पुरूषासूक्तामा ध्यान दिनु– पूरूषाको स्तुतिको भजन

यद्यपि ऋग्वेदको सबै भन्दै प्रसिद्ध कविता वा प्रार्थना पुरूषासूक्ता (पुरूषा सुक्तम्) हो। यो 90 अध्याय र 10 मंडलमा पाइन्छ। यो एउटा विशेष व्यक्ति –पुरूष: (जसलाई पुरूषाको नाउँले पुकारछौ) को लागि गाएको गीत हो। किनकी यो ऋग्वेदमा पाइन्छ, त्यसैले यो संसारको सबैभन्दा प्राचीन मंत्र हो, यसकारण यो अध्ययनले यो देखाउन को लागि लाभप्रद छ कि हामी कसरी मुक्ति वा मोक्ष (ज्ञानोदय) को तरिका लाई सिख्न सक्छौ।

अब पुरूषा को हुन्? वैदिक ग्रंथले हामीलाई बताउदछ कि:

“पुरूषा र प्रजापति एउटा र एउटा नै व्यक्ति हुन्।” (संस्कृतमा पुरूषोही प्रजापति)

माध्यन्दिनी शतपथ ब्राह्मण VII.4/1/156

उपनिषद्ले यो सोचलाई जारी राख्दै भन्छन कि

“पुरूषा सबै कुराहरुमा सर्वश्रेष्ठ छन्। कहि पनि कोहि पनि]पुरूषा भन्दा श्रेष्ठ कोहि छैन। उहाँ नै अन्त हो र उच्चतम लक्ष्य हो” (अव्यक्त पुरूष: परह्। पुरूषान परम् किन्चित्स कस्थ स पर गति) कठोपनिषद् 3/11

“र वास्तव मै सर्वोच्च पुरूषा अव्यक्त बाह्य छ… उहाँ जो उसलाई जान्दछ त्यो मुक्त हुनेछ र अमरत्वलाई प्राप्त गर्ने छ (अव्यक्त उ परह् पुरूष:… यज्न त्व मुच्यते ज़न्तुरम्तत्वम् च गच्चति) कठोपनिषद् 6/8

त्यसै गरि पुरूषा नै प्रजापति (सारा सृष्टिको प्रभु) हुन्। तर, यद्यपि यो भन्दा पनि धेरै महत्वपूर्ण उहाँलाई सधै जान्नु हो जसले तपाईंलाई र मलाई प्रभावित पर्दछ। उपनिषद् ले भन्दछ कि:

“अनन्त जीवनको (पुरूषा बाहेक) अन्य कुनै मार्ग छैन” (णन्यह्पन्थ विद्यते – अयनय) श्वेताश्वतरोपनिषद् 3/8

त्यसकारण हामी पुरूषासूक्ता, ऋग्वेद को भजन को अध्ययन गर्नेछ, जसले पुरूषा को विवरण दिदछ। र जब यस्तो गर्छौ, तब म एक विलक्षण एवम् अनौठो विचारलाई हामी सोची रखाद्छौ: के के पुरूषासूक्तामा भनिएको यो पुरूष लगभग 2000 वर्ष पहिले  येशू सत्संग (नासरी को येशू) मा देहधारी हुनु भयो? जस्तो भनिएको थियो, यधपि यो एउटा विलक्षण धारणा हो, तर येशूसत्संग (नासरी को येशू) सबै धर्महरु मध्य एउटा पवित्र व्यक्ति को रूपमा चिनिनुहुन्छ र उहाँले परमेश्‍वर को देहधारण अर्थात् अवतार हुने दावा गरेका थिए, र दुबै अर्थात् परमेश्‍वर र पुरूषा को बलिदान (जुन हामी ले देख्ने छौ) भयो,त्यसकारण हामीले यो विचार को माथि विचार गर्नेछौ र यस बारेमा पता लगाउनको लागि असल कारण दिन्छन। संस्कृति को भाषान्तरण र पुरूषा को माथि मेरो धेरै विचार जोसफ़ पदनीज़ेरकारा द्वारा रचित पुस्तकमा प्राचीन वेदों में मसीह (346 पृष्ठों की, 2007 मा लेखिएको छ) नामक पुस्तक को अध्ययन बाट आएको हो।

पुरूषासूक्ता को  प्रथम पद

संस्कृतमानेपाली भाषातंरण
षहस्र सिर्सा-पुरूषाह्षहस्र क्सह् सह्स्रपत्ष भुमिम् विस्वतो व् र्त्वात्यतिस्थद्दसन्गुलम्पुरूषा को एक हजार सिर, एक हजार आँखाहरु र एक हजार खुट्टा छन्। सृष्टि लाई चारै तर्फबाट घेरेर, उहाँ चम्कनु हुन्छ। र उहाँ स्वयं दस औला औलामा सीमित हुनु हुन्छ।

जसै कि हामीले माथि हेरौ कि पुरूषा नै प्रजापति हो। प्रजापति, जसरी यहाँ विवरण दिएको छ, कि उहाँलाई प्राचीन वेदहरुमा यस्तो परमेश्‍वर मानिन् थियो, जसले सबै कुरा को रचना गरे– उहाँ “सारा सृष्टि को प्रभु” हुनु हुनथ्यो।

