मोक्ष प्राप्त गर्नको लागि अब्राहामको साधारण तरिका

महाभारतले सन्तानहीन राजा पाण्डुले सामना गरेको संघर्षको बखान गर्दछ। ऋषि किन्दामा र उनकी श्रीमतीले सावधानीपूर्वक प्रेम गर्नका लागि हिरणको रूप लिएका थिए । दुर्भाग्यवस, राजा पाण्डु त्यतिखेर शिकार गर्दै थिए र संयोगबस  तिनीहरूलाई धनु लाग्यो । क्रोधित, किन्दामाले राजा पाण्डुलाई अर्को पटक आफ्नी पत्नीहरूसित यौन सम्बन्ध राख्दा मर्ने श्राप दिएका थिए । यसरी राजा पाण्डुलाई कुनै पनि बच्चा र उनका सिंहासनमा उत्तराधिकारी हुनबाट रोकियो । कसरी उनको वंशलाई यो खतराबाट बचाउने ?

पछिल्लो पुस्ता उही समस्याको समाधान गर्न राजा पाण्डुको जन्म आफै निराशाजनक  कार्य थियो। भूतपूर्व राजा, विचित्रवीर्य, ​​नि: सन्तान मरेका थिए त्यसैले एक उत्तराधिकारीको आवश्यक पर्‍यो। विचित्रवीर्यकी आमा सत्यवतीको विवाह विचित्रवीर्यका बुबा राजा शान्तनुसँग विवाह हुनु अघि उनको एउटा छोरा थियो । यस छोरा, व्यासालाई, विचित्रवीर्यका विधवा अम्बिका र अम्बालिकालाई गर्भधारण गर्न आमन्त्रित गरिएको थियो । पाण्डु व्यासा र अम्बालिका बीचको मिलनबाट जन्मेका थिए । राजा पाण्डु यस प्रकार व्यासका जैविक छोरा थिए तर नियोग  मार्फत पूर्व राजा विचित्रवीर्यका उत्तराधिकारी थिए, जहाँ पतिले मरेपछि वैकल्पिक पुरुषले बच्चा जन्माउन सक्दछन् । ठूलो आवश्यकताले निराशाजनक कार्यको  लागि बोलाएको थियो ।

राजा पाण्डु पनि त्यस्तै समस्याको सामना गरिरहेका थिए किनभने किन्दामाले उनीमाथि गरेको सरापको कारण । के गर्ने? फेरि, निराशाजनक कार्यको आवश्यक थियो । पाण्डुकी श्रीमती, रानी कुन्ती (वा पृथ) लाई  एक गोप्य मन्त्र  थाहा थियो (ब्रह्माणा दुर्वासाले उनको  बाल्यकालमा प्रकट गरेको) उनको देवताले उनलाई गर्भधारण गराए । त्यसैले रानी कुन्तीले यो गोप्य मन्त्र प्रयोग गरी तीन जना पाण्डव भाइहरू: युधिष्ठिर, भीम र अर्जुनलाई गर्भधारण गरिन ।  रानी कुन्तीकी सह-पत्नी रानी माद्रीले कुन्तीबाट यो मन्त्र प्राप्त गरे र उनले पाण्डव भाइहरू नकुला र सहदेवलाई पनि जन्म दिइन ।

निसन्तानको बाँकी जीवन जोडीहरूलाई ठूलो दु: ख ल्याउन सक्छ । देशको लागि उत्तराधिकारी खतरामा छ भन्ने कुरा सहन अझै कठिन हुन्छ । चाहे वैकल्पिक साथिहरू खोज्ने हो वा गोप्य मन्त्र लागू गरेर देवहरुलाई क्रियामा सार्न, यस्तो अवस्थामा निष्क्रिय रहन एक कठिन  विकल्प हो ।

ऋषि अब्राहामले ४००० वर्ष पहिले यस्तै अवस्थाको सामना गरे । उनले समस्या समाधान गर्ने तरीकालाई हिब्रू वेद पुष्थकन (बाइबल) मा एक नमुनाको रूपमा दिइएको छ त्यसैले हामीले यसबाट सिक्न बुद्धिमानी हुनेछ।

