येशूले शिक्षा दिनुहुन्छ कि प्राणले हामीलाई द्धिजको सामु लैजान्छ

द्धिजको अर्थ ( ‘दुई पटक जन्मनु’ वा ‘फेरी जन्मनु’ ) हो । यो विचारमा आधारित छ कि कुनै एक व्यक्ति पहिला शारीरिक रुपमा जन्मन्छ र पछि दोस्रो पटक आध्यात्मिक रुपमा जन्मन्छ । यो आध्यात्मिक जन्म परम्परागत रुपमा पवित्र धागो ( यज्ञोपवित ,उपावित वा जनै) लगाउँदा उपनयन समारोहको समयमा हुने प्रतीक हो । यद्यपि बौधायन गृहृासुत्र जस्ता प्राचीन वैदिक  ( १५०० — ६०० ईसा पुर्व ) ग्रंथहरुले उपनयनको बारेमा र्चचा गरे पनि अन्य कुनै प्रचीन ग्रंथहरुले द्धिजको उल्लेख गरेको पाइदैन । विकिपेडियाले यसरी वर्णन गर्छ ।

यसको बढ्दो उल्लेख मध्यम देखि पहिलो सहस्राब्दीका धर्मशास्त्रहरुको मुलपाठमा देखिन्छ ।

द्धिज शब्दको उपस्थिति एउटा चिन्ह हो कि मुलपाठ सम्भवत : भारतको मध्ययुगीन काल को मुलपाठ हो । 

यद्यपि द्धिज आज एक ज्ञात अवधारणा हो , यो अपेक्षाकृत नयाँ हो । द्धिज कहाँबाट आयो ।

थोमा द्धारा येशू र द्धिज

द्धिजको बारेमा कोहि पनि व्यक्ति द्धारा दिइएको प्रारम्भिक शिक्षा येशुको हो । यहुन्नाको सुसमाचार ( इृस्वी संवत् ५०—१०० मा लेखिएको ) मा येशूले द्धिजको बारेमा चर्चा गर्नुभएको छ ।यो भनिन्छ कि इृस्वी संवत् ५२ मा मालाबारको तटमा र त्यसपछि चेन्नईमा पहिलो पटक भारतमा येशूका चेला थोमाले येशूको जीवन र शिक्षाको प्रत्यक्ष गवाह भएर द्धिजको अवधारणा ल्याए र भारतीय विचार र व्यवहारमा परिचित गरे । थोमाको येशूको शिक्षाहरुको साथ भारतमा आगमन भारतीय ग्रंथहरुमा द्धिजको उदयसँग मिल्छ ।

प्राणको माध्यमबाट येशू र द्धिज

येशूले द्धिजलाई, उपनयनसंग होइन, तर प्राण , अर्को प्राचीन अवधारणा सँग जोड्नुभयो ।  प्राणले सास , आत्मा , हावा वा जीवन शक्तिलाई व्यक्त गर्छ । प्राणको सबैभन्दा पहिलो संन्र्दभ ३००० बर्ष पुरानो चन्दयोग्य उपनिषद हो , तर धेरै अन्य उपनिषदहरुले यस अवधारणाको उपयोग गर्दछन् जस्मा कथा , मुण्डक र प्रसनी उपनिषदहरु पर्दछन् । विभिन्न ग्रन्थहरुले वैकल्पिक विवरणहरु दिन्छन् , तर प्राणले हाम्रो सास÷सास फेर्न खोज्ने सबै यौगिक प्रविधिहरुमा प्राणायाम र आयुर्वेद लाई रेखांकित गर्दछ ।  प्राणलाई कहिलेकाहि आर्यु (हावा ) प्राणको रुप , अपान , उदान , समान र व्यान को रुपमा वर्गीकृत गरिन्छ ।

यहाँ द्धिजको परिचय दिदै येशूको बार्तालाभ यसरी छ । ( रेखांकित शब्दहरुले द्धिजा वा दोस्रो जन्मको सन्दर्भलाई जनाउँदछ , जबकि मोटो अक्षरले प्राण , वा हावा , आत्मा शब्दहरुलाई )

१. फरिसीहरूमधये निकोदेमस नाउँ भएका एक जना मानिस थिए। तिनी यहूदीहरूका महासभाका एक सदस्य थिए। २.यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन।”  ३.येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।” ४. निकोदेमसले उहाँलाई भने, “मानिस बूढ़ो भएपछि कसरी जन्मन सक्छ र? के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ?”  ५.येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। ६.शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो। ७.मैले तिमीलाई नयाँ गरी जन्मनुपर्छ भन्दा अचम्म नमान। ८.बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ, तर त्यो कहाँबाट आउँछ र कता जान्छ, त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ।” ९.निकोदेमसले उहाँलाई सोधे, “यो कसरी हुन सक्दछ?” १०.येशूले तिनलाई जवाफ दिनुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुरा बुझ्दैनौ?  ११. साँच्चै, म तिमीलाई भन्दछु, हामी जे जान्दछौं त्यो भन्दछौं, र हामीले जे देखेका छौं त्यसको गवाही दिन्छौं, तर तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ। १२.मैले तिमीहरूलाई पृथ्वीका कुरा भनें, र पनि तिमीहरू विश्वास गर्दैनौ, त तिमीहरूलाई स्वर्गका कुरा बताएँ भने कसरी विश्वास गर्न सक्छौ?  १३.स्वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन। १४.जसरी मोशाले उजाड-स्थानमा साँपलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ, १५. र जस-जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ। “१६.किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्lवास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्‌। १७. किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो। १८. जसले उहाँमाथि विश्वास गर्छ, त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। १९. फैसलाचाहिँ यही हो: ज्योति संसारमा आएको छ, र मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए। २०.किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र ज्योतिमा आउँदैन, नत्रता त्यसका काम प्रकट हुनेछन्‌। २१.सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रस्टै देखिन्छ।”

