अयोध्यामा भएको लामो र कडा झगडा नयाँ कोसेढुङ्गा सम्म पुगेको थियो , AsAmNews को रिपोर्ट अनुसार जब यसले न्युयोर्क शहरको टाढा टाढा सम्म हंगामा निम्तायो । अयोध्या विवाद सयौ वर्ष पुरानो राजनैतिक,ऐतिहासिक र सामाजिक—धार्मिक झगडा हो जुन परम्परागत रुपमा राम (राम जन्मभुमि) को रुपमा चिनिने स्थानको नियन्त्रणमा केन्दि«त छ , सोहि स्थानमा पहिलै बाट बाबरी मस्जित थियो ।
बाबरी मस्जितका शिलालेखहरु अनुसार , पहिलो मुगल सम्राट , बाबरले यसलाई १५२८—२९ मा बनाएका थिए । तर शताब्दियौ देखि बाबरी मस्जित विवादको घेरामा रहदै आएको छ किनकि धेरैले विश्वास गर्थे कि बाबरले पहिलाको मन्दिरको भग्नावशेषमा रामको जन्म स्थानको स्मारकको रुपमा निर्माण गरेका थिए । शताब्दियौदेखि प्राय झगडा , हिंसात्मक दंगा र गोलीबारीमा परिवर्तित हुन्थ्यो ।
अयोध्यामा कार सेवकहरु
विश्व हिन्दु परिषद (विहिप) र भारतीय जनता पार्टी (बी जे पी) द्धारा आयोजना गरिएको १९९२ र्यालीमा १५०००० कर सेवकहरु वा धार्मिक स्वयंसेवकहरु भेला भएका थिए । तिनी कर सेवकहरुले मार्चमा बाबरी मस्जितलाई ध्वस्त पारे । मस्जितको विनाशको कारण भारतभर दङ्गा उत्पन्न भयो । बम्बईमा अनुमानित २००० जना मानिसहरु मारिए ।
त्यो समयदेखि २०१९ सम्ममा त्यो झगडा अदालतमा हुदै, राजनिति हुदै , सडकहरुमा दंगा हुदै अगाडि बढ्यो । राम मन्दिर निर्माण सुरु गर्नको लागि कर सेवकहरुको तयार उपस्थितिले विहिपलाई गति दियो ।
अन्तमा २०१९ मा , सर्वोच्च अदालतले अन्तिम उजुर केशमा आफ्नो फैसला घोषणा गर्यो । यसले फैसला गर्यो कि भुमि कर रेर्कडको अधारमा सरकारको हो । यसले अर्को आदेश दियो कि हिन्दु मन्दिर बनाउनको लागि भुमि एउटा ट्रस्टलाई प्राप्त हुन्छ । सरकारले मस्जितको लागि भुमिको अर्को स्थान सुन्नी सेन्ट्रल वक्फ बोर्डलाई छुट्याउनुपरेको थियो ।
५ फेबु्रअरी २०२० मा , भारत सरकारले श्री राम जन्मभुमि तीर्थ क्षेत्र ट्रस्टले अयोध्यामा राम मन्दिर निर्माण गर्ने घोषणा गर्यो । ५ अगस्ट , २०२० को भुमि—पुजन समारोह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धघाटन गरे । यो मन्दिरको निर्माण सुरु गर्न तनाव उत्पन्न भएको थियो जुन न्युयोर्क शहरमा महसुस भएको थियो ।
कार सेवक मुलतः एक सिख शब्द हो जो व्यक्ति स्वतन्त्रतापुर्वक धार्मिक कारणहरुमा आफ्नो सेवाहरु प्रदान गर्दछ । यो शब्द संस्कृतको कार (हात) र सेवक (नोकर) बाट आएको हो । अयोध्याको झगडामा , विहिप द्धारा कार सेवकहरुको संगठित गरिएको थियो ,यो धारणा सिख परम्पराबाट लिइएको थियो ।
येशू एक (भिन्न) कार सेवकको रुपमा
तर यो अयोध्या झगडा हुनुभन्दा धेरै अघि , येशूले कार सेवकको भुमिका निभाउनु भयो , उहाँले एक विरोधीसँग झगडाको घोषणा गर्नुभयो , जो मानव जीवनका धेरै क्षेत्रहरुमा फेरी प्रवेश गर्दै मानिसहरुको बिचमा फाटो ल्यायो जुन आज पनि यथावत नै छ । यो झगडा पनि एक शुभ मन्दिरमा केन्द्रित थियो । तर यो नजिकैको गाउँमा शुरु भयो जब येशू , कार सेवक बन्दै , खाँचोमा परेका मित्रहरुलाई स्वेच्छा साथ सहयोग गर्नुभयो । यो दयालु कार्यले धेरै घटनाहरुको श्रृखलालाई जन्म दियो , इतिहास परिर्वतन गर्यो र हाम्रो जीवनलाई अयोध्याको झगडा भन्दा गहन रुपमा प्रभाव पार्यो । येशूको कार गतिविधिहरुले उहाँको मुख्य लक्ष्य प्रकट गर्यो ।
येशूको मिशन के थियो ?
