पुराण, रामायण, र महाभारतले अन्त सम्म जीवित रहने आठ प्रतिष्ठित चिरन्जीवीहरु को विवरण दिएको छ । यदि यी मिथकहरू ऐतिहासिक छन् भने यी चिरन्जीवीहरू आज पनि पृथ्वीमा छन् जो हजारौं बर्ष वा सो भन्दा बढी चलिरहन्छ।
यी चिरन्जीवीहरू निम्न हुन्:
• वेद व्यास, जसले महाभारत रचेका थिए, जो त्रेता युगको अन्त्यतिर जन्मेका थिए।
• हनुमान, ब्रह्माचारी मध्ये एक हनुमानले रामाएनको वर्णन अनुसार रामको सेवा गर्थे।
• परशुराम, पुरोहित-योद्धा र विष्णुको छैठौं अवतार, युद्धमा सबै प्रकारले कुशल।
• विभीषण, रावणको भाई, जसले रामको अगाडी आत्म समर्पण गरे। रावणलाई मारे पछि रामले विभीषणलाई लंका को राजा बनाए। उसको दीर्घायु वरदान महा युगको अन्त्यसम्म जीवित रहनु हो।
• अश्वत्थामा, र कृपा नै एक्लो कुरुक्षेत्र को युद्धबाट जीवित बाँचेका व्यक्तिहरू हुन्। अश्वत्थामा ले केही व्यक्तिहरूलाई अवैधानिक रूपमा मारे त्यसैले कृष्णले उसलाई असाध्य घाउहरुले ढाकिएको पृथ्वीमा भटकिरहने सराप दिए।
• महाबली, (राजा बलि चक्रवर्ती) केरलाको वरपरको कुनै स्थानको एक राक्षेस-राजा थियो। यो यति शक्तिशाली थियो कि देवताहरू उ बाट खतरा महसूस हुन्थे। त्यसैले विष्णुको बाउन्ने अवतार, वामानले उसलाई धोका दिए र उसलाई नरकमा पठाइदिए।
• महाभारत राजकुमारहरूका गुरु कृपा ,कुरुक्षेत्र युद्ध पछि बचेकाहरू तीनजना कौरव मध्ये एक थिए। एक अद्भुत गुरु भएको कारण कृष्णले उनलाई अमरत्व दिए र उनी आज पनि जीवित छन्।
• मार्कंडेय एक प्राचीन ऋषि हुन्, जुन महाभारतमा उल्लेख छ, जसलाई शिवले उनको भक्तिको कारण अमरत्व दिएका थिए।
के चिरन्जीवीहरु ऐतिहासिक हुन्?
यद्यपि यो प्रेरणादायकको रूपमा सम्मानित, इतिहासमा चिरन्जीवीहरुको स्वीकृति असमर्थित छ। कुनै पनि इतिहासकारले उनीहरूसँग प्रत्यक्षदर्शी भेट भएको लिपिबद्ध गरेका छैनन्। पौराणिक कथामा उल्लेख गरिएका धेरैजसो ठाउँहरू भौगोलिक रूपमा अवस्थित हुन सक्दैनन्। महाभारत, रामायण र पुराण जस्ता लिखित स्रोतहरू ऐतिहासिक रूपमा प्रमाणित गर्न गाह्रो छ। उदाहरणका लागि, विद्वानहरूको अनुमान छ कि ५ औं शताब्दी ईसा पूर्वमा रामायण लेखिएको थियो। तर यसको परिदृश्य ८७०००० वर्ष अगाडि, अर्थात त्रेता युगमा रहेको छ, सायद यसलाई घटनाका लागि सायद नै कोही प्रत्येक्ष दर्शी पाईन्छ। त्यस्तै गरी, महाभारतको रचना पनि तेस्रो ईसापूर्व र तेस्रो ईस्वी सन् शताब्दीको बीच कुनै समयमा भएको थियो,जबकि संभवत: यसमा ८-९ औं शताब्दी ईसा पूर्वको घटनाहरूको उल्लेख पाईन्छ । लेखकहरू ती घटनाहरूको साक्षी बनेनन्, जो उनीहरूले सुनाएका थिए, किनकि तिनीहरू सयौं वर्ष अघि भइसकेको थियो।
येशूको पुनरुत्थान एतिहासिक रूपमा जाँच गरियो।
येशूको पुनरुत्थान र नयाँ जीवन पाउने बारेमा बाइबलको दाबीको बारेमा के भन्न सकिन्छ त? के येशूको पुनरुत्थान चिरन्जीवि जस्तो पौराणिक हो, वा यो ऐतिहासिक हो?
