पुरानो राशिको तपाईंको कुम्भ राशी

कुम्भ प्राचीन राशि छैठौं कुंडली हो र राशि एकाईको अंश हो जसले आउँदै गरेको एकको विजयको परिणामहरू प्रकट गर्दछ। कुम्भ ल्याटिन शब्दमा ‘पानी बोक्ने’ बुझिन्छ , जसले एक आकाशी जारबाट पानीको नहर बगाएको मान्छेको मूर्तिको तस्बिर बनाउँदछ। आजको आधुनिक ज्योतिषशास्त्रमा प्राचीन राशिको अध्यन गर्दा, तपाईंले कुण्डली मार्फत सल्लाह लिनुपर्दा ,कुम्भ भन्नाले , प्रेम,सौभाग्य,धन,स्वस्थ र तपाईंको कुण्डली मार्फत तपाईंको व्यक्तित्वको अन्तर्दृष्टि प्राप्त गर्नु हो ।

 तर कुम्भले देखाउँदछ कि ,धन, भाग्य र प्रेममा खुशीको लागि हाम्रो तिर्खा अपर्याप्त छ।  कुम्भ राशिको मानिसले मात्र पानी प्रदान गर्न सक्छ जसले हाम्रो तिर्खा मेट्छ।  प्राचीन राशिमा कुम्भले सबै मानिसहरुलाई उहाँकोको पानी प्रदान गर्नुहुन्छ।  यदि तपाई आधुनिक कुंडलीको हिसाबले कुम्भ हुनुहुन्न भने पनि, कुम्भको तारामा रहेको प्राचिन ज्योतिषीय कथा जान्न लाभदायक छ त्यसैले तपाईं उहाँको पानीबाट पिउन सक्नुहुन्छ  भनेर रोज्न सक्नुहुन्छ।

 ताराहरुमा नक्षत्र कुम्भ

 यहाँ ताराहरुहरू छन् जसले कुम्भ बनाउँछन्।  तपाईले यस तारा फोटोमा मान्छेले भाँडोबाट पानी खन्याउदै गरेको जस्तो केहि चीज देख्न सक्नुहुन्छ?

   कुम्भ तारा नक्षत्र फोटो

 यदि हामीले कुम्भ राशिको ताराहरूलाई रेखाहरुले  जोडे पनि त्यस्तो कुनै तस्बिर “देख्न” गाह्रो छ।  यसबाट माछामा पानी खसाल्ने मानिस कसरी कसैले सोच्न पनि सक्छ र?

रेखाहरुद्वारा जोडिएको ताराहरूको साथ कुम्भ

 तर जहाँ सम्म हामीलाई थाहा छ यो चिन्ह मानव इतिहासमा पछाडि फर्केर जान्छ।  यहाँ मिस्रको डेन्डेरा मन्दिरमा राशि छ, जुन २००० वर्ष भन्दा बढी पुरानो पानी बोक्ने कुम्भको तस्बिर छ जुन रातोमा गोलो छ।  तपाईं छेउतर्फ रेखाचित्र पनि देख्न सक्नुहुन्छ कि पानी माछामा बग्छ।

यहाँ दक्षिणी गोलार्धमा देखीएको कुम्भ राशि रहेको राशिको राष्ट्रिय भौगोलिक ठूलो चित्र छ।

गोलो लगाइएको कुम्भ राशिको साथ राष्ट्रिय भौगोलिक राशि तारा सूची 

 रेखाहरु द्वारा कुम्भ बनाउने ताराहरूलाई जोडेर पनी यो तारा नक्षत्रमा मानिस, भाँडो र पानी खन्याईएको जस्तो कुनै पनि चीज देख्न गाह्रो छ।  तर तल कुम्भ राशिको केही सामान्य ज्योतिषशास्त्रको तस्बिरहरू छन्

 कुम्भ र पानीका नदीहरू

मान्छेले माछा (पिसिस अस्ट्रेलिस् – दक्षिणी माछा) मा पानी खन्याउँदै गरेको कुम्भको परम्परागत राशि तस्बिर

