छोड़कर सामग्री पर जाएँ

जीवित पानी :गंगामा तिर्थको दृष्टिले हेर्दा

  • द्वारा

यदि कसैले परमेश्वरलाई भेट्ने आशा गर्दछ भने उसलाई एक प्रभावकारी तीर्थको आवश्यकता पर्दछ । तीर्थ (संस्कृत तीर्थ) को अर्थ “ठाउँ पार,फोर्ड” हो र कुनै पनि स्थान , ग्रन्थ वा व्यक्ति जो पवित्र छ भन्ने जनाउँदछ । तीर्थ संसारहरु बिचको मिल्ने एउटा पवित्र ठाउँ हो जुन एक अर्कालाई छुन्छन् तर पनि एक अर्का भन्दा भिन्न छन् । वैदिक ग्रन्थहरुमा , तीर्थ ( वा क्षेत्र , गोपीता र महालय ) ले पवित्र व्यक्ति वा पवित्र ग्रन्थलाई बुझाउँदछ जुन एक अस्तित्वबाट अर्को अस्तित्वमा परिर्वतन गर्न प्रेरणा दिन सक्छ ।

तीर्थ यात्रा तीर्थसँग सम्बन्धित यात्रा हो ।

हामी आफ्नो आन्तरिक आत्मालाई फेरि नयाँ बनाउन र शुद्ध पार्न तीर्थयात्राहरु जान्छौ , र किनकि यात्रामा आध्यात्मिक गुण रहेको छ , यो विषय वैदिक ग्रन्थहरुमा पुष्टि छ । वैदिक ग्रन्थहरुले तीर्थयात्राले पापलाई छुटकारा दिन सक्छ भनेर दाबी गर्छन् । तिर्थयात्रा भित्री ध्यान यात्राबाट शारीरिक रुपले प्रख्यात मन्दिरहरुसम्म यात्रा गर्न वा सायद सबैभन्दा महत्वपुर्ण तीर्थ स्थान गंगा जस्ता नदिहरुमा नुहाउने हुन सक्छ । पानी भारतीय परम्पराको सबैभन्दा पवित्र प्रतीक हो, विशेष गरी गंगाको पानी । गंगा नदीको देवीलाई गंगा माताको रुपमा सम्मान गरिएको छ ।

तीर्थको रुपमा गंगाको पानी

गंगा यसको सम्पुर्ण लम्बाईमा पवित्र छ । दैनिक अनुष्ठानहरु , पौराणिक कथाहरु , पुजाका अभ्यासहरु र देवी गंगाको शक्तिमा विश्वास र उनको जीवित पानी आज पनि भक्तिको केन्द्रबिन्दु हो । धेरै मृत्युको संस्कारहरुमा गंगाको पानी चाहिन्छ । गंगा यसैले जीवित र मृत बिचको तीर्थ हो । स्वर्ग , पृथ्वी र पाताल यी तिन संसारहरुमा गंगा प्रवाह हुन्छ भनेर भनिन्छ जसलाई त्रिलोक—पथ—गमिनी भनिन्छ । यसरी गंगाको यी त्रिष्टली (तीन स्थानहरु) मा जहाँ प्राय श्राद्ध र विसर्जन प्रर्दशन गरिन्छ । धेरैले आफ्नो अस्थि विर्सजन गंगा नदीमा राख्न चाहान्छन् ।

पहाडमा गंगा नदी

गंगा सम्बन्धि पौराणिक कथा

शिव , गंगाधारा वा “गंगाका वाहक”, लाई गंगाको साथी भनिन्छ । वैदिक ग्रन्थहरुले गंगाको अवतरण विषयमा शिवको भुमिकाको बारेमा बताउँछन् । जब गंगा पृथ्वीमा अवतरण गरिन , शिवले उनलाई आफ्नो टाउको द्धारा समात्ने वाचा गरे ताकि उनको गिरावटले पृथ्वी चकनाचुर नहोस् । जब गंगा शिवको टाउकोमा खसिन् , शिवको केशले उनको गिरावटलाई टुक्रायो र गंगालाई सातवटा धाराहरमा विभाजित गर्‍यो, प्रत्येक धारा भारतको विभिन्न भागमा बग्दछ । त्यसकारण , यदि कसैले गंगा नदिमा यात्रा गर्न सक्दैन भने , यी अन्य पवित्र नदिहरु यमुना, गोदावरी, सरस्वती, नर्मदा, सिन्धु र कावेरीमा यात्रा गर्न सकिन्छ जसलाई गंगा जत्तिकै पवित्र भनि विश्वास गरिन्छ ।

