कुम्भ मेला महोत्सव: पापको खराब समाचार र हाम्रो शुद्धताको आवश्यकतालाई देखाउद छ

मानवीय इतिहासमा जनसभाको एउटा सबैभन्दा ठूलो रुपमा भेला भएको वर्ष 2013 मा भएको–कुम्भ मेलाको महोत्सव 12 वर्षामा केवल एक पटक मात्र मनाइन्छ। अचम्म हुने गरि 10 करोड़ संख्यामा मानिसहरु 55 दिनहरुको महोत्सव मनाउनको लागि गंगा नदीको किनारामा इलाहाबाद शहरमा पुग्ये, जस मध्य 1 करोड़ ले त गंगाको महोत्सव शुरु भएको पहिलो दिनमै स्नान गरि सकेका थिए।

kumbh mela image
लाखौं संख्यामा कुंभको मेलामा श्रद्धालुहरु

एन.डी.टी.वी. को अनुसार, आयोजकहरु ले फरवरी 15 को स्नानको अन्तिम दिनमा 2 करोड़ मानिसहरु द्वारा स्नान गरेको अनुमान लागेको थियो। म इलाहाबाद आएको छु र म यो कल्पना गर्न सक्दिन कि कसरी यति धेरै मानिसहरु लाखौंको संख्यामा एकदम सित बिना कुनै कामलाई न रोकी त्यहाँ एकत्र हुन् सक्छन। बी. बी. सी. ले रिपोर्ट दियो कि यिनीहरुको दिन-दिनको आवश्यकताहरुको पूर्तिको लागि चिकित्सहरु र शौचालहरु जस्ता वस्तुहरु जुटाउनुको लागि ठूलो प्रयासहरु गरिएको थियो। कुम्भ मेलामा मानिसहरु यति अधिक संख्याले वार्षिक मक्काको लागि हज जाने तीर्थ यात्रिहरुको संख्या जस्तै कि मुसलमानहरुको कुल संख्या – 2012 मा केवल 31 लाख थियो, लाई ठिगना गरि दिएको थियो।

यस कारण किन 10 करोड़ मानिसहरुलाई 120 अरब रूपिया गंगा नदीमा स्नान गर्नको लागि खर्च गर्नु पर्यो? नेपालबाट आउने एक श्रद्धालु ले बी. बी. सी. लाई यस्तो बताए कि

“मैले आफ्नो पपलाई धोएको छु।”

रायटर्स समाचार एजेंसी ले रिपोर्ट दिदछ कि,

77 वर्षको घुमक्कड़ तपस्वी स्वामी शंकरानन्द सरस्वती, जो चिसोमा नाङ्गै खड़ाभई काँपी रहेका थिए, ले यस्तो भनेका छन् कि, “मैले यो र पहिलेको जीवनको आफ्नो सारा पापहरुलाई धोएको छु,”

एन.डी. टी.वी. ले हामीलाई भन्दछ कि

भक्तजन, जसले यो विश्वास गर्दछन् कि पवित्र जलमा डुबकी लगाए पछि उनीहरुको पाप शुद्ध हुँदछ,

विगत वर्ष 2001 को महोत्सवमा मैले बी.बी.सी. को द्वारा तेतिबेला भएको साक्षात्कारमा ध्यान दिएको थियो तीर्थ यात्री मोहन शर्मा ले यसो भनेका थिए कि “जुन पापहरुलाई हामीले उत्पन्न गरेको छौ त्यी पापहरु यहाँ धोइन्छन्।”

‘पाप’ को विश्वव्यापी भावना

अर्को शब्दमा, लाखौं मानिसहरुले धनको खर्च गर्ने छन्, भीड़ले भरीएको ट्रेनहरुमा यात्रा गर्ने छन्, भीड़भाड़ भएको परिस्थितिहरुको सामना गर्ने छन् र आफ्नो पापहरु ‘धुनको लागि’ गंगा नदीमा गएर स्नान गर्ने छन्। हामीले यो देख्न भन्दा पहिला कि यी श्रद्धालुले के गरि रहेको छन्, आउनुहोस् हामीले त्यो समस्यामा ध्यान दिउ जो कि उनीहरुको आफ्नो स्वयंको जीवनमा जान्दछन् – जुन पाप हो।

श्री सत्य साईं बाबा असल ‘गलत’

आउनुहोस् यसको अध्ययनमा हिन्दी गुरू श्री सत्य साईं बाबाको उपदेशहरुलाई हेरौ, जसको सोच मैले सोच्छु कि सराहनीय छ। म यसलाई तल लेखिदिन्छु। जब तपाईंले यसलाई पढ्नु हुन्छ तपाईं स्वयं आफैसँग यो सोध्नुहोस्, “के यस्तो कुनै नैतिक उपदेश छ जसको सहाराले जीवन यापन गर्न सकिन्छ? के मैले यिनीहरु अनुसार जीवन यापन गर्नु पर्दछ?”

