कसरी मानवजाति अगाडि बढिरह्यो—मनु (नोआ) को वृतान्तबाट पाठ

हाम्रो योभन्दा पहिलाको लेखमा हामीले मानव इतिहासको ठीक सुरुवाततिर दिइएको मोक्षको प्रतिज्ञामाथि हेरेका थियौँ । हामीले यो कुरामा पनि ध्यान दियौँ कि त्यहाँ हाम्रो बारेमा त्यस्तो केही कुरो छ जसले हामीलाई भ्रष्टतातिर उन्मुख गराउँछ, जो हाम्रो कार्यमा इच्छित नैतिक व्यवहारप्रति अनि यहाँसम्म कि हाम्रो प्राणको स्वभावको गहिराइमा निशाना चुक्ने कुरामा देखिन्छ । हाम्रो वास्तविक स्वरूप वा स्वभाव जुन परमेश्वर (प्रजापति) द्धारा बनाइएको थियो त्यो बिगारिएको वा विकृत पारिएको छ । यद्यपि हामी अझै पनि विभिन्न रीतिरिवाजहरू, विभिन्न स्नान तथा प्रार्थनाहरू जस्ता धार्मिक कर्मकाण्डहरू गरेर त्यो फिर्ता पाउँनको लागि कडा परिश्रम गर्दछौँ तर भ्रष्टताको वास्तविकताले हामीलाई स्वभाविक तवरले शुद्ध हुनुपर्ने आवश्यकताको महसुस गराउँदछ जुन हामी उचितरूपमा प्राप्त गर्न सक्दैनौँ । प्रायजसो हामी पूर्ण शुद्धताको जीवन जिउनको लागि यो उतावचडावको संघर्षसँग निरन्तर लडाई लड्ने काममा थाक्दछौँ ।

तर यदि हामी यस भ्रष्टतालाई कुनै नैतिक संयमबिना अघि बढ्न दिन्छौँ भने हामी चाँडै एक दिन भ्रष्ट हुन्छौँ वा ढल्छौँ । यो मानव इतिहासको धेरै प्रारम्भमा भएको थियो । यो कसरी भयो त भन्ने बारेमा बाइबल (वेद पुस्तक) को सुरुको पाठले हामीलाई बताउँदछ । यो वृतान्त तपथ ब्राह्मणको साथमा समानान्तर पाइन्छ जुन वृतान्तले आज मानवजातिको मनु भनी चिनिने प्रजनक कसरी त्यत्रो मानवीय भष्टताको कारणले आएको जलप्रलयको न्यायमा एउटा ठूलो जहाजमा शरण लिएर जीवित रहेको थियो भन्ने बारेमा बताउँदछ । बाइबल (वेद पुस्तक) र संस्कृत वेद दुबैले हामीलाई आज संसारमा जीवित रहेका मानवजातिहरू ऊनै मनुको वंशबाट आएको हो भनी बताउँदछ ।

प्राचीन मनु—जसबाट हामी ‘म्यान’ भन्ने अंग्रेजी शब्द पाउँदछौँ

यदि हामीले अंग्रेजी शब्द ‘म्यान’ को व्युत्तपति स्वरूपमाथि हेर्छौँ भने यो जर्मनीको पूर्वबाट आएको पाउँदछौँ । टासिटस भन्ने एउटा रोमन इतिहासकार जो येशू ख्रीष्ट (येशू सत्संग) को समयको आसपासमा नै बाँचेका थिए उसले जर्मनको मानिसहरूका इतिहासको बारेमा जर्मनीया भन्ने एउटा पुस्तक लेखे । यस पुस्तकमा उनी यसो भन्छन् ः

तिनीहरूको पुरानो गाथागीत (जो उनीहरू सबैमा लिपिबद्ध र इतिहास हुन्) मा तिनीहरूले यस्तो ईश्वर जो पृथ्वीबाट उदाएर आयो र उनको पुत्र मनुष जो जातिका पिता तथा संस्थापक हुन् उनको लागि टियूस्टो भन्ने मनाउँदछन् । मनुषको लागि तीन वटा छोराहरू नियुक्त गर्दछन् जसको नामपछाडि धेरै मानिसहरू बोलाइन्छन् वा धेरै मानिसहरूले पुकार्छन् (टासिटस.जर्मनीया अध्याय २. १०० ई.स. मा लेखिएको)

