धेरै लेखहरुले दक्ष यज्ञको कथा बयान गर्दछन् तर यसको सार यो छ कि शिवले शक्ति भक्तहरु द्धारा शुद्ध मौलिक उर्जाको रुपमा बुझिने पराशक्तिको अवतार दाक्षायण/सतीसँग विवाह गरेका थिए । ( आदि पराशक्तिलाई परम शक्ति , आदि शक्ति , महाशक्ति , महादेवी , महागौरी , महाकाली वा सत्यम शक्ति पनि भनिन्छ ) ।
दाक्षायणको पिता, दक्षले शिवको अत्याधिक तपस्याको कारण शिवसँग उनको विवाह अस्वीकार गरे । त्यसकारण जब दक्षले यज्ञ समारोहको आयोजना गरे उनले आफ्नो छोरी सती र शिव बाहेक सम्पुर्ण परिवारलाई आमन्त्रित गरे । तर जे भए पनि यज्ञ समारोहको बारेमा सुनेर सती गइन् । सतीको उपस्तिथिले उनको पिता धेरै रिसाए र उनलाई त्यहाबाट जानको निम्ति बारम्बार कराइरहे । फलस्वरुप सतीलाई रीस उठ्यो त्यसैले उनले आफुलाई आदी पराशक्तिको रुपमा फिर्ता ल्याइन् र आफ्नो नश्वर शरीर सतीलाई यज्ञको आगोमा बलि गरिन् त्यसैले यो सबै आगोको ज्वाला भएर भुइँमा ध्वस्त भयो ।
दक्ष यज्ञमा ‘नोक्सानको’ अन्वेषण गर्दै
सतीको बलिदानले शिवलाई दुःखी बनायो । उनले आफ्नो प्यारी सती गुमाएका थिए । यसैले शिवले भयानक “तांडव” वा विनाशकारी नाच प्रस्तुत गरे ,र जति बढी शिव नाचे , त्यति नै बढी विनाश भयो । उनको तांडवले ति दिनहरुमा व्यापक विनाश र मृत्यु निम्त्यायो । आफ्नो नोक्सान बाट भएको उनको क्रोध र शोकले , शिवले सतीको शरीर बोके र यससँग ब्रह्माण्ड वरिपरि घुमे । विष्णुले सतीको शरीर ५१ अंगहरुमा काटे जुन पृथ्वीमा खसे र शक्तिपीठहरुको रुपमा पवित्र स्थानहरु भए । यी ५१ पवित्र स्थानहरुमा ,शिवले सतीलाई गुमाउनु परेको अनुभव आज हामीलाई यी विभिन्न शक्ति मन्दिरहरुको रुपमा स्मरण गराउँदछन् ।
दक्ष यज्ञमा हामी देवता र देविहरुले अनुभव गरेको नोक्सान प्रति कदर गर्छौ जब उनीहरु एक अर्कालाई मृत्युमा गुमाउँदछन् । तर हामी सबैजना आफ्नो प्रियजनलाई मृत्युको कारण गुमाउँदछौ । आफुले प्रेम गर्ने कसैलाई गुमाउँदा तपाई के गर्नुहुन्छ ? के तपाई निराश भई हार खानुहुन्छ ? रिसाउनुहुन्छ ? तिनीहरुलाई फिर्ता प्राप्त गर्ने कोशिश गर्नुहुन्छ ?
परमेश्वरको बारेमा के त ? के उहाँले हामी मध्ये कोहि पनि उहाको राज्यमा हराएको ध्यान वा ख्याल गर्नुहुन्छ ?
