तपाईको वृषभ राशीलाई प्राचीन राशिफल

वृषभ, वा वृष, एक भयंकर क्रोधित, चम्किएको साँढेको शक्तिशाली सिङको एक छवि बनाउँछ। आजको राशिफलको ज्योतिष राशिफलको व्याख्यामा, तपाईंले कुंडलीको माध्यमबाट वृषभको लागि प्रेम, सौभाग्य, धन, स्वास्थ्य, र तपाईंको व्यक्तित्वको अन्तर्दृष्टि पाउन कुंडलीको सल्लाहको पालना गर्नुहुन्छ।

तर साँढे कहाँबाट आयो?

र यसले पहिलो ज्योतिषीहरूलाई के अर्थ राखेको थियो ?

सावधान हुनुहोस्! यसको उत्तरले तपाईको ज्योतिषालाई अप्रत्याशित तरिकामा खोल्छ – जब तपाईंको कुण्डली जाँच गर्नुहुन्छ तपाईंले आफूलाई सोचेको भन्दा फरक यात्रामा संलग्न भएको पाउनुहुन्छ…

पुरातन राशिफलमा, वृष राशि बाह्र ज्योतिष नक्षत्रहरूको नवौं थियो जसले एक साथ एक महान कथाको गठन गर्‍यो। हामीले प्राचिन ज्योतिषको अन्वेषण गरेका थियौं, र त्यसपछि हामीले देख्यौं कि कन्या देखि धनु राशिहरूले एक ज्योतिषीय एकाई गठन गरे जुन महान् उद्धारक र उहाँको शत्रुसँगको उहाँको मृत्युकारक संघर्षको वर्णन गर्दछ। मकर देखि मेषले अर्को इकाई गठन गर्‍यो जुन हाम्रो लागि यो उद्धारकर्ताको काममा केन्द्रित थियो। वृषले तेस्रो र अन्तिम इकाईले मुक्तिदाताको आगमन र उहाँको पूर्ण विजयको बारेमा खोल्दछ । यो एकाई एउटा साँढेसँग खुल्छ र सिँह (लियो) सँग बन्द भएपछि यसले शक्ति र अख्तियारको चिन्ता गर्दछ।

पुरातन राशिफलमा, वृष सबै मानिसहरुका लागि थियो किनकि यसले सबैलाई असर गर्ने घटनाहरूको भविष्यवाणी गर्दछ। यदि तपाई आधुनिक कुंडलीको हिसाबले वृष हुनुहुन्न भने पनि वृषको ज्योतिषमा सम्मिलित भएको पुरानो कथा बुझ्न लायकको छ।

ज्योतिषमा वृष नक्षत्र

वृषभ (वा वृष) ताराहरूको नक्षत्र हो जसमा तिखिलो चुच्चो परेको सिंग भएको साँढेको गठन गर्दछ। वृष ताराको निरीक्षण गर्नुहोस्। के तपाई यस छविमा सिंग भएको  साँढे जस्तो देखिएको केहि देख्न सक्नुहुन्छ?

वृष राशिको ताराहरु

यहाँ राशिफलका अन्य ज्योतिषीय छविहरूका साथै वृषको नेशनल ज्योग्राफिक छवि छ। के साँढे प्रष्ट रूपमा देखिन्छ ?

नेश्नल जियोग्राफिकमा वृष

रेखाहरूले जोडिएको वृष बनाउने ताराहरूलाई हेर्नुहोस्। के तपाईं सिंग भएको साँढेलाई अझ राम्रो सँग देख्न सक्नुहुन्छ? यो ब्रह्माण्ड पत्र के जस्तो देखिन्छ।

रेखा द्वारा जोडिएको ताराहरूको वृष नक्षेत्र

तर  यो चिन्ह पछाडि फर्केर हेर्दा  जहाँसम्म हामी मानव इतिहास मा थाहा छ त्यहाँ सम्म जान्छ ।

