बनारस सात पवित्र शहरहरु (सप्तपुरी) मध्ये सबै भन्दा पवित्र शहर हो । यहाँ तीर्थयात्राको लागि प्रतिवर्ष १० लाख भन्दा बढि तीर्थयात्रीहरु आउँदछन् , धेरै जीवन मुक्ताको रुपमा , किनकि यस स्थानको कारण , (जहाँ वरुणा र अस्सी नदिहरु गंगामा मिल्छन्), र पौराणिक कथाहरु र इतिहासहरुमा यसको प्रख्यातता पाईन्छ । बनारस , वाराणसी, अभिमुक्ता, वा काशी (“प्रकाशको शहर”) भनेर पनि चिनिन्छ , बनारस यस्तो स्थान थियो जहाँ शिवले पापहरुबाट क्षमा पाएका थिए ।
काशीखण्ड (प्रमुख तीर्थ स्थानहरुको लागि ‘यात्रा मार्गदर्शक’ पुराण) का अनुसार , शिवले , भैरवको रुपमा , र ब्रह्मासँगको चर्को बहसको कारण , ब्रह्माको टाउको उनको शरीरबाट काटेर अलग गरेका थिए । यो गम्भीर अपराधको कारण, काटिएको टाउको उनको हातमा अड्कियो—दोष उनीबाट टाढा हुने थिएन । शिव ÷ भैरव स्वयंले दोष ( र अड्किएको टाउको ) बाट छुटकारा पाउँन धेरै ठाउँहरुमा यात्रा गरे ,तर जब उनी बनारस आए तब काटिएको टाउको उनको हातबाट अलग भएर खस्यो । त्यसैले शिवले अरु तीर्थहरु भन्दा बढि बनारसलाई मन पराए र आज बनारसमा उन प्रति धेरै तीर्थ र लिंग समर्पित छ ।
बनारसः मृत्युको पवित्र शहर
काल भैरव शिवका भयानक गुणहरुको अभिव्यक्ति हो, र सस्कृत शब्द ःकालको अर्थ ‘मृत्यु’ या ‘काल’ भन्न सकिन्छ । यसले भैरवलाई बनारसमा मृत्युको संरक्षणकर्ता बनाउँछ । यम, मृत्युको अर्को देवता वाराणसीमा प्रवेश गर्न असमर्थ छन् । यसप्रकार भैरव आत्मालाई दण्ड दिने र तिनीहरुलाई संकलन गर्ने भुमिका पुरा गर्दछन् । भनिन्छ कि वाराणसीमा मर्नेहरुको सामना भैरव (भैरवी यातना) सँग हुन्छ ।
यसैले बनारस मर्ने र दाहसंस्कार गर्ने शुभ स्थान हो किनकि त्यहाँ मृत्युको मुल विषय शक्तिशाली छ , र मृत्यु र संसारबाट मुक्त हुने आशा बढ्छ । धेरै मानिसहरु वाराणसी आएर आफ्नो आउदै गरेको मृत्युको प्रतिक्षा , धर्मशालामा कुर्दै गर्दछन् । यस अर्थमा , वाराणसी जीवनको तीर्थयात्राको अन्तिम गन्तव्य स्थान हो । बनारसमा दुई प्रमुख श्मशान घाटहरु छन् , मणिकर्णिका र हरिश्चंद्र । मणिकर्णिका यी दुई मध्ये बढि लोकप्रिय छ , जसलाई मृत्युको पवित्र स्थानको रुपमा मानिन्छ , यो नदिको किनारमा बनेको छ , जहाँ दाहसंस्कारको आगो निरन्तर जलिरहन्छ । बनारसको घाटमा कुनैपनि दिन ३०००० जना भक्तजनहरु गंगामा नुहाउन सक्छन् ।
यसै आधारमा , भारत भरका मानिसहरु बनारसमा मर्नका लागि भेला हुन्छन् ताकि तिनीहरुको मृत्युको समयमा शिव द्धारा पुनर्जन्मको चक्र कसरी तोड्ने र यसरी मोक्ष प्राप्त गर्ने बारेमा निर्देशन पाउनेछन् । संक्षेपमा भन्नु पर्दा , बनारस मृतको पवित्र शहर हो । तर त्यहाँ अर्को त्यस्तो शहर छ र यो एकदम पवित्र छ , जति कि प्राचिन…
यरुशलेमः मृत्युको पवित्र शहर
यरुशलेम मृत्युको अर्को पवित्र शहर हो भनेर चिनिने लाएकको छ । त्यहाँ चिहान बनाउनु शुभ मानिन्छ किनकि यस्तो विश्वास गरिन्छ कि जो मानिसहरु त्यहाँ गाडिन्छन् , तिनीहरु मृत्युबाट पुनरुत्थान हुने पहिलो व्यक्ति हुनेछन् , र मृत्युको बन्धनबाट छुटकारा पाउनेछन् । फलस्वरुप , सहस्राब्दीबाट , यहुदीहरुले यस आउदै गरेको स्वतन्त्रताको आशामा त्यहाँ गाडिन माग गरेका छन् ।
