महाशिवरात्रि (शिवको महान रात) उत्सव फाल्गुन (फरवरी / मार्च ) को १३ औं दिनको साँझबाट सुरु हुन्छ , १४ औं दिनमा जारी रहन्छ। अन्य चाडहरु भन्दा फरक, यो सूर्यास्त पछि शुरू हुन्छ र पूरा रात हुँदै अर्को दिन सम्म जान्छ। अन्य चाडहरू को विशेष उल्लासपूर्ण भोज, समारोह र आनन्दमय को तुलनामा यो चाड उपवास,आत्मविश्लेषण र सतर्कता लाई चिह्नित गर्दछ। महाशिवरात्रिले जीवन र संसारमा “अन्धकार र अज्ञानता माथि विजय पाउनु” को गम्भीर सम्झना गराउँदछ। उत्साही भक्तहरूले रातभर जागरण गर्छन्।
महाशिवरात्रि र समुन्द्रको मंथन गर्नु
पौराणिक कथाहरुमा महाशिवरात्रिका थुप्रै कारणहरू दिईएको छ । कोही भन्छन् कि यस विशेष दिनमा भगवान शिवले समुद्र मंथनको समयमा उत्पन्न हलाहल विषलाई कंठमा राखेका थिए । यसले उनको घाँटीलाई निलो बनायो र यसैले उनको नाम नीलकंठ भयो। भागवत पुराण, महाभारत र विष्णु पुराणले यो गाथाको वर्णन गर्दछ, जो साथै अमरत्वको अमृत को वर्णन पनि गर्दछ। कथामा भनिएको छ कि देवहरु र असुरहरूले अस्थायी गठबन्धन गरे र अमरत्वको अमृतलाई पुनः प्राप्त गर्न समुन्द्र मंथन गरे। समुन्द्र मंथन गर्नको लागि उनीहरूले मंदार पर्वतलाई एक लौरोको रूपमा प्रयोग गरे। उनीहरूले वासुकीको प्रयोग गरे, जो एक नागराज हुन, जसलाई उनीहरूले शिवको घाँटीमा मंथन वाला एक डोरीको रूपमा बान्दिए।
समुन्द्रको अगाडि –पछाडि मंथन गर्नुले , सर्प वासुकीले यस्तो घातक विषलाई यति शक्तिका साथ निकाले कि त्यसले समुन्द्र मंथन गर्नेलाई मात्र होइन, तर सारा संसारलाई पनि नाश गर्ने थियो। उनीहरूलाई बचाउन शिवले विषलाई आफ्नो मुखमा राखे र उनको घाँटी निलो भयो। केहि संस्करण गर्छन् कि भगवान शिवले विषलाई निले र उनको शरीरमा विष प्रवेश गर्ने बित्तिकै उनलाई अत्याधिक पीडा भयो। यसकारणले गर्दा, भक्तहरूले यस अवसरलाई उपवासका साथ, सौहार्दपूर्ण र आत्मविश्लेषणको रूपमा मनाउँछन्।
यस उत्सवलाई मनाउँदै समुन्द्र मंथन र शिवरात्रि को कहानी, त्यस विषयको लागि सन्दर्भ प्रदान गर्दछ जुन येशूले दुःख भोगको ६ औं दिनमा गर्नु भएको थियो, त्यसैले हामी यसको अर्थलाई प्रशंसा गर्न सक्छौ।
येशू र प्रतीकात्मक समुद्र मंथन
जब येशूले दिन १ मा यरूशलेम प्रवेश गर्नुभयो, उहाँ मोरियाह डाँडा माथि उभिनुभयो, जहाँ २००० वर्ष पहिले अब्राहमले भविष्यवाणी गरेका थिए कि एउटा महान बलिदान प्रदान “गरिनेछ” (भविष्यमा)। तब येशूले घोषणा गर्नुभएको थियो कि :
31 अब संसार (दुष्ट) को न्याय गर्ने बेला आयो। अब यस संसारको शासक फ्याँकिनेछ
।यूहन्ना १२:३१
यो ‘संसार’ उक्त पर्वतमा हुने वाला संघर्षको वरिपरि घुम्ने वाला छ , जो कि उहाँ र यो संसारको ‘राजकुमार’,शैतानको बीचमा हुनेछ, जसलाई एउटा साँपको रूपमा चित्रण गरिएको छ। प्रतीकात्मक अर्थमा भन्ने हो भने, मोरियाह पर्वत मंदार पर्वत थियो, जुन घुम्ने लौरो थियो, जसले आउँदै गरेको युद्धमा सारा संसारको मंथन गर्नेछ।
साँप (नगराज) शैतानले येशू माथि आक्रमण गर्नको लागि ५ औं दिन यहुदामा प्रवेश गरेको थियो। जस्तो वासुकी एउटा मंथनको डोरी भए, आलङ्कारिक अर्थमा भन्ने हो भने मोरियाह डाँडाको वरिपरि मंथन गर्ने वाला डोरी शैतान बन्न सक्ने थियो किनकि यी दुई बिचको लडाई चरमोत्कर्षमा थियो।
अन्तिम भोज
भोलिपल्ट साँझ येशूले आफ्ना चेलाहरूसँग अन्तिम भोज बाडनुभयो। यो महिनाको १३ औं साँझ थियो, जुन महाशिवरात्रि महिनाको १३ औं तिथिमा शुरू हुन्छ। त्यस भोजमा येशूले पिउन जाँदै गरेको “प्याला” को बारेमा साझेदारी गर्नुभयो, ठीक त्यस्तै गरी जस्तो की शिवले वासुकी को विष पिएका थिए । यहाँ त्यो चर्चा यसरी दिइएको छ।