यो जाँचको विषय हो किनकि यसले सीधा हाम्रो जीवनलाई प्रभावित गर्छ। हामी सबै मर्नेछौं, चाहे हामीसंग जतिसुकै धन, शिक्षा, स्वास्थ्य र अन्य लक्ष्यहरू प्राप्त नै किन नहोस् । यदि येशूले मृत्युलाई पराजित गर्नुभयो त्यसैले यसले हाम्रो आफ्नै आउँदै गरेको मृत्युको सामना गर्ने आशा प्रदान गर्दछ। यहाँ हामी उहाँको पुनरुत्थानलाई समर्थन गर्ने केही ऐतिहासिक तथ्यहरूलाई हेर्छौं।
येशूको लागि ऐतिहासिक पृष्ठभूमि
येशू अस्तित्वमा हुनुहुन्थ्यो र उहाँको मृत्यु सार्वजनिक रितिबाट भएको थियो, यो तथ्यले इतिहासको समय चक्रलाई नै परिवर्तन गर्दछ। सांसारिक इतिहासले येशू र उहाँको दिनहरुमा संसारमा पार्ने उहाँको प्रभावका थुप्रै उल्लेखहरू को लिपिबद्ध गर्दछ। हामी दुईवटामा आफ्नो ध्यान लगाउँदछौं।
टैकिटुस
रोमी शासक-इतिहासकार टैकिटुसले इतिहासको लिपिबद्ध गर्ने समयमा येशूको लागि एक रोचक सन्दर्भ लेखेका थिए कि कसरी रोमी सम्राट निरोले पहिलो शताब्दीका विश्वासीहरुलाई ( ६५ ईस्वी सन्) मा मृत्युदण्ड दिएको थिए । टैकिटुसले केही यस्तो लेखेको थिए।
‘नीरो … ले जसलाई सबैभन्दा कठोर यातनाको साथ सजाय दियो, ती व्यक्तिहरूलाई सामान्यतया ईसाई भनिन्छ, जो उनीहरूको घोर अपराधका कारण घृणा गरिन्थ्यो। विश्वासी हरुको संस्थापकको नाम ख्रीष्ट अर्थात येशू हुनुहुन्थ्यो, जसलाई तिबिरियुसको शासनकालमा यहूदियाका हाकिम पन्तियास पिलतस् द्वारा मृत्यु दण्ड दिइएको थियो; तर केही समयका लागि दमन गरिएको खतरनाक अन्धविश्वास, फेरि टुट्यो, यहूदियाबाट मात्र नभई, त्यहाँ यस बदमासीको उत्पत्ति भएको थियो, तर रोमको शहरमा पनि। ‘टैकिटुस बर्षक्रमिक इतिहास
१५.४४.११२ ईस्वी सन्
टैकिटुसले पुष्टि गर्दछ कि येशू :
१. एक ऐतिहासिक व्यक्ति हुनुहुन्थ्यो;
२. जो पन्तियास पिलतस् द्वारा ;
३. यहूदिया / यरूशलेम मा मारिनुभयो
४. ६५ ईस्वी सन् सम्ममा, येशूमा विश्वास भूमध्य सागरबाट लिएर रोमसम्म यति अधिक सामर्थ्यको साथ फैलिएको थियो कि रोमको सम्राट्ले महसुस गरे कि उसले यसको सामना गर्नुपर्छ।
ध्यान दिनुहोस् की टैकिटुसले यी कुराहरू एक शत्रुतापूर्ण साक्षीको रूपमा भनिरहेको छ किनकि उसले ठान्दछ की जुन आन्दोलनलाई येशूले आरम्भ गर्नुभएको थियो,त्यो एक “दुष्टतापूर्ण अन्धविश्वास” थियो। उसले यसको विरोध गर्दछ, तर यसको ऐतिहासिकतालाई इन्कार गर्दैन।
जोसीफुस
प्रथम शताब्दीमा जोसीफुस, एक यहूदी सैन्य अगुवा / इतिहासकारले यहूदी इतिहासको शुरूदेखि तिनीहरूको समयसम्म संक्षेपमा प्रस्तुत गरे। त्यसो गर्दा उसले यस्तो शब्दहरू प्रयोग गरेर येशूको समय र उहाँको जीवनलाई यस प्रकारले प्रस्तुत गर्दछ:
‘यस समयमा एक बुद्धिमानी व्यक्ति…येशू…भलो,र असल गुणहरूले भरपूर हुनुहुन्थ्यो । र धेरै यहूदीहरू र अन्य राष्ट्रहरूका व्यक्तिहरू उहाँको चेला बने । पिलातसले उहाँलाई क्रूसमा टाँगिन र मर्नको लागि दण्ड दियो। अनि जो येशूको चेला बनेका थिए , उनीहरूले उहाँको चेलापन छाडेनन्। उहाँ क्रूसमा टाँगेको तीन दिन पछि उहाँ तिनीहरूसामु देखा पर्नुभयो र उहाँ जीवित हुनुहुन्छ भनेर उनीहरूले उल्लेख गरे।
जोसीफुस .
