाम्रो यस जीवन पनि यो सन्देशद्धारा पूर्णरूपमा प्रभावित भएको छ । यसले किताबहरूको आविष्कार (चर्मपत्र होइन) गर्नमा मार्गदर्शन ग-यो, शुभ सन्देशले कसरी समाजलाई प्रभाव पार्नुपर्छ भन्ने कुरा मानिसहरूले जानेको हुनाले प्रत्येक शब्दलाई छुट्टाछुट्टै लेख्ने ढाँचा, अङ्ग्रेजी भाषाको सानो–ठूलो रूपमा अक्षर लेख्ने ढाँचा, विश्वविद्यालयहरू, अस्पतालहरू र यहाँसम्म कि अनाथालयहरू पनि मानिसरूद्धारा स्थापित भए । तर अझ आधारभूतरूपमा, यस समाचारको आगमनले मानिसहरूले आफैलाई, अरुलाई, जीवन, मृत्यु, अमरत्व तथा परमेश्वरलाई हेर्ने दृष्टिकोणलाई गहनरूपमा परिवर्तन गरिदियो । यो शुभ सन्देशलाई सुसमाचारको रूपमा पनि चिनियो, अनि युगौदेखि आजसम्म यसले कैयौँ मानिसहरूको मन र हृदयको निष्ठा प्राप्त गरेको छ, संक्षेपम भन्नुपर्दा यसले सत्य, स्वतन्त्रता अनि अमरत्वको लागि हाम्रो आधारभूत आवश्यकताको उत्तर दिन्छ ।

सुसमाचारको सन्देश नासरतको येशू नामक व्यक्तिमाथि केद्रित छ । उहाँले परमेश्वरको मानवीय देहधारण हुन्छ भनी दावी गर्नुहुन्छ (त्यो दावीलाई हामी यस ठाउँ साइटमा देख्छौँ) जसले हाम्रो सत्य, स्वतन्त्रता र अमरत्वको आवश्यकता पूरा गर्न सक्नुहुन्छ । यो असल सन्देशलाई ऋगवेद साथसाथै बाइबलको दृष्टिकोणबाट विचार गर्न चाहने तथा बुझ्न चाहने सम्पूर्ण इच्छुक व्यक्तिहरूलाई अवसर प्रदान गर्न मैले यो वेबसाइट निर्माण गरेको हुँ। जब पहिलो पटक बाइबल हिन्दीमा अनुवाद भयो तब यसलाई ‘वेद पुस्तक’ या ‘सर्वोच्च ज्ञानको पुस्तक’ भनियो । यी दुइवटै वेदले अमरत्व प्राप्त गर्ने मार्ग देखाउने प्रतिज्ञा गर्दछ । निश्चितरूपमा यसबारेमा विचार गर्नु उपयुक्त

देखिन्छ । यी दुई वेदहरूबाट सुसमाचारको बारेमा विचार–विमर्स गर्न म तपाईँलाई निमन्त्रणा दिन चाहन्छु ।