शैतानद्वारा येशूको परीक्षा – प्राचीन असुर साँप

हिन्दू पौराणिक कथाले बारम्बार ती घटनाहरूको सम्झना गराउँछ जब कृष्णले शत्रु असुरहरू, विशेष गरी राक्षस प्रेतहरू जो सर्पको रूपमा कृष्णलाई धम्की दिइरहेका थिए । भागवत पुराण (श्रीमद् भगवत) ले यस प्रकारको कथाको सम्झना गराउँदछ जब कंसका सहयोगी अघासुरले  कृष्णलाई जन्मदेखि मार्न खोजेपछि उसले सर्पको रूप लियो, जब उसले आफ्नो मुख खोल्यो त्यो गुफा जत्तिकै ठूलो थियो । अगासुरा पूतनाका भाइ थिए (जसलाई कृष्णाले मारेका थिए जब उनले एक शिशुको रूपमा स्तनपान गर्दा त्यसको  सबै विष चुसेर  पिइदीएका  थिए ) र बकासुरा (जसलाई पनि  कृष्णले त्यसको चुच्चो काटेर मारेका थिए ) र उनीहरूले यसरी बदला लिने प्रयास गरेका थिए । अगासुराले उनको मुख खोल्यो  र गोपीका गोठाला बच्चाहरूले यो जगलमा बनाइएको गुफा होला भनी सोचेर त्यस भित्र पसे ।  कृष्ण पनि भित्र पसे, जब यो अघासुरा हो भन्ने कुरा थाहा पाएपछि उनले आफ्नो शरीर विस्तार गरे जबसम्म अगासुरा मरेन ।  अर्को अवसरमा, लोकप्रिय नाटक श्री कृष्णलाई देखाइएको छ कि कृष्णले शक्तिशाली असुर सर्प कालि नागलाई नदीमा युद्ध गर्दै  उसको टाउकोमा नृत्य गर्दै त्यसलाई हराएका थिए ।

पौराणिक कथामा पनि असुर नेता र शक्तिशाली सर्प / अजगर वृत्रको वर्णन छ । ऋग्वेदमा भनिएको छ कि देवता इन्द्रले एउटा ठूलो युद्धमा राक्षस वृत्रको सामना गरे र उनको वज्र (ब्रजा युद्ध) ले उसलाई मारिदिरका थिए जसले वृत्रको बंगारा भाँचिदिएका थिए । भागवत पुराणको संस्करणले भन्छ कि वृत्र यति ठूलो सर्प / अजगर हो कि यसले आफैंमा सबै कुरा समाहित गर्न सक्थ्यो , ग्रह र तारालाई समेत खतरामा थियो , त्यसैकारण सबै जना यो सँग डराउँथे । देवताहरूसँगको युद्धमा बृत्रलाई ठूलो विजय मिलेको थियो । इन्द्रले त्यसलाई आफ्नो सामर्थ्यले पराजित गर्न सकेनन्, तर उनीलाई ऋषि दधीचीको हड्डी लिन सल्लाह दिइयो ।  दधीचिले वज्रा बनाउन हड्डीहरू दिए जसको सहायताले इन्द्रले ठूलो सर्प वृत्रालाई हराए र मारे ।

हिब्रू वेदको शैतान: सुन्दर आत्मा प्राण घातक सर्प भयो

हिब्रू वेदमा यो पनि लेखिएको छ कि त्यहाँ एक शक्तिशाली आत्मा छ जसले आफूलाई सर्वोच्च परमेश्वरको विरोधी ( शैतान को अर्थ ‘ख्रीष्टविरोधी ‘ ) को रूपमा स्थापित गर्यो । हिब्रू वेदले उसलाई सृष्टिको शुरुवातमा देवताको रूपमा सृष्टि गरिएको सुन्दर र बुद्धिमान प्राणीको रूपमा वर्णन गर्दछ। यसको विवरणहरू निम्नानुसार छन्:

12 “हे मानिसको छोरो, टायरको राजाको विषयमा दुखपूर्ण गीत गाऊ। उसलाई भन, ‘मेरो स्वामी परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छतिमी आदर्शवाद मानिस थियौं, तिमी बुद्धिले परिपूर्ण थियौं, तिमी पूर्णत सुन्दर थियौ।
13 तिमी अदनमा थियौं, परमेश्वरको बगैंचामा तिमीसँग प्रत्येक बहुमूल्य रत्न थियो, माणिक, लालमणि, पुष्पराज, पन्ना, पीनमणि, हीरा, फिरोजा, गोमेद, आनिकस अनि जस्पर नीलम, हरितमणि अनि नीलामणि अनि हेरक रत्नमा सुन जडिएको थियो। तिनीहरूलाई यो सुन्दरता दिएको थियो जुन दिन तिम्रो सृजना गरिएको थियो, तिनीहरू तिम्रो लागि तयार गरिए। परमेश्वरले तिमीलाई बलियो बनाउनुभएको थियो।
14 तिमी चुनिएका करूब स्वर्गदूत थियौं। तिम्रो पखेटा मेरो सिंहासन सम्म फैलिएको थियो अनि मैले तिमीलाई परमेश्वरको पवित्र पर्वतमा राखें। तिमी त्यो रत्नको बीचमा हिँड्‌यौ जुन आगो जस्तै दन्किरहेको थियो।
15 तिमी असल अनि ईमान्दार थियौं जब मैले तिमीलाई बनाएँ। तर त्यसपछि तिमीमा दुष्ट कुरो पाइयो।

इजकिएल २८:१२ ख -१५

यस शक्तिशाली देवतामा किन दुष्टता भेटियो? हिब्रू वेदले यसप्रकार भन्छ:

17 तिमी आफ्नो सुन्दरताको कारण घमण्डी भयौं, तिम्रो घमण्डले तिम्रो बुद्धि नष्ट पार्यो, यसैकारण मैले तिमीलाई तल जमीनमा ल्याएँ अनि राजाहरूको अघि फ्याँकें ताकि तिनीहरू तिम्रो विनाश देख्न सकुन्

।इजकिएल २८:१७

यस देवताको पतनबारे थप वर्णन गरिएको छ:

12 तिमी बिहानको तारा जस्तो थियौ, तर तिमी आकाशबाट खस्यौ। पहिले सारा पृथ्वी नै तिमी समक्ष नतमस्तक हुन्थ्यो। तर अहिले तिमी काटिएर ढल्यौ।
13 तिमीले सधैं आफैले आफूलाई भन्ने गर्दथ्यौ, “म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु। म आकाशमाथि जानेछु। म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु। म पवित्र पर्वत जफोनको टापुमा बस्नेछु। म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु।
14 म बादलहरूको बेदी सम्म जानेछु, म आफू सर्वोच्च परमेश्वर जस्तै हुनेछु।”

यशैया १४:१२-१४

शैतान अब

यस शक्तिशाली आत्मालाई अब शैतान (दोष लागाउने वाला) वा राक्षस भनिन्छ, तर मूल रूपमा उनी लुसिफर  भनिन्थ्यो – प्रभातको पुत्र । हिब्रू वेदहरू भन्छन् कि ऊ एक आत्मा हो, दुष्ट असुर हो, तर अगासुरा र वृत्रा जस्ता  सर्प वा अजिङ्गरको रूप लिने भनेर वर्णन गरिएको छ । पृथ्वीमा यसको पतनको घटना निम्नानुसार बयान गरिएको छ:

7 त्यसपछि स्वर्गमा एक युद्ध भयो। माइकलअनि तिनका दूतहरु त्यस विशाल सर्पका विरोधमा लडे। त्यो सर्प अनि त्यसका दूतहरु प्रतिकारमा लडे।
8 तर त्यो विशाल सर्प त्यति शक्तिशाली थिएन। त्यो विशाल सर्प अनि त्यसका दूतहरुले स्वर्गमा आफ्ना स्थान गुमाए।
9 त्यो विशाल सर्प त्यसका दूतहरु सहित पृथ्वीमा फालियो। त्यो विशाल सर्प त्यही पुरानो सर्प हो जसलाई शैतान भनिन्छ, त्यसले सम्पूर्ण संसारलाई नै कुमार्गमा डोर्याउँछ। उसका दूतहरु पनि उसंगै पृथ्वी तल फालियो।