27 त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, “तिमीहरू प्रत्येकले यसबाट पिओ।
।मत्ती २६:२७–२८
28 यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूकालागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ
यसपछि उहाँले उदाहरणका माध्यमबाट सम्झाउनुभयो र एक अर्कालाई कसरी प्रेम गर्ने र हामी प्रति परमेश्वरको महान् प्रेमको बारेमा शिक्षा दिनुभयो, यसलाई यहाँ सुसमाचारको पुस्तकबाट लिपिबद्ध गरिएको छ। पछि, उहाँले सबै विश्वासीहरूको लागि प्रार्थना गर्नुभयो (यहाँ पढ्नुहोस्)।
गतसमनीको बगैंचामा
त्यसपछि, महाशिवरात्रिमा जस्तै, उहाँले बगैंचामा आफ्नो जागृति रातभर शुरू गर्नुभयो
36 त्यसपछि येशू आफ्ना चेलाहरूसाथ गेत्समनी भन्ने ठाउँमा जानुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ बस, म चाहिं त्यहाँ गएर प्रार्थना गर्छु।”
मत्ती २६:३६–४६
37 येशूले पत्रुस र जब्दीको दुइ छोराहरूलाई आफ्नो साथमा लानुभयो। अनि येशू खूबै दुखी र विचलित हुनुभयो।
38 येशूले पत्रुस र जब्दीका दुइ छोराहरूलाई भन्नुभयो, “मेरो आत्मा दुखै दुखले भरिएको छ। मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ। तिमीहरू यहाँ मसँग बस अनि पर्ख।”
39 अनि येशू तिनीहरू देखि केही पर जानुभयो। येशू भूईमा घोप्टो परेर प्रार्थना गर्न लाग्नुभयो, “मेरा पिता, सम्भव भए मलाई यातनाको यो प्याला नदिनुहोस्। तर यो मैले ईच्छा गरे अनुसार होइन तपाईंको ईच्छा अनुसार होस्।”
40 त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ र्फकिनुभयो। येशूले तिनीहरूलाई मस्त निदाइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो निम्ति एक घण्टा पनि जागा बस्न सक्दैनौ?
41 जागा बस अनि प्रार्थना गर, जसद्वारा तिमी परीक्षामा पर्ने छैनौ। तिम्रो आत्मा तयार छ तर तिम्रो शरीर कमजोर छ।”
42 त्यसपछि येशू फेरि दोस्रोपटक जानुभयो अनि प्रार्थना गर्न लाग्नु भयो, “मेरो पिता, यदि मैले यसलाई नपिएसम्म यो यातनाको प्याला मबाट हटाइन सम्भव नभए तपाईंले चाहनु भए जस्तै हुन दिनु हवस्।”
43 येशू फेरि आफ्ना चेलाहरू भएको ठाउँमा आउनु भयो यसपल्ट पनि येशूले तिनीहरूलाई मस्त सुतिरहेका पाउनुभयो किनभने तिनीहरूको आँखाहरू भारी थिए।
44 यसकारण तिनीहरूलाई छाडेर येशू केहीपर जानु भयो। अनि फेरि प्रार्थना गर्न लाग्नुभयो। तेस्रो पटकको प्रार्थनामा पनि उहाँले त्यही याचना गर्नुभयो।
45 तब येशू चेलाहरूकहाँ आएर भन्नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरीरहेकै छौ? मानिसको पुत्रलाई पापीहरूको हातमा सुम्पिने समय नजिक आइसकेको छ।
46 उठ! हामी गइहाल्नु पर्छ। यहाँ मलाई विश्वासधात गर्ने आउँदैछ।”
चेलाहरू जागा रहन सकेनन् र जागरण त भर्खरै सुरू भएको थियो! त्यसपछि सुसमाचारले वर्णन गर्दछ कि यहूदाले कसरी उहाँलाई धोका दिए।
बगैचामा पक्राउ
2 यहूदा, उहाँको विश्वासघातकले पनि त्यो ठाउँ चिन्दथ्यो, किनभने आफ्ना चेलाहरूसंग त्यहाँ उसलाई भेट्नु हुन्थ्यो।
यूहन्ना १८:२–१३
3 यहूदाले एकदल सेनाहरू लगेर त्यसै वगैंचातिर गयो। यहूदाले मुख्य पूजाहारीहरू र फरिसीहरूबाट पनि केही सिपाहीहरू ल्याएको थियो। तिनीहरूले मशाल, बत्ती र हतियारहरू बोकेर आएका थिए।
4 येशू यी सबै घटनाहरू उहाँमाथि हुनेछ भनेर जान्नु हुन्थ्यो। येशूले बाहिर आएर सोध्नु भयो, “तिमीहरू कसलाई खोजी रहेकाछौ?”
