एस्ना राशि र स्फिंक्स राशिचक्र शुरूआत गर्दै

? तर ईजिप्टको लुक्सोर नजीक एस्नामा रहेको मन्दिरले राशिलाई रेखीय रूपमा देखाउँछ । एस्ना राशिले कसरी पूर्वजहरूले राशिको शुरुआत र अन्त्यको चिन्हित गर्दथे भनेर देखाउँदछ। तल दिईएको एस्ना राशिले राशि नक्षत्रहरूलाई तल्लो स्तरमा क्रमै सँग दायाँ देखि बायाँ तर्फ सर्दै र साथै माथिल्लो स्तरमा क्रमै सँग बायाँ देखि दाँया तर्फ पछाडि सर्दै (यू-टर्नको दिशालाई पछ्याउँदै ) गरेको देखाएको छ ।

एस्नाको मन्दिरमा रहेको रैखिक राशि । राशि नक्षत्र रातोमा गोलाकार छ। स्फिंक्स (हरियोमा गोलाकार) राशि चक्रको नेतृत्व गर्दछ। कन्या राशिले राशिचक्र सुरु गर्छ र सिंह राशि अन्तिम हो।

स्फिंक्सले नक्षत्रहरूको समुहलाई नेतृत्व गर्दछ। स्फिंक्सको अर्थ हो “सँगसँगै बाँध्नु” र एक महिलाको टाउको सिंहको शरीरमा सम्मिलित हुनु हो (पहिलो र अन्तिम राशिचक्र  सँगै जोडिएको छ)। स्फिंक्स पछि सिधै राशिचक्रको पहिलो नक्षत्र कन्या आउँछ । राशि नक्षत्रले त्यस पछि अन्तिम नक्षत्रका साथ क्रमबद्ध रूपमा माथिल्लो बायाँमा सिंह हुँदै कन्यालाई पछ्याउँछ । एस्ना राशिले देखाउँदछ  कहाँ ( कन्या ) राशि सुरु भयो र कहाँ ( सिंह ) राशि समाप्त भयो ।

स्फिंक्सहरूको पंक्ति – राशिमा पहिलो र अन्तिम सिंहको शरीरमा जोडिएको नारीको टाउको,

हामीले कन्याबाट शुरू भई लियोसँग अन्त्य भएको प्राचीन राशिको कथा पढ्छौं ।