दिन ७: शबाथको विश्राममा स्वस्तिक

स्वस्तिक शब्द निम्न शब्दहरू मिलेर बनेको छः

सु (सु) – राम्रो, भलो, शुभ

अस्ति (अस्ति) – “यो”

स्वस्तिक मानिसहरू वा स्थानहरूको कल्याणको कामना गर्ने एक आशीर्वाद वा आशिष वचन हो। यो परमेश्वर र आत्मामा विश्वासको घोषणा हो। यो एक मानक, आत्मिकअभिव्यक्ति हो, जसको उपयोग एक व्यक्ति  द्वारा आफ्नो राम्रो अभिप्राय व्यक्त गर्नको लागि सामाजिक वार्तालाप र धार्मिक सभाहरूमा गरिन्छ।

यो आशिष / आशीर्वाद आफ्नो दृश्य प्रतीकमा, स्वस्तिक मार्फत पनि व्यक्त गरिन्छ। दुई–रेखाहरुले बनेको स्वस्तिक (卐) सहस्राब्दीको लागि दिव्यता र आध्यात्मिकता को प्रतीक हो। तर यसले विविध अर्थ राख्दछ, र नाजीहरूले यसको सह-विकल्पको रूपमा यसको अनुसरण गरेपछि यसलाई चारैतिर प्रतिष्ठान मिलेको छ, त्यसैले यसले एशियामा परम्परागत रूपमा सकारात्मक भावनाको तुलनामा पश्चिमी मुलुकमा नकारात्मक भावना जगाउँछ। स्वस्तिकको यो व्यापक रूपले विविध धारणाहरुको कारणले गर्दा यो शुभ शुक्रवार पछिको दिन –दिन ७ को लागि उपयुक्त प्रतीक बनाउँछ

दिन ७ – शबाथ विश्राम

दिन –६ मा येशूलाई क्रूसमा टाँगिएको देखिएको थिए। त्यस दिनको अन्तिम कार्यक्रम एक अधुरो कार्यलाई पूरा गरे बिना येशूलाई गाडिनु थियो।

55 गालीलबाट येशूसंगै आएका स्त्रीहरूले यूसुफलाई पछयाउन लागे। तिनीहरूले चिहान अनि त्यस भित्र शरीर कसरी राखिएको थियो देखे।
56 त्यसपछि तिनीहरू सुगन्धित मसाला तयार पार्न घर गए। विश्रामको दिन मोशाको नियमको आज्ञा अनुसार तिनीहरूले विश्राम गरे।

लूका २३:५५–५६

स्त्रीहरु उहाँको शरीरलाई सुगन्धित द्रव्य लगाउन चाहन्थे तर समय सकियो र शबाथको विश्राम शुक्रबारको साँझ सूर्यास्तमा शुरू भयो। यो सप्ताहको ७ औं दिन, अर्थात शबाथबाट शुरू भयो। यहूदीहरू सबाथको दिनमा काम गर्दैनथे, जो कि सृष्टिको वृतान्त लाई स्मरण गराउँछ। परमेश्वर द्वारा सबै सृष्टिको रचना ६ दिनमा भएपछि हिब्रू वेद भन्दछ की :

सरी पृथ्वी, आकाश र तिनीहरुभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो।
2 परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरुबाट विश्राम लिनुभयो।

उत्पत्ति २: १-२

यद्यपि स्त्रीहरुले उहाँको शरीरमा सुगन्धित द्रव्य लगाउन चाहन्थे , तर पनि उनीहरूले आफ्नो वेदको अनुसरण गरे र आराम गरे।

जब अरूले काम गरे

तर मुख्य पुजाहारीहरूले सबाथको दिनमा आफ्नो काम जारी राखे।

62 त्यस दिनलाई तयारीको दिन भनिन्थ्यो। भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ पुगे।
63 तिनीहरूले भने, “स्वामी, हामीलाई थाहा छ त्यस ठगाहाले त्यो जिउँदो छँदा ‘तीन दिनपछि म फेरि बौरी उठ्नेछु’ भनेको थियो।’
64 यसकारण तीन दिनसम्म त्यो चिहानमा पहरा दिने आदेश पालेहरूलाई दिनुहोस्। उसका चेलाहरू आएर त्यहाँबाट उसको लाश चोरेर लैजान सक्छन्। अनि तिनीहरूले मानिसहरूलाई ‘तिनी मरेकोबाट जागे’ भन्नसक्छन्। यसपल्टको त्यो आफवाह पहिलेकौ भन्दा धेरै भयानक भएर फैलिनसक्छ।”
65 पिलातसले भने, “केही सैनिकहरूलाई लिएर जाउ अनि सकेसम्म चिहानलाई सुरक्षित राख।”
66 यसकारण तिनीहरू त्यहाँ गए र त्यस चिहानको मुखमा गतिलो ढुङ्गाले बन्द गरेर मोहर लगाए अनि पालेहरू खटाएर चिहानलाई सुरक्षित बनाए।

