तुलसी विवाहलाई सुसमाचार कथामा कसरी प्रतिबिम्बित गरिएको छ?

तुलसी विवाह पर्व तुलसी विरुवाको रूपमा भगवान शालिग्राम (विष्णु) र लक्ष्मी बीचको प्रेमलाई सम्झिदै मनाइने एउटा पर्व हो ।  यसरी तुलसी विवाह, तुलसीको बोट विवाह र एक पवित्र पत्थर (शालिग्राम) मा केन्द्रित छ।  यस पर्वको पछाडि एक पौराणिक कथा  र रीतिरिवाजहरु छन् जुन आज भक्तहरूले पालन गर्छन्।  तर यसले सुसमाचारको उल्लेखनीय चित्र पनि प्रदान गर्दछ, किनकि विवाह, पवित्र पत्थर र एउटा स्थायी बोट सुसमाचार कथाको प्रमुख छविहरू हुन्।  हामी यसलाई यहाँ तल हेर्छौं।

तुलसी बिरुवा जोडिएको तुलसी विवाह मन्दिर

तुलसी विवाह सम्बन्धी पौराणिक कथा

देवी भागवत पुराण, ब्रह्मवैवर्त पुराण र शिव पुराणले तुलसी विवाह सबन्धी पौराणिक स्रोतहरू प्रदान गर्दछ।  यी पुराणहरूले तुलसी विवाह सम्बन्धी घटनाहरूको एक श्रृङ्खलाको वर्णन गर्दछन्।  लक्ष्मीको एक महिलाको अवतार,जसको नाम वृन्दा (वा बृन्दा) हो, ले असुर राजा जालंधरसँग विवाह गरेकी थिइन् ।  उनको विष्णु भक्तिको कारण, विष्णुले राजा जालन्धरलाई युद्धमा अजेय हुने वरदान दिए।  यसरी देवताहरू लगातार उनिसँगको युद्धमा हार्दै गए र राजा जालन्धर अहंकारी भए।

त्यसैले विष्णुले  राजा जालन्धर आफू सँग भएको अजेय गुणलाई  गुमाउन भनी चाहे , तर ब्रह्माले विष्णुलाई

 जानकारी दिए कि उनले जालन्धरसँग भएको वृन्दाको पवित्रता तोड्नु पर्छ।  यसैले  जालन्धर युद्धमा टाढा थिए, तब विष्णुले गण्डकी उनको रूप धारण गरे र आफ्नो पवित्रता गुमाउनको लागि वृन्दालाई खोजे ।  यसरी जालन्धरले शिवसँगको युद्धमा आफ्नो अजय हुने गुण (र आफ्नो टाउको) गुमाए।  वृन्दाले विष्णुको छललाई बुझेर, विष्णुलाई शालिग्राम बन्न श्राप दिइन्, अर्थात् एउटा यस्तो कालो पत्थर जसमा जीवाश्म खोलसहितको निशान विष्णुको प्रतीकको रूपमा पाइन्छ ।  यस पछि वृन्दाले आफूलाई समुद्रमा फ्याँकिदिइन् र तुलसीको बोट बनिन्।  यसरी आफ्नो अर्को जन्ममा वृन्दा (तुलसीको रूपमा) ले विष्णु (शालिग्रामको रूपमा) सँग विवाह गरिन्।  त्यसैले भक्तहरूले हरेक वर्ष प्रबोधिनी एकादशीको दिन तुलसीको विवाह शालिग्राम सँग गर्ने गर्दछन् ।

वृन्दाले विष्णुलाई सरापेको चित्रण गर्ने परम्परागत कला
नदीमा विश्वको सबै भन्दा ठुलो शालग्रामको ढुङ्गा ।
प्रजिन खतीवडा बाट लिइएको तस्वीर

