‘सात’ को चक्रमा : आउनुहुने ख्रीष्ट

पवित्र शब्द सात

सात एक शुभ शब्द हो जुन नियमित रुपमा पवित्रसंग जुडिएको छ । ध्यान दिनुहोस् कि त्यहाँ सात पवित्र नदिहरु छन्ः गंगा, गोदावरी, यमुना, सिन्धु, सरस्वती, कावेरी र नर्मदा ।

सात पवित्र स्थानहरुसंग सम्बन्धित सात पवित्र शहरहरु (सप्त पुरी) छन् । सात तीर्थ स्थलहरु निम्न छन् :

१.अयोध्य (अयोध्या पुरी),

२.मथुरा (मथुरा पुरी ),

३.हरिद्धार (माया पुरी),

४.वाराणसी (काशी पुरी),

५.कांचीपुरम (कांची पुरी),

६. उज्जैन (अवन्तिका पुरी),

७. द्धारका (द्धारका पुरी)

ब्रह्माण्ड विज्ञानमा ब्रह्माण्डमा सात माथिल्लो र सात तल्लो लोकहरु समावेश छन् । विकिपीडियाको अनुसार

            …१४ वटा लोकहरु छन् , सात माथि छन् (व्याहृतिहरु) अर्थात भूः, भुवः, स्वः, महः, जनः, तपः र सत्यम् अनि सात तल छन् (पातालहरु) अर्थात अतल, वितल, सुतल, तलातल, महातल, रसातल र पाताल…

चक्र विद्यार्थीहरुले नियमित रुपमा हाम्रो शरीरमा सात चक्र क्षेत्रहरु उद्धृत गर्दछन्

१.मुलाधार चक्र २.स्वाधिष्ठान चक्र ३.नाभी—मणिपुरा चक्र ४.अनाहत चक्र  ५.विशुद्धि चक्र  ६.आज्ञा चक्र  ७.सहस्रार चक्र

हिब्रु वेदमा पवित्र ‘सात’

नदीहरु, तीर्थहरु, व्याहृतिहरु, पातालहरु र चक्रहरु ‘सात’ द्धारा पुर्ण बनेको छ , त्यसैले हिब्रु वेदमा ख्रीष्टको आगमनको अगमवाणी गर्न सातको उपयोग गरिएको थियो भन्ने कुरा अचम्म मान्नु पर्दैन । वास्तवमा , प्राचीन ऋषिहरुले उहाँको आगमनलाई संकेत गर्न सातको सातवटा चक्रहरु प्रयोग गर्थे । हामीले यो ‘सातको सातहरू’  चक्रको बारेमा खोल्नेछौ, तर यो भन्दा पहिले आउनुहोस् हामी प्रचीन हिब्रु अगमवक्ताहरुको एक सानो समीक्षा गरौ ।

यद्यपि एक अर्कोबाट सयौं वर्षमा अलग भए पनि ,मानव आपसी समन्वयलाई असम्भव बनाउँदै , तिनीहरुको अगमवाणीहरु आउँदै गरेको ख्रीष्टमाथि केन्द्रित थियो । यशैयाले यो विषय शुरु गर्नको लागि डालीको चिन्ह उपयोग गरे । जकरियाले अगमवाणी गरे कि यस डालीको नाम योहुशुवा (नेपालीमा येशू) हुनेछ । हो , येशू आउनुभन्दा ५०० वर्ष अगाडि ख्रीष्टको नाम अगमवाणी गरिएको थियो ।

अंक सातमा—अगमवक्ता दानियल

अब दानियलको विषयमा । उनी बेबीलोनको निर्वासनमा बस्थे , बेबीलोन र फारसी सरकारमा एक शक्तिशाली अधिकारी थिए—र एक हिब्रु अगमवक्ता थिए ।

