सर्वप्रथम मेरो बारेमा केही मुख्य जानकारी…मेरो नाम रागनर हो । यो स्वीडिश नाम हो तर म क्यानडामा बस्छु । म विवाहित व्यक्ति हुँ र हाम्रो एउटा छोरो पनि छ । मैले टोरन्टो विश्वविद्यालय, न्यू ब्रनस्विक विश्वविद्यालय र अकाडिया विश्वविद्यालयमा अध्ययन गरेँ ।
म एक मध्यम वर्गीय व्यवसायी परिवारमा हुर्केँ बढें। हामी मूलरूपमा स्वीडेनका हौँ तर त्यहाँबाट क्यानडामा बसाइ सरेका हौँ जतिबेला म जवान थिएँ । अल्जेरिया, जर्मनी र क्यामरुन लगायत अन्य विभिन्न देशहरूमा म हुर्केँ र अन्तमा उच्च शैक्षिक अध्ययनको लागि फेरि क्यानडा नै फर्किएँ । मेरी आमा भारतमा जन्मनुभएको थियो र त्यही नै वहाँ हुर्किबढी ठूली हुनुभयो । वहाँ हिन्दी भाषा फरर बोल्नुहुन्छ । जब म हुर्कदैँ थिएँ वहाँले जम्मा गर्नुभएको विभिन्न हिन्दू देवदेवताहरूका बारेमा बताउनुहुन्थ्यो र चित्रहरू देखाउनुहुन्थ्यो । यसरी म पश्चिमा र मुस्लिम देशहरूमा हुर्कदैँ गर्दा मेरो परिवारको माध्यमबाट हिन्दू धर्मप्रति मेरो सन्सर्ग बढ्दै गयो । यी सबै हुँदैगर्दा, अरू प्रत्येक मानिसहरूले जस्तै मैले पनि पूर्णताको जीवन जिउँन चाहेको थिएँ र अहिले पनि चाहन्छु जुन जीवनमा आत्मसन्तुष्टि होस्, शान्तिको भाव होस्, अर्थ र उद्देश्य होस् साथसाथै अरू मानिसहरूसँग सम्बन्ध गाँसिएको होस् ।
विभिन्न धर्मका साथसाथै धर्मनिरपेक्षता र विविधताले भरिएको यस समाजमा रहँदा र म आफू एक जिज्ञासु पाठक भएको कारण अन्तिम सत्य के हो ? र पूर्णताको जीवन प्राप्त गर्नलाई के गर्नुपर्छ भन्ने बारेमा विभिन्न विचारहरूसँग म अवगत भएँ । जे मैले अवलोकन गरेँ त्यो यो थियो कि यद्यपि मसँग (र पश्चिममा रहने धेरैजसोका साथ) असाधारण धनसम्पत्ति, यी लक्षहरू प्राप्त गर्नलाई प्रविधि र अवसर थिए तर विरोधाभास यो थियो कि पूर्णताले भरिएको जीवन यसको तुलनामा टाढ्को कुरा थियो । मैले देखेँ कि पहिलाको पुस्ताको तुलनामा अहिलेको पुस्ताको सम्बन्ध बढि बेकामको र अस्थायी हुने गर्छ । ‘तीव्र प्रतियोगता’ जस्तो पदावलीले हामीले कसरी जीवन जियौँ भन्ने कुराको वर्णन गर्छ । मैले सुनेको छु कि यदि हामीलाई ‘अलिक बढि मौका मिलको भए’ हामी लक्ष्यमा आईपुग्थ्यौँ । तर अरु कति अलिक बढि? अरु के बढि? रूपैयापैसा? वैज्ञानिक ज्ञान? प्रविधि? सुख-आनन्द?