अब्रामको गुनासो

उत्पत्ति १२ मा उल्लेख गरिएको प्रतिज्ञादेखि अब्रामको जीवनमा कैयौँ वर्ष बितेर गएका छन् । अब्राम कनान देशमा गएका थिए (प्रतिज्ञाको भूमि) त्यस प्रतिज्ञाको आज्ञाकारितामा जो आज इस्राएल हो । उनले चाहेको छोरोको जन्म जसद्वारा यस प्रतिज्ञा पूरा हुन्थ्यो यसबाहेक अन्य धेरै घटनाहरू उनको जीवनमा घटे । त्यसैले हामी यहाँ अब्रामले गरेको गुनासोलाई लिदँछौँ :

त्यसपछि दर्शनमा अब्रामकहाँ परमप्रभुको यो वचन आयोः

“अब्राम तँ नडरा ।

तेरो ढाल म नै हुँ,

र तेरो इनाम अत्यन्त ठूलो हुनेछ ।”

तर अब्रामले भने, “हे परमप्रभु परमेश्‍वर तपाईँले मलाई के दिनुहुन्छ र ? किनभने म सन्तानविहीन नै छु, मेरो घरको उत्तराधिकारी दमस्कसको एलीएजर हुनेछ ।” अनि अब्रामले फेरि भने, “हेर्नुहोस् तपाईँले मलाइ सन्तान दिनुभएन, र मेरो घरमा जन्मेको दास नै मेरो उत्तराधिकारी हुनेछ ।” (उत्पत्ति १५:१—३)

परमेश्‍वरको प्रतिज्ञा

अब्राम त्यस समय परमेश्‍वरले ‘ठूलो जाति’ खडा गर्नेछु भनी ऊसँग प्रतिज्ञा गर्नुभएको भूमिमा पाल टाँगेर बस्दै आइरहेका थिए । तर त्यस समयसम्म केही पनि भएका थिएन र त्यस समयसम्म ऊ ८५ वर्ष बूढो भइसकेका थिए । परमेश्‍वरले ऊसँग गरेको प्रतिज्ञा पूरा नगरिरहेकोमा उसले परमेश्‍वरसँग गुनासो पोखे । यस विषयमा उनले परमेश्‍वरसँग गरेको वातचित यसरी अघि बढ्दछ :

तब परमप्रभुको यो वचन फेरि तिनीकहाँ आयो : “यो मानिसचाहिँ तेरो उत्तराधिकारी हुनेछैन, तर जो तेरो आफ्नै छोरा हुन्छ त्यही नै तेरो उत्तराधिकारी हुनेछ ।” अनि उहाँले तिनलाई बाहिर लगेर भन्नुभयो, “आकाशतिर हेरेर तारा गन्न सक्छस् कि सक्दैनस्, गनिहेर ।” उहाँले तिनलाई भन्नुभयो । “तेरा सन्तान पनि त्यस्तै हुनेछन् ।” (उत्पत्ति १५:४—५)

परमेश्‍वर र अब्रामको वार्तालापमा आकाशका अनगिन्ती ताराहरू झैँ —साँच्चै अति धेरै, तर गन्न नै गाह्रो हुनेगरी अब्राहामका सन्तान हुनलाई तिनले एउटा छोरा प्राप्त गर्नेछन् भनी घोषणा गर्दै परमेश्‍वरले आफ्नो पतिज्ञालाई नयाँ गर्नुभयो ।

अब्राहामको प्रतिजवाफ : पूजाको जस्तो स्थायी प्रभाव

अब यस कुराको बल भने अब्राहामको गोजीमा थियो । यस नयाँ गरिएको प्रतिज्ञाप्रति उनले कसरी प्रतिजवाफ दिन्छ होला ? जेसुकै यसको पछि आउँछ  त्यो सबभन्दा बढि महत्वपूर्ण वाक्यहरूमध्ये एक हुन आउँछ (किनकि यस वाक्यलाई अन्तमा कैयौँ पटक उद्धृत गरिन्छ) । यसले एउटा अपरिवर्तनीय वा स्थीर सत्यलाई बुझ्नको लागि आधार खडा गर्दछ । यसले यसरी भन्दछ कि :

अनि तिनले परमप्रभुमाथि विश्वास गरे, र यो तिनको निम्ति धार्मिकता गनियो ।   (उत्पत्ति १५:६)

