आउँदै गरेको महान राजा : सयौं वर्ष अघि नामाकरण गरिएको

विष्णु पुराणले राजा भेनाको बारेमा बताउँछ । यद्यपि भेना एक राम्रो राजाको रूपमा शुरू भए पनि भ्रष्ट प्रभावका कारण उनी यति खराब भए कि उनले बलिहरू र प्रार्थनाहरूलाई अमान्य तुल्याइदिए । उनले आफू पनि विष्णुभन्दा माथि रहेको दाबी गरे । ऋषि मुनिहरु र ब्राह्मण / पुजारीहरूले उनीसँग तर्क गर्न खोजे , राजाको हैसियतमा उनले धर्मको सिकाउनु पर्दछ र उचित धर्मको लागि उदाहरण बसाल्नु पर्छ, यसलाई  नाश होइन । तर भेनाले सुन्न अस्वीकार गरे । त्यसकारण  हतास भएका पुजारीहरूले  धर्म पुर्नस्थापना गर्न र  उनलाई पश्चाताप गर्न मनाउन सकेनन, त्यसैले उनी भएको दुष्टको राज्यलाई हटाउनका निम्ति उनको हत्या गरे ।

यसले देश शासकविनाको  राज्य  भयो । यसैले पुजारीहरूले राजाको दाहिने हातमा रगडे ( मालिस गरे )  र पृथु / प्रुथु भन्ने नामको एक महान व्यक्ति प्रकट भए । पृथुलाई भेनाको उत्तराधिकारी नियुक्त गरिएको थियो। सबै नै खुशी थिए कि त्यस्तो नैतिक व्यक्ति राजा बन्नु पर्छ र ब्रह्मा पनि पृथुको राज्याभिषेक समारोहमा उपस्थित भए । पृथुको शासनकालमा राज्यले सुनौलो युग प्रवेश गर्‍यो ।

यसले हिब्रू ऋषि यशैया र यर्मियाले सामना गरेको यस्तै दुविधाको उदाहरण दिन्छ । उनीहरूले इस्राएलका राजाहरूलाई शुरुमा महान र दश आज्ञाको धर्म अनुसरण गर्दै , भ्रष्ट भएको देखेका थिए । उनीहरूले भविष्यवाणी गरे कि रूख ढालेझैं , वंशको पतन हुनेछ । तर उनीहरूले भावी महान राजाको बारेमा पनि अगमवाणी गरे, यो एउटा यस्तो हाँगा थियो जुन खसेको रूखको हाँगाबाट माथि आउनेछ ।

भेनाको कथाले पुजारीहरू र राजाहरू बिचको भूमिकाको स्पष्ट फरक चित्रण गर्दछ । राजा भेनालाई पुजारीहरूले हटाउँदा उनीहरूले शासन गर्न सक्दैनथे किनकि यो उनीहरूको अधिकार थिएन । यशैया र यर्मियाको समयमा पनि राजा र पुजारीको बिचको भूमिकाको भिन्नता लागू भयो । यी कथाहरूको भिन्नता यो हो भने पृथुको जन्म पछि  उनको नाम दिइएको थियो , जबकि हामी कि हामी हेर्ने छौ कि कसरी  हिब्रू ऋषिहरूले कसरि जन्म भन्दा सयौं वर्ष अघि  आउने महान राजाको नाम राखेका थिए ।

यशैयाले आउनु हुने शाखा  को बारेमा सबै भन्दा पहिला लेखेका थिए। दाऊदको खत्म भइसकेको राजवंशमा एउटा आउनु हुने ‘पुरूष’ सँग बुद्धि र सामर्थ्य हुनेछ। यर्मियाले यसको आगाडी यो भने कि यो शाखा  लाई परमेश्वर – को नाउँले चिन्ने छन् जो कि सृष्टिकर्ताको लागि यहूदिहरुद्वारा उपयोग गरिने नाउँ र यही हाम्रो धार्मिकता हुनेछ।

जकरियाले शाखा  को विषयलाई अगाडी बढाउदै

जकरिया मन्दिरको पुर्ननिर्माणको लागि बेबीलोनको दासत्व बाट फर्के
जकरिया मन्दिरको पुर्ननिर्माणको लागि बेबीलोनको दासत्व बाट फर्के

ऋषि – भविष्यद्वक्ता जकरिया 520 ईसा पूर्वमा रहे, जब यहूदी उनीहरुको पहिलो दासत्वबाट यरूशलेम तर्फ फर्किन थाले। उनीहरु फर्के पश्चात, यहूदीहरुले उनीहरुद्वारा नष्ट  गरिदिएको मन्दिरलाई पुर्ननिर्माण गर्न आरम्भ गरे। यसका महायाजक यहोशू  थिए, र त्यो मन्दिरमा  याजकीय सेवकाईको पुन: आरम्भ गरि रहेको थियो। ऋषि – भविष्यद्वक्ता जकरिया, ले आफ्नो साथी यहोशू, महायाजक साथ मिलेर, यहूदीहरुलाई फर्किनुमा अगुवाई प्रदान गरेका थिए। यहाँ परमेश्वरले- जकरियाद्वारा– यहोशूको बारेमा भनिएको कुराहरु, यहाँ तल दिइएको छ:

“परमप्रभुको यो वचन मकहाँ आयो …सुन र चाँदी लिएर एउटा मुकुट बना, र त्‍यो यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशूको शिरमा लगाइदे। त्‍यसलाई भन्, ‘सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर, यो मानिस जसको नाउँ हाँगो हो, त्‍यो आफ्‍नो ठाउँमा बढ्‌नेछ, र परमप्रभुको मन्‍दिर बनाउनेछ …र आफ्‍नो सिंहासनमा विराजमान भएर राज्‍य गर्नेछ, र त्‍यो सिंहासनमा एक जना पूजाहारी हुनेछ। अनि दुवैको बीचमा मिलाप हुनेछ’।” (जकरिया 6:9-13)

शाखा! 200 वर्ष पहिले यशैयाद्वारा आरम्भ गरिएको थियो, यर्मियाद्वारा 60 वर्ष पहिले वृद्धि भएको विषयमा, जकरियाद्वारा यसलाई अझै अगाडी ‘शाख’ को रूपमा विस्तारित गरीएको छ, यद्यपि, यस राजवंशलाई समाप्त गरिदिएको थियो। एउटा बर को वृक्ष जस्तै, यो शाखा यसको एउटा मृत जराबाट पुन: जीवित भई अगाडी बढ्दै जान्छ। यस शाखा  लाई अब ‘मेरो सेवक’ – परमेश्वरको सेवक भनि पुकारिएको छ। कुनै प्रकारले 520 ईसा पूर्वमा यरूशलेममा बस्ने जकरियाको सहकर्मी यहोशू  महायाजक, आउने वाला शाखा  को प्रतीक थिए। तर कसरी? यसमा भनिएको छ कि ‘एकै दिन’ मा परमेश्वरद्वारा अधर्मलाई हटाइने छ। यो कसरी घटित हुनेछ?

शाखा : याजक र राजालाई एकतामा ल्याउदै  

जकरियाले केहि समय पछि यो वर्णन गर्छन। यसलाई बुझ्नको लागि हामीले याजक र राजाको भूमिकाहरुलाई बुझ्न आवश्यक छ, जुन कि पुरानो करारमा निकै कठोरता साथ एक अर्का सँग पृथक थिए। कुनैपनि राजा याजक हुन् सक्दैन थिए र कोई पनि याजक राजा बन्न सक्दैन थिए। याजकको भूमिका परमेश्वर र मानिस मध्यमा पापहरुको प्रयाश्चितको लागि अर्पित गरिने भेंट बलिदानहरुको मध्यस्थताको कार्य गर्नु थियो, र राजाहरुको उत्तरदायित्व आफ्नो सिंहासन देखि धार्मिकता साथ राज्य गर्नु थियो। दुवै नै महत्वपूर्ण थिए; तर दुवै नै एक अर्का बाट भिन्न थिए। तर, जकरियाले लेखे कि भविष्यमा:

‘परमप्रभुको यो वचन मकहाँ आयो: “….सुन र चाँदी लिएर एउटा मुकुट बना, र त्‍यो यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशूको शिरमा लगाइदे। त्‍यसलाई भन्, ‘सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर, यो मानिस जसको नाउँ हाँगो हो, त्‍यो आफ्‍नो ठाउँमा बढ्‌नेछ, र परमप्रभुको मन्‍दिर बनाउनेछ। त्‍यसले नै परमप्रभुको मन्‍दिर बनाउनेछ…र आफ्‍नो सिंहासनमा विराजमान भएर राज्‍य गर्नेछ, र त्‍यो सिंहासनमा एक जना पूजाहारी हुनेछ। अनि दुवैको बीचमा मिलाप हुनेछ’।” (जकरिया 6:9-13)

यहाँ निर, पूर्व उदाहरणको विरूद्ध, जकरियाको दिनहरुमा (यहोशू) महायाजकको सिरमा शाखा  लाई चिन्ह स्वरूप राजाको मुकुटको रूपमा धारण गर्न पर्ने थिए। (स्मरण राखौं कि यहोशू ‘आउने कुराहरुको प्रतीकात्मक’ थिए)। महायाजक, यहोशू एउटा राजकीय मुकुटलाई एकै व्यक्तिमा राजा र याजकलाई एकीकृत गर्दै धारण गरि रहेका थिए – जुन याजकको सिंहासनमाथि विराजमान हुनु थियो। यसको अतिरिक्त, जकरियाले लेखे ‘यहोशू’ नै त्यस शाखा  को नाउँ थिए। यसको अर्थ के हो?

