येशूले आन्तरिक शुद्धताको बारे सिकाउनुहुन्छ

धार्मिक अनुष्ठान सम्बन्धी शुद्ध हुनु कत्तिको आवश्यक छ ? शुद्धता कायम गर्न र अशुद्धता बाट बच्न के गर्नु पर्छ  ? हामी मध्य धेरैले अशुद्धताका विभिन्न रुपहरुबाट बच्न वा न्यून गर्न कडा परिश्रम गर्दछौ , जस्तै छुआछूत र मानिसहरु एक अर्का बीचको पारस्परिक स्पर्श जसले अशुद्धता एकबाट अर्कोमा सार्छन । धेरै मानिसहरु अशुद्ध भोजन खानबाट बच्दछन् , खाना तयार गर्नेको अशुद्धताको कारण जहाँ हामीले खाने खानामा एक प्रकारको अशुद्धता उत्पन्न हुन्छ ।

धर्महरुले शुद्धता कायम गर्दै

जब तपाई यसमा चिन्तन गर्नुहुन्छ ,हामी उचित तरीकाले नियमहरु पालन गर्न धेरै प्रयास गर्न सक्छौ । बच्चाको जन्म पछि , आमाले सुतक सम्बन्धी निर्धारित नियमहरुको पालन गर्नुपर्छ , जसमा लामो समय अवधिको लागि सामाजिक दुरी समावेश हुन्छ । जन्म पछि जच्चा ( नयाँ आमा ) लाई  केहि  परम्परामा एक महिना भन्दा बढी अशुद्ध मानिन्छ । नुहाउने र मालिश गर्ने एक शुद्धिकरण प्रक्रिया ( छठी ) मार्फत मात्र आमालाई फेरि स्वच्छ मानिन्छ । जन्म बाहेक, महिलाको मासिक धर्म अवधि सामान्य रुपमा  उनी अशुद्ध बनिएको रुपमा देखिन्छ त्यसैले उनीले अनुष्ठान शुद्धिकरण बाट पुन शुद्धता पाउँनुपर्छ । विवाह गर्नु अघि वा अग्नि भेटी (होम वा यज्ञ) अघि, धेरै मानिसहरुले शुद्धता कायम गर्नको लागि अनुष्ठान विधिद्धारा शुद्धिकरण गर्छन् जसलाई पुण्यवचनम् भनिन्छ , जहाँ मन्त्रहरु उच्चारण गरिन्छ  र मानिसहरु माथि पानी छर्किन्छ ।

चाहे हामीले खाने खाना होस् ,वा जुन चीजहरु वा मानिसहरु जसलाई हामी स्र्पश गर्छौ, वा हाम्रो शारीरिक गतिविधिहरु , हामी अशुद्ध हुने थुप्रै तरिकाहरु छन् । त्यसकारण धेरैले शुद्धता कायम गर्न कडा परिश्रम गर्छन् । यसै कारणले गर्दा जीवनमा सहि तरीकाले प्रगति गर्नको लागि संस्कार (या प्रथा )को रुपमा शुद्धता सम्बन्धी अनुष्ठान संस्कार दिइयो ।

गौतम धर्म सुत्र

गौतम धर्मसुत्र सबैभन्दा पुरानो संस्कृत धर्मसुत्रहरु मध्य एक हो । यसले ४० बाहिरी संस्कारहरु सुचीबद्ध गर्छ     (जस्तै जन्म पछि अनुष्ठान सम्बन्धी सफाई) तर आठ  आन्तरिक संस्कारहरुलाई पनि हामीले शुद्धता कायम राख्न अभ्यास गर्नुपर्दछ । तिनीहरु हुन् :

 सबै प्राणीहरुप्रति करुणा, धैर्य, ईर्ष्याको कमी, पवित्रता, शान्ति, एक सकारात्मक स्वभाव, उदारता  र सहनशीलता ।

सबै प्राणीहरूप्रति अनुकम्पा, धैर्यता, ईर्ष्याको अभाव, शुद्धता, शान्ति, एक सकारात्मक स्वभाव, उदारता, र अधिकारको कमी।

गौतम धर्म—सुत्र ८:२३

 येशू शुद्धता र अशुद्धतामा

हामीले देख्यौ कि कसरी येशूका शब्दहरुमा अधिकार सहितको सिकाई , मानिसहरुलाई चंगाई गर्न  र प्रकृतिलाई आदेश दिन सक्ने शक्ति थियो ।  येशुले हामीलाई बाहिरी मात्र होईन  हाम्रो भित्री शुद्धता बारेमा सोच्नको लागि बोल्नुभयो ।  यद्यपि हामीले अरु मानिसहरुको बाहिरी सफाइ मात्र देख्न सक्छौ , परमेश्वरको लागि यो कुरा फरक छ—उहाँले भित्र पनि देख्नुहुन्छ । जब इस्राएलका कुनै एक राजाले बाहिरी शुद्धतालाई कायम गरीरहे तर भित्री हृदयलाई सफा राखेनन् , उनका गुरुले बाइबलमा लेखिएको यो सन्देशलाई ल्याउनु भयो ।