यदि हामी यो वाक्यमा नामको ठाउँमा सर्वनाम राखेर बदल्छौँ भने यसलाई बुझ्न सायद अझ सरल हुन्छ, र यसलाई यसरी पढ्न सकिन्थ्यो :

अब्रामले परमप्रभुमा विश्वास गरे, र यो धार्मिकताको रूपमा परमप्रभुले अब्राममाथि थपिदिनुभयो । (उत्पत्ति १५:६)

यो एउटा यस्तो सानो र सामान्य वाक्य हो । यो कुनै ठूलै समाचारको प्रदर्शनी बिना नै आउँने र जाने गर्दछ, त्यसैले हामी यसलाई छुटाउने गर्दछौँ । तर यो वास्तवमा महत्वपूर्ण छ—र यसमा अनन्तताको बीउ निहित छ । किन त ? किनभने यो सानो वाक्यमा अब्राहामले धार्मिकता प्राप्त गर्दछ । यो एउटा पूजाको पूण्य प्राप्त गरेजस्तो हो जुन कहिल्यै पनि नाश भएर वा हराएर जानेछैन । धार्मिकता त्यस्तो एक— मात्र एक—गुण हो जुन हामीलाई परमेश्‍वरको अगाडि ठीकसित खडा हुनको लागि आवश्यक पर्दछ ।

हाम्रो समस्याको समिक्षा : भ्रष्टाचार

परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, यद्यपि हामीचाहिँ परमेश्‍वरको स्वरूपमा बनिएका थियौँ तर त्यस्तो केही चीजले त्यस स्वरूपलाई भ्रष्ट तुल्यायो । अब यसको न्यायचाहिँ यो दिइएको छ कि :

परमप्रभुले स्वर्गबाट मानिसका सन्तानलाई हेर्नुहुन्छ, यो जान्नलाई कि समझदार हुने र परमेश्‍वरलाई खोज्ने कोही छ ? किनकि तिनीहरू सबै कुबाटोतिर लागेका छन् , तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन् । कसैले असल गर्दैनन् अहँ असल गर्ने एकजना पनि छैन । (भजनसंग्रह १४:२—३)

यो भष्टतालाई हामी सहजै बुझ्न सक्दछौँ । यसकारणले गर्दा कुम्भमेला पर्वजस्ता थुप्रै पर्वहरूमा राम्रै तवरले भाग लिने गरिन्छ किनभने त्यसबाट हाम्रो पाप धोइ पखालिन्छ भनी हामी आवश्यक ठान्दछौँ । प्ररथा स्नाना (वा प्रतासना) मन्त्रले पनि यो हामी स्वयम्को बारेमा हो भनी यस विचारलाई व्यक्त गर्दछ :

म एक पापी हुँ । म पापको परिणाम हुँ । म पापमा नै जन्मिए । मेरो प्राण पापको अधिनमा छ । म सबभन्दा खत्तम पापी हुँ । हे परमप्रभु जसको आँखाहरू सुन्दर छन्, मलाईँ बचाउँनुहोस्, हे बलिदानका परमप्रभु ।

हाम्रो भ्रष्टताको परिणामचाहिँ हामीले आफूलाई धार्मिक परमेश्‍वरबाट अलग भएको पाउनु हो किनभने हामी आफैसँग धार्मिकता छैन । हाम्रो भष्टता हाम्रो नकारात्मक कामको वृद्धि गर्नेमा नै देखिन्छ—जसको सचेतता व्यर्थता अनि मृत्युको फल काट्नेमा नै हुन्छ । यदि तपाईँलाई शंका लाग्छ भने कुनै समाचारको मुख्य अंशलाई लिनुहोस् र बितेका २४ घण्टामा मानिसहरूका साथमा केकस्ता कुराहरू भए सो हेर्नुहोस् । हामी जीवनको निर्माण गर्ने जीवन निर्माताबाट छुट्टिएका छौँ र वेद पुस्तक (बाइबल) को ऋषि यशैयाको वचन सत्य सावित भएको छ ।

