मोक्ष प्राप्त गर्नको लागि अब्राहामको साधारण तरिका

महाभारतले सन्तानहीन राजा पाण्डुले सामना गरेको संघर्षको बखान गर्दछ। ऋषि किन्दामा र उनकी श्रीमतीले सावधानीपूर्वक प्रेम गर्नका लागि हिरणको रूप लिएका थिए । दुर्भाग्यवस, राजा पाण्डु त्यतिखेर शिकार गर्दै थिए र संयोगबस  तिनीहरूलाई धनु लाग्यो । क्रोधित, किन्दामाले राजा पाण्डुलाई अर्को पटक आफ्नी पत्नीहरूसित यौन सम्बन्ध राख्दा मर्ने श्राप दिएका थिए । यसरी राजा पाण्डुलाई कुनै पनि बच्चा र उनका सिंहासनमा उत्तराधिकारी हुनबाट रोकियो । कसरी उनको वंशलाई यो खतराबाट बचाउने ?

पछिल्लो पुस्ता उही समस्याको समाधान गर्न राजा पाण्डुको जन्म आफै निराशाजनक  कार्य थियो। भूतपूर्व राजा, विचित्रवीर्य, ​​नि: सन्तान मरेका थिए त्यसैले एक उत्तराधिकारीको आवश्यक पर्‍यो। विचित्रवीर्यकी आमा सत्यवतीको विवाह विचित्रवीर्यका बुबा राजा शान्तनुसँग विवाह हुनु अघि उनको एउटा छोरा थियो । यस छोरा, व्यासालाई, विचित्रवीर्यका विधवा अम्बिका र अम्बालिकालाई गर्भधारण गर्न आमन्त्रित गरिएको थियो । पाण्डु व्यासा र अम्बालिका बीचको मिलनबाट जन्मेका थिए । राजा पाण्डु यस प्रकार व्यासका जैविक छोरा थिए तर नियोग  मार्फत पूर्व राजा विचित्रवीर्यका उत्तराधिकारी थिए, जहाँ पतिले मरेपछि वैकल्पिक पुरुषले बच्चा जन्माउन सक्दछन् । ठूलो आवश्यकताले निराशाजनक कार्यको  लागि बोलाएको थियो ।

राजा पाण्डु पनि त्यस्तै समस्याको सामना गरिरहेका थिए किनभने किन्दामाले उनीमाथि गरेको सरापको कारण । के गर्ने? फेरि, निराशाजनक कार्यको आवश्यक थियो । पाण्डुकी श्रीमती, रानी कुन्ती (वा पृथ) लाई  एक गोप्य मन्त्र  थाहा थियो (ब्रह्माणा दुर्वासाले उनको  बाल्यकालमा प्रकट गरेको) उनको देवताले उनलाई गर्भधारण गराए । त्यसैले रानी कुन्तीले यो गोप्य मन्त्र प्रयोग गरी तीन जना पाण्डव भाइहरू: युधिष्ठिर, भीम र अर्जुनलाई गर्भधारण गरिन ।  रानी कुन्तीकी सह-पत्नी रानी माद्रीले कुन्तीबाट यो मन्त्र प्राप्त गरे र उनले पाण्डव भाइहरू नकुला र सहदेवलाई पनि जन्म दिइन ।

निसन्तानको बाँकी जीवन जोडीहरूलाई ठूलो दु: ख ल्याउन सक्छ । देशको लागि उत्तराधिकारी खतरामा छ भन्ने कुरा सहन अझै कठिन हुन्छ । चाहे वैकल्पिक साथिहरू खोज्ने हो वा गोप्य मन्त्र लागू गरेर देवहरुलाई क्रियामा सार्न, यस्तो अवस्थामा निष्क्रिय रहन एक कठिन  विकल्प हो ।

ऋषि अब्राहामले ४००० वर्ष पहिले यस्तै अवस्थाको सामना गरे । उनले समस्या समाधान गर्ने तरीकालाई हिब्रू वेद पुष्थकन (बाइबल) मा एक नमुनाको रूपमा दिइएको छ त्यसैले हामीले यसबाट सिक्न बुद्धिमानी हुनेछ।

अब्रामको गुनासो

उत्पत्ति १२ मा उल्लेख गरिएको प्रतिज्ञादेखि अब्रामको जीवनमा कैयौँ वर्ष बितेर गएका छन् । अब्राम कनान देशमा गएका थिए (प्रतिज्ञाको भूमि) त्यस प्रतिज्ञाको आज्ञाकारितामा जो आज इस्राएल हो । उनले चाहेको छोरोको जन्म जसद्वारा यस प्रतिज्ञा पूरा हुन्थ्यो यसबाहेक अन्य धेरै घटनाहरू उनको जीवनमा घटे । त्यसैले हामी यहाँ अब्रामले गरेको गुनासोलाई लिदँछौँ :

त्यसपछि दर्शनमा अब्रामकहाँ परमप्रभुको यो वचन आयोः

“अब्राम तँ नडरा ।

तेरो ढाल म नै हुँ,

र तेरो इनाम अत्यन्त ठूलो हुनेछ ।”