९० ईस्वी सन् . पुरातनता १८:३३
जोसीफुस ले यो पुष्टि गर्दछ कि:
१. येशू जीवित हुनुहुन्थ्यो,
२. उहाँ एक धार्मिक शिक्षक हुनुहुन्थ्यो,
३. उहाँको चेलाहरूले सार्वजनिक रूपमा मृत्युबाट येशूको पुनरुत्थानको घोषणा गरे।
यी ऐतिहासिक झलकहरूले देखाउँदछ कि ख्रीष्टको मृत्यु एक चर्चित घटना थियो र उहाँका चेलाहरूले ग्रीक-रोमी संसारमा उहाँको पुनरुत्थानको विषयलाई जोड दिएका थिए।
बाइबलबाट ऐतिहासिक पृष्ठभूमि
इतिहासकार लूका, अगाडी भन्दछन् कि यस विश्वासको प्राचीन संसारमा विकास कसरी भयो। यहाँ बाइबलको पुस्तक प्रेरितबाट उनको केही अंश दिईएको छ:
ब पत्रुस र यूहन्ना मानिसहरूसंग बोलिरहेका थिए, केही मानिसहरू तिनीहरूकहाँ आए। तिनीहरू यहूदी पूजाहारीहरू मन्दिरको देखरेख गर्नेहरूको कप्तान र केही सदुकीहरू थिए।
प्रेरित ४:१-१७ (६३ ईस्वी सन्)
2 पत्रुस र यहून्नाले जे जती कुराहरू मानिसहरूलाई सिकाए त्यसकारणले तिनीहरू रिसाइसकेका थिए। ती दुइ प्रेरितहरूले भन्दै थिए मानिसहरू मृत्युबाट जाग्नेछन्। येशूको उदाहरण दिएर तिनीहरूले यो सिकाए।
3 यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई पक्रे अनि जेलमा थुनामा राखे। रात परिसकेको थियो, यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई अर्को दिन सम्म जेलमा राखे।
4 तर धेरै मानिसहरू जजसले पत्रुस र यूहन्नाको समाचार सुनेका थिए, तिनीहरू विश्वासी बनिए। यसर्थ अहिले त्यहाँ प्रायः पाँच हजार पुरूषहरू विश्वासीहरूको हूलमा थिए।
5 अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न भए।
6 प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेकजाण्डरहरू त्यहाँ थिए। सबै मानसिहरू जो प्रधान पूजाहारी चुनिने एक परिवारका थिए।
7 तिनीहरूले पत्रुस र यूहन्नालाई सबैजना समक्ष उभ्याए। यहूदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, “यस लङ्गडो मानिसलाई तिमीहरूले कसरी ठीक पार्यो? के शक्तिले तिमीहरूले यो काम गरयौ? कसको अधिकार लिएर तिमीहरूले यसो गर्यौ?”
8 तब पवित्र आत्माले पत्रुस भरिपूर्ण भयो। उनले तिनीहरूलाई भने, “मानिसहरूका अगुवाहरू र बूढा अगुवाहरूः
9 तिमीहरूले यस्ता असल काम गरेको विषयमा अहिले हामीलाई प्रश्न गरिरहेछौ कि यो लङ्गडो मानिस कसरी निको भयो?
10 तिमीहरू सबै, यहूदी मानिसहरूले जानुन् कि यो लङ्गडो मानिस नासरतका येशू ख्रीष्टको शक्तिद्वारा निको भएको हो! जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ। परमेश्वरले उहाँलाई मृत्युबाट जीवनमा बौराउनु भयो। यो मानिस लङ्गडो थियो, तर अब ठीक छ। उ तिमीहरू सामु उभिन सामर्थ छ येशूको शक्तिले गर्दा!
