जीवनको सन्तुष्टिको खोजीमा काव्यात्मक ज्ञान

सुलेमान, एउटा प्राचिन राजा आफ्नो ज्ञानको लागि प्रसिद्ध छन, जसले लगभग 950 ईसा पूर्व मा धरै कविताहरुलाई लेखे जुन बाइबलको पुराने नियमको भाग हो। जीवनको सन्तुष्टि प्राप्त गर्नको लागि जे पनि उनले गरे उनले त्यसलाई उपदेशक  नामक पुस्तकले वर्णित गर्दछ। उनी लेख्दछन:

“मैंले आफ्नो मनमा विचार गरे, ‘आऊ, ‘अब असल कुरोचाहिँ के हो भनी पत्ता लाउन म सुख-विलाससित तिम्रो जाँच गर्नेछु।‘…. दाखमद्य पिएर तथा मूर्खतालाई अँगालेर मैले आफैलाई प्रफुल्‍ल तुल्‍याउन कोशिश गरें– मेरो मनले अझै मलाई बुद्धिद्वारा डोर्‍याउँदैथियो; आकाशमुनि यस छोटो जीवनमा मानिसहरूका निम्‍ति असल काम के हो सो जान्‍न भनी मैले इच्‍छा गरें।

मैले ठूला योजनाहरू थालें; मैले मेरो निम्‍ति घरहरू बनाएँ। मैले दाखको खेत स्‍थापना गरें, मैले बगैँचाहरू र उद्यानहरू बनाएँ र तिनमा सबै प्रकारका फलफूलका रूखहरू रोपें, लहलह बढ्‌दैगरेका वृक्षहरूका उद्यानहरूलाई सिँचाइ गर्न मैले पानीका ठूला-ठूला जलाशयहरू बनाएँ, मैले कमाराकमारीहरू किनें र मेरो घरमा जन्‍मेका अरू कमारा-कमारी पनि थिए। मअघि यरूशलेममा हुने अरू कुनैका पनि मेरा भन्‍दा धेरै गाईबस्‍तुका बथान र भेड़ाबाख्राहरूका बगाल थिएनन्‌।
मैले मेरो निम्‍ति सुन र चाँदी तथा राजाहरू र देश-देशबाट धन-सम्‍पत्ति थुपारें; मैले गायक र गायिकाहरू र एउटा स्‍त्रीगृह पनि मानिसका हृदयको मनोरञ्‍जनको निम्‍ति प्राप्‍त गरें, यरूशलेममा मेरो अघिका सबैभन्‍दा म धेरै महान्‌ भएँ। यी सबैमा मेरो बुद्धि मसँगै रह्यो, मेरा आँखाले अभिलाषा गरेको केही प्राप्‍त गर्न मैले आफैलाई इन्‍कार गरिनँ, कुनै सुख-विलास मेरो हृदयलाई मैले इन्‍कार गरिनँ। मेरा सारा कामहरूमा मेरो हृदय आनन्‍दित भयो, र योचाहिँ मेरा सबै परिश्रमको फल थियो।” (उपदेशक 2:1-10)

धन, प्रसिद्धी, बुद्धि, ठुलो ठुलो काम, स्त्रिहरु, आमोद-प्रमोद, राज्य, जीविकाको लागि जीवनवृति, दाखमध इत्यादि…सुलेमानले यी सबैलाई पाए –र यसलाई कुनै पनि अन्य व्यक्ति ले आफ्नो र हाम्रो दिनहरु बाट अधिकले पाए। आइंस्टीनको तीव्रबुद्धि, चौधरी ग्रुप वा पूर्व राजा ज्ञानेन्द्रको  धन, नेपाली फिल्मी हीरो राजेश हमाल को  सामजिक/यौन सम्बन्धी जीवन, राजकीय वंशवलीसंग सम्बन्धित हुनुको गुण, ठीक त्यसतै नै जसरी  कि बिट्रेनको राजकीय परिवारमा राजकुमार विलियमको साथ छन – यो सबै एक साथ मिलेर त्यसमा पाईद थियो । यस्तो संयोजनलाई कसले पराजित गर्न सक्छ ? तपाई सोच्नु हुन्छ होला कि उनले त सबै मानिस मध्य एक्लै नै सन्तुष्टिलाई पाए होलान्।

उनी द्वारा लेखिएको कविताहरुको एउटा संग्रह, श्रेष्ठगीतमा, जुन बाइबलमा नै पाईद छ, त्यो उनी द्वारा गरिएको कामुकताले भरिएको, गर्मीले भरिएको प्रेम सम्बन्धलाई वर्णित गर्दछ – यस्तो प्रसंग जसले आफ्नो संभावना जीवन-पर्यन्त सन्तुष्टिलाई सबभन्दा अधिक प्रदान गर्न को लागि जन्निछ । पूर्ण कविता यहाँ तल दिएको छ। तर  यहाँ निर त्यस कविताको त्यो भाग दिइएको छ जसमा उनको र उनको प्रेमिकाको मध्यमा प्रेम हुदै गरेको अदला-बदली दिएको छ।

वर

9हे मेरी प्‍यारी, मैले तिमीलाई

फारोको रथकी राम्री घोड़ीसित तुलना गरेको छु।
10कानमा लगाउने लुर्कनले तिम्रा गाला र

सुनको सिक्रीले सजिएको तिम्रो घाँटी

कति राम्रा छन्‌।
11हामीले तिम्रो लागि चाँदीको जलप लाएका

सुनका लुर्कन बनाउनेछौं।

वधू

12महाराजा आफ्‍नो टेबिलमा बस्‍नुहुँदा,

मेरो अत्तरले आफ्‍नो बास्‍ना फिँजायो।
13मेरा प्रेमी मेरो छातीमा झुण्‍डिने  मूर्रले भरिएको

थैलीजस्‍तै मलाई लाग्‍छ।
14मलाई मेरा प्रेमी एन-गदीका दाखबारीका

फुलेको मेहदीको झुप्‍पाझैँ लाग्‍छ।

वर

15हे मेरी प्‍यारी, तिमी कत्ति सुन्‍दरी छ्यौ!