शब्द व्युत्पत्तिशास्त्रीहरू हामीलाई बताउँदछन् कि यो प्राचीन जर्मनी शब्द ‘मनुष’ इंडो—यूरोपियन—पूर्व ‘मनुह’ (संस्कृतको मनुह, आवेस्ता मनुको साथ तुलना गर्नुहोस्) को व्युत्पत्ति शब्द हो । अर्को शब्दमा भन्नुपर्दा, अंग्रेजी शब्द ‘म्यान’ मनु भन्ने शब्दबाट आएको हो जसको लागि बाइबल (वेद पुस्तक) र सतपथ ब्राह्मण दुबैले हामी त्यहीबाट उत्पत्ति भएका हौँ भनी भन्दछन् ! त्यसैले आउनुहोस्, अब  हामी यो व्यक्तिमाथि ध्यान दिऔँ र हेरौँ कि हामी यसबाट के सिक्न सक्दछौँ । हामी सतपथ ब्राह्मणबाट संक्षेपीकरण गरेर सुरुवात गर्नेर्छौँ । केही व्याख्याहरू छन् जसको साथ यस वृतान्तसँग नमिल्ने भिन्न पक्षहरू पनि रहेका छन् । त्यसैले म मुख्य बुँदाहरूमा रहनेछु ।

संस्कृत वेदमा मनुको वृतान्त

वैदिक वृतान्तमा दिएअनुसार मनु एउटा धार्मिक मानिस थिए, जो सत्यको पछि लाग्ने गर्थ्यो। किनभने मनु सम्पूर्ण तरिकाबाट ईमान्दार थिए, ऊ सुरुवातबाट नै सत्यवर्ता (सत्य बोल्ने शपथ लिएको व्यक्ति) को रूपमा चिनिएका थिए।

सतपथ ब्राह्मणअनुसार (सतपथ ब्राह्मणको वृतान्त पढ्नको लागि यहाँ क्लिक गर्नुहोस्) एक अवतारले मनुलाई आउनेवाला जलप्रलयको बारेमा सचेत गराएका थिए । अवतार सुरुमा एउटा साफरी (एउटा सानो माछा) को रूपमा देखापर्यो जब उसले आफ्नो हात एउटा नदीमा धोयो । यस सानो माछाले उसलाई बचाइदिनको लागि मनुलाई आग्रह गरे अनि मनुले दयाले भरिएर त्यस माछालाई एउटा पानीको भाडामा हालिदिए । मनुले यसलाई ठूलो घैटामा राखिन्जेलसम्म यो झन झन ठूलो हुँदै बढ्दैगयो, अनि फेरि मनुले यसलाई एउटा कुवामा हालिदिए । यसरी बढिरहेको माछाको लागि यो कुवा पनि अपर्याप्त भएपछि मनुले फेरि उसलाई एउटा ठूलो पोखरी (जलासय) मा राखिदिए जुन पोखरी सतहबाट दुई योजन (१६ माइल) अग्लो, यतिकै लामो अनि एक योजन (८ माइल) चोडाई भएको थियो । माछा अझ अगाडि बढ्दैगएको हुनाले मनुले यसलाई नदीमा राख्नुप¥यो तर नदी पनि अपर्याप्त भएपछि उनले यसलाई एउटा महासागरमा राखिदिए । यसो गर्दा माछाले त्यस महासागरको पनि लगभग धेरैजसो भाग भरिदिए ।

यो त्यतिबेलाको कुरा हो जब अवतारले मनुलाई एउटा चाँडै आउनसक्ने विध्वंसकारी जलप्रलयको बारेमा जानकारी गराए । त्यसैले मनुले एउटा ठूलो जहाज बनाए जहाँ उसका परिवार, ९ प्रकारका बीउहरू, अनि पृथ्वीमा फेरि संख्याले भरिदिनको लागि जनावरहरू रहे, किनभने  जलप्रलयले विनास गरेपछिको महासागर र समुद्रहरू घटेपछि संसारलाई मानिस तथा जनावरहरूले पूनः भर्नु आवश्यक थियो । जलप्रलयको समयमा, मनुले आफ्नो जहाजलाई त्यस माछाको सिङ्गमा बाधिदिए जो एक अवतार पनि थिए । उनको जहाज जलप्रलयपश्चात् एउटा पहाडको टाकुरामा गएर अड्कियो । अनि ऊ पहाडबाट तल झर्यो र आफूले पाएको छुटकाराको निम्ति बलिदान तथा बलीहरू चढए । आज पृथ्वीमा रहेका सम्पूर्ण मानिसहरू ऊनैबाट आएका हुन् ।