11 येशू हुनुहुन्छः‘यो ढुङ्गालाई तिमी डकर्मीहरूले कुनै महत्व नै दिएनौ तर यो ढुङ्गा मूल-ढुङ्गा हुनगएको छ।’
12 येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ।”
13 यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसंगै रहन्थे भनेर थाहा पाए।
14 तिनीहरूले त्यो लङ्गडो मानिस दुइ प्रेरितहरूको छेउमा बसेको देखे। त्यो मानिस निको भएको थियो। यसैकारणले तिनीहरूले ती प्रेरितहरूले भनेको विरूद्ध केही उत्तर दिन सकेनन्।
15 यहूदी अगुवाहरूले तिनीहरूलाई महासभाबाट बाहिर जान भने। त्यसपछि ती यहूदी नेताहरू आपसमा अब के गर्नु पर्ने भन्ने कुरामा वहश गरे।
16 तिनीहरूले भने, “हामीहरूले ती प्रेरितहरूसित के गर्नु पर्ने? यरूशलेमका प्रत्येक मानिसहरूले जान्दछन् कि तिनीहरूले ठूलो आर्श्चयकर्म गरेकाछन्। यो छर्लङ्गा छ। हामी यसलाई सत्य होइन भन्न सक्तैनौ।
17 तर हामीहरू तिनीहरूलाई येशूको विषयमा मानिसहरूलाई अझ धेरै नबताउनु भनेर हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ। तब यो विषय मानिसहरू बीच अझ फैलिने छैन।”
अधिकारीहरूबाट थप विरोध
17 प्रधान पूजाहारी र उनका साथीहरू (त्यस टोलीलाई सदुकीहरू भनिन्थ्यो) इर्ष्याले भरिए।
भए।प्रेरित ५:१७-४१
18 तिनीहरूले प्रेरितहरूलाई पक्रे अनि जेलमा थुने।
19 तर राती प्रभुको दूतले जेलको दैलोहरू खोलिदिए अनि तिनीहरूलाई बाहिर ल्याए अनि भने,
20 “जाऊ र मन्दिर प्राङ्गणमा उभिनू अनि मानिसहरूलाई यो नयाँ जीवनको विषयमा प्रत्येक कुरा वर्णन गर्नु।”
21 जब प्रेरितहरूले यो सुने, तिनीहरू मन्दिर प्राङ्गणमा विहानै गए अनि सिकाउन शुरू गरे।प्रमुख पूजाहारी र उनका साथीहरू आई पुगे। तिनीहरूले यहूदी मानिसका समस्त अगुवाहरू सहित सभाघरमा सभा डाके। तिनीहरूले प्रेरितहरूलाई कैंदखानाबाट ल्याउन भनी केही मानिसहरू पठाए।
22 जब तिनीहरू जेल गए तिनीहरूले प्रेरितहरूलाई पाउन सकेन्न। तब तिनीहरू फर्केर आए अनि यस विषयमा यहूदी अगुवाहरूलाई बताए।
23 तिनीहरूले भने, “जेल बन्द र सुरक्षित रूपले ताल्चा मारेको थियो। प्रहरीहरू दैलोमा उभिरहेका थिए। तर जब हामीले दैलो खोल्यौं, जेल खाली थियो।”
24 मन्दिरका प्रहरीका कप्तान र मुख्य पूजाहारीहरूले त्यो सुने। तिनीहरू अन्योलमा परे। तिनीहरू यसबारेमा अर्श्चयचिकत भए अनि भने, “यसको परिणाम अब के हुने हो?”
25 तब अर्को मानिस आयो र तिनीहरूलाई भन्यो, “ध्यान दिनुहोस्! जसलाई तपाईंहरूले जेलमा हाल्नुभएको थियो तिनीहरू मन्दिरको प्रागंणमा उभिरहेका छन्। तिनीहरूले मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”
26 त्यसपछि कप्तान र उनका मानिसहरू बाहिर निस्के अनि प्रेरितहरूलाई पक्रे अनि तिनीहरूलाई ल्याए। तर सिपाहीहरूले तिनीहरूलाई केही बलजफ्ती गरेनन्, किनभने तिनीहरू जनतासंग डराउँथे। सिपाहीहरू डराए किनभने मानिसहरू क्रोधित हुनेछन् अनि तिनीहरूलाई ढुङ्गा हान्नेछन्।
27 सिपाहीहरूले प्रेरितहरूलाई यहूदी सभामा ल्याए अनि यहूदी अगुवाहरू समक्ष उभ्याए। प्रधान पूजाहारीले सोध खोज गरे।
28 उनले भने, “यस मानिसको विषयमा मानिसहरूलाई कहिले पनि केही नसिकाउनु भनी हामीले तिमीहरूलाई कडा आदेस दिएका थियौं। तर हेर, तिमीहरूले के गरेकाछौं! तिमीहरूले यरूशलेम नै तिमीहरूको शिक्षाले भरिदियौ। तिमीहरूले यस मानिसको मृत्युको जिम्मेवार हामीलाई ठहर्याउन कोशिश गरिरहेछौ।”
29 पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूलाई भन्दा परमेश्वरलाई मान्नु पर्छ।
