शरीरमा ओम – वचनद्वारा शक्ति देखाइएको

ध्वनि एक पूर्ण भिन्न माध्यम हो जस द्वारा पवित्र छवि वा स्थानहरूमा भन्दा अन्तिम वास्तविकता (ब्रह्मा) लाई महसुस हुन्छ। ध्वनि तरंगहरूद्वारा प्रसारित गरिएको जानकारी हो। ध्वनी द्वारा गरिएको जानकारी भनेको सुन्दर संगीत, निर्देशनहरूको सूची, वा सन्देश जुन व्यक्ति पठाउन चाहन्छ।

ओम प्रतीक. प्रणवमा तीन भाग र तीन नम्बर याद गर्नुहोस्।

जब कसैले आवाजसहित सन्देश दिन्छ, त्यहाँ केही ईश्वरीय कुरा हुन्छ, वा यसले ईश्वरत्वको केही अंश प्रतिनिधित्व गर्दछ। यो पवित्र ध्वनि र प्रतीक ओम (औं) मा पाइन्छ, जसलाई प्रणव भनिन्छ। ओम (वा औं) दुबै पवित्र मन्त्र र त्रिकोणीय प्रतीक हो। ओम को अर्थ र संकेतहरू विभिन्न परम्पराको फरक शिक्षामा फेला पर्दछ। त्रि-भागि प्रणवको प्रतीक भारतभरिका पुराना पाण्डुलिपिहरू, मन्दिरहरू, मठहरू र आध्यात्मिक जागरण केन्द्रहरूमा प्रचलित छ। प्रणव मन्त्रालाई परम वास्तविकता (ब्रह्मा) को परम रूप मानिएको छ। ओम अक्षर वा एकाक्षर बराबर छ – अविनाशी वास्तविकता।

यस सम्बन्धमा, यो महत्त्वपूर्ण छ कि वेद पुस्तक (बाइबल) ले त्री – भाग मध्यस्थको शब्द मार्फत सृष्टिको सिर्जनालाई बयान गर्दछ। परमेश्वरले भन्नु भएको थियो (व्यहृति संस्कृतमा) र प्रसारित सूचनाहरू सबै संसारमा तरंगको रूपमा प्रसारित हुँदै थियो , जुन आज व्याहृतिको जटिल ब्रह्माण्डमा पिण्ड र उर्जाहरूको आयोजन गर्दछ। यस्तो हुनुको कारण ‘परमेश्वरको आत्मा ‘ ले  पिण्ड वा  त्यहाँ परिभ्रमण गर्नुहुन्थ्यो वा पदार्थको माथि कम्पन्न सिर्जना गर्नुहुन्थ्यो।   कम्पन दुबै प्रकारको उर्जा हो र यसले ध्वनिको सार पनि बनाउँदछ। हिब्रू वेदहरूले वर्णन गर्दछ कसरी त्री-भाग: परमेश्वर, परमेश्वरको वचन , र परमेश्वरको आत्माले, उहाँको वचन बोले जसको अर्थ वाणी (व्यर्थी) थियो, जसले परिणाम स्वरूप ब्रह्माण्डको सृष्टि भयो जुन हामी अहिले देख्छौं।यसलाई यहाँ लिपिबद्ध गरिएको छ।