येशूले शिक्षा दिनुभयो, निको पार्नुभयो र धेरै आश्चर्यको कामहरु गर्नुभयो । तर यो प्रश्न अझै आफ्ना चेलाहरु , अनुयायीहरु र उहाँको शत्रुहरुको दिमागमा रहिरहयो : कि उहाँ किन आउनुभएको थियो ? मोशा सहित धेरै पहिलाका ऋषिहरुले पनि शक्तिशाली आश्र्चयकर्महरु गरेका थिए । किनकि मोशाले पहिला नै धर्म व्यवस्था दिसकेका थिए , र येशू “व्यवस्था समाप्त गर्न आउनुभएको थिएन” , त्यसो भए उहाँको उद्देश्य के थियो ?
येशूको साथि धेरै बिरामी भए । उहाँका चेलाहरुले आशा गरेका थिए कि येशूले आफ्नो साथीलाई निको पार्नुहुनेछ , किनकि उहाँले अरु धेरैलाई निको पार्नुभएको थियो । सुसमाचारको पुस्तकले भन्छ कि केवल चङ्गाइ मात्र नभइ कसरी उहाँले आफ्नो साथिलाई स्वेच्छा साथ गहिराइमा सहयोग पुर्याउनु भयो । यसले प्रकाशित गर्दछ कि कार सेवकको रुपमा स्वेच्छा साथ उहाँको मिशन के गर्नको लागि थियो । यहाँ विवरण दिइएको छ ।
येशू मृत्युको सामना गर्नुहुन्छ
हाँ लाजरस नाउँ गरेका एकजना मानिस थिए जो बिमार थिए। उनी बेथानी भन्ने शहरमा बस्थे। यो त्यो शहर थियो जहाँ मरियम र उनको बहिनी मार्था बस्थे।
युहन्ना ११:१—४४
2 मरियम त्यही नारी थिईन् जसले प्रभुलाई अत्तर लगाई दिएकी थी र आफ्ना कपालले उहाँको खुट्टा पुछेकी थिई। लाजरस मरियमको भाइ हुन्। जो हालमा बिमार थिए।
3 मरियम र मार्थले येशूकहाँ समाचार पठाए, “हे प्रभु, तपाईंको प्रिय मित्र लाजरस बिमार छ।”
4 जब येशुले त्यस्तो सुन्नुभयो, उहाँले भन्नुभयो, “यो बिमारले उसलाई मृत्यु गराउनेछैन। तर यो बिमारी परमेश्वरको महिमाका निम्ति हो। यस्तो घटना परमेश्वरको पुत्रको महिमा ल्याउनलाई भएको छ।”
5 येशूले मरियम, मार्था र लाजरसलाई प्रेम गर्नु भयो।
6 जब येशूले लाजरसको बिमारीको विषयमा सुन्नु भयो, उहाँ जहाँ हुनुन्थ्यो त्यहाँ अझ दुई दिन सम्म बस्नु भयो।
7 तब येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, “हामी यहूदिया जानु पर्छ।”
8 चेलाहरूले उत्तर दिए, “तर गुरूज्यू यहूदियामा यहूदीहरू तपाईंलाई ढुंगाले हिर्काउन चाहन्छन्। जो केही अघि भएको थियो। तपाईं त्यहाँ किन जानु चाहनु हुन्छ्?”
9 येशूले उत्तर दिनुभयो, “दिनमा बाह्रघण्टा प्रकाश रहन्छ होइन? यदि कुनै मानिस दिनको समयमा हिंडछ भने ऊ ठोक्किने छैन र लडने छैन। किन? किनभने उसले यो संसारको ज्योतिले देख्न सक्छ?”