येशूले ‘नोक्सान’ को दृष्टिकोण बाट सिकाउनुहुन्छ
हामी मध्ये एक जनालाई पनि गुमाउँदा परमेश्रले कस्तो महसुस गर्नुहुन्छ र के गर्नुहुन्छ भनेर देखाउन येशूले थुप्रै दृष्टान्तहरु बताउनुभयो ।
उहाँको शिक्षाको शक्तिलाई महसुस गर्न हामीले यो कुरा सम्झनु पर्छ कि पवित्र व्यक्तिहरु अशुद्ध नहुन भनि तिनीहरुबाट अलग रहन्छन् जो पवित्र हुदैनन् । येशूको समयमा धर्म व्यवस्थाका गुरुहरुको कुरा पनि यस्तै थियो । तर येशुले सिकाउनुभएको थियो कि हाम्रो शुद्धता र सफाइ हाम्रो हृदयको प्रमुख कुरा हो , र सक्रियतासाथ उनीहरुसँग हुनु खोज्नु हो जो विधिपुर्वक शुद्ध थिएनन् ।
यहाँ सुसमाचारको पुस्तकले ती अशुद्ध मानिसहरुसंगको संगति र धार्मिक गुरुहरुको प्रतिक्रिया दुबैलाई यसरी व्याख्या गर्दछ ।
नेकौं महसूल उठाउनेहरू र पापीहरू येशूकहाँ उहाँबाट सुन्न आए।
लुका १५: १—२
2 तब फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूले विरोध प्रकट गर्न थाले, “हेर! यो मानिसले पापीहरूलाई पनि ग्रहण गर्छ अनि संगै बसेर खान्छ।”
येशूले किन पापीहरुलाई स्वागत गर्नुभयो र उनीहरुसँग खाना खानुभयो ? के उहाँले पापको आनन्द उठाउनुभयो ? येशूले उहाँको आलोचकहरुलाई तीनओटा दृष्टान्तहरु भन्दै उत्तर दिनुभयो ।
हराएको भेडाको दृष्टान्त
3 त्यसपछि येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः
लुका १५:३—७
4 “तिमीहरूमध्ये कसैको सय वटा भेंडाहरू छन् अनि ती मध्ये एउटा हरायो, त्यो उनान्सय भेंडालाई छोडेर हराएको एउटा भेडा खोज्न जान्छ। त्यो भेडा जब सम्म पाउदैन ऊ खोजी रहने छ।
5 अनि जब उसले हराएको भेडा पाउँछ ऊ अति खुशी हुन्छ। त्यो मानिसले भेडालाई आफ्नो काँधमा बोकेर ल्याउनेछ।
6 जब त्यो मानिस उसको घरमा फर्केर आउँछ, आफ्नो साथीहरू र छिमेकीहरूकोमा जान्छ अनि भन्छ, म जस्तै खुशी होऊ, किनभने मैले हराएको भेडा पाएको छु।’
7 त्यस्तै प्रकारले म भन्दछु, तिमीहरूलाई स्वर्गमा अति आनन्द हुन्छ जब एउटा पापीले आफ्नो हृदय परिवर्तन गर्छ अनि अन्य उनान्सय धार्मिक मानिसहरूले आफ्नो हृदय परिवर्त्तन गर्नु कुनै आवश्यक पर्दैन।
यस कथामा येशूले हामीलाई भेडाको रुपमा र आफुलाई गोठालोको रुपमा तुलना गर्नुहुन्छ । हराएको भेडा खोज्ने गोठालोले झै उहाँ आफु स्वयम हराएको मानिस खोज्न निस्कनुहुन्छ । सायद केहि पाप—गोप्य पनि—ले तपाईलाई पासोमा पारेको छ , तपाईलाई हराएको महसुस गराएको छ । वा सायद सबै समस्याहरुको साथ तपाईको जिवन यति अन्योलमय छ कि तपाई हराएको महसुस गर्नुहुन्छ । यस कथाले आशा दिन्छ किनकि तपाईले थाहा पाउन सक्नुहुन्छ कि येशूले तपाईलाई भेट्टाउन खोज्दै हुनुहुन्छ । हानिले तपाईलाई विनाश गर्नु अघि नै उहाँले तपाईलाई उद्धार गर्न चाहानुहुन्छ । उहाँले यस्तो गर्नुहुन्छ किनकि जब तपाई हराउनुहुन्छ उहाँले नोक्सानको महसुस गर्नुहुन्छ ।
त्यस पछि उहाँले दोस्रो कथा भन्नुभयो ।
हराएको सिक्काको दृष्टान्त
8 “मानौ एउटी स्त्रीसँग दशवटा चाँदीका सिक्काहरू छन्, यदि उसले एउटा सिक्का हराई, त्यसले बत्ती बाल्छे अनि त्यो घरमा खोज्दै बढार्छे। जबसम्म उसले सिक्का पाउँदिन खुब ध्यानपूर्वक खोज्छे।
लुका १५:८—१०
9 अनि जब उसले त्यो हराएको सिक्का पाउँछे, उसले आफ्नो साथीहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, मानिस खुशी होऊ किनभने मैले हराएको सिक्का पाएँ।’
