तपाइँको मकर राशी प्राचीन राशिफल

केप्रीकोन वा मकर पाँचौं राशी हो। वैदिक ज्योतिषशास्त्रले आज मकर राशि तपाईको कुण्डली एक सफल सम्बन्ध, स्वास्थ्य र धन बनाउन मार्गनिर्देशको रूपमा निर्णय गर्न प्रयोग गर्दछ ।

तर के त्यो यसको वास्तविक प्रयोग थियो?

मकर राशिको तस्बिर बाख्राको अगाडिको भाग र माछाको पुच्छरमा जोडिएर बनेको छ । बाख्रा-माछा कहाँबाट आयो?

सुरुबाटै यसको अर्थ के थियो?

सचेत रहनुहोस् ! यसको उत्तरले तपाईंको ज्योतिषालाई अप्रत्याशित तरिकाबाट खोल्दछ – जब तपाईं कुण्डली जाँच गर्नुहुन्छ तपाईंले सोचेको भन्दा फरक यात्रामा संलग्न हुनुहुन्छ…

कन्या बाट धनु सम्म हामीले हेरेका थियौं कि पहिलो चार नक्षत्रहरूले एक महान् उद्धारक व्यक्तिको सम्बन्धमा र उहाँको शत्रुसँगको नश्वर संघर्षको ज्योतिषीय एकाई बनाइएको थियो। हामीले यहाँ सब भन्दा पुरानो राशि कथाको आधार प्रस्तुत गर्‍यौं।

मकरले यस उद्धारकको काममा केन्द्रित गर्दै दोस्रो एकाईको परिचय गर्दछ किनकि यसले हामीलाई असर गर्दछ। यस एकाईमा हामीहरुले उद्धारकको शत्रुमाथि विजय र हामीमा आशिष आएको परिणामहरू देख्छौं। यो एकाई बाख्राको साथ खुल्छ साथै भेडा (मेष) र बीचका दुई माछा सम्बन्धित चिन्हहरू (कुम्भ र मीन) सँग बन्द हुन्छ। त्यसो भए कत्ति उपयुक्त छ कि बाख्राको अगाडिको भाग माछाको पुच्छरमा जोडिएको जुन सँधै मकरको प्रतीक हो।

पुरातन राशिफलमा यसको लाभहरु सबैको लागि उपलब्ध हुने भनी भविष्यबाणी गरेकाले मकर सबै मानिसहरूका लागि थियो। यदि तपाईं आधुनिक कुंडली अर्थमा मकर हुनुहुन्न भनेता पनि मकरको ताराहरुमा मिसाइएको प्राचीन ज्योतिषशास्त्रको कथा बुझ्न लाभदायक छ।

ज्योतिषशास्त्रमा मकर नक्षत्र

यहाँ रेखाहरू द्वारा जोडिएको मकर राशि बनाउने ताराहरू छन्। के तपाई यस तस्बिरमा बाख्रा-माछा जस्तो देखिने कुनै चीज देख्न सक्नुहुन्छ? कसरी कसैले पनि यी ताराहरू देखि एक जोडिएको बाख्रा र माछाको जीव कल्पना गर्न सक्छ?

मकर तारा नक्षत्र

बाख्रा र माछा स्वभावमा टाढा- टाढा सम्म पनि एक अर्कामा सम्बन्धित छैनन् । तर यो चिन्ह जहाँसम्म हामी मानव इतिहासको बारेमा थाहा पाउछौ त्यतिबेला देखि विद्यमान छ । यहाँ मिस्र देशको डेन्डेरा मन्दिरमा राशि छ जहाँ २००० वर्ष भन्दा पुरानो बाख्रा-माछा मकरको तस्बिर छ जुन रातोले गोलो लगाइएको छ।

रातोले गोलो लागेको मकर राशिको साथ डेन्डेरामा रश

यसको मतलब बाख्रा-माछाको विचार पहिलो आयो, मकरको ताराहरूलाई हेरेर होइन। तब प्रथम ज्योतिषीहरूले दोहोरिरहने चिन्हको रूपमा स्मरण सहायताको लागी मकरको तस्बिर बनाउन यस विचारलाई ताराहरूमा राखे । पूर्वजहरूले आफ्ना बच्चाहरूलाई बाख्रा-माछा औंल्याउन र चित्रसँग सम्बन्धित कथा तिनीहरूलाई भन्न सक्थे। यो राशिको मूल ज्योतिषीय उद्देश्य थियो जुन हामीले यहाँ देख्यौं।

तर प्रचिनमा यसको अर्थ के थियो?