तर अब्रामले भने, “हे परमप्रभु परमेश्‍वर तपाईँले मलाई के दिनुहुन्छ र ? किनभने म सन्तानविहीन नै छु, मेरो घरको उत्तराधिकारी दमस्कसको एलीएजर हुनेछ ।” अनि अब्रामले फेरि भने, “हेर्नुहोस् तपाईँले मलाइ सन्तान दिनुभएन, र मेरो घरमा जन्मेको दास नै मेरो उत्तराधिकारी हुनेछ ।” (उत्पत्ति १५:१—३)

परमेश्‍वरको प्रतिज्ञा

अब्राम त्यस समय परमेश्‍वरले ‘ठूलो जाति’ खडा गर्नेछु भनी ऊसँग प्रतिज्ञा गर्नुभएको भूमिमा पाल टाँगेर बस्दै आइरहेका थिए । तर त्यस समयसम्म केही पनि भएका थिएन र त्यस समयसम्म ऊ ८५ वर्ष बूढो भइसकेका थिए । परमेश्‍वरले ऊसँग गरेको प्रतिज्ञा पूरा नगरिरहेकोमा उसले परमेश्‍वरसँग गुनासो पोखे । यस विषयमा उनले परमेश्‍वरसँग गरेको वातचित यसरी अघि बढ्दछ :

तब परमप्रभुको यो वचन फेरि तिनीकहाँ आयो : “यो मानिसचाहिँ तेरो उत्तराधिकारी हुनेछैन, तर जो तेरो आफ्नै छोरा हुन्छ त्यही नै तेरो उत्तराधिकारी हुनेछ ।” अनि उहाँले तिनलाई बाहिर लगेर भन्नुभयो, “आकाशतिर हेरेर तारा गन्न सक्छस् कि सक्दैनस्, गनिहेर ।” उहाँले तिनलाई भन्नुभयो । “तेरा सन्तान पनि त्यस्तै हुनेछन् ।” (उत्पत्ति १५:४—५)

परमेश्‍वर र अब्रामको वार्तालापमा आकाशका अनगिन्ती ताराहरू झैँ —साँच्चै अति धेरै, तर गन्न नै गाह्रो हुनेगरी अब्राहामका सन्तान हुनलाई तिनले एउटा छोरा प्राप्त गर्नेछन् भनी घोषणा गर्दै परमेश्‍वरले आफ्नो पतिज्ञालाई नयाँ गर्नुभयो ।

अब्राहामको प्रतिजवाफ : पूजाको जस्तो स्थायी प्रभाव

अब यस कुराको बल भने अब्राहामको गोजीमा थियो । यस नयाँ गरिएको प्रतिज्ञाप्रति उनले कसरी प्रतिजवाफ दिन्छ होला ? जेसुकै यसको पछि आउँछ  त्यो सबभन्दा बढि महत्वपूर्ण वाक्यहरूमध्ये एक हुन आउँछ (किनकि यस वाक्यलाई अन्तमा कैयौँ पटक उद्धृत गरिन्छ) । यसले एउटा अपरिवर्तनीय वा स्थीर सत्यलाई बुझ्नको लागि आधार खडा गर्दछ । यसले यसरी भन्दछ कि :

अनि तिनले परमप्रभुमाथि विश्वास गरे, र यो तिनको निम्ति धार्मिकता गनियो ।   (उत्पत्ति १५:६)

यदि हामी यो वाक्यमा नामको ठाउँमा सर्वनाम राखेर बदल्छौँ भने यसलाई बुझ्न सायद अझ सरल हुन्छ, र यसलाई यसरी पढ्न सकिन्थ्यो :

अब्रामले परमप्रभुमा विश्वास गरे, र यो धार्मिकताको रूपमा परमप्रभुले अब्राममाथि थपिदिनुभयो । (उत्पत्ति १५:६)

यो एउटा यस्तो सानो र सामान्य वाक्य हो । यो कुनै ठूलै समाचारको प्रदर्शनी बिना नै आउँने र जाने गर्दछ, त्यसैले हामी यसलाई छुटाउने गर्दछौँ । तर यो वास्तवमा महत्वपूर्ण छ—र यसमा अनन्तताको बीउ निहित छ । किन त ? किनभने यो सानो वाक्यमा अब्राहामले धार्मिकता प्राप्त गर्दछ । यो एउटा पूजाको पूण्य प्राप्त गरेजस्तो हो जुन कहिल्यै पनि नाश भएर वा हराएर जानेछैन । धार्मिकता त्यस्तो एक— मात्र एक—गुण हो जुन हामीलाई परमेश्‍वरको अगाडि ठीकसित खडा हुनको लागि आवश्यक पर्दछ ।

हाम्रो समस्याको समिक्षा : भ्रष्टाचार

परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, यद्यपि हामीचाहिँ परमेश्‍वरको स्वरूपमा बनिएका थियौँ तर त्यस्तो केही चीजले त्यस स्वरूपलाई भ्रष्ट तुल्यायो । अब यसको न्यायचाहिँ यो दिइएको छ कि :