तुलसी विवाह समारोह

तुलसी विवाह सम्बन्धी मन्दिरमा तुलसीको बोट शालिग्राम ढुङ्गाको विवाह भएको देखाइएको

विवाहसँग यसको घनिष्ठ सम्बन्धको कारण, तुलसी विवाहले नेपाल र भारतमा विवाहको समयको शुभारम्भ गर्दछ।  भक्तहरूले प्रबोधिनी एकादशी र कार्तिक पूर्णिमा- कार्तिक महिनाको पुर्णीमा (प्राएजसो पश्चिमी क्यालेण्डरमा अक्टोबर – नोभेम्बर को बीचमा आउँछ ) तुलसी विवाह सम्बन्धी पूजापाठ पूरा गर्छन् । तुलसीलाई विष्णुप्रिया नामले पनि चिनिन्छ, जसको अर्थ भगवान विष्णुको सबैभन्दा प्रिय हुनु हो। प्रत्येक हिन्दू घरले यस प्रति श्रद्धा देखाउँछन् परिणामस्वरूप यो सबै बिरुवा मध्ये सबै भन्दा पवित्र बिरुवा बनेको छ । भक्तहरूले तुलसीको बिरुवा राख्नु र पूजा गर्नु अत्यन्तै शुभ मान्छन्। तुलसी विवाह पर्वमा तुलसीको एउटा बोटले भगवान विष्णुसँग विधिपूर्वक विवाह गरिन्छ । पूजाको विधि विभिन्न समुदायको रीतिरिवाज अनुसार एउटा क्षेत्र देखि अर्को क्षेत्रमा फरक-फरक हुन सक्छ। 

तुलसी विवाह सुसमाचार विवाह

यद्यपि धेरैलाई तुलसी विवाहको पौराणिक कथाहरु र रीतिरिवाजको बारेमा थाहा छ, तर सुसमाचारको कथामा यसको प्रतीकलाई कम जानिन्छ।  सुसमाचारको व्याख्या गर्नको लागि बाइबलमा सबैभन्दा जीवन्त चित्र विवाह हो।  यो विवाह यसकारण सम्भव भएको हो किनभने दुलहा, नासरतका येशूले आफ्नो दुलही किन्नको लागि दाइजो वा मूल्य तिर्नुभएको छ।  यो दुलहीले संस्कृति, शिक्षा, भाषा, जातिको भेदभाव नगरी यस संसारको भ्रष्टता र क्षयबाट बच्नको लागि आफ्नो विवाहको प्रस्ताव स्वीकार गर्ने सबै मानिसहरूलाई समेट्छ।  येशूको सर्वोच्च बलिदान – अर्थात् क्रुसमा सबैको लागि मर्नु – र क्रुस माथिको विजय – र मृत्युबाट पुनरुत्थान प्राप्ति द्वारा दाइजोको मूल्य तिरिएको छ।  यो आउँदै गरेको विवाहको सम्बन्धमा गहिरो व्याख्या यहाँ तल पढ्नुहोस्।

एउटा बिरुवाको रूपमा

तर उहाँको मृत्यु र पुनरुत्थान उहाँको जन्म भन्दा सयौं वर्ष अघि भविष्यवाणी गरिएको थियो जब प्राचीन हिब्रू वेद अर्थात् बाइबलको ऋषिहरू वा अगमवक्ताहरूले उहाँको आगमनलाई एउटा मरेको रुखको ठुटोबाट  बिस्तारै अंकुरित हुनेवाला बोटको रूपमा चित्रण गरेको थियो । यो अंकुरित बिरुवा रोकिदैन र एक महान रूख बन्नेछ।

एक ढुङ्गाको रूपमा

Description: https://en.satyavedapusthakan.net/wp-content/uploads/sites/3/2017/10/isaiah-sign-of-the-branch-timeline--1024x576.jpg

ऐतिहासिक समयरेखा मा ऋषि दाऊद अन्य हिब्रू ऋषि (भविष्यवक्ताहरू)

एउटा अर्को चित्र जुन प्राचीन ऋषिहरूले प्रयोग गरेका थिए त्यो एउटा कडा पत्थरको थियो । जसरी रिसी दाऊदले धेरै पहिले लेखेका थिए …

