लक्ष्मीदेखि शिव सम्म: कसरी श्री मोशाको आशीर्वाद र श्रापहरू आज प्रतिविम्बित छ

जब हामी आशीर्वाद र भाग्यको बारेमा सोच्छौं तब हाम्रो दिमाग लक्ष्मी, भाग्य, सफलता र धनको देवीमा जान्छ। लोभमा काम गरेको छैन भने  उनले कडा मेहनतमा आशीर्वाद दिन्छिन । दूधिया  महासागरको मंथनको कथामा, इन्द्रले पवित्र फूलहरू फ्याँक्दा देखाएको अनादरको कारण लक्ष्मीले देवहरू छोडे र दूधिया महासागरमा प्रवेश गरिन । यद्यपि, एक हजार वर्ष पछि उनको फिर्तीको लागि सागर मंथन गरिसके पछि, उनले सच्चा भक्तहरूलाई उनको नयाँ जन्मका साथ आशीर्वाद दिइन ।

जब हामी विनाश, उजाड र नष्ट गर्ने बारेको विचार गर्छौं तब हाम्रो दिमागमा भैरव, शिवको भव्य अवतार वा शिवको तेस्रो आँखामा जान्छ। यो प्रायः बन्द हुन्छ तर दुष्टकर्मीहरूलाई नष्ट गर्न उनले यसलाई खोल्दछन । लक्ष्मी र शिव दुवैले भक्तहरूले धेरै ध्यान खिचेकाछन ।  किनभने व्यक्तिहरूले एकबाट आशिषको चाहना गर्दछन् र अर्कोको श्राप वा विनाशदेखि डराउँछन्।

आशिष् र श्रापहरू ….. इस्राएलीहरूलाई ….. हामीलाई निर्देशन दिनका लागि।

हिब्रु वेदमा देखाइएको सृष्टिकर्ता प्रमेश्वोर लक्ष्मी जस्तै आशिर्बाद दिनलाई प्रतिस्पर्धा गर्ने र भैरव वा शिवको तेस्रो नेत्र जत्तिकै भयानक (डरलाग्दो ) श्राप र विनाश गर्ने दुबैको रचना गर्ने थिए। यो आफ्ना चुनिएका मानिसहरू इस्रायलीहरु लाई निर्देशित गरियो जो उहाँका भक्तहरु  थिए। ती  निर्देशनहरु परमेश्वरले इस्रायलीहरुलाई मिश्रको दासत्वबाट बाहिर निकाले पछि उनीहरूलाई दश आज्ञा दिनु भएको थियो पापले उनीहरुलाई नियन्त्रण गर्यो कि गरेन भन्ने कुराको मानक थियो । ती आशिष् र श्रापहरू इस्रायलीहरूलाई निर्देशित गरिएको थियो तर  धेरै अघि घोषणा गरिएको थियो ताकि अरू सबै राष्ट्रहरूले ध्यान दिओस र महसुस गरोस कि इस्रायलीहरूलाई प्रदान गरेको उही शक्तिले उहाँ हामीलाई आशिष दिनुहुन्छ। हामी सबै जो समृद्धि र आशीर्वाद चाहान्छौ र विनाश र श्रापबाट जोगिन चाहान्छौ उनीहरूले इस्राएलका अनुभवबाट पाठ सिक्न सक्छौं ।

मोशा लगभग 3500 वर्षा रहे र उनले बाइबलको पहिलो पाँच पुस्तकहरु लेखे – पंचग्रन्थ  वा तोराह। पाँचौ पुस्तक, व्यवस्था, मा उहाँको मृत्यु भन्दा ठीक पहिले उहाँद्वारा बोलेका अन्तिम वचनहरु पाइन्दछ। यी वचनहरु इस्राएलका मानिसहरु – यहूदिहरुको लागि उहाँको आशीषहरु थिए, तर साथै यसमा श्राप पनि थियो। मोशाले लेखे कि यी आशीषहरु र श्राप ले संसारको इतिहासलाई आकार प्रदान गर्ने छ र यसमा न केवल यहूदिहरु मात्र, तर अन्य अरु जातिहरुद्वारा पनि ध्यान दिन परेन्छ। यी आशीष र श्रापहरु ले भारतको  इतिहासलाई पनि प्रभावित परेका छ। त्यसैले यसको लेखन हाम्रो आत्म चिन्तनको लागि हो। आशीष र श्रापहरुको पूरा सूची यहाँ निर दिइएको छ। यसको सार तल दिइएको छ।

