दिन ४: ताराहरूबाट प्रकाश ल्याउनको लागि कल्कि जस्तो सवारी गर्दै

येशूले आफ्नो देशलाई निर्वासनमा जाने दण्ड दिँदै, दिन- ३ मा एउटा श्राप दिनुभयो। येशूले यो भविष्यवाणी पनि गर्नुभयो कि उहाँको श्राप सकिनेछ र यस युगको अन्त्य हुने घटनाहरूलाई गति प्रदान हुनेछ। यसबारे चेलाहरूले सोधे र येशूले त्यो कल्कि (कल्किन) को जस्तो आफ्नो पुनरागमनको बारेमा वर्णन गर्नुभयो।

उहाँले यसरी सुरु गर्नुभयो।

सै येशू मन्दिर छोडेर कतै जानु हुँदैथियो उहाँको चेलाहरू मन्दिरको भवनहरू देखाउन भनी आए।
2 येशूले चेलाहरूलाई भन्नुभयो, “यी भवनहरू देख्दैछौ? म तिमीहरूलाई साँचो भन्दछु यी भवनहरू ध्वंस पारिनेछन्। कुनै ढुङ्गा अर्को ढुङ्गामाथि रहने छैन।”
3 त्यसको केही बेरपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। चेलाहरू येशूको साथमा एकान्तमा आए। तिनीहरूले भने, “यो घटना कहिले हुनेछ कृपया हामीलाई पनि भन्नुहोस्। तपाईंको आगमनको र संसारको अन्तको संकेत के हुनेछ?”

मत्ती २४:१-३

उहाँले आफ्नो श्रापको विवरण दिएर सुरू गर्नुभयो। त्यसपछि साँझ उहाँले मन्दिर छोडेर यरूशलेमको जैतुन डाँडामा जानुहुन्छ (i)। यहूदी दिन सूर्यास्तमा शुरू हुने भएकाले, अब यो सप्ताहको औं दिन थियो जब उहाँले आफ्नो पुनरागमनको वर्णन गर्नुभयो।

पौराणिक कथामा काल्की

गरुड पुराणले कल्किलाई विष्णुको दशावतार (दस प्राथमिक अवतार / पुन जन्म लिनु) को अन्तिम अवतारको रूपमा वर्णन गर्दछ। कलियुग, अर्थात वर्तमान युगको अन्तमा कल्किको अवतार हुनेछ। पुराणहरुमा भनिएको छ कि कल्किको प्रकट हुनुभन्दा ठीक अघि संसार पतित हुनेछ, धर्महरु समाप्त हुनेछन् । मानिसहरू अप्राकृतिक यौन सम्बन्धमा संलग्न हुनेछन्, नग्नता र अधर्मी आचरणको शौक बन्नेछन्, विभिन्न प्राकृतिक प्रकोप र विपत्तिहरू हुनेवाला छ। यस समयमा, कल्कि, आगोको तरवार चलाएर र घोडामा सवार गर्दै गरेको, अवतार देखा पर्नेछ। कल्किले पृथ्वीको दुष्ट बासिन्दाहरूलाई नाश गर्नेछ र नयाँ युगमा प्रवेश गर्नेछ,जसकाकारण यस संसारमा फेरि सत्ययुग आउनेछ।

यद्यपि ,विकिपेडियाले बताउँछ कि वेदहरुमा कल्कि / कल्किनको उल्लेख गरिएको छैन। उनी परशुरामको विस्तार, औं दशावतार अवतारको रूपमा महाभारतमा पहिलो पटक देखा पर्छन्। यस महाभारत संस्करणमा, कल्कीले केवल दुष्ट शासकहरूलाई नष्ट गर्दछ, तर सत्ययुगको बारेमा नवीकरण ल्याउँदैन। विद्वानहरुको सुझाव छ कि औं शताब्दी ईस्वी सन् मा कल्किको मूल रूप विकसित भएको देखिन्छ।

