पद 2- पुरूषा अमरत्वको प्रभु हुन्

हामीले पुरूषासूक्ताको प्रथम पदमा देख्यौं कि पुरूषाको विवरण सर्व-ज्ञानी, सर्व-सामर्थी र सर्व-व्यापीको रूपमा वर्णन गरिएको छ। तब त्यहाँ हामीले एउटा प्रश्न सोदेका थियौ कि के पुरूषा नै येशू सत्संग (येशू मसीह) हुन् सक्छन् वा सक्दैन् र यस प्रश्नलाई ध्यानमा राख्दै पुरूषासूक्ताको माध्यम बाट अध्ययनको यात्रालाई आरम्भ गरेका थिए। यसरी हामी पुरूषासूक्ताको दोस्रो पद सम्म पुगेका छौ जो निरन्तर पुरूषा नामक यस व्यक्तिको वर्णन धेरै नै असामान्य शब्दहरुमा गर्दे गई रहेको छ। यहाँ संस्कृति र यसको नेपाली भाषान्तरण दिएको छ। (संस्कृतिको भाषान्तरण र पुरूषाको माथि मेरो धेरै विचारहरु जोसफ़ पदनीज़ेरकारा द्वारा रचित पुस्तक प्राचीन वेदहरुमा मसीह (346 पृष्ठको, 2007 मा लेखिएको छ) नामक पुस्तकको अध्ययन बाट आएको हो।)

पुरूषासूक्ताको दोस्रो पद

संस्कृत मानेपाली भाषान्तरण
पुरूष: एवेदम् सर्वम् यद्भुतम् यच्च भव्यम् उतम्र्तत्वस्येसनो यदन्नेनतिरोहतिपुरूष: नै पूर्ण ब्रह्माण्ड हो, जुन कुरा छ र जुन कुरा हुनेछ। र उहाँ अमरत्वको प्रभु हुन्, जसलाई उहाँ भोजन [प्राकृतिक पदार्थ] रहित प्रबन्ध गर्दछ

पुरूषाको योग्यताहरु

पुरूषा ब्रह्माण्ड (अंतरिक्ष र पदार्थको पूरा सीमा) मा सर्वोच्च छ र समयको प्रभु हुन् (जुन कुरा छ र जुन कुरा हुनेछ’) साथ साथै उहाँ ‘अमरत्वको प्रभु’– अर्थात् अनन्त जीवन हुन्। हिन्दु पौराणिक कथाहरुमा धेरै देवतागणहरु पाइन्छ, तर कसैलाई पनि यस प्रकारको अनन्त योग्यताहरु दिएको छैन।

यो यस्तो विस्मयकरी प्रेरणादायक गुण हो जो केवल एक साँचो परमेश्‍वर– स्वयं सृष्टिको प्रभुसँग नै सम्बन्धित हुन सक्छ। यो ऋग्वेदको प्रजापति हुनेछ (हिब्रू पुराने नियमको यहोवाको पर्यायवाची)। यस प्रकार, यो व्यक्ति पुरूषा, नै केवल एक परमेश्‍वर– सारा सृष्टिको प्रभुको देहधारी अर्थात् अवतार हुनसक्दछ।

तर हाम्रो लागि यस भन्दा धेरै प्रासंगिक यो हो कि यो पुरूषा हाम्रो लागि अमरत्व (अनन्त जीवन) को ‘प्रबन्ध’ गर्दछ। उहाँले यस्तो प्राकृतिक पदार्थको उपयोग गरेर गर्दैन्न, अर्थात् उहाँ अनन्त जीवन दिन वा प्रदान गर्नको लागि ब्रह्माण्डको प्राकृतिक प्रक्रियाहरु वा प्राकृतिक पदार्थ/उर्जा को उपयोग गर्दैन। हामी सबै मृत्यु र कर्मको अभिशापको अधीनमा छौ। यो हाम्रो अस्तित्वको व्यर्थता हो जसबाट हामी छुटकारा पाउनको लोभ राख्दछौं र जसको लागि हामी पूजा, पवित्र स्नान र अन्य तपस्वी प्रथाहरुलाई गर्ने कठिन कार्यहरु गर्दछौ। यदि यहाँ थोरै पनि सम्भावना छ कि यो सत्य हो र यो कि पुरूषाको साथ दुबै अर्थात् अमरत्वलाई प्रदान गर्ने इच्छा र सामर्थ्य छ, त्यसोभए यो बुद्धिमानी हुन्छ कि यसको बारेमा धेरै-धेरै जानकारी प्राप्त गरि लिनु पर्दछ।

