संस्कृत र हिब्रू वेदका मिलन : किन ?

मेरो योभन्दा पहिलाको लेखमा मैले संस्कृत वेदको मनु र हिब्रू वेदमा दिइएको नोआको वृतान्तको बीचमा भएको समान्ता वा मिलनलाई प्रस्तुत गरेको थिएँ । र यो मिलन जलप्रलयको वृतान्तभन्दा धेरै परको हो । हामीले देखेअनुसार समयको प्रारम्भमा नै पुरूषाको बलिदानको प्रतिज्ञाउत्पत्ति नामक हिब्रूको पुस्तकमा दिइएको प्रतिज्ञाका सन्तानका बीचमा एउटै जस्तो मिलन पाइन्छ । त्यसैले यहाँ यस्तो मिलन हामी किन देख्दछौँ ? के यो संयोगवश भएको हो ? के एउटा वृतान्त अर्को वृतान्तबाट लिइएको वा चोरिएको हो ? यहाँ म एउटा सल्लाह प्रस्तुत  गर्न चाहन्छु ।

बाबेलको धरहराजलप्रलयपछिको वृतान्त

नोआको वृतान्तपश्चात् उनको “तीन भाइ छोराहरूका वंशबाट पृथ्वीमा जाति–जाति अलग–अलग भएर जताततै फैलिएर राष्ट्र नै भरियो” (उत्पत्ति १०:३२) भन्ने कुरालाई वेद पुस्तक  (बाइबल) ले उल्लेख गर्दछ । संस्कृत वेदले पनि मनुको तीन भाइ छोराहरू थिए जसबाट सारा मानवजातिको सृष्टि भयो वा मानवजाति फैलियो भन्ने कुरालाई घोषणा गर्दछ । तर पृथ्वीमा यो ‘फैलने कार्य भने कसरी भयो त ?

नोआको यी तीन भाइ छोराहरूको वंशलाई नामाकरण गर्ने तथा सूचिकृत गर्ने काममा प्राचीन हिब्रू वृतान्तले विस्तृत रूपमा बताउदछ । तपाईँ यसको सम्पूर्ण सूचि यहाँ पढ्न सक्नुहुन्छ । इलोहिम वा सृष्टिकर्ता प्रजापति जसले उनीहरूलाई फल्दै–फुल्दै, वृद्धि हुँदै पृथ्वीमा भरिदै जाओ (उत्पत्ति ९:१) भनी आशिष दिएर भन्नुभएको थियो तर आज यी वंश वा सन्तानहरूले कसरी उहाँको निर्देशनलाई मानेनन् वा अवहेलना गर्यो भन्ने कुराको वर्णन गर्न यस वृतान्त अघि सर्दछ । तर यी मानिसहरू धरहरा बनाउनमा एकजुट भएर लागिरह्यो । तपार्इँ यसबारेमा यहाँ पढ्नसक्नुहुन्छ । यस वृतान्तले यो धरहराचाहिँ ‘स्वर्गसम्म पुग्ने धरहरा’ (उत्पत्ति ११:४) भनी बताउँदछ । यसको अर्थ नोआका यी प्रथम वंश वा सन्तानहरूले आफ्ना सृष्टिकर्तालाई आराधना गर्नुको सट्टा आकाशका ताराहरू, सूर्य, चन्द्रमा, ग्रहहरू आदिलाई पुज्ने उद्धेश्यले स्वर्गसम्म वा आकाशसम्म पुग्नको लागि धरहरा बनाइरहेका थिए । यो कुरा राम्ररी थाहा छ कि तारालाई पुज्ने वा आराधना गर्ने काम मेसोपोटामियाबाट उत्पत्ति भएको हो (जहाँ यी वंशहरू बसिरहेका थिए) र त्यहाबाट यो विश्वभरी नै फैलियो । तारा पुज्ने कामको बारेमा धार्मिक डिक्सनरी सन्दर्भले यसरी बताउँदछ :