यो त्यही पवित्र शहर हो , जहाँ येशू आउनुभएको थियो , जुन दिन अहिले पाम आइतवार भनेर चिनिन्छ । उहाँले जुन तरिकाले त्यसो गर्नुभयो , र उहाँको आगमनको समयले उहाँलाई जीवन—मुक्ता (जीवित हुदा पनि मृत्युबाट मुक्ति ) देखायो । तर उहाँ आफ्नो लागि मात्र जीवन मुक्त हुनुहुन्नथ्यो, तर तपाई र मेरो लागि जीवन मुक्ता हुने योजना बनाउनुभयो । हामी जान्दछौ कि उहाँले कसरी यस्तो काम गर्नुभयो जब उहाले लाजरसलाई जीवित पार्नुभए पछि मृत्युको पवित्र शहरमा आउनुभयो । सुसमाचारले वर्णन गर्दछ :
येशू यरूशलेममा राजाको रूपमा आउनुहुन्छ
१२. भोलिपल्ट चाड़मा आउने ठूलो भीड़ले येशू यरूशलेममा आउँदैहुनुहुन्छ भन्ने सुन्यो, १३. र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के, “होसन्ना! धन्य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!” १४. अनि गधाको एउटा बछेड़ो भेट्टाएर येशू त्यसमाथि चढ्नुभयो, जस्तो लेखिएको छ, १५. “सियोनकी छोरी, नडराऊ। हेर, तिम्रा राजा गधाको बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ।” १६. यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन्। तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए, र यी काम उहाँको निम्ति तिनीहरूले गरेका हुन् भन्ने तिनीहरूले सम्झे। १७. उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट जीवित पार्नुहुँदा उहाँका साथमा हुने भीड़का मानिसहरूले उहाँको गवाही दिई नै रहे। १८. उहाँले यो चिन्ह गर्नुभएको थियो भनी सुनेका हुनाले पनि भीड उहाँलाई भेट्न गएको थियो। १९.तब फरिसीहरूले एक-अर्कालाई भन्न लागे, “हेर, तिमीहरूबाट केही हुने होइन। देख्तछौ, संसारै त्यसको पछि लागिसक्यो!”
यूहन्ना १२: १२-१९
यसलाई पूर्ण रूपमा जान्न हामीले हिब्रू वेदहरूले पुरानो हिब्रू राजाहरूको रीतिथितिको बारेमा के भनेको छ बुझ्नु पर्छ।
दाऊदले गरेका ‘अश्वमेध‘ बलिदानको रीति
पूर्वज राजा दाऊद (१००० ईसापूर्व) को शुरुआतबाट हिब्रू राजाले आफ्ना शाही घोडालाई जुलुसको नेतृत्व लिन यरूशलेमको शहरमा लग्थे । यद्यपि प्राचीन वैदिक अश्वमेध / अश्वमेध यज्ञको घोडा बलिदानको विधि र प्रक्रिया एक अर्का भन्दा फरक भए पनि उनीहरूको एउटै उद्देश्य थियो – उनीहरूको विवेक र शाही सार्वभौमिकता अन्य शासकहरूलाई प्रमाणित गर्न।
जकरियाले प्रवेशको एक ‘फरक ‘ प्रकारको भविष्यवाणी गर्दछन्।
आउँदै गरेको राजाको नाम भविष्यवाणी गर्ने जकरियाले पनि भविष्यवाणी गरे कि उनी आउँदै गरेको राजा यरूशलेम प्रवेश गर्नेछन्, तर शाही घोडाको सट्टा गधामा चढेर। विभिन्न हिब्रू ऋषिहरूले यस अत्यधिक असामान्य घटनाको विभिन्न पक्षहरूको पूर्वचित्रण गर्थे।
माथिको सुसमाचारमा उद्धृत गरिएको जकरियाको भविष्यवाणीको अंश रेखांकित गरिएको छ। जकरियाको पूर्ण भविष्यवाणी थियो:
सियोनका राजाको आगमन
९. हे सियोन, धेरै रमाऊ! जय होस्, हे यरूशलेम! किनभने तिम्रो राजा तिम्रोमा आउनेछन्। ऊ धर्मी र मुक्ति छ, ऊ विनम्र छ, र गधामा आउनेछ, तर एक गधाको बच्चामा।
१०. म एप्रैमको रथहरू र यरूशलेमको घोडाहरू नष्ट पार्नेछु। र युद्ध को धनुष भङ्ग गरिनेछ, र उहाँले जातिहरूलाई शान्ति बोल्न पर्छ; उसले समुद्र देखि समुद्र र यूफ्रेटिसदेखि पृथ्वीको टाढा टाढासम्म शासन गर्ने छ।
११. सुन्नुहोस्, मेरो करारको रगतले गर्दा मैले तिम्रा कैदीहरूलाई पानी बिनाको कूवाबाट बचाएँ।
जकरिया ९:९ -११
जकरियाले एक राजालाई अगमवाणी गरे जो अरू राजाहरू भन्दा बेग्लै हुनेछ। उनी ‘रथहरू’, ‘युद्ध घोडा’ र ‘युद्ध धनुष’ प्रयोग गरेर राजा हुने छैनन्। वास्तवमा यो राजाले ती हतियारहरू हटाउनेछ र त्यसको ठाउँमा ‘जातिहरू माझ शान्ति घोषणा गर्नेछ’। यद्यपि यो राजाले अझै एक शत्रुलाई पराजित गर्नुपर्दछ – सब भन्दा ठूलो शत्रु।
यो राजाले सामना गर्नुपर्ने कुरा बुझ्दा यो अझ प्रस्ट हुन्छ। सामान्यतया, एक राजाको शत्रु एक विरोधी राष्ट्र, वा अर्को सेना, वा आफ्नो मान्छे को पक्षबाट वा विद्रोहमा सामना गर्नेहरूबाट हो। तर भविष्यवक्ता जकरियाले लेखेका थिए कि “गधा” मा प्रकट हुने राजाले ‘बन्दीहरूलाई पानी बिनाको खाल्डो बाट स्वतन्त्र गर्ने छन।’ (पद ११) शब्द ‘गड्डा’ चिहान वा मृत्युलाई वर्णन गर्ने हिब्रू तरिका थियो। आउँदै गरेको राजाले ती कैदीहरूलाई स्वतन्त्र पार्दै थिए , तर जो तानाशाह, भ्रष्ट राजनीतिज्ञ, दुष्ट राजाहरू वा कैदमा फसेका मानिसहरूलाई होइन, तर मृत्युदण्डका कैदीहरू थिए।
जब मानिसहरूलाई मृत्युबाट बचाउने कुरा आउँछ, हाम्रो मतलब एक व्यक्तिलाई बचाउनको लागि मृत्युमा ढिलाइ गर्नु हो। उदाहरण को लागी, हामी डुब्ने व्यक्ति लाई बचाउन वा एक व्यक्ति लाई जीवन बचाउने औषधि दिन सक्छौं। यसले मृत्युलाई मात्र स्थगित गर्दछ किनकि ‘बचाइएको’ व्यक्तिको पछि मृत्यु हुने छ। तर जकरियाले मानिसहरू “मृत्यु बाट” बचाउनलाई भविष्यवाणी गरेका थिएनन् तर मृत्युको कैदमा परेका मानिसहरूलाई बचाउनलाई -जो पहिले नै मरेका थिए। जकरियाले अगमवाणी गरेका गधामा चढेर आउने राजाले आफैंलाई मार्नु पर्ने थियो – कैदीहरूलाई मुक्त गर्नु पर्ने थियो।
येशूले खजुरीको दिनमा भविष्यवाणी पूरा गर्नुभयो
त्यस दिन येशू यरूशलेम प्रवेश गर्नुभयो, जकरियाको भविष्यवाणीको साथ हिब्रू शाही ‘अश्वमेध’ यज्ञको जुलुसको संयोजन गर्दै, अहिले खजुरी आईतवार भनिन्छ। ऊ युद्धको घोडाको स्थानमा गधामा सवार थियो। मानिसहरूले आफ्नो पवित्र गीता (भजनहरू) बाट दाऊदको लागि गाएकै गीतहरू:
२५. हे परमप्रभु, हामीलाई बचाउनुहोस्, हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्। २६. परमप्रभुको नाउँमा आउने धन्यको हो। परमप्रभुको भवनबाट हामी तिमीहरूलाई आशीर्वाद दिन्छौं। २७. परमप्रभु नै परमेश्वर हुनुहुन्छ, र उहाँले हामीमाथि आफ्नो प्रकाश चम्कन दिनुभएको छ। हातमा स्याउला लिएर शोभायात्रामा वेदीका सीङहरूसम्म हर्षसाथ जाओ।