गंगाको अवतरण निरन्तर मानिन्छ ; पृथ्वीको स्पर्श गर्नु अघि गंगाको प्रत्येक छाल शिवको टाउको छुन्छ । गंगा शिवको शक्ति वा उर्जाको तरल रुप हो । एक तरल शक्ति भएकाले, गंगा ईश्वरको अवतार हो, ईश्वरको दिव्य वंश ,सबैको लागि स्वतन्त्र रुपमा प्रवाह हुन्छ । उनको अवतरण पछि , गंगा शिवको वाहन भईन् , उनको वाहन (सवारी) गोही (मकर) माथि जब उनको हातमा एक कुम्भ (प्रशस्त फुलदान) राखिएर चित्रण गरिएको थियो ।

गंगा दशहरा

प्रत्येक वर्ष चाड गंगा दशहरा , गंगामा समर्पित यी पौराणिक कथाको उत्सव मनाउँछन् । यो चाड मे र जुनमा दस दिन सम्म चल्छ , जेष्ठ महिनाको दशौ दिनमा समापन हुन्छ । यस दिन , स्वर्गबाट पृथ्वीमा गंगाको अवरोहण (अवतरण) मनाईन्छ । त्यस दिन गंगाको पानीमा वा अन्य पवित्र नदिहरुमा छिटो छिटो डुबकी मार्नुले दस पाप (दशहरा) वा जीवनकालका दश पापहरुबाट छुटकारा पाउन सकिन्छ भन्ने सोचाइ राखिन्छ ।

येशुः तीर्थले तपाईलाई जीवित पानी प्रदान गदै

येशूले आफ्नो बारेमा वर्णन गर्न ठिक यस्तै धारणाहरुको प्रयोग गर्नुभयो । उहाँले घोषणा गर्नुभयो कि उहाँ ‘अनन्त जीवन’ दिने ‘जीवित पानी ’ हुनुहुन्थ्यो । यो उहाँले पापमा फसेकी एउटा महिलालाई भन्नुभयो  र त्यसरी नै हामी सबैलाई जो त्यस्तै परिस्थितिमा छौ । वास्तवमा उहाँले भन्दैहुनुहुन्थ्यो कि उहाँ तीर्थ हुनुहुन्थ्यो र हामीले गर्न सक्ने एकदमै महत्वपुर्ण तीर्थयात्रा भनेको उहाँमा आउनु हो । यी महिलाले थाहा पाइन कि केवल दस मात्र होइन उनको सबै पापहरु एकै पटक शुद्ध पारिएको थियो । यदि तपाई शुद्धिकरण शक्तिको लागि गंगाको पानी लिन टाढाको यात्रा गर्नुहुन्छ भने , येशूले प्रस्तुत गर्नुभएको ‘जीवित पानी’ बुझ्नुहोस् । यस पानीको लागि तपाईले शारीरिक यात्रा गर्नुपर्दैन , तर महिलाले पत्ता लगाए अनुसार उहाँको पानीले तपाईलाई शुद्ध पार्नु अघि तपाईले आन्तरिक शुद्धतामा आत्म—अनुभुतिको यात्रा गर्नुपर्नेछ

सुसमाचारको पुस्तकले यो मुठभेटलाई यसरी प्रस्तुत गर्दछ :