यहाँ इजिप्टको डेन्डेरा मन्दिरमा राशि चक्रको तस्विर देखाइएको छ, जुन २००० भन्दा पनि पुरानो हो,रातो घेरामा तुला राशिको साँढे देखाइएको छ ।

 डेंडेरा राशिमा वृष

अघिल्लो नक्षत्रहरु जस्तै, चम्किएको साँढेको छवि को तारा बाट देखिएको छैन। बरु, चम्किएको साँढेको विचार पहिले आयो। पहिले ज्योतिषीहरूले ज्योतिष मार्फत तस्विरलाई चिन्हको रूपमा छोपिदिए  । प्राचीनहरूले आफ्ना बच्चाहरूलाई वृष नक्षत्र औंल्याउन र तिनीहरूलाई चम्किएको साँढेसँग सम्बन्धित कथाहरू बताउन सकुन्।

तर किन? प्राचीनहरूका लागि यसको के अर्थ थियो?

वृष साँढेको मूल अर्थ

वृषको तस्विरले साँढेलाई तिखीलो सिँगको , टाउको झुकाउदै, चम्किदै गरेको देखाउँदछ । साँढेले तीव्र क्रोध देखाउँदछ – कोही यसको मार्गमा आयो भने सिङले हानेर घाइते पार्न  तयार छ, छिटो र असीम उर्जाको साथ फुर्ती सँग अगाडि बढ्दछ।

वृष ज्योतिषीय छवि को रूप मा – प्ल्याड्स रातोमा गोलाकार घेरा लगाइएको

 रातोमा गोलाकार घेरा लगाइएको तारा समूह हो जुन वृषको घाँटीको बीचमा प्ल्याड्स (वा सात बहिनीहरू) को रूपमा चिनिन्छ। प्ल्याडसलाई सब भन्दा पहिले देखिएको प्रत्यक्ष कुरा बाइबलको अय्यूबको  पुस्तकबाट आएको हो। अय्यूब अब्राहमको समय तिर करिब ४००० वर्ष अगाडि जीवित थिए । त्यहाँ हामी पढ्छौं:

उहाँले सप्‍तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारागण बनाउनुभयो।

अय्यूब ९:९

त्यसोभए सृष्टिकर्ताले प्लाइडेस (र त्यस्तै वृष) सहित नक्षत्रहरू बनाउनुभयो।  वृषको सिंग र भजनसंग्रह बुझ्नको लागि मुख्य चाबीहरू हुन्। ख्रीष्ट दाऊदको वंशबाट आउनुपर्‍यो (शीर्षक ‘अभिषेक गरिएको’ = ‘ख्रीष्ट’)। चित्रहरूले आउँदै गरेको ख्रीष्ट एक “सिंग ” हुनुहुन्थ्यो भनी व्याख्या गर्दथ्यो ।

“यहाँ म दाऊदको निम्‍ति एउटा सीङ उत्‍पन्‍न गर्नेछु, र मेरो अभिषिक्तको निम्‍ति एउटा बत्ती तयार गर्नेछु।

भजनसंग्रह १३२:१७

तपाईंले मलाई जङ्गली साँढ़ेको जत्तिकै शक्ति दिनुभएको छ, उत्तम तेलले मेरो अभिषेक भएको छ।

भजनसंग्रह ९२:१०

‘सिंग’ ले शक्ति र अधिकारको प्रतिनिधित्व गर्‍यो। अभिषिक्त जन (ख्रीष्ट) दाऊदको सिंग हुनुहुन्थ्यो ।  आफ्नो पहिलो आगमनमा उहाँले आफ्नो सिंग चलाउनु भएन  किनकि उहाँ एक सेवकको रूपमा आउनु भएको थियो। तर उहाँको दोस्रो आगमन कस्तो हुनेछ विचार गर्नुहोस्।