म जवान हुँदा मैले एउटा रिसको अनुभव गरेको छु जसलाई अस्पष्ट बेचैनको रूपमा वर्णन गर्न सकिन्छ । मेरो बुबा अफ्रीकामा एक प्रवासी परामर्शदाता हुनुहुन्थ्यो जसले गर्दा मैले अरू धेरै धनी, शिक्षित र सम्पन्न पश्चिमी जवान मानिसहरूसँग घुलमिल हुन पाएँ, तर हामीलाई मनोरञ्जन दिने थोरै कुराहरूका साथमा त्यहाँ जीवन एकदमै सरल थियो । त्यसैले म र मेरा साथीहरू हाम्रो आफ्नै देशमा फर्केर टेलिभिजन, मीठामीठा खानेकुराहरू, अवसरहरू अनि पश्चिमा देशको सुगमताको जीवन भोगाईको अनुभव लिने सपना देख्थ्यौँ—यसरी हामी सन्तुष्ट हुने गथ्यौँ। तर जब म क्यानडा या त युरोपको यात्रा गर्थेँ तब ममा प्रशन्नताको सट्टा बेचैनपना आँउथ्यो । अनि सबभन्दा दुःखको कुरा, बेचैनपन त ती मानिसहरूमा थिए जो सधैँ त्यही बस्थे । उनीहरूसँग कुनै पनि कुरा किन नहोस् (अनि उनीहरूसँग कुनै पनि मापदण्डमा अति धेरै थिए) त्योभन्दा पनि अझ बढि पाउने चाहना सधै रहन्थ्यो । मैले सोचेँ कि जब मसँग एउटा प्रसिद्ध मायालु हुन्छे तब म यी सबै पाउँनेछु । अनि केही समयको लागि यसले मभित्र केही शक्ति हालिदिएको थियो तर फेरि ममा बेचैनीपन फर्केर आउँथ्यो । मैले सोचेँ जब म हाई स्कूल पास हुन्छु तब म लक्ष्यमा ‘पुग्छु’ …किनकि त्यतिबेला मसँग गाडी चलाउनको लागि लाईसेन्स हुनेछ अनि यताउता घुम्न थाल्नेछु …तब मेरो खोज पूरा हुनेछ । अब म प्रौड भएको छु र अवकास प्राप्त गर्नु भनेको सन्तुष्टिको टिकटसरह हो भनेर मानिसहरूले भनिरहेको मैले सुनेको छु । के पक्कै यस्तै हो त? के हामी हाम्रो सारा जीवन एक पछि अर्को कुरा प्राप्त गर्ने दौडधुपमै बिताउछौँ, कि छेऊमा भएको अर्को वस्तुको प्राप्तिले यी कुरा हामीलाई दिन्छ, त्यसपछि… हाम्रो जीवन नै समाप्त हुन्छ? यो सब बेकारको हुन्छ ।
सोलोमनको ज्ञान
यी वर्षहरूमा ममा र मेरो वरिपरि भएका बेचैनपनको कारण, सोलोमनको लेखाइले ममा गहिरो प्रभाव पाञ्यो। सोलोमन जो आफ्नो ज्ञानको लागि प्राचीन इस्राएलको प्रसिद्ध राजा हुन्, उनले ईसा पूर्व ९५० तिर बाइबल (वेद पुस्तक) को पुरानो करारमा कैयौँ पुस्तकहरू लेखे । उनले आफ्नो पुस्तक उपदेशकमा यस्ता छुटकारा पाउन नसकिने बेचैनीपनको बारेमा वर्णन गरेका छन् जुन बेचैनीपन म आफैले भोगिरहेको थिएँ । उनले लेखे :
“मैले आफ्नो मनमा विचार गरेँ, ‘आऊ, अब असल कुरोचाहिँ के हो भनी पत्ता लगाउन म सुख–विलाससित तिम्रो जाँच गर्नेछु। …दाखमध पिएर तथा मुर्खतालाई अँगालेर मैले आफैलाई प्रफुल्ल तुल्याउन कोशिश गरेँ।”