हो, कत्ति सुन्‍दरी!  तिम्रा आँखाहरू ढुकुरजस्‍ता छन्‌।

 

वधू

16हे मेरा प्रेमी, तपाईं असाध्‍यै सुन्‍दर हुनुहुन्‍छ!

हो, कत्ति सुन्‍दर!  र हाम्रो ओछ्यान हरियाली छ।

वर

17हाम्रो घरका दलिनहरू देवदारुका छन्‌,

र छाना सल्‍लाका हुन्‌।  म त शारोनको गुलाफ

वधू

3वनमा भएका रूखहरूमध्‍ये स्‍याउको रूखजस्‍तै

पुरुषहरूका बीचमा मेरा प्रेमी हुनुहुन्‍छ।

त्‍यस छहारीमा म बड़ो आनन्‍दले बस्‍छु

अनि उहाँको फलको स्‍वाद मलाई साह्रै मीठो लाग्‍छ।
4उहाँले मलाई भोजको गृहमा लानुभएको छ,

र ममाथि भएको उहाँको झन्‍डा प्रेम हो।
5मलाई सजीव पार्न किसमिसको परिकार दिनुहोस्‌,

स्‍याउले मलाई ताजा बनाउनुहोस्‌  किनभने म प्रेमले शिथिल भएकी छु।
6उहाँको देब्रे हात मेरो शिरमुनि छ,

र उहाँको दाहिने हातले मलाई अँगालो हालेको छ।
7यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्छु,

मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा:

आफूले नचाहेसम्‍म प्रेमलाई नउठाओ वा नजगाओ।। (श्रेष्ठगीत 1:9-2:7)

लगभग 3000 वर्ष पुरानो, यस कवितामा बालीवुडको सर्वोत्तम प्रेम सम्बन्धी फिल्महरुको तीव्र रोमांस मिलद छ। वास्तवमा बाइबलले यो वर्णित गर्दछ कि उनले आफ्नो आपार धनले आफ्नो लाई 700 पटरानिहरुलाई प्राप्त अरे! यो बालीवुड वा हालीवुडको सबै भन्दा सफल प्रेमिहरु मध्य निकै अधिक छ। त्यसैले तपाई सोच्नु  हुन्छ होला कि यस सबै किसिमको प्रेमलाई पाएर उनी सन्तुष्टि भए होलान्। तर फेरि पनि यी सबै किसिमको प्रेमको, सबै किसिमको धनको, सबै किसिमको प्रसिद्धिको तर्फ  ज्ञान भएता पनि – उनी यो निष्कर्ष निकाल्द छन:

“उपदेशकको यो वचन हो कि, “व्‍यर्थ नै व्‍यर्थ, पूर्ण रूपमा व्‍यर्थ! सबै व्‍यर्थ हुन्‌’’… आकाशमुनि जे-जे गरिन्‍छन्‌ ती सबै ज्ञानद्वारा अध्‍ययन र अनुसन्‍धान गर्न मैले आफ्‍नो मनमा निश्‍चय गरें। कति ठूलो अभिभारा परमेश्‍वरले मानिसहरूमाथि राखिदिनुभएको छ! सूर्यमुनि गरिएका सबै काम मैले देखेको छु। ती सबै व्‍यर्थ हुन्‌, बतासलाई खेदेको जस्‍तो मात्र।” (उपदेशक 1:1-14)

“…तापनि मेरा हातहरूले गरेका सबै कार्यहरू र प्राप्‍त गर्नलाई मैले परिश्रम गरेका सबै कुरा जब मैले निरीक्षण गरें, तब प्रत्‍येक कुरा व्‍यर्थ थियो। बतासलाई खेदेको जस्‍तो मात्र रहेछ। सूर्यमुनि केही उपलब्‍धि भएन… . तब सूर्यमुनि गरेका मेरा सबै परिश्रम र मेहनतलाई सम्‍झेर म स्‍वयम्‌ निराश भएँ… यो पनि व्‍यर्थ, र ठूलो दुर्भाग्‍य हो।  सूर्यमुनि आफैले गरेका सबै मेहनत र चिन्‍तासहितको परिश्रमबाट मानिसले के पाउँछ र? “त्‍यो पनि व्‍यर्थै हो।”  (उपदेशक 2:11-23)

उनिद्वारा दर्शाइएको आमोद-प्रमोद, धन, कार्य, जीवनवृति, रोमांटिक प्रेमको प्रतिज्ञा अन्तमा सन्तुष्टी प्रदान गर्दछ, एउटा छल मात्र थियो। तर ठीक यही त्यो सन्देश जसलाई आज तपाई र म सुन्दछौ कि यही नै सन्तुष्टिको निश्चित मार्ग हो। सलोमनको कविताले हामीलाई पहिलाई बाट बताएको छ कि उनी यिनी तरीकाहरुको माध्यम बाट सन्तुष्टिलाई प्राप्त गर्न सक्दैन थिए।