कल्कीको चाहना

कल्कि र अन्य परम्परामा उस्तै प्रकारको व्यक्तित्वको (बौद्ध धर्ममा मैत्रेय, इस्लाममा महदी, सिख धर्ममा महदी मीर) को विकासले हाम्रो सहज ज्ञानलाई देखाउँदछ कि संसारमा केहि गलत छ। हामी कोही आएर यसलाई सही गरेको चाहन्छौं। हामी चाहन्छौं कि उसले दुष्ट अत्याचार गर्नेहरूलाई हटाओस् र भ्रष्टाचार हटाई धर्मको उत्थान गरोस्। तर हामी यो बिर्सन्छौं कि उसले केवल संसारबाट ‘दुष्ट अत्याचार हटाउनु’ मात्र होइन तर हाम्रो भ्रष्टाचारलाई पनि भित्रबाट सफा गर्नु हो। धेरै पहिला अरू पवित्र ग्रंथहरूले कसैलाई आउन र खराबलाई पराजित गर्नका लागि यस चाहनालाई व्यक्त गर्दछ, येशूले यो दुई भागको काम कसरी गर्ने भन्ने बारेमा शिक्षा दिनुभयो। उहाँको पहिलो आगमनमा हाम्रो आन्तरिक भ्रष्टाचारलाई शुद्ध गर्नुहुन्छ, तर उहाँको दोस्रो आगमनमा सरकार र सामाजिक अधर्मसँग व्यवहार गर्नुहुन्छ। येशूले यस सप्ताहको औं दिनमा उहाँको आगमन हुँदाको चिन्हहरू को बारेमा वर्णन गर्दै आफ्नो दोस्रो आगमनको भविष्यबाणी गर्नुभयो।

