भ्रष्ट (भाग २)…आफ्नो निशानाबाट चुक्नु

हामी परमेश्‍वरको जुन स्वरूपमा बनिएका छौँ त्यही परमेश्‍वरको वास्तविक स्वरूपबाट हामी मानिसहरू भ्रष्ट भएको कुरालाई वेद पुस्तक (बाइबल) ले कसरी वर्णन गर्दछ त भन्ने कुरामाथि योभन्दा पहिलाको मेरो लेखमा मैले प्रस्तुत गरेको थिएँ । यस कुरालाई अझ राम्रो तवरले हेर्नको लागि मलाईँ एउटा चित्रले सहायता गेरेको छ र त्यो चित्र हो मिडिल अर्थको ओर्कस, अल्बसबाट भ्रष्ट भएको । यसैले बाइबलले हामीलाई यसरी वर्णन गर्छन् । तर यो कसरी भयो त ?

पापको उत्पत्ति

यसको बारेमा बाइबलको उत्पत्तिको पुस्तकमा उल्लेख गरिएको छ । परमेश्‍वरको स्वरूपमा रचिएपछिको थोरै समयपश्चात् सृष्टिको पहिलो मानव परीक्षामा पारिएको थियो । लेखिएको वृतान्तले यस घट्नालाई सर्पसँगको बातचितको रूपमा उल्लेख गर्दछ । सर्पलाई सधैँ विश्वव्यापीरूपमा शैतान—परमेश्‍वरको खिलापमा उभिने आत्माको रूपमा लिइने गरिन्छ । बाइबलअनुसार, शैतानले प्रायजसो अर्को व्यक्तिद्घारा बोलेर वा काम गरेर दुष्ट्याईँको निम्ति परीक्षामा पार्ने काम गर्दछ । यस घटनामा शैतान एउटा सर्पद्घारा बोल्यो । यसलाई यसरी उल्लेख गरिएको छः

परमप्रभु परमेश्‍वरले बनाउनुभएका बनपशुहरूमध्ये सर्प सबैभन्दा धूर्त थियो । एक दिन त्यसले स्त्रीलाई भन्यो, “के साँच्चै परमेश्‍वरले ‘तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानू भनी भन्नुभएको छ?’”

“स्त्रीले सर्पलाई भनिन्, हामी बगैचाका रूखहरूका फल खान सक्छौँ, तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा परमेश्‍वरले भन्नुभएको छ, त्योचाहिँ नखानू र नछुनू, नत्र तिमीहरू मर्नेछौँ ।”

“किनकि परमेश्‍वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौँ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन् र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौँ ।”

शैतानको कुरा सुनेर त्यसै गर्नुपर्ने रहेछ भनी स्त्री विश्वस्त भइन् । उनले देखिन् कि त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्दो थियो र शैतानले भनेअनुसार बुद्घि पाउनलाई त्यस रूखको फल खान चाहिन्। त्यसैले उनले त्यस रूखबाट केही फल टिपेर खाइन् । अनि आफूसँगै भएको आफ्नो पतिलाई पनि दिइन् र उनले पनि खाए । त्यही क्षणमा तिनीहरू दुबैको आँखा खुले र आफू नाङ्गै रहेको भन्ने थाहा पाएर लाज महसुस गरे । अनि आफ्ना लाज ढाक्नको लागि अञ्जीरका पातहरू गाँसेर तिनीहरूले वस्त्र बनाए । (उत्पत्ति ३:६)

उनीहरू परमेश्‍वरजस्तै हुनुसक्ने भन्ने कुरा नै उनीहरूका यसप्रकारको छनौटको मुख्य जड् थियो अनि त्यो परीक्षा यसको लागि थियो ।  यस समयसम्म उनीहरूले हरेक कुराहरूका लागि परमेश्‍वरमा भरोसा तथा विश्‍वास गरेका थिए र सबै कुराहरूका लागि परमेश्‍वरको वचनलाई मानेका थिए । तर अब यी सबै कुराहरूलाई पछाडि छोड्दै, आफैमाथि भरोसा गर्दै र सबै कुराहरूको लागि आफ्नै बोलीमाथि भर पर्दै तिनीहरू ‘परमेश्‍वरजस्तै हुने’ छनौट तिनीहरूसँग थियो । तिनीहरू आफ्नो लागि आफै, ‘परमेश्‍वर हुनसक्थ्यो’, तिनीहरू आफ्नो जहाजको लागि आफै कप्तान हुनसक्थ्यो, आफ्नो गन्तव्यको लागि आफै ‘मालिक’ हुनसक्थ्यो, अनि स्वनिर्देशित तथा आफैप्रति जवाफदेही हुनसक्थ्यो।