सलोमन आफ्नो कवितामा जीवनको जस्तै मृत्युको विषय माथि पनि चिन्तन प्रगट गर्दछ:

मानिसको भाग्‍य पशुको झैँ हुन्‍छ। ती दुवैको एउटै दशाले प्रतीक्षा गरिरहन्‍छ। एउटा जसरी मर्छ, अर्को पनि त्‍यसरी नै मर्छ। सबैको एउटै सास हुन्‍छ। मानिसहरूको पशुभन्‍दा बढ़ी सुविधा हुँदैन। हरेक कुरा व्‍यर्थ हो;

सबै एउटै ठाउँमा जान्‍छन्‌, किनभने सबै धूलोबाट आएका हुन्‌ र सबै धूलोमा फर्किजान्‍छन्‌;
मानिसको आत्‍माचाहिँ उँभोतिर र पशुको तल माटोमा जान्‍छ भनी कसले जान्‍दछ र?” (उपदेशक 3:19-21)

किनभने धर्मात्‍मा र दुष्‍ट, असल र खराब, शुद्ध र अशुद्ध, बलि चढ़ाउनेहरू र बलि नचढ़ाउनेहरू सबै सामान्‍य अन्‍त्‍यका साझेदार हुन्‍छन्‌। असल मानिसलाई झैँ पापीलाई पनि हुन्‍छ। शपथ खानेहरूलाई झैँ शपथ खान डराउने मानिसहरूलाई पनि हुन्‍छ; सूर्यमुनि हुने प्रत्‍येक काममा दुष्‍टता छ। सबैलाई एकै अन्‍त्‍य आइपर्छ। मानिसहरूका हृदय दुष्‍टताले भरिएका हुन्‍छन्‌, र तिनीहरूका जीवनकालभरि नै तिनीहरूका हृदय पागलपनाले भरिन्‍छन्‌, अनि त्‍यसपछि तिनीहरू मरेकाहरूसँग मिल्‍नजान्‍छन्‌; बाँचिरहनेहरूका साथमा हुनेसँग आशा हुन्‍छ। जिउँदो कुकुरको स्‍थिति मरेको सिंहको भन्‍दा असल हो; किनभने हामीहरू मर्नेछौं भनी जीवितहरूले जान्‍दछन्‌, तर मरेकाहरूले त केही पनि जान्‍दैनन्‌। तिनीहरूका निम्‍ति केही प्रतिफल हुँदैन। तिनीहरूको सम्‍झना पनि लोप हुन्‍छ। (उपदेशक 9:2-5)

किन बाइबल, एउटा पवित्र पुस्तक, सम्पन्नता र प्रेमको प्राप्तिको बारेमा कविताहरुलाई वर्णित गर्दछ – किनकी यो ठीक त्यहि कुराहरु हो जसलाई हामी पवित्रतासंग संबद्ध गर्दैनौ?हामी मध्य अधिकांशले यो अपेक्षा गर्दछौ कि पवित्र पुस्तकले जीवन यापन गर्नको लागि तपस्या, धर्म र नौतिक विचारधाराहरुको विचार विर्मश गरोस् । र किन सलोमन बाइबलमा मृत्युको लागि यसरी अन्तिम र निराशावादी तरीकले लेख्दछन?

सलोमन द्वारा लिइएको मार्ग लाई, जसमा सामान्यत: संसारको सबै कुराहरुको  प्राप्तको प्रयास गरिएको छ, स्वयंको लागि जीवन जिउनु थियो, जीवनको अर्थ, आमोद-प्रमोद वा आदर्श कुनै पनि वस्तुलाई पाउनको लागि कुनै कुरालाई चुन्नु थियो। तर यसको अन्त सलोमनको लागि राम्रो थिएन – सन्तुष्टि अस्थाई र छलले भरिएको थियो। उनले बाइबलमा दिएको कविताहरु एउटा ठुलो चेतावनीको रूपमा  रहेको छ –“त्यसमा नजाऊ – त्यसले तपाइलाई निराश गर्नेछ!” किनकी लगभग हामी मध्य सबै त्यही मार्गमा हिड्ने कोशिश गर्नेछौ जसमा सलोमन हिडे त्यसैले यदि हामीले उनको सुन्छौ भने हामी बुद्धिमान हौ।

सुसमाचार –सलोमनको कविताहरुको उत्तर

येशू ख्रीष्ट (येशू सत्संग) यधपि बाइबलमा लेखिएको सबैभन्दा परिचित व्यक्ति हुनुहुन्छ। उहाँले पनि जीवनको बारेमा यस कथनलाई भनेका छन। वास्तवमा उनले भने:

“…म त तिनीहरूले जीवन पाऊन्‌, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ” (यूहन्ना 10:10)

“हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”(मत्ती 11:28-30)