दिन ४ -उहाँको पुनरागमनको चिन्हहरु

4 येशूले भन्नुभयो, “होशियार बस। तिमीहरूलाई कसैले मुर्ख बनाउन नपाओस्।
5 धेरै मानिसहरू आउनेछन् र मेरो नाम लिनेछन्। तिनीहरूले ‘म नै ख्रीष्ट हुँ।’ भनी धेरैलाई मूर्खबनाउनेछन्।
6 तिमीहरूले लँडाईका बारेमा सुन्नेछौ। अनितिमीहरूले अब हुने लँडाईका बारेमा पनि समाचार सुन्नेछौ। तर डराउनु पर्दैन। यी सब घटनाहरू हुनैपर्छ। तर अन्त्य अझ आइहाल्ने छैन।
7 किनभने एक जातिले अर्को जातिको विरोध गर्नेछ अनि राज्य राजयको विरोधमा युद्ध हुनेछ। अनि धेरै ठाउँमा अनिकाल लाग्नेछ अनि भूँईचालो जानेछ।
8 यी सबै थोक सुत्केरी व्याथा लागे झैं आइलाग्ने छन्।
9 त्यसपछि तिमीहरूलाई मानिसहरूले नराम्रो व्यवहार गर्नेछन्। मानिसहरूले तिमीहरूलाई शासकहरूको हातमा सुम्पने र सताउनेछन् र मार्नेछन्। तिमीहरूले ममाथि विश्वास गरेकै कारण मानिसहरूद्वारा तिमीहरू घृणित हुनेछौ।
10 त्यसबेला धेरै विश्वासीहरूले आफ्नो विश्वास हराउनेछन्। तिनीहरूले एका-अर्कालाई विरोध गर्नेछन् र एक-अर्कालाई घृणा गर्नेछन्।
11 अनेकौं झूटा अगमवक्ताहरू घृणा गर्नेछन्। तिनीहरूले मानिसहरूलाई झुटो कुराहरूमा विश्वास गराउने कोशिश गर्नेछन्।
12 संसारैभरि थुप्रै दुष्टहरूदेखा पर्नेछन्। अनि एकदमै विश्वासीहरूले प्रेम देखाउने छैनन्।
13 तर अन्त्यसम्मै जो दृढ रहन्छ उही नै सुरक्षित हुनेछ।
14 संसारैभरि परमेश्वरको राज्यको बारेमा सुसमाचारहरू प्रचार गरिनेछ। प्रत्येक राष्ट्रलाई नै यी कुराहरू भनिनेछ। त्यसपछि अन्त्य आउने छ।
15 “दानियल अगमवक्ताले ‘यस्तो खराब कुराहरूलेविध्वंश ल्याउने छ भनी बताएका थिए। तिमीहरूले यस्तो डरलाग्दा कुराहरू पवित्र ठाउँ अनि मन्दिरमा उभिएर देख्नेछौ।” यी कुरा पढने मानिसले यसको अर्थ बुझ्नुपर्छ।
16 “त्यसबेला यहूदियाका मानिसहरू पहाडतिर भाग्नु पर्नेछ।
17 मानिसहरू कतै नरोकिई समय खेर नफाली, भाग्नेछन्। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही लिनलाई ऊ तल ओर्लिन हुँदैन।
18 यदि कोही खेतमा छ भने उ पनि कोट लिनलाई फर्की जानु हुँदैन।
19 त्यसबेला, गर्भवती भएका स्त्रीहरू र अनि दूध पिउने शिशूलाई दुध चुसाउने आमाहरूका निम्ति खुबै दुखपूर्ण हुनेछ।
20 विश्राम र जाडोको समयमा यसरी भाग्नु नपरोस् भनी प्रार्थना गर।
21 किन? किनभने त्यसबेला अत्यन्त दुख हुनेछ।सृष्टिको शुरू भएदेखि अहिलेसम्म संसारमा यस्तो दुख भएको थिएन। पछि कहील्यै पनि भविष्यमा यस्तो दुख आइपर्ने छैन।
22 परमेश्वरले त्यो महासंकटको समय छोट्याउनुभएको छ। यदि त्यो समय छोट्याइएन भने, कुनै मानिस पनि बाँच्ने छैन। तर आफूले चुनेका मानिसहरूलाई मद्दत गर्नलाई परमेश्वरले त्यो समयलाई छोटो पार्नु भएकोछ।
23 त्यसबेला कसै-कसैले तिमीहरूलाई यसो भन्नसक्छन, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथवा अर्का कसैले भन्नसक्छ, ‘अहाँ त्यहाँ हुनुहुन्छ।’ तर तिनीहरूलाई विश्वास नगर।
24 झूटो ख्रीष्ट र झूटो अगमवक्ताहरू देखा पर्नेछन् ठूला-ठूला कुराहरू र चमत्कारहरू गर्नेछन्। सम्भव भए परमेश्वरले चुन्नु भएका मानिसहरूलाई समेत धोका दिनका निम्ति तिनीहरूले यसो गर्नेछन्।
25 हेर, मैले अधिबाटै यस बारेमा तिमीहरूलाई सर्तक गराएकोछु।
26 “कसैले भन्नेछ, ‘ख्रीष्ट मरुभूमिमा हुनुहुन्छ।’ तर तिमीहरू ख्रीष्टलाई भेट्न मरुभूमि तिर नजाऊ। अरू कसैले भन्नसक्छ, ‘ख्रीष्ट त्यो कोठामा हुनुहुन्छ।’ तर त्यसलाई विश्वास नगर।
27 जब मानिसको पुत्रको आगमन हुन्छ सबै मानिसहरूले देख्न पाउनेछन्। यसबेला आकाशमा बिजुली चम्केर चारैतिर उज्यालो भएजस्तो हुनेछ। र त्यो उज्यालो चारैतिर देखिनेछ।
28 गिद्धहरू जम्मा भएको देखेर तिमीहरू त्यहाँ सीनो छ भनेर जान्न सक्छौ त्यसैगरी मेरो आगंमन त्यस्तै प्रत्यक्ष हुनेछ।
29 “ती दिनका संकटहरूपछि तुरन्तै।‘घाम अँध्यारो हुनेछ, अनि जूनले पनि आफ्नो चमक दिने छैन। ताराहरू आकाशबाट झर्नेछन्, अनि आकाशका सबै चीजहरू हेरफेर हुनेछन्।’
30 “त्यसबेला आकाशमा केही चिन्ह देखीने छन् र ती मानिसको पुत्रको चिन्ह हुनेछन्। संसारभरिका सबै मानिसहरू रूनेछन्। सबै मानिसहरूले मानिसको पुत्रलाई आकाशमा बादलसँग आँउदै गरेको देख्नेछन्। मानिसको पुत्र शक्ति र महान गौरव लिएर आउनेछन्।
31 चारै दिशाबाट आकासको एक छेऊ देखि अर्को छेउसम्म परमेश्वरद्वारा चुनिएको मानिसहरूलाई भेला गर्न मानिसको पुत्रले तुरहीको आवाज सहित स्वर्गदूतहरूलाई पठाउनु हुनेछ।