बाइबलमा नोआको वृतान्त (वेद पुस्तक)

यस बारेमा बाइबल (वेद पुस्तक) मा दिइएको वृतान्तले पनि सोही घट्नाको वर्णन गर्दछ, तर यस वृतान्तमा मनुलाई ‘नोआ’ भनिएको छ । बाइबलबाट नोआको वृतान्त र जलप्रलयको बारेमा पूर्णरूपमा पढ्नको लागि यहाँ क्ल्कि गर्नुहोस् । आज धेरै मानिसहरूले नोआको कथा र जलप्रलयलाई अचम्मको अनि अविश्वसनीय पाउँदछन् । तर संस्कृत वेद तथा बाइबलको साथसाथै यस घटनाको स्मृति अन्य विभिन्न संस्कृतिहरू, धर्महरू र धेरै इतिहासहरूमा पनि सुंरक्षित रहेका छन् । पृथ्वी पत्रे चट्टानले ढाकिएको छ, जुनचाहिँ जलप्रलयको बेलामा बनिएका हुन् , यसरी हाम्रो माझमा जलप्रलयको भौतिक साथै मानवशास्त्रीय प्रमाण रहेका छन् । तर आज हाम्रो लागि सिकाई के हो त कि हामीले यस वृतान्तप्रति ध्यान दिनुपर्छ ?

हराउनु विपरित अनुग्रह प्राप्त गर्नु

जब म मानिसहरूसँग परमेश्वरले भष्टता (पाप) को कहाँसम्म न्याय गर्नहुन्छ, वा खासमा तिनीहरूको पाप र मेरो पापको परमेश्वरले न्याय गर्नहुन्छ वा गर्नुहुन्न भन्ने बारेमा बोल्छु तब म प्रायजसो यस्तो जवाफ पाउने गर्छु जस्तो, “म न्यायको बारेमा त्यति धेरै चिन्तित छैन किनभने परमेश्वर एकदमै धेरै अनुग्रही अनि दयालु हुनुहुन्छ, त्यसैले मलाईँ लाग्दैन कि उहाँले साँच्चिकै मलाईँ न्याय गर्नुहुन्छ ।” यस्तो सोचाईँको लागि यहाँ नोआ (मनु) को वृतान्त छन् जसबाट हामीले आफैलाई प्रश्न गर्नुपर्ने हुन्छ । पूरै पृथ्वी (नोआ र उनको परिवारबाहेक) लाई त्यस न्यायमा विनास गरिएको थियो । त्यसकारण उहाँको दया अनि कहाँ थियो त ? के त्यो दया जहाजमा रहँदा प्रदान गरिएको थियो ।

उहाँको दयामा एउटा जहाज प्रदान गरिएको थियो जुन जो कसैको लागि पनि उपलब्ध थियो । कोही पनि त्यस जहाजमा प्रवेश गर्न, दया प्राप्त गर्न र आउनेवाला जलप्रलयबाट सुरक्षा पाउँन सक्थ्यो । समस्या त यो थियो कि झण्डै सम्पूर्ण मानिसहरूले त्यस आइरहेको जलप्रलयप्रति अविश्वास प्रकट गरे ।  तिनीहरूले नोआको कामलाई हाँसोमा उडाए र त्यस न्याय जुन साँच्चिकै हुन आँटेको थियो त्यसप्रति विश्वासै गरेनन् । जसले गर्दा तिनीहरू जलप्रलयमा विनास पारिए, नष्ट पारिए । त्यसबेला तिनीहरू सबैले जहाजमा पस्नु आवश्यक थियो जसले गर्दा तिनीहरू न्यायबाट बच्नसक्दथे तर त्यसो गरेनन् ।

तिनीहरू जो पछि जीवित रहे तिनीहरूले अग्लो पहाडमा चढेर वा एउटा ठूलो डुङ्गा बनाएर त्यस जलप्रलयबाट बाँच्न सक्दथे भनेर सायद सोचेहोलान । तर तिनीहरूले त्यस न्यायको आकार र शक्तिलाई पूर्णरूपमा कम महत्वको सम्झिए वा गलत अनुमान लगाए । उनीहरूले सोचेका यस्ता ‘ठीक युक्तिहरू’ वा उत्तम विचारहरू त्यस न्यायको अगाडि पर्याप्त हुनेथिएन; तर तिनीहरूलाई अन्य केही चीजको आवश्यकता थियो जसले तिनीहरूलाई अझ राम्रो तवरले त्यस न्यायबाट सुरक्षित राख्नसक्थ्यो—त्यो चीज थियो जहाज । जब तिनीहरू सबैले त्यस जहाज बनिरहेको देखे त्योचाहिँ तिनीहरूको लागि आउँदै गरेको न्याय र त्यसबाट बच्नलाई उपलब्ध भएको दयाको एउटा स्पष्ट चिन्ह थियो । र यस नोआ (मनु) को उदाहरणमा विचार गर्दा यसले आज पनि उही कुरा बताउँदछ कि परमेश्वरले स्थापना गर्नुभएको प्रवन्धबाट दया प्राप्त गरिन्छ तर हामीले ठीक वा असल हो भनी सोचेका अन्य कुराहरू वा प्रवन्धबाट होइन ।

