येशू , येशू सत्संगले, स्वर्गका नागरिकहरुले एक अर्कालाई कस्तो व्यवहार गर्ने भनेर देखाउनु भयो । उहाँले बिरामी र दुष्टात्माका मानिसहरुलाई पनि निको पारिदिनु भयो जसलाई उहाँले ‘स्वर्गको राज्य’ भन्नु भयो । उहाँले प्रकृतिलाई उहाँको राज्यको प्रकृति देखाउनको लागि आदेश दिनुभयो ।
हामी यस राज्यलाई पहिचान गर्न विभिन्न सर्तहरु प्रयोग गर्दछौ । सम्भवत सबैभन्दा सामान्य स्वर्ग वा स्वर्ग लोक हो । अन्य सर्तहरु वैकुंठ , देवलोक , ब्रहमलोक , सत्यलोक , कैलासा , ब्रहमपुरा , सत्य बेगैचा , वैकुंठलोका , विष्णुलोका , परमम पदम , नित्य विभुति , तिरुप्परमपदम वा वैकुंठ सागर हुन् । विभिन्न परम्पराले विभिन्न सर्तहरुको प्रयोग गर्दछन् , विभिन्न देवहरुसँगको सम्बन्धलाई जोड दिदै, तर यी भिन्नताहरु आधारभुत हुदैनन् । मुल कुरा के हो भने स्वर्ग रमणीय र शान्तिमय ठाँउ हो , जुन जीवनको कष्ट र अज्ञानबाट मुक्त हुन्छ , र जहाँ परमेश्वरसँगको सम्बन्धलाई महसुस गरिन्छ । बाइबलले स्वर्गको आधारभुत कुराहरुको सारांश यसरी प्रस्तुत गर्दछ ।
4 परमेश्वरले तिनीहरुको आखाँबाट जम्मै आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरु बितेर गए।”
प्रकाश २१:४
येशू आफैले पनि स्वर्गको लागि फरक सर्तहरु प्रयोग गर्नुभयो । उहाँले प्राय स्वर्गलाइ ‘राज्य’ (‘लोक’ भन्दा ‘राज’ नजिक) प्रस्ताव गर्नुभएको थियो । उहाँले स्वर्गको राज्यको पर्यायवाची रुपमा ‘स्वर्ग’ र ‘परमेश्वरको राज्य’ पनि प्रयोग गर्नुभयो । तर अझ महत्वपुर्ण कुरा , स्वर्गको बारेमा हाम्रो बुझाइमा सुधार ल्याउनको लागि उहाँले दैनिक कथाहरु पनि प्रयोग गर्नुभयो । स्वर्गको वर्णन गर्न प्रयोग गर्ने एउटा अनुपम उदाहरण त्यो विराट भोज वा भोज थियो । उहाँको कथामा उहाले प्रख्यात वाक्यांश ‘पाहुना इश्वर हुन्’ (अतिथि देवो भव ) लाई ‘हामी इश्वरको पाहुना हौ’ मा संसोधन गर्नुहुन्छ ।
स्वर्गको महान भोजको कथा
स्वर्गमा प्रवेश गर्नको निम्ती कत्तिको फराकिलो र टाढा हुन्छ भनेर उदाहरण देखाउन येशुले एउटा विराट भोजको बारेमा सिकाउनुभयो । तर कथा हामीले सोचेको जस्तो हुदैन । सुसमाचारले वर्णन गर्दछ :
15 येशूसंग बसिरहेका धेरै मानिसहरू मध्ये एकजनाले यो कुरा सुन्यो। त्यस मानिसले येशूलाई भन्यो, “तिनीहरू ज-जसेल परमेश्वरको राज्यमा भोज खान पाउँछन्, तिनीहरू साँच्चैनै धन्य हुन्।”
‘लुका १४ : १५—२४
16 येशूले त्यस मानिसलाई भन्नुभयो, “कुनै एउटा मानिसले विशाल भोजको व्यवस्था गरेको थियो। त्यसले धेरै मानिसहरूलाई बोलाएको थियो।
17 जब खाना खाने बेला भयो, त्यस मानिसले आफ्नो नोकरलाई पाहुनाहरूलाई बोलाउनु पठायो, आउनुहोस् प्रत्येक चीज तयारी छ।
18 तर सबै पाहुनाहरूले भने कि तिनीहरू जान असमर्थ थिए। प्रत्येकले एक एक वहना बनाए। पहिलो मानिसले भन्यो, मैले भर्खरै एउटा खेत किनेकोछु, यसर्थ यसलाई हेर्ने म जानै पर्छ। दया गरी माफ गर्नुहोस्।