10 तर जो मान्छे राती हिंडछ ऊ ठोकिन्छ। किन? किनभने देख्नको लागि उसकोमा कुनै ज्योति हुँदैन।”
11 येशूले ती कुराहरू भनिसके पछि, उहाँले भन्नुभयो, “हाम्रा मित्र लाजरस सुतिरहेछन्। तर म त्यहाँ उसलाई उठाँउन जानेछु।”
12 चेलाहरूले उत्तर दिए, “हे प्रभु यदि ऊ सुन्छ भने, ऊ निको हुनेछ।”
13 येशूको मतलब थियो लाजरस मरिसकेको थियो भनेर। तर चेलाहरूले भुझे कि उहाँले भन्नु भएको अर्थ उनी स्वाभाविक निद्रामा थिए।
14 त्यसपछि येशूले स्पष्ट प्रकारले भन्नु भयो, “लाजरस मरिसक्यो।
15 अनि म खुशी छु कि म त्यहाँ थिइनँ। म तिमीहरूको लागि खुशी छु किनभने तिमीहरूले ममा विश्वास राख्नेछौ अब हामी उनीकहाँ जाँऊ।”
16 तब थोमाले (जसलाई दिदिमस भनिन्थ्यो) अन्य चेलाहरूलाई भने, “हामी पनि जानेछौं अनि येशूसंगै यहूदियामा मर्नेछौं।”
17 येशू बेथानीमा आइपुग्नु भयो। त्यहाँ येशूले लाजरस पहिल्यै मरिसकेको र चार दिन देखि चिहानमा परेको चाल पाउनु भयो।
18 बेथानी यरूशलेमको नजीक प्रायः तीन किलोमीटर टाढामा थियो।
19 धेरै यहूदीहरू मार्था र मरियम कहाँ आएका थिए। यहूदीहरू उनीहरूलाई भाइ लाजरसको मृत्युमा सान्तवना दिनलाई आएका थिए।
20 मार्थाले सुनी कि येशू तिनीहरूलाई भेट्न आई रहनु भएकोछ। तिनी येशूलाई अभिनन्दन गर्नु गइन्। तर मरियम चाँहि घरमा नै बसी।
21 मार्थले येशूलाई भनी, “प्रभु, यदि तपाईं यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएनन्।
22 तर अहिले पनि म जान्दछु कि तपाईंले परमेश्वरसंग जे मागे पनि उहाँले तपाईंलाई दिनु हुनेछ।”
23 येशूले भन्नुभयो, “तिम्रो भाइ जीउँदो हुनेछ।”
24 मार्थाले उत्तर दिइन, “म जान्दछु कि ऊ फेरि जाग्ने छ र जीउँदो हुनेछ जब मानिसहरू अन्तिम दिनमा पुनरूत्थान हुनेछन्।”
25 येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ।” जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ।
26 अनि जुन मानिस ममा बाँच्छ अनि ममा विश्वास गर्छ उ वास्तवमा कहिल्यै मर्ने छैन। मार्था, तिमी यसमा विश्वास गर्छ्यौ?”
27 मार्थाले उत्तर दिई, “हो, प्रभु म विश्वास गर्छु तपाईं नै ख्रीष्ट हुनुहुन्छ, परमेश्वरको पुत्र। तपाईं मात्र एक हुनुहुन्छ जो संसारमा आउनु भएको थियो।”
28 मार्थाले त्यसो भनी सके पछि उनी आफ्नो बहिनीकहाँ गईन् अनि गुप्तरूपमा मार्थाले मरियमलाई भनी, “गुरुज्यु यहाँ हुनहुन्छ। उहाँले तिमीलाई सोधी रहुनभएकोछ।”
29 जब मरियमले त्यस्तो सुनी, तिनी जुरूक्क उठिन् र येशूकहाँ गईन।
30 येशू गाँउ भित्र आइसक्नु भएको थिएन। उहाँ अझ सम्म त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थासंग भेट भएको थियो।
31 यहूदीहरू मरियमसंग घरमा थिए। तिनीहरूले उनलाई सान्त्वना दिइरहेका थिए। तिनीहरूले मरियमलाई छिट्टै उठेर गएको देखे। तिनीहरूले सोचे कि तिनी लाजरसको चिहानमा गएकी हुन्। तिनीहरूले सोचे कि उनी त्यहाँ रून गएकी हुन्। तिनीहरूले उनलाई पछ्याए।
32 मरियम त्यस ठाउँमा गइन् जहाँ येशू हुनुहुथ्यो। जब उनले येशूलाई देखिन् उनले झुकेर चरणमा ढोगिन्। मरियमले भनिन्, “हे प्रभु, यदि तपाईं त्यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन।”
33 येशूले मरियमलाई रोएकी देख्नु भयो। येशूले उनको पछि यहूदीहरू आइरहेको देख्नु भयो। तिनीहरू पनि रोई रहेका थिए। येशू एकदम उदास अनि विचलित हुनु भयो।
34 येशूले सोध्नुभयो, “तिमीले उसलाई कहाँ राखेकाछौ।”तिनीहरूले भने, “प्रभु, आउनु होस् अनि हेर्नुहोस्।”
35 येशू रुनुभयो।
36 अनि यहूदीहरूले भने, “हेर! येशूले लाजरसलाई खुबै माया गर्नु हुन्थ्यो।
37 तर कोही यहूदीहरूले भने, “येशूले अन्धा मान्छेको आँखा निको पारिदिनु भयो। के उहाँले उसलाई बचाँउन केही गर्न सक्नु हुने थिएन उसलाई मर्नुबाट रोक्न हुने थिएन?