त्यसैले अब एउटा प्रश्न जन्मन्छ कि किन नोआले चाहिँ परमेश्वरको दया प्राप्त गर्यो त ? यसबारेमा तपाईँ बाइबलले एउटा पदावलीलाई कैयौँ पटक दोहोर्याएको देख्नुहुनेछ:

र परमेश्वरले आज्ञा गर्नुभएका सम्पूर्ण कुराहरू नोआले पूरा गरे

मलाईँ लाग्छ कि म जे बुझ्छु, वा जे मन पराउँछु वा जे कुरासँग सहमत छु म त्यो गर्न चाहन्छु । म यो कुरामा निश्चित छु कि त्यस आउनेवाला जलप्रलयको चेतना र जमिनमा त्यत्रो ठूलो जहाज बनाउनुपर्ने आज्ञा दिएको बेला नोआको दिमागमा अवश्य पनि धेरै प्रश्नहरू उब्जेका थिए । नोआले यस कुरामा तर्क गरेको हुनसक्छ भन्नेमा मलाईँ निश्चय छ कि ऊ एउटा असल र सत्यको खोजी गर्ने मान्छे भएका कारण उसले सायद त्यो जहाज बनाउने कामप्रति ध्यान दिन आवश्यक थिएन भन्ने सोचेका थिए होला । तर उसले यसबारेमा जे बुझेका थिए, जे गर्नमा उनलाई आरामदायी हुन्थ्यो, र उनलाई जे गर्दा अर्थपूर्ण लाग्थ्यो त्यो मात्रै नगरेर आज्ञा गरिएका सम्पूर्ण कुराहरू उनले पूरा गरे । हामीलाई अनुशरण गर्नको लागि यो नै सबभन्दा ठूलो उदाहरण हो ।

मुक्तिको ढोका

हामीलाई बाइबलले पनि यो बताउँदछ कि नोआ, उनको परिवार र जनावरहरू जहाजभित्र प्रवेश गरिसकेपछि

परमेश्वरले जहाजको ढोका बन्द गरिदिनुभयो । (उत्पत्ति ७ : १६)

एउटै ढोका भएको जहाजको नियन्त्रण तथा व्यवस्थापन गर्ने नोआ होइन तर परमेश्वर हुनुहुन्थ्यो । जब न्याय आयो अनि पानी जहाजको माथि माथि आउँन थाल्यो तब बाहिरका मानिसहरूले जत्ति नै जहाजमा ढकढक्याए पनि नोआलाई जहाजको ढोका खोल्न सम्भव थिएन । परमेश्वरले त्यो जहाजको ढोकामाथि नियन्त्रण जमाउनुभएको थियो । तर त्यसैबेला त्यस जहाजको ढोकालाई परमेश्वरले नियन्त्रण गर्नुभएको हुनाले बतास तथा पानीको ज्वारभाटा वा छालले बलपूर्वक खोल्न सक्दैन भन्ने कुरामा जहाजभित्र बस्ने जनहरू भने विश्वस्ततासाथ रहन सक्दथ्यो । तिनीहरू सबैजना परमेश्वरको रेखदेख र दयाको कारण ढोकाभित्र सुरक्षित थिए ।

परमेश्वरले यो सिद्धान्तलाई परिवर्तन नगर्नुभएको हुनाले उहाँले आज पनि हाम्रो माझमा त्यस सिद्धान्तलाई त्यसरी नै लागू गर्नुहुन्छ । बाइबलले हामीलाई अर्को आउनेवाला न्यायको बारेमा सचेत गर्दछ—र त्योचाहिँ आगोद्धारा आउने न्याय हो—तर नोआको चिन्हले हामीलाई यो कुरामा विश्वस्त तुल्याउँदछ कि उहाँले गर्ने न्यायको साथसाथै उहाँले हामीलाई दया पनि प्रदान गर्नुहुन्छ । तर त्यसको लागि हामीले एउटा ढोका भएको जहाजको खोजी गर्नुपर्छ जसले हामीलाई सुरक्षितसाथ ढाकेर राख्नुका साथै दया प्रदान गर्दछ ।

