पुरूषाको बलिदान: सबै वस्तुहरुको उत्पत्ति

पद 3 र 4 को पश्चात् पुरूषासूक्ता आफ्नो घ्यानलाई पुरूषाको गुणहरु तर्फ पुरूषाको बलिदान माथि केन्द्रित गर्दछ। पद 6 र 7 यसमा आफ्नो ध्यानलाई यसरी लौद्छौ। (संस्कृति को  भाषान्तरण र पुरूषाको माथि मेरो धेरै विचार जोसफ़ पदनीज़ेरकारा द्वारा रचित पुस्तक प्राचीन वेदहरु  मा मसीह (346 पृष्ठों को , 2007 मा लेखेको) नामक पुस्तकको  अध्ययन बाट आएको हो।)

 पुरूषासूक्ता मा पद 6-7

संस्कृत मा नेपाली भाषातंरण
य़त्पुरुसेन हविसादेवा यज्नम् अतन्वतावासन्तो अस्यसिद् अज्यम् ग़्रिस्मा इध्माह् सरद्धविह् तम् य़ज्नम् बर्हिसि पुरूषाकान्पुरूषाम् जतम्ग्रतह् तेना देवा अयाजन्त साध्य रास्यास च ये जब देवताहरुले बलिको रूपमा पुरूषा को बलिदान गरे, तब वंसत घिउ झै पघलेर, ग्रीष्म ऋतु ईंधन, र शरद ऋतु यसको बलि थियो। पुआलमा बलिको रूपमा आरम्भबाट उत्पन्न भएको पुरूषालाई उहाँले छरी दिए। देवताहरु, साधुहरु र ऋषिहरुले उहाँलाई शिकार गरे झै बलिदान गरि दिनुभयो।

यद्यपि यि पदहरुको सबै पक्ष तुरन्त स्पष्ट हुदैन, तर जुन पनि यहाँ निर स्पष्ट छ त्यो यो हो कि यसको ध्यान पुरूषाको बलिदानको माथि छ। प्राचीन वैदिक टीकाकार शंकराचार्य ले यसरी टिप्पणी गरेका थिए:

“ऋषिहर – मुनिहरु र देवताहरुले बलिको शिकार –  पुरूषालाई– बलिदानको वेदीको साथ एक बलि गरिने वाला यज्ञ पशुको रूपमा बाँधियो र आफ्नो मनबाट यज्ञमा उसको भेंट चढ़ाइयो।”

ऋग्वेद 10/90/7 को माथि शंकराचार्यको  टिप्पणी

पद 8-9 को आरम्भ वाक्यांश “तस्मद्यज्नत्सर्वहुतह्…” बाट हुन्छ जसको अर्थ हो कि उसको बलिदानमा पुरूषाले सबै कुराको भेटी चढ़ाए जेपनि उससँग थियो – उसले आफ्नो लागि केहि पनि छोडेन। उसले त्यो प्रेमलाई प्रदर्शित गर्यो जसलाई उसले आफ्नो बलिदान द्वारा प्रकट गरे। यो नै केवल त्यो प्रेम हो जसमा हामी स्वयमलाई अन्यहरुको लागि दिनको सक्छौ र आफ्नोसँग कहि पनि नराखी दिन सक्छौ। येशू सत्संग (येशू मसीह) ले वेद पुस्तक (बाइबल) मा भनेका छन् कि:

 “आफ्नो मित्रहरुका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा: ठुलो प्रेम अरु कसैको हुँदैन” (यूहन्ना 15:13)।

येशू सत्संग (येशू मसीह)ले यो आफ्नो चेलाहरुलाई भौनु भयो जब उहाँ स्वेच्छले स्वयंलाई  क्रूसको माथि गई आफ्नो बलिदान गर्नलाई अर्पण गर्न सकुन। के पुरूषाको बलिदान र येशू सत्संगको बिचमा कुनै सम्बन्ध छ? पुरूषासूक्ता पद 5 (जसलाई हामीले अहिले सम्म छोडी दिएका थियौ)हामीलाई एउटा सुराग प्रदान गर्दछ– तर त्यो सुरागले हामीलाई सर्वप्रथम यो संकेत दिन्छ कि यसमा कुनै सम्बन्ध छैन। यहाँ निर पद 5 छ