38 येशू फेरि हृदयभित्रबाट अति शोकित हुनुभयो।येशू चिहानमा जानु भयो जहाँ लाजरसलाई राखिएको थियो। चिहान ओडार जस्तो बनाइएको थियो जो ढंङ्गाले ढाकिएको थियो।
39 येशूले भन्नुभयो, “ढुंगा हटाऊ।”मार्थाले भनिन्, “तर प्रभु लाजरस मरेको चार दिन भइसक्यो तपाईंलाई नराम्रो गन्ध आउनेछ।” मार्था लाजरसको बहिनी थी।
40 तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?”
41 तब तिनीहरूले प्रवेशद्वारको ढुंगा हटाई दिए। तब यशूले आफ्ना आँखा उठाउनु भयो र भन्नुभयो, “पिता, तपाईंले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु।
42 म जान्दछु कि तपाईंले सँधैं मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भनें किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाईं पठाउने भएको हो।”
43 येशूले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, “लाजरस निस्क, बाहिर आऊ!”
44 मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लुगाका टुक्राहरूले बेह्रिएका थिए। उसको अनुहार रूमालले ढाकिएको थियो।येशूले मानिसहरूलाई भन्नुभयो, “उसको लुगाहरू कात्रो खोलिदेउ र उसलाई जान देऊ।”
येशूले सेवा गर्नको लागि स्वयंलाई दिनुभयो
ती बहिनीहरुले आशा गरे कि येशू उनीहरुको भाइलाई निको पार्न छिट्टै आउनुहुनेछ । येशुले जानीजानी आफ्नो आगमनमा ढिलाइ गर्नुभयो , लाजरसलाई मर्न दिनुभयो र यसको कारण कसैलाई केही थाहा भएन । वृत्तान्तले दुई पटक भन्दछ कि येशू ‘ धेरै व्याकुल’ हुनुभयो र उहाँ रुनुभयो ।
उहाँलाई कुन कुराले व्याकुल बनायो ?
येशू स्वयं मृत्युसँग रिसाउनुभयो , विशेष गरी जब उहाँले आफ्नो मित्रलाई यसको बन्धनमा देख्नुभयो ।
यहि उद्देश्यको लागि उहाँले आफ्नो आगमनमा ढिलाइ गर्नुभएको थियो — ताकि उहाँ आफैले मृत्युको सामना गर्नुपरोस् र केवल केहि बिमारीको मात्र होइन । येशूले चार दिन प्रतिक्षा गर्नुभयो ताकि सबैजना—यो पढेर हामी पनि — साच्चै नै थाहा पाउछौ कि लाजरस मरेका थिए , गम्भीर बिरामी मात्र होइन ।
हाम्रो सबैभन्दा ठुलो आवश्यकता
मानिसहरुलाई रोगबिमारबाट निको पार्नु , यो राम्रो कुरा हो , तर यसले मृत्युलाई केहि समयको लागि स्थगित गर्दछ । चङ्गाइ हुनु वा नहुनु , अन्ततः मृत्युले सबै मानिसलाई लैजान्छ ,चाहे त्यो राम्रो वा नराम्रो , पुरुष वा महिला , बुढो वा जवान , धर्मी वा अधर्मी किन नहोस् । यो आदमदेखि नै सत्य हो , जो आफ्नो अनाज्ञाकारीताको कारण नश्वर बनेका थिए । उनको सबै वंशहरु —जसमा तपाई र म पनि सम्मिलित छौ—एक शत्रुद्धारा बंधक बनाइएका छन्—मृत्यु । हामीलाई लाग्छ कि मृत्युको बिरुद्ध कुनै उत्तर छैन ,कुनै आशा छैन । जब रोगबिमार