परमप्रभुले स्वर्गबाट मानिसका सन्तानलाई हेर्नुहुन्छ, यो जान्नलाई कि समझदार हुने र परमेश्‍वरलाई खोज्ने कोही छ ? किनकि तिनीहरू सबै कुबाटोतिर लागेका छन् , तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन् । कसैले असल गर्दैनन् अहँ असल गर्ने एकजना पनि छैन । (भजनसंग्रह १४:२—३)

यो भष्टतालाई हामी सहजै बुझ्न सक्दछौँ । यसकारणले गर्दा कुम्भमेला पर्वजस्ता थुप्रै पर्वहरूमा राम्रै तवरले भाग लिने गरिन्छ किनभने त्यसबाट हाम्रो पाप धोइ पखालिन्छ भनी हामी आवश्यक ठान्दछौँ । प्ररथा स्नाना (वा प्रतासना) मन्त्रले पनि यो हामी स्वयम्को बारेमा हो भनी यस विचारलाई व्यक्त गर्दछ :

म एक पापी हुँ । म पापको परिणाम हुँ । म पापमा नै जन्मिए । मेरो प्राण पापको अधिनमा छ । म सबभन्दा खत्तम पापी हुँ । हे परमप्रभु जसको आँखाहरू सुन्दर छन्, मलाईँ बचाउँनुहोस्, हे बलिदानका परमप्रभु ।

हाम्रो भ्रष्टताको परिणामचाहिँ हामीले आफूलाई धार्मिक परमेश्‍वरबाट अलग भएको पाउनु हो किनभने हामी आफैसँग धार्मिकता छैन । हाम्रो भष्टता हाम्रो नकारात्मक कामको वृद्धि गर्नेमा नै देखिन्छ—जसको सचेतता व्यर्थता अनि मृत्युको फल काट्नेमा नै हुन्छ । यदि तपाईँलाई शंका लाग्छ भने कुनै समाचारको मुख्य अंशलाई लिनुहोस् र बितेका २४ घण्टामा मानिसहरूका साथमा केकस्ता कुराहरू भए सो हेर्नुहोस् । हामी जीवनको निर्माण गर्ने जीवन निर्माताबाट छुट्टिएका छौँ र वेद पुस्तक (बाइबल) को ऋषि यशैयाको वचन सत्य सावित भएको छ ।

हामी सबै अशुद्ध मानिस झैँ भएका छौँ, र हाम्रा सबै धार्मिक काम फोहोर झुत्रा झैँ भएका छन्; हामी सबै पातझैँ ओइलाइहाल्छौँ र हाम्रा पापले हामीलाई बतासले झैँ उड्डाइलैजान्छ । (यशैया ६४:६, ७५० ईसापूर्वमा लेखिएको)

अब्राहाम र धार्मिकता

तर यहाँ परमेश्‍वर र अब्राहामको बीचमा भएको वातचितमा सुस्तरी चिप्लिएको र हामीले झण्डै गुमाउँन सक्ने कुरोचाहिँ अब्राहामले धार्मिकता प्राप्त गरेको थियो भन्ने परमेश्‍वरको घोषणा हो —जसरी परमेश्‍वरले अपेक्षा गर्नुभएको थियो । त्यसैले यो धार्मिकता प्राप्त गर्नको लागि अब्राहामले के गरे त ? एकपटक फेरि, पृथकतवरबाट हामी हाम्रो मुख्य कुरालाई गुमाउनसक्ने खतरामा छौँ, अब्राहामले विश्वास गरे भनेर यसले सजिलै अब्राहामको बारेमा भन्दछ । त्यति नै हो त ?! दबाउन नसकिने समस्या भ्रष्टता हामीसँग समस्याको रूपमा छ र युगौँदेखि हाम्रो प्राकृतिक झुकाव जटिल अनि कठीन धर्म, प्रयासहरू, पूजाहरू, नैतिकताहरू, तपस्वी कर्मकाण्डहरू, शिक्षाहरू आदि—धार्मिकताको प्राप्त गर्नको लागि देखिने गरेको छ । तर यो अब्राहाम भन्ने व्यक्तिले भने उपहारको रूपमा दिइएको धार्मिकता सजिलै उहाँमाथि ‘विश्वास’ गरेर प्राप्त गरे । यो धेरै साधारण थियो जसलाई हामी गुमाउँन सक्छौँ ।

अब्राहामले धार्मिकतालाई ‘कमाएन’; तर यो उसलाई ‘थपिइएको’ वा दिइएको थियो । त्यसोभए फरक के हो त? ठीक छ, यदि केही कुरा ‘कमाइन्छ’ भने तपाईँले यसको लागि मेहनतले काम गरेको हुनुपर्छ—अनि यसमा तपाईँ योग्य हुनुहुन्छ । योचाहिँ तपाईँले गरेको कामको ज्याला पाएजस्तो हो । तर केही कुरा तपाईँलाई थपिइन्छ भने त्योचाहिँ तपाईँलाई दिइएको हुन्छ । जसरी कुनै उपहार स्वेच्छाले दिइन्छ भने त्यो कमाइएको हुदैन र यसमा योग्य पनि हुदैन, तर यो सामान्यत प्राप्त गरिन्छ ।