‘यहोशू’ र ‘येशू’ नाउँ

यसलाई बुझ्नको लागि हामीलाई पुरानो करारको अनुवादको इतिहासको समीक्षा गर्न आवश्यक छ। हिब्रू भाषाको मूल पुरानो करार 250 ईसा पूर्व मा ग्रीक भाषामा अनुवादित भएको थियो, यसलाई हामीले सेप्तुआजिन्त अर्थात् सप्तति अनुवादको नाउँ देखि चिनिन्छ। अहिले पनि यो व्यापक रूपमा उपयोग हुन्छ, हामीले देखेका छौँ कि कसरी ख्रीष्ट ले सबै भन्दा पहिला सेप्तुआजिन्तको उपयोग गर्नु भयो  र यहाँ निर हामीले ‘यहोशू’ को लागि त्यही विशलेषणको उपयोग गर्ने छौँ

'यहोशू'= 'येशू' दुवै नै हिब्रू 'यहोशुआ' नाउँ देखि आएको हो।
‘यहोशू’= ‘येशू’ दुवै नै हिब्रू ‘यहोशुआ’ नाउँ देखि आएको हो।

जस्तै कि तपाईले चित्रमा देख्न सक्नु हुन्छ, यहोशू को मूल हिब्रू नाउँ ‘यहोशुआ’  को अंग्रेजी लिप्यंतरण हो। वृत्त-खण्ड # 1 बाट यो थाहा पाउन सकिन्छ कि कसरी 520 ईसा पूर्वमा जकरिया ले ‘यहोशू’ लाई  हिब्रू भाषामा लेखेका थिए । यो अंग्रेजीमा ‘यहोशू’ को नाउँदेखि  लिप्यंतरित भएको हो (# 1 => # 3)। हिब्रु भाषा को ‘यहोशुआ’ अंग्रेजी भाषामा  यहोशू  नै हो । जब सेप्तुआजिन्त को अनुवाद 250 ईसा पूर्वमा हिब्रू भाषा देखि  ग्रीक  भाषामा भयो, तब यहोशुआ लाई ईसोऊस  मा लिप्यंतरण (#1 => #2) गरिएको थियो। हिब्रू भाषाको ‘यहोशुआ’  ग्रीकमा ईसोऊस  नै  हो। जब ग्रीकको  अनुवाद अंग्रजी भाषामा गरिएको थियो, तब ईसोऊसको लिप्यंतरण ‘ज़ीजस’ अर्थात् येशू (#2 => #3)मा गरिएको थियो। ग्रीक भाषाको ईसोऊस अंग्रेजी भाषामा येशू  नै हो ।

जब हिब्रू भाषामा पुकारने गर्द थिए, तब येशू लाई यहोशुआ भनि पुकारने गर्द थिए,तर ग्रीकको नयाँ करारमा उहाँको नाउँलाई  ‘ईसोऊस’  भनेर लेखियो – सठीकता साथ त्यस्तै गरी जसरी ग्रीकको सेप्तुआजिन्त ले यस  नाउँलाई लेखेका थिए। जब नयाँ करारलाई ग्रीक देखि अंग्रेजी भाषामा अनुवादित गरियो (#2 => #3) तब ‘ईसोऊस’ ‘येशू’को नाउँ एउटा परिचित लिप्यंतरण थियो। यसरी, ‘येशू’ को नाउँ= ‘यहोशू’, को साथ एउटा मध्यवर्ती ग्रीक अवस्था देखि ‘येशू’ को साथ, र ‘यहोशू’ को साथ हिब्रू भाषा देखि सिधै आएको हो । दुवै नै नासरतको येशू र 520 ईसा पूर्व को  यहोशू महायाजक एकै नै व्यक्तिको नाउँ हो, जसलाई उनको मूल हिब्रू भाषामा ‘यहोशुआ’ भनि बोलाउने गर्द  थिए । ग्रीकमा दुवैलाई ‘ईसोऊस’  भनि बोलाउने गर्द थिए। यो बरगद = बर (लिप्यंतरण) = बर = फिकस बेंगलेंसिस (यसको लैटिन मा शास्त्रीय नाम) को सदृश हो।

नासरतको येशू नै शाखा हो  

अब जकरिया द्वारा गरिएको भविष्यद्वाणीले अर्थ दिन्छ। जुन भविष्यद्वाणी 520 ईसा पूर्वमा गरिएको थियो, त्यसमा आउने हुने शाखा को नाउँ येशू हुनेछ, जसले सिधा नासरत को ‘येशू’  को तर्फ संकेत गरिरहेको छ।

जकरियाको अनुसार, आउनु हुने येशू ले,  राजा र याजकको भूमिकाहरुलाई एकीकृत गरि दिनु हुनेछ । यस्तो कुन कार्य थियो, जुन याजकहरुले गरेका थिए? मानिसहरुको प्रतिनिधित्व गर्दै, उनीहरुको पापहरुको लागि परमेश्वरको सामु  प्रयाश्चितको लागि भेट स्वरूप बलिदान चढ़ाउद थिए। बलिदानहरु द्वारा याजकहरुले मानिसहरुको पापहरुलाई ढाकी दिने गर्द थिए। यसैगरी, आउनु हुने शाखा ‘येशू’  एउटा यस्तो बलिदान को रुप मा हुनुहुन्थियो जस द्वारा यहोवा परमेश्वर ‘एकै दिनमा मानिसको अधर्मलाई हटाई दिनु हुनेछ – यो त्यो दिन थियो, जुन दिन येशू ले  स्वयं लाई बलिदान को रूपमा अर्पित गर्नु भएको थियो। पापहरुलाई हटाई दिनुको कारण, मृत्युको सामर्थ्यले हामी माथिको अधिकारलाई हराएको थियो।