साँढेको आगमन

१.हे जाति-जातिका मानिस हो, नजिक आओ र ध्‍यानसित सुन। हे मानिस हो, ध्‍यान लगाएर सुन! पृथ्‍वी र त्‍यसमा भएका जम्‍मैले सुनून्, संसार र त्‍यसबाट उत्‍पन्‍न भएका सारा थोकले सुनून्‌! २.परमप्रभुको रीस सारा जातिहरूमाथि उठेको छ, उहाँको क्रोध तिनका सारा सेनामाथि परेको छ। उहाँले तिनीहरूलाई बिलकुलै नाश गर्नुहुनेछ, हत्‍या गर्नेको हातमा उहाँले तिनीहरूलाई सुम्‍पनुहुनेछ। ३.तिनीहरूका मारिएकाहरू बाहिर फालिनेछन्, र तिनीहरूका लाशबाट दुर्गन्‍ध निस्‍कनेछ, र पर्वतहरू तिनीहरूका रगतले भिज्‍नेछ।  ४.आकाशका सबै ताराहरू विलीन हुनेछन्‌। र आकाशचाहिँ चर्मपत्रको मुट्ठोझैँ बेह्रिनेछ, दाखको बोटबाट ओइलिएका पातहरू र अञ्‍जीरको बोटबाट चाउरी परेका फलहरू झरेझैँ आकाशका तारानक्षत्रहरू झर्नेछन्‌। ५.मेरो तरवारले स्‍वर्गमा अघाउञ्‍जेल पिएको छ। हेर, इन्‍साफको लागि एदोममाथि त्‍यसको प्रहार पर्नेछ, त्‍यस जातिमाथि जसलाई मैले सर्वनाश गरेको छु।६. परमप्रभुको तरवार रगतमा चोपिएको छ। त्‍यो बोसोले भरिएको छ— भेड़ा-बाख्राहरूको रगतले, भेड़ाबाख्राका मिर्गौलाको बोसोले त्‍यो लतपत भएको छ। किनभने बोज्रामा परमप्रभुको एउटा बलि छ, र एदोममा एक ठूलो संहार। ७.अर्नाहरू तिनीहरूसित, र बाछाहरू र ठूला-ठूला साँढ़ेहरू सोतर हुन्‍छन्‌। तिनीहरूका देश रगतले निथ्रुक्‍क हुनेछन्‌ र तिनीहरूको बोसोले सम्‍पूर्ण माटो भरिनेछ।८. किनभने सियोनको पक्षमा परमप्रभुको बदला लिने एक दिन छ, साटो लिने एक वर्ष छ।

यशैया ३४:१-८

ताराहरूको विघटन भनेको ठीक त्यस्तै हो जुन येशूले भनेको उहाँको आगमनको संकेत थियो। भविष्यवक्ता यशैया (७०० ईसापूर्व) ले यस्तै घटनाको भविष्यवाणी गरिरहेको छ । यसले ख्रिष्टको धार्मिकतामा संसारको न्याय गर्न आउने घडीको वर्णन गर्दछ – एक आउँदै गरेको न्यायको समय। यो वृषको साथ स्वर्गमा चित्रण गरिएको छ, र यो पुस्तकमा लेखिएको छ। उहाँ न्यायाधीशको रूपमा आउँदै हुनुहुन्छ।

वृष राशिफल

 भविष्यसूचक लेखहरूले वृषलाई ‘होरो’ चिन्हित गर्दछन ।

६.अनि अर्को स्‍वर्गदूतलाई मध्‍य आकाशमा उड़िरहेका मैले देखें। पृथ्‍वीमा रहने हरेक जाति, कुल, भाषा र मानिसलाई घोषणा गर्ने अनन्‍त सुसमाचार तिनीसँग थियो। ७.तिनले चर्को सोरमा भने, “परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्‍साफको घड़ी आएको छ। स्‍वर्ग, पृथ्‍वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्‍डवत्‌ गर।”

प्रकाश १४:६-७  

भविष्यसूचक पढाइले भन्छ कि यो समय आउनेछ र यो त्यो समय हो जुन वृष राशिलाई पुरानो ज्योतिष राशिफलमा चिन्हित गरिएको छ ।