येशू सामरी स्त्रीसँग कुरा गर्नुहुन्छ

शूले यूहन्नाले भन्दा धेरै चेलाहरू बनाउँनु हुँदैछ साथै बप्तिस्मा पनि दिनु हुँदैछ भन्ने फरिसीहरूले सुने।
2 तर वास्तवमा येशू स्वयंले बप्तिस्मा दिनु भएको थिएन। उहाँका चेलाहरूले उहाँकै निम्ति मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। फरिसीहरूले उहाँको विषयमा सुनिसकेका थिए भनेर येशूलाई थाहा थियो।
3 त्यसैले येशू यहूदिया छोडेर गालील र्फकनु भयो।
4 गालील जाँदा येशूलाई सामरिया देश भएर जानु पर्थ्यो।
5 सामरिया अन्तर्गत सिचार भन्ने शहरमा येशू आइपुग्नु भयो। यो शहर याकूबले आफ्ना छोरो यूसुफलाई दिएको जमीनको नजीक पर्थ्यो।
6 याकूबको कुवा त्यहाँ थियो। येशू आफ्नो लामो यात्राबाट थाकेपछि त्यही कुवाकै छेउमा विश्राम गर्न बस्नुभयो। त्यसबेला प्रायः मध्यान्हको समय थियो।
7 एउटी सामरी स्त्री कुवामा पानी भर्नु आई। येशूले तिनलाई भन्नुभयो, “दया गरेर मलाई पिउने पानी देऊ।”
8 त्यस समय येशूका चेलाहरू शहरमा खानेकुरा किन्न गएका थिए।
9 सामरी स्त्रीले उत्तर दिई, “तपाईंले पानी मागेको देखेर म छक्क परे। तपाईं यहूदी हुनुहुन्छ अनि म एउटी सामरी स्त्री!” यहूदीहरूले सामरीहरूसंग केही सम्बन्ध राख्दैनन्।
10 यशूले उत्तर दिनुभयो, “यदि परमेश्वरले के प्रदान गर्नु हुन्छ अनि ऊ जसले पानी माग्दैछ, तिमीले जानेको भए, तिमी मलाई माग्ने थियौ र म तिमीलाई जिउँदो पानी दिनेथिएँ।”
11 त्यस स्त्रीले भनी, “महोदय! त्यस्तो जिउँदो पानी कहाँ पाउनुहुन्छ? यो कुवा निकै गहिरो छ, पानी निकाल्न तपाईंसंग केही छैन।
12 तपाईं हाम्रो पुर्खा याकूब भन्दा पनि महान हुनुहुन्छ? याकूबले यो कुवा हामीलाई दिनुभयो। उहाँले यसैबाट पानी पिउनु भयो। उहाँका छोराहरू र उहाँका गाई-बस्तुहरूले यही कुवाबाट पानी पिए।”
13 येशूले उत्तरमा भन्नुभयो, “प्रत्येक मानिस जजसले यसको पानी पिउँदछ तिनीहरू पुनः तिर्खाउनेछन्।
14 तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जून पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।”
15 त्यस स्त्रीले येशूलाई भनी, “महोदय, मलाई त्यो पानी दिनुहोस् ताकि म कहिल्यै तिर्खाउने छैन अनि म अझ बेसी पानी भर्न यहाँ आइरहन पर्दैन।”
16 येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाऊ अनि यहाँ फर्केर आऊ।”
17 त्यस स्त्रीले भनी, “तर मेरो पति छैन।”येशूले तिनलाई भन्नुभयो, “तिमीले सही भन्यौ कि तिम्रो पति छैन।
18 तिम्रो पाँच जना पतिहरू थिए, अनि तिमीसित जुन पुरूष अहिले बसिरहेको छ त्यो तिम्रो पति होइन्। “तिमीले जे भन्यौ साँचो हो।
19 त्यस स्त्रीले भनी, “महोदय, अब म जान्न सक्छु कि तपाईं अगमवक्ता हुनुहुन्छ।”
20 हाम्रो पुर्खाहरूले यो पर्वतमा उपासना गर्थे। तर तपाईं यहूदीहरू भन्नुहुन्छ कि यरूसलेम नै त्यो स्थान जहाँ हामीले परमेश्वरको उपासना गर्नु पर्छ।”