मेरो मनले अझै मलाई बुद्धिद्वारा डो-याउँदैथियो । आकाशमुनि यस छोटो जीवनमा मानिसहरूका निम्ति असल काम के हो सो जान्न भनी मैले इच्छा गरेँ । मैले ठूला योजनाहरू थालेँ । मैले मेरो लागि घरहरू बनाएँ । मैले दाखबारीहरू लगाएँ । मैले बगैँचाहरू र उद्यानहरू बनाएँ र त्यहाँ विभिन्न प्रकारका फलफूलका बोटहरू रोपेँ । लहलह बढ्दैगरेका वृक्षका उद्यानहरूलाई सिचाँइ गर्न मैले पानीका ठूलाठूला जलाशयहरू बनाएँ । मैले काम गर्ने कमारा–कमारीहरू किनेँ र मेरै घरमा जन्मेका अन्य कमारा–कमारीहरू पनि थिए । म अघि अरू कुनैका
पनि मेराभन्दा धेरै गाईबस्तुका बथान थिएनन् । मैले मेरो लागि सुनचाँदी तथा राजाहरू र देशदेशबाट धन–सम्पत्ति थुपारेँ । मैले गायक र गायिकाहरू र एउटा स्त्रीगृह पनि मानिसका हृदयको मनोरञ्जनको लागि प्राप्त गरेँ। म सबभन्दा धेरै महान् भएँ । यी सबैमा मेरो बुद्धि मसँगै रह्यो । मेरो आँखाले अभिलाषा गरेको जे पनि प्राप्त गर्न मैले आफैलाई इन्कार गरिनँ । कुनै सुख–विलास मेरो हृदयलाई मैले इन्कार गरिन । मेरा सारा कामहरूमा मेरो हृदय आनन्दित भयो योचाहिँ मेरा सबै परिश्रमको फल थियो।” (उपदेशक २: १–१०)
धन, प्रसिद्धि, ज्ञान, योजना, स्त्री, आनन्द, पेशा, जाँडरक्सि… सोलोमनको साथमा यी सम्पूर्ण थिए जुन उसको समय वा हाम्रो समयमाभन्दा धेरै थिए । आइन्सटाइनको बुद्धि, बिल गेट्सको धन, पश्चिमी फिल्मी संसारको हिरो–हिरोइनका सामाजिक/यौन जीवन साथै बेलायतको राजकीय घरानाको राजकुमार विलियमको शाही वंशावली जस्तो–सम्पूर्ण कुरा सोलोमनसँग थिए । यसको तुलनामा कसले यो संयोजनलाई तोड्न सक्थ्यो? यस्ता सबै मानिसहरू सन्तुष्ट छन् भनेर तपाईँ सोच्नुहोला तर उनले यसरी निष्कर्ष निकाल्छ :
उपदेशक भन्छन् “व्यर्थ नै व्यर्थ, पूर्णरूपमा व्यर्थ, सबै व्यर्थ हुन्… ।” स्वर्गमुनि हुने सम्पूर्ण कुराहरूको भेद बुद्धिले खोज गर्न र जान्न मैले मन लगाएँ । यो बडे दुःखको काम हो जुन परमेश्वरले मानिसहरूलाई छोडिदिनुभएको छ! मैले सब कामहरू देखेको छु जुन सूर्यमुनि हुन्छ स यी सबै व्यर्थ छन् वा मानौँ यी सबै हावालाई समातेसरह हो।” (उपदेशक १:१–१४)
“… मेरा हातहरूले गरेका सबै कार्यहरू र प्राप्त गर्नलाई मैले परिश्रम गरेका सबै कुराहरू जब मैले निरिक्षण गरेँ, तब प्रत्येक कुरा व्यर्थ थियो, बतासलाई खेदेको जस्तो मात्र रहेछ, सूर्यमुनि केही उपलब्धि भएन…तब सूर्यमुनि गरेका मेरा सबै परिश्रम र मेहनतलाई सम्झेर म स्वयम् निराश भएँ …यो पनि व्यर्थ र ठूलो दुर्भाग्य हो । सूर्यमुनि आफैले गरेका सबै मेहनत र चिन्तासहितको परिश्रमबाट मानिसले के पाउँछ र रू…? यो पनि व्यर्थ हो।” (उपदेशक २:११–२३)