२२. जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे  त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्‍यो, २३. यो परमप्रभुबाट भएको हो,  अनि हाम्रो दृष्‍टिमा आश्‍चर्यमय छ। २४. आजको दिन परमप्रभुले सृजनुभएको हो,  यसमा हामी आनन्‍दित होऔं रमाऔं। २५. हे परमप्रभु, हामीलाई बचाउनुहोस्‌,  हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्‌।

भजनसंग्रह ११८:२२–२५    

आउँदै गरेको व्यक्तिको तुलना एउटा ढुङ्गा सँग गरिएको थियो ।  यो ढुङ्गा अस्वीकार गरिनेछ तर त्यसपछि मुख्य ढुङ्गा बन्नेछ (V२२)।  यो सबै प्रभुको योजना अनुसार हुनेछ (v२३-२४)।

नाममा…

यो ढुङ्गा को होला ?  अर्को श्लोकले भन्छ ‘प्रभु, हामीलाई बचाउनुहोस्’।  त्यो मौलिक हिब्रू भाषामा येशूको नामको शाब्दिक अर्थ ‘बचाउनु हुने’ वा ‘मुक्तिदाता’ हो।  यसलाई हाम्रो कुनै पनि भाषामा ‘प्रभु, येशू’ लाई सही रूपमा अनुवाद गर्न सकिन्छ।  किनकि हामीले ‘येशू’ को अर्थ नबुझेकोले र हामी यसलाई केवल एक व्यक्तिबाचक संज्ञा वा नामको रूपमा मात्र हेर्दछौं, हामीले यसको सम्बन्धलाई सजिलै देख्दैनौं।  येशूको अगमवाणी गरिएको नाउँलाई यहाँ थप पूर्ण रूपमा व्याख्या गरिएको छ।  त्यसैले यो भजन कसरी टुङ्गिन्छ, ध्यान दिनुहोस्

२६. परमप्रभुको नाउँमा आउने धन्‍यको हो।  परमप्रभुको भवनबाट हामी तिमीहरूलाई आशीर्वाद दिन्‍छौं। २७. परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ,  र उहाँले हामीमाथि आफ्‍नो प्रकाश चम्‍कन दिनुभएको छ।  हातमा स्‍याउला लिएर शोभायात्रामा  वेदीका सीङहरूसम्‍म हर्षसाथ जाओ। २८. तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, र तपाईंमा धन्‍यवाद चढ़ाउनेछु।  तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, र तपाईंलाई उच्‍च पार्नेछु। २९. परमप्रभुलाई धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्‍छ।  उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।

भजनसंग्रह ११८:२६-२९  

उँहा पवित्र सहरमा प्रवेश गर्दा येशू ‘प्रभुको नाममा’ आउनुभयो जुन दिन अहिले पाम आइतवार भनिन्छ।  उहाँलाई त्यहाँ यसरी बाँधिएको थियो जस्तो कि बलि दिने पशु अर्थात् यज्ञ पशु ‘वेदीको सिङमा’ बाँधिएझैँ । यो परमेश्वरले हामी प्रति उहाँको प्रेमको अनन्त प्रदर्शन थियो, एक यस्तो प्रेम जुन सधैं रहिरहन्छ ।

ज्योतिषा, दुर्गा पूजारामायण लगायत धेरै सांस्कृतिक चिन्हहरूले सुसमाचारको कथालाई चित्रण गर्छन्,तर तुलसी विवाह, किनकि यसको सम्बन्ध विवाहसँग जोडिएको छ, जसको हामीले प्रशंसा गर्नुपर्छ।

जब हामीले यी समानताहरु र समानान्तरहरू लाई विशेष रूपमा विवाह हरू,बिरुवाहरू र पथरहरुमा तुलसी विवाहको साथ देख्छौं, तब हामी दुवैले अर्थात् पर्वको आनन्द लिन सक्छौ र एउटा प्रतीकात्मक अर्थमा यसको गहिराइलाई हेर्न सक्छौं  जुन ती रीति रिवाज हरू  र पूजा सम्बन्धी अनुस्थनहरु भन्दा कैयो धेरै गहिरो छ ,जुन प्रदर्शन गर्दा हामीले आनन्द पाउन सक्छौ