परमेश्‍वरको अस्तित्वमाथि विश्वास गरेर, वा प्रशस्त असल र धार्मिक क्रियाकलापहरू गरेर धार्मिकता प्राप्त गरिन्छ भन्ने सोचाइबाट हामीमा धार्मिकताको बारेमा भएको साझा बुझाईलाई यो अब्राहामको वृतान्तले उल्टो पारिदिएको छ । यो अब्राहामले लिएको बाटो होइन । उनले परमेश्‍वरद्वारा उनलाई दिइएको प्रतिज्ञाप्रति विश्वास गर्ने कामलाई छानेको कारण उनलाई धार्मिकता थपिइयो वा दिइयो ।

बाइबलको बाँकि भागले हाम्रो लागि एउटा चिन्हको रूपमा यस जम्काभेटलाई उपयोग गर्दछ । परमेश्‍वरको प्रतिज्ञाप्रति अब्राहामको विश्वास, र प्रदान गरिएको धार्मिकताको परिणाम हामीले अनुशरण गर्नको लागि हामीलाई दिइएको एउटा पद्धति हो । सम्पूर्ण सुसमाचारको भाग हामीहरूमध्ये सम्पूर्णलाई परमेश्‍वरद्वारा दिइएको प्रतिज्ञामाथि आधारित छ । तर त्यसोभए धार्मिकता कसले पाउँदछ वा कमाउँदछ त ? यसबारेमा हामी हाम्रो अर्को लेखमा हेर्नेछौँ ।

सबै समय र सबै व्यक्तिको लागि तीर्थयात्रा: अब्राहमद्वारा आरम्भ गरिएको

यात्रा (पद यात्रा) का कटारागामा महोत्सव भारत को क्षेत्र भन्दा बाहिर जान्छ। यस तीर्थयात्राले भगवान मुरुगनको (भगवान कटारागामा, कार्तिकेय वा स्कन्द) तीर्थयात्राको स्मरणार्थ गर्दछ जब उनले आफ्नो अभिभावकको (शिव र पार्वती) हिमालयन घर छोड्दछन ,  स्थानीय केटी भल्लीको प्रेमको कारण श्रीलंकाको  यात्रामा। उनीहरूको प्रेम र विवाह श्रीलंकाको कटारागामा मन्दिरमा कटारागा पेराहेरा महोत्सवमा सम्झिन्छन्।

भक्तहरूले तीर्थयात्रा कहिलेकाँही चाडैं ४५ दिन पहिले  नै सयौं किलोमिटर यात्रा  गरेर कटारागामा पुग्न सुरु गर्छन्। युद्धका परमेश्वर भगवान मुरुगनको सम्झनामा धेरैले  भेल (भाला) बोक्दछन् जबकि उनीहरू आफूले जानेका सुरक्षित ठाउँ छोड्छन् र यस तीर्थयात्राबाट अज्ञाततिर लाग्छन्।

तीर्थयात्रीहरूले नयाँ चन्द्रमामा कटारागामा चाडपर्व सुरु गर्न कटारागामा पर्वतमा यात्रा गरेर तीर्थयात्रा पूरा गर्छन्। १४ दिन सम्म बेलुका भल्लीको मन्दिरमा मुरुगनको मूर्तिको रातको पेराहेरा मनाईन्छ। पूर्णिमाको अन्तिम बिहान चरमोत्कर्ष जल कटौती समारोहमा पुगेको हुन्छ जहाँ मुरुगनको मूर्ति मेनिक गंगा नदीमा डुबाईन्छ र यसको पवित्र पानी भक्तहरूमाथि खन्याइन्छ।

यस उत्सवको अर्को आकर्षण आगोमा हिंड्ने समारोह हो जहाँ भक्तहरू आगोको ज्वाला बलिरहेको कोइलाको आगोबाट निस्केर जान्छन्, अविश्वसनीय रूपमा तत्वहरूमाथि विजय पाउन आफ्नो विश्वास प्रदर्शन गर्दछन्।