मात्र हुन्छ त्यहाँ आशा हुन्छ , त्यसैले लाजरसका दिदीबहिनीहरुले चङ्गाइको आशा राखेका थिए । तर मृत्युसँग तिनीहरुले कुनै आशा महसुस गरेनन् । यो हाम्रो लागि पनि सत्य हो । अस्पतालमा केहि आशा हुन्छ तर अन्त्येष्टिमा कुनै पनि आशा हुदैन । मृत्यु हाम्रो अन्तिम शत्रु हो । यो त्यही शत्रु हो जसलाई पराजित गर्नको लागि येशू हाम्रो निम्ति स्वेच्छा साथ काम गर्नुभयो र यसैले उहाँले ती दिदीबहिनीहरुलाई घोषणा गर्नुभयो कि :
“पुनरुत्थान र जीवन म नै हुँ ।”
युहन्ना ११:२५
येशु मृत्युको शक्तिलाई तोड्न र जीवन दिन आउनुभयो जो यसलाई चाहान्थे । उहाँले सार्वजनिक रुपमा लाजरसलाई मृत्युबाट ब्युँताएर यस मिशन प्राप्तिका लागि आफ्नो अधिकार देखाउनुभयो । उहाँले अरु सबैलाई पनि सोही गर्न प्रस्ताव गर्नुभयो जो मृत्युको सट्टा जीवन चाहन्छन् ।
प्रतिक्रियाहरुले एक झगडाको सुरुवात गर्छन्
यद्दपि मृत्यु सबै व्यक्तिहरुको शत्रु हो ,हामी मध्ये धेरै साना ‘शत्रुहरु’ को पासोमा पर्दछौ , जुन (राजनीतिक , धार्मिक , जातीय आदि ) को द्धन्द्धबाट उत्पन्न हुन्छ र त्यो हाम्रो चारै तिर रहन्छ । हामीले यो अयोध्याको संघर्षमा देख्छौ । यद्दपि यो र अन्य झगडामा रहेका सबै व्यक्तिहरु ,चाहे उनीहरुको “पक्ष” सही छन् वा छैनन् , मृत्युको विरुद्धमा शक्तिहीन छन् । हामीले यो सती र शिवको साथ देख्यौ ।
येशूको समयमा पनि यो सत्य थियो । यस आश्चर्यकर्मको प्रतिक्रियाहरुबाट हामी देख्न सक्छौ कि त्यहाँ बस्ने त्यतिबेलाका विभिन्न मानिसहरुको मुख्य चिन्ताहरु के थिए । सुसमाचारले विभिन्न प्रतिक्रियाहरुको विवरण दिन्छ ।
45 मरियमलाई हेर्नु भनी त्यहाँ धेरै यहूदीहरू आए। तिनीहरूले येशूले गर्नु भएका अचम्मको काम देखे। अनि ती मध्ये धेरै यहूदीहरूले येशूमा विश्वास गरे।
युहन्ना ११:४५—५७
46 तर कोही यहूदीहरू फरिसीहरू भएकाहाँ गए। येशूले गर्नुभएको कुरा फरिसीहरूलाई बताइदिए।
47 तब मुख्य पूजाहारीहरू र फरिसीहरूले यहूदी परिषदको सभा डाके। तिनीहरूले भने, “हामीले के गर्नु पर्ने? यो मानिसले धेरै चमत्कारहरू गरिरहेछ।
48 यदि हामीले उनलाई त्यस्तो गर्न दिइरह्र्यौ भने सबै मानिसहरूले ऊमाथि विश्वास गर्नेछन्। तब रोमीहरू आउनेछन् र हाम्रा मन्दिर अनि जाति लानेछन्।”
49 तिनीहरूमध्ये कयाफा भन्ने एकजना मानिस थिए। उनी त्यस र्वषको प्रधान पूजाहारी थिए। कयाफाले भने, “तिमीहरू केही पनि जान्दैनौ।
50 सम्पूर्ण जाति ध्वंश हुनु भन्दा मानिसहरूका निम्ति एक जना मर्नु उत्तम हो। तर तिमीहरू यो बुझ्दैनौ।”
51 कयाफाले जे भने त्यो तिनले आफ्नै भनेनन्। त्यस र्वषको उनी प्रधान पूजाहारी थिए। यसर्थ ऊ वास्तवमा आगमवाणी गर्दै थिए कि येशू यहूदी मानिसहरूका निम्ति मर्नु हुनेछ।