9 परमप्रभुको दृष्टि पृथ्वीभरि ती मानिसहरूलाई हेर्दै नजर राख्नुहुन्छ जो उहाँ प्रति विश्वसनीय छन् जसद्वारा उहाँले ती मानिसहरूलाई शक्तिशाली तुल्याउन सक्नु हुन्छ। आसा, तिमीले मूर्खता पूर्ण काम गर्यौ। यसर्थ अब उप्रान्त तिमीले युद्ध गरिरहनु पर्नेछ।”

२ इतिहास १६:९अ

आन्तरिक सफाइ हाम्रो ‘हृदयहरु’ सँग सम्बन्धित छ —तपाई जे सोच्नुहुन्छ, महसुस गर्नुहुन्छ, निर्णय लिनुहुन्छ, समर्पण गर्नुहुन्छ वा अनाज्ञाकारी हुनुहुन्छ र जिब्रोलाई नियन्त्रण गर्नुहुन्छ । केवल आन्तरिक शुद्धता संग हाम्रो संस्कार प्रभावकारी हुन्छ । यसैले येशूले आफ्नो शिक्षामा बाहिरी शुद्धताको तुलना आन्तरिक संग गर्दै आन्तरिक शुद्धता लाई जोड दिनुभयो । यहाँ आन्तरिक अर्थात भित्री शुद्धता सम्बन्धी उहाको शिक्षाको सुसमाचारको अभिलेख यसरी छ :

37 येशू बोली सक्नु भएपछि, एकजना फरिसीले संगै खाना खानु भनी आग्रह गरे। अनि येशू जानु भयो अनि खान बस्नु भयो।
38 तर खाना खानु भन्दा अघि येशूले हात नधोएको देखेर फरिसी छक्क परे।
39 यसमा प्रभूले भन्नु भुयो, “तिमी फरसीहरू खाली कचौरा अनि थालको बाहिरा पट्टि मात्र धुन्छौ तर भिन्न चाँहि तिमीहरू लोभ औ दुष्टताले भरिएका छौ।
40 तिमीहरू मूर्ख हौ। जसले बाहिरी भाग बनाए उनैले भित्री भाग पनि बनाए। हो कि होइन?
41 तर भित्रपट्टि जो जे छ त्यो गरीब मानसहरूलाई देऊ। त्यसपछि तिमी पनि पूर्णरूपले सफा हुनेछौ।
42 धिक्कार तिमी फरिसीहरूलाई! तिमीहरूकोमा भएको पुदिना, आरूद अनि बगैंचामा भएका अन्य जम्मै चीजहरूको दशांश परमेश्वरलाई चढाउँछौ, तर तीमीहरू परमेश्वर प्रति न्याया र प्रेम अवहेलना गर्छौ। यही कुराहरू तिमीहरूले गर्नु पर्ने हो जब तिमीहरू अन्य कामहरू गरिरहेका हुन्छौ।
43 धिक्कार तिमा फरिसीहरूलाई तिमी सभा -घरमाहरूमा मुख्य-मुख्य आसनहरू मात्र चाहान्छौ। त्यसरीनै बजाहरूमा जाँदा मानसहरूले तिमीहरूलाई आदर गरून् भन्ने चाहन्छौ।
44 धिक्कार छ तिमी फारसीहरूलाई किनकि तिमीहरू कसैबाट पनि याद नहूने चिहानहरू जस्ता छौ। मानसहरू नजानिकन त्यहीमाथि भएर हिडेछन्।

लुका ११:३७—४४

52 “धिक्कार तिमी व्यसथाका शास्त्रीहरू! परमेश्वरको ज्ञानको कुराहरूको चाबी तिमीहरूले लगेका छौ। तिमीहरू आफैले सिकेनौ, अनि अरूहरूलाई सिक्नु पनि वाधा गर्यौ।”

लुका ११:५२

(‘फरिसीहरु’ यहूदी शिक्षक थिए , जसरी स्वामीहरु वा पंडितहरु थिए । येशुले परमेश्वरलाई ‘दशांश’ दिने कुरा उल्लेख गर्नुभयो । यो धार्मिक भिक्षा दिनु जस्तै थियो )

यहूदी व्यवस्थामा एक मृत शरीरलाई छुनु भनेको अशुद्धता थियो ।  जब येशूले भन्नुभयो तिनीहरु ‘अज्ञात चिहानहरु’ माथि हिड्छन् , उहाँको मतलब यो थियो कि तिनीहरु जाने बिना अशुद्ध थिए किनकि तिनीहरुले आन्तरिक शुद्धतालाई वेवास्ता गरिरहेका थिए । भित्री शुद्धताको बेवास्ताले हामीलाई मृत शरीरलाई छुने जस्तै अशुद्ध बनाँउछ ।

