वट-वृक्ष, बरगद वा बरको वृक्ष दक्षिण एशिया आध्यात्मिकतामा केन्द्रिय स्थान राख्द छ र यो भारतको राष्ट्रीय वृक्ष हो। यो यम सँग जोडिएको छ, जुन कि मृत्युको देवता हुन, त्यसैले, यसलाई अक्सर शमशान भूमि निकट लगाइन्छ। यसको पुन: अँकुरित हुने क्षमताको कारण यसको आयु लामो हुन्छ र यो अमरताको प्रतीक हो। एउटा घटना बरको वृक्षको तल भएको थियो, जसमा सावित्री ले आफ्नो मृत पति र राजा सत्यवानलाई जीवन दान दिनको लागि यम सँग मोल भाव गरेकी थिन, ताकि उनलाई एउटा पुत्र प्राप्ति हुन सकोस् – वट पूर्णिमा र वट सावित्रीको वार्षिक उत्सवहरुलाई यसकारण नै स्मरण गरिद्छ।
केहि यसको जस्तै नै एउटा वृतान्त बाइबलको पुरानो करारमा पनि पाइन्छ। त्यहाँ निर एउटा मृत वृक्ष…पुन: जीवन मा फर्किएर आएको…राजाहरुको मृत वंश रेखा बाट एउटा नया पुत्रको प्रतिनिधित्व गर्दछ। यस वृतान्तमा सबैभन्दा ठूलो अन्तर यो हो, यसमा एउटा भविष्य-को-तर्फ हेर्दै भविष्यद्वाणी गरिएको छ र यसलाई सयौं वर्ष देखि विभिन्न भविष्द्वक्ताहरु (ऋषिहरु) द्वारा विकसित गरिएको थियो। यो मिश्रित कथा कसैको आगमनको भविष्यवाणी गरि रहेको थियो। जुन व्यक्ति ले पहिलो पटक यस कथालाई बताए, त्यी यशैया (750 ईसा पूर्व) थिए, जस माथि अझै अधिक विस्तार उनी पश्चात् आउने वाला ऋषिहरु-भविष्यद्वक्ताहरु ले – मृत वृक्ष बाट निस्किने शाखा को रूपमा गरे।
यशैया र शाखा
यशैया ऐतिहासिक रूपमा पुष्टि गरिने समयमा रहन्थे, जसलाई तल दिएको समयरेखामा देखिएको छ । यो समयरेखा यहूदियहरुको इतिहास बाट लिएको हो
तपाई हेर्न सक्नु हुन्छ कि यशैयाको पुस्तक दाऊदको राजकीय वंशकाल (1000-600 ईसा पूर्व) को समयमा यरूशलेमदेखि लिएको हो। यशैयाको समय (750 ईसा पूर्व) मा यो वंश र यहूदी साम्राज्य भ्रष्ट भइ सकेको थियो । यशैयाले राजाहरुलाई परमेश्वर र मोशाको दस आज्ञाहरुको भलाई र भावनाहरुको तर्फ फर्की आउने अनुरोध गरे। तर यशैयालाई यो थाहा थियो कि इस्राएलले पश्चाताप गर्दैन, त्यसैले उनले पहिलेबाट नै यो देखेका थिए कि यो राज्य नष्ट गरिदिने छ र यस राज्यको राजाहरुको शासन पनि समाप्त हुने छ।
उनले यी राजवंशको लागि एउटा प्रतीकको उपयोग गरे, त्यो एउटा ठुलो बरको वृक्षको जस्तै चित्रित गरेको थियो। यो वृक्ष राजा दाऊदको पिता यिशैको जरामा आधारित थियो। यिशैमा आधारित भएको राजाहरुको राजवंश दाऊदको साथ आरम्भ भएको थियो, र उनको उत्तराधिकारी, राजा सलोमन को साथमा अगाडी बढयो, र यस प्रकारले एउटा पश्चात् अर्को राजा आउने द्वारा अगाडी वृद्धि भयो। जस्तै कि तल दिएको चित्रमा चित्रित गरिएको छ, वृक्ष निरन्तर वृद्धि हुदै गयो, जब राजवंशको आउनु हुने पुत्र राज्य गर्न थाले ।
पहिला एउटा वृक्ष…त्यसको पश्चात् एउटा ठूटो….तत्पश्चात् एउटा शाखा
यशैयाले चेतावनी दिएका थिए कि यस वृक्षलाई शीघ्र नै काट्दै, यसलाई एउटा मृत ठूटोको रूपमा छोडी दिने छन्। यहाँ निर यस्तो दिएको छ कि उनले कसरी यस वृक्षलाई चित्रित गरे जो परिवर्तित हुँदै एउटा ठूटो र शाखाको रहस्य बन्यो:
“यिशैको ठुटाबाट एउटा टुसा निस्कनेछ, त्यसका जराहरूबाट निस्केको हाँगाले फल फलाउनेछ। परमप्रभुका आत्मा उहाँमा रहनुहुनेछ- बुद्धि र समझका आत्मा, सल्लाह र शक्तिका आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा अनि परमप्रभुको भयमा नै-उहाँ प्रसन्न हुनुहुनेछ।” (यशैया 11:1-2)
यस ‘वृक्ष’लाई काट्न लगभग 600 ईसा पूर्व, यशैयाको 150 वर्ष पश्चात् घटित भयो, जब बेबीलोनले यरूशलेममा विजय प्राप्त गर्दै, यसका जातिहरु र राजालाई बेबीलोनले तानेर बन्धुवाई बनाए (माथि दिएको समयरेखामा रातो रंगको समयकाल)। यसमा यहूदियहरुको दासत्व आरम्भ भयो – जसमध्य केहि भारतमा निर्वासित भए। यिशै राजा दाऊदको पिता थिए, र त्यसै कारण उनी दाऊद वंशीय राजवंशको मूल वा ठूटो थिए। “यिशैको ठूटो” यसैकारण भताभूंग भएको दाऊदको राजवंशको एउटा रूपक थियो। सावित्री र सत्यावान् को कथामा, एउटा राजाको मृत पुत्र- सत्यावान् थिए। भविष्द्वाणीमा राजाहरुको राजवंशको राजकीय रेखाको अन्त एउटा ठूटोमा गएर मृत्यु हुनेछ र राजवंश स्वयं आफै मर्नेछ।
शाखा: आउने हुने “उहाँ“ को रूपमा एउटा दाऊदको बुद्धिमानी हो
तर भविष्यवाणीले भविष्यमा एउटा बरको वृक्षसंग जोडिएको चित्रलाई राजाहरुको रूप मा काट्ने तुलनामा निकै आगाडी सम्म देखे। जब बरको बिउको जीवन आरम्भ गर्दछ, धेरैजसो त्यसले अन्य वृक्षको ठूटो माथि गर्दछ। ठूटो अकुँरित हुन लागेको बरको वृक्षको पोषण गर्दछ। तर एक पटक जब बरको बिरुवाको स्थापना हुन्छ, तब यसले पोषित गर्ने ठूटो धेरै अधिक वृद्धि हुँदै जान्दछ र निकै लामो समय सम्मको जीवन व्यतीत गर्दछ। यस ठूटोलाई यशैयाले पहिले बाट नै एउटा नयाँ ठूटोको रूपमा यसको जरा बाट अकुँरित भएको- एउटा शाखाबाट एक पटक वृक्षमा परिवर्तित हुदै गरेको देखेका थिए। यशैयाले यस चित्रको उपयोग गरे र यसको भविष्यद्वाणी गरे कि एक दिन भविष्यमा एउटा ठूटो, जसलाई एउटा शाखा को रूपमा चिनिनेछ, एउटा मृत ठूटोमा प्रगट हुनेछ, ठीक त्यसै गरी जसरी बरको शाखाहरु वृक्षको शाखाहरुमा नै फूँट निकाल्न छन। यस शाखालाई “उहाँ” भनि उद्धृत गरिएको छ, यस प्रकार यशैयाले एउटा विशेष व्यक्तिको कुरा गरेको छन् लागि,जसलाई राजवंशको नष्ट गरिदिए पश्चात् दाऊदको राजकीय रेखामा निस्केर आउने छ। यस व्यक्तिसंग ज्ञान, सामर्थ र यस्तो बुद्धिको यस्तो क्षमता हुनेछ कि मानौ यो परमेश्वरको आत्मा उहाँको माथि बास गरि रहेको छ।
पौराणिक कथाहरुमा बरको वृक्ष धेरै शाताब्दिहरु सम्म अमरताको प्रतीक मानिन्छ। यसको कल्पित जरा अतिरिक्त शाखाहरु बनाउने माटमा वृद्धि हुन्छ। यो दीर्घायुको प्रतीक हो र यस प्रकार ईश्वरीय सृष्टिकर्ताको प्रतिनिधित्व गर्दछ । यशैया द्वारा 750 ईसा पूर्वमा यस शाखालाई देखेका थिए, जसलाई यसप्रकारको ईश्वरीय गुण हुनेछ र यो राजवंशीय “ठूटो” को लुप्त हुने पश्चात् लामो आयु सम्म जीवित रहनेछ ।
यशैया र शाखा
ऋषि-भविष्यद्वक्ता यशैयाले एउटा मार्ग-सूचक स्तम्भ बनाए, ता कि मानिसले भविष्यमा प्रगट हुने घटनाहरुलाई बुझ्न सकुन। तर यो धरै चिन्हहरु मध्य उनी द्वारा दिइएको एउटा चिन्ह थियो। यर्मिया, यशैया भन्दा 150 वर्ष पूर्व, लगभग 600 ईसा पूर्व मा, तब थिए जब दाऊदको राजवंशलाई उनको आंखाको अगाडी नष्ट गरी दिइएको थियो, उनले यस्तो लेखे:
“परमप्रभु भन्नुहुन्छ: हेर यस्ता दिन आउँदैछन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खड़ा गर्नेछु, एक जना राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्यही तिनले देशमा गर्नेछन्। तिनको समयमा यहूदा बचाइनेछ र इस्राएल सुरक्षितसाथ रहनेछ। जुन नाउँले तिनी कहलाइनेछन् त्यो यही हो: परमप्रभु हाम्रा धार्मिकता।”(यर्मिया 23:5-6)
यर्मियाले दाऊदको राजवंशलाई यशायाहको शाखा माथि विस्तार गरे। यो शाखा एउटा राजा पनि हुनेछ। तर यहाँ दाऊद वंशीय पहिलो राजाहरु जस्तै होइन, जसलाई ठूटो जस्तै काटिएको थियो।
शाखा : परमप्रभु हाम्रो धार्मिकता
यस शाखामा भिन्नता उहाँको नाउँमा देख्न सकिन्छ। उहाँ सँग परमेश्वरको मात्र नाउँ (‘यहोवे’ – परमेश्वरको लागि यहूदिहरु द्वारा उपयोग गरिने नाउँ) हुनेछ, यस कारण एउटा बरको वृक्ष जस्तै यस शाखा लाई एउटा आलौकिक चित्र दिएको छ। उहाँ साथै ‘हाम्रो’ (हामी मानिसहरुको) धार्मिकता पनि हुने।
जब सावित्रीले यमको साथमा आफ्नो पति, सत्यावान्को मृत शरीरको लागि विवाद गरिन, तब त्यो उनको धार्मिकता थिए, जसले उनलाई मृत्यु (यम) को सामना गर्न को लागि सामर्थ्य प्रदान गर्यो। तर, जस्तो कि कुम्भ मेला नामक लेखमा ध्यान दिइएको छ, हाम्रो समस्या हाम्रो भ्रष्टता र पाप है, र यस कारण हाम्रो साथ ‘धार्मिकता’ को कमी छ। बाइबलले हामीलाई यो भन्दछ कि त्यसैले हाम्री सँग मृत्युको सामना गर्न को लागि सामर्थ्य थिएन। सत्य यो हो कि कि हामी यसको विरूद्ध असहाय छौं:
…ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई, -अर्थात् दियाबलसलाई उहाँले नष्ट गरून्- र मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन्।” (हिब्रू 2:14ब-15)
बाइबलमा यमलाई शैतानको रूपमा दर्शाएको छ, जो सँग हामी माथि मृत्युको सामर्थ्य प्रदान गरिएको छ। सत्य यो हो कि, ठीक त्यसै नै गरि जसरी यमले सत्यावान् को शरीरको लागि विवाद गरि रहेको थियो, बाइबलको एउटा स्थानमा शैतानद्वारा एउटा शरीरको माथि विवाद गर्ने वृतान्त लाई उल्लेखित गर्दछ, जब
…प्रधान दूत मिखाएलले पनि मोशाका लाशको विषयमा दियाबलससँग विवाद गर्दा त्यसलाई निन्दापूर्ण दोष लाउन साहस नगरी “प्रभुले तँलाई हप्काऊन्” भनेथे। (यहूदा 1:9)
त्यसैले, जब शैतानसँग सावित्री र सत्यवान् को कथामा यम जस्तै मोशा जस्तो एउटा सज्जन भविष्द्वक्ताको शरीर माथि विवाद गर्ने अधिकार छ, तब त्यस सँग निश्चित रूपले हाम्रो पाप र भ्रष्टताको कारण हामी माथि आउने मृत्यु- माथि पनि अधिकार छ। यहाँ सम्म कि प्रधान स्वर्गदूतले यो सम्म स्वीकार गरे कि केवल प्रभु – सृष्टिकर्ता परमेश्वर – सँग मात्र मृत्युको विषयमा शैतानलाई हप्काउने अधिकार छ। र यहाँ ‘शाखा’ मा एउटा प्रतिज्ञा दिइएको छ कि भविष्यमा प्रभु परमेश्वर हामी मा उहाँको ‘धार्मिकता’ लाई रोप्नु हुन्छ, ता कि हामी मृत्यु माथि विजय प्राप्त गर्न सकौं। तर कसरी? जकरियाले यस विषय माथि अझै अधिक विस्तार गर्दै आगाडीको वृतान्तलाई आउनु हुने शाखा को नाउँ को भविष्यद्वाणी गर्दै पूरा गर्दछन, जसले सावित्री र सत्यवान्को मृत्यु (यम) माथि विजय प्राप्त गर्दै कथाको समान्तर गर्छ – जसलाई हामीले अर्को लेखमा हेर्ने छौँ।