मोशाको आशीषहरु

मोशाले त्यी आशीषहरुलाई वर्णन गर्न आरम्भ गरे जसलाई इस्राएलको मानिसले तब प्राप्त गरे जब उनीहरुले व्यवस्थाको पालन गरे, जस मध्य दस आज्ञाहरु पनि सम्मिलित छन्। परमेश्वरको तर्फ बाट आउने आशीष यति ठुलो हुनेछ कि अन्य जातिहरुले पनि त्यो आशीषहरुलाई चिन्नेछन्। यी आशीषहरुको परिणाम निम्न लिखित हुनेछ:

10 तब पृथ्वीका सबै मानिसहरूले थाहा पाउनेछन् तिमीहरू परमप्रभुका मानिसहरू हौ र तिनीहरू तिमीहरूसित डराउने छन्।   (व्यवस्था 28:10)

… र श्राप

तर, यदि इस्राएलीले आज्ञाहरुलाई पालन गर्नमा असफल भएमा, तब उनीहरुले श्रापहरुलाई प्राप्त गर्नेछन् जुन आशीषहरुको स्थानमा हुनेछ र उनीहरुको तुलना अनुरूप हुनेछ। यी आशीषहरुलाई पनि चारै तर्फको जातिहरुद्वारा दखिने छ:

37 देशहरू जहाँ परमप्रभुले तिमीहरूलाई पठाउनुहुनेछ त्यहाँ मानिसहरू तिमीहरूमाथि भएको कष्ट देखेर दुःखी हुनेछन् अनि तिनीहरू तिमीहरूमाथि हाँस्नेछन् र अपमान गर्नेछन्।  (व्यवस्था 28:37)

र यो श्राप आउने इतिहास सम्म विस्तारित हुने छ।

46 अनि तिनीहरू सघैं तिमीहरू अनि तिमीहरूका सन्तान अघि इर्श्वरको न्यायको प्रतीकको रूपमा रहने छन्।  (व्यवस्था 28:46)

तर परमेश्वरले चेतावनी दिनुभयो यी श्रापहरुको सबैभन्दा नराम्रो अंश अन्य जातिहरुको तर्फ बाट आउने छ।

49 “परमप्रभुले तिमीहरूसित लडाँईं गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछन् तिनीहरू आकाशबाट गरूडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ। 50 तिनीहरू निष्ठुर हुनेछन्, बूढापाकाको आदर गर्दैनन् अनि स-साना नानीहरूप्रति दया देखाउँदैनन्। 51 तिनीहरूले तिमीहरूका पशुहरू र बाली लानेछन्। तिमीहरूको नाश नहुन्जेलसम्म तिनीहरूले प्रत्येक चीज लाने छन्। तिनीहरूले तिमीहरूका लागि अन्न, मद्य, तेल, गाईहरू, भेंडाहरू अथवा बाख्राहरू छोड्ने छैनन्। तिनीहरूले तिमीलाई नष्ट नगरे सम्म प्रत्येक चीज लाने छन्। 52 “तिमीहरू सोच्छौ त्यस शहरहरूको वरिपरि अग्ला-अग्ला र शक्तिशाली पर्खालहरूले तिमीहरूलाई सुरक्षा दिन्छन्। तर ती पर्खालहरू ढल्नेछन्। त्यस राष्ट्रका मानिसहरूले सबै शहरहरू घेरेर तिमीहरूमाथि आक्रमण गर्नेछन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा एउटै शहर पनि बाँकी नराखी शत्रुहरूले आक्रमण गर्नेछन्।   (व्यवस्था 28:49-52)