“अरु धर्म के हो (हाम्रो नैतिक कर्तव्य)? जुन तपाईंले उपदेशद्वारा दिनु हुन्छ त्यसलाई अभ्यासमा ल्याउने, जुन तपाईंले भन्नु हुन्छ त्यसलाई भने अनुसार त्यस्तै नै गर्नु हो, उपदेशलाई मान्दै र यसलाई अभ्यासमा ल्याउदै। असल कर्महरुको कमाउन, धर्मको लोभ गर्नु; परमेश्वरको भयमा जीवन यापन गर्नु, परमेश्वरसम्म पुग्नलाई जीवन यापन गर्नु: यही धर्म हो “सत्य साईं बाबाले भन्दछन 4, पृ. 339.

“वास्तवमा तपाईंको कर्तव्य के हो?….

  • सबै भन्दा पहिले आफ्नो आमा-बुआ लाई प्रेम र आदर र कृतज्ञताको साथ सेवा गर्नु।
  • दोस्रो, सत्य बोलनु र असल कामहरुलाई व्यवहारमा ल्याउनु।
  • तेस्रो, जबपनि आफुसँग केहि समय छ भने, तब प्रभुको नाउँ- तपाईंको मनमा जुनै पनि रुपमा छ, दोहोराई रहनु हो।
  • चौथो, अरुको बारेमा नराम्रो बोलनुमा लिप्त नहुनु वा अरुको कमजोरिहरुलाई खोजी गर्ने प्रयास नगर्नु।
  • र अन्तिममा, कुनै पनि रुपमा अरुलाई दुख नपुराउनु” सत्य साईं बाबाले भन्दछन 4, पृ. 348-349.

“जसले आफ्नो घमण्डलाई आफ्नो अधीनमा राख्दछ, आफ्नो स्वार्थमय इच्छाहरुमा जय प्राप्त गर्दछ, अफ्नो अमानवीय भावनाहरु र आवेगशीललाई नष्ट गर्दछ, र आफ्नो शरीरलाई प्रेम गर्ने स्वाभाविक प्रवृत्तिलाई दबाउद छ, ऊ निश्चिय नै धर्मको पथमा अग्रसर छ” धर्म वाहिनी, पृ. 4

जब मैले यसलाई पढे तब मैले यो पाए कि यी उपदेश अनुसार मैले जीवन यापन – केवल एक साधारण नैतिक कर्तव्यको रुपमा गर्नु पर्दछ। तर के तपाईंले वास्तवमा यिनीहरुक माथि जीवन यापन गरिरहेको हुनुहुन्छ? के तपाईंले (र मैले) कहिले यिनीहरुको प्रति सोचेका छौ? त्यस समयमा के हुनेछ यदि यो उपदेशहरुको पालन गर्नमा चूक भयो भने र यो कुराको अनुसार जीवन यापन गर्नु सकेन भने। सत्य साईं बाबाले यस प्रश्नको उत्तर निम्न तरीका ले उपदेश दिदै भन्दछन कि

“सामान्य रूपमा, म मीठो बोलदछु, तर अनुशासनको विषयमा, म कुनै पनि तरिकाले कुनै सुविधालाई दिन स्वीकार गर्दिन… म कठोर अनुशासनको माथि जोर दिनेछु। म कुनै पनि तरिकाले तपाईंको स्तर अनुरूप कठोरतालाई कम गर्ने छैन,” सत्य साईंले भन्दछन 2, पृ. 186.

कठोरताको स्तर ठीक हो– यदि तपाईं सधै शर्तहरुलाई पूरा गर्नु हुन्छ। तर यदि तपाईंले यसलाई पूरा गर्नु हुन्न भने? तब यही त्यो स्थान हो जहाँ “पाप” को अवधारणा आउदछ। जब म नैतिक लक्ष्यलाई पूरा गर्न बाट चूकदछु, वा जसलाई म जान्दछु कि यसलाई मैले पूरा गर्न पर्दछ, जसलाई पुरा गर्नमा म असफल हुँदछु तब मैले पाप गर्दछु र म एक पापी हूँ। कसैले कहिले पनि यो सुन्न मन पराउदैन् कि ऊ एउटा ‘पापी’ हो– यो एउटा यस्तो कुरा हो जसले तपाईंलाई असहज र दोषी ठहराउद्छ, र साँचो यो हो कि हामी धेरै मानसिक र भावनात्मक ऊर्जालाई यस विचारहरु र युक्तिसंगत तरीका बाट हटाई दिने प्रयासमा खर्च गर्दछौं। सायद हामी सत्य साईं बाबा बाहेक कोहि अन्य शिक्षक तर्फ हेर्न थाल्दछौं, तर यदि ऊ एउटा ‘असल’ शिक्षक हो भने, उसको नैतिक उपदेश धेरै अधिकमा– पालन गर्नको लागि कठोरताले भरिएको हुनेछ।