5 ती मानिसहरूले भने, “नासरतको येशूलाई।”येशूले भन्नुभयो, “म येशू हुँ।” यहूदा जो येशूका विश्वाघातक त्यहीं उभिरहेको थियो।
6 जब येशूले भन्नुभयो, “म येशू हुँ,” तब मानिसहरू पछि पछि हटे अनि भूइँमा लोटे।
7 येशूले तिनीहरूलाई फेरि सोध्नु भयो, “तिमीहरू कसलाई खोजिरहेको छौ? मानिसहरूले भने, “नासरतको येशूलाई।”
8 येशूले भन्नुभयो, “मैले तिमीहरूलाई भने म येशू हुँ। यसर्थ तिमीहरूले मलाई नै खोजिरहेका हौ भने, यी अरू मानिसहरूलाई जानुदेऊ।”
9 उहाँले यो भन्नुभयो ताकि उहाँले जे भन्नुभएको थियो त्यो पूरा हुन सक्यो, “तपाईंले मलाई दिनुभएको मध्ये कसैलाई पनि गुमाईनँ।”
10 शिमोन पत्रुसकोमा एउटा तरवार थियो। उसले तरवार निकालेर मुख्य पूजाहारीको नोकरलाई प्रहार गर्यो। पत्रुसले त्यसको दाहिने कान काटिदियो। त्यस नोकरको नाउँ माल्ख थियो।
11 येशूले पुत्रसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख! संकटको कचौरा पिताले मलाई दिनुभएको छ, के मैले त्यो नपिउँनु?”
12 त्यसपछि सिपाहीहरू र तिनीहरूका सेनापति अनि यहूदीका हाकिमहरूले येशूलाई पक्रे।
13 तिनीहरूले येशूलाई बाँधे अनि पहिले उहाँलाई अन्नासको अगाडि लगे। अन्नास प्रधान पूजाहारी कैयाफाका ससुरा थिए जो यस र्वषको निम्ति प्रधान पूजाहारी थिए।
येशू प्रार्थना गर्न बगैंचामा जानु भएको थियो। त्यहाँ यहूदाले उहाँलाई पक्रन आफूसँग सिपाहीहरू ल्याए। यदि गिरफ्तारीले हामीलाई खतरामा पार्छ भने हामी लड्न, दौडन वा लुक्न खोज्न सक्छौं। तर येशूले यी मध्ये कुनै पनि काम गर्नुभएन। उहाँले स्वीकार गर्नुभयो कि त्यो व्यक्ति उहाँ नै हुनुहुन्थ्यो जसलाई तिनीहरूले खोजिरहेका थिए। उहाँको स्पष्ट स्वीकार (“म उही हुँ”) ले सिपाहीहरूलाई चकित पारे यसैकारण उहाँका चेलाहरू त्यहाँबाट भागे। येशूलाई पक्राउ गरियो र सोधपुछका लागि लगियो।
पहिलो सोधपुछ
सुसमाचारले लिपिबद्ध गर्दछ की उनीहरूले उहाँलाई कसरी सोधपुछ गरे:
19 प्रधान पूजाहारीले येशूलाई उनका चेलाहरू र उनको शिक्षाको विषयमा सोधे।
यूहन्ना १८:१९ -२४
20 येशूले उत्तर दिनुभयो, “म सधैं सबै मानिसहरूसंग खुल्लम-खुल्ला बोलेको छु। मैले संधैं सभा-घर र मन्दिरको क्षेत्रमा जहाँ सबै यहूदीहरू भेला हुन्छन् खुल्लम-खुल्ला शिक्षा दिएकोछु। मैले कहिले पनि कुनै कुरो गुप्त राखिनँ।
21 यसर्थ किन प्रश्न गर्नुहुन्छ? जस जसले मेरो शिक्षा सुनेकाछन् ती मानिसहरूलाई सोध्नु होस्। मैले के भने तिनीहरू निश्चय जान्दछन्।
22 जब येशूले त्यसो भन्नुभयो, एकजना द्वारपालले, जो नजिकै उभिइरहेको थियो उहाँलाई हिर्कायो। त्यस द्वारपालले भन्यो, “तैले प्रधान पुजाहारीसंग त्यसरी बात गर्ने होइन।”
23 येशूले उत्तरमा भन्नुभयो, “यदि मैले केही गल्ती भनेको भए, यहाँ जो मानिसहरू छन् तिनीहरूको सामुन्ने प्रमाण गर के भूल छ। यदि मैले सही कुराहरू गरे भने, मलाई तिमी किन हिर्काउँछौ?”
