परमेश्वरको राज्य ? चित्रमा कमल, शंख र जोडी माछाका गुणहरु

कमल दक्षिण एशियाको प्रतिष्ठित फुल हो । कमलको फुल पुरानो इतिहासको प्रमुख प्रतिक थियो, आज पनि त्यहि छ । कमलको बोट बिरुवाहरुको पातमा अनौठो संरचना हुन्छ जसले आफ्नो सफाई गर्न सक्ने क्षमता प्रदान गर्दछ , फुलहरुलाई हिलोबाट बिना दाग फुल्नलाई अनुमति दिन्छ । यस प्राकृतिक विशेषताले फुललाई हिलोबाट फोहोरले छोए बिना फुल्ने प्रतीकात्मक सन्र्दभ सिर्जना गर्‍यो । ऋग्वेदले सर्वप्रथम कमललाई रुपक ( ऋग्वेद 5.LXVIII.7-9 ) मा उल्लेख गरेको छ जहाँ यसले बच्चाको सुरक्षित जन्मको लागि इच्छाको वर्णन गर्दछ ।

जब विष्णु बौने वामन अर्थात ब्राहमण थिए , उनको पत्नी लक्ष्मी एक कमलबाट ठुला मंथन समुद्रमा पद्मा वा कमलाको रुपमा देखा परिन जहाँ दुबैको अर्थ “कमल” हो । लक्ष्मी कमलसँग नजिकको सम्बन्ध राख्छिन् , उनी आफै फुलहरु भित्र बस्छिन् । शंख भनेको अनुष्ठान र धार्मिक महत्वको शंख हो । शंख एउटा ठुलो समुद्री  घोंघाको खोल हो , तर पौराणिक कथामा शंख विष्णुको प्रतीक हो र प्राय यसको प्रयोग तुरहीको रुपमा गरिन्छ ।

कमल र शंख आठ अष्ठमंगल ( शुभ संकेतहरु ) शिक्षण साधन मध्ये दुई हुन् । तिनीहरु कालातीत योग्यताहरु वा गुणहरुका लागि चित्र वा प्रतीकको रुपमा काम गर्छन् । धेरै ग्रन्थहरुले गुणहरु र जन्मजात  प्राकृतिक शक्तिहरुको बारेमा छलफल गर्दछन् जुन एक साथ मिलेर विश्वलाई रुपान्तरण र परिर्वतन गर्दछन् । सांख्य र्दशनमा तीनवटा गुणहरु हुन्छन् : सत्व (भलाई , रचनात्मक , सामंजस्यपुर्ण ) रजस ( जोस , सक्रिय , भ्रमित ) र तमस् ( अन्धकार , विनाशकारी , अराजक ) । न्याय र वैशिका विचारका शिक्षाले अझ बढि गुणहरुलाई अनुमति दिन्छ । एक गुणको रुपमा परमेश्वरको राज्यको बारेमा के भन्न सकिन्छ ?

सांख्य र्दशनमा सत्व , रजस र तमस् गुणहरुलाई चित्रण गर्ने कमलको फुल

 येशुले परमेश्वरको राज्यलाई एक क्रियात्मक गुणको रुपमा देख्नुभयो , एउटा यस्तो गुण जसले संसारलाई जैविक रुपले परिर्वतन गर्दैछ र यसमाथि विजयी प्राप्त गर्दैछ । उहाँले शिक्षा दिनुभयो कि हामीलाई परमेश्वरको राज्यमा आमन्त्रित गरिएको छ , तर यसको लागि द्धिजको आवश्यकता पर्दछ । त्यसपश्चात उहाँले परमेश्वरको राज्यको प्रकृति वा गुणमा बोटबिरुवा ,शंखहरु र जोडी माछा (अष्टमंगल चिन्हहरु ) प्रयोग गरेर परमेश्वरको राज्यको गुण बुझ्न हामीलाई सिकाउने साधनको रुपमा कथाका श्रृंखलाहरु ( दृष्टान्तहरु ) दिनुभयो । यहाँ उहाँको राज्यको दृष्टान्तहरु दिइएका छन् ।