हामी सबै अशुद्ध मानिस झैँ भएका छौँ, र हाम्रा सबै धार्मिक काम फोहोर झुत्रा झैँ भएका छन्; हामी सबै पातझैँ ओइलाइहाल्छौँ र हाम्रा पापले हामीलाई बतासले झैँ उड्डाइलैजान्छ । (यशैया ६४:६, ७५० ईसापूर्वमा लेखिएको)

अब्राहाम र धार्मिकता

तर यहाँ परमेश्‍वर र अब्राहामको बीचमा भएको वातचितमा सुस्तरी चिप्लिएको र हामीले झण्डै गुमाउँन सक्ने कुरोचाहिँ अब्राहामले धार्मिकता प्राप्त गरेको थियो भन्ने परमेश्‍वरको घोषणा हो —जसरी परमेश्‍वरले अपेक्षा गर्नुभएको थियो । त्यसैले यो धार्मिकता प्राप्त गर्नको लागि अब्राहामले के गरे त ? एकपटक फेरि, पृथकतवरबाट हामी हाम्रो मुख्य कुरालाई गुमाउनसक्ने खतरामा छौँ, अब्राहामले विश्वास गरे भनेर यसले सजिलै अब्राहामको बारेमा भन्दछ । त्यति नै हो त ?! दबाउन नसकिने समस्या भ्रष्टता हामीसँग समस्याको रूपमा छ र युगौँदेखि हाम्रो प्राकृतिक झुकाव जटिल अनि कठीन धर्म, प्रयासहरू, पूजाहरू, नैतिकताहरू, तपस्वी कर्मकाण्डहरू, शिक्षाहरू आदि—धार्मिकताको प्राप्त गर्नको लागि देखिने गरेको छ । तर यो अब्राहाम भन्ने व्यक्तिले भने उपहारको रूपमा दिइएको धार्मिकता सजिलै उहाँमाथि ‘विश्वास’ गरेर प्राप्त गरे । यो धेरै साधारण थियो जसलाई हामी गुमाउँन सक्छौँ ।

अब्राहामले धार्मिकतालाई ‘कमाएन’; तर यो उसलाई ‘थपिइएको’ वा दिइएको थियो । त्यसोभए फरक के हो त? ठीक छ, यदि केही कुरा ‘कमाइन्छ’ भने तपाईँले यसको लागि मेहनतले काम गरेको हुनुपर्छ—अनि यसमा तपाईँ योग्य हुनुहुन्छ । योचाहिँ तपाईँले गरेको कामको ज्याला पाएजस्तो हो । तर केही कुरा तपाईँलाई थपिइन्छ भने त्योचाहिँ तपाईँलाई दिइएको हुन्छ । जसरी कुनै उपहार स्वेच्छाले दिइन्छ भने त्यो कमाइएको हुदैन र यसमा योग्य पनि हुदैन, तर यो सामान्यत प्राप्त गरिन्छ ।

परमेश्‍वरको अस्तित्वमाथि विश्वास गरेर, वा प्रशस्त असल र धार्मिक क्रियाकलापहरू गरेर धार्मिकता प्राप्त गरिन्छ भन्ने सोचाइबाट हामीमा धार्मिकताको बारेमा भएको साझा बुझाईलाई यो अब्राहामको वृतान्तले उल्टो पारिदिएको छ । यो अब्राहामले लिएको बाटो होइन । उनले परमेश्‍वरद्वारा उनलाई दिइएको प्रतिज्ञाप्रति विश्वास गर्ने कामलाई छानेको कारण उनलाई धार्मिकता थपिइयो वा दिइयो ।

बाइबलको बाँकि भागले हाम्रो लागि एउटा चिन्हको रूपमा यस जम्काभेटलाई उपयोग गर्दछ । परमेश्‍वरको प्रतिज्ञाप्रति अब्राहामको विश्वास, र प्रदान गरिएको धार्मिकताको परिणाम हामीले अनुशरण गर्नको लागि हामीलाई दिइएको एउटा पद्धति हो । सम्पूर्ण सुसमाचारको भाग हामीहरूमध्ये सम्पूर्णलाई परमेश्‍वरद्वारा दिइएको प्रतिज्ञामाथि आधारित छ । तर त्यसोभए धार्मिकता कसले पाउँदछ वा कमाउँदछ त ? यसबारेमा हामी हाम्रो अर्को लेखमा हेर्नेछौँ ।