21 येशूले भन्नुभयो, “मलाई विश्वास गर, नारी! एक समय आइरहेकोछ जब तिमीले पितालाई यो पहाडमा अथवा यरूशलेमा आराधाना गर्ने छैनौ।
22 तिमी सामरीहरू जे आराधना गर्दछौं। त्यो जान्दैनौ। हामी यहूदीहरू के आराधना गर्दछौं त्यो जान्दछौं। मुक्ति यहूदीहरूबाटै आउँदछ।
23 समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधाना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ।
24 परमेश्वर आत्मा हुनुहुन्छ। यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधाना गर्नु पर्छ।”
25 त्यस स्त्रीले भनी, “म जान्दछु मसीह (ख्रीष्टलाई भनिन्छ) आउनु हुँदैछ।” “जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई प्रत्येक कुराको व्याख्या गर्नु हुनेछ।”
26 तब येशूले भन्नुभयो, “एक जो तिमीसित बोलिरहेछु, म मसीह हुँ।”
27 त्यस समय येशूका चेलाहरू शहरबाट फर्केर आए। तिनीहरू यशूलाई एक जना स्त्रीसंग यसरी बात गरिरहेको देखेर छक्क परे। तर तिनीहरू कसैले पनि सोध्ने आँट गरेनन्, “तपाईं के चाहनु हुन्छ?” वा “तपाईं यस स्त्रीसंग किन बात गरिरहनु भएको छ?
28 तब त्यस स्त्रीले पानी भर्ने गाग्रो त्यतै छाडी र नगर तिर लागी। तिनले शहर-वासीहरूलाई भनिन्,
29 “एकजना मानिसले मैले गरेको सबै कुरा बताइदिनुभयो। आऊ उहाँलाई हेर। के उहाँ ख्रीष्ट हुनु सक्छ?”
30 तब मानिसहरू शहर छाडे अनि येशू कहाँ गए।
31 जब त्यस स्त्री शहरमा थिई, येशूका चेलाहरूले उहाँलाई आग्रह गरिरहेका थिए, “रब्बी, केही खानुहोस्!”
32 तर येशूले उत्तर दिनुभयो, “मसंग खाने भोजन छ, जुन तिमीहरूलाई थाहा छैन।”
33 तब चेलाहरूले आपसमा सोधे, “के कसैले येशूलाई केही भोजनहरू ल्याई दिएका थिए?”
34 येशूले भन्नुभयो, मेरो भोजन जसले मलाई यहाँ पठाँउनु भएको छ उहाँको इच्छालाई अनुसरण गर्नु हो अनि उहाँले मलाई दिएको काम पूरा गर्नु हो।
35 ‘जब तिमीहरू रोपाई गर्छौ र भन्छौ बाली काटन अझै चार महीना छ, तर तिमीहरू आफ्ना आँखा खोल र मानिसहरूलाई हेर।’ तिनीहरू पनि बाली काट्ने समय भएको खेतबारी जस्ता छन्।
36 अहिले सम्म, जसले बाली काट्छ उसैले ज्याला पाउँछ। उसैले जसले अनन्त जीवनको लागि फसल थुपार्दछ। यसैले जसले रोपाई गर्दछ र जसले बाली काट्दछ दुवै सँगै आनन्दित हुँदछ।
37 यसर्थ त्यो भनाई, ‘एकजना मान्छेले रोप्छ अनि अर्को मान्छेले बाली काट्छ यो विषय सत्य छ।’
38 तिमीहरूलाई मैले बाली काट्न पठाए जुन तिमीहरूले रोपेनौ। अरुले काम गरे र तिनीहरूका कामबाट तिमीहरूले फल पाएका छौ।”
39 त्यो स्त्रीको प्रमाणको कारणले गर्दा सामारी शहरमा धेरै जसो मानिसहरूले विश्वास गरे। तिनले भनिन्, “उहाँले मैले जे गरेकी थिए प्रत्येक कुरा भन्नु भयो।”
40 तब सामरीहरू येशूकहाँ आए। येशूलाई उनीहरूसँगै बस्ने आग्रह गरे। तब येशू त्यहाँ दुइ दिन बस्नुभयो।