जब येशू यो भन्नुहुन्छ कि सलोमन द्वारा आफ्नो कविताहरुमा लेखिएको निरर्थकता र निराशाको लागि उत्तर दिन्छ।हुन सक्छ, यधपि, यहाँ निर सलोमनको पथ-को-अन्तको लागि एउटा उत्तर हो। समग्रमा, सुसमाचारको शाब्दिक अर्थ नै ‘शुभ सन्देश’ हो । के सुसमाचार वास्तवमा शुभ सन्देश हो? यसको उत्तर पाउनको लागि हामीसंग सुसमाचार द्वारा दिइएको समझ हुनु आवश्यकता छ। यसको साथमा हामी एउटा नासमझ आलोचक बनि बिना सुसमाचार दावाको जाँच गर्दै– सुसमाचारको बारेमा तर्किक रूपले सोच्नु आवश्यता छ।

जब म आफ्नो कहानीलाई यहाँ निर सांझा गर्छु,तब मैले यसको लागि यो यात्रा गरिएको हो।यस बैबसाईट मा दिएको लेख यसकारण हो कि तपाई स्वयं आफ्नो लागि सुसमाचारको शुभ सन्देशको खोजी गर्नुहोस।

मोक्ष प्राप्ति—कर्मबाट स्वतन्त्रता प्राप्त गर्नु

कर्म, गुरुत्वाकर्षण जस्तै, एउटा व्यवस्था हो जुनचाँहि तपार्इँ र ममाथि कार्यरत छ । कर्मले धेरैओटा अर्थ दिनसक्छ तर यसको आधारभूत मर्मलाई हामीद्धारा सम्पन्न भएको कामले जनाउँदछ अनि धार्मिक कार्यको लाभ र दुष्ट कामको दण्ड हाम्रो प्राणसँग जोडिएको छ । हाम्रो कार्यव्यवहार पूर्णरूपले धार्मिक नभएको खण्डमा हामीले दण्ड भोग्नुपर्छ अनि फेरि त्यो दण्ड नभोगेमा हामी बन्धनमा पर्छौँ ।

हामी सबैजना स्वभाविकरूपमा कुनै न कुनै तरिकाले यसलाई अनुभगर्छौ । अनि हाम्रो ज्ञान र बुद्धिद्धारा संगठित कर्महरूसँग संगत वा कार्यव्यवहार गर्न धेरै तरीकाहरू आविष्कार गरेकाछौँ । यहाँ एउटा कर्ममार्ग (कामको बाटो) छ जहाँ हामी भलाईको कामको लागि कठोर मेहनत गर्छौँ । धेरै मन्त्र तथा पूजाहरू छन् जसको उच्चारण गरिन्छ । साथै धेरै पर्वहरू तथा पवित्र स्नान कर्महरू छन् , जस्तै कुम्भमेला पर्व। जसमा सहभागी हुने गरिन्छ । यी सबै मार्गहरू कठिन छन् अनि हाम्रा प्रयासहरू पर्याप्त भएका छन् भनेर हामी कहिल्यै पनि निश्चित हुदैनौँ । के हाम्रा कर्महरूका पछाडिको अभिप्रायहरू असल थिए? के ती असल कामहरूका संख्याको मात्रा पर्याप्त थिए? यसमा हामी कहिल्यै पनि निश्चित छैनौँ । अनि, गुरुत्वाकर्षण जस्तै, हामी पनि कर्मसँगै रहिरहन्छौँ र मोक्ष प्राप्त गर्न अनि स्वतन्त्रता प्राप्त गर्नको लागि हामी असक्षम छौँ । यसकारण, मानिसहरू पूजा गर्नुभन्दा अगाडि प्ररथास्नाना (वा प्रतासना) मंत्र (“म एक पापी हुँ । म पापको परिणाम हुँ । म पापमा जन्मिएको हुँ। । मेरो प्राण पापको अधिनमा छ । म सबभन्दा खत्तम पापी हुँ । हे प्रभु जसको आखा सुन्दर छ, मेरो लागि बलिदान दिने हे प्रभु, मलार्इँ बचाउनुहोस्।”) को उच्चारण गर्छन् ।

प्रजापति/यहोवा : यस्तो परमेश्वर जो बलिदानको प्रबन्ध गर्नुहुन्छ

यसकारण यो “बलिदानको प्रभु को हुनुहुन्छ?” अनि उहाँले हामीलाई कसरी यो कामको व्यवस्थाबाट बचाउन सक्नुहुन्छ? सबभन्दा प्राचीन वेदको लेखमा, परमेश्वर जो सारा सृष्टिको प्रभु हुनुहुन्थ्यो—उहाँले यो ब्रह्माण्डलाई बनाउनु तथा नियन्त्रण गर्नुभयो —उहाँलाई नै प्रजापति भनियो । उहाँ प्रजापति हुनुहुन्छ जसद्धारा सबै कुराहरू अस्तित्वमा आए ।

ऋग्वेद लेखिएको समयकै आसपासको समयमा, लगभग १५०० ईसा पूर्वमा, पृथ्वीको अर्को भाग जसलाई आजभोली मध्यपूर्व द्वीप भनी भनिन्छ—त्यहाँ पवित्र शास्त्रको अर्को भाग लेखिदै थियो । वेद पुस्तक (बाइबल) को यी प्रारम्भिक हिब्रू भागलाई तोरह को रूपमा चिनिन्छ । तोरह यो घोषणा गर्दै सुरु हुन्छ कि एक परमेश्वर हुनुहुन्छ जोचाहिँ पूरै ब्रह्माण्डको सृष्टिकर्ता हुनुहुन्छ । मूल हिब्रू भाषाको पुस्तकमा परमेश्वरलाई या त इलोहीम या त यहोवा भनियो, अनि यी नामहरूलाई हिब्रू भाषाको पुस्तकमा एक अर्काको स्थानमा प्रयोग गरिन्छ । यसप्रकारले, ऋग्वेदमा भएको प्रजापति जस्तै, तोरहमा भएका यहोवा वा इलोहीम पनि सबै सृष्टिको प्रभु हुनुहुन्थ्यो (हुनुहुन्छ) ।