मकर बाख्रा

मकरको तस्बिरले बाख्राको टाउको झुकेको देखाउँदछ, साथै दाहिने खुट्टा शरीरको मुनि मोडिएको, र ऊ देब्रे पट्टिको खुट्टा उठाउन असमर्थ देखिन्छ। यस्तो देखिन्छ कि बाख्राको मृत्यु भइरहेको छ। तर माछाको पुच्छर कोमल, मोडिएको र पूरा शक्तिले र जीवनले भरिएको छ।

मर्दै गरेको मकर बाख्रा तर माछाको पुच्छर जीवित छ

  मानव इतिहासको सुरूदेखि नै बाख्रा (र भेडा) लाई ईश्वर अगाडि बलि चढाउने स्वीकार्य तरिका थियो। बाइबलले भन्दछ कि आदम / मनुको छोरो हाबिलले आफ्नो बगालबाट बलिहरू चढाए। अब्राहमले एउटा भेडा (नर बाख्रा वा भेडा) चढाउँदै कैलास जत्तिकै पवित्र पर्वत बनाए। मोशाले काली जत्तिको शक्तिशाली मृत्युको सामना गर्न इस्राएलीहरूलाई निस्तार-चाडको लागि एउटा पाठो बलि चढाउन भने। यी हामीहरुलाई तुलाको सन्तुलनबाट उद्धार गर्नको लागि अर्कोको मूल्य चाहिन्छ होला भनेर सिकाउने संकेतहरू थिए । येशू,क्रूसमा आफ्नो बलिदान दिनुभयो हाम्रो लागि त्यो बलिदान हुन उहाँ स्वेच्छाले राजी हुनुभयो।

पूर्वजहरूले मृत्युमा झुकेको मकर राशिको बाख्रा तिनीहरूलाई यो स्मरण गराउन प्रयोग गर्दथे की प्रतिज्ञा गरिएको उद्धारक बलिदान हुन आउँदैहुनुहुन्छ ।

मकर माछा

तर मकर राशिको माछाको पुच्छरको अर्थ के हो? उदाहरणका लागि हामी अर्को चिनियाँहरूको प्राचीन संस्कृतिमा हेर्छौं । चिनियाँ नववर्ष उत्सव जनवरी / फेब्रुअरी (करिब मकर राशिको समयमा) देखा पर्दछ र हजारौं बर्ष पहिलाको परम्परा हो। यो चाड चिनियाँहरूले आफ्नो ढोकाहरुमा सजावट झुण्डाएर उत्सव मनाउँछन्। यहाँ यसको केहि तस्बिरहरू छन्।

चिनियाँ नयाँ वर्ष पत्र
चिनियाँ नयाँ वर्ष को लागी सजावट
चिनियाँ नयाँ वर्ष – माछाहरु

तपाईं ध्यान दिनुहुनेछ की सबैले माछाहरु देखाउँछन्। तिनीहरूले आफ्ना नयाँ वर्ष अभिबदनहरुमा माछाहरूको प्रयोग गर्छन् किनभने प्राचीन कालदेखि नै माछाहरु जीवन, प्रचुरता र प्रशस्तको प्रतीक थियो ।

त्यस्तै प्रकारले, प्राचीन राशिमा माछाहरुले धेरै जीवित मानिसहरूको भरिपूर्णता लाई प्रतिनिधित्व गर्‍यो जो आफैले बलिदान ग्रहण गरेका थिए।

येशूले धेरै मानिसहरूलाई त्यही माछाहरुको तस्बिर प्रयोग गरेर शिक्षा दिनुभयो जसमा उहाँको बलिदान पुग्थ्यो । उहाँले शिक्षा दिनुभयो 

४७. “स्‍वर्गको राज्‍य समुद्रमा हानेको एउटा जालजस्‍तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्‌।४८. अनि जाल भरिएपछि मानिसहरूले त्‍यसलाई किनारमा तानी निकाले, र बसेर असल जतिलाई भाँड़ाहरूमा जम्‍मा गरे, र खराब जतिलाई बाहिर फाले।