24 तब अनासले येशूलाई कैयाफा प्रधान पूजाहारीकहाँ पठाए। त्यसबेला सम्म येशू बाँधिएकै हुनुहुन्थ्यो।
त्यसैले तिनीहरूले उहाँलाई दोस्रो सोधपुछको लागि प्रधान पूजारी कहाँ पठाए।
दोस्रो सोधपुछ
त्यहाँ तिनीहरूले उहाँलाई सबै अगुवाहरू समक्ष सोधपुछ गरे। सुसमाचारको पुस्तकमा यो दोस्रो सोधपुछ लाई यसरी लिपिबद्ध गरिएको छ:
53 येशूलाई पक्रने मानिसहरूले उहाँ लाई प्रधान पूजाहारीको घरमा पुर्याए त्यहाँ सबै मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र शास्त्रीहरू भेला भए।
मर्कूस १४: ५३–६५
54 पत्रुसले येशूलाई पछ्याउँदै थियो, तर उ उहाँका त्यत्ति नजिक थिएन। पत्रूसले येशूलाई प्रधान पूजाहारीको घरको चौक नपुगे सम्म पछ्याए। त्यो त्यहाँ रक्षक साथ बसिरहेको थियो अनि आगो ताप्दै थियो।
55 मुख्य पूजाहारीहरू, र पूरा यहूदी महासभाले येशूलाई मार्नका निम्ति येशू विरुद्ध झूटो प्रमाण खोजिरहेका थिए। तर तिनीहरूले कुनै त्यस्तो प्रमाण पाएनन्।
56 अनेकौं मानिसहरू आए अनि येशूको विरूद्ध झूटो आरोपहरू लगाए। तर ती प्रमाणहरू एक अर्कामा मिल्दैनथ्यो।
57 त्यसपछि केही मानिसहरू उठे, अनि येशूको विरूद्धमा झूटो साक्षी दिए। तिनीहरूले भने,
58 हामीहरूले यस मानिसले भनेका र्छों, मानिसहरूले बनाएको मन्दिर म ध्वंस गरिदिनेछु। त्यसको तीन दिनमा, म अर्को मंन्दिर बनाइदिनेछु जुन मन्दिर मानिसहरूले बनाएको हूँदैन।”‘
59 तर यी मानिसहरूले भनेका कुरामा पनि कोही सहमत हुने भएनन्।
60 त्यसपछि प्रधान पूजाहारी सबै मानिसहरूको अघि खडा भए, अनि येशूलाई भन्नलागे, “यी मानिसहरूले तपाईंको विरुद्धमा धेरै बोले। आफ्नो विरूद्धमा आएको यस्तो आरोपहरूको विरुद्धमा तपाईंको भन्नु पर्ने केही छ? के यी मानिसहरूले साँचो कुराहरू गरिरहेका छन?
61 तर येशू चुप चाप बस्नु भयो। उहाँले कुनै उत्तर दिनु भएन। प्रधान पूजाहारीले उहाँलाई फेरि अर्को प्रश्न गरेः “के तपाईं परमधन्य परमेश्वरको पुत्र, ख्रीष्ट नै हुनुहुन्छ?”
62 येशूले जवाफ दिनुभयो, “हो, म नै परमेश्वरको पुत्र हूँ। तिमीहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने पट्टि बसेर स्वर्गको बादलसित आउँदै गरेको देख्नेछौ।”
63 जब प्रधान पूजाहारीले यो कुरा सुने, उनी खूबै रिसाए। उनले आफ्नो वस्त्र च्यातै र भने, “हामीलाई अब अरू धेरै गवाहीहरूको आवश्यकता छ र?