मार्गनिर्देशन, आशिष्, चङाइ, र आफ्नो विश्वासको परीक्षणको लागि यस वार्षिक तीर्थयात्रामा विभिन्न भाषाहरू, धर्म र जातीय समुदायका मानिसहरू एकजुट हुन्छन्। यस सम्बन्धमा उनीहरू ४००० वर्ष पहिले अब्राहमले बसालेको ढाँचा अनुसरण गर्छन्। उहाँ तीर्थयात्रामा जानुभयो केहि महीना मात्र होइन, तर उहाँको सम्पूर्ण जीवन भरी नै । उनको तीर्थयात्राको प्रभावले तपाईंको जीवन र मेरालाई ४००० वर्ष पछि पनि असर गर्दछ। उहाँको  तीर्थयात्राबाट उहाँले परमेश्वरमाथिको विश्वास प्रदर्शन गर्नु पर्योपवित्र डाँडामा अविश्वसनीय बलिदान चढाउनुपर्यो। उहाँले समुद्रलाई काट्दै र आगोसँग हिँडेर सम्पूर्ण जातिलाई जन्म दिनुभयो  – जसले सम्पूर्ण दक्षिण एशियालाई असर गर्यो। उनको तीर्थयात्रा कसरी गतिमा स्थापित भयो भन्ने बुझ्दै आज हामीमा आशिष् र मार्गदर्शन प्रदान गर्ने ज्ञान प्राप्त गर्नका लागि हाम्रो सुरू हुन सक्छ। हामी अब्राहमको तीर्थयात्रा पत्ता लगाउनु अघि हामीले वेद पुष्थकनबाट केही प्रसङ्ग   पाउँछौं जुन उहाँको तीर्थयात्राको अभिलेख राख्दछ ।

मानिसको समस्यापरमेश्वरको योजना

हामीले योभन्दा अगाडिको लेखमा हेर्यौँ कि मानवजातिले सृष्टिकर्ता प्रजापतिको आराधना गर्ने कामलाई अन्य विभिन्न ताराहरू तथा ग्रहहरूलाई आराधना गरेर भ्रष्ट तुल्याएका थिए । यसकारणले गर्दा प्रजापतिले मनु÷नोआ (जो जलप्रलयमा बाँचेका थिए) को तीन जना छोराहरूको वंशलाई उनीहरूका भाषा खलबल पारेर छरपष्ट पारिदिनुभयो । त्यसैले आज विश्वमा धेरै राष्ट्रहरू भाषाको कारणले वा भाषाको आधारमा छुट्टिएर रहेका छन् । मानवजातिले विगतमा जिएका साझा जीवन वा इतिहासको प्रतिध्वनिलाई आज संसारभरी प्रयोग गरिने 7 दिनको हप्तामा तथा त्यस महान जलप्रलयको फरक स्मरणमा देख्न सकिन्छ ।

प्रजापतिले इतिहासको सुरुमा नै प्रतिज्ञा गर्नुभएको थियो कि एउटा सिद्ध मानिसको बलिदानद्वारा ‘विद्वान मानिसले अमरत्व प्राप्त गर्न सक्थ्यो’ । यो बलिदानलेचाहिँ हाम्रो बाहिरी भागलाई मात्रै शुद्ध गर्नुभन्दा पनि भित्री भागलाई शुद्ध गर्ने एउटा पूजाको रूपमा काम गर्न सक्दछ । यद्यपि, सृष्टिकर्ताको आराधनालाई भ्रष्ट तुल्याइएसाथ भर्खरै छरपष्ट पारिएका ती नयाँ राष्ट्रहरूले सुरुको प्रतिज्ञालाई बिर्सिरहेका थिए । यो प्रतिज्ञालाई आज संसारमा प्राचीन ऋग्वेद र वेद पुस्तक–बाइबलमा समेत गरेर अन्य केही मुठ्ठिभरको स्रोतहरूमा स्मरण गर्ने गरिन्छ ।

त्यसैले प्रजापतिले एउटा योजना बनाउँनुभयो । यो योजनाचाहिँ तपाईँ र मैले सोँचेजस्तो वा आशा गरेजस्तो थिएन किनभने यो योजना (हाम्रो लागि) वस्तुको परिवर्तन गर्ने काममा एकदमै सानो र अमहत्वपूर्ण देखिन्थ्यो । तर योजना यही नै थियो जुन उहाँले चुन्नुभयो । यो योजनाले ईसापूर्व २००० वर्ष (४००० वर्ष अगाडि) तिर एउटा मानिस र उसको परिवारको बोलावट तथा ऊ र उनका वंशहरूलाई आशिष प्राप्त गर्ने कामलाई चुनेमा उसलाई दिने आशिषको प्रतिज्ञालाई समेटेको पाइन्छ । यसबारेमा बाइबलले कसरी वृतान्त प्रस्तुत गर्दछ भन्ने बारेमा यहाँ दिइएको छ ।

अब्राहामलाई दिइएको प्रतिज्ञा

परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश र तेरो कुटुम्ब तथा तेरो पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा ।”

“म तँबाट एउटा ठूलो जाति खडा गर्नेछु, र तँलाई आशिष दिनेछु; म तेरो नाउँ प्रसिद्ध गराउँनेछु, र तँ आशिषको मूल हुनेछस् । तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु, र तँलाई सराप दिनेहरूलाई म सराप दिनेछु, तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउँनेछन् ,”

४ त्यसैले परमप्रभुले भन्नुभएबमोजिम अब्राम गइहाले, र लोत पनि तिनीसँग गए । हारानबाट निस्केर जाँदा अब्राम पचहत्तर वर्षका थिए । ५ अब्राम, तिनकी पत्नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्मा गरेका सबै धन–सम्पत्ति र हारानमा प्राप्त गरेका मानिसहरूलाई लिएर कनान देशमा

