रामायण भन्दा उत्तम एक प्रेम महाकाव्य – तपाईं यसमा भागी हुन सक्नुहुन्छ

जब कसैले सबै महान महाकाव्यहरू माथि विचार गर्दछ र प्रेम कथाहरूको रचना गर्दछ , तब रामायण निश्चित रूपमा सूचीको शीर्षमा आउँछ। यस महाकाव्यको धेरै उत्कृष्ट पक्षहरु छन्:

• राम र सीता बीचको प्रेम,

• राजाको सिंहासनको लागि लडाईं भन्दा वनवास छनौटमा रामको विनम्रता,

• रावणको दुष्टताको विरूद्धमा रामको भलाई,

• रावणको बन्धनमा हुँदा सीताको पवित्रता,

• उनको उद्धारमा रामको बहादुरी।

रामायणको धेरै नाट्य रूपान्तरण हरुलाई प्रदर्शन गरिएको छ

खराब माथि असलको विजयको लामो यात्राको परिणामस्वरूप, जो स्वयं मा आफ्नो नायकहरूको चरित्रलाई बाहिर ल्याउँदछ, रामायणलाई एक कालातीत महाकाव्य बनाएको छ। यस कारणले समुदायहरूले प्रत्येक वर्ष रामलीलाहरूको प्रदर्शन गर्दछन्, विशेष गरी विजयादशमी (दशहरा,दशैहरा वा दशैं) चाडको समयमा, अक्सर रामचरितमानस  जस्तो रामायणबाट लिइएको साहित्यमा आधारित हुन्छन्।

हामी रामायणमा भागीहुन सक्दैनौं

रामायणको प्रमुख कमी भनेको हामी केवल यसको नाटकलाई पढ्न, सुन्न वा हेर्न सक्छौं। केहि मानिसहरू रामलीलाहरुमा भाग लिन सक्छन्, तर रामलीलाहरु वास्तविक कथा होइनन्। यो कति राम्रो हुन्थ्यो कि यदि हामी वास्तवमै अयोध्याको राज्यमा राजा दशरथको रामायण संसारमा प्रवेश गर्न सक्थ्यौं र रामसंगै उनको रामाईलो यात्रामा हिड्न सक्थ्यौं ?

त्यो महाकाव्य जसमा हामी लाई भाग लिनको लागि आमन्त्रित गरिएको छ

यद्यपि यो हाम्रो लागि उपलब्ध छैन, तर त्यहाँ अर्को महाकाव्य छ, जुन रामायणको बराबरमा पाईन्छ जसमा हामीलाई प्रवेश गर्न आमन्त्रित गरिएको छ। यस महाकाव्यमा रामायणसँग यस्तै धेरै समानताहरू छन् कि हामी रामायणलाई यस वास्तविक जीवनको महाकाव्य बुझ्नको लागि एक आदर्शको रूपमा प्रयोग गर्न सक्छौं। यस महाकाव्यले प्राचीन हिब्रू वेदहरुको रचना गर्दछ, जसलाई प्रायः बाइबलको रूपमा चिनिन्छ। तर यो महाकाव्यलाई हामी बाँचिरहेको यस संसारमा रचिन्छ, जसबाट हामीलाई यसको नाटकमा प्रवेश गर्न अनुमति मिल्दछ। यो हाम्रो लागि नयाँ हुनसक्दछ, हामी यसको कथा र यसमा हामीले खेलेको भूमिकालाई, रामायणको दृष्टिबाट हेरेर बुझ्न सक्छौं।

हिब्रू वेद: रामायण जस्तो एक प्रेम महाकाव्य

रामायणको केन्द्रबिन्दु राम र सीताको प्रेम कथा हो

यद्यपि धेरै छोटो – छोटो कथाहरुले मिलेर बनेको एक महाकाव्य, रामायणको मूल नायक राम र नायिका सीता बीचको एक प्रेम कथाको रचना गर्दछ, यद्यपि बाइबलको केन्द्रीय विचार येशू (नायक) र यस संसारको मानिसहरूको बीचको एक प्रेम कथा हो, जो उहाँको दुलही बने ,जसरी सीता रामको दुलही बनिन्। जसरी रामायणमा सीताको भूमिका महत्वपूर्ण छ, त्यसरी नै बाइबलको कथामा पनि हामीले खेल्ने भूमिका महत्त्वपूर्ण छ।