64 तिमीहरू सबैले यो मानिसले परमेश्वरको निन्दा गरेको सुन्यो। तिमीहरूको के निर्णय छ?”सबैले येशूलाई भूल गरेको ठहराए। अनि मार्नू पर्छ भने।
65 त्यहाँ भएका कतिजनाले येशूलाई थुके। तिनीहरूले येशूको अनुहार छोपिदिए अनि उहाँलाई हिर्काए। तिनीहरूले भने, “तपाईं अगमक्ता हो भनेर हामीलाई देखाउनुहोस्।” त्यसपछि पहरादारहरूले उहाँलाई लगे र कुटे।
यहूदी अगुवाहरूले येशूलाई मृत्युदण्डको दोष लगाए। तर रोमीहरूले शासन गरेको कारण रोमी राज्यपालले मात्र मृत्युदण्ड दिने अनुमति दिन सक्थ्यो। यसैले तिनीहरूले येशूलाई रोमी राज्यपाल पन्तियास पिलातस कहाँ लगे। सुसमाचारको पुस्तकले यो पनि भन्दछ की यहुदा इस्करियोती ,येशूको विश्वासघातीको साथ के भयो भनेर।
विश्वासघात गर्नेलाई के भयो?
शूले यी सबैकुरा भनिसकेपछि आफ्ना चेलाहरूलाई भन्नुभयो,
मत्ती २७:१–५
2 “तिमीहरूलाई थाहै छ दुइ दिनपछि निस्तार-चाड शुरू हुनेछ। त्यसै दिन मानिको पुत्रलाई क्रूसमा टाग्नलाई शत्रुहरू कहाँ सुम्पिइनेछ।”
3 तब मुख्य पूजाहारीहरू र यहूदी प्रधान, अगुवाहरू पूजाहारीको ठाउँमा भेला भए। प्रधान पूजाहारीको नाम कैयाफा थियो।
4 त्यस सभामा येशूलाई कसरी पक्रिने भन्ने उपाय तिनीहरूले निकाले। तिनीहरूले केही झूटो निहुँ गरेर येशूलाई पक्रिने र मार्ने निश्चय गरे।
5 तिनीहरूले भने, “निस्तार-चाडको दिनमा हामी येशूलाई पक्रन सक्दैनौ। हामी मानिसहरू रिसाएको र दङ्गा गरेको चाहँदैनौ।
रोमी राज्यपालले येशूलाई सोधपुछ गरे
11 ती गरीब मानिसहरू सदा तिमीहरू साथ छन्। तर म सँधै तिमीहरूको साथ रहिरहने छैन।
मत्ती २७:११-२६
12 यिनले मेरो शरीरभरि अत्तर छरिदिइन्. यिनले मलाई म मरे पछि मृत-संरकारको निम्ति तयार पारेकी हुन्।
13 म तिमीहरूलाई साँचो भन्दछु। यो सुसमाचार सारा संसारमा प्रचार गरिनेछ। अनि प्रत्येक ठाउँमा यी स्त्रीले गरेको सु-कार्यहरूलाई पनि बताइन्छ। अनि मानिसहरूले यिनलाई सधैं सम्झने छन्।
14 त्यसपछि बाह्रजना चेलाहरूमध्ये एकजना मुख्य पुजाहारीहरूकहाँ गयो। त्यो चेलाको नाउँ यहूदा इस्करयोती थियो।
15 यहूदाले भन्यो, “म तिमीहरूको हातमा येशूलाई सुम्पनेछु। यसको लागि मलाई कति पैस दिन्छौ?” पूजाहारीहरूले त्यसलाई चाँदीका तीस वटा सिक्का दिए।
16 त्यसबेलादेखि यहूदाले येशूलाई सुम्पिदिने मौका खोज्न लाग्यो।
17 अखमिरी रोटीको पहिले दिन, चेलाहरू येशूकहाँ आए। चेलाहरूले भने, “निस्तार-चाडको भोजन गर्न हामी तपाईंलाई तयार पारिदिन्छौ। हामीले कहाँ खान तयार गरेका तपाईं चाहनु हुन्छ?”
18 येशूले भन्नुभयो, “शहरतिर जाऊ। मैले चिनेको मानिसको घरमा जाऊ। उसलाई गुरूले यसो भन्नु भएको छ भनेर भन, ‘मेरो तोकिएको समय अति नजिक आएको छ। म निस्तार चाडको भोजन मेरो सबै चेलाहरूसित तिम्रो घरमा खानेछु।”
19 चेलाहरूले येशूको आज्ञा अनुसार सबैकाम गरिदए। तिनीहरूले निस्तार-चाडको भोज तयार पारे।
20 जब साँझ भयो, येशू आफ्ना चेलाहरूसाथ खानामा बस्नु भएको थियो।
21 तिनीहरू सबैले भोजन खाइरहेका थिए। येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। तिमीहरूमध्ये कुनै एकजनाले मलाई विश्वासघात गर्नेछौ।”
22 चेलाहरू यो सुनेर दुखी भए। प्रत्येकले उहाँलाई सोधे, “प्रभु अवश्य पनि मचाहिं होइन ठीक हो?”