30 तिमीहरूले येशूलाई मार्यौ। तिमीहरूले उहाँलाई क्रूसमा झुण्ड्यायौ। तर परमेश्वरले जो हाम्रा पुर्खाहरूका परमेश्वर हुनहुन्छ उहाँलाई मृत्युबाट बौराउनु भयो।
31 येशूलाई परमेश्वरले अगुवा अनि मुक्ति दाताको रुपमा आफ्ना दाहिने तर्फ उठाउनु भयो। परमेश्वरले यसो गर्नुभयो ताकि सबै यहूदीहरूले आफ्ना हृदय र जीवन परिवर्तन गर्न सकुन् अनि पापहरूका निम्ति उहाँबाट क्षमा प्राप्त गर्न सकुन्।
32 हामी यी कुराका गवाही छौ। अनि पवित्र आत्मा पनि जो परमश्वरले तिनीहरूलाई दिनुभएको थियो जसले उहाँको आज्ञा पालन गरे, यी कुराहरूको लागि गवाही छन्।”
33 यहूदी नेताहरू यी कुरा सुनेपछि रिसले चूर भए। तिनीहरूले प्रेरितहरूलाई मार्न चाहन्थे।
34 फरिसीहरू मध्ये एकजना त्यस सभामा जुरूक्क उठे, उसको नाउँ गमलिएल थियो। उनी शास्त्री थिए र सबै जनताले उनलाई इज्जत गर्थे। तिनले मानिसहरूलाई केही क्षणको लागि प्रेरितहरूलाई सभागृहबाट बाहिर लैजान भने।
35 त्यसपछि उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, यी मानिसहरू प्रति तपाईंहरूले जे गर्न योजना गर्नु हुँदैछ त्यसमा सावधान हुनु होस्।
36 याद गर केही समय अघि के भएको थियो जब थ्यूदास प्रकट भयो? तिनले आफू मुख्य मानिस भएको दावी गरे। झण्डै चार सय मानिसहरूले उनलाई साथ दिए। तर उसलाई मारियो। उसको चेलाहरू छरपष्ट भए अनि आन्दोलन त्यसै शेष भयो।
37 त्यसपछि गालीलवासी यहूदा नाउँ भएको एकजना मानिस आए। यो जनगणनाको समय थियो। उसले केही मानिसहरूलाई आफूपछि लाग्न पनि लगाए र अगुवाई गरे। ऊ पनि मारिए। अनि तिनका पछि लाग्नेहरू छरपष्ट भए।
38 यसर्थ अब म तिमीहरूलाई भनिरहेछुः ती मानिसहरूबाट टाढ रहौ। तिनीहरूलाई एक्लै छाडिदेऊ। यदि तिनीहरूको योजना मानिसहरूबाट अथवा जे तिनीहरूले गरिरहेका छन् त्यो मानिसहरूबाट हो भने यो असफल हुनेछ।
39 तर यदि यो परमेश्वरबाट भएको हो भने, तब तिमीहरूले तिनीहरूलाई रोक्नु सक्ने छैनौं। तिमीहरूको लडाँई परमेश्वर स्वयंको विरुद्धको लडाँई भएर समाप्त होला।”गमलिएलले भनेको कुरामा यहूदी अगुवाहरू सहमत भए।
40 तिनीहरूले प्रेरितहरूलाई फेरि बोलाए। तिनीहरूले तिनीहरूलाई कुट-पिट गरे अनि येशूको विषयमा मानिसहरूलाई केही अझ अरू नबताउनु भने। त्यसपछि तिनीहरूले तिनीहरूलाई छाडी दिए।
41 प्रेरितहरू त्यो सभा छाडेर गए। येशूको नाउँमा यसरी अपमानित पाइनु योग्य भएकोमा उनीहरू खुशी
यहूदी अगुवाहरूले ले यो नयाँ विश्वासलाई रोक्न कसरी ठूलो परिश्रम गरे हेर्नुहोस्। यी प्रारम्भिक विवादहरू यरूशलेममा भएको थियो, यो त्यहि शहर थियो जहाँ केही हप्ता अघि मात्र तिनीहरूले सार्वजनिक रूपमा येशूलाई मृत्युदण्ड दिएका थिए।
यस ऐतिहासिक तथ्याङ्कबाट हामी पुनरुत्थानको बारेमा अनुसन्धान यस कुरालाई ध्यानमा राखेर विकल्पको तुलना गर्दै गर्न सक्छौ कि यसको के अर्थ हो।
येशूको शरीर र चिहान
मृत ख्रीष्टको चिहानको बारेमा केवल दुई विकल्पहरू विद्यमान छन्। या त चिहान ईस्टर आइतबार बिहान खाली थियो वा यसमा उहाँको शरीर समावेश रहेको थियो। त्यहाँ अन्य कुनै विकल्पहरू छैनन्।
पुनरुत्थानको सन्देशको विरोध गर्ने यहूदी अगुवाहरूले मृत शरीरको साथ यस कुराको खण्डन गरेनन्
