दिन ३ : येशूले सुक्ने वाला श्राप भन्नुहुन्छ

दुर्वासा शकुंतलालाई सराप दिन्छन्

हामी पौराणिक कथाहरुमा श्राप (शाप ) को बारे मा पढ्छौ र सुन्छौ। । सायद श्राप धेरै प्रख्यात, प्राचीन नाटककार कालिदास (४०० ईस्वी सन् ) को अभिज्ञान शाकुन्तलम् (शकुंतलाको मान्यता) नाटकबाट आउँदछ, जुन अझै पनि नियमित रूपमा प्रस्तुत गरिन्छ। यसमा, राजा दुष्यंत एक सुन्दर महिला शकुन्तलासँग जंगलमा भेट हुन्छ र उनीसँग प्रेममा पर्छन। दुष्यंतले चाँडै उनीसँग बिहे गर्छन् तर छिट्टै व्यवसायको लागि राजधानी जानु पर्छ र उनी जान्छन् , उनीले आफ्नो मोहर लागेको औठी सँकुन्तलालाई छोडिदिए। शकुन्तला, गहिरो मायामा, आफ्नो नव पतिको सोचमा डुबिरहन्छिन्।

जब उनी आफ्नो काल्पनिक संसारमा डुबिरहेकिथीईन तब एक शक्तिशाली ऋषि , दुर्वासा उनको समुन्नेबाट क्रोधित हुँदै गए किनभने उनले ऋषि प्रति कुनै ध्यान दिइनन् र उनलाई राम्रोसँग अभिवादन गरिनन्। त्यसकारण ऋषीले उनलाई श्राप दिए कि उनी जसको बारेमा सपना देख्दै थिईन , उनी त्यसबाट अपरिचित रहनेछिन्। फेरि उनले श्रापलाई यसो भन्दै कम गरे कि यदि ती व्यक्तिले उनलाई दिएको उपहार फिर्ता गरेमा तिनले उनलाई याद गर्नेछन् । यसैले शकुन्तलाले औंठी लिएर राजधानीको यात्रा यो आशामा गरिन् की राजा दुष्यंतले उनलाई याद गर्नेछन् । तर उनले आफ्नो यात्रामा औंठी गुमाइनन् परिणामस्वरूप उनी आइपुगेपछि राजाले उनलाई चिन्न सकेनन्।

भृगुले विष्णुलाई श्राप दिन्छन्

मत्स्य पुराणले सधैं देव-असुर युद्धहरूको बारेमा बताउँदछ, जुन देवहरूले सधैं जित्थे। अपमानित,असुरहरूको गुरु, शुक्राचार्य , मृत्सञ्जीवनी स्तोत्र, वा मन्त्रको लागि असुरहरूलाई अजेय बनाउनको लागि शिवसँग सम्पर्क स्थापित गरे, र त्यस्तै उनका असुरहरूले उनको बुबाको (भृगु) आश्रममा शरण लिए। तर शुक्रा आचार्य गएपछि देवहरूले फेरि असुरहरूलाई आक्रमण गरे। यद्यपि, असुरहरूले भृगुको श्रीमतीको सहायता प्राप्त गरे, जसले इन्द्रलाई गतिहीन गर्‍यो। इन्द्रले पनि भगवान विष्णुलाई उनीबाट छुटकारा पाउन आग्रह गरे। विष्णुले आफ्नो सुदर्शन चक्र द्वारा भृगु को श्रीमतीको टाउको काटेर अलग गरिदिए । जब ऋषि भृगुले आफ्नी पत्नीलाई जे भएको थियो त्यो देखेर, उनले विष्णुलाई पृथ्वीमा बारम्बार जन्मने श्राप दिए, ताकि उनी सांसारिक जीवनको दु: ख पाउँन। तसर्थ, विष्णुले धेरै पटक अवतार लिनु पर्यो।