पुरूषासूक्ता मा पद 5

संस्कृत मा नेपाली  भाषातंरण
तस्मद् विरालजयत विराजो अधि पुरूषाह् ष जतो अत्यरिच्यत पास्चद्भुमिम् अथो पुरह् उससँग– पुरूषाको एक भागबाट – ब्रह्माण्डको जन्म भएको थियो र यसलाई पुरूषाको सिंहासन बनाइएको छ र उहाँ सर्वव्यापी बन्नुभयो।

पुरूषासूक्ताको अनुसार, पुरूषाको बलिदान समयको आरम्भ मा गरिएको थियो र यसको परिणामस्वरूप ब्रह्माण्डको सृष्टि भयो। यस प्रकारले यो बलिदान पृथ्वीमा गर्न सकिदैन किनकी यो बलिदान यस्तो थियो जसद्वारा पृथ्वी निस्केर आएको थियो। पद 13 ले स्पष्ट देखाउछ कि यो सृष्टि पुरूषाको बलिदानको परिणामस्वरूप उत्पन्न भएको हो। यो भन्दछन कि:

 पुरूषासूक्ता मा पद 13 

संस्कृत मा नेपाली भाषातंरण
चन्द्रम मनसो जतस् चक्सोह् सुर्यो अजयत्मुखद् ईन्द्र स्च आग्निस्च प्रनद् वायुर् अजयत्

 

चन्द्रमाको जन्म उहाँको मनबाट भयो। सूर्य उहाँको आँखाबाट निस्क्यो। बिजुली, वर्षा र अग्नि उहाँको मुखबाट उत्पन्न भयो। उहाँको श्वासबाट वायुको जन्म भयो।

वेद पुस्तक (बाइबल) को अफवाह शिक्षाबाट जे पनि हमीले प्राप्त गरौ, को अपेक्षा यस गहिरो गहन समझमा, यो सबै कुरा स्पष्ट हुँदछ। हामीले यस स्पष्टताको आरम्भलाई तब देख्नेछौ जब हामी ऋषि (भविष्यवक्ता) मीकाको रचनाहरुलाई पढ़छौ। उनी ईसा पूर्व 750 को आसपास मा रहे र येशू मसीह (येशू सत्संग) को आगमन देखि 750 वर्ष सम्म रही उनले उहाँको आगमनलाई त्यस शहरको माथि ध्यान दिएर देखेका थिए जसमा उहाँको जन्म हुने थियो। उनले यस्तो लेखे कि:

तर हे बेथलेहेम एप्राता,

तँ यहूदाका कुलहरु मध्य सानो भएता पनि

तँ बाट मेरो निम्ति एक जना निस्कनुहुनेछ,

जो इस्राएलिका शासक हुनुहुनेछ,

जसको शुरु पुरानो समय देखि, 

अर्थात् प्राचीनकाल देखि नै छ (मीका 5:2)

मीकाले भविष्यद्वाणी गरेका थिए कि प्रभुत्व गर्ने वाला (वा मसीह) बेतलेहेमको शहरबाट निस्केर आउने छ। 750 वर्षको पश्चात् येशू मसीह (येशू सत्संग) ले यस दर्शनको की पूर्णतामा यस शहरमा जन्म लिए। सत्यको खोजी कहिले-कहि आफ्नो आश्चर्यलाई मीकाको यस दर्शनको यस पक्षको माथि केन्द्रित गर्दछ। जे भएतापनि, म यस समयमा हाम्रो ध्यानलाई आउने उत्पत्ति को विवरण माथि के ऊपर केन्द्रित गर्न चाहनछु। मीका भविष्यमा आउनु हुने वालाको भविष्यद्वाणी को घोषणा गर्दछ, तर उनीले भन्छन कि यस आउने हुने को उत्पत्ति अतीतको गहिराईसँग छ। उहाँ ‘आउनु हुने प्राचीनकाल देखि अनन्तकाल सम्म हुदै आएको’ छ। यस आउने वाला को उत्पत्ति उहाँको पृथ्वी बाट प्रगट हुने देखि पूर्वतिथि सम्मको हो! ‘प्राचीनकाल देखि…’ को लागि कति अतीत सम्म जानु पर्दछ? यो अनन्तकाल को दिनहरु सम्म चली रहने छ। वेद पुस्तक (बाइबल) मा दिएको सत्य ज्ञानको अन्य वचन ले यसलाई अघि स्पष्ट गर्दछ। कलस्सी 1:15 मा ऋषि पावल (जसले यसलाई लगभग 50 ईस्वी सन् मा लेखेका थिए) ले येशूको बारेमा यसरी घोषणा गरे कि:

उहाँ अदृश्य परमेश्‍वरको प्रतिरूप, सारा सृष्टिको ज्येष्ठ हुनुहुन्छ (कलस्सी 1:15)

येशू लाई ‘अदृश्य परमेश्‍वरको प्रतिरूप’ र ‘सारा सृष्टिमा ज्येष्ठ हुने’ घोषणा गरिएको छ। दोस्रो शब्दमा, यद्यपि येशूको देहधारण अर्थात् अवतार लिने इतिहासमा ठीक समय (ईसा पूर्व 4 – 30 ईस्वी सन्) मा भएको थियो, उहाँ कुनै पनि वस्तुको सृष्टि भन्दा पहिले– यहाँ सम्म कि अतीतमा अनन्तकाल देखि अस्तित्व थिए। उहाँले यस्तो यसकारण गर्नु भयो किनकी परमेश्‍वर (प्रजापति) सदैव अतीतको अनन्तकाल देखि अस्तित्वमा हुनु हुन्छ, र उहाँको ‘प्रतिरूप’ भएको कारण येशू (येशू सत्संग) पनि सदैव देखि अस्तित्वमा हुनुहुन्छ।

जगत को  सृष्टि देखि हिले गरिएको बलिदान – सब वस्तुहरुको उत्पति 

तर न केवल उहाँ अतीतको अनन्तकाल देखि अस्तित्वमा हुनुहुनथियो, ऋषि (भविष्यवक्ता) यूहन्नाले स्वर्गको एउटा दर्शनमा येशू (येशू सत्संग) को वर्णन यसरी गरिएको छ:

 “थुमा…जो संसारको सृष्टिदेखि नै मारिनुभएको।” (प्रकाश 13:8)

के यो एक विरोधात्मक होइन र? के येशू (येशू सत्संग) लाई 30 ईस्वी सन् मा घात गरिएको थिएन र? यदि उहाँलाई तेतिबेला घात गरीको थियो भने, तब उहाँ कसरी ‘जगतको उत्पतिको समयमा’ पनि घात गरिन सक्नु हुन्छ? यस विरोधात्मकमा हामी यो देख्न सक्छौ कि पुरूषासूक्ता र वेद पुस्तक (बाइबल) एउटा कुराको विवरण दिन्छ। हमीले देख्यौ कि पुरूषासूक्ताको पद 6 ले भन्दछ कि पुरूषाको बलिदान ‘आरम्भ थियो।’ योसुफ पदनीज़ेरकारा आफुद्वारा रचित प्राचीन वेदहरुमा मसीह नामक पुस्तकमा संकेत दिन्छन कि पुरूषासूक्ताको माथि संस्कृति थामिएको छ हामीलाई यो बताउदछ कि पुरूषाको आरम्भमा भएको बलिदान परमेश्‍वरको हृदयमा’ थियो (उसले यसको अनुवाद संस्कृति को ‘मनासायगम्’ को अर्थले गरेको छन्)। ऊ साथै संस्कृतिको विद्वान एन. जे. शिन्दे को उद्धरण दिन्छन जसले यो भन्दछ कि आरम्भमा भएको यो बलिदान मानसिक वा प्रतीकात्मक रहेको थियो (एन. जे. शिन्दे द्वारा लिखित पुस्तक ‘वैदिक साहित्यमा पुरूषासूक्ता’ (संशोधित 10-90) (पूना विश्वविद्यालय, को संस्कृतको उच्च अध्ययन केंद्र द्वारा प्रकाशित) 1965.