23 येशूले जवाफ दिनुभयो, “जसले मेरो कचौरामा मसित हात चोब्यो त्यसैले मलाई विश्वासघात गर्नेछ।
24 मानिसको पुत्रले धर्मशास्त्रमा लेखिए अनुसार जानुपर्छ र उसले मर्नेपर्छ। तर मानिसको पुत्रलाई मार्नका निम्ति सुम्पने त्यस मानिसले नराम्रो परिणाम भोग्नु पर्नेछ। यस्तो हुनुभन्दा त त्यो मानिस नजन्मिएको भए बेस हुने थियो।”
25 त्यसपछि येशूलाई विश्वासघात गर्न यहूदाले येशूलाई भने, “गुरूज्यू, निश्चय नै म त्यो एकजना होइन ठीक हो?”येशूले भन्नुभयो, “हो, यो तिमी नै हौ।”
26 खाँदै गर्दा येशूले रोटी लिनुभयो। येशूले रोटीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र त्यसलाई टुक्रा पार्नुभयो। येशूले आफ्ना चेलाहरूलाई रोटी दिनुभयो। र भन्नुभयो, “यो रोटीहरू लेओ र खाओ। यो रोटी नै मेरो शरीर हो।”
येशू क्रूसमा टाँगिनु भयो, मर्नु भयो र गडिनु भयो
त्यसपछि सुसमाचारको पुस्तकमा येशूको क्रूसको विवरण लिपिबद्ध गरिएको छ।
27 त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, “तिमीहरू प्रत्येकले यसबाट पिओ।
मत्ती २७:२७:५४
28 यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूकालागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ।
29 म तिमीहरूलाई भन्दछु म यो दाखरस फेरि पिउँदिन जबसम्म मेरो पिताको राज्यमा नयाँ जस्तै भएर हामीहरू एकै पिउँदैनौं।”
30 तिनीहरू सबैले एउटा भजन गाए। त्यसपछि उनीहरू ‘जैतून डाडामा’ गाए।
31 येशूले चेलाहरूलाई भन्नुभयो, “आज मध्यरातमा मेरो कारणले तिमीहरूले आफ्नो विश्वास हराउनेछौ। किनभने यो धर्मशास्त्रहरूमा लेखिएको छ‘म गोठलोलाई प्रहार गर्नेछु, अनि बथानका भेडाहरू छरपष्ट हुनेछन्।’ जकरिया13:7
32 तर म मरेपछि, म मृत्युदेखि बौरी उठ्नेछु। त्यसपछि म गालील जानेछु । तिमीहरू पुग्नुअघिनै म त्यहाँ जानेछु।”
33 पत्रुसले भने, “सबै चेलाहरूले तपाईंको कारणले विश्वास हराउन सक्नेछन्। तर म मेरो विश्वास कहिल्यै हराउँदिन।”
34 येशूले भन्नुभयो, “म तिमीलाई साँचो भन्दछु। आजै राती भाले बास्नु अघि तिमीले मलाई तिनपल्ट इन्कार गरिसकेका हुनेछौ।”
35 तर पत्रुसले जवाफ दिए, “म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैन तपाईं साथै मर्नु परेता पनि म तपाईंलाई इन्कार गर्ने छैन।” अनि सबै चेलाहरूले यही कुरा दोहोर्याए।
36 त्यसपछि येशू आफ्ना चेलाहरूसाथ गेत्समनी भन्ने ठाउँमा जानुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ बस, म चाहिं त्यहाँ गएर प्रार्थना गर्छु।”
37 येशूले पत्रुस र जब्दीको दुइ छोराहरूलाई आफ्नो साथमा लानुभयो। अनि येशू खूबै दुखी र विचलित हुनुभयो।
38 येशूले पत्रुस र जब्दीका दुइ छोराहरूलाई भन्नुभयो, “मेरो आत्मा दुखै दुखले भरिएको छ। मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ। तिमीहरू यहाँ मसँग बस अनि पर्ख।”
39 अनि येशू तिनीहरू देखि केही पर जानुभयो। येशू भूईमा घोप्टो परेर प्रार्थना गर्न लाग्नुभयो, “मेरा पिता, सम्भव भए मलाई यातनाको यो प्याला नदिनुहोस्। तर यो मैले ईच्छा गरे अनुसार होइन तपाईंको ईच्छा अनुसार होस्।”
40 त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ र्फकिनुभयो। येशूले तिनीहरूलाई मस्त निदाइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो निम्ति एक घण्टा पनि जागा बस्न सक्दैनौ?