विष्णुलाई श्राप दिनको लागि भृगु आउँछन्

कथाहरूमा श्राप डरलाग्दो हुन्छन्, तर तिनीहरूले प्रश्न उठाउँछन् कि के वास्तवमै यस्तो भएको थियो कि थिएन। दुर्वासाले शकुन्तलालाई वा भृगुले विष्णुलाई श्राप दिनु विलापपूर्ण हुनेछ यदि हामीलाई थाहा हुन्छ कि वास्तवमा नै यस्तो भएको थियो।

पवित्र सप्ताहको ३ दिनमा येशूले यस्तै श्राप दिनुभएको थियो। पहिले हामी सप्ताहको समीक्षा गर्दछौं।

येशू तर्फ बढ्दै गरेको संघर्ष

येशू द्वारा भविष्यवाणी गरिएको आइतबारको दिन यरूशलेम प्रवेश गरेपछि र फेरि सोमबारको दिन मन्दिर बन्द गरेपछि यहूदी अगुवाहरूले उहाँलाई मार्ने योजना बनाए। तर यो सीधा-सीधा हुने छैन।

येशू नीसान १० मा मन्दिरमा प्रवेश गर्दा परमेश्वरले येशूलाई आफ्नो निस्तारको थुमाको रूपमा छान्नुभएको थियो। हिब्रू वेदले संचालित गर्छ कि छानिएको निस्तार-चाडको थुमालाई के गर्ने भनेर

५.  तिमीहरूको पाठो खोटरहित होस्‌– एक वर्षको पाठो। तिमीहरूले त्‍यो भेड़ा अथवा बाख्राबाट लिनू। ६. त्‍यो तिमीहरूले त्‍यस महिनाको चौधौँ दिनसम्‍म राख्‍नू, र इस्राएलको समुदायका सबै मानिसहरूले यो बेलुकीपख मारून्‌।

प्रस्थान १२: ५ ब -६ अ

जसरी मानिसहरूले निस्तार चाडको आफ्नो थुमाहरुलाई हेरचाह गर्थे, त्यसरी नै परमेश्वरले पनि उहाँको निस्तार-चाडको थुमाको हेरचाह गर्नुभयो र येशूका शत्रुहरूले उहाँलाई (अझै) पक्रन सकेका थिएनन्। यसैले सुसमाचारले लिपिबद्ध गर्दछ की येशूले त्यो सप्ताहको भोलिपल्ट, मंगलवार, दिन ३ मा के गर्नुभयो ।

येशूले अन्जिरको रूखलाई सराप दिनुहुन्छ

१७.  तब तिनीहरूलाई छोड़ेर (सोमवार दिन २, निसान १०)उहाँ सहरबाट निस्‍की बेथानियामा गई त्‍यहाँ वास बस्‍नुभयो। १८.  बिहान (मंगलवार दिन ३, निसान ११) सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनुभयो। १९. बाटोको किनारमा उहाँले एउटा अञ्‍जीरको बोट देख्‍नुभयो। उहाँ त्‍यस बोटको छेउमा आउनुभयो, तर त्‍यसमा पातबाहेक अरू केही पाउनुभएन। तब उहाँले त्‍यसलाई भन्‍नुभयो,  “अब उप्रान्‍त तँमा कहिल्‍यै फल नफलोस्‌”  र त्‍यो अञ्‍जीरको रूख तुरुन्‍तै ओइलाइहाल्‍यो।

मत्ती २१: १७-१९
येशू नेभाराको रूखलाई सराप दिनुहुन्छ

येशू अन्जिरको रूखलाई सराप दिनुभयो येशूले अन्जिरको रूखलाई सराप दिनुहुन्छ

उहाँले यस्तो किन गर्नुभयो ?

यसको अर्थ के थियो?