आशावाद जस्तो कुनै कुरा पनि छैन ! सोलोमनले उनको कविता श्रेष्ठगीतको एक ठाउँमा कामुक र तातो–जोशिलो प्रेम सम्बन्धको बारेमा विवरण दिन्छ जुन उनी आफैले अनुभव गरिरहेका थिए—यो यस्तो चिज जस्तो हो जसले जीवनभर सन्तुष्टि दिन्छ जस्तो लाग्छ । तर अन्तमा, प्रेम सम्बन्धले उसलाई दीगो सन्तुष्टि वा स्थीर सन्तुष्टि प्रदान गर्दैन जुन कुरा हामी उपदेशकको पुस्तकबाट जान्दछौँ । आनन्द, धन, काम, उन्नति–प्रगति, रोमान्टिक प्रेम जसले अन्तमा सन्तुष्टि प्रदान त गर्छन् तर यसद्धारा एक माया या छल पनि देखाइयो ।
अब जब म मेरो चारैतर्फ हेर्छु, या त मेरो मित्रहरूका बीचमा, या त समाजमा, यो एक पूर्ण जीवनको खोजको लागि सोलोमनको झुकाव जस्तो देखिन्थ्यो जसको लगि जताततै प्रयास भइरहेको थियो । तर वहाँले मलाईँ अघि नै बताउनुभएको थियो कि यस तरिकाले त्यो कुरा प्राप्त हुन सक्दैन । त्यसैले मैले यस्तो अनुभूति गरेँ कि यसलाई म त्यहाँ प्राप्त गर्न सक्दिनँ र कम यात्रा गरेको मार्गमा हेर्नु आवश्यक ठानेँ ।
यी विषयहरूका साथै म जीवनको अर्को पक्षसँग चिन्तित थिएँ । जीवनका ती पक्षहरूले सोलोमनलाई पनि चिन्तित तुल्याएका थिए ।
“मानिसको भाग्य पशुको झैँ हुन्छ; ती दुबैको एउटै दशाले पर्खिरन्छ : एउटा जसरी मर्छ अर्को पनि त्यसरी नै मर्छ। सबैको एउटै सास हुन्छ; मानिसहरूको पशुभन्दा बढी सुविधा हुदैन । हरेक कुरा व्यर्थ हो । सबै एउटै ठाउँमा जान्छन्; किनभने सबै धुलोबाट आएका हुन् र सबै धुलोमै फर्किजान्छन् । मानिसको आत्माचाँहि उँभोतिर र पशुकोचाँहि तल माटोमा जान्छ भनी कसले भन्न सक्छ?” (उपदेशक ३:१९—२१)
किनभने धर्मात्मा र दुष्ट, असल र खराब शुद्ध र अशुद्ध, बलि चढउनेहरू र नचढउनेहरू सबै सामान्य अन्त्यका साझेदार हुन्छन् । असल मानिसलाई भैँ पापीलाई पनि हुन्छ; शपथ खानेलाई झैँ शपथ खान डराउने मानिसलाई पनि हुन्छ । सूर्यमुनि हुने प्रत्येक काममा दुष्टता छ: सबैलाई एकै अन्त्य आइपर्छ …अनि त्यसपछि तिनीहरू मरेकाहरूसँग मिल्न जान्छन् । बाँचिरहनेहरूका साथमा हुनेसँग आशा हुन्छ—जिउँदो कुकुरको स्थिति मरेको सिंहको भन्दा असल हो ! किनभने हामीहरू मर्नेछौँ भनी जीवितहरूले जान्दछन्, तर मरेकाहरूले त केही पनि जान्दैनन्; तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन, र तिनीहरूको सम्झना पनि लोप हुन्छन् । (उपदेशक ९: २—५)