यहुन्ना ३: १—२१

यस बातचीतमा धेरै अवधारणाहरु उत्पन्न भए । सर्वप्रथम , येशूले यस दोस्रो जन्मको आवश्यकतालाई पुष्टि गर्नुभयो ( ‘ तिमी नयाँ गरी फेरी जन्मनुपर्छ ’) । तर यस जन्ममा कुनै मानवी मध्यस्थहरु छैनन् । पहिलो जन्म , अर्थात ‘शरीरबाट जन्मनु’ र ‘पानीबाट जन्मनु ’मानवी मध्यस्थहरुबाट आउँदछ र मानव नियन्त्रणमा हुन्छ । तर दोस्रो जन्म (द्धिज) मा तीन ईश्वरीय मध्यस्थहरु पर्छन्: परमेश्वर ,मानिसको पुत्र  र आत्मा (प्राण) ।  आउनुहोस् यिनीहरुको बारेमा अझै जानकारी लिऔ ।

परमेश्वर

येशूले भन्नुभएको छ कि ‘ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो ……’ यसको अर्थ हो कि परमेश्वरले सबै मानिसहरुलाई प्रेम गर्नुहुन्छ ……. प्रत्येकलाई जो यस संसारमा बस्छ ……… यसमा कसैलाई पनि बाहिर राखिएको छैन । हामीले यस प्रेमको विस्तारलाई ध्यान दिन समय खर्च गर्न सक्दछौ ,  तर येशू चाहानुहुन्छ कि हामीले पहिला यो बुझ्नु पर्छ कि यसको अर्थ हो परमेश्वरले तपाईलाई प्रेम गर्नुहुन्छ । परमेश्वरले तपाईलाई धेरै प्रेम गर्नुहुन्छ , चाहे तपाईको स्थिति , वर्ण , धर्म , भाषा , उमेर लिङग , धन , शिक्षा जे भएता पनि …..अन्यत्र भने अनुसारः

38 हो, म निश्चिन्त छु कि कुनै चीजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्तैन न मृत्यु वा जीवनले न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले न त कुनै वर्तमानका वा भविष्यका कुराले न त कुनै माथिका वा तलका शक्तिले न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रीष्ट

येशूमा छ।रोमी ८: ३८—३९

तपाई ( र मेरो ) लागि परमेश्वरको प्रेम दोस्रो जन्मको आवश्यकतालाई हटाउदैन ( “कोही पनि परमेश्वरको राज्यलाई तबसम्म देख्न सक्दैनन् जबसम्म उनीहरु नयाँ गरी फेरी जन्मदैनन्”) । बरु तपाईको लागि परमेश्वरको प्रेमले उहाँलाई कार्य  गर्न प्रेरित गर्‍यो ।

“परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो……..”

हामीलाई दोस्रो इश्वरीय मध्यस्थमा ल्याउदै ………

 मनिसको पुत्र

‘मानिसको पुत्र’ येशू हुनुहुन्छ भनि आफैले स्वंम उल्लेख गर्नुहुन्छ । यो शब्दको अर्थ हो हामी पछि हेर्छौ । यहाँ उहाले भन्दैहुनुहुन्छ कि पुत्रलाई परमेश्वर द्धारा पठाइएको थियो । त्यसपछि उहाँले माथि उठाइनुको बारेमा विशेष कथन दिनुहुन्छ ।

14 “मोशाले मरूभुमिमा सर्पलाई उठाउनु भयो। मानिसको पुत्रसंग पनि त्यस्तै छ। मानिसको पुत्र पनि उचालिनु

पर्छ।यहुन्ना ३:१४

यसले हिब्रु वेदमा भएको विवरणलाई संकेत गर्दछ जुन मोशाको समयभन्दा १५०० वर्ष अघि भएको थियो ।

पित्तलको साँप

4 ती मानिसहरूले होर पर्वतबाट यात्रा गरी लाल समुद्रमा एदोमको वरिपरि यात्रा गरे। तर मानिसहरू धैर्यहीन भईसकेका थिए। 5 ती मानिसहरूले परमेश्वर र मोशाको विरोधमा बोले। तिनीहरूले भने, “तिमीले हामीलाई मरूभूमिमा मर्नको निम्ति किन मिश्र देशबाट ल्यायौ? त्यहाँ रोटी छैन! त्यहाँ पानी छैन! र हामी यो दयनीय खानालाई घृणा गर्छौं! ”

6 तब परमप्रभुले तिनीहरूमाथि विषालु सर्पहरू पठाउनु भयो। तिनीहरूले धेरै मानिसहरूलाई मारे। अनि धेरै इस्राएलीहरू मरे। 7 मानिसहरू मोशा कहाँ आए र भने, “हामीले परमप्रभु र तपाईंको विरोधमा बोलेर पाप गरेका छौं। प्रार्थना गर कि परमप्रभुले सर्पहरूलाई हामीबाट टाढा लानु होस्। ” यसकारण मोशाले मानिसहरूको लागि प्रार्थना गरे।