तोरहको सुरुमा, अब्राहाम नामक ऋषिसँगको उल्लेखनीय जम्काभेटमा यहोवाले आफैलाई ‘जुटाउनुहुने’ परमेश्वरको रूपमा प्रकट गर्नुहुन्छ । हामी यस जम्काभेटको बारेमा अझ विस्तृतरूपमा पछि हेर्नेछौँ । यो समयमा, म यहोवा जसले जुटाउनुहुन्छ (हिब्रू भाषामा यहोवा–यीरे) र ऋग्वेदको प्रजापति जो “प्राणीहरूका संरक्षक तथा समर्थक” हुनुहुन्छ, उहाँकोबीचमा भएको समानतालाई देखाउन चाहँन्छु ।

यहोवाले कुन तरिकाले जुटाउनुहुन्छ ? हामी कर्मबाट स्वतन्त्र हुनुपर्ने आवश्यकताको बारेमा अघि नै हेरिसकेका र्छौँ अनि मन्त्रको बारेमा पनि जसले बलिदानको परमेश्वरमा प्रार्थना गर्दछ । ऋग्वेदले हामीलाई निम्न कुराहरू बताउदै यो यसरी विस्तार हुन्छ:

“वास्तविक बलिदान प्रजापति स्वयम् हुन्”

[ संस्कृत : प्रजापतिर य़ाञा:]

संस्कृतको विद्वान एच.अगुइलरले सतपथ ब्राह्माणबाट अनुवाद गर्दै यसमा यसरी टिप्पणी गर्छन्:

“अनि वास्तवमा, यस बलिदानको पूरा गर्नको लागि कोही पनि (पीडित) थिएन तर केवल प्रजापति हुनहन्थयो, र परमेश्वरले नै उहाँलाई बलिदानको लागि तयार गर्नुभयो । यसकारण यस सन्दर्भको सम्बन्धमा ऋषिले भन्नुभयो कि “देवताहरूले बलिदानको सहायताले यस बलिदान चढा्ए—किनकि बलिदानको सहायताद्धारा उनीहरूले उहाँ (प्रजापति) लाई बलि चढाए, बलिदान—यो सबभन्दा पहिले विधान थियो, किनकि व्यवस्था सबभन्दा पहिले स्थापित भएको थियो ।” एच. अगुइलर, ऋग्वेदमा बलिदान

प्राचीन समयबाट नै वेदले घोषणा गर्दछ कि प्रजापति (यहोवा) ले हाम्रो आवश्यकताको पहिचान गर्नहुन्छ त्यसैकारणले हाम्रो कर्मको लागि उहाँले आफैलाई बलिदान दिनुभयो । उहाँले यो कसरी गर्नुभयो त भन्नेबारेमा हामी पछिल्लो लेखमा हेर्नेछौँ जब हामी ऋग्वेदको पुरूषासूक्तामा पुरूषा-प्रजापतिको बलिदानमाथि ध्यान केन्द्रित गछौँ, तर अहिलेलाई यो कत्तिको महत्वपूर्ण छ त भन्नेबारेमा सोच्नुहोस् । स्येतास्येतरोपनिषद् भन्नुहुन्छ:

“अनन्त जीवनमा प्रवेश गर्ने अरू कुनै बाटो छैन” (संस्कृतमाः णन्यह्पन्थ विद्यते—अयनय) स्येतास्येतरोपनिषद् ३/८

यदि तपार्इँ कर्मबाट बच्ने रूचि राख्नुहुन्छ भने, यदि तपाईँ मोक्ष या आत्मजागृतिको इच्छा राख्नुहुन्छ भने यस कुरामा जानकार हुनु बुद्धिमानी हुन्छ कि किन र कसरी प्रजापति (या यहोवा) ले हाम्रो लागि येशूको स्वयम् बलिदानद्धारा जे प्रकट गर्नुभयो ताकि हामी कर्मबाट बच्न सकौँ अनि स्वर्ग प्राप्त गर्न सकौँ । अनि वेदले हामीलाई मार्गमा त्यसै छोडिदिनुहुन्न । ऋग्वेदमा पुरूषासूकता छ जसले प्रजापतिको देहधारण र उहाँले हाम्रो लागि गर्नुभएको बलिदानको बारेमा वर्णन गर्छ । पुरूषासूकताको परिचयको बारेमा जान्नको लागि यहाँ क्लिक गर्नुहोस् जसले पूरूषाको बारेमा बताउँछ जसरी बाइबल (वेद पुस्तक) ले येशू सत्संग (नासरतको येशू) र तपाईँलाई मोक्ष वा मुक्ति (अमरत्व) दिनलाई उहाँले गर्नुभएको बलिदानको बारेमा बताउँछ । यसपश्चात् हामी यो वेदको अध्ययनलाई निरन्तरता दिन्छौँ कि प्राचीन ऋषि अ्ययूब आफूले कसरी कर्मबाट स्वतन्त्रता र अनन्त जीवन—उसलाई मोक्ष प्रदान गरिएको थियो, र आशाको घोषणा गर्न सक्यो