वेद पुस्तक (बाइबल) को ऋषिको साथमा तुलना

यो कुरालाई ध्यानमा राख्दै आउँ मानवीय इतिहासको सबै प्राचीन पवित्र रचनाहरु मध्य एउटा माथि ध्यान दिऊ। यो हिब्रू नियम (जसलाई बाइबलको पुरानो नियम वा वेद पुस्तक भनि भन्दिछ) मा पाउदछ। ऋग्वेद जस्तै नै, यो पुस्तक विभिन्न ऋषिहरुको देववाणिहरु, स्तुतिगान, इतिहास र भविष्यद्वाणिहरुको एक संग्रह हो, यद्यपि जसले यसलाई धेरै अघि बाट नै लेखि दिएको थिए, ऊ इतिहासको विभिन्न युगहरुमा रहे र लिखे। यसरी पुरानो नियम विचारहरुका एक सर्वोत्तम संग्रह वा विभिन्न प्रेरणाप्रदान रचनाहरुको पुस्तकालय एक पुस्तक के रूपमा संकलित छ। यिनी ऋषिहरुको अधिकांश रचनाहरु हिब्रूमा थिए र यस प्रकार यो महान् ऋषि अब्राहमको वंशज् थिए जो लगभग 2000 ईसा पूर्व रहे। तर, एउटा रचना एस्तो छ, जसलाई ऋषि अय्यूबको द्वारा लेखिएको थियो जुन अब्राहम भन्दा धेरै पहिले रहेका थिए। उनि रहेको समय सम्म हिब्रू जातिको उत्पन्न भएको थिएन। उनीहरु जसले अय्यूबको अध्ययन गरेका थिए यो अनुमान लगाउद छन् कि उनि लगभग 2200 ईसा पूर्व, अर्थात् 4000 वर्षौं पहिले रहेका थिए।

…अय्यूबको पुस्तकमा

आफ्नो पवित्र पुस्तक, जसलाई अय्यूब को नाउँद्वारा पुकारिद्छ, हामीले निम्न वचन उनको साथीहरुलाई भनेको सुन्दछौं:

मेरो उद्धारक जीवित हुनुहुन्छ,

सबै भन्दा अन्तिम समयमा उहाँ पृथ्बीमा खडा हुनु हुनेछ।

अनि मेरो छाला नाश गरि सके पछि,

मेरो शरीरमय म परमेश्‍वरलाई देख्नेछु।

म आफ्नै आँखाले उहाँलाई देख्नेछु,

आफैले नै देख्नेछु- अरु कसैले होइन।

मेरो हृदय मभित्रै कति लालयत बन्छ! (अय्यूब 19:25-27)

अय्यूबले एउटा आउने वाला ‘उद्धारकर्ता’ को बारे मा बताउद छन्। हामी जान्दछौं कि अय्यूबले  भविष्यलाई देख्द छन् किनकी उद्धारक पृथ्वीको माथि खडा ‘हुनेछन्’ (अर्थात् भविष्य कालमा)। तर यो उद्धारक वर्तमान कालमा पनि रहने छन्– यद्यपि पृथ्वीको माथि होइन। यस कारण यो उद्धारक, पुरूषासूक्ताको यस पदमा पुरूषाको जस्तै नै, समयको प्रभु हुन् किनकी उसको अस्तित्व हाम्रो जस्तै समयको साथमा बाँधिएको छैन।

अय्यूबले तब घोषणा गर्दछन कि ‘आफ्नो छाला नाश गरि सके पछि,’ (अर्थात् आफ्नो मृत्यु पश्चात्) उहाँले त्यसलाई (यो उद्धारकलाई) देख्नेछ र त्यही समयमा उसले ‘परमेश्‍वरलाई देख्नेछ’। दोस्रो शब्दमा आउने वाला यो उद्धारक परमेश्‍वरको देहधारण अर्थात् अवतार हो, ठीक त्यसरी नै जसरी पुरूषा प्रजापतिको देहधारण हो। तर कसरी अय्यूबले उसको आफ्नो मृत्युको पश्चात देख्न सक्छ त? र यस कुरालाई सुनिश्चित गर्नको लागि हामी यस कुरा बाट अनजान न रहौ कि अय्यूबले यो घोषणा गर्दछन् कि ‘म आफ्नै आँखाले उहाँलाई देख्नेछु, आफैले नै देख्नेछु- अरु कसैले होइन’ जगतको माथि खडा उद्धारकर्तालाई देख्नेछु। यसको केवल एक मात्र व्याख्या हो कि यस उद्धारकले अय्यूबलाई अमरत्व प्रदान गरे र उनीले त्यस दिनको अपेक्षा गर्छन जब उद्धारकर्ता, जो परमेश्‍वर हुनुहुन्छ, जगतको माथि हिड्ने र उहाँले अय्यूबलाई अमरत्व प्रदान गरे ताकि उहाँ फेरि पनि पृथ्वीको माथि हिड्ने र उद्धारकर्तालाई आफ्नो स्वयंको आँखाले देख्नु सकुन। त्यस दिनको अपेक्षाले उसलाई यस्तो अधिक मंत्र मुग्ध गरे कि उसको ‘हृदय भित्र भित्रै चूर चूर’ भए। यो त्यो मंत्र हो जसले उसलाई परिवर्तित गरि दिएको थियो।