मत्ती २४: ४-३१

औं दिनमा येशूले मन्दिरमा आउँदै गरेको विनाशलाई देख्नुभयो। उहाँले शिक्षा दिनुभयो कि बढ्दै गरेको खराब, भूकम्प, अनिकाल, युद्ध र सतावटहरू आफ्नो पुनरागमन भन्दा अघि यो संसारको गुणहरु हुनेछन्। तैपनि, उहाँले भविष्यवाणी गर्नुभयो कि सारा संसारभरि अझै पनि सुसमाचारको घोषणा हुनेछ (पद १४)। जसरी संसारले ख्रीष्टको बारेमा शिक्षा प्राप्त गर्दै जानेछ त्यसरी उहाँको र उहाँको आगमनको विषयमा झूटा शिक्षकहरू र मिथ्या दावी गर्नेहरू बढ्नेछन्। निर्विवाद ब्रह्माण्डिक गडबडी युद्ध, अराजकता र संकष्टको बीचमा उहाँको पुनरागमनको सच्चा चिन्ह हुनेछ। उहाँले तारा, सूर्य र चन्द्रमाबाट प्रकाशलाई लिनुहुनेछ।

उहाँको पुनरागमनको वर्णन

यूहन्ना पछि उहाँको पुनरागमनको बारेमा वर्णन गर्दै भने की यो कल्कि को जस्तै हुनेछ:

11 तब मैले खोलिएको स्वर्ग देखें। मेरो सामुन्ने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठीक न्याय गर्छन् अनि साँचो लडाँई लडाउँछन्।
12 तिनका आँखा बल्दै गरेको आगो जस्तो छ। तिनका शिरमा अनेक मुकुटहरु छन्। तिनको नाउँ तिनीमाथि लेखिएको छ। तर तिनी मात्र एक जना छन् जसले त्यो नाउँ जान्दछन्। अन्य कुनै मानिसले त्यो नाउँ जान्दैन।
13 तिनले रगतमा डुबाएको पोशाक पहिरेका थिए। तिनको नाउँ परमेश्वरको वचन हो।
14 स्वर्गका सेनाहरु तिनलाई पछ्याइ रहेका थिए। तिनीहरु सेता घोडामा सवार थिए। तिनीहरु सेतो अनि सफा चिल्लो मलमलका पहिरनमा थिए।
15 घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरुलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरुमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्।
16 तिनको पोशाक अनि तिनको फिलामा यो नाउँ लेखिएको थियो
17 त्यसपछि मैले सूर्यमा उभिएका एउटा स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा माथि आकाशमा उडिरहेका सबै पक्षीहरुलाई भने, “परमेश्वरको महाभोजमा सम्मिलित हुनु एक साथ आऊ।
18 राजाहरु, सेनाका सेनाध्यक्षहरु अनि प्रसिद्ध मानिसहरुको मासु खान एक साथ आऊ। घोडाका अनि तिनका सवारहरुका अनि सबै मुक्त, दास, साना अनि ठूला मानिसहरुको मासु खान एक साथ आऊ।”
19 त्यसपछि मैले त्यो पशु अनि पृथ्वीका राजाहरु देखें। तिनीहरुका सेनाहरु घोड-सवार अनि तिनका सेनासित युद्ध गर्नका निम्ति एकसाथ भेला भएका थिए।
20 तर त्यो पशुलाई कब्जा गरियो। झूटो अगमवक्तलाई पनि कैद गरियो। यो झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको निम्ति चमत्कारीक संकेतहरु गरेको थियो। झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको लागि चमत्कारिक संकेतहरु गर्थ्यो। असत्य अगमवक्ताले ती मानिसहरुलाई जसमा पशुको चिन्ह लगाइको थियो अनि पशुका मूर्तिलाई पूजा गर्थे, छक्काउन चमत्कारिक कर्महरु गर्थ्यो। त्यो झूटो अगमवक्त अनि पशुलाई गन्धक बल्ने आगोको कुवामा फ्याँकी दिए।
21 तिनीहरुका सेनाहरु घोडसवारको मुखबाट निस्केको तरवारद्वारा मारिए। सम्पूर्ण पक्षीहरुले पेट भरुञ्जेल ती शवहरु खाए।