सोलोमनको प्राचीन लेखले मभित्र प्रभाव जमायो र प्रश्नको जवाफको खोजी गर्न उक्सायो । जीवनप्रतिको प्रश्नहरू, मृत्यु, अमरत्व र अर्थको बारेमा प्रश्न मभित्र उब्जियो । मेरो हाईस्कूलको अन्तिम सालमा कविता, गीत, लघुकथा लगायतका साहित्यिक कृतिका एक सय अंशहरू संग्रहकोरूपमा संकलन गर्नुपर्ने काम हामीलाई दिइएको थियो । धेरैजसो मेरो संग्रहले यिनै विषयहरूलाई समावेश गरेको थियो जसको कारणले गर्दा मलाईँ अरू धैरै मानिसहरूलाई भेट्ने तथा सुन्ने अवसर मिल्यो जोहरू उत्तरको लागि यस्तै प्रश्नहरूसँग जुध्दै थिए । अनि उनीहरूलाई भेट्नको लागि—मैले सबै किसिमका युग, शैक्षिक पृष्ठभूमि, दार्शनिक जीवनशैली, धर्म तथा शैलीहरूको चुनाव गरेँ । रोलिंग स्टोन्सद्धारा रचिएको सन्तुष्टि, पिंक फ्लोइडद्धारा समय तथा शेलीद्धारा रचिएको ओजिमेन्डाइस र शमुएल कोलेरिज, डब्ल्यु एच अडेन, शेक्सपियर, फ्रोस्ट लगायत अन्य व्यक्तिहरू यसमा सम्मिलित थिए ।
साईं बाबा गुरुको ज्ञान
म ईन्जिनियरिङको विद्यार्थी हुँदा मेरो एकजना प्रोफेसर बैङ्लौरमा बस्ने सार्इँ बाबा गुरुको भक्त हुनुहुन्थ्यो अनि वहाँले साईँ बाबाको धेरै पुस्तकहरू पढ्नको लागि मलाईँ दिनुभयो जुन मैले बडे उत्सुकताका साथ पढेँ। जब मैले उनको उपदेश पढे ममा भएको नैतिक विवेक उनको नैतिक शिक्षासँग मात्र सहमत हुन सक्छ भन्ने कुरा थाहा पाएँ । यहाँ उनको पुस्तकबाट लिइएका केही अंशहरू छन् जुन मैले मेरो लागि भनेर लेखेको थिएँ ।
“अनि धर्म के हो? तपार्इँ जे उपदेश दिनुहुन्छ त्यो व्यवहारमा लागू गर्नु, तपार्इँ जे कुरा बोल्नुहुन्छ त्यसअनुसार काम गर्नु, उपदेशलाई मानेर ठीक तरिकाले त्यसले भनेअनुसार गर्नु । भलोसाथ कमाउँनु, धर्मको लालसा गर्नु; परमेश्वरको भयमा जीवनयापन गर्नु, परमेश्वरकहाँ पुग्ने जीवनयापन गुर्न: यहीँ नै धर्म हो” सत्य साईँ बाबा बोल्नुहुन्छ ४, पृ.३३९.
वास्तवमा तपाईँको कर्तव्य के हो?…
· सबभन्दा पहिले आफ्ना आमा बुबालाई प्रेम, आदर र कृतज्ञताका साथ सेवा गर्नु ।
· दोस्रो, सत्य बोल्नु र भलाइका साथ काम गर्नु ।
· तेस्रो, तपाईँसँग जतिबेला केही समय हुन्छ, त्यतिबेला तपाईँको मनमा रहेको प्रभुको नामलाई दोहो-याउनुहोस ।
· चौथो, अरूको बारेमा नराम्रो बोल्ने काममा लिप्त नहुनु तथा अरूको कमजोरीको खोजी गर्ने प्रयास नगर्नु ।
· र अन्तमा, कुनै पनि किसिमले अरूलाई दुःखमा नपार्नु” सत्य साईँ बाबा बोल्नुहुन्छ ४, पृ. ३४८—३४९ .