…र यशैया,

हिब्रू ऋषिले आउने वाला एक व्यक्तिको विषयमा बोलेका थिए जसको विवरण धेरै अघि अय्यूबले उद्दारक र पुरूषाको विवरणमा देखाएका थिए। यशैया एउटा यस्तो ऋषि हुन् जो लगभग 750 ईसा पूर्व मा थिए। उनले धेरै वचनहरुलाई ईश्वरीय प्रेरणा बाट लेखेका थिए। उनले आउने वाला त्यस व्यक्तिको वर्णन गर्दछन्:

तापनि संकट परेकाहरुका निम्ति नैराश्य हुनेछैन। पहिले त उहाँले जबूलूनको देश र नप्तालीको देशलाई नम्र तुल्याउनुभयो, तर भविष्यमा उहाँ ले यर्दनका किनाराको समुद्र नजिकैको अन्यजातिहरुको गालील लाई सम्मानित तुल्याउनु हुनेछ–

2 अन्धकारमा हिड्ने मानिसहरुले

एउटा ठुलो ज्योति देखेका छन्;

मृत्युको छायाको देशमा बस्नेहरु माथि 

एउटा ज्योति उदाएको छ…

6 किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ,

हाम्रो निम्ति एउटा छोरा दिइएको छ;

शासन उहाँको काँधमा हुनेछ 

उहाँ अचम्मको सल्लाहकार, शक्तिशाली परमेश्‍वर

अनन्तका पिता, शान्ति का राजकुमार कहलिनुहुनेछ। (यशैया 9:1-2, 6)

दोस्रो शब्दमा, ऋषि यशैयाले एउटा पुत्रको जन्मलाई पहिले बाट नै देखि सकेका थिए र त्यसको भविष्यद्वाणी गरे रहेको थियो र त्यस पुत्रको ‘शक्तिशाली परमेश्‍वर… भनेर कहलिनुहुनेछ’। यो समाचार विशष गरि ती मानिसहरुहो लागि सहायतापूर्ण थियो जो ‘घोर अन्धकारमा मृत्युको छायाको देशमा बसी रहेको थिए’। यसको अर्थ के हो? हाम्रो जीवन यस कुरालाई जानेर यापन हुनेछ कि हामी आफ्नो आउने वाला मृत्यु र कर्महरु जुन हाम्रो माथि शासन गर्दछ, त्यस बाट बाच्न सक्दैनौ। त्यसैले हामी वास्तवमा ‘मृत्युको छायामा’ जीवन यापन गर्दे छौ। यस प्रकारले औउने वाला यस पुत्रलाई ‘शक्तिशाली परमेश्‍वर’ भनि  कहलिनुहुनेछ, जो हाम्रो लागि ठूलो ज्योति वा आशा हुनेछ जो आफ्नो आउने मृत्युको छायामा जीवन यापन गर्दे छन्।

…र मीका

एउटा अर्को ऋषि जो यशैया (750 ईसा पूर्व) को समयमा नै थिए, ले पनि आउने हुने  व्यक्तिको बारेमा ईश्वरीय वचन भनेका छन्। उनले लेखेका छन् कि:

तर हे बेथलेहेम एप्राता,

तँ यहूदाका कुलहरु मध्य सानो भएता पनि

तँ बाट मेरो निम्ति एक जना निस्कनुहुनेछ,

जो इस्राएलिका शासक हुनुहुनेछ,

जसको शुरु पुरानो समय देखि, 

अर्थात् प्रचीनकाल देखि नै छ (मीका 5:2)