8 तब परमप्रभुले मोशालाई भन्नु भयो, “सर्प बनाऊ र खम्बामा राख। जोले डसेको छ उसले यसलाई हेरेर बाँच्न सक्छ। ” 9 यसकारण मोशाले एउटा काँसाको सर्प बनाए र त्यसलाई खम्बामा राखे। जब कुनै व्यक्तिलाई सर्पले टोके उसले काँसाको सर्पलाई हेरे र तिनीहरू

बाँचे।गन्ती २१:४—९

यो कथा प्रयोग गरेर येशुले ईश्वरीय मध्यस्थको रुपमा आफ्नो भुमिकाको वर्णन गर्नुभयो । सोच्नुहोस् कि साँपहरुले टोकेका मनिसहरुलाई के भएको होला ।

जब एक विषालु साँपले टोकेपछि शरीरमा विषको प्रवेश हुन्छ । सामान्य उपचार भनेको विषलाई चुसेर बाहिर निकाल्ने प्रयास गर्नु हो ; टोकिएको अंगलाई कडासँग बाँध्नुहोस् ताकि रगत प्रवाह नहोस् र विष नफैलियोस् ; र गतिविधिहरु कम गर्नुहोस् ताकि कम हृदय गतिले शरीरमा विषलाई छिटो नफैल्याओस् । 

जब साँपहरुले इस्राएलीहरुलाई संक्रमित गरे उनीहरुलाई निको हुनका लागि खम्बामा राखिएको पित्तलको साँपलाई हेर्नुपर्छ भनियो । तपाईले यसको कल्पना गर्न सक्नुहुन्छ कि एक व्यक्ति आफ्नो ओछ्यानबाट पल्टदै नजिकैको उठाएको पीतलको साँपलाई हेर्दैछ र निको हुदैछ । तर इस्राएली शिविरमा करीव ३० लाख मानिसहरु थिए ( तिनीहरु मध्ये सैन्य उमेर योग्यका गन्ती ६००००० भन्दा बढि मानिसहरुको थियो )  — एउटा ठुलो आधुनिक शहरको आकार जत्रो थियो । संभावना धेरै थियो कि ती काटिएका मानिसहरु धेरै किलोमिटर टाढा थिए र पित्तल वाला साँपको खम्बाबाट टाढा थिए । त्यसैले साँपले टोकेकाहरुले छनौट गर्नुपर्ने थियो । तिनीहरुले घाउँलाई कडा बाधेर र रगतको प्रवाहलाई रोक्न र विषलाई फैलिनबाट रोक्नको लागि मानक सावधानी को उपयोग गर्न सक्थे । वा तिनीहरुले मोशाले घोषणा गरेको उपचारमा विश्वास गर्नुपर्ने थियो र रगतको प्रवाह र विषको फैलावटलाई बढाँउदै त्यो खम्बामा रहेको पित्तलको साँपलाई हेर्नको लागि धेरै किलोमिटर टाढा सम्म पैदल हिड्नुपर्ने थियो । यहाँ मोशाको शब्दमा विश्वास वा विश्वासको कमि हो जो प्रत्येक ब्यक्तिको कार्यको मार्ग निर्धारण गर्दछ ।

येशूले व्याख्या गर्दै हुनुहुन्थ्यो कि उहाँ क्रुसमा उच्च उठाईएकोले उहाँले पाप र मृत्यृको बन्धनबाट स्वतन्त्र पार्ने सार्मथ्य पाउँनुहुन्छ । जसरी पित्तलको साँपले इस्राएलीहरुलाई विषाक्त मृत्युको शक्तिबाट छुटकारा दियो । यद्यपि , जसरी इस्राएलीहरुलाई पित्तलको साँपको उपचारमा भरोसा राख्न र खम्बामा हेर्न आवश्यकता थियो  हामीले पनि येशूलाई विश्वास वा विश्वासको आँखाले हेर्न आवश्यक छ । यसको लागि तेस्रो इश्वरीय मध्यस्थले काम गर्न आवश्यक छ ।

आत्माप्राण

आत्माको बारेमा येशूको भनाइलाई विचार गर्नुहोस्

बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ, तर त्यो कहाँबाट आउँछ र कता जान्छ, त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ।

यहुन्ना ३:८

‘हावा’ को लागि जुन ग्रीक शब्द ( न्युमा ) को उपयोग गरिएको छ त्यहि ‘आत्मा’ को लागि गरिएको छ । परमेश्वरको आत्मा हावा जस्तै हो । कुनै पनि मानिसले हावा प्रत्यक्ष रुपमा देखेको छैन । तपाई यसलाई देख्न सक्नुहुन्न । तर हावा हाम्रो वरिपरि जताजतै छ । हावा अवलोकनीय छ । तपाई चीजहरुमा यसको प्रभाव मार्फत यसलाई अवलोकन गर्नुहुन्छ । जसरी हावा चल्छ यसले पातहरु सरसराउँछ , कपाल हलिन्छ , झण्डा फरफराउँछ , चिजहरु हलचल गर्दछन् । तपाई हावालाई नियन्त्रण गर्न सक्नुहुन्न र यसलाई निर्देशित गर्न सक्नुहुन्न । हावा जहाँ चाहान्छ त्यही बहन्छ । तर हामीले डुंगाका पालहरुलाई उठाउँन सक्छौ ताकि हावाको ऊर्जाले हाम्रा डुंगाहरुलाई दिशा दिन सकोस् । माथि उठेको र बाधिएको पालले हामीलाई ऊर्जा दिन र अगाडी बढ्न हावालाई अनुमति दिन्छ । यो उठेको पाल बिना हाम्रो वरिपरि घुमिरहेको हावाको ऊर्जाले हामीलाई कुनै फाईदा गर्दैन ।