बलिदानको लागि विश्वव्यापी आवश्यकता

ऋषि तथा मुनिगणहरूले युगौँदेखि जानेका छन् कि मानिसहरू धोका–मायाजाल तथा पापमा जीवन जिउने गर्छन् । सबैजना कुनै पनि तरिकाले ‘शुद्ध’ हुनुपर्छ भन्ने स्वभाविक चेतना भएका सबै धर्महरू, युगहरू तथा शैक्षिक स्तरका मानिसहरूमा यो कुरा पार्इँन्छ । यसकारणले, धेरैजना कुम्भमेला उत्सवमा सहभागी हुन्छन् र मानिसहरू किन पूजा गर्नुभन्दा अगाडि प्ररथास्नाना (वा प्रतासना) मन्त्र (“म एक पापी हुँ । म पापको परिणाम हुँ । म पापमा जन्मिएको हुँ । मेरो प्राण पापको अधिनमा छ । म सबभन्दा खत्तम पापी हुँ । हे प्रभु जसको आखा सुन्दर छ, मेरो लागि बलिदान दिने हे प्रभु, मलार्इँ बचाउनुहोस् ।”भनी भन्छन्/जप्छन् )। यो शुद्ध हुने स्वभाविक आवश्यकतालाई साथ दिनु वा मान्नु भनेको हाम्रो पापको लागि वा हाम्रो जीवनको अन्धकार (तमस) को लागि कुनै पनि तरिकाले बलिदान दिनुपर्ने आवश्यकताको भाव हो । अनि एकपटक फेरि बलिदानको पूजाहरूमा वा कुम्भमेलामा र अरू पर्व–उत्सवहरूमा मानिसहरूले बलिदान दिनुपर्ने यो स्वभाविक–सहज आवश्यकतालाई पूरा गर्न समयको, रूपैयाँ–पैसाको र तपस्याको बलिदान चढा्उने गर्दछन् । मैले सुनेको छु कि मानिसहरू गाईलाई लिएर उसको पुच्छर समातेर नदी पार गर्छन् रे । यो सबै पूजा या बलिदानको रूपमा क्षमा प्राप्त गर्नको लागि गर्ने गरिन्छ ।

क्षमाको लागि बलिदान दिने आवश्यकता त्यतिबेलासम्म हाम्रो माझमा रहिरहन्छ जतिबेलासम्म हाम्रो माझमा सबभन्दा पुरानो धार्मिक लेख रहन्छ । र यी लेखहरूले यो पुष्टि गर्छन् कि जे कुरा हामीलाई हाम्रो अन्तरदृष्टिले बताउँछ—त्यो बलिदान एकदमै महत्वपूर्ण हुन्छ अनि त्यसलाई चढाउनैपर्छ ।

कठोपनिषद् (हिन्दू लेख) मा नायक नचिकेता भन्छन्:

“म साँच्चै जान्दछु कि अग्निबलिले स्वर्ग पु-याँउछ अनि यो स्वर्ग प्राप्त गर्ने मार्ग हो”

कठोपनिषद् १.१४

हिन्दू पुस्तकले भन्छ:

“बलिदानको माध्यमबाट नै मानिस स्वर्ग पुग्छ” शतपथब्राह्मण VII.६.१.१०

“बलिदानको तरिकाबाट, मानिसले मात्र होइन तर देवताहरूले पनि अमरत्व प्राप्त गर्छन्” शतपथब्राह्मण II२.२.८-1४

त्यसकारणले गर्दा बलिदानको माध्यमबाट नै हामी अमरत्व तथा स्वर्ग (मोक्ष) प्राप्त गर्न सक्छौँ । तर कस्तो प्रकारको बलिदान? र त्यो बलिदानको लागि कति दण्डको आबश्यकता पर्छ? या हाम्रो पाप/तमस मोचनको लागि कति भलाईको काम गर्नुपर्छ? भन्ने सम्बन्धमा अझ प्रश्न आउँछ । के यसको लागि ५ वर्षको तपस्या काफी हुनेछ? के गरीबहरूलाई पैसा दिनु एक बलिदानको लागि प्रयाप्त हुनेछ? यदि हुनेछ भने कति प्रयाप्त?

प्रजापति/यहोवा: यस्तो परमेश्वर जो बलिदानको प्रबन्ध गर्नुहुन्छ

सबभन्दा प्राचीन वेदको लेखमा, परमेश्वर जो यस सबै सृष्टिको प्रभु हुनुहुन्थ्यो—जसले ब्रह्माण्डलाई बनाउनुभयो र वशमा राख्नुभयो—उहाँ नै प्रजापति हुनुहुन्छ, जसद्धारा सम्पूर्ण कुराहरू अस्तित्वमा आए ।