मत्ती १३:४७-४८

जब येशूले उहाँको चेलाहरूको भविष्यको कामको बारेमा बताउनुभयो उहाँले भन्नुभयो     

१८.गालील-समुद्रको किनारमा हिँड्‌नुहुँदा उहाँले पत्रुस भन्‍ने सिमोन र तिनका भाइ अन्‍द्रियास, दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्‍नुभयो। तिनीहरू मछुवा थिए। १९.उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्‍याउनेछु।”

मत्ती ४:१८-१९

दुबै पटक माछाहरुको तस्बिरले मानिसहरूको समूहलाई प्रतिनिधित्व गर्‍यो जुन उनीहरूलाई दिईएको येशूको उपहार ‘ भक्ति ‘ प्राप्त गर्दछन्। किन तपाईं पनि नहुने?

मकर राशिफल

राशिफल ग्रीक शब्द “होरो” (घण्टा) बाट आएको हो र यसको अर्थ विशेष घण्टालाई चिन्हित गर्नु हो। भविष्यसूचक लेखहरूले मकरलाई ‘होरो’ जीवन्त रूपमा चिह्नित गर्दछ। किनकि मकर दुई गुणा (बाख्रा र माछा) हो, मकरको होरो पनि दुई गुणा हो: बलिदानको घण्टा र समूहको घण्टा। येशूले यो सँगको पहिलो होरोजलाई चिन्हित गर्नुभयो।      

१४.अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्‍नुभयो।१५. उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले दुःख भोग्‍न अघि नै यो निस्‍तार-चाड़को भोजन तिमीहरूसँग खाने ठूलो इच्‍छा गरेको थिएँ, १६.किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍यमा यो पूरा नहोउञ्‍जेल म यो भोज फेरि खानेछैनँ।” २०.     यसै गरी खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो।

लूका २२: १४-१६,२०  

यो मकर बाख्राको ‘घडी’ हो। निस्तार चाड १५०० वर्ष भन्दा अगाडि देखीको नीस्तार चाडको यात्राले यस घडीको पूर्व चित्रण गरिएको थियो कि जब बलिको रगतले ढोकाहरू रंगाइयो ताकि मृत्यु माथि विजय होस् । यस घडीको पूर्वचित्रण गरिएको थियो। ठीक त्यही घडीमा येशूले उहाँको रगत त्यस्तै गरी तिनीहरू र हाम्रो लागि खन्याइने छ भन्दै निस्तार चाडको पूरा अर्थ खोलिदिनुभयो । मोशासँगको निस्तार-चाड र मकर बाख्राको जस्तै उहाँ मर्नुहुनेछ जसकाकारण हामीले जीवन पाउनेछौं। धेरैको जीवनको साथ साथै त्यो घडीले अर्को घडीमा दोर्याउदछ ।         

१४.अनि मैले हेरें, र एउटा सेतो बादल र त्‍यसमाथि बस्‍नुभएको मानिसको पुत्रजस्‍तो एक जनालाई देखें, जसको शिरमा सुनको मुकुट थियो र हातमा एउटा धारिलो हँसिया थियो।१५. अर्को एउटा स्‍वर्गदूत मन्‍दिरबाट बाहिर आए, र बादलमाथि बस्‍नुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिनुहोस्, र कटनी गर्नुहोस्, किनकि कटनीको समय आएको छ, किनभने पृथ्‍वीको बाली पूरै पाकिसकेको छ।” १६.यसरी बादलमाथि बस्‍नुहुनेले आफ्‍नो हँसिया पृथ्‍वीमाथि चलाउनुभयो, अनि पृथ्‍वीको कटनी भयो।

प्रकाश १४:१४-१६  

भविष्यसूचक लेखमा यो समय आउँछ जब मकरको बलिदानमा सम्मिलित भएकाहरूले यस युगको अन्तमा स्वर्गको फसलमा भाग लिनेछन्। यो येशूले भन्नुभएको जालमा माछाको दृष्टान्तको घडी हो। बाख्रा र माछाको यी दुई होरोजले एक अर्कालाई सन्तुलित र पूर्ण गर्दछन्। यी दुई घण्टाले पुरानो ज्योतिष राशिफलमा मकरलाई चिन्हित गर्दछ।