येशूको लास राखिएको चिहान मन्दिरबाट धेरै टाढा थिएन जहाँ उहाँका चेलाहरू भीडलाई चिच्याउँदै थिए कि येशू मृत्युबाट बौरी उठ्नु भएको थियो। यहूदी अगुवाहरूले चिहानमा राखेको मृत शरीर देखाउँदै उनीहरूको पुनरुत्थानको सन्देशलाई बदनाम गर्न सजिलो भएको हुनुपर्छ। इतिहासले देखाउँदछ कि पुनरुत्थानको सन्देश (जुन चिहानमा रहेको मृत शरीरको साथ अझै पनि अप्रमाणित गरिएको छ) चिहानको नजिकै शुरू भएको थियो, जहाँ प्रमाण सबैको लागि उपलब्ध थियो। यहूदी अगुवाहरूले लास देखाउँदै उनीहरूको सन्देशलाई खण्डन गरेनन् किनकि चिहानमा देखाउनको लागि कुनै मृत शरीर थिएन।
हजारौंले यरूशलेममा पुनरुत्थानको सन्देशलाई विश्वास गरे
यस समय यरूशलेममा हजारौंले येशूको शारीरिक पुनरुत्थानमा विश्वास गर्नको लागि परिवर्तित भए। यदि तपाईं पत्रुसलाई सुन्ने भीडमा भएकाहरूमध्ये एक हुनुहुन्थ्यो भने, पत्रुसले भनेको कुरा साँचो हो भनेर सोच्दै आश्चर्य हुनुहुन्छ भने,के तपाईंले बिहानको खाना खाने समय ननिकालेको भए र यो नदेखेको भए की के त्यहाँ अझै मृत शरीर थियो कि थिएन? यदि येशूको मृत शरीर अझै चिहानमै रहेको भए कसैले पनि प्रेरितहरुको सन्देशमा विश्वास गर्ने थिएनन्। तर इतिहास लिपिबद्ध गर्दछ कि उनीहरूले यरूशलेम मा शुरू गर्दै हजारौं अनुयायीहरूलाई प्राप्त गरे। यदि यरूशलेममा अझै पनि एक लास हुन्थ्यो भने यस्तो हुने असम्भव थियो। चिहानमा येशूको लास हुनु मूर्खता तिर लैजान्छ। यसले कुनै अर्थ बनाउँदैन।
के चेलाहरूले शरीर चोरे?
त्यसोभए शरीरलाई के भयो? सब भन्दा चिन्तित व्याख्या यो छ कि चेलाहरूले लासलाई चिहानबाट चोरेर लगे,र यसलाई कतै लुकाए र त्यसपछि अरूलाई बहकाउन सक्षम भए।
मान्नुहोस् कि चेलाहरूले यो गर्न सफल भए र त्यसपछि तिनीहरूले आफ्नो धोकाको आधारमा एक धार्मिक विश्वास शुरू गरे। तर प्रेरित र जोसीफुस दुबैको विवरणलाई फर्केर हेर्दा हामी पाउँछौं कि यो विवाद “प्रेरितहरूले मानिसहरूलाई सिकाइरहेका थिए र येशू मृत्युबाट पुनरुत्थान को घोषणा गरिरहेका थिए”। यो विषयवस्तु तिनीहरूको लेखनमा जताततै उपलब्ध छ। ध्यान दिनुहोस् की कसरी पावल, एउटा अर्को प्रेरितले, ख्रीष्टको पुनरुत्थानको महत्त्वलाई मूल्यांकन गर्छन्:
3 मैले पाएकै समाचार तिमीहरूलाई दिएँ। मैले खुबै महत्वपूर्ण कुरो तिमीहरूलाई दिएँ कि हाम्रो पापहरूको निम्ति ख्रीष्टको मृत्यु भयो, जस्तो धर्म शास्त्रे भन्छः
खी छौं।१ कोरिन्थी १५:३-१९ (५७ ईस्वी सन्)
4 कि ख्रीष्ट गाडिए अनि तीन दिन पछि बौरिए, जस्तो धर्मशास्त्रले भन्छ;
5 अनि पत्रुसकहाँ र पछि बाह्र जना प्रेरितहरकहाँ एउटै समयमा ख्रीष्ट देखा पर्नुभयो।
6 त्यसपछि पाचँ सय भन्दा बेशी भाइहरूकहाँ ख्रीष्ट एकैचोटि देखा पर्नु भयो। कतिपय दाज्युभाईहरू आज सम्म जीवित छन् त कोही मरिसके।
7 अनि ख्रीष्ट याकूबकहाँ देखा पर्नुभयो र केही पछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो।
8 सबैभन्दा पछि ख्रीष्ट मकहाँ देखा पर्नु भयो। म स्वभाविक समय भन्दा पहिल्यै जन्मेको बालक जस्तो थिए।
9 जम्मै प्रेरितहरू मभन्दा ठूला छन् किनभने मैले परमेश्वरको मण्डलीको खेदो गरें। त्यसैले म चेला कहलाइनु पनि लायकको छैन।
10 तर म जे छु, परमेश्वरको अनुग्रहले छु। अनि उहाँले मलाई दिनुभएको अनुग्रह व्यर्थमा गएन। मैले अरू सबै प्रेरितहरूले भन्दा धेरै कठिन काम गरें। वास्तवमा काम गर्ने म होइन तर त्यो मसीत भएको परमेश्वरको अनुग्रह हो।
11 यसर्थ मैले प्रचार गरेको अरू प्रेरितहरूले तिमीहरूलाई प्रचार गरेको यो कुनै महत्वपूर्ण कुरो होइन। तर हामी त्यही प्रचार गर्दछौं, जुन तिमीहरूले विश्वास गरेकाछौ।
12 ख्रीष्ट मृत्यबाट बौरी उठ्नु भयो भन्ने प्रचार गरिन्छ। तब तिमीहरूमा कति जनाले किन भन्छन् कि पुनरुत्थान भएको छैन?