यो निश्चय नै मेसोपोटामियामा ईसापूर्व दोस्रो शताब्दि (१०: i-ii) मा र मध्य अमेरिकाको माया (९: v) मा भएको थियो । तारा–पुजाईँ सम्भवतः प्रागऐतिहासिक उत्तरी यूरोपको महापाषाण सम्बन्धि खगोलीय स्थलमा पाइने गर्थ्यो (९: ii-iii) उदाहरणको लागि स्टोनहन्ज) र यस्तै स्थल उत्तर अमेरिकामा पाइन्छ (९: iv; उदाहरणको लागि द बिग होम मेडिसिन व्हील) । यो ताराको आराधना वा पूजा गर्ने काम मेसोपोटामियाबाट युनानी—रोमन संस्कृतिमा सर्या…।

त्यसैले सृष्टिकर्तालाई आराधना गर्नुको सट्टा, हाम्रा पुर्खाहरूले ताराहरूको आराधना गरे । फेरि यो वृतान्त हतास गर्नको लागि यसो भन्छ ताकि आराधनाको भ्रष्टता स्थायी वा अपरिवर्तनीय नबनोस्, सृष्टिकर्ताले तिनीहरूको

…भाषा खलबल पारिदिने निर्णय गर्नुभयो ताकि तिनीहरूले एकअर्काको बोली नबुझुन् । (उत्पत्ति ११:७)

यसको परिणामस्वरूप, नोआका यी प्रथम वंशहरूले एकअर्काको बोली बुझेनन् र यसै अवस्थामा सृष्टिकर्ताले तिनीहरूलाई

त्यहाँबाट पृथ्वीभरी छरपष्ट पारिदिनुभयो ।  (उत्पत्ति ११:८)

अर्को शब्दमा भन्दा, एकपटक यी मानिसहरू एकअर्काको बोली नबुझेपछि एकअर्काबाट छुट्टिए वा नयाँ भाषिक समूहभित्र बसार्इँ सरे, अनि यसरी उनीहरू फैलिए । यसले आज विश्वका विभिन्न फरक मानिसहरूको समूह किन एकदमै फरक भाषाहरूमा बोल्दछन् भन्ने कुराको वर्णन गर्दछ, जबकि यी सबै मेसोपोटामियाको केन्द्रबाट नै निस्केर (कहिलेकहि पुस्तौँपश्चात्) यस्तो स्थानमा फैलिएका थिए जहाँ तिनीहरूलाई आज पनि भेट्टाइन्छ । यसैले, तिनीहरूको यसप्रकारको खास इतिहास यस समयदेखि अन्यभन्दा फरक हुने गर्दछ । तर प्रत्येक भाषिक समूह (जसले यी प्रथम जातिको निर्माण गर्यो) सँग यसबेलासम्म समान इतिहास थियो । यो समान इतिहासले  तथा मनु (नोआ) को जलप्रलयको वृतान्तलाई समावेश गरेका छन् । संस्कृतको ऋषिले तिनीहरूको वेदको माध्यमबाट यी घट्नाहरूलाई सम्झिए भने उही घटनालाई हिब्रूहरूले तिनीहरूको वेद (ऋषि मोसाको तोरह) को माध्यमबाट सम्झिए ।

समयको आरम्भदेखिविभिन्न जलप्रलयको वृतान्त

यो वृतान्तले यी सुरुका वेदहरूका बीचमा पाइने समानता तथा मिल्ने विशेषताको बारेमा वर्णन गर्दछ । तर के यस वर्णनलाई समर्थन गर्ने त्यहा अरू प्रमाणहरू छन् त ? चाखलाग्दो कुरो यो छ कि यो जलप्रलयको घटना वा वृतान्तलाई प्राचीन हिब्रू तथा संस्कृत वेदमा मात्र स्मरण गरिदैन । संसारभरिका फरकफरक मानिसहरूको समूहले यस महान् जलप्रलयको वृतान्तलाई तिनीहरूको सम्बन्धित इतिहासमा स्मरण गर्दछ । यस कुरालाई तलको चार्टले देखाउदछ ।

Flood accounts from cultures around the world compared to the flood account in the Bible
विश्वका विभिन्न संस्कृतिहरूअनुसार जलप्रलय र बाइबलमा पाइने जलप्रलय बीचको तुलना