तपाईंको वृष अध्ययन

तपाईं र म आज वृष राशिफल अध्ययन लागू गर्न सक्छौं।

वृष भन्छ कि अन्त यति ठूलो धमाकाको साथ आउँदछ कि आकाशमा सबै प्रकाशहरू निभ्नेछन । कुनै पनि ताराको वरिपरी पन्तिबद्द गर्न वरपर कुनै पनि ग्रहहरू छैनन्।  बत्तीहरु अझै बलेकाछन् त्यसकारण तपाईंको समयको राम्रो सदुपयोग गर्नुहोस् । सुरूवात गर्नको लागि आफ्नो  नम्रताको गुणमा काम गर्नुहोस । किनकि परमेश्वरले घमण्डीको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ। अर्को शब्दहरुमा, उहाँ र तपाईको वीचमा घमण्डको कुनै अनुकूलता छैन। र यसको आवाजमा, तपाईं त्यस समयमा प्रशस्त कृपा खोज्नुहुनेछ। उहाँले त्यो  एक समय तपाईंको जाँच गर्नुहुनेछ कि तपाईं उहाँलाई  प्रेम गर्नुहुन्छ वा गर्नुहुन्न। तपाईंले उहाँलाई प्रेम गर्नुहुन्छ भने कसरी थाहा पाउनुहुन्छ ? उहाँको भनाइ अनुसार यदि तपाईले उहाँका आज्ञाहरू पालन गर्नुहुन्छ भने तपाई उहाँलाई प्रेम गर्नुहुन्छ। कमसेकम, उहाँका आज्ञाहरू पालन गर्नु भनेको उनीहरूलाई चिन्नु र ती पालन गर्नु हो।

एकअर्कालाई प्रेम गर्नु भनेको अर्को विशेष गुण हो जुन उहाँले अत्यन्त मूल्यवान् ठान्नुहुन्छ । निस्सन्देह प्रेम के हो भनेर उहाँको विचार तपाईंको भन्दा फरक हुन सक्छ ताकि तपाईंले उहाँ साँचो प्रेम के हो भनेर भन्नु हुन्छ भन्ने कुरालाई जान्न चाहनुहुनेछ।  उहाँको विचारमा प्रेम के हो भन्ने कुराले तपाईंलाई कुनै पनि सम्बन्धमा अगाडि बढाउनेछ , चाहे काममा होस्, घरमा होस् वा प्रेममा । प्रेमले तपाइँलाई कस्तो महसुस गराउँछ भन्ने कुरामा कम भन्नु भएको छ , र प्रेमले तपाईंलाई के गर्छ र के गर्दैन भन्ने कुराको बारेमा उहाँले धेरै कुरा गर्नुभएको छ । उहाँले भन्नुभयो कि प्रेम धैर्यवान र दयालु छ र ईर्ष्या गर्दैन, घमण्ड गर्दैन, र शेखी गर्दैन। तपाईंको जीवनमा यी कुराहरूको  अभ्यासले तपाईं वृषको समयको लागि तयार गर्नेछ। अन्तिम विचारको रूपमा, यसले  ‘अनन्तको सुसमाचार’ जो स्वर्गदूतले सबै जातिहरूलाई घोषणा गरेका थिए सो कुरा बुझ्न र जान्नलाई सहायता गर्नेछ ।

थप राशि कथा मार्फत र वृषमा गहिरिएर

वृषमा न्यायको चित्रण गरिएको छ । मिथुन राशिले यो फैसला पार गर्नेहरूलाई के हुन्छ चित्रण गर्दछ। यहाँको ज्योतिषा ज्योतिषको आधार सिक्नुहोस्। कन्याको साथ यसको सुरुवात पढ्नुहोस्।

तर वृषको दृश्यमा गहिरो जान

एक पुस्तक को रूप मा राशि चक्र अध्याय को पीडीएफ डाउनलोड गर्नुहोस्