सुरुवातदेखि नै मोक्षको प्रतिज्ञा

मेरो योभन्दा अघिको लेखमा मैले मानवजाति उनीहरुको प्रारम्भिक सृष्टिको अवस्थाबाट कसरी पापमा फसेर पतित भयो भन्ने बारेमा उल्लेख गरेको थिएँ । तर बाइबल (वेद पस्तक) ले एउटा यस्तो योजना अगाडि बढाँउदछ जुन सुरुदेखि नै परमेश्‍वरको साथमा थियो । यो योजना एउटा यस्तो प्रतिज्ञामाथि आधारित छ जुन पूनः जारी गरिएको थियो वा यो योजना यस्तो योजना हो जुन परुषासूकतामा पनि गुन्जिन्छ ।

बाइबल वास्तविक एउटा पुस्तकालय

यो प्रतिज्ञाको महत्वलाई सराहना गर्नको लागि हामीले बाइबलको आधारभूत वास्तविकताको बारेमा जान्नु अति आवश्यक हुन्छ । यद्यपि यो एउटा पुस्तक हो र हामी यसलाई यस्तै नै सोच्छौँ पनि, अझ यसलाई एउटा गतिशील पुस्तकालयको रूपमा सोच्नु झन उचित हुन्छ । यस्तो किन भएको हो त भन्दा यो एउटा विभिन्न परिस्थिति तथा पृष्ठभूमिका विभिन्न लेखकहरूले १५०० वर्षको समयावधिमा लेखेका पुस्तकहरूका संकलन वा संग्रह हो । आज हामी यो पुस्तकलाई एउटै पुस्तकको रूपमा पाउन सक्छौँ—त्यो हो बाइबल । यहि एक तथ्यले आज बाइबललाई संसारका अन्य ठूलाठूला पुस्तकहरूका बीचमा ऋग्वेदजस्तै अद्वितीय बनाएका छन् । विभिन्न लेखाइको अतिरिक्त बाइबलका विभिन्न पुस्तकहरूले एउटा विवरण, विषयको घोषणा तथा भविष्यवाणीका निर्माण गर्दछ जसमा पछिका लेखकहरू आधारित हुन्छन् । यदि बाइबल एउटा लेखकद्वारा मात्र वा लेखकका समूहद्वारा मात्र लेखिएको हुन्थ्यो भने यो त्यति महत्वको हुने थिएन । तर बाइबलका लेखकहरू सयौँ वर्ष, हजारौँ वर्षको अन्तरालको फरकमा तथा विभिन्न सभ्यता, भाषा, संस्कृति र साहित्यिक विद्याहरूमा रहेर बाइबलका पुस्तकहरू लेखेका थिए तापनि उनीहरूले दिन खोजेका सन्देश तथा भविष्यवाणीहरू पछिका लेखकहरूद्वारा उस्तैतवरले लिइन्छ वा बाइबलभन्दा बाहिर प्रमाणित भएका ऐतिहासिक तथ्यहरूद्वारा पूरा भएको पाइन्छ । यस कुराले नै बाइबललाई पूर्णरूपले अद्वित्तीय बनाउछ र यही कुरालाई जानेर हामी बाइबलको सन्देशको बुझाईप्रति प्रेरित हुन सकिन्छ । पुरानो नियममा प्रस्तुत गरिएको पाण्डुलिपि (जुन पुस्तक येशू आउनुभन्दा अगाडि नै लेखिएको थियो) को लेखन २०० इसापूर्व पहिले नै भएको थियो, यसकारणले गर्दा पनि बाइबलको मूल पाठ संसारका सबै प्राचीन पुस्तकहरूभन्दा कैयौँ गुणा बढि उत्तम छ ।

बगैचामा मोक्षको प्रतिज्ञा

हामी बाइबलमा उत्पतिको पुस्तकको सुरुमा नै दिइएको मानिसको सृष्टि र पतनको विवरणमा यस पूर्व छाँयाको पक्षलाई स्पष्टसँग देख्न सक्छौँ । अर्को शब्दमा भन्नुपर्दा, हामी यसलाई आरम्भ मै देख्छदौँ, तर यो अन्तको ध्यानमा  राख्दै लेखिएको थियो । यहाँ हामी एउटा प्रतिज्ञालाई देख्दछौँ जब सर्पको रूपमा दुष्टयाईँको रूप धारण गरेको परमेश्‍वरको विरोधी सैतानसँग उहाँले सामना गर्नुहुन्छ र त्यो सैतान उहाँसँग घुमाउरो तरिकाले बोल्दै ठीक यसको पछि मानिसलाई पापमा पतित गरिदिन्छ ।