यस चार्टको सबभन्दा माथि विश्वको प्रत्येक महादेशमा बसिरहेका विभिन्न भाषिक समूहहरूलाई देखाइएको छ । चार्टको अन्य कक्ष वा भागले हिब्रू जलप्रलयको वृतान्तको खास वर्णनलाई देखाउछ (चार्टको बाँया भागमा सूचिकृत गरिएको) या त तिनीहरू आफैको जलप्रलयको वृतान्तलाई पनि यसमा निहित गर्दछ । कालो भागले यो कुरालाई देखाउदछ कि यो विवरण तिनीहरूको जलप्रलयको वृतान्तमा रहेको छ । तपार्इँ देख्नसक्नुहुन्छ कि कमसेकम झण्डै यी सम्पूर्ण समूहहरूसँग सामान्यरूपमा त्यो जलप्रलयचाहिँ सृष्टिकर्ताबाट एउटा न्यायको रूपमा आएको हो भन्ने कुरा ‘स्मरण’ मा थियो तर केही मानवजातिहरू एउटा ठूलो जहाजमा बचाइएका थिए । अर्को शब्दमा भन्नुपर्दा, यो जलप्रलय वृतान्तको स्मरण संस्कृत तथा हिब्रू वेदमा मात्र पाइन्दैन तर यसबाहेक संसारभरका र सबै महादेशहरूका अन्य सांस्कृतिक इतिहासहरूमा पनि पाइन्छ । यसले यो घटनालाई देखाउदछ कि यो घटनाचाहिँ हामीभन्दा धेरै पहिले विगतमा घटेका थिए ।

हिन्दी पात्रोको गवाही

यो त्यतिबेलाको कुरा हो कि जब मैले भारतमा यात्रा तथा काम गरेँ तब मैले यस कुराको अर्को सहयोगी गवाही भेटेँ जुनचाहिँ एकदमै महत्वपूर्णसाथ उल्लेख गर्नलायकको मैले पाएँ—तर तपाईँ यसबारेमा जानकार हुनुभयो भने मात्रै । स्पष्टिकरणको माग गर्नमा यो विशेष रहेको छ । मैले भारतमा काम गर्दैगर्दा धेरै हिन्दी पात्रोहरू देखेँ । मैले यो कुरामा ध्यान दिएँ कि तिनीहरू पश्चिमी पात्रोहरूभन्दा फरक थिए ।

hindu-calendar-panchang
हिन्दी पात्रो—महिनाको दिनहरू माथिबाट तलतिर राखिएका हुन्छन्, तर त्यहाँ हप्तामा ७ दिन हुन्छन्

त्यो पात्रोमा राखिएका दिनहरूलाई तेर्सो तहतर्फ जानेगरी राख्नुको सट्टा माथिबाट तलतिर (माथिबाट तल) जानेगरी रचना गरिएको कुरा अरू पात्रोमा भन्दा मलाईँ विल्कुलै फरक लाग्यो जुनचाहिँ पश्चिममा संकेत चिन्हको लागि गरिने विश्वव्यापी तरिका हो । कतिपय पात्रोहरूले हिन्दी लिपि (१,२,३…) प्रयोग गरेका कारणले तिनीहरूसँग पश्चिमा संख्या ‘1,2,3…’ भन्दा अन्य फरक संख्याहरू थिए । एउटा पात्रोलाई सूचित गर्नको लागि ठीक तरिका नभएकोले मैले यस्ता फरकपनाहरूलाई बुझेको र यस्तै हुन्छन् भनेर आशा पनि गरेको थिएँ । तर यी फरकपना वा भिन्नताहरूका बीचमा योचाहिँ एउटा केन्द्रीय मिलन थियो जुनले मलाईँ आकर्षण गर्यो । पाश्चात्य वा पश्चिमी विश्वमा प्रयोग भएजस्तै हिन्दी पात्रोमा पनि ७ दिनको हप्तालाई प्रयोग गरिएको हुन्छ । किन त ? पश्चिमी पात्रो जस्तै हिन्दी पात्रोलाई पनि किन वर्षमा अनि महिनामा विभाजन गरियो भन्ने कुरा मैले बुझ्न सकेँ किनभने पृथ्वीले सूर्यको वरिपरि र चन्द्रले पृथ्वीको वरिपरि परिक्रमा गर्ने विश्वव्यापी खगोलीय आधारमा यो कुरा आधारित छ भन्ने सबै मानिसहरूलाई प्रदान गरिन्छ । तर ‘हप्ता’को लागि कुनै खगोलीय समयको आधार छैन । जब यो कुराको बारेमा मैले मानिसहरूलाई सोधेँ तिनीहरूले भने कि योचाहिँ तिनीहरूको इतिहासमा धेरै पहिले हुनेगरेका रीतिथिति तथा परम्परामा आधारित थियो (तर कति पहिले थियो त भन्ने कुरामा कोही पनि जानकार नभएको देखियो)