आत्माको सन्र्दभमा पनि यो त्यस्तै हो । हाम्रो नियन्त्रण भन्दा बाहिर आत्मा जहाँ चाहान्छ त्यही जान्छ । जब आत्मा चल्छ तपाई आफै स्वमंलाई प्रभावित गर्नको लागि अनुमति दिन सक्नुहुन्छ ,  यसको जीवन शक्ति तपाईमा ल्याउन , तपाईलाई अगाडी बढाउन । यो मानिसको पुत्र हो , क्रुसमा चढाइएको , जो उठाइएको पित्तलको साँप हो वा हावामा उठेको पाल हो । जब हामी क्रुसमा चढेको मानिसको पुत्रमा विश्वास राख्छौ यसले आत्माको हामीलाई जिवन प्रदान गर्न अनुमति दिन्छ । तब हामी फेरी जन्मन्छौ — यो दोस्रो पटक आत्माबाट । तब हामी आत्मा—प्राणको जीवन प्राप्त गर्छौ । आत्माको प्राणले हामीलाई हाम्रो भित्र देखि द्धिज हुन शक्षम गर्दछ , केवल बाहिरी प्रतीकको रुपमा मात्र उपनयन जस्तो होइन ।

द्धिजमाथिबाट

यसलाई सँगै संक्षेपमा यहुन्नाको सुसमाचारमा यसरी ल्याइएको छः

12 केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो।
13 ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बद्लामा तिनीहरू परमेश्वरबाट जन्मेका

थिए।यहुन्ना १:१२—१३

बच्चा बन्नको लागि एउटा जन्मको आवश्यक हुन्छ , त्यस्तै ‘परमेश्वरको सन्तान ’ बन्न दोस्रो जन्म — द्धिजको वर्णन गर्दछ ।

द्धिजलाई विभिन्न अनुष्ठानहरु जस्तै उपनयनको माध्यमबाट संकेत गर्न सकिन्छ तर साचो आन्तरिक दास्रो जन्म  ‘मानव निर्णय’ द्धारा व्यवस्था गरिदैन । एउटा असल अनुष्ठान , जन्मको वर्णन गर्न सक्छ , हामीलाई यस जन्मको आवश्यकताको स्मरण गराउन सक्छ तर यसलाई ल्याउन सक्दैन ।  यो केवल इश्वरको आन्तरिक कार्य हो जब हामी ‘उहाँलाई ग्रहण गर्छौ’ र ‘उहाँको नाममा विश्वास गर्दर्छौ’ ।

प्रकाश र अन्धकार

पानी जहाजको भौतिकशास्त्र बुझ्नुभन्दा धेरै अघि, मानिसहरुले पालहरु प्रयोग गरेर हावाको शक्तिलाई उपयोग गरिरहेका छन् । यस्तै गरि हामी दोस्रो जन्मको लागि आत्माको उपयोग गर्न सक्छौ , चाहे हामीले यसलाई पुर्ण रुपमा नबुझेको भएता पनि । यो समझको अभाव होइन जो हामीलाई बाधा उत्पन्न गर्छ । येशूले शिक्षा दिनुहुन्छ कि यो हाम्रो अन्धकार प्रतिको प्रेम ( हाम्रा दुष्कर्महरु ) हुन सक्छ जसले हामीलाई सत्यको ज्योतिमा आउनदेखि रोक्छ ।

19 मानिसहरूको न्याय यही आधारमा गरिन्छः संसारमा ज्योति आएकोछ, तर मानिसहरूले ज्योतिको बद्लीमा अन्धकार मन पराए। किन? किनभने तिनीहरूले दुष्ट कामहरू गरिरहेका              

थिए।यहुन्ना ३:१९ 

यो हाम्रो बौद्धिक समझ भन्दा हाम्रो नैतिक प्रतिक्रिया हो जसले हामीलाई दोस्रो जन्म बुझ्नबाट रोक्दछ । बरु हामीलाई ज्योतिमा आउन सल्लाह दिइएको छ ।

21 तर त्यो जसले सत्यको बाटो पहिल्याएर अनि ज्योति तर्फ आउँदछ यसर्थ यो देखाइने छ कि उसको काम परमेश्वर मार्फत गरिएको हो।

