छोड़कर सामग्री पर जाएँ

दक्षिण एशियाली भाषाहरू यो देखाउनको लागि की यो साइट के को बारेमा हो

यदि अवधारणाहरुको भिन्नताहरूलाई ठीकसँग बुझिएन भने सम्बन्धित अवधारणाहरूले भ्रम पैदा गर्न सक्दछ। दक्षिण एशियाली भाषाहरूले यसको राम्रो उदाहरण प्रदान गर्छन्।

धेरै पश्चिमीहरूले हिन्दी (भाषा) र हिन्दू (धर्म वा धार्मिक जीवन शैली) को बीच भिन्नता राख्दैनन्। यी शब्दहरू समान लाग्दछन् र “दुबै भारतबाट आएका हुन्” यसैले तिनीहरू सोच्छन् की यिनीहरू एकै जस्ता हुन्। तपाईले “उहाँ हिन्दू बोल्नुहुन्छ” र “उनी एक हिन्दी हो” भन्ने शब्दहरू सुन्नुहुनेछ, जो शब्दहरू प्रति उनीहरूको गलत बुझाइलाई दर्शाउँछ।

केही पश्चिमीहरू लाई यो पनि थाहा छैन कि दक्षिण एशिया भरि धेरै भाषाहरू बोलिन्छ। प्रायः यो मानिन्छ कि सबैजना “त्यहाँ” हिन्दी (वा हिन्दू) बोल्छन् । लाखौंले मलयालम, तमिल, तेलुगु , ओडिया, मराठी, बंगाली, गुजराती, कन्नड, पंजाबी, नेपाली आदि जस्तो विविध भाषाहरू बोल्छन् भनेर उनीहरूले प्रशंसा गर्दैनन्।

यसमा कुनै शंका छैन की हिन्दू धर्मले हिन्दीलाई प्रभाव पारेको छ र हिन्दू अवधारणाहरू प्राय: हिन्दीमा व्यक्त हुन्छन्। यद्यपि ,त्यहाँ धेरै हिन्दी भाषी छन् जो हिन्दु होइनन्। त्यस्तै हिन्दू भक्तहरूले अन्य भाषाहरू (तमिल, मलयालम, आदि) मा पनि प्रार्थना र पूजा गर्दछन्। यिनी दुई एक अर्कोमा मिल्दोजुल्दो छ र यि एक अर्कालाई प्रभावित गर्दछन् – तर ती उस्तै होइनन।

दक्षिण एशियाई भाषाको लिपिहरू

यद्दपि यी भाषाहरू, विविध भए पनि, तिनीहरूको इतिहासले एकताबद्ध गरेको छ। दक्षिण एशियामा पाइने सबै प्रकारको लेखन प्रणालीहरु ब्राह्मी लिपिबाट आउँदछ। यो लिपि ईसा पूर्व पहिलो सहस्राब्दीको मध्य पूर्वमा प्राचीन फोनोशिया (=पालियो-हिब्रू) बाट निकालिएको थियो।

प्राचीन मोहरमा फोनिशिया लिपि ( =पालियो – हिब्रू) लाई अंकित गरिएको छ

यो लिपि कसरी दक्षिण एशियामा आएको भन्ने स्पष्ट छैन, यद्यपि एशियामा हिब्रूहरुको निर्वासनमा आधारित एक प्रमुख सिद्धान्त यो कुराको तर्क प्रस्तुत गर्दछ।  ब्राह्मी लिपि दुई मुख्य समूहहरु :उत्तरी र दक्षिणी ब्राह्मी लिपिमा विभाजित छ। उत्तरी ब्राह्मी लिपि देवनागरी र नन्दिनागरीमा विकसित भयो जुन संस्कृत र उत्तरी भारतका भाषाहरू (हिन्दी, मराठी, गुजराती, बंगाली, नेपाली, पंजाबी) बन्यो। द्रविड भाषाहरूले दक्षिणी ब्राह्मी लिपिलाई अपनायो, जुन आज मुख्यतया तमिल, तेलुगु, कन्नड र मलयालममा सुनिन्छ।