जानलाई निस्के, अनि त्यहाँ पुगे…७ परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो र त्यसलाई भन्नुभयो “म तेरा सन्तानलाई यो देश दिनेछु ।” यसैले तिनीकहाँ देखा पर्नुभएको परमप्रभुको निम्ति तिनले त्यहाँ एउटा वेदी बनाए ।

हामीले दुःखको जीवन जिएको बेलामा हामीलाई आशा दिनलाई त्यस दुःखलाई हस्तक्षेप गरेर प्रशस्त वास्ता गर्नुहुने व्यक्तिगत परमेश्वर हुनुहुन्छ भन्ने बारेमा आज हामीहरूमध्ये धेरैजना अलमलमा वा चकित अवस्थामा रहेका छौँ । हामी यस वृतान्तको माध्यमबाट यो विचारलाई जाँच गर्न सक्छौँ किनभने यसमा एउटा खास व्यक्तिको साथमा एउटा व्यक्तिगत प्रतिज्ञा बाँधिएको छ जसको भागहरूलाई हामी पुष्टि गर्न सक्दछौँ । यस वृतान्तले यो कुराको उल्लेख गर्दछ कि परमप्रभुले अब्राहामलाई ‘म तिम्रो नाउँ प्रसिद्ध पार्नेछु’ भनी सिधै भन्नुभयो । आज हामी २१ औँ शताब्दिमा रहेका छौँ—जुनचाहिँ ४००० वर्षपछि हो— तर पनि अब्राहाम/अब्रामको नाम इतिहासमा विश्वभरी सबभन्दा बढि चिनिने नामहरूमध्ये एक हो । यो प्रतिज्ञा शाब्दिक, ऐतिहासिक तथा सहीरूपमा सत्य सावित भएको छ ।

सबभन्दा पहिला भेटिएको बाइबलको पत्र वा भाग मृत सागरको पत्रको मुठ्ठाबाट आएको हो जुन २०० देखि १०० ईसापूर्वमा लेखिएका थिए । जसको अर्थ यो हुन्छ कि यस प्रतिज्ञाको लिखित स्वरूप लेखनकालको सबभन्दा प्रारम्भिक समयमा नै दिइएको थियो । तर २०० ईसापूर्वमा अब्राहाम भन्ने व्यक्ति र उनको नाम अझै पनि राम्ररी चिनिएको थिएन तर अल्पसंख्यक यहूदीहरूको सानो समूहमा मात्रै चिनिएको थियो । त्यसैले हामी यस कुराको पुष्टि गर्न सक्दछौँ कि उसको पूर्णता केवल तब आयो जब यसलाई नविनतम समयमा लेखियो । प्रतिज्ञा पूरा हुने काम यो भएपछि मात्रै यसलाई लेखेर पूरा भएको घटना होइन ।

…उहाँको महान् जातिको कारण

जुन कुराले समानतवरले आश्चर्यचकित पार्दछ त्यो यो हो कि अब्राहामले उसको जीवनमा त्यस्तो एकदमै उल्लेखनीय काम गरेन—जुन कामले सामान्यतया एउटा मानिसको नामलाई उच्च वा प्रसिद्ध तुल्याउँदछ । उनले त्यस्तो असाधारण कुरा लेखेनन् (जसरी व्यासले महाभारत लेखे), उनले त्यस्तो ठूलो उल्लेखनीय भवनको निर्माण पनि गरेनन् (जसरी शाहजहाँले ताजमहल निर्माण गरे), उनले कुनै प्रभावशाली सैन्य सीप भएको सैनिक समूहलाई पनि नेतृत्व गरेनन् (जसरी भागवत गीतामा अर्जुनले गरे) न त उनले राजनैतिक तवरले नै नेतृत्व गरे (जसरी महात्मा गान्धीले गरे) । उनले राजा भएर कुनै राज्यमाथि शासन पनि गरेनन् । वास्तवमा उनले मरूभूमिमा पाल टाग्ने र प्रार्थन गर्ने अनि एउटा छोरोको जन्म दिनेबाहेक अन्य केही पनि गरेनन् ।