19 अर्को मानिसले भन्यो,‘मैले भर्खरै पाँच जोर गोरू किनेकोछु, त्यसले गर्दा म तिनीहरुलाई काम सिकाउन जानु पर्दछ। मलाई दया गरी माफ गर्नुहोस्।‘
20 तेस्रो मानीसले भन्यो,‘मैले भर्खरै विवाह गरेको छु, म आउन सक्तिनँ।‘
21 त्यसपछि त्यो नोकर र्फकियो। त्यसले आफ्नो मालिकलाई वृतान्त सुनायो। मालिक अत्यन्तै रिसायो अनि भन्यो, चाँढो गर। शहरका गल्ली र साँघुरो बाटो तिर जाऊ अनि गरीब मानिसहरू, लङ्गडा र अन्धो तथा लुलाहरूलाई ल्याऊ।
22 तब त्यस नोकरले मालिकलाई भन्यो, मालिक तपाईंले जे भन्नु भएको थियो, त्यो मैले गरे, तर अझै अरू मानिसहरूलाई बसाउने ठाउँ छ।
23 मालिकले नोकरलाई भने, मूल सडकहरू र गाँउले बाटोतिर जाऊ मानिसहरूलाई यता आउन भन ता कि घर भरियोस्। म तिमालाई भन्छु।
24 मेरो निम्तो पाउनेहरू मध्ये कसैले पनि मसंग भोज चाख्न पाउने छैन।”
हाम्रो स्वीकृत समझ उल्टो हुन्छ —धेरै पटक—यस कथामा । सर्वप्रथम , हामी अनुमान लगाउन सक्छौ कि परमेश्वरले मानिसहरुलाई स्वर्गको (भोजमा) बोलाउनुहुन्न किनकि उहाँ योग्य मानिसहरुलाई मात्र बोलाउनुहुन्छ , तर त्यो गलत छ । भोजको लागि निमन्त्रणा धेरै,धेरै मानिसहरुलाई हुन्छ । मालिक (परमेश्वर) चाहानुहुन्छ कि भोज पुर्ण होस् ।
तर त्यहा अप्रत्याशित मोड छ । वास्तवमा आमन्त्रित पाहुनाहरु मध्ये थोरै आउन चाहान्छन् । यसको सट्टा तिनीहरुले जान नपरोस भनी बाहाना बनाउँदछन् ! र सोच्दछन बाहानाहरु कति अनावश्यक छन् । कस्ले गोरुहरु किन्नु अघि गोरुहरुको जाँच नगरी किन्ला र ? कस्ले खेतबारी नहेरीकन नै खेतबारी किन्ला र ? होईन , यी बाहानाहरुले आमन्त्रित पाहुनाहरुको हृदयको साँचो अभिप्राय प्रकट गर्यो — तिनीहरु स्वर्गप्रति रुचि थिएनन् , बरु अरु रुचिहरु थिए ।
जब हामी सोच्छौ कि शायद मालिक थोरै मानिसहरु भोजमा आउँदा निराश हुनेछन् त्यहाँ अर्को मोड आउँछ । अब ‘असम्भावित’ मानिसहरु, जो हामी हाम्रा आफ्नै समारोहहरुमा आमन्त्रित नर्गनेहरु , जो “सडक र गल्लीहरु” र टाढा टाढाका “बाटो र सहरका गल्लीहरु” मा बसिरहेका , जो “गरीब, अपाङ्ग , अन्धा र लंगडा” छन् —तिनीहरु जसबाट हामी प्राय टाढा रहन्छौ — तिनीहरुले भोजको लागि निमन्त्रणाहरु पाउँछन् । यस भोजको लागि निम्ताहरु धेरै जान्छन् , र तपाई र मैले कल्पना गर्न सक्ने भन्दा बढि मानिसहरुले भरिन्छन् । मालिकले आफ्नो भोजमा मानिसहरु चाहानुहुन्छ र तिनीहरुलाई आमन्त्रित गर्नुहुन्छ जसलाई हामी आफैले हाम्रो आफ्नै घरमा आमन्त्रित गर्दैनौ ।
र यी व्यक्तिहरु आउँदछन् ! उनीहरुको प्रेमको ध्यान भंग गर्न खेतहरु वा गोरुहरु जस्ता अन्य प्रतिस्पर्धी रुचिहरु छैनन् त्यसैले तिनीहरु भोजमा आउँदछन् । स्वर्ग भरिएको छ र मालिकको इच्छा पुरा भएको छ !