प्रकाश १९: ११-२१

चिन्हहरूको आकलन गर्दै

हामी देख्न सक्छौं कि युद्ध, संकष्ट र भैंचालोहरू बढ्दो छ – त्यसैले उहाँको पुनरागमनको समय नजिकै आउँदैछ। तर स्वर्गमा अझै कुनै हलचल छैन , त्यसैले उहाँको पुनरागमन अहिले सम्म भएको छैन।

हामी कति नजिक छौं?

यसको जवाफ दिन येशूले भन्नुभयो

32 “नेभाराको रूखले तिमीहरूलाई शिक्षा दिनेछ जब नेभाराको रूखको हाँगाहरू हरियो देखिन्छन् पालुवा फेर्दै गरेको देखेर तिमीहरू जान्दछौ ग्रीष्म ऋतु नजिक छ।
33 तिमीहरूसित पनि यस्तै हुनेछ। जब तिमीहरू यस्तो भएको देख्छौ, त्यसबेला तिमीहरूलाई समय नजिक छ र त्यो आउने लागेको छ भनी थाहा हुनेछ।
34 म तिमीहरूलाई साँचो भन्दछु, यस पुस्ताका मानिसहरू जीवित रहदा नै यी कुराहरू हुनेछन्।
35 आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछै

नन्मत्ती २४: ३२-३५

अन्जिरको रूख हाम्रो आँखा अगाडि हरियो हुँदै

अन्जिरको रूखलाई याद गर्नुहोस्, जुन इस्राएलको प्रतीक हो, जसलाई उहाँले –दिनमा श्राप दिनुभएको थियो? ७० ईस्वी सन् मा इस्राएल सुक्नु अर्थात खतम हुनु त्यतिबेला सुरु भएको थियो जतिबेला रोमीहरुले मन्दिर ध्वस्त पारे र यो १९०० वर्ष सम्म सुकिरहयो। येशूले हामीलाई भन्नुभयो की अन्जीरको रूखबाट निस्किने हरियो रंगको हाँगाहरुलाई हेरेर जान्न सक्छौ कि उहाँको पुनरागमन “नजिक” छ। पछिल्लो ७० बर्षमा हामीले यस ‘अन्जिरको रूखलाई’ हरियो हुँदै गरेको र पातहरू अङ्कुराउँदै  गरेको देख्यौं । हो, यसले हाम्रो समयमा युद्ध, संकष्ट र समस्यामा थपेको छ, तर उहाँले यसबारे चेताउनी दिसक्नुभएकाले हामीले अचम्म मान्नुपर्दैन।

त्यसकारण, हामीले हाम्रो समयमा सावधानी र सतर्कता अपनाउनुपर्दछ किनकि उहाँले आफ्नो पुनरागमन सम्बन्धी लापरवाही र उदासीनताको विरूद्ध चेतावनी दिनुभएको थियो।