यदि तपाईँ उसबेलाको समयमा हुँदो हो त कोचाहिँ हजारौँ वर्ष पछिसम्म इतिहासमा स्मरण गरिनेछन् भन्ने कुरामा तपाईँ राजाहरू, सेनापतिहरू, योद्धाहरू, वा दरवारका कविहरू रहनेछन् भनी भविश्यवाणी गर्नुहुन्थ्यो होला । तर तिनीहरू सबैलाई बिर्सिइएका छन्—तर एकजना मानिस जसले बडो कठिनाईसाथ आफ्नो परिवारलाई मरूभूमिमा पालनपोषण गर्ने कोशिश गरे आज उनको नाउँ नै संसारभरी स्मरण गरिन्छ । उसको नाउँ यसकारणले प्रसिद्ध छन् किनकि त्यो जाति जो उसद्वारा निक्लेर आयो उसको वृतान्तको स्मरण राख्दछ— अनि व्यक्तिहरू तथा जातिहरू जो उसद्वारा निक्लिआयो त्यो एक महान् जाति बन्यो । यो ठ्याक्कै त्यही परमेश्वरको प्रतिज्ञाको उत्तर थियो जुन धेरै वर्ष अगाडि अब्राहामसँग यसो भनेर बाँधिएको थियो (म तँबाट एउटा ठूलो जाति खडा गर्नेछु…म तेरो नाउँलाई उच्च पार्नेछु ) । मलाईँ लाग्छ कि कोही पनि सबै इतिहासमा प्रसिद्ध छैनन् जोहरू छन् उनीहरू अब्राहामबाट निक्लेर आएका वंशका कारण प्रसिद्ध भएका छन् तर आफ्नो जीवनमा गरेका महान् कामका कारणबाट होइनन् ।

…प्रतिज्ञा गर्नेको इच्छाको माध्यमबाट

आज जुन मानिसहरू अब्राहामको वंशका हुन्—यहूदी—जसलाई हामी बडो महानताको साथमा सम्बद्ध गर्दछौँ तिनीहरू वास्तवमा कहिल्यै पनि एउटा जातिको रूपमा थिएनन् । तिनीहरूले कहिले पनि इजिप्टका मानिसहरूले जस्तो पिरामिड—अनि निश्चित रूपबाट बनाएको ताजमहल जस्ता ठूलाठूला वास्तुशिल्पको निर्माण पनि गरेनन् न त तिनीहरूले ग्रीकहरूले जस्तो कुनै दर्शनशास्त्र नै लेखे न त बेलायतीहरूले जस्तो वृहत क्षेत्रहरूमाथि प्रशासनिक अड्डा नै जमाए । यी राष्ट्र वा जातिहरूमध्ये सबैले यस्ता कार्यहरू आफ्ना विश्वशक्ति साम्राज्यको सन्दर्भमा गरे कि तिनीहरूको विस्तारित सिमानालाई तिनीहरूका असाधारण सैन्यशक्तिको कारण टाढाटाढासम्म फैलाए—यस्तो यहूदीहरूले कहिले पनि गरेका थिएनन् । यहूदी मानिसहरूको महानता धेरैजसो व्यवस्था तथा धर्मपुस्तक (वेद पुस्तक वा बाइबल) को कारणबाट भएको हो जुनको तिनीहरूले आफ्नै जातिका केही उल्लेखनीय व्यक्तिहरूद्वारा जन्म दिएका थिए; अनि तिनीहरू हजारौँ वर्षपछिसम्म एउटा भिन्न र केही हदसम्म फरक मानिसहरूको समूहको रूपमा रहे । वास्तवमा तिनीहरूको प्रसिद्धि वा महानता तिनीहरूले गरेका कुनै पनि कुराहरूका कारणबाट भएका होइनन्, तर जे कुरा तिनीहरूका साथमा र तिनीहरूका माध्यमबाट गरिए त्यसका कारणबाट भएका हुन् ।

आउनुहोस् अब यस प्रतिज्ञालाई अगाडि बढाइरहेको कारणलाई हेरौँ । त्यस अबस्थामा यसले स्पष्ट प्रकारले बारम्बार यो कुरालाई भन्दछ कि “म गर्नेछु…।” इतिहासमा अद्धितीयतवरले प्रस्तुत गरिएको तिनीहरूका महानता वा प्रसिद्धि एकपटक फेरि यस घोषणामा यस्तो उल्लेखनीय तरिका छ कि उहाँ सृष्टिकर्ता जो यसलाई पूर्ण गर्नुहुन्छ न कि यस ‘महान जाति’ को कुनै अन्तर्निहित योग्यता, विजय वा सामर्थ्य आदि मननयोग्य कुराहरू हुन् कि आजको संसारमा संचारमाध्यम आफ्नो बहुत अधिक ध्यानलाई इस्राएल, आधुनिक यहूदी जातिको घटनामाथि केन्द्रित गर्दछ । आज संचारमाध्यमको ध्यान विश्वका इस्राएल, आधुनिक यहूदी जातिमाथिका घटनाहरूमा खिचिएको छ । के आज तपाईँले नियमिततवरबाट हंगेरी, नर्वे, पपुवा न्यू गिनी, बोलिभिया, वा मध्य अफ्रिकी गणराज्य जस्ता विश्वमा उस्ताउस्तै आकार भएका देशहरूका बारेमा कुनै समाचार सुन्नुहुन्छ ? तर आज एक करोड जनता मात्रै भएको एउटा सानो देश इस्राएलको बारेमा लगातार र नियमित तवरले समाचारमा सुन्ने गरिन्छ ।