“…अनि म (परमेश्‍वर) तेरो (सैतान) र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शीर कुच्च्याउनेछ र तैले त्यसको कुर्कुच्चो डस्नेछस् ।” (उत्पत्ति ३: १५)

यसलाई ध्यानपूर्वक पढे पश्चात् तपाईँ यो देख्नुहुन्छ कि यहाँ पाँच वटा फरक पात्रहरू उल्लेख गरिएका छन् अनि यो एउटा भविष्यवाणी हो कि यहाँ आउनेवाला समय (जस्तो भविश्यत् काल जनाउन प्रयोग हुने शब्द ‘नेछ’ को दोहोरिने प्रयोगबाट देखिन्छ ) । पात्रहरू यी नै हुन्:

  • १. परमेश्‍वर
  • २. सैतान/सर्प
  • ३.स्त्री
  • ४.स्त्रीका वंश
  • ५. सैतानको वंश

यी पात्रहरू भविष्यमा कसरी एकअर्कामा सम्बन्धित हुनेछन् भनी यस जालसाजीले भविष्यवाणी गर्दछ । यसलाई निम्न तरिकाले तल देखाइएको छ ।

relationships in genesis 3:15
उत्पत्तिको पुस्तकमा उल्लेख गरिएका पात्रहरूका बीचमा सम्बन्ध

परमेश्‍वरले सैतान र स्त्री दुबैको ‘सन्तान’ हुने व्यवस्था गर्नुहुन्छ । यी सन्तानहरू बीचमा र स्त्री तथा सैतानबीचमा ‘शत्रुता’ वा घृणा हुनेछन् । सैतानले स्त्रीको सन्तानका ‘कुर्कुच्चो डस्नेछन्’ भने स्त्रीका सन्तानले सैतानको शीर कुच्च्याउनेछ ।

वंशको कटौतीएक नर

अहिलेसम्म हामीले सिधै मूल पाठबाट निरिक्षण गरेका छौँ । अब तर्कको लागि केही कटौती गरिन्छ । किनभने स्त्रीको सन्तानलाई ‘ऊ’ र ‘उनको’ भनी उल्लेख गरिएको छ । हामी जान्दछौँ कि यो एउटा एकल नर मानव— एउटा पुरुष हो । यसले हामी केही सम्भावित व्याख्यालाई छोड्न सक्छौँ । यस सन्तानको लागि ‘उनी’ को सट्टा ‘ऊ’ भन्ने शब्द प्रयोग भएको हुँदा यो स्त्री हुनसक्दैन । त्यस्तै गरेर ‘ऊ’ भनिएको हुँदा सन्तान ‘तिनीहरू’ होइनन् जो एक विश्वसनीय ढङ्गबाट, कदाचित एक समूहका मानिसहरू, एक समूह या एक जातिको साथ हुनसक्थ्यो । विभिन्न समयमा र विभिन्न तरिकाबाट मानिसहरू यो सोच्नसक्दछन् कि ‘तिनीहरू’ यसका उत्तर हुनसक्छ । तर सन्तानलाई ‘ऊ’ ले जनाइएको हुँदा यसले राष्ट्रलाई, वा कुनै निश्चित धर्म जुन हिन्दू, बौद्व, इसाइ वा मुस्लिम आदि जस्तो यो कुनै मानिसहरूको समूहलाई जनाउदैन । ‘ऊ’ चाहिँ एउटा मानव भएकोले यो कुनै निर्जिव वस्तु पनि होइन (सन्तानचाहिँ एउटा व्यक्ति हो) । यसले सम्भावनालाई पनि समाप्त गरिदिन्छ कि सन्तानचाहिँ एउटा खास दर्शन, शिक्षा, प्रविधि, राजनैतिक प्रणाली वा धर्म हो । यस्तो एक ठोस वस्तु सायद संसारको समस्याका समाधान गर्नको लागि हाम्रो रुचाइएको छनौट वा विकल्प भएको छ । हाम्रो परिस्थितिलाई के कुराले निश्चित गर्दछ त्योचाहिँ कुनै निर्जिव वस्तु हो भनी हामी सोच्छौँ, त्यसैले सबभन्दा असल मानव विचारक शताब्दियौदेखिँ विभिन्न राजनैतिक प्रणाली, शैक्षिक प्रणाली, प्राविधिक, धार्मिक प्रणाली आदिको लागि तर्कवितर्क गर्दै आएका छन् । तर यो प्रतिज्ञामा दिशासूचक कम्पासले विल्कुलै फरक दिशातर्फ संकेत गरेको छ । परमेश्‍वरसँग मनमा अरू केही — वा एक ‘ऊ’ वा ‘नर’ थियो । र यो ‘ऊ’ वा ‘नर’ ले सैतानको शीर कुच्च्याउथ्यो ।