मीकाले भनेका छन् कि एउटा व्यक्ति एप्राता क्षेत्रको बेथलेहेम नामक शहरमा निस्कनुहुनेछ, जहाँ यहूदाको गोत्र (अर्थात् यहूदी जाति) वास गर्द थे। त्यस व्यक्तिको लागि सबै भन्दा अनौठो यो हो कि यद्यपि यो इतिहासमा एउटा निश्चित समयमा बेथलेहेम बाट ‘निस्कनुहुनेछ,’ तर उहाँ मूल पूर्व समयको आरम्भ बाट नै अस्तित्वमा हुनुहुन्थ्यो। यस प्रकार पुरूषासूक्ताको पद 2 र अय्यूबको आउने हुने उद्धारकर्ताको जस्तै, यो व्यक्ति हामीहारु जस्तै समयको बन्धनमा बाँधिएको हुने छैन। उहाँ समयको प्रभु हुने छ। यो ईश्वरीय योग्यता हो, न कि मानवीय, र यसरी उहाँ सबै ले एउटै व्यक्तिलाई नै उदधृत गरेका हुन्।

येशू सत्संग (येशू मसीह) मा पूर्ण हुनु

तर त्यो यह व्यक्ति को हुन्? मीकाले यसको लागि हामीलाई एउटा महत्वपूर्ण ऐतिहासिक प्रमाण दिदछ। आउने हुने व्यक्ति बेथलेहेम बाट निस्कनुहुनेछ। बेथलेहेम एक वास्तविक शहर हो जुन कि हजारौ वर्ष बाट आज सम्म अस्तित्वमा छ जसलाई आजको समयमा इस्राएल/वेस्ट बैंक को नाउँले चिनिनछ। तपाईंले यसलाई गूगलको पृथ्वीमा पाउनु सक्नु हुनेछ  र मानचित्रमा देख्न सक्नु हुनेछ। यो एउटा ठुलो शहर होइन, र न त कहिले थियो। तर यो संसारमा प्रसिद्ध छ र वार्षिक वैश्विक समाचारहरुमा बनि रहन्छ। किन? किनकी यो येशू मसीह (वा येशू सत्संग) को जन्म स्थान हो। यो त्यो शहर हो जहाँ उहाँले लगभग 2000 वर्ष पहिले जन्म लिनु भएको थियो। यशैयाले हामीलाई एउटा अर्को प्रमाण दिन्छन् किनकी उनले भन्दछन कि त्यो व्यक्ति गालील को माथि प्रभाव पार्ने छन्। र यद्यपि येशू सत्संग (येशू मसीह) ले बेथलेहेम (जसरी मीकाले पहिले बाट नै देखेका थिए) मा जन्म लिनु भए, उहाँ गालीलमा हुर्किनुभयो र एउटा शिक्षकको रूपमा उहाँले त्यहाँ सेवा गर्नु भयो, जसरी यशैयाले पहिले नै भविष्यद्वाणी गरेका थिए। बेथलेहेम उहाँको जन्मस्थान भएको कारण र गालील उहाँको सेवकाईको स्थान भएको कारणले येशू सत्संग (येशू मसीह) को जीवनको सबै भन्दा धेरै जान्ने यी दुई स्थान हुन्। यसरी हामीले यहाँ विभिन्न ऋषिहरुद्वारा गरिएको भविष्यद्वाणिहरु लाई देख्दछौ जुन येशू मसीह (येशू सत्संग) मा पूर्ण भएको छ। कहि यस्तो त होइन कि येशू नै त्यो पुरूषा/उद्धारक/शासक हुन् जसलाई यिनी प्राचीन ऋषिहरुले पहिले बाट नै देखेका थिए? यस प्रश्नको उत्तर एउटा यस्तो कुँजी हुन् सक्छ जसले यस कुराहरुलाई खोली दिनेछ कि कसरी हामी जो ‘मृत्युको छाया’ (र कर्महरु)मा वास गरि रहेका हरुलाई ‘अमरत्व’ प्रदान गर्न सक्छ, यस कुराले हाम्रो सोचलाई निश्चित नै हाम्रो समयमा विचारयोग्य हुन् सक्छ। यस कारण हामी आफ्नो खोजबीनलाई जारी राखौ जब हम पुरूषासूक्ताको अध्ययनको माध्यम बाट अझै अघि बढ्न सक्छौ र हिब्रू वेद पुस्तकहरुको ऋषिहरुसँग यस को तुलना गर्ने छौ।