प्रकाश १२:७-९

शैतान अब मुख्य दानव हो जसले ‘सारा संसार भताभुंग गर्दछ ।‘ वास्तवमा भन्ने हो भने, यो सर्पको जस्तै थियो जसले पहिलो मानिसलाई पाप गर्न निम्त्यायो । यसले सत्ययुगको अन्त्य गर्‍यो, जुन स्वर्गमा सत्यको युग थियो ।

शैतानले आफ्नो आधारभूत बुद्धिमत्ता र सौन्दर्य गुमाएको छैन, जसले उसलाई अझ खतरनाक बनाउँछ किनभने उसले आफ्नो सुन्दरताको पछाडि सबै प्रकारका धोखा लुकाउन सक्छ।यसले कसरी काम गर्छ भनेर  हिब्रू वेद बाइबलले यसरी वर्णन गर्दछ:

14 त्यसमा कुनै अचम्म छैन। किन? शैतानले पनि मानिसलाई छक्कयाउन आफूलाई ज्योतिर्मय-दूतको रूप लिन्छ।

२ कोरिन्थी ११:१४

येशूले शैतानको विरूद्ध युद्ध लड्नुभयो                  

यो येशूको विरोधमा थियो जो येशूले सामना गर्नु पर्यो । उहाँले यूहन्नाद्वारा बप्तिस्मा लिएको केही समयपछि, येशू वनप्रस्थ आश्रममा प्रवेश गर्नुभयो र जंगलमा जानुभयो । तर उहाँले सेवानिवृत्ति प्रारम्भ गर्नका लागि त्यसो गर्नु भएन,  बरु युद्धमा उहाँका विरोधीहरूको सामना गर्न त्यसो गर्नु भएको थियो । यो लडाई शारीरिक लडाई थिएन, जसरी  कृष्ण र अघासुराको बीचमा वा इन्द्र र वृत्रको बिच भएको थियो , तर यो एउटा प्रलोभनको लडाई थियो। सुसमाचारले यसलाई यसरी लिपिबद्ध गर्दछ :

शू यर्दन नदीदेखि र्फकिनुभयो। उहाँ पवित्र आत्माले भरिपूर्ण हुनुहुन्थो। त्यो आत्माले उहाँलाई उजाडस्थान तिर डोर्यायो।
2 त्यहाँ चालीस दिनसम्म उहाँलाई शैतानले परिक्षा लियो। उहाँले त्यसबेला केही पनि खानु भएन। जब ती दिनहरू बिते, उहाँ खुबै भोकाउनु भयो।
3 शैतानले उहाँलाई भन्यो, “यदि तिमी परमेश्वरको पुत्र हौ भने, यो ढुङ्गालाई रोटी बनिने आज्ञा देऊ।”
4 उहाँले उत्तर दिनुभयो, “धर्माशास्त्रमा यो लेखिएको छःरोटी खाएर मात्र मानिसहरू जीउँदो रहँदैन।”
5 तब शैतानले येशूलाई एउटा अग्लो ठाँउमा लग्यो अनि एकै क्षण्मा पृथ्वीभरी रहेका सवै राज्यहरू देखायो।
6 तब शैतानले येशूलाई भन्यो, “म तपाँईलाई यी सबै राज्यहरूको अधिकार, शक्तिहरू र तिनीहरूमा भएको गौरवसंगै दिनेछु। यी सबै मलाई दिइएको छ। म यी सब कसैलाई पनि दिनसक्छु।
7 यदि तपाँईले मलाई उपासना गरे म यी सब तपाईंलाई दिनेछु।”
8 उहाँले उत्तर दिनुभयो, “धर्मशास्त्रमा यो लेखिएको छ ‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको उपासना गर्नु पर्छ। अनि उहाँको मात्र सेवा गर्नुपर्छ!”‘
9 तब त्यो शैतानले येशूलाई यरूशलेममा पुर्यायो अनि उहाँलाई मन्दिरको टुप्पामा उभ्यायो। त्यसले येशूलाई भन्यो, “यदि तपाँई परमेश्वरको पुत्र हुनुहुनछ भने यहाँबाट फाल हान्नु होस्!
10 किनभने धर्मशास्त्रमा यो लेखिएको छः‘उहाँले तिम्रो रक्षाको लगि आफ्नो स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ।’
11 यो पनि लेखिएको छतिनीहरूले तिमीलाई हातहातै थाम्मनेछन्, जसद्वारा तिम्रो पाउ ढुङ्गामा बजारिने छैन।”‘
12 येशूले उत्तर दिनु भयोः “यो पनि धर्मशास्त्रमा भनिएको छःपरमप्रभु तिम्रो परमेश्वरको परीक्षा लिनु हुँदैन।”‘
13 शैतानले येशूलाई प्रत्येक पक्षबाट सताई सके पछि उसको अनुकूल समय नआउन्जेल सम्मका निम्ति छोडेर गयो।