क त्यही दिन येशू बाहिर गएर झीलड्ढो छेउमा बस्नु भयो।
2 उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए। यसकारण उहाँ एउटा डुङ्गामा चढनु भयो। सबै मानिसहरू चाहि किनारमा बसेका थिए।
3 उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो, ‘केही किसान बीऊ छर्नलाई निस्क्यो।
4 जब तिनीले बीऊ छर्दै थिए, केही बीऊहरू बाटोतिर परे। चरा-चुरूङ्गी आएर ती बीऊहरू खाए।
5 केही बीऊहरुनभएको कारणले बीऊहरू चाडै उम्रनथाले जट्टानमय खेतमा झरे। जमीन त्यत्ति गहिरो थिएन।
6 तर जब घाम लाग्नथाल्यो, ती बीरूवाहरू प्रचण्डघामले सुकेर गए किनभने तिनीहरूका जराहरू थिएनन्। कतिपय बीऊहरू काँडाधारीमा खसे। जब काँडाहरू बढदै गए तिनीहरूले ती बीरूवाहरूलाई उम्रन दिएनन्।
7 कतिपय बीऊहरू मलिलो माटोमा खसेका थिए।
8 अनि ती बीऊहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठी अनि कतिपयले तीस गुणा फल फलाए।
9 उ जसले सुन्न सक्छ मेरो कुरा सुन।’

मत्ती १३:१—९
कमलको बिउहरुमा जीवन शक्ति हुन्छ जसले तिनीहरु उम्रन्छन्

यो दृष्टान्तको अर्थ के हो ? हामीहरुले यसको अनुमान गर्नुपर्दैन , किनभने उहाँले यसको अर्थ जसले सोधे तिनीहरुलाई दिइसक्नु भयो ।

18 “अब किसानको बारेमा उखान सुन।
19 बाटोमा छरिएको बीऊ के हो? त्यो बीऊ त्यो मानिस जस्तो हो जसले राज्यको बारेमा केही उपदेश सुन्छ तर बुझ्दैन। दुष्ट आउँछ अनि उसको मनमा रोपिएको कुराहरू लैजान्छ।

मत्ती १३:१८—१९

20 अनि चट्टानमय भूमिमा खसेको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू त्यो मानिस जस्तै हुन् जसले उपदेश सुन्छ अनि आनन्दसित तुरन्तै ग्रहण गर्दछ।
21 तर त्यो मानिसले त्यो सन्देशलाई गहनरूपले उसको जीवनमा पस्न दिदैन। त्यो उपदेशलाई त्यसले थोरै बेरसम्म मात्र आफ्नो जीवनमा राख्छ। उपदेशको कारणले जब उसले कष्ट र सतावटको सामना गर्नुपर्छ त्यसले तत्काल आफ्नो विश्वास गुमाउँछ।

मत्ती १३: २०—२१
सुर्यको तापले बीउको जीवनलाई नष्ट गर्न सक्छ

 

22 अनि काँडाहरूमा छरिएको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्दछन् तर जीनवको विषयमा बढता फिक्री गर्छन् अनि पैसाको प्रेमले तिनीहरूले सुनेको उपदेश निस्सासिन्छ। यसले गर्दा उपदेशले फलफलाउन

सक्दैन।मत्ती १३:२२
अन्य बोटहरुले कमलको फुलको बृद्धिमा अवरोध ल्याउन सक्छ

23 तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छन् अनि कहिले सयगुणा ज्यादा, कहीले साठी गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।”