हृदयले धार्मिक रुपमा शुद्ध व्यक्तिलाई अशुद्ध पार्छ

निम्न शिक्षामा , येशूले ७५० ईसा पुर्व मा अगमवक्ता यशैयाको उदाहरणबाट उद्धृत गर्नुभयो ।

यशैयालाई ऐतिहासिक समयरेखामा देखिएको छ। उहाँ इस्राएलको दाऊदवंशीय राजाहरुको समयकालमा हुनुहुन्थ्यो।
ऐतिहासिक समय—सिमामा ऋषि यशैया र अन्य हिब्रू ऋषि (अगमवक्ता)

सपछि केही फरिसीहरू र शास्त्रीहरू येशूकहाँ आए। तिनीहरू यरूशलेमबाट आएका थिए तिनीहरूले भने,
2 “तपाईंका चेलाहरूले किन हाम्रा पुर्खाहरूले बनाएको नियमहरू भङ्ग गर्दछन्? खानभन्दा अघि तिनीहरू हात धुँदैनन्।”
3 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू पनि किन आफ्ना परम्पराको निम्ति परमेश्वरको आज्ञा भङ्ग गर्दछौ?
4 परमेश्वरले भन्नु भएको छ, ‘आफ्ना बाबु र आमाको आदर गर।’फेरि उहाँले भन्नु भएको छ, ‘जसले आफ्ना बाबु अनि आमालाई अपमान गर्छ त्यसलाई मार्नुपर्छ।’
5 तर तिमीहरू जसले म बाट तपाईंले जे पाउने सक्नु हुन्थ्यो त्यो परमेश्वरलाई चढाईएको छ भनी आफ्ना आमा-बाबुलाई भन्छौ उसले उनीहरूलाई आदर गरिरहनु पर्दैन भन्ने शिक्षा दिन्छौ।
6 तिमीहरू त्यस मानिसलाई आफ्नो पिताको आदर गर्नु पर्दैन् भन्छौ। यसरी तिमीहरू आफ्नो नियमका निम्ति परमेश्वरको आदेशलाई एकातिर पन्छाउँछौ।
7 तिमीहरू कपटीहरू हौ। यशैयाले तिमीहरूको बारेमा सही बोले। यशैयाले भनेका थिए,
8 ‘यी मानिसहरू मलाई मुखले आदर गर्यैं भन्छन् तर तिनीहरूको हृदय मदेखि टाढा छ।
9 तिनीहरूले मलाई अर्पण गरेको आराधना व्यर्थ छ। तिनीहरूले आफैले रचेका नियमहरू मात्रै पालन गर्न सिकाउँछन्।”
10 येशूले मानिसहरूलाइ आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरूलाई केही भन्छु। सुन र यसलाई बुझ।
11 जे-जति कुरा मुखभित्र पस्छ, त्यसले मानिसहरूलाई अशुद्ध गराँउदैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसहरूलाई अशुद्ध तुल्याउँछ।”
12 तब चेलाहरू येशूकहाँ आएर उहाँलाई भने, “के तपाईंलाई थाहा भयो कि तपाईंले भन्नुभएको कुराबाट फरिसीहरू रिसाए भने तपाईंले थाहा पाउनुभयो?”
13 येशूले भन्नुभयो, “स्वर्गको मेरा पिताले नरोपेको प्रत्येक बोट उखेलिनेछ।
14 फरिसीहरूलाई छाडिदेऊं। तिनीहरू मानिसहरूलाई अगुवाई त गर्छन्, तर तिनीहरूको अगुवाई एउटा अन्धाले अर्को अन्धलाई डोर्याएको जस्तो हुन्छ। अनि जब एक अन्धाले अर्को अन्धालाई डोर्याउँछ तब दुवै खाल्डामा पर्नेछन्।”
15 पत्रुसले भने, ‘अघि तपाईंले मानिसहरूलाई भन्नु भएको कुराको हामीलाई व्याख्या गर्नुहोस्।”
16 येशूले सोध्नुभयो, “के तिमीहरूलाई पनि यो कुरा बुझ्न अझ कठिन परिरहेको छ?
17 तिमीहरू जान्दैनौ कि मुखबाट खाएको खानेकुरा पेटमा पुग्दछ। अनि त्यसपछि शरीरदेखि जे कुरा बाहिर जान्छ। त्यो काम नलाग्ने हुन्छ।
18 मुखबाट निस्कने जेसुकैको उत्पत्ति हृदयमा हुन्छ अनि त्यसैले मानिसलाई अशुद्ध तुल्याउछ।
19 किनभने हृदयबाट यस्ता नराम्रा कुराहरू आउँछन् दुष्ट विचार, हत्या, व्यभिचार, यौन अनैतिकता, चोरी, कसम खाएर ढाँटनु, निन्दा जस्ता कुराहरू निस्कन्छन्।
20 यी कुराहरूले मानिसलाई अशुद्ध तुल्याउँछन। तर हात नधोइ खानाले मानिसलाई अशूद्ध तुल्याउँदैन।”