एकपटक फेरि बलिदानको व्यवस्था

बाइबलले हामीलाई यसरी बताउँदछ कि नोआले :

परमप्रभुको निम्ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पंक्षीमध्येबाट लिएर होमबलि चढए । (उत्पत्ति ८:२०)

हामीले पुरूषासूकतामा हेरेको बलिदानको ढाँचासँग यो बलिदान मिल्न जान्छ । मानौँ नोआ (मनु) ले जान्दथियो कि पुरूषाको बलिदान दिनुपर्थ्यो, त्यसैले परमेश्वरले एकदिन त्यसो गर्नु नै हुन्छ भन्ने कुरामा उनको भरोसा देखाउँदै उनले आउनेवाला बलिदानको चित्रको रूपमा पशुको बलि चढाए । वास्तवमा बाइबलले बताउँदछ कि ठीक यस बलिदानपश्चात् परमप्रभुले ‘नोआ र उनको छोराहरूलाई आशिष दिनुभयो’ (उत्पत्ति ९ः१) र अब फेरि मानिसहरूलाई जलप्रलयले कहिल्यै पनि न्याय गर्नुहुनेछैन भनी ‘नोआसँग करार बाँध्नुभयो’ (उत्पत्ति ९ः८) । त्यसैले यस्तो देखिन्छ कि नोआद्धारा उनले गरेको आराधनामा चढाइएको पशुको बलिदान एक महत्वपूर्ण बलिदान थियो ।

पूनर्जन्म—व्यवस्थाद्धारा वा…

वैदिक परम्परामा मनुचाहिँ मनुस्मृति को लागि स्रोत हो जसले एउटा व्यक्तिको जीवनमा उसको वर्णजातिको निर्धारण वा परामर्श गर्दछ । यजुर्वेद ले भन्दछ कि सबै मानिसहरू जन्ममा शुद्र वा सेवकको रूपमा जन्मन्छन् तर त्यस बन्धनबाट छुटकारा पाउँनको लागि हामीलाई दोस्रो वा नयाँ जन्मको आवश्यकता पर्दछ । मनुस्मृति विवादास्पद छन् र यसमा स्मृतिको बारेमा भिन्न दृष्टिकोण व्यक्त गरिएका छन् । यी सबै विवरणहरूलाई विश्लेषण गर्ने काम हाम्रो परिधिभन्दा धेरै परको कुरा हो । तर चाखलाग्दो कुरो जुन बाइबलमा दिइएको छ र जसको हामी यहाँ खोजी गर्दछौँ कि सामी मानिसहरू जो नोआको वंशबाट आएका थिए तिनीहरूले पनि दुईवटा मार्गहरू प्राप्त गरे जसमा एउटाद्धारा शुद्धता प्राप्त गरे भने अर्कोद्धारा पापबाट छुटकारा प्राप्त गरे । एउटा त्यस्तो मार्ग जसद्धारा एउटा व्यवस्था थियो जसमा पापबाट छुटकारा, स्नान गर्ने रीतिथिति जस्ता कर्मकाण्ड तथा बलि दिने कुराहरू समावेश थिए—जुनचाहिँ मनुस्मृतिसँग धेरै मात्रामा उस्तैउस्तै छन् । अर्को मार्ग भने धेरै मात्रामा रहस्यजनक थियो, र यस मार्गले पूनर्जन्म प्राप्त गर्नुभन्दा अगाडिको मृत्युलाई समावेश गरेको थियो । प्रभु येशूले पनि यस बारेमा शिक्षा दिनुभएको थियो । उहाँले उहाँको समयमा एक जना विद्धान् शिक्षित व्यक्तिलाई भन्नुभयो जुन यस्तो छ ः

येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु यदि कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।” (यूहन्ना ३:३)

हामी यसबारेमा अझ अगाडिको अरू लेखहरूमा हेर्नेछौँ, तर हामी बाइबल र संस्कृत वेदमा किन यस्ता प्रकारका समानताहरू रहेका छन् त भन्ने कुरामाथि पनि खोज गर्नेछौँ—त्योचाहिँ हाम्रो अर्को लेखमा हेर्नेछौँ ।