मत्ती २७:६२-६६

किनकि सबाथको दिन मुख्य पुजारीहरूले काम गरे, यसैले उनीहरूले उहाँको चिहानको सुरक्षा गर्न पहरदारहरु खटाए, जहाँ येशूको मृत शरीर राखिएको थियो, जबकि स्त्रीहरूले आज्ञा पालन गर्दै विश्राम गरे।

नरकबाट बन्धक आत्माहरुलाई मुक्त गरियो

यद्यपि मनुष्यको दृष्टिमा यस्तो देखिन्थ्यो कि मानौ येशू आफ्नो लड़ाई हारिसक्नुभएको थियो, तथापि यस दिन नरकमा केही भयो। बाइबलले यसो भन्छ:

8 त्यसैले शास्त्रमा यस्तो भनिएको छः“उहाँमाथि आकाशमा जानुभयो, आफूसित कैदलाई बन्दी बनाएर लानु भयो अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।”
9 “उहाँ माथि जानु भयो” भन्दा के बुझ्न सकिन्छ? यसको अर्थ, पहिले उहाँ तल पृथ्वीमा आउनु भयो

।एफिसी ४:८-९

येशू सबैभन्दा तल्लो क्षेत्रहरूमा ओर्लिनुभयो, जसलाई हामी नरक वा पितृलोक भन्छौं जहाँ हाम्रो पितरहरु (मृत पुर्खाहरू) को यम (यमराज) र यम-दुताहरूले बन्दी बनाउँछन्। । यम र चित्रगुप्त (धर्मराज) ले मृतकहरूलाई यसकारण बन्धक बनाए किनकि उनीहरूसित आफ्नो कामको न्याय गर्ने र आफ्नो गुणको तौल गर्ने अधिकार थियो। तर सुसमाचारको पुस्तकले घोषणा गर्‍यो कि येशू, जबकि आफ्नो शरीरमा ७ औं दिन मृत्युमा आराम विश्राम गर्दै हुनुहुन्थ्यो, तब उहाँको आत्मा तल ओर्लनुभयो र त्यहाँको बन्धकहरूलाई मुक्त गर्नुभयो ,तब यसपछि उनीहरूसँगै स्वर्गमा जानुभयो। जबकि थप अगाडि यसरी भनिएको छ …

यम, यम-दूत र चित्रगुप्त पराजित भए

15 परमेश्वरले आत्मिक शक्ति र अधिकारहरूलाई जित्नुभयो। क्रूसले परमेश्वर विजयी बन्नुभयो अनि ती अधिकारहरू, शक्तिहरूलाई परास्त गर्नुभयो। तिनीहरू शक्तिहीन थिए, भन्ने कुरो परमेश्वरले संसारलाई देखाउनु भयो।

कलस्सी २:१५

येशूले नरकको अधिकारीहरू (यम, यम-दुत र चित्रगुप्त) लाई परास्त गर्नुभयो जसलाई बाइबलले शैतान (निन्दा गर्ने), दियाबलस (विरोधी), सर्प (नाग) र उनीहरूको अधीनमा कार्य गर्ने अधिकारीहरू भन्दछ। येशूकाे आत्मा ती अधिकारीहरू द्वारा बन्दी बनाइएका मानिसहरूलाई छुटाउन तल ओर्लनुभयो।

जब येशूले यी बन्धकहरुलाई नरकबाट छुटाउँदै हुनुहुन्थ्यो, तब पृथ्वीमा बस्नेहरू यस बारे अनजान थिए। जीवित मानिसहरूले सोचे कि येशू मृत्युसंगको युद्धमा हार्नु भयो। यो क्रुसको विरोधाभास हो। नतिजा एकै साथ बिभिन्न दिशामा औंल्याइएको देखिन्छ। दिन ६ उहाँको मृत्युबाट निस्किने वाला दुःखदायी परिणाम सँगै समाप्त भयो। तर यो नरगमा बन्धीहरुको लागि विजयमा परिणत भयो। दिन ६ को पराजय उनीहरूको दिन ७ मा जीत थियो। जसरी स्वस्तिक एक साथ विपरित दिशालाई दर्साउँछ, क्रुसले पनि त्यस्तै गर्दछ।