मत्ती १५:१—२०

हाम्रो हृदयबाट आउने कुराले नै हामीलाई अशुद्ध बनाउँदछ । येशुको अशुद्ध विचारहरुको सुची र गौतम धर्मसुत्रका शुद्ध विचारहरुको बिपरितको सुची उस्तै छन् । यसरी तिनीहरुले एउटै सिकाउँदछन् । 

23 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। आफूमा भएको हरेक चीजको, पुदीना, सूप र जीरा को दशांश भागमा एक भाग मात्र परमेश्वरलाई दिन्छौ। तर तिमीहरू असल हुने दया देखाउने र इमान्दार हुने जस्ता व्यवस्थाका प्रमुख कुराहरू लत्याउँछौ। तिमीहरूले ती कुराहरू पनि नलत्याइकन यी कामहरू गर्नुपर्ने हो।
24 तिमीहरू अन्धा छौ तर अरूलाई अगुवाइ गर्ने कोशिश गर्छौ। तिमीहरू भुसुना चाँहि चाल्दछौ तर ऊँटलाई चाँहि निल्दछौ। तिमीहरू त्यस्तै छौ।
25 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार हो। तिमीहरू कपटीहरू हौ। तिमीहरू आफ्नो थाल र बटुकोलाई बाहिरबाट मात्र धुन्छौ। तर भित्र भने अरूलाई ठगेर हत्याएका बस्तुहरू अनि तिमीहरू स्वयंलाई खुशी पार्ने चीजहरूले भरिएका हुन्छन्।
26 ए अन्धा फारिसीहरू पहिला प्यालाको भित्रपटि सफा गर र त्यसलाई चोखो बनाऊ। तब प्यालाको बाहिरी भाग पनि चोखो हुनेछ।
27 “व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटी हौ। तिमीहरू चुना पोतेको चिहानहरू जस्ता छौ, जो बाहिरबाट सुन्दर देखिन्छन। तर भित्रपट्टि मरेको मानिहरूको हड्डीहरू हुन्छन्।
28 तिमीहरू पनि त्यस्तै हौ। बाहिरबाट तिमीहरूलाई राम्रै देखिन्छ। तर भित्र तिमीहरूमा छल र कपटले भरिएको छ।

मत्ती २३:२३—२८

जुनसुकै कचौराबाट तपाई पिउनुहुन्छ , तपाई त्यो केवल बाहिरबाट मात्र नभई भित्रबाट पनि सफा भएको चाहनुहुन्छ । हामी यस दृष्टान्तमा  कचौरा हौ । परमेश्वरले हामीलाई बाहिरबाट मात्रै नभई भित्रबाट पनि सफा गरेको चाहनुहुन्छ ।

येशूले हामी सबैले देखेको कुरा भन्दै हुनुहुन्छ । बाहिरी सफाइ गर्नु धार्मिक विधिहरुमा सामान्य कुरा हुन सक्छ तर अझै पनि धेरै मानिसहरु लोभ र लालचले भरिएका छन् —उनीहरु पनि धार्मिक दृष्टिकोणबाट महत्वपुर्ण हुन्छन् । भित्री सफाइ प्राप्त गर्न आवश्यक छ —तर यो धेरै गाह्रो छ ।

येशूले गौतम धर्मसुत्र जस्तै धेरै शिक्षा सिकाउनुभयो जसले आठ भित्री संस्कारहरुको सुचीबद्ध गरेपछि यो बताउँदछ :

एक व्यक्ति जसले चालीस संस्कारहरु पुरा गरेको छ तर यी आठ सद्गुणहरुको कमी छ भने त्यो व्यक्ति ब्रहामणसँग मिल्दैन ।

अर्कोतर्फ एक व्यक्ति जसले चालीस संस्कारहरु मध्य केहि संस्कारहरु मात्र पुरा गरेको छ तर यी आठ सद्गुणहरु छन् भने उ ब्रहामणसँग मिल्ने कुरा निश्चित छ ।

गौतम धर्मसुत्र—८:२४—२५

त्यसैले मुद्दा उठेको छ । हामी स्वर्गको राज्यमा प्रवेश गर्नको निम्ती कसरी हृदय सफा राख्ने —ब्रहामणसँग कसरी मिल्ने ? हामी सुसमाचारको माध्यमबाट द्धिजको बारेमा जान्न जारी राख्छौ