13 यदि मानिसहरू मृत्युबाट कहिल्यै पुनरुत्थान हुँदैनन् भने, ख्रीष्ट पनि मृत्युबाट बौरिनु भएको थिएन।
14 यदि ख्रीष्ट नबौरिनु भएको भए, हाम्रो प्रचार व्यर्थ छ। अनि तिमीहरूको विश्वास व्यर्थ हुन्छ।
15 अनि ख्रीष्टलाई परमेश्वरले बौराई उठाउनु भएको थियो भन्ने प्रचारको लागि परमेश्वर समक्ष हामी दोषी बनिनेछौ। किनभने यदि मृत्युबाट पुनरुत्थान थिएन भने तब परमेश्वरले येशूलाई कदापि बौराउनु भएन।
16 यदि मानिस मृत्युबाट बौराइनु सकिदैन भने ख्रीष्ट पनि मृत्युबाट बौराइनु भएन।
17 अनि यदि ख्रीष्ट मृत्युबाट बोरिइनु भएको थिएन। भने तिमीहरूको विश्वास व्यर्थै हो, तिमीहरू अझै आफ्नो पापको दोषी छौ।
18 अनि ती ख्रीष्टमा मर्नेहरू पनि नष्टै भए।
19 यदि ख्रीष्टमा हाम्रो आशा संसारमा यसै जुनिको लागि मात्र हो भने हामी अरू जम्मै मानिसहरू भन्दा ज्यादा दुः
30 अनि हाम्रो चाँहि के हुन्छ त? हामी आफूले आफैलाई किन प्रत्येक घण्टा आपतमा पार्दछौं?
१ कोरिन्थी १५:३०-३२
31 म हरेक दिन मर्छु। यो साँचो हो, मेरा भाइहरू हो। यो त्यही प्रकारले साँचो हो जति ख्रीष्ट येशू हाम्रा प्रभुमा तिमीहरू भएकोमा म गर्व गर्दछु।
32 यदि खाली मानवताको कारणले मैले एफिससमा जंगली जानवरसित लडाइँ गरें भने मेलै के लाभ पाएँ। यदि मानिसहरूलाई मृत्युबाट बौराइँदैन भने “खाऊँ, पिऊँ किनकि भोलि हामी मर्छौं।”
तपाईं त्यसको लागि किन मर्न चाहनुहुन्छ जसलाई तपाईं जान्नुहुन्छ कि यो एक झुट हो ?
स्पष्ट रूपमा, चेलाहरूले ख्रीष्टको पुनरुत्थानलाई उनीहरूको सन्देशको केन्द्रमा राखे। मान्नुहोस् कि यो वास्तवमै गलत थियो – कि ती चेलाहरूले वास्तवमै शरीर चोरेका थिए, त्यसैले तिनीहरूको सन्देशको विरुद्ध-प्रमाण उनीहरूलाई पर्दाफास गर्न सक्दैन। तब पो तिनीहरूले सफलतापूर्वक संसारलाई मूर्ख बनाए होलान, तर तिनीहरू स्वयं आफैले थाहा पाएका होलान् कि उनीहरूले जे प्रचार गरिरहेका थिए, जे लेखेका थिए र जुन ठूलो उथलपुथल पैदा गरिरहेका थिए त्यो गलत थियो। तैपनि उनीहरूले आफ्नो जीवन (वास्तवमै) यस अभियानका लागि दिए। किन तिनीहरू त्यसो गर्छन् – यदि उनीहरूलाई यो गलत हो भन्ने थाहा भए?