परमेश्‍वरप्रति उनीहरूले गरेको विद्रोहको कारण उनीहरूमा केही परिवर्तन आएको थियो। सन्दर्भमा उल्लेख भएअनुसार उनीहरूले लाज महसुस गरे अनि आफूलाई ढाक्ने कोशिस गरे । वास्तवमा जब परमेश्‍वरले आदमको अनाज्ञाकारिताको लागि सामना गर्नुभयो आदमले हव्वा (परमेश्‍वर जसले उनलाई बनाउनुभयो) लाई यसको लागि दोष लगाइदियो । यसको बदलामा फरि हव्वाले सर्पलाई दोष लगाईदिइन् । यसरी कसैले पनि आफ्नो जवाफदेहिता स्वीकार गर्न चाहेन ।

आदमले गरेको विद्रोहको परिणाम

अनि जे जति त्यस दिन आरम्भ भयो त्यो आजको दिनसम्म पनि निरन्तर चलिरहेको छ किनकि हामीमा पनि सोहीप्रकारको निहित स्वभाव छ जसलाई हामीले जन्मजात उत्तराधिकारको रूपमा पाएका छौँ । त्यसैकारणले गर्दा हामी पनि आदमजस्तै व्यवहार गर्छौँ—किनकि हामीले आदमको स्वभावलाई जन्मजातरूपबाट नै लिएर आएका हुन्छौँ ।  हामी मानवजाति आदमले गरेको विद्रोहको कारण दोषी भएका छौँ भन्ने बाइबलको कुरामा कतिपयले गलत बुझाई बुझेका छन् । वास्तवमा भन्ने हो भने त आदम नै यस घट्नाको मुख्य दोषी हो तर हामी सबै जना त्यस विद्रोहको परिणामस्वरूप जीवन व्यतित गदै आइरहेका छौँ । यस कुरालाई हामी अनुवंशीयतवरले सोच्न सक्दछौँ । बालबालिकाहरूले उनीहरूका बाबु आमाको जीनलाई वंशानुगतरूपमा प्राप्त गर्दै असल र खराब स्वभावहरू लिएर आउने गर्दछन् । हामीले आदमको यस्तो विद्रोही स्वभावलाई वंशानुगतरूपमै लिएर आएका हुन्छौँ, वा जन्मजातरूपमै वा थाहै नपाई अन्जानमा नै लिएर आएका हुन्छौँ तर हामी यसरी जानीबुझी पनि आदमले शुरुवात गरेको त्यस विद्रोहलाई हाम्रो जीवनमा निरन्तरता दिन्छौँ । हामी ब्रह्माण्डको परमेश्‍वर बन्ने चाहना राख्दैनौँ तर हामी आफ्नै कतिपय परिवेशमा भने परमेश्‍वरबाट परनिर्भर, स्वायत्त वा अलग भएर आफै ईश्वर झैँ बन्न चाहन्छौँ ।

आजको दिनमा एकदमै स्पष्ट देखिने पापको प्रभाव

अनि हामीले थोरै मूल्यको सम्झने वा साधारणतवरले लिने हाम्रो मानवीय जीवनको बारेमा यसले अधिक विवरण दिने गर्दछ । प्रत्येक ठाउँहरूमा मानिसहरूले आफ्नो घरका ढोकाहरू बन्द गर्नुपर्ने, तिनीहरूलाई प्रहरीप्रशासन, वकिल, बैंक कारोबारको लागि कसैले थाहा नपाउने गोप्य पासवर्डको आदिको जरुरत पर्ने आदिको कारण पनि यही हो किनकि हामी अहिलेको हाम्रो परिस्थितिमा एकअर्कालाई लुट्द छौँ । यसैकारण साम्राज्य तथा समाजहरू सबै नै अन्त्यमा पतन भएर तथा ढलेर जान्छन्—किनभने यी सबै साम्राज्यहरूका नागरिकहरूका प्रवृत्ति पतन हुनु नै थिए । सबै तरिकाका सरकारका स्वरूप तथा आर्थिक प्रणालीहरूका उपयोग गर्ने कामपश्चात्, यद्यपि अन्य कार्यभन्दा असल गर्दै, प्रत्येक राजनैतिक वा आर्थिक प्रणाली यो आफैमा ढलेर जाने देखिन्छ किनभने यी विचारधारा बोकेका मानिसहरूसँग त्यस्तो प्रवृत्तिहरू हुन्छन् जसले अन्तमा गएर सम्पूर्ण प्रणालीलाई नै तल पारेर बिगार्ने गर्दछ । यसकारणले गर्दा अहिलेसम्म अस्तित्वमा आएको हाम्रो पुष्ता नै सबभन्दा धेरै शिक्षित भए तापनि हामीसँग अझै यस्ता समस्याहरू छन् किनभने यो हाम्रो शैक्षिक स्तरभन्दा पनि अझ गहिरोसँग गडेको छ । यसैले हामी स्वयम्लाई प्रतासना मंत्रको प्रार्थनाको साथमा राम्रोसँग पहिचान गर्न सकिन्छ—किनभने यसले हामीलाई राम्रोतवरले वर्णन गर्दछ।