10 त्यसरी नै, म भन्दछु, जब एकजना पापीले आफ्नो हृदय परिवर्तन गर्छ भने परमेश्वरको दुतहरूको अघि खुशी छाउँछ।”
यस कथामा हामी बहुमुल्य तर हराएको सिक्का हौ र उहाँले यसलाई खोज्दै हुनुहुन्छ । यद्यपि सिक्का हराएको भए पनि यसलाई थाहा छैन कि यो हराएको छ । यसले हराएको महसुस गर्दैन । यो ती महिला हुन् जसले नोक्सानलाई बुझ्छिन् र यसैले सबै चिजको मुनि र पछाडि ध्यानपुर्वक हेर्दै घर सफा गर्छिन ,बहुमुल्य सिक्का नभेट्टाए सम्म उनी सन्तुष्ट हुदैनिन् । सायद तपाई हराएको महसुस गर्नुहुन्न । तर सत्य यो हो कि हामी सबै हराएका छौ , चाहे हामी यसलाई महसुस गर्छौ वा गर्दैनौ । येशूको आखाँमा तपाई मुल्यवान तर हराएको सिक्का हुनुहुन्छ र उहाँले नोक्सानको महसुस गर्नुहुन्छ त्यसैले उहाँले तपाईलाई खोज्नुहुन्छ र तपाईलाई भेट्टाउनको लागि काम गर्नुहुन्छ ।
उहाँको तेस्रो कथा सबैभन्दा प्रसिद्ध छ ।
हराएको छोराको दृष्टान्त
11 त्यसपछि येशूले भन्नुभयो, “एकजना मानिसको दुइ पुत्रहरू थिए।
लुका १५:११—३२
12 कान्छो छोरोले आफ्नो बाबुलाई भन्यो, पिता हाम्रो सम्पत्तिमा मेरो भागमा जे जति अंश पर्छ मलाई दिनुहोस्।’
13 केही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाडो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झैं आफ्नो रूपियाँ-पैसा सब खर्च गर्यो।
14 आफुसित जे जति थियो सबै त्यसले स्वाहा पार्यो। तब, त्यो ठाउँमा खडेरी पर्यो, अनि पानी पटक्कै परेन। देशभरी मानिसहरूले खानेकुरा पाउन छाडे। त्यो खुबै भोकायो अनि उसलाई पैसाको पनि आवश्यकता पर्यो।
15 अनि त्यस ठाँउको कुनै एकजना मानिसकहाँ गयो अनि आफ्नो जीविकाको लागि त्यसले त्यहाँ काम लियो। अनि उसले त्यसलाई खेतमा सूँगुरहरू हेर्न पठायो।
16 त्यो मानिस त्यत्ति भोकाएको थियो कि उसले जुन चारो सूँगुरहरूले खाँदैथ्यो खान खोज्यो। तर कसैले त्यसलाई केही दिएन।
17 तब उसले आफूलाई मूर्ख भएको अनुभव गरयो। उसले भन्यो, मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ । तर म यहाँ भोकले मर्न लागेको छु।
18 म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें
19 म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै अकजना नोकर झैं राख्नु होस्।
20 यसरी त्यो केटो उठयो अनि आफनो बाबु भेट्न गयो।“जब निकै पर देखि उ आँउदै थियो, त्यसको बाबुले देखे अनि आफ्नो छोरोप्रति बाबूको मनमा खुबै दया जाग्यो। अनि बाबु छोरो भएकहाँ दगुर्दै गएर अँगालो हाले औ म्वाँई खाए।
21 छोरोले तिनलाई भन्यो, हे पिता, मैले परमेश्वर र तपाईंको अघि पाप काम गरेको छु। म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन।’
22 तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ।
23 त्यो मोटो बाछा ल्याऊ, त्यसलाई मार अनि हामी खाएर भोज मनाउँछौं।
24 किनभने यो मेरो छोरो मरेको थियो, तर अहिले ऊ जीवित फर्की आएको छ। ऊ हराएको थियो, तर उसलाई अहिले पाइएको छ।’ त्यपछि तिनीहरूले भोजको व्यवस्था गरे।
25 “उसको जेठो छोरो खेतमा थियो। ऊ बिस्तारै घरमा आयो। उसले त्यहाँ नाच गान भइहेको सुन्यो।
26 यसर्थ जेठो छोराले एकजना नोकरलाई बोलाएर सोध्यो,‘यी सब के भइरहेको छ?’