“जो कसैले आफ्नो अहंकारलाई अधिनमा राख्छ, उसको स्वार्थी इच्छामाथि विजय प्राप्त गर्छ , उसको कठोर भावना र आवेगलाई नष्ट गर्छ, अनि आफ्नो शरीरमाथि प्रेम गर्ने स्वभाविक प्रवृत्तिलाई त्याग गर्छ, ऊ निश्चय नै धर्मको बाटोमा अग्रसर छ” धर्म वाहिनी, पृ.४
जब मैले साईँ बाबाको उपदेशको अध्ययन गरेँ यसलाई मैले दुई तरिकाले गरँ । पहिलो, मैले यो देख्नेको लागि अध्ययन गरेँ कि पवित्र हिन्दू व्यक्तिले जुन शिक्षा सिकायो त्यो वास्तवमा गजबको थियो । उसले भनेको ‘गजबको र सत्य’ सँग म सहमत थिएँ कि यो साच्चिकै ‘गजबको र सत्य’ थियो त? उनले यी उपदेशहरूमा जे सिकायो त्यो गजबको, साच्चिकै गजबको थियो भन्ने कुरालाई मैले मानेँ । यी त्यही उपदेशहरू थिए जुन उपदेशद्धारा मैले बाच्नुपर्ने थियो । यी उपदेशहरूद्धारा तपार्इँले जिउँनुपर्छ कि पर्दैन भनी जान्नको लागि म तपार्इँलाई पनि यी शिक्षाहरूको अध्ययन गर्न निमन्त्रणा गर्दछु ।
त्यो त्यही स्थान थियो जहाँ म ठूलो समस्याबाट भएर गएको थिएँ । अनि त्यो समस्या उपदेशमा भन्दा पनि म आफैमा थियो । किनकि मैले ती उपदेशलाई व्यवहारमा उतार्ने प्रयास गरेँ, चाहे मैले यी शिक्षाको धैरै प्रशंसा किन नगर्थेँ र, अनि यस शिक्षाअनुसार जीवनयापन गर्न प्रयास किन नगर्थेँ र, तापनि आफूलाई त्यसअनुसार लगातार जीवनयापन गर्न नसकेको पाएँ । यी असल आदर्शको पालना गर्ने काममा म लगातार असफल भइरहेको थिएँ ।
मलाईँ यस्तो लाग्थ्यो कि मैले दुईवटा बाटाहरूबाट एउटा छान्नु पर्छ । त्यो बाटो जुनचाहिँ सोलोमनले देखायो, जसको पछि सामान्यतया पूरै संसार लाग्छ, आफैको लागि जिउँनु, आफैको लागि यसको अर्थ, आनन्द वा आदर्शको सृजना गर्दै जसको मैले चुन्नु थियो । तर मैले यो जाने कि सोलोमनको लागि अन्तिमको दिन राम्रो थिएन — न त अरू धेरैको लागि नै राम्रो थियो जो यस बाटोबाट भएर गए । सन्तुष्टि भन्ने कुरा अस्थायी र भ्रम मात्र थियो । साईँ बाबाले देखाएको बाटो पनि असम्भव थियो, हुनसक्छ त्यो वहाँ जस्तो गुरुको लागि असम्भव थिएन तर मजस्तो सामान्य व्यक्तिको लागि भने असम्भव थियो । मैले प्राप्त गर्न नसकेको ती आदर्शको पछि निरन्तर लागिरहँनु स्वतन्त्रता थिएन तर त्यो त दासत्व थियो ।
सुसमाचार — सोच्न तयार
मेरो अध्ययन र खोजको क्रममा बाइबल (वेद पुस्तक) को सुसमाचारहरूमा वर्णन भएका येशू ख्रीष्ट (येशू सत्संग) को उपदेश र शिक्षाहरू मैले अध्ययन गरेँ । अध्ययनको क्रममा येशू ख्रीष्टको निम्न वचनहरूले मेरो मन छोयो ।
“… म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ । (यूहन्ना १०:१०)
“ हे सबै थाकेका र बोझले दबिएका हो मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु । मेरो जुवा आफूमाथि लेओ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउँनेछौ। किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुको छ ।” (मत्ती ११:२८–३०)