36 “त्यो घट्ना कहिले घट्नेछ भनेर कुनै मानिसले पनि त्यो समय र दिन जान्दैन। पुत्र आफै र स्वर्गदूतहरूले पनि जान्दैनन्। तर पिताले मात्र जान्नुहुन्छ।
37 मानिसको पुत्र आउदा, त्यसबेला त्यस्तै स्थिति हुनेछ जस्तो स्थिति नूहको समयमा भएको थियो।
38 त्यसबेला जल-प्रलय हुन अघि मानिसहरू खाइ पिइरहेका थिए। मानिसहरू विवाह गर्दै थिए र आफ्नो छोरा अनि छोरीहरूलाई विवाह गर्न दिइरहेका थिए। नूह जहाजभित्र नचडुञ्जेलसम्म मानिसहरूले यसो गरिरहेका थिए।
39 मानिसहरूले के भइरहेको छ भनी केही जानेका थिएनन्। तर त्यसैबेला जलप्रलय भयो अनि सबै नष्ट भयो। मानिसको पुत्रको आगमनको समयमा पनि यस्तै हुनेछ।
40 दुइजना मानिसहरू खेतमा काम गरिरहेका हुनेछन्। एकजनालाई उठाइने छ र अर्कोलाई छोडिइनेछ।
41 दुइजना स्त्रीहरू जाँतोमा अन्न पिंधिरहेका हुनेछन्। एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ।
42 “यसकारण सधै तयार बस। कतिबेला तिमीहरूका परमप्रभु आउनु हुनेछ भन्ने कुरा तिमीहरूलाई थाहा हुने छैन।
43 याद गर यदी घरको मालिकले चोर कतिबेला आउँछ भनेर थाहा पाएको भए ऊ तयार भएर बस्ने थियो। ऊ सर्तक रहने थियो र चोरलाई धरभित्र पास्न दिदैन थियो।
44 यसकारण तिमीहरू पनि तयार बस। मानिसको पुत्र यस्तो समयमा आउनेछ जसको तिमीहरूले आशा गरेका हुने छैनौ।
45 “बुद्धिमान र विश्वासी नोकर को चाँहि छ र मालिकले उसलाई आफ्ना सबै नोकरहरूलाई भन्दा विशेष जिम्मवारी सुम्पिन्छ र अरू सबैमाथि ठीक ठीक समयमा खानेकुराको प्रबन्ध गर्ने जिम्मामा लगाउँछ।
46 जब मालिक आउँछ र नोकरलाई दिइएको काम गरिरहेको भेट्दछ, भने त्यो नोकर धन्य को हो।
47 म तिमीहरूलाई साँचो भन्दछु। त्यो मालिकले उसलाई आफूसित भएको सारा सम्पत्तिमाथि जिम्मा लगाउछ उसले प्रत्येक कुराहरूको हेरचाह गर्न पाउँछ।
48 तर नोकर नै दुष्ट छ र आफ्नो मालिक झट्ट आउँदैन भनेर सम्झन्छ भने त्यसबेला के हुन्छ?
49 त्यसपछि उसले अरू नोकहरूलाई पिट्न थाल्छ। उ आफूजस्तै अरू मानिसहरूसँग बसेर खान र पिउन लाग्छ।
50 अनि जब मालिक नसोचेको दिनमा आइपुग्नेछ। जब कि उसले आशा नगरेको दिन र नसम्झेको समयमा आइपुग्नेछ।
51 त्यसपछि मालिकबाट ऊ दण्डित हुनुपर्छ। मालिकले उसलाई कपटीहरूसँग सामेल गराइदिनेछ। त्यहाँ मानिसहरूको रूवावसी र दाह्रा किटाई हुनेछन्।

मत्ती २४: ३६-५१

येशू लगातार शिक्षा दिरहनुभयो। यसको लिंक यहाँ छ।

दिन ४ को सारांश

दुःख भोग सप्ताहको औं दिन बुधबार मा ,येशूले आफ्नो पुनरागमनका चिन्हहरू को वर्णन गर्नुभयो – सबै स्वर्गीय शरीरहरू चरमोत्कर्ष को साथ अँध्यारो हुँदै गयो ।

दिन ४: हिब्रू वेदको नियमहरूको तुलनामा दुःख भोग सप्ताहको घटनाहरू

उहाँले हामी सबैलाई उहाँको पुनरागमनको लागि सावधानीपूर्वक प्रतीक्षा गर्न चेतावनी दिनुभयो। किनकि अब हामी अन्जिर को रूखलाई हरियो भएको देख्न सक्छौं, त्यसकारण हामी होशियार हुनुपर्छ।

सुसमाचारको पुस्तक लिपिबद्ध गर्दछ कि कसरी उहाँको शत्रु अघिल्लो , दिन ५ मा उहाँको विरूद्ध अगाडि बढ्यो।

______________________________________

[i] त्यो सप्ताहको प्रत्येक दिन वर्णन गर्दै, लूका यसरी वर्णन गर्छन्:

लूका २१:३७