कुम्भले (पिसिस अस्ट्रेलिस्  – दक्षिणी माछा) मा पानी खनाउँदै गरेको देखिएको

 अघिल्लो राशी नक्षत्र जस्तै, पानी वाहक को तस्बिर नक्षत्र बाट स्पष्ट छैन।  यो तारा नक्षत्र भित्र जन्मजात छैन।  बरु, पानी बोक्नेको धारणा पहिले आयो।  पहिले ज्योतिषीहरूले त्यसपछि यस विचारलाई स्मरण सहायताको लागि तस्बिरहरू ताराहरूमा एक माथि अर्को राखे। पूर्वजहरूले आफ्ना बच्चाहरूलाई तस्बिरहरू औलाउन र उनीहरूलाई पानी बोक्नेसँग सम्बन्धित कथा भन्न सक्थे।  यो यसको मूल ज्योतिषीय उद्देश्य थियो जुन हामीले यहाँ देख्यौं

 तर किन?  र यसको अर्थ पूर्वजहरूको लागि  के थियो?

 किन प्राचीन कालदेखि नै कुम्भलाई दक्षिणी माछा नक्षत्रसँग जोडिएको छ ताकि कुम्भको पानी माछामा बग्छ?

प्राचीन राशि कथा

 हामीले देख्यौं कि बाइबलका पुरानो पुस्तकहरूले  परमेश्वरले नक्षत्रहरू बनाउनुभयो भनेर घोषणा गर्दछ।  तिनीहरूले मानिसजातिलाई डोर्याउदै उहाँको कथामा संकेतहरूको रूपमा काम गरे।  यस प्रकार आदम / मनु र उनका छोराहरूले उनीहरूलाई परमेश्वरको योजनाको निर्देशन दिदै आफ्ना वंशहरूलाई सिकाए।  कन्याले कन्या स्त्रीबाट आउँदै गरेको पुत्रको बारेमा भविष्यवाणी गर्नुभयो जो येशू हुनुहुन्थ्यो।  हामीले ठूलो द्वन्द्वको  माध्यमबाट काम गर्यौं र अब हामी दोस्रो एकाईमा छौं र उहाँको विजयका फाइदाहरू प्रकट गर्दैछौं।

 कुम्भको मूल अर्थ

 कुम्भले पूर्वजहरूलाई दुई ठूला सत्यताहरू भने जुन आज पनि हामीलाई ज्ञानका कुरा बोल्दछ।

 • हामी तिर्खाएका मानिसहरू हौ (दक्षिणी माछाले पानीमा पिइरहेको देखे)

 •  एउटा मानिसको पानी एक मात्र त्यस्तो पानी हो जसले अन्ततः हाम्रो तिर्खा मेट्छ।

 यी दुई सत्यहरू पुरानो ऋषि / अगमवक्ताहरूले पनि सिकाएका थिए।

 हामी तिर्खाएका छौं

 प्राचीन अगमवक्ताहरूले विभिन्न तरिकाबाट हाम्रो तिर्खाको बारेमा लेखेका थिए।  भजनसंग्रह (प्राचीन गीता) ले यसलाई यसरी व्यक्त गर्दछ:

१. जसरी हरिणले खोलाका पानीको तृष्‍णा गर्दछ, त्‍यसरी नै, हे परमेश्‍वर, मेरो प्राणले तपाईंको तृष्‍णा गर्दछ। २.मेरो प्राण परमेश्‍वरको निम्‍ति, जीवित परमेश्‍वरको निम्‍ति तिर्खाउँछ। म कहिले गएर परमेश्‍वरलाई भेटूँ?

 भजनसंग्रह ४२:१-२

हे परमेश्‍वर, तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, म तपाईंलाई दिलोज्‍यानले खोज्‍छु। पानी नभएको ओबानो र बाँझो जमिनमा मेरो प्राण तपाईंको निम्‍ति तिर्खाउँछ, मेरो शरीर तपाईंकै निम्‍ति मरिमेट्‌दछ।

भजनसंग्रह ६३: १

 तर समस्या आउँदछ जब हामी यो तिर्खालाई अन्य “पानी” सँग सन्तुष्ट पार्न खोज्छौं।  यर्मियाले यो सिकाए कि यो हाम्रो पापको जड हो।