पुरूषासूक्ताको आरम्भ मा नै हामी पुरूषाको ‘एक हजार सिर, एक हजार आँखाहरु र एक हजार खुट्टाहरु छन्,’ लाई देख्द छौ, यसको अर्थ के हो? ‘हजार’ को अर्थ यहाँ कुनै विशेष गिनतीको संख्या होइन, यसको अर्थ ‘अगणित’ वा ‘सीमा भन्दा बाहिर’ को अर्थसँग छ। यसरी नै पुरूषाको असिमित ज्ञान (‘सिर’) हो।

कि सृष्टिलाई चारै तर्फ बाट घेरेरे, उहाँ चमकनु हुन्छ। र उहाँ स्वयं दस औलामा सीमित हुनु हुन्छ। आजको भाषामा हामी भन्न सक्छौ कि उहाँ सर्वज्ञानी वा सबै कुरा जानने। यो परमेश्‍वर (प्रजापति) को एउटा गुण हो जो केवल एक मात्र जसलाई सबै कुरा थाहा छ। साथमा, परमेश्‍वरलाई देख्नु र सब कुराहरु को जानकारी पनि राख्नु हुन्छ। पुरूषाको ‘एक हजार आँखाहरु छन् भन्नको अर्थ यो हो कि पुरूषा सर्वव्यापी छन्– उहाँ सबै कुराहरु लाई जानु हुन्छ किनकी उहाँ सबै स्थानहरुमा उपस्थित हुनु हुनहुन्छ। यसरी नै, ‘एक हजार खुट्टाहरु छन्’– सर्वसामर्थ्य अर्थात् सर्वशक्तिमान– असीमित शक्तिलाई प्रस्तुत गर्दछन।

यसरी नै हामी पुरूषासूक्ताको आरम्भमा नै देख्द छौ कि पुरूषालाई सर्वज्ञानी, सर्वव्यापी और सर्वसामर्थी व्यक्तिको रूपमा परिचित गरिएको छ। परमेश्‍वरको देहधारण अर्थात् अवतार नै केवल यस्तो व्यक्ति हुन सक्छ। तापनि, यो पदले यस्तो भन्दै समाप्त हुन्छ कि ‘उहाँ स्वयं दस औलामा सीमित गर्नु भयो।’ यसको अर्थ के हो? एक देहधारी व्यक्ति भएको कारण, पुरूषाले स्वयंलाई यस्तो शून्य गर्नु भयो कि उहाँले आफ्नो ईश्वरीय शक्तिहरुलाई त्याग दिनु भयो र एक सामान्य मानवको स्वरूपमा – ‘दस औला’ मात्र सीमित गरि दिए। यसरी नै, यद्यपि पुरूषा ईश्र्वर थिए, ईश्‍वरत्व को सबै गुणहरु भए तापनि, उहाँले स्वयंलाई देहधारणमा, स्वयं लाई मनुष्यको समान गर्नु भयो।

वेद पुस्तक (बाइबल), जब येशूसत्संग (नासरीको येशू) को लागि बोल्दछ यस विचार लाई वास्तवमा: व्यक्त गर्दछ। यो भन्दछ कि:

…तिमीहरुमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो:

6 परमेश्वरको स्वरुपमा भएर पनि

उहाँले परमेश्वरको बराबरी हुने

कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो

ठान्नुभएन; 7 तर आफैलाई रित्याईकन

कमराको रुप धारण गरेर,

तथा मनुष्य भएर जन्मनुभयो।

8 स्वरुपमा मानिसजस्तै भएर

आफैलाई होच्याउनुभयो,

र मृत्युसम्मै, अर्थात् क्रूसमा मृत्युसम्मै

आज्ञाकारी रहनुभयो! (फिलिप्पी 2:5-8)

तपाईं देख्न सक्नु हुन्छ कि वेद पुस्तक (बाइबल) वास्तवमा यस्तै नै विचारहरु– असीमित परमेश्‍वरको एक सीमित मनुष्यमा देहधारण हुनु– को उपयोग गर्दछ जसरी कि पुरूषालाई परिचित गराउनको लागि पुरूषासूक्ता मा दिएको छ। तर बाइबलको यो प्रसंग शीघ्रसँग उहाँको बलिदान को विवरण– जसरी पुरूषासूक्ताले गर्नेछ– गर्न तर्फ बढ़दै जान्छ। त्यसैले यिनी भविष्यवाणिहरु को पता लगाउन कोहि पनि व्यक्तिको लागि सार्थक हो जो मोक्षको प्राप्तिको इच्छा राख्दछ, किनकी, जसरी उपनिषदों मा भानिएको छ:

“अनन्त जीवनको (पुरूषा बाहेक) अन्य कुनै मार्ग छैन” (णन्यह्पन्थ विद्यते – अयनय)

श्वेताश्वतरोपनिषद् 3/8

हामी पुरूषासूक्ता पद 2 मा यो जारी राख्ने छौ।