27 नोकरले उत्तर दियो, तिम्रो भाइ फर्केरे आएको छ। तिम्र बाबुले भाइ सुकशल फर्केर आएकोमा तिनी अत्यन्तै खुशी छन्।
28 त्यो जेठो छोरो रिसायो अनि भोजमा जान मन गरेन। यसर्थ उसको बाबु आफैं गएर तिनलाई उत्सवमा सम्मिलित हुन आग्रह गरे।
29 त्यो छोरोले बाबुलाई भन्यो, मैले यत्रो र्वषसम्म नोकर झै तपाईंको सेवा गरें। मैले सधैं तपाईंको आज्ञा पालन गरें। तर मेरो निम्ति तपाईंले एउटा सानो पाठो सम्म दिनु भएन ताकि म मेरा मित्रहरूसंग भोज मनाउँन सक्थें।
30 तर तपाईंको यो छोराले आफ्नो पुरै सम्मपत्ति वेश्याहरूको संगतमा उडाएको हो। अनि ऊ घर आउँदा चाँहि मोटो बाछो समेत मार्नु लाउनु भयो।
31 अनि बाबुले छोरालाई भने, ए छोरो! तिमी त मसंग सँधै छौ। मेरोमा भएको सारा सम्पत्ति तिम्रै हो।
32 हामी सबै खुशी होऊ र भोजन गरौं। किनभने तिम्रोभाई मरेको थियो अनि जिउँदो फर्की आएको छ। ऊ हराएको थियो तर अहिले पाइएको छ।”‘
यस कथामा हामी या त जेठो, धार्मिक छोरा ,वा कान्छो छोरा , हौ जो टाढा जान्छ । यद्यपि जेठो छोरोले सबै धार्मिक पुजाहरुको अवलोकन गरेता पनि उनले आफ्नो बाबुको मायालु हृदयलाई कहिल्यै पनि बुझ्न सकेन । कान्छो छोराले सोच्यो कि उ घर छोडेर स्वतन्त्रता प्राप्त गर्दै थियो तर उसले आफुलाई भोकमारी र अपमानको दासत्वमा रहेको पायो । त्यसपछि ऊ घर फर्केर जान सक्थ्यो भन्ने महसुस गर्दै ‘होशमा’ आयो । फर्केर जानुले पहिला नै ऊ घर छोडेर जानु गलत देखाउँछ , र यसलाई स्वीकार्न नम्रता चाहिन्छ । यसले उदाहरण दिन्छ कि ‘पश्चात्ताप’ को अर्थ के हो, जुन स्वामी युहन्नाले सिकाउनु भयो ।
जब उसले आफ्नो घमण्डलाई त्याग्यो र आफ्नो पिताकहाँ फर्कियो उसले आफ्नो पिताको प्रेम र स्वीकार उसले कल्पना गरेको भन्दा पनि बढी पायो । चप्पल,पोशाक,औठी,भोज,आर्शीवाद,स्वीकार—यी सबैले स्वागतले भरिएको प्रेमको कुरा बोल्छन् । यसले हामीलाई यो बुझ्न सहायता गर्दछ कि परमेश्वरले हामीलाई यति धेरै माया गर्नुहुन्छ , उहाँले हामीलाई उहाँतर्फ फर्केको चाहानुहुन्छ । यसको लागि हामीले ‘पश्चात्ताप’ गर्नु आवश्यक पर्दछ तर जब हामीले पश्चत्ताप गर्छौ तब परमेश्वरले हामीलाई ग्रहण गर्न तयार हुनुहुनेछ ।
दक्ष यज्ञमा हामी देख्छौ कि शिव र आदि पराशक्तिको शक्तिले पनि मृत्युको पृथक्करणलाई जित्न सक्दैन । सीताको ५१ शक्ति छरिएको शरीरका अंगहरुले यो तथ्यलाई आजको हाम्रो यो दिनसम्म गवाही दिन्छन् । यसले अन्तिममा ‘हराउनुको’ वर्णन गर्दछ । यो यस्तो प्रकारको ‘हराउनु’ हो जसबाट येशूले हामीलाई बचाउन आउनुभयो । हामी यो देख्छौ कि ऊ आखिरको परम शत्रु —स्वयं मृत्युको सामना गर्दछ ।