पापनिशाना चुकाउनु

यो त्यही हो कि किन कुनै पनि धर्मले तिनीहरूको समाजको लागि आफ्नो दर्शनलाई पूरै तवरले ल्याउन पाउदैन—यद्यपि यहाँसम्म कि अनिश्वरवादीहरू  पनि (सोभियत संघको स्टालिन, चीनको माओ, कम्बोडियाको पोल पोटको बारेमा सोच्नुहोस् ) — किनकि हाम्रो अघि कुनै यस्तो चीज छ जसले हाम्रो बाटोमा हाम्रो दर्शन पूरा गर्ने काममा हामीलाई चुकाउनको लागि खड छ । वास्तवमा ‘गुमाउनु’ वा ‘चुकाउनु’ भन्ने शब्द हामीले भोग्ने परिस्थितिको सारांश हो । यो कुरालाई अझ राम्रो तवरले बुझ्नको लागि बाइबलको एउटा पदले मलाईँ उपयुक्त तस्विर प्रदान गर्दछ । यस पदले यसरी बताउँछ कि:

यी मानिसहरूबाहेक गिबाका सात सय चुनिएका मानिसहरू थिए । यी सबैमध्ये देब्रे हात चलाउने अरू सात सय चुनिएका मानिसहरू पनि थिए जसले घुयेँत्रोले कुनै निशाना पनि चुकाँउदैनथे । (न्यायकर्ता २०:१६)

यो पदले घुयेँत्रो चलाउँनमा कुशल र आफ्ना निशाना कहिल्यै पनि नचुकाउने सिपाहीहरूको बारेमा वर्णन गर्दछ। ‘चुक्ने’ भन्ने शब्दको मूल हिब्रू भाषामा अनुवादित शब्द יַחֲטִֽא हो । यो उही हिब्रू शब्दलाई बाइबलको धेरैजसो ठाउँमा पाप को रूपमा पनि अनुवाद गरिएको छ । उदाहरणको लागि, यो उही हिब्रू शब्द  ‘पाप’ को लागि पनि प्रयोग भएको छ जब एउटा दासको रूपमा मिश्रमा बेचिएको योसेफले उसको मालिकको पत्नीले व्यभिचारको लागि फकाउदासमेत उनीसँग व्यभिचार गर्दैन । यसबेला योसेफले मालिकको पत्नीलाई यसो भने कि :

यस घरमा मभन्दा ठूलो कोही छैन । मेरो मालिकले तपाईँबाहेक सबै कुरा मलाईँ दिनुभएको छ, किनभने तपार्इँ उहाँकी पत्नी हुनुहुन्छ । तब म कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्‍वरको विरुद्घमा मैले पाप गर्नु ? (उत्पत्ति ३९:९)

ठीक दश आज्ञा दिएपश्चात् यसले यसरी बताँउदछ कि :

मोसाले मानिसहरूलाई भने “नडराओ किनकि परमेश्‍वर तिमीहरूलाई जाच्नको लागि र उहाँको भय तिमीहरूका सामु रहोस् र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ ।” (प्रस्थान २०:२०)