हिब्रू वेद: त्रि- भागी सृष्टिकर्ताले सृष्टि गर्नुहुन्छ

रम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।
2 पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो।
3 तब परमेश्वरले भन्नुभयो, “उज्यालो होस्!” अनि उज्यालो चम्कन थाल्यो।
4 परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो।
5 परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” नाउँ दिनु भयो।साँझ पर्यो अनि बिहान भयो। यो पहिलो दिन थियो।
6 तब परमेश्वरले भन्नुभयो, “पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस्!”
7 यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो। केही पानी बतासमाथि रहयो अनि केही पानी बतास मुनि।
8 परमेश्वरले त्यस बतासलाई “आकाश” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो दोस्रो दिन थियो।तेस्रो दिन – सुख्खा भूमि र उद्भिद
9 तब परमेश्वरले भन्नुभयो, “आकाश मुनिको पानी एकै ठाउँमा जम्मा होस्, र त्यहाँ सुख्खा भूमि देखियोस्।” अनि त्यस्तै भयो।
10 त्यो सुख्खा भूमिलाई परमेश्वरले “पृथ्वी” नाउँ राख्नु भयो। अनि एकै ठाउँमा जम्मा भएको पानीलाई “समुद्र” नाउँ राख्नु भयो। परमेश्वरलाई यस्तो भएकोमा असल लाग्यो।
11 तब परमेश्वरले भन्नुभयो, “पृथ्वीमा घाँस, अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरु उम्रियोस्। फल-रूखहरुले बीउ भएका फल फलाउने छन्। अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ। यी उद्भिदहरू पृथवीमा उम्रिउन्।” अनि यस्तै भयो।
12 पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले। अनि पृथ्वीमा फलभित्र बीउहरु हुने फल फल्ने रुखहरु उम्रिए। प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरु सिर्जना गरे। अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो।
13 साँझ पर्यो अनि बिहान भयो। यो तेस्रो दिन थियो।
14 तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरुले दिनहरुबाट रातहरुलाई छुट्‌याउनेछन्। यो उज्यालाहरुलाई विशेष चिन्हहरुको निम्ति प्रयोग गरिनेछन् र यिनीहरुले सभाहरु कहिले हुने बताउनेछन्। अनि यिनीहरुलाई दिनहरु र वर्षहरु बताउनमा प्रयोग गरिनेछ।
15 यी उज्यालाहरु पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन्।” अनि यस्तै भयो।
16 यसर्थ परमेश्वरले दुईवटा ठूला-ठूला प्रकाश पुञ्जहरु निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुञ्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुञ्ज बनाउनु भयो। परमेश्वरले ताराहरु पनि सृष्टि गर्नु भयो।
17 पृथ्वीलाई उज्यालो पार्नको निम्ति यी प्रकाश-पुञ्जहरु परमेश्वरले आकाशमा राख्नु भयो।
18 यसकारण उहाँले तिनीहरुलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो। यी प्रकाश पुञ्जहरुले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो।
19 त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो चौथो दिन थियो।
20 तब परमेश्वरले भन्नुभयो, “पानी धेरै-धेरै प्राणीहरुले भरियोस्।” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरुङ्गीहरु उड्न थाले।
21 यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरु र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरु सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरु सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरु परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो।
22 परमेश्वरले यी सबै प्राणीहरुलाई आशीर्वाद दिएर भन्नुभयो, पानीका प्राणीहरुले धेरै बच्चाहरु जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरुङ्गीहरुले धेरै-धेरै बच्चाहरु जन्माएर पृथ्वी भरियोस्।
23 त्यहाँ साँझ पर्यो र फेरि अर्कौ बिहान भयो। यो पाँचौ दिन थियो।
24 परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरु बनाओस्। त्यहाँ घरेलु पशुहरु, घस्त्रने जन्तुहरु अनि सबै प्रकारको जङ्गली जनावरहरु रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए।
25 यसर्थ परमेश्वरले जङ्गली जनावरहरु, पाल्तू जनावर, सा-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरु सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।

उत्पत्ति १: १-२५

यसपछिका हिब्रू वेदहरू भन्छन् कि परमेश्वरले मानिसहरुलाई ‘उहाँको रूप’ मा सृष्टि गर्नुभयो ताकि हामी सृष्टिकर्तालाई प्रतिबिम्बित गर्न सकौं। तर हाम्रो प्रतिबिम्ब सीमित छ कि हामी केवल बोलिद्धारा प्रकृतिलाई आदेश दिन सक्दैनौं। तर येशूले यो काम गर्नुभयो। हामी देख्छौं कि कसरी सुसमाचारको पुस्तकले यी घटनाहरू लिपिबद्ध गर्दछ :