बौद्ध थाई पात्रो

थाई पात्रो बाँयाबाट दाँयातर्फ जान्छ, तर पश्चिमी पात्रोको जस्तोको भन्दा फरक वर्षहरू हुन्छन् यसमा — तर अझै पनि यसमा ७ दिनको हप्तालाई नै प्रयोग गरिएका हुन्छन् वा सात दिनको हप्ता नै मानिन्छ ।

thai_lunar_calendar

मैले पनि थाईल्याण्डमा बस्ने र काम गर्ने अवसर पाएको थिएँ । त्यहा रहेको बेला म तिनीहरूको पात्रोहरू हेर्ने गर्थेँ । थाईल्याण्ड एउटा बौद्ध देश भएको हुँदा त्यहाँका मानिसहरूले तिनीहरूको पात्रोको वर्षहरूलाई बुद्धको जीवनबाट प्रारम्भ गर्ने गर्छन् जसले गर्दा तिनीहरूको वर्ष पश्चिमी देशका पात्रोको भन्दा सधै ५४३ वर्ष बढि हुने गर्दछ (उदाहरणको लागि ई.स. २०१३ सालको अर्थ थाई पात्रोमा बुद्ध युगको २५५६ हुन्छ ) तर फेरि तिनीहरू सातै दिनको हप्तालाई प्रयोग गर्छन् । तिनीहरूले त्यो कहाँबाट प्राप्त गरे त ? फरकफरक देशहरूका पात्रोहरू धेरै कुराहरूमा भिन्न हुँदाहुँदै पनि किन सातै दिनको हप्तामा नै आधारित छन् त जब कि यो पात्रोको समयको ईकाईको लागि कुनै वास्तविक खगोलीय आधार रहेको छैन ।

हप्ताको बारेमा प्राचीन ग्रीकहरूका गवाही

हिन्दी र थाई पात्रोमाथिका यी टिप्पणीहरूले मलाईँ ७ दिनको हप्ता अन्य प्राचीन संस्कृतिहरूमा पनि रहेका छन् वा छैनन् भन्ने कुरा हेर्नको लागि प्रेरित गर्यो । र यस्तो ७ दिनको हप्ता अन्य संस्कृतिहरूमा रहेका छन् भन्ने थाहा पाएँ ।

प्राचीन ग्रीक चिकित्सक हिपोक्रेटस जो लगभग ईसापूर्व ४०० तिर रहेका थिए, उनलाई आधुनिक चिकित्सा विज्ञानको पिता मानिन्छ जसले चिकित्सा सम्बन्धि गरेका निरिक्षण—अध्ययनलाई उल्लेख गरेर पुस्तकहरू—किताबहरू लेखे जुन आजको दिनसम्म पनि सुरक्षितसाथ संरक्षित गरिएका छन् । यी कुराहरू गर्दा उनले समय—एकाईको रूपमा ‘हप्ता’ लाई प्रयोग गरे । एउटा कुनै निश्चित रोगको लक्षणहरूका वृद्धि कसरी हुन्छन् भन्ने बारेमा लेख्दा उनले यसरी लेखेको छन्ः

चौथो दिनले सातौ दिन कस्तो हुन्छन् भन्ने कुराको लक्षण वा संकेत देखाउँदछ ; त्यसै गरेर आठौँ दिनचाहिँ दोस्रो हप्ताको प्रारम्भ हो ; र अनि एघारौँ दिनचाहिँ दोस्रो हप्ताको चौथो दिन ; र फेरि सत्रौँ दिनचाहिँ चौधौँ दिनबाट चौथो, एघारौँ दिनबाट सातौँ भएकोले संकेतार्थ हुन्छन् (हिपोक्रेटस, अफोरिज्म # २४)