यी दुबै स्थानहरूमा उही हिब्रू शब्द יַחֲטִֽא  लाई पापको अर्थ बुझाउने शब्दको रूपमा प्रयोग गरिएको छ । यो ठीक त्यही शब्द हो जुन यी पदहरूमा वर्णन गरिएको सिपाही र उनीहरूको घुयँत्रोले लगाउने निशानाको सन्दर्भमा ‘चुक्ने’ भन्ने शब्द प्रयोग भएको छ जसको अर्थ हुन्छ ‘पाप’ जतिबेला मानिसहरू एकअर्कामा कार्यव्यवहार गरिरहेका हुन्छन् । यसले ‘पाप’ के हो भन्ने कुरा बुझ्न सहायताको लागि हामीलाई एउटा तस्विर प्रदान गर्दछ । एउटा सिपाहीले निशानामा लगाउनको लागि ढुङ्गा लिन्छ र त्यसलाई घुयेँत्रोमा बाँध्छ । यदि यस कुरामा ऊ चुक्छ भने उसको उद्घेश्य प्राप्त गर्ने काममा ऊ असफल हुन्छ ।  त्यस्तै गरेर, हामीले परमेश्‍वरलाई हामीसँग कसरी सम्बन्धित गरेका छौँ र अरूहरूसँग कसरी व्यवहार गरेका छौँ भन्ने बारेको निशानालाई समात्नको लागि हामीचाही परमेश्‍वरको स्वरूपमा बनिएका थियौँ । ‘पाप’ गर्नु भनेको यो उद्घेश्यलाई वा निशानालाई चुकाउनु वा गुमाउनु भन्ने हुन्छ जुन उद्घेश्य वा निशाना हाम्रा लागि प्रस्ताव गरिएका थिए साथै हामी हाम्रो लागि विभिन्न प्रणालीहरू, धर्महरू तथा विचारधाराहरूमा पनि आफ्ना लागि चाहना राख्दछौँ ।

पाप को नराम्रो समाचारप्राथमिकताको होइन तर सत्यको विषय

मानवजातिलाई झल्काउने यो भ्रष्ट तथा निशानाबाट चुकेको तस्विर त्यति धेरै सुन्दर छैन, यो राम्रो हो भनेर महसुस गर्न लायक पनि छैन न त यो आशावादी नै छ ।  वर्षौँ पछि यो खास शिक्षाको विरुद्घमा मानिसहरूले बेजोडका साथ प्रतिक्रिया देखाएको मैले पाएँ । म यहाँ क्यानडामा रहेको विश्वविद्यालयको एउटा विधार्थीले रिसको झोकमा “म तिमीलाई विश्‍वास गर्दिन किनभने तिमी जे भनिरहेका छौ त्यो म मन पराउदिन” भन्दै मलाईँ हेरिरहेको सम्झन्छु । हुनसक्छ कि हामी यो मन पराउदैनौ तर यसरी मन नपराउनु पनि एउटा निशानाबाट चुक्नु हो । कुनै पनि कुरालाई मन पराउनुमा त्यो सत्य हो वा होइन भन्ने कुरासँग के सम्बन्ध छ ? मलाईँ कर तिर्ने काम, युद्घहरू, एड्स तथा भूकम्पहरू मन पर्दैन—अरू कसैलाई पनि मन पर्दैन—तर तिनीहरू यसबाट भागेर टाढा जानसक्दैनन्, न त हामी यीमध्ये कुनैलाई वेवास्ता नै गर्नसक्छौँ ।

हामीले हाम्रो समाजमा हामी आफैलाई एक अर्काबाट संरक्षण गर्न बनाएका कानून, प्रहरी, ताला चाबी, सुरक्षा आदिको प्रक्रिया प्रणालीहरूले केही कुरा गलत छन् भनेर हामीलाई सुझाव दिन्छ । वास्तविकता यो हो कि कुम्भमेला जस्ता चाडहरूले लाखौँ मानिसहरूका ‘आफ्ना पाप धुनको लागि’ आफूतर्फ आकर्षण गर्दछ भन्ने कुराले हामीले कुनै न कुनै तरिकामा हाम्रो ‘निशाना’ गुमाएका छौँ भन्ने कुरा आफै स्वभाविक तवरले जान्दछौँ । फेरि अर्को वास्तविकता यो पनि हो कि स्वर्ग जानको लागि चढाउनुपर्ने बलिदानको विचारधारा सबै धर्महरूमा पाइन्छन् जुन हाम्रो बारेमा केही कुरा बेठीक छन् भनेर देखाउने एउटा संकेत हो । सबभन्दा अन्तमा, यो धर्मसिद्घान्तलाई निष्पक्षतवरले बुझ्नको लागि आवश्यक छ।

तर पापको यो सिद्घान्त हामी सबैलाई निशानाबाट चुकाउदै सबै धर्महरू, भाषाहरू तथा जातिहरूमा विद्यमान छन्— जसले एउटा महत्वपूर्ण प्रश्न उठाँउदछ । यससँग परमेश्‍वर के गर्न गइरहनुभएको छ ? हामी परमेश्‍वरको प्रतिक्रियाको बारेमा हाम्रो अर्को पोष्ट वा लेखमा हेर्नेछौँ—जहाँ हामी आउनुहने उद्घारक पुरुषाको पहिलो प्रतिज्ञालाई हेर्नेछौँ जो हाम्रो लागि पठाइनुभएको हो ।