नासरतको येशू सुसमाचारहरु भन्दा बाहिर पनि राम्रो संग ले परिचित राख्नु हुन्थियो। यहूदी ताल्मुद, जोसीफुस र इतिहासको अन्य लेखकहरुले येशूको बारेमा, चाहे उनीहरु शत्रु रहें वा मित्र, सदैव उहाँलाई ‘येशू’ वा  ‘ख्रीष्टको’ को रूपमा उद्धृत गरिएको छ, यसै कारण उहाँको नाउँलाई सुसमाचारहरु द्वारा अविष्कृत गरिएको थिएन।

किनकी यिशै र दाऊद उहाँको पूर्वज हुन, त्यसैले, येशू ‘यिशै को ठूटो’ मा निक्लेर आयो। येशू सँग बुद्धि र समझ यस्तो  स्तर सम्म थियो, कि जसले उहाँलाई अन्य सबैभन्दा पृथक गर्दछ। उहाँको चतुराई, शान्ति र अंतर्दृष्टि दुवै आलोचकहरु र अनुयायिहरुलाई निरन्तर प्रभावित गर्दछ। सुसमाचारहरुमा वर्णन उहाँको आश्चर्यकामको माध्यम बाट उहाँको समार्थ्यलाई नकार्न सकिदैन। कसैले पनि, उहाँ माथि विश्वास नराख्ने चुनाव राख्न सक्ने थिए; तर, कसैले पनि, उहाँलाई अनदेखा गरेनन। यशैया  ले  भविष्यवाणी गरे कि असाधारण बुद्धि र सामर्थ्य राख्नेको गुणवत्ता साथ येशू एक दिन यस शाखा  मा आउनु हुनेछ।

अब नासरत को येशूको जीवनको बारेमा सोचौ। उहाँ निश्चित रूपले एउटा राजा हुने दावा गर्नु भयो – वास्तवमा उहाँ नै राजा हुनुहुन्छ। यही नै ख्रीष्ट ‘ शब्दको अर्थ हो। तर पनि उहाँले जे यस पृथ्वीमा गर्नु भो त्यो वास्तवमा याजकीय कार्य थियो। याजकको कार्य यहूदी मानिसहरु तर्फ बाट आएको स्वीकारयोग्य भेंटको बलिदानहरुलाई अर्पित गर्नु थियो । येशूको मृत्यु यसकारणले नै महत्वपूर्ण थियो, किनकी, यो पनि परमेश्वरको सामु हाम्रो तर्फबाट अर्पण गरिएको एउटा भेंट थियो। उहाँको मृत्यु, न केवल यहूदिहरुको लागि मात्र तर अन्य कुनै व्यक्तिको पाप र आत्मग्लानिको प्रयाश्चित गर्दछ । पृथ्वीको पापको  जस्तो जकरियाले भविष्यद्वाणी गरे, त्यसै अनुसार एकै दिनमा हटाईएको थियो – त्यस दिन जब उहाँ मर्नु भयो र उहाँले हाम्रो सबै पापहरुको दण्ड तिरिदिनु भयो। आफ्नो मृत्युद्वारा उहाँले एक याजकको रूपमा सबै शर्तहरुलाई पूर्ण गरिदिनु भयो, जब कि उहाँलाई धेरैजसो ‘ख्रीष्ट’ वा  राजाको नाउँले चिन्न थियो। त्यस पश्चात् आफ्नो पुनरुत्थान मा, उहाँले मृत्यु माथि आफ्नो सामर्थ्य र अधिकारलाई देखाउनु भयो। उहाँले यी दुवै भूमिकाहरुलाई एकीकृत गरि दिनु भयो। शाखा, उहाँ नै हुनुहुन्छ, जसलाई निकै पहिला देखि नै ‘ख्रीष्ट’, याजकीय-राजा भनि पुकारा गरिएको थियो। र यसै  नाउँको  भविष्यद्वाणी जकरिया द्वारा उहाँको जन्म भन्दा 500 वर्ष पहिला भइ सकेको थियो।

भविष्यद्वाणी आधारित प्रमाण

उहाँको दिनहरुमा, आज दिनहरु जस्तै, येशूले आलोचकहरुको सामना गर्नु पर्यो, जसले उहाँको अधिकार माथि प्रश्न गरे। उहाँको उत्तरले भविष्यद्वक्तहरुको तर्फ संकेत गर्द थियो, जो उहाँ भन्दा पहिला आएका थिए,जसले यो दावा गरेका थिए, कि उनीहरुले ऊहाँको जीवनलाई पहिला बाट नै देखिसकेका थिए। यहाँ एउटा उदाहरण दिएको छ, जसमा येशूले उहाँको विरोधमा हुनेहरुलाई यसरी उतर दिनु भयो:

… विषयमा गवाही दिने, ती नै धर्मशास्‍त्र हुन्.. (यूहन्‍ना 5:39)