हामीलाई यो प्रश्न सोध्नको लागि येशुले यो कथा भन्नुभएको थियो : “के यदि मैले स्वर्गको निम्तो पाएको भए स्वीकार गर्नेथिए ?” वा प्रतिस्पर्धी रुची वा प्रेमले तपाईलाई निम्तो अस्वीकार गर्न बाहाना बनाउँदछ ?सत्य यो हो कि तपाईलाई स्वर्गको भोजमा आमन्त्रित गरिएको छ , तर वास्तविकता यो हो कि हामी मध्ये अधिकांशले एक वा अर्को कारणले निम्तो अस्वीकार गर्नेछौ । हामीले कहिल्यै पनि सिधै ‘हुदैन’ भन्दैनौ त्यसैले हामी हाम्रो अस्वीकृति लुकाउन बहाना प्रस्ताव गर्दछौ। भित्रै भित्र हामीसंग अन्य ‘प्रेमहरु’ छन् जुन हाम्रो अस्वीकारको जडहरु हुन् । यस कथामा अस्वीकृतको जड अन्य चीजहरुको प्रेम थियो ।
जसलाई पहिले आमन्त्रित गरिएको थियो उनीहरुले स्वर्ग र परमेश्वरलाई भन्दा बढी यस संसारको अस्थायी चीजहरु जस्तै (‘खेत’ , ‘गोरुहरु’ र ‘विवाह’ ) लाई प्रेम गर्थे ।
अन्याय आर्चायको कथा
हामी मध्य कोहीले स्वर्ग भन्दा बढी यस संसारमा चीजहरुलाई माया गर्छौ र हामी यो निम्तो अस्वीकार गर्छौ । हामी मध्य केहिले हाम्रो आफ्नै धार्मिक योग्यतालाई प्रेम वा विश्वास गर्छौ । येशूले यस बारेमा अर्को कथामा आदरणीय अगुवाको उदाहरणको रुपमा प्रयोग गर्दै सिकाउनुभयो :
9 कतिजना मानिसहरूले सोचे कि तिनीहरू खुबै असल छन्। तिनीहरूले प्रत्येकलाई हेला गर्छन्। येशूले भयोः
लुका १८ : ९—१४
10 “कुनै एक समयमा फरिसी र एकजना महसूल उठाउने मानिस थिए। एकदिन ती दुवै मन्दिरमा प्रार्थना गर्न गए।
11 फरिसी कर उठाउनेदेखि केही टाडा उभियो। जब त्यो फरिसीले प्रार्थना शुरू गर्यो, त्यसेल भन्यो, हे परमेश्वर, तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू जस्तो नराम्रो मानिस होइन। म चोरी, ठग र व्यभिचारी पापहरू र्गदिन। म तपाईंलाई धन्यवाद चढाउँछु कारण म यो महसूल उठाउने जस्तो नराम्रो होइन।
12 म असल छु; हप्तामा दुइपल्ट उपवास बस्छु अनि आफ्नो कमाईबाट दशांश दिन्छु।’
13 “त्यो महसूल उठाउने एक्लै अलि पर उभिरहेको थियो। जब त्यसले प्रार्थना गरयो, त्यसले स्वर्गपट्टी पनि हेरेन। त्यसले परमेश्वरको अघि आफूलाई अति तुच्छ पायो। त्यसले भन्यो, हे परमेश्वर, म प्रति दया गर्नुहोस्। म एउटा पापी हुँ।
14 म तिमीहरूलाई भन्दछु, जब त्यो घर गयो, त्यो परमेश्वरसंग ठीक थियो। तर त्यो फारिसी, जसले आफूलाई असल हुँ भन्ने सम्झन्थ्यो त्यो परमेश्वरसँग ठीक थिएन। जुन मानिसले आफूलाई ठूलो ठान्दछ त्यो तुच्छ हुनेछ। तर जुन मानिसले आफूलाई तुच्छ ठान्छ त्यो महान हुनेछ।”
यहाँ एक फरिसी ( आचार्य जस्ता धार्मिक अगुवा ) आफ्नो धार्मिक प्रयास र योग्यतामा पुर्ण देखिन्थे । उनको उपवास र पुजा एकदम उत्तम र आवश्यक भन्दा बढी थियो । तर यिनी आचार्यले आफ्नो योग्यतामा उनको विश्वास राखे । धेरै समय अगाडि श्री अब्राहामले परमेश्वरको प्रतिज्ञामा नम्र भरोसा राखेर धार्मिकता प्राप्त गरेको यो कुरा देखाएका थिएनन् । वास्तवमा कर उठाउने व्यक्ति ( त्यस संस्कृतिमा एक अनैतिक पेशा) नम्र भएर दयाको लागि बिन्ती गरे, र उनलाई दया दिइएको विश्वासमा उनी घर फर्किए ‘न्याय’—ठिक परमेश्वर संग— जबकि फरिसी (आचार्य ) जसलाई हामीले पर्याप्त योग्यता प्राप्त गरेका छन् भनी ठानेका छौ उनको पापहरु अझै उनको विरुद्धमा छ ।
त्यसैले येशूले तपाईलाई र मलाई सोध्नुहुन्छ कि हामी वास्तवमै स्वर्गको राज्य चाहान्छौ , वा यो अन्य धेरै रुचीहरु मध्य को रुची मात्र हो । उहाँले हामीलाई के मा विश्वास गर्छौ भनेर पनि सोध्नुहुन्छ —हाम्रो योग्यता वा परमेश्वरको दया र प्रेम।
इमान्दार भई आफैलाई यी प्रश्नहरु सोध्नु महत्वपुर्ण छ किनकि नत्रता हामीले उहाँको अर्को शिक्षा बुझ्दैनौ— कि हामीलाई भित्रि सफाई चाहिन्छ ।