जुन कुरा भनिएको छैन त्यसबाट एउटा अर्को चाखलाग्दो अवलोकनीय कुरा हाम्रो सामने आउछ । परमेश्‍वर यो प्रतिज्ञा पुरूषसँग गर्नुहुन्न जसरी स्त्रीको साथ गर्नुभयो । यो विल्कुलै असाधारण छ विशेषगरी जब पूरै बाइबल वा पूरै प्राचीन संसारमा वंश चल्नको लागि पिताद्वारा छोराहरू आएको कुरामा जोड दिइन्छ । वास्तवमा  आधुनिक पश्चिमी विद्वानहरूद्वारा बाइबलमा दिइएको वंशावलीप्रतिको आलोचना यो हो कि तिनीहरू स्त्रीसँग जोडिएका रगतको नातालाई वेवास्ता गरिदिन्छ । यो कुरा पश्चिमी दृष्टिमा ‘लैङ्गिकववाद’ हो किनभने यसले पुरूषको वंशलाई मात्रै मान्छ । तर यस घटनामा एउटा पुरूषबाट आउने सन्तान  वा वंश (‘ऊ’) को कुनै प्रतिज्ञा गरिएको छैन । यसले यो मात्रै भन्छ कि पुरूषलाई कुनै उल्लेख नगरीकन त्यहाँ एउटा स्त्रीबाट आउने सन्तान वा वंश हुनेछन् ।

अहिलेसम्म अस्तित्वमा आएका सबै मानिसहरूबाहेक ऐतिहासिक वा मिथक रूपबाट म यो सोच्न सक्छु कि अहिलेसम्म एक मात्र यस्तो व्यक्ति छन् जसले आफ्नो आमा भएको दावी गर्नहुन्छ तर त्यही समय उहाँको कुनै शारीरिक पिता थिएन । त्यस्तो व्यक्ति हुनुहुन्थ्यो येशू ख्रीष्ट (येशू सत्संग) जसको बारेमा नयाँ करार (यसरी यस्तो व्यक्ति जन्मनुहुनेछ भनी प्रतिज्ञा दिइएको हजारौ वर्षपछि लेखिएको पुस्तक) ले उहाँ एउटा कन्य केटीबाट जन्मिनुभएको हो भनी दावी गर्छ—यसकारण उहाँको माता त थियो तर कुनै पिता थिएन । के येशू समयको सुरुवातमा यस पजलमा प्रतिछाँयामा देखिनुभएको हो ? यसले यो कुरा जनाउँदछ कि सन्तान वा वंश ‘ऊ’ वा ‘नर’ हो तर ‘उनी’ वा ‘नारी’, ‘तिनीहरू’ वा ‘कुनै ठोस वस्तु’ होइन । त्यो दृष्टिकोणसाथ, यदि तपाईँ यस पजलको पढ्नुहुन्छ भने केही भागहरू ठीक ठाउँमा आउँछ ।

उसको कुर्कुच्चो डस्नेछ’??

सैतान/सर्पले उसको ‘कुकुच्चो डस्नेछ’ ? भन्नुको अर्थ के हुन्छ ? म अफ्रिकाको जँगलमा नगइन्जेलसम्म यसबारेमा मैले केही बुझिन । हामीले त्यहाँ गर्मीको समयामा पनि रबरले बनेको बाक्लो बुटजुत्ता लगाउनुपथ्र्यो—किनभने त्यहाँको लामोलामो घाँसमा लुकेर बसेका सर्पहरूले हाम्रो खुट्टा डस्न सक्थ्यो—जस्तो कुकुच्चो—जसले गर्दा त्यसले हामीलाई मार्न पनि सक्थ्यो । त्यहाँ मेरो पहिलो दिनमा झण्डै मैले सर्पलाई टेकेको छु, र म सम्भवत पर्न पनि सक्थेँ । त्यसपश्चात् यस पजलले मलाईँ यसको अर्थ बुझाइदियो । ‘ऊ’ वा ‘नर’ ले सर्पलाई सिध्याउन पनि सक्थ्यो (‘तेरो शीर कुच्च्याउनेछ’), तर उहाँले मूल्य तिर्नुपर्नेछ, उहाँ मारिनु पर्ने पनि हुनसक्छ (‘उसको कुकुच्चो डस्नेछ’)। त्योचाहिँ येशु ख्रीष्टको बलिदानद्वारा प्राप्त गरिएको विजयको प्रतिछाया हो ।

सर्पको वंश वा सन्तान ?