अर्को शब्दमा, येशूले दावा गर्नु भयो कि पुरानो करारमा धेरै आघि बाट नै उहाँको जीवनको बारेमा भविष्यद्वाणी गरिएको थियो। किनकि मानवीय सहज ज्ञानले  हजार वर्षको भविष्यलाई पूर्वकथित बनाउन सक्दैन, त्यसैले, येशूले भन्नुभयो कि यहि नै त्यो प्रमाण हो जसले यो पुष्टि गर्छ कि वास्तवमा उहाँ मानिस जातिको परमेश्वरको योजनाको अनुसार आउनु भएको थियो। आज पनि हाम्रो लागि यी सब कुराहरु पुष्टि गर्नको लागि पुरानो करार उपलब्ध छ।

अहिले सम्म जे पनि पुरानो करारको भविष्यद्वक्ताहरुले भनेका थिए, आउनुहोस त्यी सबैलाई सारंशित गरौं। येशूको आगमनको संकेत मानवीय इतिहासको आरम्भ मा नै दिएको थियो। तब अब्राहमले त्यस स्थानको भविष्यद्वाणी गरे कि येशूको बलिदान कहाँ निर हुनेछ, जब कि निस्तार चाडको वर्षको दिनको भविष्यद्वाणी गरे। हामीले देख्यौ कि भजनसंग्रह 2 एस्तो भजन हो, जसमा आउने हुने राजाको लागि ख्रीष्ट  नामक पदको  उपयोगको भविष्यद्वाणी गरिएको थियो। यहाँ यस लेखमा हामीले उहाँको वंशको रेखा, उहाँको याजकीय सेवकाई र उहाँको नाउँको भविष्यद्वाणीलाई देखेका छौ। के तपाईले सोच्न सक्नुहुन्छ कि इतिहासमा कोहि यस्तो अरु व्यक्ति छन, जसलाई नासरतको येशूको तुलनामा भन्दा धेरै भविष्यद्वाणी पुरानो करारमा  भविष्यद्वक्ताहरुले यस्तो  सूक्ष्मताले अरुको लागि गरेका छन्?

सांरश : जीवनको वृक्षलाई सबैको लागि प्रस्तावित गरिएको थियो

यो पहिलोको शाखाले कसरी र कुन कुराको भविष्यद्वाणीलाई पूरा गर्नको लागि गरिएको थियो, सावित्री र सत्यवान्को कथालाई प्रकाशित गर्द छ। शुद्ध सावित्री जस्तै, शाखा आफ्नो प्रेमीको लागि मृत्युको सामना गर्दछन। तर पतिको लागि पत्नीको प्रेमको अपेक्षा, यस  शाखा सँग सामर्थी बलिदानात्मक प्रेम छ, जसले आत्मिक पत्नीलाई प्राप्त गर्दछ, जसले सदैको लागि उनलाई मृत्यु देखि बचाईराख्नेछन।

एउटा बरको रुख जस्तै अमर र निरन्तर जिउदो रहने वृक्षको चित्र, बाइबलको अन्तिम अध्यायमा पनि पाइन्छ, जहाँ निर एक पटक फेरी भविष्यको तर्फ हेर्दै,  अर्को ब्रह्माण्डलाई चित्रित गर्दछ, जसमा ‘जीवनको जलको नदी’ बग्दछ, जहाँ

“त्‍यस नदीका किनारमा जीवनको वृक्ष थियो; जसले हरेक महिना बाह्रै किसिमका फलहरू दिइरहन्‍थ्‍यो, त्‍यसका पातहरूचाहिँ जाति-जातिहरूलाई निको पार्नका निम्‍ति थिए।” (प्रकाश 22:2)

यसरी नै, सबै जातिहरुका मानिस – जसमा तपाई पनि सम्मिलित हुनुहुन्छ – दुवै मृत्यु देखि छुटकारा र जीवनको  वृक्षको समृद्धि – जो कि वास्तवमा  अमरत्व पाएको बरको वृक्ष हो – जसलाई अनुभव गर्न आमंत्रित गर्रिएको छ। तर पुरानो करारको ऋषि-भविष्द्वक्तहरुले हाम्रो लागि यो भविष्यद्वाणी गरेका छन कि यसको लागि सबै भन्दा पहिलो “काटने ” शर्त निर्धारित छ , जुन हामीले आगाडी हेर्नेछौ।

एक दृढ़ बर जस्तै वट सावित्री मा: शाखाको चिन्ह

वट-वृक्ष, बरगद वा बरको वृक्ष दक्षिण एशिया आध्यात्मिकतामा केन्द्रिय स्थान राख्द छ र यो भारतको राष्ट्रीय वृक्ष हो। यो यम सँग जोडिएको छ, जुन कि मृत्युको देवता हुन, त्यसैले, यसलाई अक्सर शमशान भूमि निकट लगाइन्छ। यसको पुन: अँकुरित हुने क्षमताको कारण यसको आयु लामो हुन्छ र यो अमरताको प्रतीक हो। एउटा घटना बरको वृक्षको तल भएको थियो, जसमा सावित्री ले आफ्नो मृत पति र राजा सत्यवानलाई जीवन दान दिनको लागि यम सँग मोल भाव गरेकी थिन, ताकि उनलाई एउटा पुत्र प्राप्ति हुन सकोस् – वट पूर्णिमा र वट सावित्रीको वार्षिक उत्सवहरुलाई यसकारण नै स्मरण गरिद्छ।