यो नराम्रो बाट अत्याधिक खराब हुने छ।

63 “तिमीहरू प्रति राम्रो हुनका लागि र तिमीहरूको राष्ट्रको विकास गराउन परमप्रभु जति खुशी हुनु हुन्थ्यो तिमीहरूलाई नष्ट र ध्वंश पार्नु पनि त्यति नै खुशी हुनु हुनेछ। त्यो भूमि तिमीहरूले आफ्नै बनाउन जाँदैछौ तर मानिसहरूले तिमीहरूलाई भूमिबाट लखेट्नेछन्। 64 पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झूटा पुर्खाहरूका थाहा नपाइएका देवताहरू पूज्ने छौ। 65 “ती राष्ट्रहरूका माझ तिमीहरूले शान्ति पाउने छैनौ र विश्रामको निम्ति तिमीहरूले ठाउँ पाउने छैनौ। परमप्रभुले तिमीहरूको मनमा चिन्ता भरी दिनु हुनेछ। तिमीहरूका आँखा थाकेका हुनेछन्। तिमीहरू दुःखी हुनेछौ।   (व्यवस्था 28:63-65)

परमेश्वर र इस्राएलिहरुको मध्यमा औपचारिक सहमतिद्वारा यी आशीष र श्रापहरुलाई स्थापित गरिएको थियो।

12 आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरसित एउटा करारमा बाँधिनु पर्छ र परमप्रभुले त्यो करार आज बनाउनु हुँदैछ। 13 यो प्रतिज्ञासँगै, परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै विशेष मानिसहरू बनाउनु भयो, अनि त्यो प्रमाणित गर्नु भएको छ उहाँ तिमीहरूको परमेश्वर हुनुहुन्छ जस्तो उहाँले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक अनि याकूबलाई गर्नु भएको थियो। 14 परमप्रभुले तिमीहरूसित मात्र यो करार गर्नु तथा प्रतिज्ञा गर्नु हुनेछैन, 15 तर परमप्रभु तिमीहरूका परमेश्वर सबैसँग यो करार गर्नु हुँदैछ जो उहाँको अघि उभिएका छन् अनि हाम्रा भावी सन्तानहरूसँग जो आज हामीसँग छैनन्।   (व्यवस्था 29:12-15)

यस कारण यी वाचा सन्तान र भविष्यको पिढ़िहरु माथि निर्मित हुनेछ। सत्य यो हो कि, यो वाचा भविष्यको पीढ़िहरु- दुवै अर्थात्  इस्राएलिहरु र परदेशिहरुको तर्फ निर्देशित गरिएको छ।

22 “भविष्यमा जब तिमीहरूका सन्तानहरू तथा टाढा-टाढाबाट आएका विदेशीहरूले देख्ने छन् कसरी भूमि नष्ट भयो। तिनीहरूले देख्ने छन् कसरी रोगहरू परमप्रभुले ल्याउनु भयो। 23 त्यहाँको भूमि सब गन्धकको आगोले जल्नेछ र नूनले ढाकिनेछ अनि त्यहाँ घाँससम्म उम्रने छैन। परमप्रभुको रीसले त्यो भूमि नष्ट हुनेछ जस्तो सदोम, गमोरा, अदमा र सबोयीम नष्ट गरिएका थिए। 24 “तब अरू सबै राष्ट्रका मानिसहरूले सोध्नेछन्, ‘परमप्रभुले यो भूमिलाई यस्तो पार्नुभयो? उहाँ किन यति विघ्न रिसाउनु भयो?’   (व्यवस्था 29:22-24)

र यसको उत्तर यो हुने छ:

25 उत्तर यस्तो हुनेछ, ‘कारण इस्राएलका मानिसहरूले तिनीहरूलाई मिश्र देशबाट ल्याउँदा परमप्रभु तिनीहरूको पिता-पुर्खाहरूको परमेश्वरसित गरिएको करारलाई त्याग गरे। 26 तिनीहरू आफूले नचिनेको र परमप्रभुले नबताएको अन्य जातिको देवताहरूको सेवा तथा पूजा गर्न लागे। 27 अनि परमप्रभुको क्रोधले यस भूमिका प्रत्येक मानिसहरूमाथि नराम्रा कुरा ल्याए त्यो शिक्षाहरूको पुस्तकमा लेखिएका छन्। 28 परमप्रभु अत्यन्तै असन्तुष्ट हुनु भएकोले त्यस भूमिबाट बाहिर निकालेर अहिले तिनीहरूले बसो-बास गरेको भूमिमा राख्नु भयो।’  (व्यवस्था 29:25-28)

के  आशीष र श्रापहरु  घटित  हुन्छन?

यसको  बारेमा केहि पनि तटस्थता छैन। आशीहरु हर्षालु थियो र श्राप डार लाग्दो थियो ,तर सबै भन्दा महत्वपूर्ण प्रश्न जुन हामी सोध्ने सक्छौ, त्यो यो  हो : ‘के यो घटित हुन्छ?’ पुरानो  नियम को लिपिबद्ध वृतान्तको एउटा ठुलो भाग इस्राएलियहरुको इतिहास हो, यस प्रकारले हामीले उनीहरुले इतिहासलाई जान्दछौ। साथै हामीसंग पुरानो नियमदेखि बाहिरको ऐतिहासिक र पुरातात्विक स्मारकहरुको लिपिबद्ध वृतान्त पाइन्छ। त्यी सबै इस्राएलिहरु वा यहूदिहरुको इतिहासको एउटा स्थाई चित्रलाई प्रस्तुत गर्दछ। यो यहाँ निर समय रेखाद्वारा दिएको छ। तपाई स्वयं आफैले पढ्नु होस् र मुल्यांकन  गर्नुहोस कि के मोशाको श्राप पुरा भयो कि भएन। यसले साथै यो कुराको पनि उत्तर दिन्छ, कि किन यहूदी समूह 2700 वर्षौ पहिले देखि आरम्भ हुँदै भारतमा स्थानांतरित भएका थिए (उदाहरणको लागि मिजोरमको बेनी मनश्शे)। उनीहरु अश्शूरी र बेबीलोनको विजयी अभियानहरुको परिणामस्वरूप धेरै मात्रामा पुरै भारतमा छरीए  – ठीक त्यसै गरी जसरी मोशाले चेतावनी दिएका थिए।

मोशा को  आशीषहरु  र श्रापहरुको निष्कर्ष

मोशाको अन्तिम वचन श्रापहरुको साथै अन्त हुदैन। यहाँ निर यस्तो दिएको छ, कि कसरी मोशाले आफ्नो अन्तिम घोषणाहरुलाई दिएका थिए।

 “मैले तिमीहरूलाई बताएको आशीर्वाद र सरापहरू तिमीहरूमाथि पर्नेछन् अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई खेदी पठाउनु भएको भूमिमा ती कुराहरू सम्झना गर्नेछौ। 2 त्यस समय जब तिमीहरूका सन्तान र तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वर कहाँ फर्केर आउनेछौ र आज मैले बताएका उहाँका सबै आज्ञाहरू हृदयबाट नै पालन गर्नेछौ। 3 तब परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरू प्रति दयालु हुनुहुनेछ र तिमीहरूलाई मुक्त गराई तिमीहरूलाई छरपष्ट पारेर पठाइएका देशहरूबाट फर्काई ल्याउनु हुनेछ। 4 यदि तिमीहरूलाई अत्यन्तै टाढा देशहरूमा पठाइएको भए पनि बटुलेर ल्याउनुहुनेछ। 5 जुन भूमि तिमीहरूका पिता-पुर्खाहरूको थियो त्यो फेरि तिमीहरूकै हुनेछ। परमप्रभु तिमीहरूको निम्ति असल हुनुहुनेछ र तिमीहरूको पिता-पुर्खाहरूसँग भएको भन्दा धेरै परमप्रभुले तिमीहरूलाई दिनु हुनेछ। अरू जातिमाभन्दा तिमीहरूको जन संख्या धेरै हुनेछ।   (व्यवस्था 30:1-5)