मत्ती १३:२३
सही माटोमा कमलको बोट बढेर सुन्दरतामा धेरै गुणा हुन्छ

 परमेश्वरको राज्यको सन्देशमा चारवटा प्रतिक्रियाहरु छन् । पहिलोसँग ‘समझ’ छैन त्यसैले सैतानले सन्देशलाई उनीहरुको हृदयबाट टाढा लैजान्छ । बाँकी तीन प्रारम्भिक प्रतिक्रियाहरु धेरै सकारात्मक छन् र तिनीहरुले खुशीसाथ सन्देश प्राप्त गर्दछन् । तर यो सन्देश कठिन समयमा पनि हाम्रो हृदयमा बढ्नु पर्छ । यसले हाम्रो जीवनमा प्रभाव नगरी मानसिक मान्यता अपर्याप्त छ । त्यसैले यी मध्ये दुई प्रतिक्रियाहरु , यद्यपि उनीहरुले सुरुमा सन्देश प्राप्त गरे , तर यसलाई उनीहरुले हृदयमा बढ्न दिएनन् । केवल चौथो हृदय  ‘ जो वचन सुन्छ र यसलाई बुझ्दछ ’  ले परमेश्वरले चाहानुभएको तरीकाले प्राप्त गर्दछ ।

येशुले यो दृष्टान्त सिकाउनुभएको थियो  त्यसैले हामी आफैलाई सोध्ने छौः ‘म यी माटोहरु मध्ये कुनचाहिं हो ?’

झारहरुको दृष्टान्त

यो दृष्टान्तको व्याख्या पछि येशुले झारको प्रयोग गरेर एउटा दृष्टान्त सिकाउनुभयो ।

24 त्यसपछि येशूले तिनीहरूलाई सिकाउन अर्को उखान सुनाउनु भयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीऊ छर्यो,
25 त्यो रात सबै मानिसहरू निदाइरहेका थिए। त्यो मानिसको शत्रु आयो अनि गहुँको बीच-बीचमा सामा छरेर गयो।
26 केही समयपछि गहुँ उम्रियो र बढन थाल्यो त्यही समय सामा पनि बढन थाल्यो,
27 उसका चाकरहरू आए र मालिकलाई सोधे, ‘हजूरले आफ्नो खेतमा असल बीऊ रोप्नु भएको होइन? तब सामाको बोट चाहिं कहाँबाट आयो?’
28 “त्यो मानिसले जवाफ दियो, ‘केही शत्रुले त्यो छरेको थियो।’‘चाकरहरूले सोधे, ‘त के हामीले गएर ती सामा उखेलेको तपाईं चाहनु हुन्छ?’
29 ‘त्यो मानिसले जवाफ दियो, ‘अहँ, किनभने जब तिमीहरूले सामा उखेल्दा गहुँ पनि उखेल्न सक्छौ।
30 फसलको समयसम्म सामा र गहुँ दुवैलाई सँगसँगै बढन देऊ। फसल कटाइको बेलामा म खेतालाहरूलाई भन्नेछु, ‘पहिले सामा बटुलेर तिनीहरूलाई जलाउनुको निम्ति बिटा-बिटा बाँध। त्यसपछि गहुँ बटुल र मेरो भण्डारमा जम्मा गर।”‘

मत्ती १३: २४—३०
सामा र गहुँ : पाक्नु भन्दा पहिले सामा र गहुँ उस्तै देखिन्छन्

यहाँ उहाँले यो दृष्टान्तको व्याख्या गर्नुहुन्छ ।

36 त्यसपछि सबै मानिसहरूलाई त्यहीं छाडेर येशू घरतिर लाग्नुभयो। उनका चेलाहरू उहाँकहाँ गए र भने, ‘कृपया हामीलाई खेतको सामाको उखानको अर्थ बताइ दिनुहोस।’
37 येशूले जवाफ दिनुभयो, “खेतमा असल बीऊ छर्ने मानिस मानिसको पुत्र हो।
38 संसार नै खेत हो। असल बीऊहरू राज्यमा परमेश्वरकै मानिसहरू हुन्। सामा दुष्टका सन्तानहरू हुन्।
39 नराम्रो बीऊहरू छर्ने शत्रुका चाहिं शैतान हो। फसलकाटने समय जाहिं संसारको अन्त्य हो। अनि फसल काटनेहरू परमेश्वरका दूतहरू हुन्।
40 सामाहरू बटुले पछि ती अगोमा जलाइनेछन्, संसारको अन्त्यमा पनि त्यस्तै हुनेछ।
41 मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहरूलाई राज्यदेखि बाहिर निकालि दिनेछन्।
42 स्वर्गदूतहरूले तिनीहरूलाई ज्वलन्त भट्टीमा फालिदिने छन्। त्यहाँ मानिसहरू रूवाबासी गर्दै दाँतकिट्दै रहनेछन्।
43 तब धर्मीहरू घाम जस्तै चम्कने छन्। तिनीहरू आफ्ना पिताको राज्यमा हुनेछन्। हे मानिसहरू जसले सुन्न सक्छौ, मेरो कुरा सुन।