युहन्ना ४:१—४२

येशूले पिउनको लागि पानी माग्नको दुईवटा कारण थियो । पहिलो : उहाँ तिर्खाएको हुनुहुन्थ्यो । तर उहाँलाई (एक ऋषि भएकाले) थाहा थियो कि उनी पनि पुर्ण रुपमा फरक तरिकाले तिर्खाएकी थिईन । उनी आफ्नो जीवनमा सन्तुष्ट हुन तिर्खाएकी थिइन् । उनले सोच्थिन् की उनी पुरुषहरुसँग अवैध सम्बन्ध राखी तिर्खा मेट्न सक्थिन् । त्यसैले उनीसँग धेरै पतिहरु थिए र येशूसँग कुरा गरिरहँदा पनि उनी एक लोग्ने व्यक्तिसँग थिइन जो उनका पति थिएनन् । उनको छिमेकीहरुले उनलाई अनैतिक रुपमा हेर्थे । बिहानको चिसोमा इनारमा जाँदा अरु गाउँका महिलाहरुले उनलाई नचाहेकोले सायद यसै कारणले उनी दिउँसो पानी लिन एक्लै गएकि थिइन् । उनीसँग धेरै पुरुषहरु थिए , र यसले उनलाई गाउँका अरु महिलाहरुबाट अलग्याएको थियो । येशूले तिर्खाको विषयवस्तु प्रयोग गर्नुभयो जसले गर्दा उनले महसुस गर्न सकुन् कि उनको पापको जरा उनको जीवनमा गहिरो तिर्खा थियो—जुन तिर्खा मेट्नुपरेको थियो । उहाँले उनी (र हामी ) लाई घोषणा गर्दै हुनुहुन्थ्यो कि केवल उहाँले मात्र अन्तत हाम्रो भित्री तिर्खा मेट्न सक्नुहुन्छ जसले हामीलाई सजिलै पापमा      डोर्‍याउँदछ ।

विश्वास गर्नुसत्यतामा स्वीकार गर्नु

तर यो ‘जीवित पानी’ को प्रस्तावले महिलालाई सङ्कटमा पार्‍यो । जब येशूले उनलाई आफ्नो पति ल्याउन भन्नुभयो उहाँले जानीजानी उनलाई उनको पापको पहिचान र सत्य मान्न — स्वीकार गर्न प्रेरित गर्नु भयो । हामी यसलाई हर हालतमा बेवास्ता गर्दर्छौ ! हामी हाम्रा पापहरु लुकाउन चाहान्छौ , कसैले नदेखोस् भन्ने आशा राख्दछौ । वा हामी पापहरुका लागि बहाना र युक्तिहरु बनाउछौ, तर यदि हामी ‘अनन्त जीवन’ डोर्‍याउने परमेश्वरको वास्तविकतालाई अनुभव गर्न चाहान्छौ भने हामी इमान्दार हुनुपर्दछ र हाम्रो पापलाई स्वीकार्नु पर्दछ , किनकि सुसमाचारको पुस्तकले यस्तो प्रतिज्ञा गरेको छ :

8 यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन।
9 तर यदि हामी हाम्रा पापहरु स्वीकार गर्छौ तब परमेश्वर जो विश्वासयोग्य अनि धर्मी हुनुहुन्छ हाम्रा पापहरु अनि हामीले गरेको जम्मै गल्तीहरु क्षमा गर्नुहुनेछ। परमेश्वरमा जे उचित छ त्यही गर्नुहुन्छ।

१ युहन्ना १ : ८—९

यस कारणले गर्दा , जब येशूले सामरी स्त्रीलाई भन्नुभयो

24 परमेश्वर आत्मा हुनुहुन्छ। यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधाना गर्नु पर्छ।”

यहुन्ना ४:२४

उहाँले ‘सत्य’ भन्नाले आफु प्रति नै सत्यवादी हुनु हो भन्नुभयो , हाम्रो गल्ती लुकाउने वा बहाना पार्ने कोशिश नर्गनु हो । असल खबर यो छ कि परमेश्वरले ‘खोज्नुहुन्छ’ र यस्तो प्रकारको इमान्दारीताका साथ आउने सेवकहरुलाई उहाँले पन्छाउनु हुदैन— तिनीहरु जतिसुकै अशुद्ध भएता पनि ।

तर उनको पाप स्वीर्कान उनको लागि धेरै गाह्रो थियो । लुक्ने सजिलो तरिका भनेको बिषयवस्तुलाई हाम्रो पापबाट धार्मिक विवादमा परिवर्तन गर्नु हो । संसारमा सधै धेरै धार्मिक विवादहरु हुन्छन् । त्यस दिन सामरिहरु र यहुदीहरु बीचमा उचित आराधना स्थलको सम्बन्धमा धार्मिक झगडा भएको थियो । यहुदीहरुले भन्थे कि आराधना यरुशलेममा हुनुपर्दछ र सामरीहरुले यो अर्को पहाडमा हुनुपर्छ भन्थे । यस धार्मिक विवाद तिर फर्काएर उनी आफ्नो कुराकानीलाई पापबाट टाढा राख्ने आशा राख्दै आएकी थिइन । उनले अब आफ्नो पाप आफ्नो धर्मको पछाडि लुकाउन सक्थिन् ।