दनियललाई हिब्रु वेदहरुमा अन्य अगमवक्ताहरुसंग ऐतिहासिक समयरेखामा देखाइएको छ ।

आफ्नो पुस्तकमा, दानियलले निम्न सन्देश प्राप्त गरेः

`1२१. जसै म प्रार्थनामा नै थिएँ, पहिलेको दर्शनमा मैले देखेका मानिस, गब्रिएल, साँझका बलिदानको समयमा वेगसँग उड़ेर मकहाँ आए।  २२. उनले मलाई आदेश दिए र भने, “हे दानिएल, अहिले म तिमीलाई अन्‍तर्ज्ञान र समझ दिन आएको छु। २३ . तिमीले प्रार्थना गर्न थाल्‍ने बित्तिकै प्रार्थनाको उत्तर दिइयो, जुनचाहिँ तिमीलाई बताउन म आएको छु, किनकि तिमी अति सम्‍मानित छौ। त्‍यसकारण सन्‍देशलाई विचार गर र दर्शन बुझ। २४. “तिम्रो जाति र तिम्रो पवित्र सहरको निम्‍ति अपराध खतम पार्न, पाप समाप्‍त गर्न, दुष्‍टताको लागि प्रायश्‍चित गर्न, अनन्‍त धार्मिकता ल्‍याउन, दर्शन र अगमवाणीलाई मोहोर लगाएर बन्‍द गर्न र महापवित्रस्‍थानलाई अभिषेक गर्न सत्तरी ‘सातहरू’ को आदेश तोकिएको छ। २५. “यो जान र बुझ, यरूशलेमको पुनर्स्‍थापन र पुनर्निर्माण गर्न यो आदेश जारी गरेको समयदेखि अभिषिक्त जन, अर्थात्‌ एक शासक नआउञ्‍जेलसम्‍म सात ‘सातहरू’ र बयसट्ठी ‘सातहरू’ हुनेछन्‌। गल्‍ली र सुरुङहरूसहित यसको पुनर्निर्माण हुनेछ, तर दुस्खको समयमा। २६. बयसट्ठी ‘सातहरू’ पछि ती अभिषिक्त जन हटाइनेछन्‌ र तिनीसँग केही पनि रहनेछैन।

दानियल ९:२१—२६अ

यो ‘अभिषिक्त जन’ (=ख्रीष्ट =येशु) को अगमवाणी हो कि उहाँ कहिले आउनुहुनेछ । यो ‘यरुशलेमको पुनस्र्थापना र पुनर्निमाण’ गर्नको लागि दिइएको आज्ञाका साथ सुरु हुनेछ । यद्यपि दानियललाई यो सन्देश दिइएको थियो (ईसा पुर्व ५३७ मा) उनी यो उल्टो गन्तीको सुरुवात हेर्नको लागि बाचेनन् ।

यरुशलेम पुनस्र्थापनाको आज्ञा

तर नहेम्याहले, जो दानियल पछि सय वर्ष पछि आएका थिए , यो उल्टो गन्ती सुरु भएको देखेका थिए । उनले आफ्नो पुस्तकमा लेख्छन् कि

१.एक दिन अर्तासास्‍त राजाको बीसौँ वर्षको नीसान महिनामा जब उहाँको दाखमद्य तयार भयो तब मैले त्‍यो लगेर राजालाई टक्र्याएँ। राजाको अगाड़ि म पहिला कहिल्‍यै उदास भएको थिइनँ। २. त्‍यसैले उहाँले मलाई सोध्‍नुभयो, “बिरामी नभएर नै पनि तिम्रो अनुहार किन यति उदास देखिन्‍छरु यो हृदयको शोकबाहेक अरू केही होइन।” ३. म साह्रै डराएँ, र यसो भनेर जवाफ दिएँ, “राजा सदासर्वदै अमर रहून्‌। तर मेरा पुर्खाहरू गाड़िएको सहर उजाड़ भइरहेको छ र त्‍यसका मूल ढोकाहरू आगोले जलेका छन्‌ भने मेरो अनुहार किन उदास नदेखिनेरु” ४. राजाले भन्‍नुभयो, “मबाट तिमी के चाहन्‍छौरु” ५.  मैले स्‍वर्गका परमेश्‍वरलाई प्रार्थना गरें, अनि मैले राजालाई यो जवाफ दिएँ, “हजूरलाई असल लागे, र म हजूरको निगाह(पात्र भएको छु भने मेरा पुर्खाहरू गाड़िएको सहरलाई पुनर्निर्माण गर्न मलाई यहूदामा पठाइबक्‍सिओस्‌।”  ६. आफ्‍नी पत्‍नी रानी पनि साथमा बसेका राजाले मलाई सोध्‍नुभयो, “यात्रालाई कति समय लाग्‍ला, र तिमी कहिले फर्कन सक्‍छौरु” मलाई जान दिन राजा राजी हुनुभएकोले मैले समय निर्धारण गरें।