अन्जिरको रूखको अर्थ

पहिलेका अगमवक्ताहरूले हामीलाई यो व्याख्या गर्छन्। यहाँ ध्यान दिनुहोस् कि कसरी हिब्रू वेदहरूले इस्रायलको न्यायको चित्रण गर्न अन्जिरको रूखलाई प्रयोग गरे।

होशेले अन्जिरको रूखको प्रयोग गरी चित्रमा चित्रण गरे र इस्राएललाई सराप दिए:

10 उजाड जमीनमा कसैले अङ्गुर पाए झैं मलाई इस्राएल पाउनु थियो। तिमीहरूको पिता-पुर्खा मैले यसरी भेट्टाए जसरी पहिलो ऋतुमा कसैले नेभाराको पहिलो फल प्राप्त गर्छ। तर तिनीहरू बाल पोरकोमा गए र बाल देवताकहाँ आफूलाई अर्पण गरे। कुनै सडेको घिनलाग्दो सामान जस्तो भए। उनीहरूले जुन भयानक वस्तुलाई प्रेम गर्थे

त्यस्तै भए।होशे ९:१०

16 एप्रैमलाई दण्ड दिइनेछ, तिनीहरूको जरा सुकि हाल्यो। तिनीहरूमा फल लाग्नेछैन उनीहरूको अब धेरै सन्तान हुने छैनन्। यदि तिनीहरूले सन्तान जन्माए पनि म तिनीहरूका प्रिय बालकहरूको हत्या गरिदिने छु, जो तिनीहरूबाट जन्मलिनेछन्।
17 मेरा परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नुहुनेछ, किनभने तिनीहरूले उहाँलाई सुनेन्। तिनीहरू फेरि अरू देशहरूमा

बरालिनेछन्।होशे ९:१६-१७ (एप्रैम = इस्राएल)

५८६ ईसा पूर्वमा यरूशलेमको विनाशले यी र मोशाको श्रापहरू पूरा गर्‍यो (इतिहास हेर्नुहोस्)। येशूले अन्जिरको रूखलाई सराप दिनुहुँदा, उहाँ प्रतीकात्मक रूपमा यरूशलेममा आउँदै गरेको एउटा अर्को विनाश र यहूदी भूमिबाट यहूदीहरू निर्वासित हुने घोषणा गर्दै हुनुहुन्थ्यो। उहाँले फेरि निर्वासन हुने श्राप दिनुभयो।

अन्जिरको रूखलाई सराप दिएपछि, येशू मन्दिरमा प्रवेश गर्नुभयो ,शिक्षा दिनुभयो र बहस गर्नुभयो। सुसमाचारको पुस्तकले यसलाई यसरी लिपिबद्ध गर्दछ।

श्राप अधिकार जमाउँछ

हामीहरु इतिहासबाट जान्दछौ कि यरूशलेम र यसको मन्दिरको विनाश र यहूदीहरूको विश्वव्यापी निर्वासन ७० ईस्वी सन् मा भयो। यी मध्ये केही निर्वासित भारतमा आए।

७० इस्वी सन् मा मन्दिरको विनाशको साथमा इजरायल सुक्न सुरु भयो र यो हजारौं बर्षसम्म सुक्यो।

७० ईस्वी सन् मा यरूशलेमको मन्दिर रोमीहरु द्वारा विनाश। संरक्षित रोमन मूर्तिहरू उनीहरूले मन्दिर लुटेको र मेनोराह जस्तो वस्तुहरू (ठूलो, ७- स्थानमा मैनबत्ती राख्ने भाडा) लाई आफ्नो अधिकारमा लिदै गरेको देखाउँदछ।

यो श्राप केवल सुसमाचारको कहानीको पानामा मात्र सीमित छैन। हामी यो ईतिहासमा भएको प्रमाणित गर्न सक्छौं, जसले भारतको ईतिहासलाई पनि प्रभावित पार्यो । येशूले बताउनुभएको यो सुक्ने श्राप वास्तवमै शक्तिशाली थियो। उहाँको समयका मानिसहरूले उहाँलाई उनीहरुको आफ्नो विनाशका लागि यसलाई बेवास्ता गरे।