केहि यसको जस्तै नै एउटा वृतान्त बाइबलको पुरानो करारमा पनि पाइन्छ। त्यहाँ निर एउटा मृत वृक्ष…पुन: जीवन मा फर्किएर आएको…राजाहरुको मृत वंश रेखा बाट एउटा नया पुत्रको प्रतिनिधित्व गर्दछ। यस वृतान्तमा सबैभन्दा ठूलो अन्तर यो हो, यसमा एउटा भविष्य-को-तर्फ हेर्दै भविष्यद्वाणी गरिएको छ र यसलाई सयौं वर्ष देखि विभिन्न भविष्द्वक्ताहरु (ऋषिहरु) द्वारा विकसित गरिएको थियो। यो मिश्रित कथा कसैको  आगमनको भविष्यवाणी गरि रहेको थियो। जुन व्यक्ति ले पहिलो पटक यस कथालाई बताए, त्यी यशैया (750 ईसा पूर्व) थिए, जस माथि अझै अधिक विस्तार उनी पश्चात् आउने वाला ऋषिहरु-भविष्यद्वक्ताहरु ले – मृत वृक्ष बाट निस्किने शाखा  को रूपमा गरे।

यशैया र शाखा

यशैया ऐतिहासिक रूपमा पुष्टि गरिने समयमा रहन्थे, जसलाई तल दिएको समयरेखामा देखिएको छ । यो समयरेखा यहूदियहरुको इतिहास बाट लिएको हो

यशैयालाई ऐतिहासिक समयरेखामा देखिएको छ। उहाँ इस्राएलको दाऊदवंशीय राजाहरुको समयकालमा हुनुहुन्थ्यो।
यशैयालाई ऐतिहासिक समयरेखामा देखिएको छ। उहाँ इस्राएलको दाऊदवंशीय राजाहरुको समयकालमा हुनुहुन्थ्यो।

तपाई हेर्न सक्नु हुन्छ कि यशैयाको पुस्तक दाऊदको राजकीय वंशकाल (1000-600 ईसा पूर्व) को समयमा यरूशलेमदेखि लिएको हो। यशैयाको समय (750 ईसा पूर्व) मा यो वंश र यहूदी साम्राज्य भ्रष्ट भइ सकेको थियो । यशैयाले राजाहरुलाई परमेश्वर र मोशाको दस आज्ञाहरुको भलाई र भावनाहरुको तर्फ फर्की आउने अनुरोध गरे। तर  यशैयालाई यो थाहा थियो कि इस्राएलले पश्चाताप गर्दैन, त्यसैले उनले पहिलेबाट नै यो देखेका थिए कि यो राज्य नष्ट गरिदिने छ र यस राज्यको राजाहरुको शासन पनि समाप्त हुने छ।

उनले यी राजवंशको लागि एउटा प्रतीकको उपयोग गरे, त्यो एउटा ठुलो बरको वृक्षको जस्तै चित्रित गरेको थियो। यो वृक्ष राजा दाऊदको पिता यिशैको जरामा आधारित थियो। यिशैमा आधारित भएको राजाहरुको राजवंश दाऊदको साथ आरम्भ भएको थियो, र उनको उत्तराधिकारी, राजा सलोमन को साथमा अगाडी बढयो, र यस प्रकारले एउटा पश्चात् अर्को राजा आउने द्वारा अगाडी वृद्धि भयो। जस्तै कि तल दिएको चित्रमा चित्रित गरिएको छ, वृक्ष निरन्तर वृद्धि हुदै गयो, जब राजवंशको आउनु हुने पुत्र राज्य गर्न थाले ।

यशैया द्वारा राजवंशको लागि उपयोग गरेको चित्र एउटा ठूलो बरको वृक्ष जस्तै, जसको आफ्नो जरा - यिशै ले वृक्षको ठूटोलाई विस्तार गर्दछ।
यशैया द्वारा राजवंशको लागि उपयोग गरेको चित्र एउटा ठूलो बरको वृक्ष जस्तै, जसको आफ्नो जरा – यिशै ले वृक्षको ठूटोलाई विस्तार गर्दछ।

पहिला एउटा वृक्ष…त्यसको पश्चात् एउटा ठूटो….तत्पश्चात् एउटा शाखा

यशैयाले चेतावनी दिएका थिए कि यस वृक्षलाई शीघ्र नै काट्दै, यसलाई एउटा मृत ठूटोको रूपमा छोडी दिने छन्। यहाँ निर यस्तो दिएको छ कि उनले कसरी यस वृक्षलाई चित्रित गरे जो परिवर्तित हुँदै एउटा ठूटो र शाखाको रहस्य बन्यो:

“यिशैको ठुटाबाट एउटा टुसा निस्‍कनेछ, त्‍यसका जराहरूबाट निस्‍केको हाँगाले फल फलाउनेछ। परमप्रभुका आत्‍मा उहाँमा रहनुहुनेछ- बुद्धि र समझका आत्‍मा, सल्‍लाह र शक्तिका आत्‍मा, ज्ञान र परमप्रभुको भयको आत्‍मा अनि परमप्रभुको भयमा नै-उहाँ प्रसन्‍न हुनुहुनेछ।” (यशैया 11:1-2)