नहेम्याह २:१—६

म यरूशलेममा पुगें र त्‍यहाँ मैले तीन दिनसम्‍म पर्खेपछि

नहेम्याह २:११

“यरुशलेम पुनस्र्थापना र पुनर्निमाण गर्नका लागि ” यो आदेश लिपिबद्ध गर्छ कि दानियलले अगमवाणी गरेका थिए कि उल्टो गन्ती सुरु हुन्छ । यो इतिहासमा फारसी सम्राट अर्तासास्‍तको २०औं वर्षमा सुरु भयो , जो कि ईसा पुर्व ४६५ सन् मा आफ्नो शासनको लागि प्रसिद्ध थियो । यसप्रकार उसको २० औं वर्ष यो आज्ञाको ईसा पुर्व ४४४ सन् मा जारी गर्ने थियो । दानियलको लगभग सय वर्ष पछि , फारसी सम्राटले आफ्नो आदेश जारी गर्‍यो, यसले उल्टो गन्ती सुरु गर्‍यो जसले ख्रीष्ट ल्याउनेछ ।

रहस्यमय अंक सात

दानियलको अगावाणीले संकेत दियो कि “सात ‘सातहरू’ र बैसट्ठी ‘सातहरू’” पछि ख्रीष्ट प्रकट हुनुहुनेछ

अंक ‘सात’ के हो ?

मोशाको व्यवस्थाले सात बर्षे चक्र समावेश गरेको थियो । प्रत्येक सात औं वर्षमा जमिन कृषिबाट विश्राम गर्नुपर्ने थियो ताकि जमिन फेरि भरिन सकोस् । यसैले ‘सात’ एक ७—वर्ष चक्र हो । यसलाई ध्यानमा राख्दै , हामी देख्छौ कि उल्टो गन्ती दुई भागमा पाइन्छ । पहिलो भाग ‘सात सातहरू’ वा सात ७—वर्ष अवधि थियो । यो , ७*७=४९ वर्ष , यरुशलेमको पुनर्निमार्णको लागि लिइएको समय थियो । यसपछि बैसट्ठी सातहरू आउथ्यो , त्यसैले कुल उल्टो गन्ती ७*७+६२*७ = ४८३ वर्षको थियो । आज्ञा दिएको समयबाट ख्रीष्ट प्रकट हुने समयसम्म ४८३ वर्ष हुनेछ ।

३६०—दिनको वर्ष

हामीले क्यालेन्डरमा एउटा सानो समायोजन गर्नु पर्छ । जस्तो कि धेरै पुर्वजहरुले गरेका थिए , अगमवक्ताहरुले ३६० दिनको लामो वर्षको उपयोग गर्थे । कयालेन्डरमा ‘वर्ष’ को लम्बाई तोक्नका लागि विभिन्न तरिकाहरु पाइन्छ । पश्चिमी कयालेन्डर (सौर्य क्रन्तिमा आधारित) मा एक वर्षको लम्बाई ३६५.२४ दिनको छ , मुस्लिम क्यालेन्डर (चन्द्रमाको चक्रमा आधारित) मा एक वर्षको लम्बाई ३५४ दिनको छ । दानियलले जुन क्यालेन्डरको प्रयोग गरेका थिए, त्यो ३६० दिनको आधा थियो । यसप्रकार ‘३६०—दिन’ वर्षको अनुसार ४८३ सौर वर्ष वास्तवमा ४८३*३६०/३६५.२४ =४७६ सौर वर्ष हो ।