भजनसंग्रह ११८:२५—२७
मानिसहरूले यो पुरानो गीत उहाँको लागि गाए किनभने तिनीहरूलाई थाहा थियो कि येशूले लाजरसलाई जीवित तुल्याउनु भएको थियो र तिनीहरूले उहाँलाई यरूशलेममा आउने आशा गरेका थिए। भजन ११८: २५ मा धेरै अघि लेखिएको जस्तै उनीहरुले जोडसँग ‘होसन्ना ‘ भन्ने शव्द उच्चारण गर जसको अर्थ ‘ बचाउनुहोस्’ । येशूले कसलाई बचाउनु पर्ने थियो? भविष्यवक्ता जकरियाले पहिले नै हामीलाई भनेका थिए – मृत्युबाट। यो कति ठीक देखिन्छ कि येशू मृतकहरूको पवित्र शहरमा प्रवेश गर्नुभयो र आफूलाई राजा घोषणा गर्नुभयो।
येशू शोकले रुनुभयो
खजुरीको दिनमा जब येशू यरूशलेम प्रवेश गर्नुभयो (विजयी प्रवेशद्वार पनि भनिन्छ), धार्मिक नेताहरूले उहाँको विरोध गरे। उनीहरूले गरेको विरोधको बारेमा सुसमाचारको पुस्तकले येशूको प्रतिक्रियालाई उल्लेख गर्दछ।
४१. जब येशू नजिकै आइपुग्नुभयो र सहरलाई देख्नुभयो, उहाँ त्यसको निम्ति रुनुभयो, ४२. “शान्ति कुन कुराले ल्याउँछ भनेर तैंले आज पनि जानेको भए हुनेथियो! तर अब तेरो दृष्टिबाट त्यो लुकेको छ। ४३. किनकि तँमाथि यस्ता दिन आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन्, र सबैतिरबाट तँलाई थुनिराख्नेछन्। ४४. तिनीहरूले तँलाई र तँभित्र वास गर्ने तेरा सन्तानलाई जमिनमा पछार्नेछन्, र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिनेछैन। किनकि तैंले आफूमाथि भएको परमेश्वरको कृपा-दृष्टिको समयलाई चिन्न सकिनस्।”
लूका १९:४१-४४
येशूले भन्नुभयो कि’ यो दिन ‘ अगुवाहरूले “परमेश्वरको आगमनको समयलाई चिन्न पर्ने थियो” ।
येशू के भन्न खोज्दै हुनुहुन्थ्यो? तिनीहरूले के बुझेनन्?
५३७ वर्ष पहिले उनीहरुले आफ्नो वेदमा दानिएलले अगमवाणी गरेको ‘सत्तरी ‘ हप्ताको पहेली बिर्सेका थिए। सत्तरी हप्ताको यो भविष्यवाणीमा, राजाको यस दिनको आगमन पाँच सय वर्ष अघि नै भविष्यवाणी गरिएको थियो।
खजुरी आईतवार एक शुभ दिन थियो, जकरियाका भविष्यवाणीहरू ( मृत्युलाई हराउन गधामा आउँदै गरेको् राजाको बारेमा ) र दानिएलका भविष्यवाणीहरू पनि संयुक्त रुपमा त्यही दिन त्यही शहरमा परेको थियो – यरूशलेममा मृतहरुको पवित्र शहर ।
जातिहरूमा हाम्रो लागि
बनारस आफ्नो शुभ स्थानको कारण मृतकहरूको तीर्थयात्रा वाला पवित्र शहर हो। तीर्थ यात्रिहरु माथि आशिष तब आउँछ जब हामी ठीक स्थान मा आउँदछौं, जसको विषय मा माथि भैरवको कथामा उल्लेख गरीएको थियो। जसको कारण यसको दोस्रो नाम काशी छ, बत्तीको शहर ।
तपाईंको जीवन मुक्ता के रूपमा येशूको साथ रहन एक अलग कुरा हो, किनकि यरूशलेम मा उहाँको मृत्यु पछि उहाँको जीत यरूशलेम बाट अन्य सबै राष्ट्रहरूमा फैलिनेछ ।
किन?
किनभने उहाँले आफूलाई ‘संसाको ज्योति’ भनेर घोषणा गर्नु भयो उहाँको जीत यरूशलेमबाट सबै जातिका लागि जान्छ – जहाँ तपाईं र म बसेका छौं । येशूको विजयकी आशिष् पाउन हामीले यरूशलेमको तीर्थ यात्रामा जानुपर्दैन। हामी हेर्नेछौं कि कसरी त्यस हप्ताको घटनाहरू उनको मृत्युको बिरूद्ध युद्ध गर्दछन्।