मत्ती १३:३६—४३

रायोको बीउ र खमीरको दृष्टान्त

येशुले अन्य केहि सामान्य बोटबिरुवाको उदाहरणसँग संक्षिप्तमा दृष्टान्त सिकाउनुभयो ।

31 तब येशूले मानिसहरूलाई अर्को उखान भन्न भयो। ‘स्वर्गको राज्य एउटा रायोको बीऊ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो।
32 त्यो बीऊ अरू बीऊहरूमध्ये सबैभन्दा सानो बीऊ हुन्छ। तर जब यो उम्रन्छ त्यो बारीको सबभन्दा ठूलो पोथ्रा हुन सक्छ। त्यो रूख जस्तै उम्रन सक्छ हाँगाहरू यति ठुला उम्रन सक्छन् कि तिनमा चरा-चुङ्गीहरूले आफ्ना निम्ति गुँड बनाउन सक्छन्।”
33 येशूले अर्को उखान भन्नुभयो, ‘स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।’मत्ती १३:३१—३३

31 तब येशूले मानिसहरूलाई अर्को उखान भन्न भयो। ‘स्वर्गको राज्य एउटा रायोको बीऊ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो।
32 त्यो बीऊ अरू बीऊहरूमध्ये सबैभन्दा सानो बीऊ हुन्छ। तर जब यो उम्रन्छ त्यो बारीको सबभन्दा ठूलो पोथ्रा हुन सक्छ। त्यो रूख जस्तै उम्रन सक्छ हाँगाहरू यति ठुला उम्रन सक्छन् कि तिनमा चरा-चुङ्गीहरूले आफ्ना निम्ति गुँड बनाउन सक्छन्।”
33 येशूले अर्को उखान भन्नुभयो, ‘स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।’
 रायोको बीउ सानो हुन्छ ।
 रायोको बोट हराभरा र ठुला हुन्छन्

परमेश्वरको राज्य यस संसारमा सानो र महत्वहीन रुपमा सुरु हुन्छ तर संसारभरि बढ्दै जान्छ जस्तै पिठोमा मिश्रित भएर काम गर्ने खमीर  र जस्तै एउटा सानो बीउ ठुलो बोटमा वृद्धि हुन्छ । यो कुनै बलबाट हुदैन , वा सबै एकैचोटि हुदैन , यसको वृद्धि अदृश्य तर सबै ठाउँमा र रोक्न नसकिने  हुन्छ ।

लुकेको खजाना र ठुलो मुल्यको मोतीको दृष्टान्तहरु

44 ‘स्वर्गको राज्य जमीनमा लुकाइएको सम्पत्ति जस्तै हो। कुनै एक दिन एउटा मानिसले त्यो पायो, ऊ खूबै खुशी भयो। उसले त्यसलाई फेरि खेतमा लुकायो। तब ऊ गएर आफूसंग भएको सबै चिजहरू बेच्यो र त्यो खेत किन्यो।
45 “फेरि, स्वर्गको राज्य एक व्यापरी जस्तै हो, जसले असल मोतीहरू खोज्छ।
46 एकदिन त्यो व्यापारीले एउटा बहुमूल्य मोती फेला पार्यो। र उसले गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो।

मत्ती १३: ४४—४६
शंखको खोलहरुले ठुला खजाना समावेश गर्न सक्दछ तर मुल्य बाहिरी रुपमा देखिदैन

 केहि शंखको खोल भित्र गुलाबी मोतीहरु हुन्छन् — जुन ठुलो मुल्यको साथ लुकेका हुन्छन्
गुलाबी मोतीहरु धेरै मुल्यवान हुन्छन्