यहुन्ना ३:२१

हामी हेर्छौ कि उहाँको दृष्टान्तले हामीलाई ज्योतिमा आउने बारेमा अझ कसरी सिकाउँदछ

कसरी मानवजाति अगाडि बढिरह्यो—मनु (नोआ) को वृतान्तबाट पाठ

हाम्रो योभन्दा पहिलाको लेखमा हामीले मानव इतिहासको ठीक सुरुवाततिर दिइएको मोक्षको प्रतिज्ञामाथि हेरेका थियौँ । हामीले यो कुरामा पनि ध्यान दियौँ कि त्यहाँ हाम्रो बारेमा त्यस्तो केही कुरो छ जसले हामीलाई भ्रष्टतातिर उन्मुख गराउँछ, जो हाम्रो कार्यमा इच्छित नैतिक व्यवहारप्रति अनि यहाँसम्म कि हाम्रो प्राणको स्वभावको गहिराइमा निशाना चुक्ने कुरामा देखिन्छ । हाम्रो वास्तविक स्वरूप वा स्वभाव जुन परमेश्वर (प्रजापति) द्धारा बनाइएको थियो त्यो बिगारिएको वा विकृत पारिएको छ । यद्यपि हामी अझै पनि विभिन्न रीतिरिवाजहरू, विभिन्न स्नान तथा प्रार्थनाहरू जस्ता धार्मिक कर्मकाण्डहरू गरेर त्यो फिर्ता पाउँनको लागि कडा परिश्रम गर्दछौँ तर भ्रष्टताको वास्तविकताले हामीलाई स्वभाविक तवरले शुद्ध हुनुपर्ने आवश्यकताको महसुस गराउँदछ जुन हामी उचितरूपमा प्राप्त गर्न सक्दैनौँ । प्रायजसो हामी पूर्ण शुद्धताको जीवन जिउनको लागि यो उतावचडावको संघर्षसँग निरन्तर लडाई लड्ने काममा थाक्दछौँ ।

तर यदि हामी यस भ्रष्टतालाई कुनै नैतिक संयमबिना अघि बढ्न दिन्छौँ भने हामी चाँडै एक दिन भ्रष्ट हुन्छौँ वा ढल्छौँ । यो मानव इतिहासको धेरै प्रारम्भमा भएको थियो । यो कसरी भयो त भन्ने बारेमा बाइबल (वेद पुस्तक) को सुरुको पाठले हामीलाई बताउँदछ । यो वृतान्त तपथ ब्राह्मणको साथमा समानान्तर पाइन्छ जुन वृतान्तले आज मानवजातिको मनु भनी चिनिने प्रजनक कसरी त्यत्रो मानवीय भष्टताको कारणले आएको जलप्रलयको न्यायमा एउटा ठूलो जहाजमा शरण लिएर जीवित रहेको थियो भन्ने बारेमा बताउँदछ । बाइबल (वेद पुस्तक) र संस्कृत वेद दुबैले हामीलाई आज संसारमा जीवित रहेका मानवजातिहरू ऊनै मनुको वंशबाट आएको हो भनी बताउँदछ ।

प्राचीन मनु—जसबाट हामी ‘म्यान’ भन्ने अंग्रेजी शब्द पाउँदछौँ

यदि हामीले अंग्रेजी शब्द ‘म्यान’ को व्युत्तपति स्वरूपमाथि हेर्छौँ भने यो जर्मनीको पूर्वबाट आएको पाउँदछौँ । टासिटस भन्ने एउटा रोमन इतिहासकार जो येशू ख्रीष्ट (येशू सत्संग) को समयको आसपासमा नै बाँचेका थिए उसले जर्मनको मानिसहरूका इतिहासको बारेमा जर्मनीया भन्ने एउटा पुस्तक लेखे । यस पुस्तकमा उनी यसो भन्छन् ः

तिनीहरूको पुरानो गाथागीत (जो उनीहरू सबैमा लिपिबद्ध र इतिहास हुन्) मा तिनीहरूले यस्तो ईश्वर जो पृथ्वीबाट उदाएर आयो र उनको पुत्र मनुष जो जातिका पिता तथा संस्थापक हुन् उनको लागि टियूस्टो भन्ने मनाउँदछन् । मनुषको लागि तीन वटा छोराहरू नियुक्त गर्दछन् जसको नामपछाडि धेरै मानिसहरू बोलाइन्छन् वा धेरै मानिसहरूले पुकार्छन् (टासिटस.जर्मनीया अध्याय २. १०० ई.स. मा लेखिएको)

शब्द व्युत्पत्तिशास्त्रीहरू हामीलाई बताउँदछन् कि यो प्राचीन जर्मनी शब्द ‘मनुष’ इंडो—यूरोपियन—पूर्व ‘मनुह’ (संस्कृतको मनुह, आवेस्ता मनुको साथ तुलना गर्नुहोस्) को व्युत्पत्ति शब्द हो । अर्को शब्दमा भन्नुपर्दा, अंग्रेजी शब्द ‘म्यान’ मनु भन्ने शब्दबाट आएको हो जसको लागि बाइबल (वेद पुस्तक) र सतपथ ब्राह्मण दुबैले हामी त्यहीबाट उत्पत्ति भएका हौँ भनी भन्दछन् ! त्यसैले आउनुहोस्, अब  हामी यो व्यक्तिमाथि ध्यान दिऔँ र हेरौँ कि हामी यसबाट के सिक्न सक्दछौँ । हामी सतपथ ब्राह्मणबाट संक्षेपीकरण गरेर सुरुवात गर्नेर्छौँ । केही व्याख्याहरू छन् जसको साथ यस वृतान्तसँग नमिल्ने भिन्न पक्षहरू पनि रहेका छन् । त्यसैले म मुख्य बुँदाहरूमा रहनेछु ।

संस्कृत वेदमा मनुको वृतान्त

वैदिक वृतान्तमा दिएअनुसार मनु एउटा धार्मिक मानिस थिए, जो सत्यको पछि लाग्ने गर्थ्यो। किनभने मनु सम्पूर्ण तरिकाबाट ईमान्दार थिए, ऊ सुरुवातबाट नै सत्यवर्ता (सत्य बोल्ने शपथ लिएको व्यक्ति) को रूपमा चिनिएका थिए।