त्यो मन्दिरको विनाशको प्रदर्शन आज पनि चलिरहेको छ

श्राप समाप्त हुनेछ।

येशूले पछि स्पष्ट पार्नुभयो की त्यो श्राप कहिले आउनेछ र कति लामो हुन्छ भनेर ।

तिनीहरू (यहुदीहरु) तरवारले मारिनेछन्‌, र सबै देशहरूमा कैदी बनाएर लगिनेछन्‌। अनि अन्‍यजातिहरूको समय पूरा नभएसम्‍म तिनीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्‍चेर राख्‍नेछन्‌।

लूका २१:२४

उहाँले शिक्षा दिनुभयो की उहाँको श्राप (यरूशलेममा निर्वासन र गैर-यहूदी नियन्त्रण) केवल ‘अन्यजातिहरू (गैर-यहूदीहरु) को समय पूरा नभएसम्म’ मात्र रहनेछ , यो भविष्यबाणी गर्दै की उहाँको श्राप समाप्त हुनेछ । उहाँले यसलाई ४ दिनमा थप व्याख्या गर्नुभयो।

श्राप हटाईयो

यहूदीहरूको ठूलो मात्रामा ऐतिहासिक समयरेखा – उनीहरूको निर्वासनको आफ्नो दुई अवधि को विशेषता देखाउँदै

यस समयरेखाले यहूदीहरुको इतिहास विवरण सहित यहाँ देखाउँदछ। आजको हाम्रो आधुनिक दिनमा, यस समयरेखाले निर्वासनको अन्त्य हुने कुरा देखाउँदछ। १९४८ मा, संयुक्त राष्ट्र संघको एक घोषणा अनुसार, आधुनिक राज्य इस्रायलको स्थापना भएको थियो। १९६७ को छ दिनसम्म चलेको युद्धमा उनीहरूले यरूशलेमको शहर फेरि कब्जा गरे , जुन अब इस्रायलको राजधानी हो। हामी समाचारहरूमा ‘अन्यजातिहरूको समय’ समाप्त हुने देख्छौं।

यहूदीहरू अब मन्दिर स्थलमा फेरि प्रार्थना गर्छन्

येशूको श्रापको शुरुवात र समाप्ति, जो अन्जिरको रूखलाई प्रतीकात्मक रूपमा बोलिएको थियो र त्यसपछि आफ्ना श्रोताहरूलाई वर्णन गरिएको थियो, केवल सुसमाचारको पृष्ठमा रहेनन्। यी घटनाहरू प्रमाणिक छन्, आज समाचारहरुको सुर्खाहरू बन्दछन् (उदाहरणका लागि, संयुक्त राज्य अमेरिकाले आफ्नो दूतावास यरूशलेममा सार्यो )। येशूले गहन रूपमा शिक्षा दिनुभयो,प्रकृतिमाथि ‘ओम’ भन्दै र अब हामी देख्छौं कि उहाँको श्रापले हजारौं बर्षसम्म राष्ट्रहरूमा यसको प्रभाव छोडिदियो। हामी उहाँलाई हाम्रो खतरामा बेवास्ता गर्छौं।

दिन ३ को सारांश

अपडेट गरिएको चार्टले देखाउँदछ कि येशूले अन्जिरको रूखलाई ३ दिन, मंगलबार मा श्राप दिँदै हुनुहुन्थ्यो, जबकि परमेश्वरको चयनित थुमाको रूपमा जस्तै हेरचाह गर्नुभयो। ४ दिनमा उहाँ आफू आउँदै गरेको बारेमा वर्णन गर्नुहुन्छ, एक कल्किन जो धेरै गल्टीहरुको ठीक गर्नेछ।

दिन ३: येशूले अन्जिरको रूखलाई सराप्नुहुन्छ