तपाइँको मकर पठन

तपाईं र म मकर राशि पढेर आज कुन्डलीको रूपमा यसरी लागू गर्न सक्दछौं।

मकरले बताउँछ कि जीवनमा आँखाको सन्तुष्टि भन्दा अरु धेरै कुरा हुन्छन्। यदि तपाईंले ब्रह्माण्डलाई चलाउनुभएको भए सायद यसका सबै विशेषताहरू सीधा र स्पष्ट हुने थियो। तर तपाईंले यो तथ्यलाई स्वीकार्नु पर्छ कि न तपाईं नता म नै जिम्मेवारी छौ । जसरी त्यहाँ भौतिक नियमहरु छन् जुन ग्रहहरुको गति लाई नियन्त्रित गर्दछन् , त्यहाँ आध्यात्मिक नियमहरु छन् जुन तपाईलाई नियन्त्रण गर्दछन्। झगडा गर्न जारी राख्नु वा यसको वरिपरि जाने प्रयास गर्नु भन्दा त्यो वास्तविकतालाई राम्रोसँग स्वीकार्नुहोस्। अन्यथा तपाईंले पाउनुहुनेछ कि यी नियमहरूको बिरूद्ध जाँदा यति कष्टकर हुन्छ जस्तो शारीरिक नियमहरुको बिरूद्ध जाँदा हुन्छ । पक्कै पनि तपाईं मौलिक आध्यात्मिक होरोजसँग नमिल्दो हुन चाहनुहुन्न।

सायद यी आध्यात्मिक नियमहरू एक साथ पाउन सुरु गर्ने राम्रो ठाउँ भनेको केवल यी सबै पहिला बुझ्ने प्रयास गर्नुको सट्टा धन्यवाद र कृतज्ञता व्यक्त गर्नु हो। जे भए पनि, यदि त्यहाँ कोही छ जसले तपाईंलाई खोजिरहेको छ त्यस्तो तरिकाबाट कि तपाइँको सट्टामा आफ्नै रगत बगाउनु हुन्छ त्यसैले तपाईं किन धन्यवाद भन्न कोशिस नगर्ने। धन्यवादी हुनु एउटा यस्तो विशेष गुण हो जुन कुनै पनि सम्बन्धमा भएको धेरै प्रश्नहरूको हल गर्न सक्छ। र तपाइँ कुनै पनि समय र कुनै पनि दिन सीधा आफ्नो हृदयबाट धन्यवाद दिन सक्नुहुन्छ। हुनसक्छ त्यतिखेर तपाईंको जीवनको अनुभूति गर्न सबै समस्याका कुराहरू आउन सुरु हुन सक्छन् । साहसी हुनुहोस्, नयाँ दिशा लिनुहोस्, र मकर राशिलाई ‘धन्यवाद’ भन्नुहोस्।

थप राशि र मकरमा गहिरिएर

मकर राशि बाख्रामा हामीले मृत्युको बलिदानलाई चित्रण गरेको देख्छौं। मकर राशि माछामा हामी धेरै व्यक्तिहरू देख्छौं जसको लागि बलिदानले जीवन दिन्छ। तिनीहरू पानीमा बसेकाले, मकर माछाले हामीलाई पनि पुरानो राशिको कथामा अर्को कुंडलीको लागि तयार गर्दछ जुन कुम्भ राशि हो जहाँ मानिसले जिउँदो पानीको नदीहरू ल्याउँदछ।

यहाँ प्राचीन ज्योतिषा ज्योतिषशास्त्रको आधारभूत सिद्दान्त सिक्नुहोस्। कन्याको साथ यसको सुरुवात पढ्नुहोस्।

मकर राशिको लिखित कथामा अझ गहिरिएर जान हेर्नुहोस्:

• पहाडलाई पवित्र बनाउन अब्राहमको बलिदान

• काली, मृत्यु र निस्तारको संकेत

• अवर्ण बाट वर्ण सम्म – सबै को लागी आउँदै गरेको मानिस

• येशूबाट शुद्धताको उपहारलाई बुझ्दै र प्राप्त गर्दै

एक पुस्तक को रूप मा राशि चक्र अध्याय को पीडीएफ डाउनलोड गर्नुहोस्