ईसाई धर्म र सुसमाचार पनि एक जस्तो समान छैन

जस्तो हिन्दी र हिन्दूले एक अर्कालाई प्रभाव पारेका छन्, तर यी उस्तै छैनन्, ठीक यस्तै सुसमाचार र ईसाई धर्ममा पनि छ। ईसाई  धर्म भनेको एउटा सन्देशको सांस्कृतिक प्रतिक्रिया हो। यसैले त्यहाँ ईसाई धर्ममा रिति – रिवाज, मान्यताहरु र प्रचलनहरु छन् जुन सुसमाचारको पुस्तकमा छैनन्। उदाहरणको लागि, ईस्टर र क्रिसमसको प्रसिद्ध पर्वहरू लिनुहोस्, जुन सायद ईसाई धर्मलाई सबैभन्दा धेरै प्रतिनिधित्व गर्दछ। यी चाडपर्वहरूले येशू ख्रीष्टको जन्म, मृत्यु र पुनरुत्थान, र सुसमाचारको पुस्तकमा प्रकट गरिएको परमेश्वरको अवतारलाई स्मरण गराउँदछ। तर यसमा कतै पनि सुसमाचारको सन्देश छैन, वा न वेद पुस्तक (बाइबल) ले यी चाड़हरूको बारेमा कुनै सन्दर्भ वा यसलाई मनाउने आदेश गर्दछ। सुसमाचार र ईसाई धर्म बीचमा मिल्दोजुल्दो त छ तर तिनीहरू समान छैनन्। वास्तवमा, सम्पूर्ण बाइबल (वेद पुस्तक) मा केवल तीन पटक मात्र ‘ईसाई’ शब्दको उल्लेख भएको पाईन्छ।

जस्तो कि दक्षिण एशियाली भाषाहरूको लिपिको विकासमा लामो र जटिल इतिहास छ, ठीक त्यस्तै नै सुसमाचार पनि ईसाई धर्मको तुलनामा धेरै पुरानो हो। सुसमाचारको सन्देशको घोषणा मानव इतिहासको सुरुमा नै गरिएको थियो, यसप्रकार यो ऋग्वेदको सब भन्दा पुरानो भागहरूमा देखा पर्दछ। अब्राहमले यसलाई ४००० बर्ष अघि गतिमान गर्दै स्थापित गरेका थिए, जसका वंशजहरुले दक्षिण एशियामा (अ) ब्राह्मि लिपि ल्याए। दक्षिण एशियाई भाषाहरू जस्तै, सुसमाचारले विभिन्न लिपिहरूको विस्तार गर्यो, जुन आए र गए , र यस्तो साम्राज्यहरू जुन उदय भए र समाप्त भए। तर शुरुदेखि नै यसको क्षेत्र सबै राष्ट्रका मानिसहरुका लागि थियो, चाहे तिनीहरूको संस्कृति, भाषा, लिंग, जाति वा सामाजिक स्थिति फरक किन नहोस् । सुसमाचार एक प्रेम कथा हो ,जसको समापन एक विवाहको साथ हुन्छ

सुसमाचार के को बारेमा हो?

यो वेबसाइट सुसमाचारको  बारेमा हो, ईशाई धर्मको  बारेमा होइन। मूल रूपमा सुसमाचारको वर्णन गर्न प्रयोग गरिएका शब्दहरू मार्गसीधा मार्ग (धर्मको बारेमा विचार गर्नुहोस्) हुन् । जसले सुसमाचार लाई अनुसरण गर्दछन्, तिनलाई विश्वासी,चेला (भक्तको बारेमा विचार गर्नुहोस्) भनिन्छ । सुसमाचारको केन्द्रीय धारणा भनेको एक व्यक्ति, नासरतका येशू, परमेश्वरको अवतार , गुरु हुनुहुन्छ जसले तपाई लाई र मलाई लाई भक्ति प्रदर्शन गर्नुभयो। उहाँको आगमनको योजना समयको शुरुबाट नै बनाइएको थियो। उहाँलाई बुझ्नु एक योग्य विषय हो ,चाहे कुनै एक बेक्ति हिन्दू, मुस्लिम, ईसाई, सिख, वा कुनै अर्को धर्मको किन नहोस् – वा नास्तिक नै किन नहोस् ।

यदि तपाईं जीवनको बारेमा ,पाप मृत्युबाट मुक्ति र परमेश्वरसँगको सम्बन्ध , सुसमाचारको विषयवस्तुहरूको बारेमा आश्चर्य मान्नुहुन्छ भने, यो वेबसाइट तपाईंको लागि हो। ईसाई धर्मको संस्कृतिलाई पन्छाएर, तपाईंले पाउनुहुनेछ कि सुसमाचार धेरै रोचक र पर्याप्त सन्तोषजनक हुनेछ। तपाईं निम्न दक्षिण एशियाई भाषाहरूमा अन्वेषण गर्न सक्नुहुनेछ: अंग्रेजी, हिन्दी, रोमानागरी, बंगाली, मराठी, गुजराती, पंजाबी, नेपाली, कन्नड, तमिल, तेलुगु, मलयालम।