यशैयाले चेतावनी दिएकी राजवंश एक दिन मृत ठूटोको जस्तै हुनेछ
यशैयाले चेतावनी दिएकी राजवंश एक दिन मृत ठूटोको जस्तै हुनेछ

यस ‘वृक्ष’लाई काट्न लगभग 600 ईसा पूर्व, यशैयाको 150 वर्ष पश्चात् घटित भयो, जब बेबीलोनले यरूशलेममा विजय प्राप्त गर्दै, यसका जातिहरु र राजालाई बेबीलोनले तानेर बन्धुवाई बनाए (माथि दिएको समयरेखामा रातो रंगको समयकाल)। यसमा यहूदियहरुको दासत्व आरम्भ भयो – जसमध्य केहि भारतमा निर्वासित भए। यिशै राजा दाऊदको पिता थिए, र त्यसै कारण उनी  दाऊद वंशीय राजवंशको मूल वा  ठूटो थिए। “यिशैको ठूटो” यसैकारण भताभूंग भएको दाऊदको राजवंशको एउटा रूपक थियो। सावित्री र सत्यावान् को कथामा, एउटा राजाको मृत पुत्र- सत्यावान् थिए। भविष्द्वाणीमा राजाहरुको राजवंशको राजकीय रेखाको अन्त एउटा  ठूटोमा गएर मृत्यु हुनेछ र राजवंश स्वयं आफै मर्नेछ।

शाखा: आउने हुने उहाँ को रूपमा एउटा  दाऊदको बुद्धिमानी हो  

यिशैको मृत ठूटोमा डालीको फूट निसक्नु
यिशैको मृत ठूटोमा डालीको फूट निसक्नु

तर भविष्यवाणीले भविष्यमा एउटा बरको वृक्षसंग जोडिएको चित्रलाई राजाहरुको रूप मा काट्ने तुलनामा निकै आगाडी सम्म देखे। जब बरको बिउको जीवन आरम्भ गर्दछ, धेरैजसो त्यसले अन्य वृक्षको ठूटो माथि गर्दछ। ठूटो अकुँरित हुन लागेको बरको वृक्षको पोषण गर्दछ। तर एक पटक जब बरको बिरुवाको स्थापना हुन्छ, तब यसले पोषित गर्ने ठूटो धेरै अधिक वृद्धि हुँदै जान्दछ र निकै लामो समय सम्मको जीवन व्यतीत गर्दछ। यस ठूटोलाई यशैयाले  पहिले बाट नै एउटा नयाँ ठूटोको रूपमा यसको जरा बाट अकुँरित भएको- एउटा शाखाबाट एक पटक वृक्षमा परिवर्तित हुदै गरेको देखेका थिए। यशैयाले यस चित्रको उपयोग गरे र यसको भविष्यद्वाणी गरे कि एक दिन भविष्यमा एउटा ठूटो, जसलाई एउटा शाखा को रूपमा चिनिनेछ, एउटा मृत ठूटोमा प्रगट हुनेछ, ठीक त्यसै गरी जसरी बरको शाखाहरु वृक्षको शाखाहरुमा नै फूँट निकाल्न छन। यस शाखालाई “उहाँ” भनि उद्धृत गरिएको छ, यस प्रकार यशैयाले एउटा विशेष व्यक्तिको कुरा गरेको छन् लागि,जसलाई राजवंशको नष्ट गरिदिए पश्चात् दाऊदको राजकीय रेखामा निस्केर आउने छ। यस व्यक्तिसंग ज्ञान, सामर्थ र यस्तो बुद्धिको यस्तो क्षमता हुनेछ कि मानौ यो परमेश्वरको आत्मा उहाँको माथि बास गरि रहेको छ।

एउटा पोषित गर्ने शाखासँग बरको वृक्ष वृद्धि गर्दै । शीघ्र नै यसको र अधिक शाखाहरु र जराहरु को फूट निस्किन्छ ।
एउटा पोषित गर्ने शाखासँग बरको वृक्ष वृद्धि गर्दै । शीघ्र नै यसको र अधिक शाखाहरु र जराहरु को फूट निस्किन्छ ।

पौराणिक कथाहरुमा बरको वृक्ष धेरै शाताब्दिहरु सम्म अमरताको प्रतीक मानिन्छ। यसको कल्पित जरा अतिरिक्त शाखाहरु बनाउने माटमा वृद्धि हुन्छ। यो दीर्घायुको प्रतीक हो र यस प्रकार ईश्वरीय सृष्टिकर्ताको प्रतिनिधित्व गर्दछ । यशैया  द्वारा 750 ईसा पूर्वमा यस शाखालाई देखेका थिए, जसलाई यसप्रकारको ईश्वरीय गुण हुनेछ र यो राजवंशीय “ठूटो” को लुप्त हुने पश्चात् लामो आयु सम्म जीवित रहनेछ ।

यशैया र शाखा

ऋषि-भविष्यद्वक्ता यशैयाले एउटा मार्ग-सूचक स्तम्भ बनाए, ता कि मानिसले भविष्यमा प्रगट हुने घटनाहरुलाई बुझ्न सकुन। तर यो धरै चिन्हहरु मध्य उनी द्वारा दिइएको एउटा चिन्ह थियो। यर्मिया, यशैया भन्दा 150 वर्ष पूर्व, लगभग 600 ईसा पूर्व मा, तब थिए जब दाऊदको राजवंशलाई उनको आंखाको अगाडी नष्ट गरी दिइएको थियो, उनले यस्तो लेखे:

परमप्रभु भन्‍नुहुन्‍छ: हेर यस्‍ता दिन आउँदैछन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खड़ा गर्नेछु, एक जना राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्‍यही तिनले देशमा गर्नेछन्‌। तिनको समयमा यहूदा बचाइनेछ र इस्राएल सुरक्षितसाथ रहनेछ। जुन नाउँले तिनी कहलाइनेछन्‌ त्‍यो यही हो: परमप्रभु हाम्रा धार्मिकता।”(यर्मिया 23:5-6)

यर्मियाले दाऊदको राजवंशलाई यशायाहको शाखा माथि विस्तार गरे। यो शाखा एउटा राजा पनि हुनेछ। तर यहाँ दाऊद वंशीय पहिलो राजाहरु जस्तै होइन, जसलाई ठूटो जस्तै काटिएको थियो।

शाखा : परमप्रभु हाम्रो धार्मिकता

यस शाखामा भिन्नता उहाँको नाउँमा देख्न सकिन्छ। उहाँ सँग परमेश्वरको मात्र नाउँ (‘यहोवे’ – परमेश्वरको लागि यहूदिहरु द्वारा उपयोग गरिने नाउँ) हुनेछ, यस कारण एउटा बरको वृक्ष जस्तै यस शाखा लाई एउटा आलौकिक चित्र दिएको छ। उहाँ साथै ‘हाम्रो’ (हामी मानिसहरुको) धार्मिकता  पनि हुने।

जब सावित्रीले यमको साथमा आफ्नो पति, सत्यावान्को मृत शरीरको लागि विवाद गरिन, तब त्यो उनको धार्मिकता थिए, जसले उनलाई मृत्यु (यम) को सामना गर्न को लागि सामर्थ्य प्रदान गर्यो। तर, जस्तो कि कुम्भ मेला नामक लेखमा ध्यान दिइएको छ, हाम्रो समस्या हाम्रो भ्रष्टतापाप है, र यस कारण हाम्रो साथ ‘धार्मिकता’ को कमी छ। बाइबलले हामीलाई यो भन्दछ कि त्यसैले हाम्री सँग मृत्युको सामना गर्न को लागि सामर्थ्य थिएन। सत्य यो हो कि कि हामी यसको विरूद्ध असहाय छौं:

…ताकि मृत्‍युद्वारा नै मृत्‍युको शक्ति भएकोलाई, -अर्थात्‌ दियाबलसलाई उहाँले नष्‍ट गरून्- र मृत्‍युको डरले आजीवन बन्‍धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन्‌।” (हिब्रू 2:14ब-15)

बाइबलमा यमलाई शैतानको रूपमा दर्शाएको छ, जो सँग हामी माथि मृत्युको सामर्थ्य प्रदान गरिएको छ। सत्य यो हो कि, ठीक त्यसै नै गरि जसरी यमले सत्यावान् को शरीरको लागि विवाद गरि रहेको थियो, बाइबलको एउटा  स्थानमा शैतानद्वारा एउटा शरीरको माथि विवाद गर्ने वृतान्त लाई उल्लेखित गर्दछ, जब

…प्रधान दूत मिखाएलले पनि मोशाका लाशको विषयमा दियाबलससँग विवाद गर्दा त्‍यसलाई निन्‍दापूर्ण दोष लाउन साहस नगरी “प्रभुले तँलाई हप्‍काऊन्” भनेथे। (यहूदा 1:9)

त्यसैले, जब शैतानसँग सावित्री र सत्यवान् को कथामा यम जस्तै मोशा जस्तो एउटा सज्जन भविष्द्वक्ताको शरीर माथि विवाद गर्ने अधिकार छ, तब त्यस सँग निश्चित रूपले हाम्रो पाप र भ्रष्टताको कारण हामी माथि आउने मृत्यु- माथि पनि अधिकार छ। यहाँ सम्म कि प्रधान स्वर्गदूतले यो सम्म स्वीकार गरे कि केवल प्रभु – सृष्टिकर्ता परमेश्वर – सँग मात्र मृत्युको विषयमा शैतानलाई हप्काउने अधिकार छ। र यहाँ ‘शाखा’ मा एउटा प्रतिज्ञा दिइएको छ कि भविष्यमा प्रभु परमेश्वर हामी मा उहाँको ‘धार्मिकता’ लाई रोप्नु हुन्छ, ता कि हामी मृत्यु माथि विजय प्राप्त गर्न सकौं। तर कसरी? जकरियाले यस विषय माथि अझै अधिक विस्तार गर्दै आगाडीको वृतान्तलाई आउनु हुने शाखा को नाउँ  को भविष्यद्वाणी गर्दै पूरा गर्दछन, जसले सावित्री र सत्यवान्को मृत्यु (यम) माथि विजय प्राप्त गर्दै कथाको समान्तर गर्छ – जसलाई हामीले  अर्को लेखमा हेर्ने छौँ।