येशू प्रकृति प्रकृतिसँग कुरा गर्नुहुन्छ

येशूसँग उहाँको ‘वचनले’ सिकाउने र चाङ्गाई गर्ने अधिकार थियो। सुसमाचारले लिपिबद्ध गर्दछ कि जसरी उहाँले आफ्नो सामर्थ्य देखाउनु भयो  त्यसले उहाँका चेलाहरू “डर र अचम्म “ले भरिएका थिए ।

22 एक दिन येशू अनि चेलाहरू एउटा डुङ्गामा चढे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ मसित झीलको अर्को पट्टि जाऔं।” अनि तिनीहरू हिंडन थाले।
23 जब तिनीहरूले डुङ्गा खियाए, येशू निदाउनुभयो। झीलमा एउटा ठूलो आँधी चल्यो। डुङ्गामा पानी भरिन थाल्यो औ तिनीहरू खतरामा पर्न गए।
24 चेलाहरू येशूकहाँ गए अनि उहाँलाई व्युँझाए। तिनीहरूले भने, “गुरूज्यु! गुरुज्यु! हामी डुब्न लाग्यौं।” येशू उठ्नु भयो। उहाँले आँधी र छालहरूलाई हकार्नु भयो। आँधी थामियो, अनि झील शान्त बन्यो।
25 उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ छ?चेलाहरू डराए अनि चकित भए। तिनहरू आपसमा कूरा गर्न लागे, “उहाँ कस्ता मानिस हुनुहुन्छ? उहाँ आँधी र छाललाई आज्ञा दिनु हुन्छ अनि तिनीहरू पनि उनको आज्ञा पालन गर्छन्।”

लूका ८: २२-२५

येशूको वचनले  बतास र छालहरूलाई पनि आदेश दियो! यसमा अचम्म मान्नुपर्दैन कि चेलाहरू डराएका थिए। अर्को अवसरमा, उहाँले हजारौं मानिसहरूलाई यस्तै सामर्थ्य देखाउनु भयो। यस पटक उहाँले  बतास र छाललाई होइन तर भोजनलाई आदेश दिनु भयो ।