मेरो मनमा यो कुरा आयो कि हुन सक्छ, यो सम्भव छ कि यहाँ जुन उत्तर थियो त्यसले अन्य मार्गहरूको अन्तको बारेमा बताएको थियो । तथापि, सुसमाचार (जुन मेरो लागि धेर–थोर अर्थहीन धार्मिक शब्द थियो) को शाब्दिक अर्थ असल समाचार भन्ने हुन्छ । तर के त्यो सुसमाचार साच्चै नै असल थियो? या त धेर–थोर झुठो शिक्षा थियो? मलाईँ थाहा थियो कि यी प्रश्नहरूका उत्तर पाउँनको लागि मैले दुईवटा मार्गहरूको यात्रा गर्नु आवश्यक छ । पहिलो, मैले सुसमाचारप्रतिको जानकार बुझाईँलाई अझ विकसित गर्न सुरुवात गर्न आवश्यक थियो । दोस्रो, म विभिन्न धार्मिक संस्कृतिहरूमा बसेँ र कैयौँ भिन्न भिन्न मानिसहरूलाई भेटेँ, त्यसैगरी भिन्न लेखकहरूका लेखहरू पनि पढेँ जसले सुसमाचारप्रति कैयौँ आपत्ति जनाएका थिए भने बाइबलको सुसमाचारको
विरोधमा आफ्नै विरोधी विचारहरू प्रकट गरेका थिए । तिनीहरू जानकार तथा बुद्धिमान मानिसहरू थिए । मलाईँ सुसमाचार सम्बन्धि साथसाथै अन्य धर्म सिद्धान्तको लागि र यी मान्यताहरूका जाँचको लागि शुद्ध आधारको विकास गर्न खाँचो थियो । मैले सुसमाचारको बारेमा बुद्धिहीन आलोचक नभएर आलोचनात्मक तवरले सोच्नु आवश्यक थियो ।
यहाँ एउटा वास्तविक भाव छ कि जब एउटा मानिसले यसप्रकारको यात्रा सुरु गर्छ जसमा ऊ कहिले पनि आफ्नो गन्तव्यमा पूर्णरूपले पुग्दैन, तर मैले यो कुरा निश्चितरूपमा पत्ता लगाएँ कि सुसमाचारले साँच्चि नै यी मुद्धाहरूका विषयमा उत्तर दिन्छ । वास्तवमा यसको पूर्ण उद्धेश्य भनेको—एउटा पूर्णताको जीवन, मृत्यु, अनन्तकाल, र व्यवहारिक सरोकार जस्तै पारिवारिक प्रेम सम्बन्ध, दोष, भय तथा क्षमाको सम्बोधन गर्नु हो । सुसमाचारको दावी यो हो कि सुसमाचार एउटा यस्तो जग हो जसको माथि हामी हाम्रो जीवन निर्माण गर्न सक्छौँ । हुनसक्छ कि एउटा व्यक्तिले सुसमाचारले दिएको उत्तर मन नपराउन सक्छ, हुनसक्छ कि एक व्यक्ति सुसमाचारसँग सहमत नहुन सक्छ या त यसमा विश्वास नगर्न सक्छ तर यो दखिन्छ कि यसले मानिसको सबै प्रश्नहरूको सम्बोधन गर्छ र कोही यसबाट टाढ रहनु भनेको मुर्खता जस्तो हुन्छ ।
कुनै बेला सुसमाचारले मलाईँ धेरै असहजपनामा पारेको मलाईँ थाहा छ । यस्तो समयमा जब एकदमै धेरै कुराहरूले हामीलाई आरामदायी जीवन जिउनको लागि प्रलोभनमा पार्छ, सुसमाचार प्रति तर्करहित भएर सुन्न कर लाग्छ, न मेरो मन, हृदय, प्राण र सामर्थ्यलाई चुनौती दियो, यद्यपि, यसले जीवन दिन्छ, तर यसले सरल जीवन दिदैन । यदि तपाईँ समय निकालेर सुसमाचारलाई सोच्नहुन्छ वा विचार–मनन गर्नुहुन्छ भने तपाईँ यस्तै पाउन सक्नुहुन्छ ।
जब मैले सुसमाचारको अनुसरण गर्नको लागि यात्रा सुरु गरेँ मेरो लागि पूरै भारतमा अनि यहाँसम्म कि नेपालमा पनि कार्य तथा यात्रा गर्ने अवसर मिल्यो । मलाईँ मेरो वनसम्बन्धि इन्जिनियरिङ्गले विभिन्न सहकर्मीहरूको साथमा धेरै ठाउँहरूमा लिएर गयो । यस सन्दर्भमा म छलफल गर्न सक्षम भइसकेको थिएँ तथा कसरी सुसमाचारचाहिँ वैद्धिक सन्दर्भमा उपयुक्त, सत्य अनि अर्थपूर्ण छ भन्ने कुरामा अझ धेरै अन्तर्दृष्टि प्राप्त गरेँ। म यो आशा गर्छु कि तपाईँले पनि यस्तै पाउँनुहुनेछ जब सुसमाचारमाथि ध्यान गर्नुहुन्छ ।