 कति सजिलो र स्वाभाविक रुपमा हामी उही चीज गर्दछौ —विशेष गरी यदि हामी धार्मिक छौ भने । त्यस पछि हामी अरु कसरी गलत छन् वा हामी कसरी सहि छौ भनेर न्याय गर्न सक्दछौ —जब हाम्रो पापलाई स्वीकार गर्न हाम्रो आवश्यकतालाई बेवास्ता गर्छौ ।

येशू उनीसँग यस विवादमा लाग्नु भएन । उहाँले जोड दिनुभयो कि यो त्यति ठुलो आराधना गर्ने ठाउँ थिएन , तर उनको आराधना गर्ने इमान्दारिताले महत्व राख्यो । उनी परमेश्वर समक्ष कहि पनि आउन सक्थिन् (किनकि उहाँ आत्मा हुनुहुन्छ) , तर उनलाई यो ‘जीवित पानी’ प्राप्त गर्नु अघि इमान्दार आत्म—अनुभुति चाहिन्थ्यो ।

हामी सबैले निर्णय गर्नै पर्छ

त्यसकारण उनले एउटा महत्वपुर्ण निर्णय गर्नुपर्‍यो । उनी धार्मिक विवाद पछाडि निरन्तर लुक्न सक्थिन् वा सायद उहाँलाई छोड्न सक्थिन् । तर अन्तत उनले आफ्नो पाप स्वीकार्न गरिन् — स्वीकार गर्न— यति धेरै सम्म कि उनी आफ्नो गाउ फिर्ता गइन अरुलाई यो भन्न कि ऋषिले उनलाई कसरी चिन्नुभयो र उनले के गरिन । उनी अरु लुकिनन् । यो गरेर उनी एक ‘विश्वासी’ बनिन् । उनले यस अघि पुजाहरु र धार्मिक समारोहहरु गरिसकेकी थिइन , तर अब उनी— र गाउँका तिनीहरु —‘विश्वासी’ भए ।

एक विश्वासी बन्नको लागि केवल मानसिक रुपमा सही शिक्षासँग सहमत हुने मात्र होइन—यो महत्वपुर्ण भए पनि । यो विश्वासको बारेमा हो कि उहाँको कृपाको प्रतिज्ञामा भरोसा गर्न सकिन्छ र त्यसैले तपाईले पापलाई ढाक छोप गर्न हुदैन । यो धेरै पहिला अब्राहामले हाम्रो लागि नमुना बनाएका थिए — उहाँले एउटा प्रतिज्ञामा विश्वास गर्नुभयो ।

के तपाई माफ माग्नुहुन्छ वा तपाईको पाप लुकाउनुहुन्छ ? के तपाई यसलाई श्रद्धालु धार्मिक अभ्यास वा धार्मिक विवादले लुकाउनुहुन्छ ? वा तपाई आफ्नो पाप स्वीकार गर्नुहुन्छ ? किन हामी इमान्दारीपुर्वक हाम्रो सृष्टिकर्ताको अगाडि आएर पाप स्वीकार नर्गने जसका कारण हामी दोष र लाजमा परेका छौ । त्यस पछि आनन्दित हुनुहोस् किनकि उहाँले तपाईको ‘आरधाना’ खोज्नुहुन्छ र तपाईलाई सबै अर्धमबाट ‘शुद्ध’ पार्नुहुन्छ ।

उक्त महिलाले उनको आवश्यकतालाई इमान्दारपुर्वक स्वीकार गरेपछि उनले ख्रीष्टलाई “मसीह” भनेर बुझिन् र येशू दुई दिन सम्म बस्नुभएपछि उनीहरुले येशूलाई ‘संसारको उद्धारकर्ता’ भनेर बुझे । हुनसक्छ हामी अझै यसलाई पुर्ण रुपले बुझेका छैनौ । तर जसरी चेला स्वामी युहन्नाले मानिसहरुलाई तयार पार्नुभएको थियो कि आफ्नो पाप र आवश्यकतालाई स्वीकारेर बुझ्न, यसले हामीलाई हामी कति हराएका छौ भनेर थाहा पाउँन र उहाँबाट जीवित पानी पिउनलाई तयार गर्दछ ।