सतपथ ब्राह्मणअनुसार (सतपथ ब्राह्मणको वृतान्त पढ्नको लागि यहाँ क्लिक गर्नुहोस्) एक अवतारले मनुलाई आउनेवाला जलप्रलयको बारेमा सचेत गराएका थिए । अवतार सुरुमा एउटा साफरी (एउटा सानो माछा) को रूपमा देखापर्यो जब उसले आफ्नो हात एउटा नदीमा धोयो । यस सानो माछाले उसलाई बचाइदिनको लागि मनुलाई आग्रह गरे अनि मनुले दयाले भरिएर त्यस माछालाई एउटा पानीको भाडामा हालिदिए । मनुले यसलाई ठूलो घैटामा राखिन्जेलसम्म यो झन झन ठूलो हुँदै बढ्दैगयो, अनि फेरि मनुले यसलाई एउटा कुवामा हालिदिए । यसरी बढिरहेको माछाको लागि यो कुवा पनि अपर्याप्त भएपछि मनुले फेरि उसलाई एउटा ठूलो पोखरी (जलासय) मा राखिदिए जुन पोखरी सतहबाट दुई योजन (१६ माइल) अग्लो, यतिकै लामो अनि एक योजन (८ माइल) चोडाई भएको थियो । माछा अझ अगाडि बढ्दैगएको हुनाले मनुले यसलाई नदीमा राख्नुप¥यो तर नदी पनि अपर्याप्त भएपछि उनले यसलाई एउटा महासागरमा राखिदिए । यसो गर्दा माछाले त्यस महासागरको पनि लगभग धेरैजसो भाग भरिदिए ।

यो त्यतिबेलाको कुरा हो जब अवतारले मनुलाई एउटा चाँडै आउनसक्ने विध्वंसकारी जलप्रलयको बारेमा जानकारी गराए । त्यसैले मनुले एउटा ठूलो जहाज बनाए जहाँ उसका परिवार, ९ प्रकारका बीउहरू, अनि पृथ्वीमा फेरि संख्याले भरिदिनको लागि जनावरहरू रहे, किनभने  जलप्रलयले विनास गरेपछिको महासागर र समुद्रहरू घटेपछि संसारलाई मानिस तथा जनावरहरूले पूनः भर्नु आवश्यक थियो । जलप्रलयको समयमा, मनुले आफ्नो जहाजलाई त्यस माछाको सिङ्गमा बाधिदिए जो एक अवतार पनि थिए । उनको जहाज जलप्रलयपश्चात् एउटा पहाडको टाकुरामा गएर अड्कियो । अनि ऊ पहाडबाट तल झर्यो र आफूले पाएको छुटकाराको निम्ति बलिदान तथा बलीहरू चढए । आज पृथ्वीमा रहेका सम्पूर्ण मानिसहरू ऊनैबाट आएका हुन् ।

बाइबलमा नोआको वृतान्त (वेद पुस्तक)

यस बारेमा बाइबल (वेद पुस्तक) मा दिइएको वृतान्तले पनि सोही घट्नाको वर्णन गर्दछ, तर यस वृतान्तमा मनुलाई ‘नोआ’ भनिएको छ । बाइबलबाट नोआको वृतान्त र जलप्रलयको बारेमा पूर्णरूपमा पढ्नको लागि यहाँ क्ल्कि गर्नुहोस् । आज धेरै मानिसहरूले नोआको कथा र जलप्रलयलाई अचम्मको अनि अविश्वसनीय पाउँदछन् । तर संस्कृत वेद तथा बाइबलको साथसाथै यस घटनाको स्मृति अन्य विभिन्न संस्कृतिहरू, धर्महरू र धेरै इतिहासहरूमा पनि सुंरक्षित रहेका छन् । पृथ्वी पत्रे चट्टानले ढाकिएको छ, जुनचाहिँ जलप्रलयको बेलामा बनिएका हुन् , यसरी हाम्रो माझमा जलप्रलयको भौतिक साथै मानवशास्त्रीय प्रमाण रहेका छन् । तर आज हाम्रो लागि सिकाई के हो त कि हामीले यस वृतान्तप्रति ध्यान दिनुपर्छ ?

हराउनु विपरित अनुग्रह प्राप्त गर्नु

जब म मानिसहरूसँग परमेश्वरले भष्टता (पाप) को कहाँसम्म न्याय गर्नहुन्छ, वा खासमा तिनीहरूको पाप र मेरो पापको परमेश्वरले न्याय गर्नहुन्छ वा गर्नुहुन्न भन्ने बारेमा बोल्छु तब म प्रायजसो यस्तो जवाफ पाउने गर्छु जस्तो, “म न्यायको बारेमा त्यति धेरै चिन्तित छैन किनभने परमेश्वर एकदमै धेरै अनुग्रही अनि दयालु हुनुहुन्छ, त्यसैले मलाईँ लाग्दैन कि उहाँले साँच्चिकै मलाईँ न्याय गर्नुहुन्छ ।” यस्तो सोचाईँको लागि यहाँ नोआ (मनु) को वृतान्त छन् जसबाट हामीले आफैलाई प्रश्न गर्नुपर्ने हुन्छ । पूरै पृथ्वी (नोआ र उनको परिवारबाहेक) लाई त्यस न्यायमा विनास गरिएको थियो । त्यसकारण उहाँको दया अनि कहाँ थियो त ? के त्यो दया जहाजमा रहँदा प्रदान गरिएको थियो ।