41 जागा बस अनि प्रार्थना गर, जसद्वारा तिमी परीक्षामा पर्ने छैनौ। तिम्रो आत्मा तयार छ तर तिम्रो शरीर कमजोर छ।”
42 त्यसपछि येशू फेरि दोस्रोपटक जानुभयो अनि प्रार्थना गर्न लाग्नु भयो, “मेरो पिता, यदि मैले यसलाई नपिएसम्म यो यातनाको प्याला मबाट हटाइन सम्भव नभए तपाईंले चाहनु भए जस्तै हुन दिनु हवस्।”
43 येशू फेरि आफ्ना चेलाहरू भएको ठाउँमा आउनु भयो यसपल्ट पनि येशूले तिनीहरूलाई मस्त सुतिरहेका पाउनुभयो किनभने तिनीहरूको आँखाहरू भारी थिए।
44 यसकारण तिनीहरूलाई छाडेर येशू केहीपर जानु भयो। अनि फेरि प्रार्थना गर्न लाग्नुभयो। तेस्रो पटकको प्रार्थनामा पनि उहाँले त्यही याचना गर्नुभयो।
45 तब येशू चेलाहरूकहाँ आएर भन्नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरीरहेकै छौ? मानिसको पुत्रलाई पापीहरूको हातमा सुम्पिने समय नजिक आइसकेको छ।
46 उठ! हामी गइहाल्नु पर्छ। यहाँ मलाई विश्वासधात गर्ने आउँदैछ।”
47 जतिबेला येशू बातचीत गर्दै हुनुहुन्थ्यो, यहुदा त्यहाँ आइपुग्यो। यहूदा बाह्रजना चेलाहरूमध्येका एकजना थिए। यहुदासँग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू र जनताका बूढा-प्रधानहरूलाई पठाएका थिए। यहूदाका ती मानिसहरू तरवार र भालाहरू लिएर आएका थिए।
48 यहूदाले येशूलाई चिनाउन भनेर तिनीहरूलाई यो संकेत दिएको थियो। यहूदाले भन्यो, “म जसलाई चुम्बन गर्छु उही नै येशू हो। उसैलाई पक्रनू।”
49 अनि यहूदा सिधै येशूकहाँ आएर भन्यो, “हे गुरूज्यू!” त्यसपछि यहूदाले येशूलाई चुम्बन खाए।
50 येशूले भन्नुयो, “हे मित्र, तिमी जे गर्न आएका छौ त्यो गर।” त्यत्तिनै बेला मानिसहरू आए र येशूलाई हात हाले। अनि उहाँलाई पक्रिए।
51 जब यस्तो भयो, तब येशूको साथमा भएका एकजना चेलाले तरवार झिक्यो। उसले प्रधान पूजाहारीको नोकरलाई हान्यो अनि कान चट्टा छिनाइदियो।
52 येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार त्यसकै ठाउँमा हाल। जसले तरवार चलाउँछ उसलाई तरवारले नै मार्दछ।
53 तिमीलाई थाहा छ, मैले मेरा पितासंग मलाई सहायता गर्नु होस् भनी विन्ती गर्ने हो भने। उहाँले स्वर्गदूताहरूका बाह्र पल्टन झट्टै पठाउनु हुन्न?