आरम्भ:हराएको प्रेम

तर आउनुहोस् सुरुबाट आरम्भ गरौं। बाइबलले भन्छ कि परमेश्वरले मानिसलाई पृथ्वीको माटोबाट नै बनाउनुभयो, त्यस्तै गरी रामायणको अधिकांश ग्रंथहरूमा पाइन्छ की सीता पनि पृथ्वीबाट निक्लेर आएकी थिइन् । परमेश्वरले यो काम गर्नुभयो किनभने उहाँले मनुष्यलाई प्रेम गर्नुहुन्थ्यो ,उ सँग एउटा सम्बन्ध चाहनुहुन्थ्यो। ध्यान दिनुहोस् की परमेश्वर कसरी प्राचीन हिब्रू वेदमा मानिसहरुप्रति आफ्नो इच्छाको वर्णन गर्नुहुन्छ

म तिनको धर्तीमा धेरै बिऊहरू छर्नेछु।
    अनि लो-रूहामालाई म दया देखाउने छु।
अनि लो-अम्मीलाई म भन्नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ।’
    अनि तिनीहरूले मलाई भन्ने छन्, ‘तपाईं हाम्रो परमेश्वर हुनुहुन्छ।’”

होशे २:२३

खलनायक द्वारा नायिकालाई बन्दी बनाईएको

रावणले सीतालाई अपहरण गर्दै उनलाई रामबाट अलग गर्दिन्छ

यद्यपि, परमेश्वरले यस सम्बन्धको लागि मानवजातिलाई सृष्टि गर्नुभयो, तर एक खलनायकले यस सम्बन्धलाई नष्ट गर्‍यो। जस्तो कि रावणले सीतालाई अपहरण गर्यो र उनलाई आफ्नो राज्य लंकामा कैद गर्यो, त्यस्तै परमेश्वरको विरोधी, शैतानले, जसलाई प्रायः असुर- जस्तो सर्पको रूपमा चित्रण गरिएको थियो, त्यसले मानव जातिलाई आफ्नो बन्धनमा ल्यायो। बाइबलले यी शब्दहरुमा उसको नियन्त्रणमा रहेको हाम्रो अवस्थाको वर्णन गर्दछ।

 बितेका दिनहरूमा आफ्ना पापहरू र परमेश्वर विरोधी कर्महरूले गर्दा तिमीहरूका आत्मिक जीवन मृत थियो। हो पनि, अघि तिमीहरू त्यस्तै पापहरूमा बसेका थियौ। तिमीहरू सांसारिक मानिसहरू झैं बाँचिरहेका थियौ। तिमीहरूले वायु मण्डलको दुष्ट शक्तिहरूको शासकलाई पछ्यायौ। अझै पनि परमेश्वरलाई नमान्नेहरूमा त्यही आत्माले काम गर्दैछ। गएका दिनहरूमा हामीहरू सबै पनि ती मानिसहरू जस्तै बाँचेका थियौं। हामी आफ्नो पापमय प्रकृतिलाई खुशी पार्ने कोशिशमा थियौं। हाम्रा प्रवृत्ति र मनले चाहे अनुसार नै हामी सब कुरो गर्थ्यौं। हामी दुष्ट मानिस थियौं। हामी जुन प्रकारले बसेका थियौं हाम्रो पापले गर्दा त हामीले परमेश्वरको क्रोध भोग्नै पर्ने थियो। हामी अरू जस्तै

थियौ।एफिसी २: १-३

आउँदै गरेको संघर्षको निर्माण हुनु

जब रावणले सीतालाई आफ्नो राज्यमा कब्जा गर्यो, रामले उनलाई बचाउने र त्यसलाई नाश गर्ने चेतावनी दिए। त्यसरी नै, जब शैतानले पाप र मृत्यु द्वारा हामीमा पतन ल्यायो, तब परमेश्वरले मानव इतिहासको सुरूमा नै शैतानलाई चेताउनी दिनुभयो,की उहाँले कसरी स्त्रीको सन्तान मार्फत शैतानलाई नष्ट गर्नुहुन्छ – र यो त्यही पहेली हो, जुन यी विरोधीहरूसंग झगडाको केन्द्रबिन्दु बन्यो।