सपछि, येशू गालील, अर्थात् तिबेरियसको झील पारि जानुभयो।
2 धेरै ठूलो भीडले येशूलाई पछ्यायो किनभने तिनीहरूले विरामीहरूलाई निको पार्न चमत्कारहरू गर्नु भएको देखेका थिए।
3 येशू डाँडामाथि जानु भयो अनि आफ्ना चेलाहरूसंग त्यहाँ बस्नु भयो।
4 त्यसबेला यहूदीहरूको निस्तार चाडको समय प्रायः आइसकेको थियो।
5 येशूले आफ्नो नजर उठाउनु भयो अनि धेरै मानिसहरू उहाँकहाँ आइरहेको देख्नु भयो। येशूले फिलिपलाई भन्नुभयो, “हामीले तिनीहरूलाई खुवाउनको निम्ति रोटीहरू कहाँ किन्न सक्छौं?”
6 येशूले यो प्रश्न फिलिपलाई जाँच्नलाई सोध्नु भएको थियो। उहाँलाई थाहा भइसकेको थियो कि उहाँले के गरिरहुनु भएको छ।
7 फिलिपले उत्तर दिए, “यदी हामी सबैले महिनाभरि काम गर्यौ भने पनि प्रत्येकलाई एक एक टुक्रा रोटी दिने पैसा पुग्ने छैन।”
8 त्यहाँ येशूका अर्का एक जना चेला थिए। तिनी शिमोन पत्रुसका भाइ अन्द्रियास थिए।
9 आन्द्रियासले भने, “यहाँ एक जना केटो छ। जसकोमा पाँच वटा जौको रोटी र दुइ टुक्रा साना माछा छन्। तर यो त्यति विघ्न मानिसहरूको लागि केही होइन।”
10 येशूले भन्नुभयो, मानिसहरूलाई बस्न लाऊ।”यो घाँसैघाँस भएको ठाउँ थियो। त्यहाँ 5,000 जति मानिसहरू बसिरहेका थिए।
11 येशूले रोटी लिनु भयो र परमेश्वरलाई यसको निम्ति धन्यवाद दिनुभयो, अनि त्यहाँ बसेका जम्मैलाई रोटी बाडनु भयो। माछा पनि त्यसरीनै बाँडनु भयो। येशूले मानिसहरूलाई जति चहान्थे त्यति नै दिनु भयो।
12 जब तिनीहरूले खाई सके येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल। केही पनि नष्ट नपार।”
13 तब चेलाहरूले उब्रिएको रोटीको टुक्राहरू बटुले। पाँचवटा जौको रोटीहरू मानिसहरूले खाएर उब्रेको टुक्राहरू तिनीहरूले ठूलाठूला बाह्रवटा डोकोहरू मा भरे। पाचँवटा रोटीहरू र दुईवटा माछाबाट मात्र शुरू गरेका थिए। चेलाहरूले ती उब्रेका टुक्राहरू ठूलठूला बाह्र डोकोहरूमा भरे।
14 येशूले त्यस्तो चमत्कार गर्नुभएको मानिसहरूले देखे। तिनीहरूले भने, “संसारमा जो अगमवक्ता आउनेवाला हुनु हुन्थ्यो साँच्चै उहाँ नै हुनु हुँदो रहेछ।
15 येशूले बुझनु भयो कि आउने अनि उहाँलाई जबरजस्ती राजा बनाउने योजना मानिसहरूले गर्दै थिए। यसकारण, उहाँले त्यो ठाँउ छाडेर एक्लै पहाडमा जानु

भयो।यूहन्ना ६:१-१५

जब धन्यवाद चढाएर मात्र येशूले खानेकुरा बढाउन सक्नुहुन्छ, तब तिनीहरूले थाहा पाए कि उहाँ अद्वितीय हुनुहुन्छ। उहाँ वागीशा (संस्कृतमा वाणीका मालिक) हुनुहुन्थ्यो। तर यसको मतलब के हो? पछि येशूले आफ्ना वचनहरूको शक्ति वा जीवनको वर्णन गर्नुभयो।

63 त्यो आत्मा हो जसले मानिसलाई जीवन दिन्छ। शरीरबाट केही फाईदा छैन। म जो चीज तिमीहरूलाई भन्छु त्यो आत्मा हो तिनहरूले जीवन

दिन्छ।यूहन्ना ६:६३

57 जीवित पिताले मलाई पठाएका हुन्। उहाँको कारणले म बाँच्छु। यसर्थ जसले मलाई खाँदछ मेरो कारणले पनि ऊ बाँच्नेछ

।यूहन्ना ६:५७

येशू दाबी गर्दै हुनुहुन्थ्यो कि उहाँ शरीरमा अवतारमा तीन भागका सृष्टिकर्ता (पिता, वचन, आत्मा) हुनुहुन्छ जसले ब्रह्माण्ड अस्तित्वमा आउनको लागि आफ्नो वचन बोल्नुभयो। उहाँ मानव रूपमै जीवित हुनुहुन्थ्यो। उहाँ जीवित शरीरमा एक पवित्र त्रिएक प्रतीक हुनुहुन्थ्यो। उहाँले हावा, छालहरू र पदार्थहरूमा आफ्नो शक्ति बोलेर  आफ्नो जीवन वा जीवन ‘प्राण’ शक्ति प्रदर्शन गर्नु भयो।

यो कसरी हुन सक्छ? यसको मतलब के हो?