एरिस्टोटल, अरस्तु ले ईसापुर्व ३५० तिर आफ्ना कृतिहरू लेख्दैगर्दा समयलाई जनाउनको लागि नियमित रूपमा ‘हप्ता’ लाई प्रयोग गरेको पाइन्छ । उदाहरणको रूपमा उनी लेख्छन् :

नवजात शिशु अवस्थामा बच्चाको धेरैजसो मृत्यु एक हप्ताको हुँदा हुने गर्दछ, त्यसकारण यो अवस्था भनेको बाँच्नको लागि उत्तम मोका होस् भन्ने विश्वासकासाथ बच्चाको यो उमेरमा उसलाई नाम दिने वा न्वारान गर्ने चलन रहिआएको छ । (अरस्तु, जनावरका इतिहास, भाग १२,  ३५० ईसापूर्व)

त्यसैले यी प्राचीन ग्रीक लेखकहरू जो भारत तथा थाईल्याण्डबाट धेरै टाढा थिए यिनीहरूले कहाँबाट यो ‘हप्ता’ को विचार वा सोच प्राप्त गर्यो जसको उनीहरूले यसलाई यो सोचेर प्रयोग गरे कि ‘हप्ता’ भन्ने के थियो भन्ने कुरा ग्रीकहरूले पहिलेदेखि नै जानेका थिए त ? सायद हुनसक्छ कि यी सबै संस्कृतिहरूसँग विगतमा कुनै एउटा ऐतिहासिक घटना थियो (यद्मपि तिनीहरूले त्यस घटनालाई बिर्सेका हुनसक्छन्) जुन घटनाले यस सात दिनको हप्तालाई स्थापना गरेको थियो ?

हिब्रू वेदले एउटा यस्तो घटनाको वर्णन गर्दछ—जुनचाहिँ संसारको प्रारम्भिक रचना हो । त्यो विस्तृत तथा प्राचीन वृतान्तमा सृष्टिकर्ताले संसारलाई सृष्टि गर्नहुन्छ अनि पहिलो मानिसहरूलाई ७ दिनमा नै रचना गर्नहुन्छ (वास्तवमा ६ दिन अनि विश्रामको सातौँ दिन) । त्यसकारणले गर्दा प्रथम मानवजोडीको वंशहरूले उनीहरूको पात्रोमा समय एकाईको लागि सात दिनको हप्तालाई प्रयोग गर्यो । अन्तत भाषागत अलमलको कारणले गर्दा जब मानवजाति तितरबितर भए यसरी ‘तितरबितर’ हुनुभन्दा अगाडि नै घटेका मुख्य घटनाहरूलाई यी कतिपय फरक भाषिक समूहहरूद्धारा फरक तरिकामा  सम्झिइएका थिए जसमा आउनेवाला बलिदानको प्रतिज्ञा, एक विनासकारी जलप्रलयको वृतान्त साथै सात दिनको हप्तालाई समावेश गरिएका छन् । यी स्मृतिहरू प्रारम्भिक मानवजातिको जिउँदो कला—शैलीहरू हुन् र वेदमा उल्लेख गरिए झैँ यी घटनाहरूको इतिहासको लागि योचाहिँ एउटा गवाही पनि हो । हिब्रू वेद र संस्कृत वेदको मिलनलाई वर्णन गर्नको लागि यो वर्णन साँच्चिकै एउटा अधिक तथा साधारण तरिका हो । आज धेरै मानिसहरू यी प्राचीन लेखहरू वा रचनाहरूलाई एउटा पौराणिक कथाको रूपमा वेवास्ता गर्ने गर्छन् तर यी मिलनले हामीलाई यसबारेमा पूनर्विचार गर्न लगाउछ ।

त्यसैले पहिलेका मानवजातिसँग साझा इतिहास थियो, र यो इतिहासले सृष्टिकर्ताबाट आउने मोक्षको प्रतिज्ञालाई समावेश गरेको छ । तर प्रतिज्ञा कसरी पूरा हुनसक्थ्यो त ? हामी हाम्रो अध्ययनलाई एउटा पवित्र मानिस जो भाषाको अलमलको कारणबाट तितरबितर भएको ठीक घटनापश्चात् रह्यो यस वृतान्तबाट अघि बढाउनेछौँ । हामी यसबारेमा हाम्रो अर्को लेखमा हेर्नेछौँ ।