प्राचीन कालमा नै यस वंशको आगमनलाई परमेश्वरले पुन: पुष्टि गर्नुभयो:

• एक असम्भव गर्भधारण हुनु ,

• छोराको त्याग,

उत्पीडनबाट छुटकारा,

• र एउटा शाही राजवंशको स्थापना।

यस्तै गरी रामायणमा पनि रावण र रामको बिचमा भएको विवाद देखिन्छ:

• एक असम्भव गर्भधारण (दशरथका पत्नीहरू दिव्य हस्तक्षेप बिना गर्भधारण गर्न सक्दैनथे),

• एक छोराको त्याग (दशरथले रामलाई वनमा निर्वासनको रूपमा छोड्नु पर्यो),

• मानिसहरूको उद्धार (राक्षस सुबाहुले जंगलको मुनिहरूलाई अत्याचार गरेको थियो, विशेष गरी विश्वामित्रलाई, तब सम्म जब सम्म रामले उसलाई नष्ट गरेनन्)

•एक शाही राजवंशको स्थापना (राम अन्ततः राजाको रूपमा शासन गर्न सक्षम भएका थिए)।

हीरो आफ्नो प्रेमलाई बचाउनको लागि आउँदछन्

सुसमाचारको पुस्तकहरूले येशूलाई त्यो सन्तान भनेर बताउँदछ जुन सन्तानले कुमारी स्त्रीबाट आउने प्रतिज्ञा गरेको थियो। रामले रावणको पासोमा परेको सीतालाई छुटाउन आएझैं ,मृत्यु र पापमा फसेकाहरूलाई उद्धार गर्न येशू पृथ्वीमा आउनुभयो। यद्यपि, राम जस्तै, उहाँ अलौकिक रूपबाट शाही हुनुहुन्थ्यो,तथापि उहाँले स्वेच्छाले आफ्नो विशेषाधिकार र शक्ति त्याग्नुभयो। बाइबलले यसको वर्णन यसरी गर्दछ

आफ्नो जीवनमा ख्रीष्ट येशूले जस्तै सोच र गर।

ख्रीष्ट आफैं हरेक कुरामा परमेश्वर जस्तै हुनुहुन्थ्यो।
    उनी परमेश्वर बराबरी हुनु हुन्थ्यो।
    तर उहाँले परमेश्वसित रहेको बराबरीलाई आफ्नो निम्ति राखिनु पर्ने सम्पत्ति झैं मान्नु भएन।
परमेश्वरसित उहाँको ठाउँ उहाँले छोडिदिनु भयो,
    र मानव हुन जन्मनु भयो।
अनि सेवक हुनु भयो।
    जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले आफैंलाई खुबै नम्र बनाउनु भयो।
    अनि उहाँ मृत्यु अँगाल्न सम्म आज्ञाकारी हुनु भयो, र क्रूसमा मर्नु भयो।

फिलिप्पी २: ५ ब-८

हारको माध्यमबाट विजय

रामले शारीरिक लडाई मार्फत रावणलाई पराजित गरे

यसमा रामायण र बाइबलको महाकाव्य बीच एउटा ठूलो भिन्नता रहेको छ। रामायणमा ,रामले रावणलाई साहसको बलले पराजित गरे। उनले एक वीरता को युद्धमा उसलाई मारे।

येशूको जीत एक देखिएको हारको माध्यम बाट आयो

येशूको लागि विजयको बाटो भने फरक थियो, यो हारको बाटो भएर गयो। एक शारीरिक लडाई जित्नुको सट्टा, येशू पहिले नै भविष्यवाणी गरिएझैं शारीरिक रूपमा मर्नुभयो। उहाँले यो यसकारण गर्नुभयो किनकि हाम्रो बन्धन मृत्युको लागि हो, त्यसैले उहाँले मृत्युलाई पराजित गर्न आवश्यक थियो। उहाँले मृतकबाट जीवित भएर यो काम गर्नुभयो जसलाई हामी ऐतिहासिक रूपले जाँच गर्न सक्छौं। हाम्रो लागि मर्दै, उहाँले साच्चै नै आफू स्वयंलाई हाम्रो सट्टामा दिनुभयो । जस्तो कि बाइबलले येशूको बारेमा भन्दछ