तर उहाँको अरू शत्रु को हो, के सैतानको वंश हो वा सन्तान हो ? यद्यपि यसबारेमा विस्तृत रूपबाट पत्ता लगाउनको लागि हामीसँग यहाँ स्थान छैन, तर पछिको पुस्तकले एक आउनेवाला व्यक्तिको बारेमा कुरा गर्छ । यस विवरणमाथि ध्यान दिनुहोस्:

भाइ हो हाम्रा प्रभु येशू ख्रीष्टको आगमनको विषयमा र उहाँलाई भेट्न हामी एकसाथ भेला हुने विषयमा…कसैले पनि तिमीहरूलाई कुनै पनि तरिकामा धोकामा नपारोस्, किनभने पहिले विद्रोह नभएसम्म र पापको मानिस अर्थात सर्वनासको छोरो प्रकट नभएसम्म त्यो दिन आउनेछैन । त्यसले ईश्वर कहलिएका सबै अथवा पूज्य वस्तुहरूको विरोध गर्छ र तीभन्दा आफैलाई उच्च तुल्याउछ, यहाँसम्म कि आफैलाई परमेश्‍वर नै घोषणा गरेर परमेश्‍वरको घरमा त्यो बस्छ । (२ थेसलोनिकी २ : १—४), पावलद्वारा ग्रीसमा ५० ईस्वी सम्वतमा लेखिएको।

पछिका यी पुस्तकहरूले स्त्रीका सन्तान वा वंश र सैतानका सन्तान वा वंशका बीचमा भएको टकरावको घट्दो गन्तिको बारेमा स्पष्टसँग बताउछ । तर यो कुरालाई पहिलो पटक उत्पत्तिको पुस्तक जुनचाहिँ मानव इतिहासको सुरुवात हो त्यसमा दिइएको प्रतिज्ञामा भु्रणको जस्तो स्वरूपमा यसको व्याख्याको पूर्ण हुने आशाका साथ उल्लेख गरिएको छ । त्यसैले इतिहासको चरमोत्कर्ष, परमेश्‍वर र सैतान बीचमा अन्तिम प्रतिस्पर्धाको घट्लो गन्ति, धेरै समय अगाडि बगैचामा सुरु भएको कुरा पनि आरम्भ मै— सुरुवाती पुस्तकमै देखिन्छ ।

हामीले योभन्दा पहिलाको लेखमा प्राचीन पुरूषासूक्ताको भजनमाथि ध्यान दिएका थियौँ । यो भजनले पनि एउटा सिद्व पुरूष व्यक्ति—पुरूषा—आउदै हुनुहुन्छ भनी भविष्यवाणी गर्यो जो व्यक्तिचाहिँ मानवीय शक्तिद्वारा आउनुहुदैनथ्यो । यो पुरूष व्यक्तिलाई बलिदानको लागि दिइन्थ्यो । वास्तविकता त यो हो जुन हामीले देख्यौँ कि प्रारम्भिक समयमा नै परमेश्‍वरको मन र मष्तिस्कमा यो कुरा निर्णय तथा निश्चित भएको थियो । के यी दुबै पुस्तकले एउटै व्यक्तिको बारेमा बताइरहेका छन् ? म यो विश्‍वास गर्छु कि तिनीहरू दुबैले एउटै व्यक्तिको बारेमा बताइरहेका छन् । एक दिन उहाँले पुरूषको देहधारण गर्नुहुनेछ ता कि यो व्यक्तिलाई बलिदानमा दिन सकियोस् — जुनचाहिँ जुनसुकै धर्मका भए पनि सबै मानवजातिका लागि विश्‍वव्यापी आवश्यकता हो भन्ने कुरा पुरूषासूक्ता र उत्पत्तिको प्रतिज्ञाले उही एउटै घट्नाको सम्झना गर्दछ । तर यो प्रतिज्ञा ऋग्वेद र बाइबलको बीचमा बराबरी भने छैन । किनभने तिनीहरूले सुरुवाती मानवीय इतिहासका उल्लेद गर्दछ र त्यसका साथै तिनीहरूले अन्य समानान्तर कुराहरूका बारेमा पनि उल्लेख गर्दछ जुनचाहिँ हामी अर्को लेखमा हेर्नेछौँ ।