लूका ४:१-१३

तिनीहरूको संघर्ष मानव इतिहासको सुरू वाट भएको थियो । तर यो येशूको जन्मको समयमा शिशु येशूलाई मार्न कोसिस गरेर नवीकरण गरिएको थियो । यस युद्धको अवधिमा, येशू विजयी साबित हुनुभयो, शैतानलाई शारीरिक रूपमा हराएको कारणले होइन, तर शैतानले आफूसामु राखेका सबै शक्तिशाली प्रलोभनहरूको प्रतिरोध गरेकोले कारणले  हो । ती दुई बिचको लडाई अगाडि धेरै महिनासम्म जारी रहनेछ, जसको अन्त्य सर्पले ‘उसको कुर्कुच्चो डस्ने’ र येशूले त्यसको ‘टाउको कुचल्ने ‘ पछि हुनेथियो । तर त्यो भन्दा पहिले, येशूले सिकाउन र अन्धकार हटाउन  गुरुको भूमिका पूरा गर्नु पर्ने थियो ।

येशूहामीलाई बुझ्ने व्यक्ति

येशूको परीक्षा र प्रलोभनको अवधि हाम्रो लागि एकदम महत्त्वपूर्ण छ । बाइबलले येशूको बारेमा बताउँछ:

18 अनि अब येशूले ती मानिसहरूलाई सहायता गर्न सकनुहुन्छ जो परीक्षित छन्। येशू तिनलाई सहायता गर्न समर्थ हुनुहुन्छ किनकि उहाँ आफैंले कष्ट भोग्नु भयो र परीक्षित हुनुभयो।

हिब्रू २:१८

15 हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन।
16 येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं।

हिब्रू १५:१६

योम किप्पुर, हिब्रू दुर्गा पूजाको समयमा प्रधान पुजारीले बलि चढाउँछन्, ताकि इस्राएलीहरूले क्षमा पाउन सकून् । अब येशू एक पूजाहारी हुनुहुन्छ जसले हामीलाई सहानुभूति दर्साउन र बुझ्न सक्नुहुन्छ – हामीलाई आउने प्रलोभनहरूको सामना गर्न समेत हामीलाई मद्दत पुर्‍याउनुहुन्छ, किनकि उहाँ आफैंले प्रलोभनहरूको सामना गर्नु भएको थियो – पाप बिना । हामी परमेश्वरसामु निर्धक्क हुन सक्छौं किनकि येशूले हामीमाथि आइपरेको सबैभन्दा कठिन प्रलोभनहरूको सामना गर्नुभयो । उहाँ एक त्यस्तो व्यक्ति हुनुहुन्छ जसले हामीलाई बुझ्नुहुन्छ र हामीमा आउने प्रलोभन र पापहरू विरुद्ध हामीलाई मद्दत गर्न सक्नुहुन्छ । प्रश्न यो छ: के हामी उहाँलाई अनुमति दिन्छौं?