छोड़कर सामग्री पर जाएँ

12 दाखको बोट सुकाइयो अनि नेभाराको बोट ओइलाएकोछ। अनार, खजुर अनि स्याउका बोटहरु सुकाइयो। बारिका सबै रुखहरु सुकेका छन्। मानिसको बिचमा भएको आनन्द अन्त भएकोछ।

जोएल १:१२

9 “मैले तिम्रो फसलहरु ज्यादै गर्मी र किराहरुद्वारा मारिदिएँ। जम्मै बशैया र दाख का बोटहरु मारिदिएँ। सलहले नेभाराको बोट र भद्राक्षेको बोटहरु सबै नष्टपारिदियो। तर पनि तिमीहरु सहाएताको निम्ति मकहाँ आएनौ।” परमप्रभु भन्नुहुन्छ।

आमोस::।

19 “के बीउहरू अब भकारीमा छन्? के दाखको बोट, नेभाराको बोट, दारिम र भद्राक्षको बोटले अहिले सम्म फल दिएको छैन? अँहँ! तर आजदेखि म तिमीलाई आशिष दिनेछु।”

हाग्गै २: १।

4 आकाश किताब पढिसके पछि बन्द गरे जस्तै हुनेछ। अनि ताराहरू झर्नेछन् जसरी दाखका रूखहरू र जैतूनका रूखहरूबाट पातहरू झर्दछ। आकाशमा भएका सारा ताराहरू झर्नेछन्।

यशैया: 34:।

13 परमप्रभुले भन्नुभयो, “म तिनीहरूका अन्नबलि लैजानेछु। झ्याङमा एउटै पनि अङ्गुर रहनेछैन नेभाराको बोटमा एउटै पनि फल रहने छैन। पातहरू पनि ओइलिनेछन र सूक्खा हुनेछन्। मैले दिएका प्रत्येक वस्तु लैजानेछु।

यर्मिया :13:१:13