54 तर मैले गरे भने धर्मशास्त्रहरूमा लेखिएको कुरा कसरी पूरा हुनेछ? धर्मशास्त्रले यो यस्तै हुनुपर्छ भन्छ।”
उहाँको कोखामा ‘छेडियो‘
यूहन्नाको सुसमाचारले क्रुसको एक आकर्षक विवरण लिपिबद्ध गर्दछ। यसले भन्छ:
31 यो दिन तयारीको दिन थियो अर्को दिन विशेष विश्रामको दिन थियो। यहूदीहरूले विश्रामको दिन त्यो मृत शरीर क्रूसमा झुण्डायाई राख्न चाहेनन्। तब तिनीहरूले पिलातसलाई ती मानिसहरूको खुट्टा भाँच्नुका निम्ति आदेश मागे ताकि तिनीहरू छिटो मर्न सकुन्। अनि तिनीहरूको मृत शरीर क्रूसबाट तल झार्न सकियोस्।
यूहन्ना १९: ३१–३५
32 सिपाहीहरू आए र पहिला येशूको छेऊको क्रूसको मान्छेको खुट्टा भाँचे। त्यसपछि तिनीहरूले क्रूसमा भएको येशूकै छेऊको अर्को मान्छेको खुट्टा भाँचे।
33 तर जब ती सिपाहीहरू येशूको छेऊमा गए, तिनीहरूले देखे उहाँ अघि नै मरिसक्नु भएको थियो। यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्।
34 तर एकजना सिपाहीले भालाद्वारा उहाँको कोखामा भालाले घोच्यो। रगत र पानी बाहिर निस्कयो।
35 ऊ जसले त्यो देख्यो ऊ गवाही भयो अनि उसको गवाही सत्य छ। उसले जान्दछ कि उसले साँचो बोलिरहकोछ। उसले गवाही दिन्छ ताकि तिमीहरूले पनि विश्वास गर्न सक्छौ।
यूहन्नाले रोमी सिपाहीहरूले येशूको कोखामा भालाले घोचेको देखे। रगत र पानी बाहिर आयो, यसले संकेत गर्दछ कि उहाँ मुटुको विफलताका कारण मर्नुभएको थिए।
धेरैले महाशिवरात्रिको उत्सव यसकारण पनि मनाउँछन् किनकि उनीहरू मान्दछन् की यो दिन शिवले पार्वतीसँग विवाह गरेका थिए। शुभ शुक्रवार को समानान्तर महाशिवरात्रिको यस दिन येशूले पनि आफ्नो रहस्यमय दुलही जित्नुभएको थियो ,जसमा उहाँको कोखामा भाला छेडिनुले छाप लगाइएको छ, अझै यहाँ अगाडि यसरी वर्णन गरिएको छ।
येशूको दफन
सुसमाचारले त्यो दिनको अन्तिम घटना लिपिबद्ध गर्दछ- उहाँको दफन।
57 त्यसै बेलूकी यूसुफ नाम गरेको एकजना धनी मानिस यरूशलेममा आए। अरिमिथिया नगरमा बस्ने उनी येशूकै एकजना चेला भएका थिए।
मत्ती २७:५७–६१
58 यूसफ पिलातसको सामु आए अनि येशूको लाशको निम्ति तिनलाई विन्ती गरे। पिलातसले आफ्ना सैनिकहरूलाई यूसुफलाई त्यो लाश दिनु भन्ने आदेश गरे।
59 त्यसपछि यूसुफले त्यो लाश लगरे त्यसलाई कात्रोले बेह्रे।
60 यूसुफले येशूको त्यो लाशलाई एउटा नयाँ चिहानमा राखे जसलाई उनी आफैले भर्खरै चट्टानमा खोपी बनाएका थिए। तब उनले एकदमै ठूलो ढुङ्गा लडाउँदै ल्याएर चिहानको ढोका बन्द गरिदिए। यति गरेपछि यूसुफ आफ्नो बाटो लगे।
61 मरियम मग्दलिनी, अनि मरियम नाम गरेकी अर्को आईमाई पनि चिहानको अर्को पट्टि बसिरहेका थिए।
दिन ६- शुभ शुक्रबार
यहूदी पात्रो अर्थात क्यालेण्डरमा प्रत्येक दिन सूर्यास्त देखि शुरू हुन्छ। त्यसैले ६ औं दिनमा येशू आफ्ना चेलाहरूसँग अन्तिम पटकको खाना बाँड्न शुरू गर्नुभयो। त्यस दिनको अन्तमा उहाँ पक्राऊ पर्नुभएको थियो, रातभरि उहाँलाई धेरैपल्ट कानुनी सोधपुछ गरियो, उहाँलाई क्रूसमा टँग्याइयो, भालाले छेडियो र गाडियो। यो साँच्चिकै “येशूको महान रात” थियो। पीडा , दु:ख, अपमान र मृत्युले यस दिनलाई चिह्नित गरेको छ र त्यसैले मानिसहरूले यसलाई महाशिवरात्रिको रूपमा सम्झन्छन्। यो दिनलाई ‘शुभ शुक्रवार’ भनिन्छ। तर कसरी विश्वासघात, यातना र मृत्युको दिनलाई ‘शुभ’ भन्न सकिन्छ?
किन शुभ शुक्रवार र किन ‘अशुभ शुक्रवार’ होइन?
जसरी शिवले सर्पको विष निगले र संसारलाई बचाए, त्यसरी नै येशूले कचौराबाट पिउँदा संसार बचाईयो। यो दिन निसान महिनाको १४ औं दिनमा पर्यो, त्यही नीस्तार चाडका दिन जब बलिदानको लागि थुमालाई १५०० वर्ष अगाडि मृत्युबाट बचाइएको थियो, यसले यो देखाउँदा छ कि यो योजनालाई पहिलै बाट नै बनाएको थियो।
मानिसहरूको लेखा तिनीहरूको मृत्युसँगै समाप्त हुन्छ, तर येशूको होइन। यस पछि दिन ७– विश्राम दिन आयो ।