“मेरा प्रजाले दुई वटा पाप गरेका छन्‌: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्‍यागेका छन्, र पानी नरहने फुटेका कुण्‍डहरू आफ्‍ना निम्‍ति खनेका छन्‌।

यर्मिया २:१३

 पानीको स्रोतहरू धेरै हुन्छन् जुन हामी पछ्याउँछौं : पैसा, यौन, खुशी, काम, परिवार, विवाह, ओहदा।  तर यीनीहरुले अन्तत: संतुष्ट दिँदैनन् बरु हामी अझै अधिक ‘प्यासी’ हुन्छौं।  बुद्धिमानी भनेर चिनिने माहन राजा सुलेमानले यी कुराहरु हाम्रो माया हुन् भन्ने बारेमा लेखेका थिए।  तर हाम्रो तिर्खा मेट्न हामी के गर्न सक्छौं?

 हाम्रो तिर्खा मेट्न स्थायी पानी

यी प्राचीन समयका अगमवक्ताहरूले हाम्रो तिर्खा मेट्ने समयको पनि पूर्वानुमान गरेका थिए।  जहाँसम्म मोशाको सन्दर्भमा तिनीहरू त्यो दिनलाई   पर्खिरहेका थिए जब:

तिनका गाग्राहरूबाट पानी भरिएर पोखिनेछ, अनि तिनको बीउले प्रचुर पानी पाउनेछ। “तिनीहरूका राजा अगागभन्‍दा पनि महान्‌ हुनेछन्, अनि तिनीहरूको राज्‍य समृद्ध बनाइनेछ।

गन्ती २४:७

 यो अगमवक्ता यशैया को सन्देश संग अनुसरण गरिएको थियो

१.हेर, एक जना राजाले धार्मिकतामा राज्‍य गर्नुहुनेछ, र शासकहरूले न्‍यायसित शासन गर्नेछन्‌। २.प्रत्‍येक मानिस बतासबाट शरणस्‍थान, र आँधीबेहरीबाट आश्रय लिने ठाउँ, मरुभूमिमा पानी भएका खोलाहरू, र सुक्‍खा भूमिमा ठूलो चट्टानको छायाजस्‍तै हुनेछ।

 यशैया ३२: १-२

“गरीब र दरिद्रहरूले पानी खोज्‍छन्, तर केही पनि हुँदैन, तिनीहरूको जिब्रो प्‍यासले सुक्‍नेछ। तर म परमप्रभुले तिनीहरूलाई जवाफ दिनेछु। म इस्राएलका परमेश्‍वरले तिनीहरूलाई त्‍याग्‍नेछैनँ।

 यशैया ४१:१७

 त्यसोभए कसरी तिर्खा मेटिन सकिन्छ?  यशैयाले भने

किनकि म सुकेको जमिनमा पानी र सुक्‍खा भूमिमा खोलाहरू खन्‍याइदिनेछु। म तेरो वंशमाथि मेरो आत्‍मा खन्‍याउनेछु, र तेरो सन्‍तानलाई आशिष्‌ दिनेछु।

 यशैया ४४:३

 सुसमाचारका पुस्तकहरूमा, येशूले आफू नै त्यो पानी हुँ भनेर घोषणा गर्नुभयो    

३७.अब चाड़को पछिल्‍लो दिन, अर्थात्‌ चाड़को प्रमुख दिनमा, उभिएर येशूले उच्‍च स्‍वरमा यसो भन्‍नुभयो, “यदि कोही तिर्खायो भने त्‍यो मकहाँ आओस्‌ र पिओस्‌। ३८.जसले ममाथि विश्‍वास गर्दछ, धर्मशास्‍त्रले भनेअनुसार ‘त्‍यसको अन्‍तस्‍करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्‍कनेछन्‌’।” ३९. तर यो कुरो उहाँले पवित्र आत्‍माको विषयमा भन्‍नुभएको थियो, जुन पवित्र आत्‍मा उहाँमाथि विश्‍वास गर्नेहरूले प्राप्‍त गर्न लागेका थिए। किनकि पवित्र आत्‍मा अहिलेसम्‍म दिइएको थिएन, किनभने येशूको महिमा अझसम्‍म भएको थिएन।