बुझ्ने हृदय

यो कुरा बुझ्न येशूका चेलाहरूलाई गाह्रो भयो। ५००० लाई खुवाए पछि, सुसमाचारको पुस्तकले यस भागलाई लिपिबद्ध गर्दछ:

45 तब, येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढेर बेत्सैदामा समुद्रको अर्कोतर्फ जान लगाउनु भयो। केहीसमय पछि उहाँ आउनेछु भनी उहाँले भन्नु भयो। उहाँ ती सबै मानिसहरूलाई आ-आफ्ना घर पठाउन चाहनु हुन्थयो।
46 तिनीहरूलाई विदा गरेपछि, येशू एउटा पहाडतिर प्रार्थना गर्न जानुभयो।
47 त्यस रात, डुङ्गा समुद्रको बीचमा थियो। अनि योशू चाँहि एकलै भूमिमा हुनुहुन्थ्यो।
48 येशूले डुङ्गालाई समूद्रको धेरै टाढा पुगेको देख्नुभयो। उहाँले डुङ्गा खियाउनलाई चेलाहरूले कष्ट गरिरहेको देख्नुभयो। किनभने आँधी तिनीहरूको विरूद्ध चलिरहेको थियो। यो त्यस्तै तीन र छः बजे बिहान बिचको समय थियो। उहाँ डुङ्गा भएतिर जानुभयो। उहाँ पानीमा हिडनु भयो। उहाँले लगातार हिंडेर डुङ्गालाई समेत पार गर्ने इच्छा गर्नुभयो।
49 यसैबेला चेलाहरूले येशूलाई पानीमा आँउदै गरेको देखे, तिनीहरूले सोचे त्यो भूत हो। चेलाहरू डरले चिच्याए।
50 सबै चेलाहरू उहाँलाई देखेर भयभीत भए। तर उहाँले तिनीहरूलाई तुरन्तै भन्नुभयो, “साहस राख, यो म नै हुँ। डराउनु पर्दैन।”
51 त्यसपछि उहाँ चेलाहरू सहित डुङ्गाभित्र जानुभयो। अनि आँधी शान्त भयष्ठ्वो। चेलाहरू एकदमै छक्क परे।
52 तिनीहरूले येशूले पाँचवाटा रोटीलाई धेरै पारेका देखेका थिए। तर यसको अर्थ के हो भनेर तिनीहरू जान्दैनन् थिए। तिनीहरू यी सब बुझ्नलाई योग्य थिएनन्।
53 येशूका चेलाहरूले ताल पार गरे। तिनीहरू गनेसरेतको किनारमा आईपुगे। तिनीहरूले डुङ्गालाई त्यहाँ बाँधेर राखे।
54 जब तिनीहरूले डुङ्गाबाट बाहिरिए, मानिसहरूले येशूलाई देखे। तिनीहरूले उहाँलाई चिने।
55 ती मानिसहरू त्यो क्षेत्रका वरिपरि दगुर्दै गएर मानिसहरूलाई येशू यहाँ हुनुहुन्छ भन्न लागे। उहाँ भएका ठाँउमा ती मानिसहरूले अनकौं रोगीहरूलाई लिएर आए।
56 येशू त्यस क्षेत्रको शहर, बस्ती र गाउँहरू सबै ठाउँमा जानुभयो। अनि जहाँ-जहाँ उहाँ जानुभयो मानिसहरूले रोगीहरूलाई बजारमा ल्याए। तिनीहरूले येशूलाई ती मानिसहरूलाई केवल उहाँका लुगाको छेउ छुन देनुहोस् भनी बिन्ती गरे, अनि सबै मानिसहरू जसले येशूलाई छोए निको पनि भए।