वेद पुस्तक (बाइबल) को प्रारम्भिक हिब्रू भागलाई तोरह को रूपमा चिनिन्छ । तोरह लगभग १५०० ईसापूर्वमा लेखियो, त्यसैबेला ऋग्वेद पनि रचिएको थियो । तोरह यो घोषणा गर्दै सुरु हुन्छ कि एक जीवित परमेश्वर हुनुहुन्छ जोचाहिँ पूरै ब्रह्माण्डको सृटिकर्ता हुनुहुन्छ । मूल हिब्रू भाषाको पुस्तकमा परमेश्वरलाई या त इलोहीम या त यहोवा भनियो, अनि यी नामहरूलाई हिब्रू भाषाको पुस्तकमा एक अर्काको स्थानमा प्रयोग गरिन्छ । यसप्रकारले, ऋग्वेदमा भएको प्रजापति जस्तै, तोरहमा भएको यहोवा वा इलोहीम पनि सबै सृष्टिको प्रभु हुनुहुन्थ्यो (हुनुहुन्छ) ।

तोरहको सुरुमा, अब्राहाम नामक ऋषिसँगको उल्लेखनीय जम्काभेटमा यहोवाले आफैलाई ‘जुटाउनुहुने’ परमेश्वरको रूपमा प्रकट गर्नुहुन्छ । यहोवा जसले ‘जुटाउनुहुन्छ’ (हिब्रू भाषामा यहोवा–यीरे) र ऋग्वेदको प्रजापति जो “प्राणीहरूका संरक्षक तथा समर्थक” हुनुहुन्छ, यस्तो समानताले म आकर्षित भएँ ।

कुन तरीकामा यहोवाले जुटाउनुहुन्छ? हामीले पहिले नै मानिसहरूद्धारा चढाइने बलिदानको स्वभाविक आवश्यकतामाथि ध्यान दिएका छौँ, तर यस कुराको निश्चितताबिना हामी जुन बलिदान ल्याउछौँ त्यो प्रयाप्त हुन्छ । एकदमै चाखलाग्लो कुरा त यो छ कि हाम्रो आवश्यकताको विशेष क्षेत्रमा कसरी प्रजापतिले हाम्रो आवश्यकता पूर्तिको लागि जुटाउनुहुन्छ भन्ने बारेमा तन्ड्यामाहा ब्राह्मण घोषणा गर्छ । भनिएको छ:

“प्रजापति (सारा सृष्टिका प्रभु) ले देवताहरूको लागि आफ्नै बलिदानी चढउनुभयो” तन्डयामा ब्राह्मण अध्याय ७ को दोस्रो खण्ड । [संस्कृतमा – “प्रजापतिर्द्देवेभ्यम् अत्मनम्य़ज्नम्क्र्त्व प्रयच्चत्”]

यहाँ प्रजापति एकवचनमा छ । ठीक तोरहमा एउटा मात्रै यहोवा भएजस्तै यहाँ पनि एउटा मात्रै प्रजापति छ । पछि ईस्वी सम्वत् ५०० देखि १००० को बीचमा लेखिएको पुराणको साहित्यमा धेरै प्रजापतिहरूको पहिचान भएको छ । तर माथि लेखिएको सबभन्दा पुरानो लेखमा झैँ प्रजापति एकवचन हो अर्थात एउटै मात्र प्रजापति हुनुहुन्छ । अनि हामी यस कथनमा देख्छौँ कि प्रजापतिले आफैलाई दिनुहुन्छ वा उहाँ स्वयम् बलिदान हुनुहुन्छ अनि उहाँले यो बलिदान अरूहरूका लागि दिनुहुनुहुन्छ । ऋग्वेदले यस कुरालाई यसो भन्दै पुष्टि गर्छन् कि :

“वास्तविक बलिदान भनेको प्रजापति स्वयम् हो” [संस्कृतमा: प्रजापतिरय़ाञा:]

संस्कृतका विद्धान् एच. अगुइलर शतपथब्राह्मणबाट अनुवाद् गर्दै यस कुरालाई यसरी टिप्पणी गर्छन्:

“अनि वास्तवमा यस बलिदानको पूरा गर्नको लागि अरू (पीडित) कोही पनि थिएन तर मात्रै प्रजापति हुनुहुन्थ्यो, अनि देवताले उहालाई नै बलिदानको लागि तयार गर्दिए । यसकारण यस सन्दर्भको सम्बन्धमा ऋषिले भनेका छन् कि देवताले बलिदानको सहायताले यस बलिदान चढए—किनकि बलिदानको सहायताले तिनीहरूले उहाँ (प्रजापति) लाई चढए, बलिदान—यो सबभन्दा पहिलो विद्यान थियो, किनकि यी व्यवस्थाहरू सबभन्दा पहिले स्थापित गरिएका थिए ।” एच. अगुइलर, ऋग्वेदमा बलिदान

धेरै पहिलेदेखि नै वेदले यो घोषणा गर्दछ कि यहोवा वा प्रजापतिले हाम्रो आबश्यकतालाई पहिचान गर्नुभएको थियो । त्यसैले उहाँले हाम्रो कर्मको लागि आफ्नै बलिदानको प्रबन्ध गर्नुभयो । उहाँले यो कसरी गर्नुभयो त भन्ने बारेमा हामी अघिल्लो लेखमा हेर्नेछौँ जब हामी ऋग्वेदमा पुरूषासूक्ताको पुरूषा–प्रजापतिको बलिदानमाथि ध्यान केन्द्रित गर्छौँ, तर अहिलेको लागि यति मात्रै सोच्नुहोस् कि यो कति महत्वपूर्ण छ । स्येतास्येतरोपनिषद् यसरी भन्छ कि:

“अनन्त जीवनमा प्रवेश गर्ने अरू कुनै मार्ग छैन (संस्कृतमा: णन्यह्पन्थ विद्यते—अयनय) स्येतास्येतरोपनिषद् ३:८