 यूहन्ना ७:३७-३९  

 उहाँले सिकाउनुभयो कि जुन “पानी” ले तिर्खा मेटाउँछ त्यो पानी उहाँको आत्मा वा प्राण हो, जो पेन्टेकोस्टमा मानिसहरूमा बस्न आउनुभएको थिए।  यो आंशिक पूर्ति थियो, जुन परमेश्वरको राज्यमा अन्तिम रूप हुनेछ यसले वर्णन गर्दछ:

तब तिनले मलाई स्‍फटिकजस्‍तै चहकिलो जीवनका पानीको नदी देखाए। त्‍यो नदी परमेश्‍वरको र थुमाको सिंहासनबाट निस्‍की

 प्रकाश २२: १

 तिर्खाएको दक्षिणी माछा

 कसलाई माछाको भन्दा बढी पानी चाहिन्छ?  यसैले कुम्भले आफ्नो पानी माछा पिसिस अस्ट्रेलिस् – दक्षिणी माछामा खन्याएको चित्रण गरिएको छ।  यसले साधारण सत्यलाई प्रकाश पार्दछ कि मानिस – कन्या स्त्रीको सन्तान – मानिसद्वारा जित्ने विजय र आशिषहरू निश्चित रूपले उनीहरूले प्राप्त गर्नेछन् जसका लागि तिनीहरू अभिप्रेत थिए।  तर यो प्राप्त गर्न हामीले निम्न कुरा गर्नु पर्छ:

१. “हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन।२. जे रोटी नै होइन, त्‍यसको निम्‍ति किन पैसा खर्च गर्छौ? अनि जे कुराले सन्‍तोष नै दिँदैन, त्‍यसको निम्‍ति किन परिश्रम गर्छौ? ध्‍यान देओ, ध्‍यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्‍यही खाओ, र स्‍वादिष्‍ट थोकहरू खाएर तिमीहरूको प्राण सन्‍तुष्‍ट हुनेछ। ३. कान थाप, र मकहाँ आओ। सुन, ताकि तिमीहरूको प्राण जिओस्‌। म तिमीहरूसित अनन्‍त करार बाँध्‍नेछु, दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्‍वासको प्रेम।

 यशैया ५५: १-३

 यी आशिष्‌हरू ग्रहण गर्ने भीडहरूको यो तस्वीर मीनको माछामा बढी विस्तृत रूपमा दिइएको छ।  उहाँको पानी को उपहार तपाईं र म लगायत सबै को लागी उपलब्ध छ।

 कुम्भ राशिफल

 राशिफल ग्रीक”होरो” (घण्टा) बाट आएको हो  र यसरी यसको अर्थ विशेष घण्टालाई चिन्हित गर्नु हो।  भविष्यसूचक लेखहरूले यस तरिकाले येशू मार्फत कुम्भलाई ‘होरो’ चिह्नित गर्दछ।

१३.येशूले त्‍यसलाई भन्‍नुभयो, “यो पानी पिउने प्रत्‍येक फेरि तिर्खाउनेछ, १४.तर जस-जसले मैले दिने पानी पिउँछ त्‍यो कहिल्‍यै तिर्खाउनेछैन। जुन पानी म त्‍यसलाई दिनेछु, त्‍यो त्‍यसमा अनन्‍त जीवनको निम्‍ति उम्रिरहने पानीको मूल बन्‍नेछ!” २१. येशूले तिनलाई भन्‍नुभयो, “ए नारी, मलाई विश्‍वास गर, त्‍यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँड़ामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ। २२.तिमीहरू जे आराधना गर्दछौ सो जान्‍दैनौ। हामी जे आराधना गर्दछौं सो जान्‍दछौं, किनभने मुक्तिचाहिँ यहूदीहरूबाट आउँछ।२३. तर बेला आइरहेछ, र त्‍यो बेला अहिल्‍यै हो, जब सच्‍चा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्नेछन्‌। किनकि आराधना गर्ने यस्‍तै आराधकहरूलाई नै पिताले खोज्‍नुहुन्‍छ।