14 उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।

तीतस २:१४

प्रेमीको निमन्त्रणा …

रामायणमा राम र सीता रावणलाई हराएपछि पुनः एक भएका थिए। बाइबलको महाकाव्यमा, अब जबकि येशूले मृत्युलाई पराजित गर्नुभयो, त्यसरी नै येशूले भक्तिमा प्रतिक्रिया दिनको लागि तपाईं र मलाई उहाँको बन्नको लागि निमन्त्रणा दिनुहुन्छ । जो मानिसहरू यो रोज्छन्, तिनीहरू उहाँको दुलही हुन्

पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो। 26 मण्डलीलाई पवित्र बनाउनु उहाँले आफ्नो प्राण बलि दिनुभयो। मण्डलीलाई पानीले धोएर शुद्ध पार्न ख्रीष्टले सुसमाचार प्रयोग गर्नुभयो। 27 उहाँले मण्डलीलाई महिमित दुलही बनाउनु तथा कलंक, चाउरी वा त्यस्तै कुनै त्रुटिरहित बनाउन तथा उनलाई शुद्ध र निर्दोष पार्नु आफैंलाई बलि दिनुभयो।

एफिसी ५: २५-२७

32 यो गुप्त सत्यता खुबै महत्वपूर्ण छ। मलाई लाग्छ यसको अभिप्राय ख्रीष्ट र मण्डलीसित छ।

एफिसी ५:३२

सुन्दर र पवित्र बन्नको लागि

रामले सीतालाई प्रेम गर्छन् किनकी उनी सुन्दर छिन्

रामायणमा ,रामले सीतालाई प्रेम गर्थे, किनभने उनी सुन्दर थिइन्। तिनको चरित्र पनि शुद्ध थियो। बाइबलको महाकाव्य यस संसारमा हामीसँग खोलियो, जो शुद्ध छैनन्। तर येशू अझै पनि ती मानिसहरूलाई प्रेम गर्नुहुन्छ ,जसले उहाँको बोलावटको उत्तर दिन्छन् , उनीहरू सुन्दर र शुद्ध भएकोले होइन, तर उनीहरूलाई निम्नलिखित चरित्रको साथ सुन्दर र शुद्ध बनाउनको लागि,

22 तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, 23 नम्रता, संयम दिंदछ। यी कुराहरू भुल हुन् भन्ने कुनै व्यवस्थामा

छैन।गलाती ५: २२-२३

अग्नि परीक्षा पछि

येशूले उहाँको दुलहीलाई- जाँचहरुको माध्यमबाट भित्रबाट सुन्दर बनाउनको लागि प्रेम गर्नुहुन्छ

यद्यपि रावणको पराजय पछि सीता र राम पुनः एक भए, सीताको चरित्रको बारेमा प्रश्न उठ्न थाल्यो। केही मानिसहरूले रावणको नियन्त्रणमा रहेको बेला उनी अशुद्ध भएको आरोप लगाए। त्यसैले सीताले आफ्नो जीवन निर्दोष प्रमाणित गर्न अग्नि परीक्षा भोग्नुपरेको थियो। बाइबलको महाकाव्यमा, पाप र मृत्युमाथि विजय पाएपछि, येशू स्वर्गमा उक्लनुभयो जुन उहाँको प्रेमको निम्ति तयार हुनुहुन्छ, जसको लागि उहाँ फर्किनुहुनेछ। उहाँबाट अलग हुँदा, हामीले जाँचहरु वा परीक्षाहरू पनि पार गर्नुपर्दछ, जसको तुलना बाइबलले आगोसँग गरेको छ; हाम्रो निर्दोषता प्रमाणित गर्न होइन, तर उहाँको शुद्ध प्रेमलाई दूषित गर्ने कुराबाट आफूलाई शुद्ध पार्न। बाइबलले यो कल्पनाको प्रयोग यसप्रकार गर्दछ

परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन् उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ। अब हामी आशीर्वादको आशा राख्छौं जो उहाँको नानीहरूका निम्ति उहाँकहाँ छ। यो आशीर्वाद तिमीहरूका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरू ध्वंश, नष्ट अथवा धमिलो हुनेछैन। जबसम्म तिमीहरूले मुक्ति पाउँदैनौ।

तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरू सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरूलाई समयको अन्तमा दिइनेछ। यसले तिमीहरूलाई अत्यन्त सुखी तुल्याउनु पर्छ यद्यपि क्षणिक समयकोलागि सबै प्रकारको कष्ट भोग्दा तिमीहरूलाई दु:खी बनाँउछ। यी दु:ख-कष्टहरू किन हुन्छन्? तिमीहरूको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरूमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।

तिमीहरूले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरू उहाँलाई प्रेम गर्छौ। तिमीहरूले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरू उहाँमाथि विश्वास गर्छौ। तिमीहरू अकथनीय अनि गौरवमय आनन्दले परिपूर्ण छौ। तिमीहरूको विश्वासको एक लक्ष्य छ। त्यो लक्ष्य तिमीहरूको आत्मा बचाउँनु हो। अनि तिमीहरूले तिमीहरूको लक्ष्य जो मुक्तिको निम्ति हो त्यो प्राप्त गर्दैछौ।

१ पत्रुस १:३-९

… एक महान विवाहको लागि

बाइबलको महाकाव्य एक विवाह संग समाप्त हुन्छ

बाइबलले घोषणा गर्छ कि येशू आफ्नो प्रेमको लागि फेरि आउनुहुनेछ र त्यसो गर्नाले उहाँले उनलाई आफ्नो दुलही बनाउनु हुनेछ । तसर्थ, सबै महान महाकाव्यहरूमा जस्तै, बाइबल एक विवाहको साथ समाप्त हुन्छ। येशूले तिर्नुभएको मूल्यले यस विवाहको लागि मार्ग प्रशस्त गर्यो। त्यो विवाह आलंकारिक होइन तर वास्तविक हो, र जसले उहाँको विवाहको निमन्त्रणालाई स्वीकार गर्दछन् उनीहरूलाई उहाँले “ख्रीष्टको दुलही” भन्नुहुन्छ। जस्तो कि भनिएको छ:

हामी खुशी मनाऔं अनि खुशी होऔं
    अनि परमेश्वरलाई महिमा प्रदान गरौं!
परमेश्वरको थुमाको विवाह आएकोछ।
    अनि परमेश्वरको थुमाकी बेहुलीले स्वयंलाई तयार पारेकी छे।

प्रकाश १९:७

जसले येशूको छुटकाराको प्रस्तावलाई ग्रहण गर्छन्, तिनीहरू उहाँको “दुलही” बन्छन्। उहाँले यो स्वर्गीय विवाहको लागि हामी सबैलाई निमन्त्रणा दिनुहुन्छ। तपाईंलाई र मलाई उहाँको विवाहमा आउनको लागि निमन्त्रणाको साथ बाइबल समाप्त हुन्छ

17 आत्मा अनि बेहुलीले भन्छन्, “आऊ!” जसले सुन्छ त्यसले भनोस् “आउनुहोस्” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा लिओ

स्।प्रकाश २२: १७

महाकाव्यमा : प्रतिउत्तर दिएर प्रवेश गर्नुहोस्

येशूमा हामीलाई प्रदान गरिएको सम्बन्धलाई बुझ्नको लागि रामायणमा सीता र रामको सम्बन्धलाई एक दर्पणको रूपमा प्रयोग गरिएको छ। यो हामीलाई प्रेम गर्ने परमेश्वरको स्वर्गीय रोमान्स हो। उहाँले आफ्नो विवाहको प्रस्तावलाई स्वीकार्ने सबैलाई दुलहीको रूपमा स्वीकार गर्नुहुनेछ। जस्तो कि कुनै पनि विवाहको प्रस्तावमा हुन्छ,यहाँ पनि तपाईंको लागि एक सक्रिय भूमिका छ, की यो प्रस्तावलाई स्वीकार्नु हुन्छ वा हुँदैन। यो प्रस्तावलाई स्वीकार गर्दा तपाईं त्यो कालातीत महाकाव्यमा प्रवेश गर्नुहुन्छ, जुन रामायण जस्तो महाकाव्यको भव्यतालाई समेत ओगट्छ।