बाइबल (वेद पुस्तक) ले भन्दछ कि हामी सबै पापको भावलाई महसूस गर्दछौं, चाहे हामी कुनै पनि धर्मको किन न हौ वा हाम्रो शिक्षाको स्तर कुनै पनि किन न होस् किनकी पापको यो भाव हाम्रो विवेक बाट आउदछ। वेद पुस्तक ले यसलाई यसरी व्यक्त गर्दछ

किनकी व्यवस्था नहुने अन्यजातिहरु (अर्थात् गैर-यहूदी) स्वभावैले व्यवस्थाअनुसार (बाइबलमा दिएको दस आज्ञाहरु) काम गर्दछन भने, तिनीहरुको व्यवस्था नभएता पनि तिनीहरु आफ्नों निम्ति आफै व्यवस्था हुन्छन्। व्यवस्थाले चाहेका कुराहरु आफ्नो हृदयमा लेखिएका तिनीहरु देखाउँछन् र तिनीहरुको आफ्नै विवेकले पनि गवाही दिन्छ र तिनीहरुका विचारहरुले कहिले तिनीहरुलाई दोष्याउँछन्, र कहिले समर्थन गर्छन (रोमियों 2:14-15)।

यस प्रकार लाखौं को संख्यामा तीर्थ यात्रीहरुले आफ्नो पापलाई महसूस गर्दछन। ठीक यस्तो प्रकारले जसरी वेद पुस्तक (बाइबल)ले भन्दछ

किनकी सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।

प्रतासना मंत्र मा पाप व्यक्त

यसको धारणा प्रसिद्ध प्रर्था स्नान (वा प्रतासना) मंत्र मा व्यक्त गरिएको छ जसलाई मैले तल लेखिदिएको छु

म एक पापी हूँ। म पापको परिणाम हूँ। म पापमा उत्पन्न भए। मेरो प्राण पापको अधीनमा छ। म सबभन्दा ठुलो पापी हूँ। हे प्रभु जोसँग सुन्दर आँखा छ, मलाई बचाउनु होस, बलिदान दिने प्रभु।

सुसमाचारले हाम्रो पपलाई “धोइ दिन्छ”

सुसमाचारले ठीक त्यही विषयलाई सम्बोधित गर्दछ जसको समाधान यो समर्पित तीर्थयात्रीले खोजी रहेका छन् – कि ‘उनिहरुका पाप धोइदियोस।’ यसले उनिहरुलाई एउटा यस्तो प्रतिज्ञा दिदछ जसले आफ्नो ‘वस्त्रहरू’ (अर्थात् उनीहरुको आफ्नो नैतिक कार्यहरु) लाई धोइदिन्छ। यसको आशीष स्वर्ग (‘त्यस शहर’) को एउटा अमरत्व (जीवनको वृक्ष) सँग छ।

“जीवनका वृक्षको हक पाउनु र शहरका ढोकाहरुबाट भित्र पस्न पाऊँ भनी आफ्ना वस्त्र धुनेहरु धन्यको हुन्” (प्रकाश 22:14)।

कुम्भको मेलाको महोत्सवले हामीलाई हाम्रो पापको वास्तविकताको ‘खराब समाचार’ लाई देखाउद छ, र यसले यस प्रकारले हामीलाई हाम्रो शुद्धता पाउनको लागि सचेत हुनु पर्दछ। चाहे यसमा केवल एउटा सदूर संभावना नै देखिए ता पनि सुसमाचारको यो प्रतिज्ञा एक सत्य हो, किनकी यो निकै नै महत्वपूर्ण छ, यो निश्चिय नै अधिक गहन रूपमा जाँच गर्नको लागि लाभदायी छ।

यदि तपाईं अनन्त जीवन पाउनको लागि रूचि राख्नु हुन्छ भने, यदि तपाईं पापबाट स्वतन्त्रता पाउने इच्छा राख्नु हुन्छ भने तब यिनी कुराहरुलाई अध्ययन गर्न अति नै बुद्धिमानी हुने छ कि प्रजापति (वा यहोवा) को बारेमा के प्रगट भएको छ र कसरी र किन उहाँले हाम्रो लागि आफु स्वयंलाई बलिदान दिनु भयो ताकि हामीले स्वर्गलाई प्राप्त गर्न सकौ। र वेदले हामीलाई दोधारमा नै नछोडी दिओस। ऋग्वेद पुरूषासूक्ता छ जसले प्रजापतिको देहधारण र उनकोद्वारा हाम्रो लागि बलिदान दिएको व्यख्या गर्दछन। यहाँ निर पुरूषासूक्ताको परिचय लाई जान्नको लागि क्लिक (गर्नुहोस्) जसरी बाइबल (वेद पुस्तक) येशू सत्संग (नासरतको येशू) र तपाईंको लागि मोक्ष वा मुक्ति (अमरत्व) लाई लिनको लागि बलिदान को व्यख्या गर्दछ त्यस्तै नै पुरूषको विवरण दिदछ।