यूहन्ना ४:१३-१४,२१-२३

 त्यसैले अब हामी कुम्भ राशिको ‘समय’ मा छौं।  यो समय मकर राशिको छोटो विशिष्ट घण्टा जस्तो होइन।  यसको साटो यो लामो र फराकिलो खुला ‘समय’ हो जुन त्यो वार्तालापको समयदेखि आज सम्म जारी छ।  कुम्भको यस समयमा, येशूले हामीलाई पानी दिनुहुन्छ जुन हामीमा अनन्त जीवन दिन्छ।

 तपाईंको कुम्भ पठन

 तपाईं आज कुम्भ राशिफल पढ्न निम्न तरीकाले लागू गर्न सक्नुहुनेछ।

 कुम्भले भन्छन् ‘आफूलाई चिन्नुहोस्’।  तपाई गहिरो भित्रीबाट के मा तिर्खाउनुभएको छ?  यो तिर्खाले कसरी तपाईंको वरपरका मानिसहरूले देख्ने लक्षणहरू देखाउँदछ? सायद तपाईं केवल “अरु धेरै”चाहना को लागी अस्पष्ट तिर्खाको बारेमा सजग हुनुहुन्छ,चाहे त्यो पैसा हो, लामो जीवन, सेक्स, विवाह, रोमान्टिक सम्बन्ध, वा राम्रो खाना र पेय हो।  त्यो तिर्खाले तपाईंलाई तीसँग नमिल्दो बनाउँदछ जुन तपाईंसँग पहिले नै नजिक छ, तपाईंको कुनै पनि गहिरो सम्बन्धमा निराशाको कारण बन्छ, चाहे सहकर्मीहरू हुन, परिवारका सदस्यहरू वा प्रेमीहरू हुन्।  सावधान रहनुहोस् कि तपाईंको तिर्खाले तपाईंसँग भएको कुरा नगुमाओस्।

 ‘जिउँदो पानी’ को अर्थ के हो आफैलाई सोध्नु अहिले उपयुक्त समय हो।  यसका विशेषताहरू के हुन्?  ‘अनन्त जीवन’, ‘वसन्त’, ‘आत्मा’ र ‘सत्य’ जस्ता शब्दहरू कुम्भ प्रस्तावलाई वर्णन गर्न प्रयोग गरिन्थ्यो।  तिनीहरू दिमागमा “प्रसस्त”, “सन्तुष्टि”, “स्फूर्ति” जस्ता गुणहरू ल्याउँदछन्।  यसले तपाईंको सम्बन्धलाई परिवर्तन गर्न सक्दछ ताकि तपाईं एक ‘लिने’ व्यक्ति नभई बरु एक ‘दिने’ व्यक्ति हुनुहुन्छ।  तर यो सबै तपाइँको तिर्खालाई थाहा पाएर र तपाइँलाई केले डोर्‍र्याउछ भन्ने बारे इमानदार हुँदै सुरू हुन्छ।  यस कुराकानीमा एउटा आइमाईको उदाहरण अनुसरण गर्नुहोस् र हेर्नुहोस् यदि तपाईं जान्न सक्नुहुन्छ कि उनले प्रस्तावलाई कसरी लिइन्।  जीवन जिउन मूल्यवान् हुन्छ जब तपाईं आफ्नो हृदय जाँच्नुहुन्छ।

 राशि कथा मार्फत अगाडि र कुम्भ राशिमा गहिरिएर

 कुम्भलाई ताराहरूमा राखिएको थियो ताकि सबैले यो कुरा सम्झना गरून् कि हामी यस जीवनमा अझ बढी तिर्खा गर्छौं र कन्याको सन्तानले हामीमा भएको त्यो तिर्खा मेट्न आउनुभयो।

 मीनले पुरानो राशिको कथा जारी राख्छ।  यहाँको प्राचीन ज्योतिषा ज्योतिषशास्त्रको आधार सिक्नुहोस्।

 कुम्भको गहन लिखित सन्देश बुझ्नको लागि हेर्नुहोस्:

  •  प्रचुरताको मायामा सुलेमानको ज्ञान

  • गंगामा तीर्थको दृष्टिले जीवित पानी राख्ने

  • येशूले सिकाउनुहुन्छ कि प्राणले द्विजमा पुर्‍याउँछ

एक पुस्तक को रूप मा राशि चक्र अध्याय को पीडीएफ डाउनलोड गर्नुहोस्