मानिस आफ्नो जीवन कारणहरुको लागि दिन्छन् किन कि तिनीहरू आफूले लडाई गरेको कारणमा विश्वास गर्दछन् वा किनभने तिनीहरू कारणबाट केहि फाइदा प्राप्तिको आशा गर्छन्। यदि चेलाहरूले शरीर चोरेका थिए र त्यसलाई लुकाएका थिए भने, सबै मानिसहरूलाई थाहा हुन्थ्यो कि पुनरुत्थान साँचो थिएन। उनीहरूको आफ्नै शब्दबाट विचार गर्नुहोस् कि चेलाहरूले उनीहरूको सन्देश फैलाउन कस्तो मोल चुकाए। आफैलाई सोध्नुहोस् कि यदि तपाइँ गलत हो भनेर थाहा भएको कुराको लागि पनि यस्तै व्यक्तिगत मूल्य चुकाउनुहुन्थ्यो:
8 हामी दुःखै दुःखले घेरिएका छौं, तर हामी किचिएका छैनौं। किहले काँही हामी अल्मलमा पर्छौं र के गर्नु पर्ने जान्दैनौं, तर हामी त्याग्दैनौं।
कोरिन्थी ४:८-९
9 हामी सताइरहेका छौं तर परमेश्वरले हामीलाई छोडनु हुन्न। कहिले कहीं हाम्रो चित्त दुखाइन्छ तर हामी नष्ट गरिएका छैनौं।२
4 तर दुःखमा, अप्ठेरोमा, ठूल्ठूला समयस्याहरूमा अनि जम्मै परिस्थिहरूमा हामी आफैलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं
कोरिन्थी ६:४-५
5 हामी यस्तो गर्छौ, जब हामी कुटाइ खान्छौं, हामी जेलमा हुन्छौंै, जब मानिसहरूले हाम्रो विरोधमा आवाज उठाउँछन्, जब हामीले कठिन परिश्रम गर्नु पर्छ, जब हामी सुत्न पाउँदैनौ अनि हाम्रोमा खाने वस्तु हुँदैन२
24 मैले पाँच पल्ट यहूदीहरूबाट उन्चालिस कोर्रा खाएको छु।
कोरिन्थी ११: २४-२७
25 तीन पल्ट लट्ठीले कुटाई खाएको छु। एक पल्ट त म ढुङ्गाले हानेर झण्डै मारिएँ। तिन पल्ट म चडेको जहाज डुब्यो र एक पल्ट त रातभरि र भोलि बल्ट पनि समूद्रमा बिताएँ।
26 मैले धेरै यात्रा गरिरहेकोछु। मलाई नदीहरूबाट, चोरहरूबाट, र मेरा आफ्नै मानिसहरूबाट र अयहूदीहरूको खतरा थियो। मलाई शहरमा, निर्जन ठाउँमा र समुद्रमा खतरा थियो। म आडम्बरी भाइहरूदेखि पनि खतरामा थिएँ।
27 मैले कठोर र अथक परिश्रम कति रात नसुती गरेकोछु। म भोजन औ पानी बिनै बस्नु पर्थ्यो। धेरै जाडोमा काम्दै बस्नु पर्थ्यो।२
प्रेरितहरूको दृढ साहस
यदि तपाइँ उनीहरूको जीवन भरको अटल पराक्रम प्रति विचार गर्नुहुन्छ भने, यो यति धेरै अविश्वसनीय देखिन्छ कि उनीहरूले ईमान्दारताका साथ आफ्नो सन्देशमा विश्वास गर्दैनथे। तर यदि तिनीहरूले यो विश्वास गर्थे भने, उनीहरूले पक्कै पनि ख्रीष्टको शरीर चोर्न सक्ने थिएनन् र त्यसको बन्दोबस्त गर्न सक्ने थिएनन्। गरीबी, पिटाइ, कारावास, शक्तिशाली विरोध र अन्तत: मृत्युदण्ड (यूहन्ना बाहेक अरू सबै प्रेरितहरूलाई अन्ततः उनीहरूको सन्देशको लागि मृत्युदण्ड दिइयो) ले उनीहरूलाई तिनीहरूको उद्येश्यको समीक्षा गर्न दैनिक अवसर प्रदान गर्थे। तर पनि यस्तो कोही प्रेरित पाइँदैन, जसले यो दावी गर्छ कि उसले येशू बौरिउठ्नुभएको देखेको थियो, र फेरि उ त्यसलाई नकार्यो होला। तिनीहरूले अतुलनीय साहसका साथ सबै विरोधको सामना गर्थे।
यो तिनीहरूको शत्रुहरू – यहूदी र रोमीको मौनताको विपरीत छ। यी शत्रुतापूर्ण गवाहीहरूले कहिले पनि ‘वास्तविक’ कथा बताउन खोजेन, वा कसरी चेलाहरू गलत थिए भनेर देखाउन प्रयास गरेन। प्रेरितहरूले सार्वजनिक मन्च र सभाघरमा उनीहरूको गवाहीलाई विरोधीहरू,शत्रुतापूर्ण जाँचकर्ताहरू समक्ष प्रस्तुत गरिएको थियो,जसले उनीहरुको सच्चाईलाई अस्वीकार गरेका थिए, जबकि तथ्य अन्यथा थियो ।
वाटिकाको चिहान: करिब १३० वर्ष अगाडि फोहोरलाई हटाएर येशूको चिहान देखिन सम्भव भयो
चेलाहरूको अटूट साहस र शत्रुतापूर्ण अधिकारीहरूको मौनले एक शक्तिशाली सच्चाइको निर्माण गर्दछ,की येशू वास्तविक इतिहासमा देखा पर्नुभएको थियो । हामी उहाँको पुनरुत्थानमा भरोसा राख्न सक्छौं।