यस प्रकारले अब पुरूषासूक्ताको रहस्य स्पष्ट हुँदछ। पुरूषा परमेश्‍वर र परमेश्‍वरको प्रतिरूप, अतीतको अनन्तकाल देखि थियो। उहाँ कुनै पनि वस्तु हुनुभन्दा पहिले बाट नै थियो। उहाँ सबै वस्तुहरु भन्दा ज्येष्ठ थिए। परमेश्‍वर, आफ्नो सर्वज्ञानमा, पहिले देखि नै जान्नु हुन् थियो कि  मनुष्यको सृष्टिको लागि एउटा बलिदानको आवश्यकता हुने छ। यस बलिदानमा ती सबै को आवश्यकता हुने छ जसको प्रबन्ध उहाँ– पुरूषाको देहधारण अर्थात् अवतारको माध्यमबाट यस जगतमा पापहरु धुन वा शुद्ध पर्नलाई बलिदानको रूपमा पूरा गर्ने छ। यस समय परमेश्‍वरलाई यो  निर्णय लिन थियो कि उहाँ ब्रह्माण्ड तथा मानव जातिको रचना गर्नु वा न गर्नु। यस निर्णयमा पुरूषाले स्वयंको स्वेच्छा ले बलिदान हुने निर्णय लिए, र यसरी सृष्टिको रचना भयो। यसरी नै, मानसिक रूपमा, वा परमेश्‍वरको हृदयमा, पुरूषा “जगतको सृष्टिको समय देखि घात गरिए” का थिए जसरी कि वेद पुस्तक (बाइबल) ले घोषणा गर्दछ।

एक पटक जब – यहाँ सम्म कि समयको आरम्भ हुनु भन्दा पहिले- निर्णय ली सकिएको थियो– परमेश्‍वर (प्रजापति – सारा सृष्टिको प्रभु) ले समय, ब्रह्माण्ड तथा मानव जातिको सृष्टि लाई रचना गरे। यसरी पुरूषाको स्वेच्छा ले हुने बलिदान ‘ब्रह्माण्डको रचना’ (पद 5), चन्द्रमा, सूर्य, बिजुली र वर्षा (पद 13), र यहाँ सम्म कि स्वयम समय  को आरम्भ हुने (पद 6 मा उल्लेखित वसंत्, ग्रीष्म र शरद ऋतुको रचना) को कारक बने। पुरूषा नै यी सबै को ज्येष्ठ थिए।

यी ‘देवतागण’ को हुन् जसले पुरूषाको बलिदान दिएका थिए?

तर एउटा पहिले रहस्य अझै बाकी छ। पुरूषासूक्ता पद 6 ले भन्दछ कि ‘देवतागणहरु’ (देवहरु) ले पुरूषाको बलिदान गरेका थिए? यी देवतागण को हुन्? वेद पुस्तक (बाइबल) ले यसको व्याख्या गर्दछ। दाऊद नामक एउटा ऋषि ले ईसा पूर्व 1000 वर्ष अघि एउटा पवित्र स्तुतिगानमा लेखेका छन् जसले यो प्रकाशित गर्दछ कि कसरी परमेश्‍वर (प्रजापति) ले पुरूषहरु र स्त्रीहरुको लागि बोले:

“मैले भने, ‘तिमीहरु “देव” हौ; र तिमीहरु सबै सर्वोच्चका छोराहरु हौ।'” (भजन संग्रह 82:6)

1000 वर्ष पश्चात् येशू सत्संग (येशू मसीह) ले ऋषि दाऊदद्वारा रचित यस पवित्र स्तुतिगानको माथि यो भन्दै टिप्पणी दिनुभयो कि:

येशूले तिनीहरुलाई जवाब दिनुभयो, “के तिमीहरु को व्यवस्थामा यसो लेखिएको छैन, ‘मैले भने, तिमीहरु देवहरु हौ?’35 यदि जस कहाँ परमेश्‍वरको वचन आयो, तिनीहरु देवहरु कहलाइन्छन भने – धर्मशास्त्र भंग हुन सक्दैन -36 पिताले पवित्र तुल्याएर संसारमा पठाउनु भएको व्यक्तिले म परमेश्‍वरको पुत्र हुँ भन्दा कसरी ईश्‍वर-निन्दा हुन्छ?” (यूहन्ना 10:34-36)