स्वस्तिकलाई प्रतीकको रूपमा प्रतिबिम्बित गर्दै

स्वास्तिकको केन्द्रीय बाहुको छेदन एक क्रुसलाई बनाउँछ। यसैले येशूका शुरुका अनुयायीहरूले स्वस्तिकलाई उनीहरूको प्रतीकको रूपमा प्रयोग गर्थे।

किनकि क्रस ‘स्वस्तिक’ मा छ, स्वस्तिक पारम्परिक प्रतीक हो जसले येशूलाई भक्ति देखाउँदछ
स्वस्तिकले क्रसको विरोधाभासको प्रतीक हो

यस अतिरिक्त, बाहुको  घुमेको किनारहरु सबै दिशामा देखाउँछ, जुन क्रूसको यी विरोधाभासहरूको प्रतीक हो; दुबै यसको हार र जीत, यसको लाभ र हानी, नम्रता र विजय, दु: ख र आनन्द,मृत्युमा विश्राम गर्नेवाला शरीर र स्वतन्त्रता को लागि काम गर्नेवाला आत्मा। त्यो दिन धेरै विरोधहरु बाहिर आए, किनकि स्वस्तिक यसलाई धेरै राम्रो प्रकारले देखाउँदछ।

सबै ठाउँको लागि स्वस्तिक

क्रूसको आशिष् पृथ्वीको चार कुनासम्म जारी रहन्छ; उत्तर, दक्षिण, पूर्व र पश्चिम तर्फ, यो चार दिशाको प्रतीक हो, जुन घुमेको बाहुहरुले संकेत गर्दछ ।

नाजी दुर्व्यवहारले स्वस्तिकको शुभतालाई भ्रष्ट बनायो। अधिकांश पश्चिमीहरूले अब यसलाई सकारात्मक दृष्टिकोणले हेर्दैनन्। त्यसैले स्वस्तिक स्वयं यस कुराको प्रतीक हो कि कसरी अन्य प्रभावहरूलाई भ्रष्ट पार्न सकिन्छ र कुनै पनि चिजको पवित्रताको विकृति गर्न सकिन्छ। पश्चिमी साम्राज्यवाद र उपनिवेशवादले पनि यस्तै प्रकारले सुसमाचारको अपहरण गरे। मौलिक रूपमा आशा र शुभ समाचारको एक एशियाई सन्देश मृत्युको क्रममा, धेरै एशियाईहरूले यसलाई अब युरोपेली वा पश्चिमी संस्कृतिको स्वामित्वको रूपमा हेर्दछन्। जसै हामी पश्चिमीलाई स्वस्तिकको नाजी सह-विकल्प लाई यसको गहिरो इतिहास र प्रतीकात्मक अर्थमा देख्नको लागि प्रेरित गर्दछौं, स्वस्तिक हाम्रोलागि बाइबलका पृष्ठहरूमा पाइने मूल सुसमाचारको सन्देशसँगै यो अनुस्मारक हो।

अर्को दिनलाई देखाउँदै

तर यो स्वस्तिकको घुमेको पार्श्व बाहु हो जुन विशेष गरी शबाथको ७ औं दिनको लागि महत्वपूर्ण छ।

दिन ७ को दृष्टिकोणले:पछाडि दिन ६ तर्फ र अगाडि पुनरुत्थानको पहिलो फलहरू तर्फ हेर्दै

दिन ७ क्रूसमा झुण्डाईएको दिन र अर्को दिनको बीचमा पर्दछ। परिणामस्वरूप, स्वस्तिकको तल्लो पार्श्व बाहु शुभ शुक्रवार र यसको घटनाहरूतिर जताउँछ। माथिल्लो पार्श्व बाहुलाई अर्को दिन, नयाँ सप्ताहको आइतवारतिर देखाउँदछ, जब येशूले त्यस दिन मृत्युलाई पराजित गर्नुभयो, जसलाई मूल रूपमा पहिलो फल भनिन्छ।

दिन ७:हिब्रू वेदका नियमहरूको तुलनामा येशूको शरीरको लागि शबाथको विश्राम