यी दृष्टान्तहरुले परमेश्वरको राज्यको मुल्य प्रति ध्यान केंद्रित गर्दछन् । खेतमा लुकेको खजानाको बारेमा सोच्नुहोस् । लुकिएको कारण , खेत द्धारा भएर जाने सबैले सोच्दछन् कि खेतको मुल्य कम छ र त्यसैले तिनीहरुलाई यसमा कुनै रुचि हुदैन । तर कसैलाई महसुस हुन्छ कि त्यहाँ कुनै खजाना रहेको छ , त्यस खेतलाई मुल्यवान बनाउँदै छ — यति मुल्यवान छ कि यो खेत र खजाना प्राप्त गर्नको लागी सबै थोक बेच्न सकिन्छ । त्यस्तै यो परमेश्वरको राज्य संग छ — धेरैले यसको मुल्य प्रनि ध्यान दिदैनन् , तर थोरैले मात्र देख्दछन् कि यसको मुल्य ठुलो छ ।

जालको दृष्टान्त

47 “स्वर्गको राज्य समुदमा हालेको एउटा महा जाल जस्तै हो। त्यो जालमा विभिन्न किसिमका माछाहरू परे।
48 त्यो जालभरि माछा थिए। तब जालहारीले त्यो जललाई किनारमा ताने, भुईंमा बसेर तिनीहरूले राम्रो किसिमका माछाहरू छुट्याउन र आफ्नो टोकरीमा हाल्न थाले। अनि तिनीहरूले नराम्रा किसिमका माछाहरू फ्याँकिदिए।
49 जगतको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आइपुग्ने छन् अनि राम्रा मानिसहरूबाट नराम्रा मानिसहरूलाई अलग गर्नेछन्।
50 स्वर्गदूतहरूले तिनीहरूलाई जल्दो भट्टीमा फालिदिनेछन्। ती मानिसहरू पीडाले रूनेछन् दाँत किट्नेछन्।’

मत्ती १३: ४७—५०

 परमेश्वरको राज्यले मानिसहरुलाई छान्नुहुन्छ जस्तै गोवाका यी मछुवाहरुले गर्दछन्

येशूले अष्टमंगलको अर्को गुण —परमेश्वरको राज्यको बारेमा सिकाउनको लागि माछाको जोडीको प्रयोग गर्नुभयो । परमेश्वरको राज्यले मानिसहरुलाई माछा मार्ने मछुवाहरु जस्तो दुई समुहमा विभाजन गर्नुहुनेछ । यो न्यायको दिनमा हुनेछ ।

परमेश्वरको राज्य पिठोमा खमीर मिसिएको जस्तो ; धेरैको दृष्टिबाट लुकेको ठुलो मुल्यको साथ रहस्यमय ढङ्गले अगाडि बढ्छ र मानिसहरुको बिचमा विविध प्रतिक्रियाहरु जगाउछ । यसले मानिसहरुलाई बुझ्ने र नबुझ्ने गरी दुई समुह बिचमा विभाजित गर्दछ । यी दृष्टान्तहरु सिकाइसकेपछि येशुले आफ्नो श्रोताहरुलाई यो प्रश्न सोध्नुभयो ।

51 तब येशूले आफ्ना शिष्यहरूलाई सोध्नुभयो, ‘के यी सुबै कुराहरू तिमीहरूले बुझ्यौ?’तिनीहरूले जवाफ दिए, “ज्यु प्रभु,’ हामीले बुझ्यौं।

’मत्ती १३:५१

तपाई  के भन्नुहुन्छ ? यदि परमेश्वरको राज्य एउटा यस्तो गुणको रुपमा बुझिएको छ जुन यस संसारमा अगाडि बढिरहेको छ , तर पनि यसले तपाईलाई कुनै लाभ हुदैन जब सम्म यो तपाईको माध्यमबाट अगाडि बढ्दैन । तर कसरी ?

येशूले गंगा तिर्थ जस्तै जीवित पानीको दृष्टान्तमा व्याख्या गर्नुभयो