इतिहासमा वा मानवीय घटनामा त्यस्तो कुनै अन्तर्निहित कुरा छैन जो यस प्राचीन प्रतिज्ञाको ठीक उस्तै प्रकारले खोलेर राख्ने कारण बन्न सक्छन् कि यस प्राचीन व्यक्तिको साथमा घोषणा गरिएको थियो, किनकि उसले यस प्रतिज्ञामाथि विश्वास गर्दै विशेष तरिकामा चल्ने कामलाई चुनेका थिए । त्यस सम्भावनालाई सोच्नुहोस् जसमा यस प्रतिज्ञा केही तरिकाबाट असफल रहन सक्दथ्यो । तर यो खुल्ला रह्यो र निरन्तर खुल्ला नै रह्यो, जसरी ती हजारौँ वर्ष अगाडि घोषणा गरिएका थिए । वास्तवमा भन्ने हो भने यस घटना एकदम मजबुत रहेको छ किनकि यो पूर्णरूपबाट प्रतिज्ञा गर्नेवालाको सामर्थ्य र अधिकारमाथि आधारित छन् र जसद्वारा यो पूर्ण भएका छन् ।

त्यो पैदलमार्ग जसले अझ पनि संसारलाई हल्लाइदिन्छन्

This map shows the route of Abraham's Journey
यो नक्साले अब्राहामको यात्रालाई देखाउँदछ

बाइबलले यो कुरा उल्लेख गर्दछ कि “त्यसैले परमप्रभुले भनेबमोजिम अब्राम त्यहाँबाट निक्लिगयो” (पद ४) । उनले पैदलमार्ग भएर यात्रा गरे जुनचाहिँ यस नक्सामा देखाइएको छ जसले अझसम्म पनि इतिहास बनाइरहेका छन् ।

हाम्रो लागि आशिष

तर यो यतिमा मात्रै समाप्त हुँदैन किनभने यस प्रतिज्ञाको साथमा अन्य केही कुराहरू पनि प्रतिज्ञा गरिएका छन्। आशिष अब्राहामको लागि मात्रै होइन किनभने यसले यो पनि भन्दछ कि :

“तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउँनेछन्” (पद ४)

यसमाथि तपाईँ र मैले ध्यान दिन आवश्यक छ । हामी आर्यन, द्रविड, तमिल, नेपाली या त अन्य जे हौँ; हाम्रो जाति जे भए पनि; हाम्रो धर्म जे भए पनि, हिन्दू होस्,मुसलमान होस्, जैन होस्, सिख होस् वा इसाई नै किन नहोस त्यसले केही फरक पार्दैन, त्यस्तै गरेर हामी धनी छौँ वा गरिब, स्वस्थ छौँ वा अस्वस्थ, पढ्नलेख्न सक्छौँ वा सक्दैनौँ — ‘पृथ्वीका सबै मानिसहरू’ भन्नाले तपाईँ लगायत म पनि समावेस गरिएको भन्ने हुन्छ । आशिषको लागि यस प्रतिज्ञाको क्षेत्रले विगतदेखि आजसम्म जीवित रहेका जो तपार्इँ हामी नै हौ प्रत्येक जनालाई समेट्नु पर्दछ । तर कसरी त ? अनि कहिले त ? र कस्तो प्रकारको आशिष ? यी कुराहरूलाई यहाँ स्पष्टसँग उल्लेख गरिएका छैनन् तर यो केही कुराको जन्म भने अवश्य हो जसले तपाईँ साथै मलाईँ पनि प्रभाव पार्दछ ।

हामीले मात्रै ऐतिहासिक तथा शाब्दिक तवरले पुष्टि गरेका छौँ कि परमप्रभुले अब्राहामलाई गर्नुभएको प्रतिज्ञाको पहिलो खण्डचाहिँ सत्य सावित भएका छन् । त्यसो हो भने तपाईँ र मलाईँ उहाँले गर्नुभएको प्रतिज्ञाको खण्ड पनि सत्य सावित हुनेछन् भन्ने कुरामा भरोसा गर्ने के हामीसँग पनि असल तथा ठीक कारणहरू छैनन् र ? किनभने यो सत्यतवरबाट विश्वव्यापी र अपरिवर्तनीय प्रतिज्ञा हो । तर हामीले यस प्रतिज्ञाको सत्यलाई बुझ्नको लागि यसलाई खोल्नुपर्दछ । यस प्रतिज्ञाले हामीलाई कसरी छुनसक्छ भन्ने कुरा बुझ्नको लागि हामीलाई अन्तर्निहित ज्ञानोदयको आवश्यकता पर्दछ । अनि हामी यो ज्ञानोदयचाहिँ अब्राहामको यात्रामाथिको निरन्तर अनुशरणबाट पाउँदछौँ । संसारभरीका धेरै मानिसहरूले मोक्षको साचो प्राप्त गर्नको लागि कडा परिश्रम गरिरहेका छन्, जुन साचो यस विलक्षण मानिसको वृतान्तलाई निरन्तर अनुशरण गरेको खण्डमा हामीहरूमध्ये सबैलाई उजागर गरिएको छ ।