52 तर, येशू यहूदी मानिसहरूका निम्ति मर्नेछन्। तर येशू उहाँ ती छिरएकाहरूलाई एक बनाउनका लागि मर्नुहुनेछ।
53 त्यस दिन यहूदी अगुवाहरूले येशूलाई मार्ने योजना शुरू गरेका थिए।
54 यसैले खुल्ला भएर येशू यहूदीहरूका माझमा हिडन बन्द गर्नुभयो। येशू यरूशलेम छोडेर मरूभूमि छेउकै स्थानमा जानु भयो। उहाँ इफ्राइम भन्ने शहरमा जानु भयो। येशू आफ्ना चेलाहरूसंग त्यहाँ बस्नु भयो।
55 त्यसबेला यहूदीहरूको निस्तार चाडको समय नजीक आइरहेको थियो। धेरै मानिसहरू यो चाड अगाडि नै यसरूशलेम तर्फ लागे। तिनीहरू केही विशेष चीज बनाउन गए आफैलाई शुद्ध पार्नलाई।
56 मानिसहरूले येशूलाई खोजे। तिनीहरू मन्दिरको क्षेत्रमा उभिए अनि परस्परमा सोधपुछ गरे, “तिमीहरू के भन्छौ? के उहाँ निस्तार चाडमा आउनु हुने छैन?”
57 तर येशूको विषयमा मुख्य पूजाहारीहरू र फरिसीहरूले विशेष आज्ञा दिएका थिए। तिनीहरूले भने कि यदि कसैले येशू कहाँ थियो भनेर थाहा पायो भने त्यस मानिसले तिनीहरूलाई भन्नै पर्छ, ताकि तिनीहरूले पक्रन सकुन्।
यहुदी मन्दिरको अवस्थाबारे अगुवाहरु चिन्तित थिए । एक समृद्ध मन्दिरले समाजमा आफ्नो प्रतिष्ठा सुनिश्चित गरेको थियो । तिनीहरु मृत्युको दृष्टिकोण भन्दा बढि त्यस प्रति चिन्तित थिए ।
यसैले तनाव बढ्यो । येशूले घोषणा गर्नुभयो कि उहाँ “जीवन” र “पुनरुत्थान” हुनुहुन्थ्यो र मृत्युलाई पराजित गर्नुहुन्छ । अगुवाहरुले उहाको मृत्युको षडयन्त्र गरेर जवाफ दिए । धेरै मानिसहरुले उहाँमाथि विश्वास गरे ,तर अन्य धेरैलाई के मा विश्वास गर्ने थाहा थिएन ।
आफुले आफैलाई यो सोध्नुहोस्
यदि तपाईले लाजरसलाई उठेको देख्नुभयो भने तपाई के रोज्नुहुन्छ ? के तपाई फरिसीहरुले जस्तै रोज्नुहुन्छ , केहि द्धन्द्धमा ध्यान केन्द्रित गर्नुहुन्छ जुन इतिहासले छिट्टै बिर्सनेछ र मृत्युबाट जीवन प्राप्तिको प्रस्ताव गुमाउनेछ ? वा के तपाइ उहाँको पुनरुत्थानको प्रस्तावलाई विश्वास गर्र्दै ,उहाँमाथि विश्वास गर्नुहुन्छ , चाहे तपाईले यो सबै नबुझको भएता पनि ? सुसमाचारले विवरण दिएको विभिन्न प्रतिक्रियाहरुको यी उही प्रतिक्रियाहरु हुन् जुन हामी आज व्यक्त गर्दछौ । यो हाम्रो लागि उही मुल विवाद हो जुन त्यतिबेला थियो ।
ती वीवादहरु बढ्दै गयो जसरी निस्तार चाड नजिक आईपुगेको थियो — त्यो चाड १५०० वर्ष अघि मृत्युलाई दुर राख्ने संकेतको रुपमा सुरु भयो । सुसमाचारको पुस्तकले देखाउछ कि कसरी येशूले कार सेवकको रुपमा आफ्नो मिशन मृत्युको विरुद्ध वाराणसी जस्तो शहर, मृत्युको पवित्र शहरमा प्रवेश गर्नुभएको थियो जसलाई आज पाम आइतवार भनेर चिनिन्छ ।