उहाँको दयामा एउटा जहाज प्रदान गरिएको थियो जुन जो कसैको लागि पनि उपलब्ध थियो । कोही पनि त्यस जहाजमा प्रवेश गर्न, दया प्राप्त गर्न र आउनेवाला जलप्रलयबाट सुरक्षा पाउँन सक्थ्यो । समस्या त यो थियो कि झण्डै सम्पूर्ण मानिसहरूले त्यस आइरहेको जलप्रलयप्रति अविश्वास प्रकट गरे ।  तिनीहरूले नोआको कामलाई हाँसोमा उडाए र त्यस न्याय जुन साँच्चिकै हुन आँटेको थियो त्यसप्रति विश्वासै गरेनन् । जसले गर्दा तिनीहरू जलप्रलयमा विनास पारिए, नष्ट पारिए । त्यसबेला तिनीहरू सबैले जहाजमा पस्नु आवश्यक थियो जसले गर्दा तिनीहरू न्यायबाट बच्नसक्दथे तर त्यसो गरेनन् ।

तिनीहरू जो पछि जीवित रहे तिनीहरूले अग्लो पहाडमा चढेर वा एउटा ठूलो डुङ्गा बनाएर त्यस जलप्रलयबाट बाँच्न सक्दथे भनेर सायद सोचेहोलान । तर तिनीहरूले त्यस न्यायको आकार र शक्तिलाई पूर्णरूपमा कम महत्वको सम्झिए वा गलत अनुमान लगाए । उनीहरूले सोचेका यस्ता ‘ठीक युक्तिहरू’ वा उत्तम विचारहरू त्यस न्यायको अगाडि पर्याप्त हुनेथिएन; तर तिनीहरूलाई अन्य केही चीजको आवश्यकता थियो जसले तिनीहरूलाई अझ राम्रो तवरले त्यस न्यायबाट सुरक्षित राख्नसक्थ्यो—त्यो चीज थियो जहाज । जब तिनीहरू सबैले त्यस जहाज बनिरहेको देखे त्योचाहिँ तिनीहरूको लागि आउँदै गरेको न्याय र त्यसबाट बच्नलाई उपलब्ध भएको दयाको एउटा स्पष्ट चिन्ह थियो । र यस नोआ (मनु) को उदाहरणमा विचार गर्दा यसले आज पनि उही कुरा बताउँदछ कि परमेश्वरले स्थापना गर्नुभएको प्रवन्धबाट दया प्राप्त गरिन्छ तर हामीले ठीक वा असल हो भनी सोचेका अन्य कुराहरू वा प्रवन्धबाट होइन ।

त्यसैले अब एउटा प्रश्न जन्मन्छ कि किन नोआले चाहिँ परमेश्वरको दया प्राप्त गर्यो त ? यसबारेमा तपाईँ बाइबलले एउटा पदावलीलाई कैयौँ पटक दोहोर्याएको देख्नुहुनेछ:

र परमेश्वरले आज्ञा गर्नुभएका सम्पूर्ण कुराहरू नोआले पूरा गरे

मलाईँ लाग्छ कि म जे बुझ्छु, वा जे मन पराउँछु वा जे कुरासँग सहमत छु म त्यो गर्न चाहन्छु । म यो कुरामा निश्चित छु कि त्यस आउनेवाला जलप्रलयको चेतना र जमिनमा त्यत्रो ठूलो जहाज बनाउनुपर्ने आज्ञा दिएको बेला नोआको दिमागमा अवश्य पनि धेरै प्रश्नहरू उब्जेका थिए । नोआले यस कुरामा तर्क गरेको हुनसक्छ भन्नेमा मलाईँ निश्चय छ कि ऊ एउटा असल र सत्यको खोजी गर्ने मान्छे भएका कारण उसले सायद त्यो जहाज बनाउने कामप्रति ध्यान दिन आवश्यक थिएन भन्ने सोचेका थिए होला । तर उसले यसबारेमा जे बुझेका थिए, जे गर्नमा उनलाई आरामदायी हुन्थ्यो, र उनलाई जे गर्दा अर्थपूर्ण लाग्थ्यो त्यो मात्रै नगरेर आज्ञा गरिएका सम्पूर्ण कुराहरू उनले पूरा गरे । हामीलाई अनुशरण गर्नको लागि यो नै सबभन्दा ठूलो उदाहरण हो ।

मुक्तिको ढोका

हामीलाई बाइबलले पनि यो बताउँदछ कि नोआ, उनको परिवार र जनावरहरू जहाजभित्र प्रवेश गरिसकेपछि

परमेश्वरले जहाजको ढोका बन्द गरिदिनुभयो । (उत्पत्ति ७ : १६)

एउटै ढोका भएको जहाजको नियन्त्रण तथा व्यवस्थापन गर्ने नोआ होइन तर परमेश्वर हुनुहुन्थ्यो । जब न्याय आयो अनि पानी जहाजको माथि माथि आउँन थाल्यो तब बाहिरका मानिसहरूले जत्ति नै जहाजमा ढकढक्याए पनि नोआलाई जहाजको ढोका खोल्न सम्भव थिएन । परमेश्वरले त्यो जहाजको ढोकामाथि नियन्त्रण जमाउनुभएको थियो । तर त्यसैबेला त्यस जहाजको ढोकालाई परमेश्वरले नियन्त्रण गर्नुभएको हुनाले बतास तथा पानीको ज्वारभाटा वा छालले बलपूर्वक खोल्न सक्दैन भन्ने कुरामा जहाजभित्र बस्ने जनहरू भने विश्वस्ततासाथ रहन सक्दथ्यो । तिनीहरू सबैजना परमेश्वरको रेखदेख र दयाको कारण ढोकाभित्र सुरक्षित थिए ।