ख्रीष्टको आगमन वर्षको अगमवाणी

अब हामी गणना गर्न सक्छौ कि ख्रीष्ट कहिले आउनुहुन्छ भनेर अगमवाणी गरिएको थियो । हामी ‘ईसा पुर्व’ बाट ‘ईस्वी सन्’ को युगमा १ ईसा पुर्व—बाट १ ईस्वी सन् मा (यहाँ कुनै ‘सुन्य’ वर्ष छैन) जादा १ वर्षमा पुगिन्छ । यहाँ गणना दिइएको छ ।

सुरु वर्ष    ४४४ ईसा पुर्व (अर्तासास्‍तको २० औं वर्ष )
समयको लम्बाई४७६ सौर वर्ष
आधुनिक क्यालेन्डरमा अपेक्षित आगमन(–४४४+४७६+१) (‘+१’ किनकि 0 ईस्वी सन् होइन)
अपेक्षित वर्ष३३ ईस्वी सन्
ख्रीष्टको आगमनको लागि आधुनिक क्यालेन्डर गणना

पाम आइतबारको प्रसिद्ध उत्सवका दिन नासरतका येशू एउटा गधामा सवार भएर येरुशलेम आउनुभयो । यो त्यहि दिन थियो, जतिखेर उहाँले आफुलाई घोषित गर्नुभयो र उनीहरुको ख्रीष्टको रुपमा यरुशलेममा सवार हुनुभयो । त्यो वर्ष ३३ ईस्वी सन् थियो— जस्तो अगमवाणी गरिएको थियो ।

अगमवक्ता दानियल र नहेम्याह, एक अर्कालाई चिन्न असमर्थ थिए किनकि तिनीहरु १०० वर्षको दुरीमा बाचेका थिए । तर तिनीहरुलाई परमेश्वर द्धारा समन्वय गरिएको थियो ताकि अगमवाणीहरुको उल्टो गन्तीको आरम्भ गर्न सकियोस् ,जसले ख्रीष्टलाई प्रकट गर्नुभयो । ५३७ वर्ष पछि दानियलले आफ्नो ‘सातहरू’ दर्शन पाएपछि , येशू ख्रीष्टको रुपमा यरुशलेम प्रवेश गर्नुभयो । जकरियाले ख्रीष्टको नामको अगमवाणीको साथसाथै , यी अगमवक्ताहरुले अद्भुत अगमवाणीहरु लेखे ताकि सबैले परमेश्वरको योजनाको झलक देख्न सकुन् ।

आगमन ‘दिन’ को अगमवाणी

येरुशलेममा प्रवेशको वर्षको अगमवाणी यसरी गरिएको थियो कि मानौ यो सयौं वर्ष अघि भईसकेको थियो , जुन आश्चर्यजनक छ । तर तिनीहरुले पनि यहि दिनका लागि अगमवाणी गरेका थिए ।

दानियलले ख्रीष्ट प्रकट हुनका लागि ३६०—दिनको वर्ष उपयोग गर्दे ४८३ वर्षहरुको अगमवाणी गरेका थिए । तदनुसार , दिनहरुको संख्या यसरी छ ।

४८३ वर्ष * ३६० दिन/वर्ष =  १७३८८० दिन

३६५.२४२२ दिनहरु/वर्ष को साथ आधुनिक अन्तर्राष्ट्रिय क्यालेन्डरको सन्र्दभमा यो २५ अतिरिक्त दिनहरुको साथ ४७६ वर्षहरुको समय हो । (१७३८८०/३६५.२४२१९८७९=४७६ शेष २५)

राजा अर्तासास्‍तले यरुशलेमको पुनस्र्थापनाको आदेश दिए :