मर्कूस ५:४५-४६

यसले भन्छ कि चेलाहरूले यसलाई ‘बुझेनन्’। नबुझ्नुको कारण यो थिएन कि  तिनीहरू बौद्धिक थिएनन्;यस्तो थिएन किनभने तिनीहरूले जे घटना भएको थियो त्यो कहिले देखेका थिएनन्। न त तिनीहरू खराब चेलाहरू भएर  हो :  न त यो तिनीहरूले  परमेश्वरमा विश्वास नभएको कारणले । यसले भन्दछ की उनीहरूको ‘हृदय कठोर भएको‘ थियो ।  हाम्रो आफ्नै कडा हृदयले हामीलाई आध्यात्मिक सत्य बुझ्नबाट पनि रोक्दछ।

यसको मुख्य कारण हो कि उहाँको समयका मानिसहरू येशू बारे यतिबिघ्न विभाजित थिए। वैदिक परम्परामा हामी भन्दछौं कि उहाँ प्रणव वा ओम अर्थात अक्षरा हुनुहुन्छ जसले संसारलाई अस्तित्वमा आउन भन्नु भयो भनेर दाबी गरिरहनु भएको थियो, र त्यसपछि उहाँ आफैं पनि एक मानव-सार बन्नुभयो। यसलाई बौद्धिक रूपमा बुझ्नुको सट्टा यसको लागि हाम्रो हृदयमा यसमा रहेको दृढता हटाउनु आवश्यक छ।

यसैले यूहन्नाको तयारी कार्य महत्त्वपूर्ण थियो। उनले मानिसहरूलाई आफ्नो पाप लुकाउन भन्दा पाप स्वीकार गरेर पश्चाताप गर्न आह्वान गरे । यदि येशूका चेलाहरूको हृदय कठोर भएको थियो जसलाई पश्चात्ताप गर्न र पाप स्वीकार गर्न आवश्यक छ भने, तपाईं र म झन् कत्ति धेरै गर्न पर्दछ!

त्यसो भए अब के गर्ने?

हृदयलाई कोमल बनाउन  र समझ प्राप्त गर्ने वाला मन्त्र

मद्दतको लागि प्रार्थनाको रूपमा मैले हिब्रू वेदमा मन्त्रको रूपमा दिएको यो स्वीकारोक्ति भेट्टाएँ। हुनसक्छ मनन वा जपको साथ ओम तपाइँको हृदयमा पनि काम गर्दछ।

परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दायालु कृपादृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्।
2 परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्। मेरा पापहरू धोइ-पखाली दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्!
3 म जान्दछु मैले पाप गरें। म सधैं ती पापहरू देख्दछु।
4 हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें। परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें म ती गल्तीहरू स्वीकार गर्दछु, ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँचो हुनुहुन्छ। तपाईंको निर्णयहरू निष्कपट छन्।
5 पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन् अनि म पापमा नै जन्मेको थिएँ।
6 हे परमेश्वर, तपाईंले मलाई साँचो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ, यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्।
7 विधिपूर्वक हिसप झारलेमस्काएर मलाई शुद्ध पार्नुहोस्। जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्।
8 मलाई खुशी पार्नुहोस्। बताउनु होस् फेरि खुशी कसरी हुनु। तपाईंले धूलो-पिठो पार्नु भएको हड्डीहरु फेरि आनन्दले नाचोस्।
9 मेरो पापहरू तपाईं नहेर्नु होस्! ती सबै मेटी दिनुहोस्!
10 हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्! मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्।
11 मलाई नठेल्नु होस्। अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्!
12 तपाईंको सहयोगले मलाई खुशी पार्दछ! मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस्। मेरो आत्मा बलियो पारी दिनुहोस् र तपाईंको आज्ञा पालन गर्न तयार होस्।

भजन संग्रह ५१:१-४,१०-१२

हामीले यो पश्चाताप गर्नुको अर्थ बुझ्नु आवश्यक छ कि येशू एक जीवित वचनको रूपमा परमेश्वरको ओम हुनुहुन्छ।

उहाँ किन आउनु भयो ? हामी अर्को लेखमा यो देख्छौं