परमेश्वरले यो सिद्धान्तलाई परिवर्तन नगर्नुभएको हुनाले उहाँले आज पनि हाम्रो माझमा त्यस सिद्धान्तलाई त्यसरी नै लागू गर्नुहुन्छ । बाइबलले हामीलाई अर्को आउनेवाला न्यायको बारेमा सचेत गर्दछ—र त्योचाहिँ आगोद्धारा आउने न्याय हो—तर नोआको चिन्हले हामीलाई यो कुरामा विश्वस्त तुल्याउँदछ कि उहाँले गर्ने न्यायको साथसाथै उहाँले हामीलाई दया पनि प्रदान गर्नुहुन्छ । तर त्यसको लागि हामीले एउटा ढोका भएको जहाजको खोजी गर्नुपर्छ जसले हामीलाई सुरक्षितसाथ ढाकेर राख्नुका साथै दया प्रदान गर्दछ ।

एकपटक फेरि बलिदानको व्यवस्था

बाइबलले हामीलाई यसरी बताउँदछ कि नोआले :

परमप्रभुको निम्ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पंक्षीमध्येबाट लिएर होमबलि चढए । (उत्पत्ति ८:२०)

हामीले पुरूषासूकतामा हेरेको बलिदानको ढाँचासँग यो बलिदान मिल्न जान्छ । मानौँ नोआ (मनु) ले जान्दथियो कि पुरूषाको बलिदान दिनुपर्थ्यो, त्यसैले परमेश्वरले एकदिन त्यसो गर्नु नै हुन्छ भन्ने कुरामा उनको भरोसा देखाउँदै उनले आउनेवाला बलिदानको चित्रको रूपमा पशुको बलि चढाए । वास्तवमा बाइबलले बताउँदछ कि ठीक यस बलिदानपश्चात् परमप्रभुले ‘नोआ र उनको छोराहरूलाई आशिष दिनुभयो’ (उत्पत्ति ९ः१) र अब फेरि मानिसहरूलाई जलप्रलयले कहिल्यै पनि न्याय गर्नुहुनेछैन भनी ‘नोआसँग करार बाँध्नुभयो’ (उत्पत्ति ९ः८) । त्यसैले यस्तो देखिन्छ कि नोआद्धारा उनले गरेको आराधनामा चढाइएको पशुको बलिदान एक महत्वपूर्ण बलिदान थियो ।

पूनर्जन्म—व्यवस्थाद्धारा वा…

वैदिक परम्परामा मनुचाहिँ मनुस्मृति को लागि स्रोत हो जसले एउटा व्यक्तिको जीवनमा उसको वर्णजातिको निर्धारण वा परामर्श गर्दछ । यजुर्वेद ले भन्दछ कि सबै मानिसहरू जन्ममा शुद्र वा सेवकको रूपमा जन्मन्छन् तर त्यस बन्धनबाट छुटकारा पाउँनको लागि हामीलाई दोस्रो वा नयाँ जन्मको आवश्यकता पर्दछ । मनुस्मृति विवादास्पद छन् र यसमा स्मृतिको बारेमा भिन्न दृष्टिकोण व्यक्त गरिएका छन् । यी सबै विवरणहरूलाई विश्लेषण गर्ने काम हाम्रो परिधिभन्दा धेरै परको कुरा हो । तर चाखलाग्दो कुरो जुन बाइबलमा दिइएको छ र जसको हामी यहाँ खोजी गर्दछौँ कि सामी मानिसहरू जो नोआको वंशबाट आएका थिए तिनीहरूले पनि दुईवटा मार्गहरू प्राप्त गरे जसमा एउटाद्धारा शुद्धता प्राप्त गरे भने अर्कोद्धारा पापबाट छुटकारा प्राप्त गरे । एउटा त्यस्तो मार्ग जसद्धारा एउटा व्यवस्था थियो जसमा पापबाट छुटकारा, स्नान गर्ने रीतिथिति जस्ता कर्मकाण्ड तथा बलि दिने कुराहरू समावेश थिए—जुनचाहिँ मनुस्मृतिसँग धेरै मात्रामा उस्तैउस्तै छन् । अर्को मार्ग भने धेरै मात्रामा रहस्यजनक थियो, र यस मार्गले पूनर्जन्म प्राप्त गर्नुभन्दा अगाडिको मृत्युलाई समावेश गरेको थियो । प्रभु येशूले पनि यस बारेमा शिक्षा दिनुभएको थियो । उहाँले उहाँको समयमा एक जना विद्धान् शिक्षित व्यक्तिलाई भन्नुभयो जुन यस्तो छ ः

येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु यदि कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।” (यूहन्ना ३:३)

हामी यसबारेमा अझ अगाडिको अरू लेखहरूमा हेर्नेछौँ, तर हामी बाइबल र संस्कृत वेदमा किन यस्ता प्रकारका समानताहरू रहेका छन् त भन्ने कुरामाथि पनि खोज गर्नेछौँ—त्योचाहिँ हाम्रो अर्को लेखमा हेर्नेछौँ ।