बीसौं वर्षको नीसान नामको महिनामा…

नहेम्याह २:१

नीसान १ लाई आश्वासन दिइन्छ किनकि यसबाट यहुदिहरुको नयाँ वर्ष सुरु हुन्छ , जो उत्सवमा राजालाई नहेम्याहसँग कुरा गर्ने कारण बन्छ । नीसान १ पनि एक नयाँ चन्द्रमा चिन्हित गर्दछ किनकि तिनीहरु चन्द्रमा आधारित महिनाहरुको उपयोग गर्दथे । आधुनिक खगोल विज्ञानको साथ हामी जान्दछौ कि औँसीको चन्द्रमा नीसान १, ईसा पुर्व ४४४ को चिन्हित गर्दै देखा परेको थियो । खगोलशास्त्रीय गणनाले आधुनिक क्यालेन्डरमा फारसी सम्राट अर्तासास्‍तको २० औं वर्षको नीसान १ को अर्धचन्द्राकार चन्द्रमालाई ४ मार्च , ४४४ ईसा पुर्वको राती १० बजे राख्छ ।[]

…पाम आइतवारको दिन तिर

यस मितिमा दानियल द्धारा अगमवाणी गरिएको ४७६ वर्ष जोडेपछि हामी ४ मार्च , ३३ ईस्वी सन् मा पुग्छौ , जस्तो कि माथि व्याख्या गरिएको छ । दानियलले अगमवाणी गरेको बचेको शेष २५ दिनहरुको ४ मार्च ,३३ ईस्वी सन्सँग जोड्दा हामी २९ मार्च , ३३ ईस्वी सन् पाउँछौ ।  २९ मार्च , ३३ ईस्वी सन् , आइतवार थियो — अर्थात पाम आइतवार—त्यहि दिन , जुन दिन येशू गधामा सवार भएर उहाँनै ख्रीष्ट हुनुहुन्छ भन्ने दावी गर्दै यरुशलेममा प्रवेश गर्नुभएको थियो ।[२]

आरम्भआज्ञा जारी निकालीएकोमार्च ४ , ४४४ ईसा पुर्व
सौर वर्षहरु जोड्दा (४४४+४७६+१)मार्च ४ , ३३ ईस्वी सन्
शेष सातसातहरूको २५ दिनहरु जेड्दामार्च ४ + २५ = मार्च २९ , ३३ ईस्वी सन्
मार्च २९ , ३३ ईस्वी सन्यरुशलेममा पाम आइतवारका दिन येशूको प्रवेश
गधामा सवार भएर २९ मार्च , ३३ मा यरुशलेम प्रवेश गरी येशूले जकरिया र दानियल दुबैको अगमवाणी पुरा गर्नुभयो ।
दानियलको ‘सात’ सातहरू चक्र पाम आइतवारको दिन सम्ममा पुरा भयो

ख्रीष्ट प्रकट हुनुभन्दा १७३८८० दिन अगाडी दानियलले अगमवाणी गरेका थिए ; नहेम्याहले यो समयको सुरु गरेका थिए । यो मार्च २९ , ३३ ईस्वी सन्मा समाप्त भयो जब येशू पाम आइतवार यरुशलेममा प्रवेश गर्नुभयो , यसरी सबै ‘सात’ सातहरू पुरा भयो ।

पछि त्यसै दिन येशूले एक अन्य सात , सृष्टिको सातहरू, को नमुनामा आफ्नो गतिविधिहरुको आरम्भ गर्नुभयो । यस तरीकाले उहाँले उहाँको शत्रु मृत्युसँग लडाइ तिर लैजाने घटनाहरुलाई गति प्रदान गर्नुभयो ।

………………………….

१.डाँ . हेरोल्ड डब्ल्यू .हाँर्नर , कालक्रमिक दृष्टिकोणले ख्रीष्टको जीवन . १९७७.पृ.१७६.

२. आउने शुक्रवार निस्तार चाडको थियो , र निस्तार चाड सदै नीसान १४ को दिन आउथ्यो । ३३ ईस्वी सन्मा नीसान १४ को दिन अप्रिल ३ थियो । ३ अप्रिल भन्दा ५ दिन पहिला हुनुको कारणले , पाम आइतवार २९ मार्चको दिन थियो ।