हजारौ वर्ष सम्म निर्वासित रहनु  पश्चात्, 1948 मा – जसमध्य आज पनि धेरै मानिस जीवित छन्, उनीहरुको जीवनकालमा नै – इस्राएलको आधुनिक राष्ट्र संयुक्त राष्ट्रको प्रस्तावद्वारा पुन: स्थापित गरियो र यहूदिहरु संसारको  चारै तर्फ बाट यस ठाउमा फेरी फर्किन आरम्भ गरे – ठीक त्यसै गरी जसरी मोशाले भविष्यद्वाणी गरेका थिए। भारतमा आज, कोचीन, आन्ध्रा प्रदेश र मिजोरममा रहनेहरु हजारौँ वर्ष पुरानो यूहदी समाज तीव्रमात्रामा घटदै  जादैछ, किनकि यहूदी आफ्नो पूर्वजहरुको भूमिमा फर्की जाँदै छन्। भारतमा केवल 5000 यहूदी मात्र बाँकी छन्। हाम्रो आँखा आगाडी नै मोशाको आशीषहरु पुरा हुँदै छ, निश्चित रूपमा  श्रापहरुले उनको इतिहासलाई  निर्मित गरेको  थियो।

हाम्रो लागि यसमा  धेरै सुचना पाइन्छ। प्रथम, आशीषहरु र श्रापहरुले आफ्नो अधिकार र सामर्थ्यलाई बाइबलको परमेश्वरदेखि प्राप्त गरेका थिए। मोशा मात्र एक आत्म जागृति व्यक्ति – एक ऋषि थिए। सत्य यो हो कि, यो आशीषहरु र श्राप हजारौ वर्ष सम्म आउदै, पूरा  संसारको जातिहरुमा विस्तारित हुँदछ, र करोडौ मानिसहरुलाई प्रभावित गर्नु (यहूदिहरुको इस्राएलमा फेरी फर्किनाले उथल पुथल  उत्पन्न गरिदियो  – यो  नियमित रूपले  वैश्विक समाचार बनाउने घटनाहरुको कारण बनेको छन्)परमेश्वरसंग सामर्थ्य र अधिकार छ, जसको पुष्टि बाइबल (वेद पुस्तक) ले  प्रमाण गर्छ। त्यही  तोराहमा उहाँले  यो प्रतिज्ञा  पनि गर्नु भएको छ  कि पृथ्वीको सबै मानिसहरुले  आशीष पाउने छन्। ‘पृथ्वीको सबै मानिसहरुमध्य’ मा तपाई र म पनि सम्मिलित छौ। यस पश्चात् अब्राहमको पुत्रको  बलिदान मा, परमेश्वर पुन पुष्टि गर्नुहुन्छ कि ‘सबै  जातिहरुले आशीष पाउनेछ’। यस बलिदानको अद्भुत स्थान र वर्णनले हामीलाई यस कुरालाई  जन्नमा सुराग दिदै सहायता प्रदान गर्दछ कि यस आशीषलाई कसरी  प्राप्त गरिन्छ। आशीषलाई अब मिजोरम, आन्ध्रा प्रदेश र केरलदेखि फर्किने यहूदिहरुको माथि राखी दियो, जो एउटा यस्तो चिन्ह हो, कि परमेश्वर जसले आफ्नो वचनमा प्रतिज्ञा गरेको छन्, भारतको सबै राज्यहरु र यस संसारको अन्य सबी जातिहरुमा समान रूपले आशीषलाई  दिन सक्नुहुन्छ र दिन चाहनुहुन्छ। यहूदिहरु जस्तै नै, हामी पनि हाम्रो श्रापको मध्यमा आशीषहरुलाई  दिने प्रस्ताव राखेको छ। किन हामी यी आशीषको यस वरदानलाई प्राप्त नगर्ने त?