येशू सत्संग (येशू मसीह) ले पुष्टि गर्छन कि ऋषि दाऊदले सत्य पवित्रशास्त्रमा शब्दावली देवता अर्थात् ‘ईश्‍वर’ को उपयोग गरेका छन्। उनले यस्तो कुन अर्थमा लेखेको हो? हामीले देख्छौ कि वेद पुस्तक (बाइबल) को सृष्टिको विवरणमा हामी ‘परमेश्‍वरको स्वरूप’ मा सृजिएका छौँ (उत्पत्ति 1:27)। यो भावमा यद्यपि हामी देवता वा ‘र्ईश्वर’ को रुपमा मानी लिन सक्छौ किनकी हामी परमेश्‍वरको स्वरूपमा सृजिएका छौ। तर वेद पुस्तक (बाइबल) ले यसको व्याख्या अघि यसरी गर्छ। यो घोषणा गर्छ कि त्यो जो पुरूषाको यस बलिदानलाई स्वीकार गर्दछ उनीहरुलाई:

उनको सामने पवित्र र निष्कलंक हौ भनेर संसार को उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नु भयो। उहाँको इच्छाको लक्ष्य अनुसार ख्रीष्ट येशुद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुन लाई अघिबाटै नयुक्त गर्नु बएको थियो। (एफिसी 1:4-5)

जब जगतको सृष्टि देखि पूर्व नै प्रजापति-पुरूषाले पुरूषाको बलिदानलाई एक पूर्ण बलिदानको रूपमा बलि दिनको लागि निर्णय लिए, तब परमेश्‍वरले उहाँको जतिहरुलाई पनि चुन्नु भयो। उहाँले उनको चुनाब कुन  कार्यको लागि गर्नु भएको थियो? यो निकै स्पष्टताको साथ भन्दछन कि उहाँले हाम्रो चुनाव आपनो ‘पुत्र’ हुन को लागि गरेका थिए।

दोस्रो शब्दमा, वेद पुस्तक (बाइबल) ले घोषणा गर्दछ कि पुरूष र स्त्रीहरु  को चुनाव तब गरियो जब परमेश्‍वरले स्वयमलाई पूर्ण बलिदानमा बलि हुनको लागि चुनाव निश्चित गरे ताकि उहाँको बलिदानद्वारा परमेश्‍वरको  सन्तान बन्न सकौ। यी अर्थहरुमा हामीलाई ‘ईश्‍वर’ वा देवता भनिएको छ। यो तिनीहरुको निम्ति यह सत्य हो (जसरी येशू सत्संग लाई घोषणा गर्दछन) जसको लागि परमेश्‍वरको वचन आयो– अर्थात् उनको लागि जसले उनको वचनलाई ग्रहण गर्दछ। र यी अर्थहरुमा यो भविष्यको ईश्‍वरको सन्तानको आवश्कयता थियो जसले पुरूषाको बलिदानलाई विवश गरे। जसरी पुरूषासूक्ता पद 6 ले भन्दछ कि ‘जब देवताहरुले बलिको रूपमा पुरूषाको बलिदान गरे।’ पुरूषाको बलिदान हाम्रो शुद्धता थियो।

 पुरूषाको बलिदान – स्वर्गको मार्ग

यसरी हामी प्राचीन पुरूषासूक्ता र वेद पुस्तकमा प्रकाशित भएको ज्ञानमा परमेश्‍वरको योजनालाई देख्छौ। यो एक अचम्म लाग्दो योजना हो– यस्तो जसको कल्पना गर्न सकिदैन। यो हाम्रो लागि धेरै महत्वपूर्ण छ किनकी जसरी पुरूषासूक्ता 16औं पद मा सार सहित समाप्त हुँदछ कि:

संस्कृत मा  नेपाली भाषातंरण 
य़ज्ञनान यज्नमजयन्त देवस्तनि धर्मनि प्रथमन्यसन् तेह नकम् महिमनह् सचन्त य़त्र् पुर्वे सध्यह् सन्तिदेवह्

 

देवताहरु ले पुरूषालाई यज्ञपशुको रूपमा बलि गरि दिए। यो सबै भन्दा प्रथम स्थापित सिद्धान्त हो। यसको माध्यमबाट ऋषिहरु ले स्वर्गलाई प्राप्त गरे

एउटा ‘ऋषि’ एक बुद्धिमान व्यक्ति हुँदछ। र स्वर्गको प्राप्तिको लागि तृष्णा वास्तवमा एक बुद्धिमानीको कुरा हो। यो हाम्रो पहुँचबाट बाहिर छैन। यो असम्भव छैन। यो केवल सबै भन्दा धेरै तपस्वी पवित्र जातिहरुको लागि मात्र होइन तर जो आफ्नो अत्यधिक अनुशासन र ध्यानको माध्यमबाट मोक्षको प्राप्ति गर्दछन। यो केवल गुरूहरुको लागि होइन। यसको विपरीत यो एउटा यस्तो मार्ग हो जसलाई स्वयम पुरूषाले येशू मसीह (येशू सत्संग) को रूपमा आफ्नो देहधारण अर्थात् अवतार द्वारा प्रबन्ध गरे।

पुरूषाको बलिदान – स्वर्गको लागि अन्य कुनै मार्ग छैन 

सत्य त यो हो कि यसको प्रबन्ध न केवल हाम्रो लागि गरिएको थियो तर पुरूषासूक्ता पद 15 र 16 को मध्यमा शंकराचार्य को संस्कृति को टिप्पणीले यस्तो भन्दछ कि:

संस्कृत मा नेपाली भाषातंरण
तमेव विद्वनम्र्त इह भवति णन्यह् पन्त अयनय वेद्यते यस प्रकार, उहाँ जसले यो जान्दछ कि मृत्युहीनताको स्थितिमा पुग्नको लागि सक्षम हुने छ। यहाँ सम्म कि त्यहाँ पुग्नको लागि कुनै अन्य मार्ग को पहिचान हुने छैन

अनन्त जीवन (मृत्युहीनता) सम्म पुग्नको लागि कुनै अन्य मार्गको पहिचान गरिएको छैन! निश्चित रूपबाट यस विषयको अध्ययन अझै राम्रोसँग गर्न बुद्धिको कुरा हो। अहिले सम्म मैले वेद पुस्तक (बाइबल) को चारै तर्फको अध्ययन यो देखाउनको लागि गरको छु कि यो कसरी परमेश्‍वर, मनुष्य र वास्तविकताको एउटा व्यापक कथालाई बताउदछ जुन पुरूषासूक्तामा भनिएको कथासँग गासिदछ। तर मैले विस्तार वा क्रममा यस कथालाई देखेको छैन। यसलाई सिकन धेरै ठुलो कुरा हो, धेरै ठुलो ऋषि र स्तुतिगान र सिद्धान्त हो जसलाई प्रकाशित गरिएको छ। यस उद्देश्यको साथ, म तपाईंलाई निमंत्रण दिन चहन्छु कि मेरो वेद पुस्तकहरुलाई र ठुलो विस्तारको साथ, आरम्भ देखि शुरू गर्दे, सृष्टिको बारेमा सिक्दै अध्ययन गरौँ, कि यस्तो के भयो कि पुरूषाको बलिदानको आवश्यकता पर्यो, त्यस जगतको साथ के भयो जसको कारण मनु (वेद पुस्तकमा नोआ) को जल प्रलय आयो र कसरी जातिहरु ले सिके र बचाएर राखे कि एउटा पूर्ण बलिदान हुनेछ जसले मृत्युबाट उनीहरुलाई छुटकारा दिनेछ र स्वर्गमा अनन्त जीवन प्रदान गर्ने छ निश्चिय नै सिक्ने र यसको लागि जीवन यापन गर्नको लागि यो एउटा योग कुरा हो।

बाइबल को सुरुमा नै प्रतिज्ञा हेर्नुहोस्