यदि तपार्इँ अनन्त जीवनमा रूचि राख्नुहुन्छ भने, यदि तपाईँ मोक्ष या आत्मजागृतिको इच्छा राख्नुहुन्छ भने यस कुरामा जानकार हुनु बुद्धिमानी हुन्छ कि किन र कसरी प्रजापति (या यहोवा) ले हाम्रो लागि येशू खीष्टको स्वयम् बलिदानद्धारा जे प्रकट गर्नुभयो ताकि हामी कर्मबाट बच्न सकौँ अनि स्वर्ग प्राप्त गर्न सकौँ । अनि वेदले हामीलाई मार्गमा बीचमै त्यसै छोडिदिनहुन्न। ऋग्वेदमा पुरूषासूकता छ जसले प्रजापतिको देहधारण र उहाँले हाम्रो लागि गर्नुभएको बलिदानको बारेमा वर्णन गर्छ । पुरूषासूकताको परिचयको बारेमा जान्नको लागि यहाँ क्लिक गर्नुहोस् जसले पूरूषाको बारेमा बताउँछ जसरी बाइबल (वेद पुस्तक) ले येशू सत्संग (नासरतको येशू) र तपाईँलाई मोक्ष वा मुक्ति (अमरत्व) दिनलाई उहाँले गर्नुभएको बलिदानको बारेमा बताउँछ । प्रभु येशू ख्रीष्टको बलिदानबाट कसरी शुद्धिकरण प्राप्त गर्ने भन्ने बारेमा जान्न यहाँ क्लिक गर्नुहोस् ।

येशूको बलिदानले कसरी शुद्धताको वरदानलाई प्राप्त गर्दछौं?

येशू सबै मानिसहरुको लागि आफ्नो बलिदान दिनलाई आए। यी सन्देशहरु प्राचीन ऋग्वेदको  भजनहरुमा पूर्णचित्रण स्वरूप र साथै प्रतिज्ञाहरु मा र प्राचीन इब्रानी वेदहरुमा पाइन्छ। येशू त्यो प्रश्नको उत्तर हो जसलाई हामीले प्रत्येक पटक उचारण गरि प्ररथा स्नाना (वा प्रतासना) मंत्र प्रार्थनाको समयमा सोध्दछौँ। यो कसरी हुनु सक्छ? बाइबल (वेद पुस्तक) ले कर्महरुको एस्तो व्यवस्थालाई घोषणा गर्दछ जसदेखि हामी सबै प्रभावित छौँ जसले हामीलाई प्रभावित पार्दछ:

किनकी पापको ज्याला मृत्यु हो… (रोमी 6:23)

तल मैले एउटा उदाहरण द्वारा कर्महरुको व्यवस्थालाई देखाएको छु। “मृत्यु” को अर्थ  सम्बन्ध विच्छेद हुनु हो। जब हाम्रो प्राण हम्रो शरीरबाट अलग हुन्छ तब हामी शारीरिक रूपमा मर छौँ। त्यसै गरि हामी आत्मिक रूपमा परमेश्‍वर बाट अलग हुन्छौं। यो यस कारण सत्य हो किनकी परमेश्‍वर पवित्र (पाप रहित) हुनुहुन्छ।

हामी परमेश्‍वर बाट अलग हुनुको कारण हाम्रो पापहरु हो जसमा हामी यस्तो छौ कि दुई पहाडको बीच एउटा ठूलो खाडल
हामी परमेश्‍वर बाट अलग हुनुको कारण हाम्रो पापहरु हो जसमा हामी यस्तो छौ कि दुई पहाडको बीच एउटा ठूलो खाडल

हामी स्वयंले यस्तो चित्रण गर्नु सक्छौ कि एउटा पहाडमा हामी र अर्को पहाडमा परमेश्वर र हामीहरु अति गहिरो पापको खाडलले अलग गरिएको छौँ।

यो विच्छेदले दोष र डरको उत्पन्न गर्दछ। त्यसैले हामी स्वाभाविक रूपमा एउटा पुल निमार्ण गर्ने कोशिश गर्छौँ जसले हामीलाई एक तर्फ बाट (मृत्यु बाट) परमेश्‍वरको तर्फ लिएर जान्छ। हामीहरुले बलिदान चढाउछौँ, पूजा पाठ गर्छौँ, तपस्या गर्छौँ, चाडहरुमा सहभागी हुन्छौं, मन्दिरहरु जान्छौं, धेरै प्रकारको प्रार्थनाहरु गर्छौँ र हाम्रो पापहरु कम वा नगर्ने प्रयास गर्छौँ। कर्महरुको यो सूचीले योग्यता प्राप्त गर्नको लागि हामीहरुलाई निकै लामो हुनु सक्दछ। समस्या यो हो कि हाम्रो प्रयास, योग्यता, बलिदान र तपस्याको अभ्यास आदि., यद्यपि यिनीहरु स्वयंमा खराब होइनन, तर पनि यो पर्याप्त छैन किनकी जुन ज्यालाको आवश्यक थियो (मजदूरी) हाम्रो पापहरुको लागि त्यो ‘मृत्यु’ हो। यसको चित्रण अर्को चित्रमा गरिएको छ।

धार्मिक योग्यता– यद्यपि असल हुनसक्छ र पनि– हाम्रो र परमेश्‍वरको मध्यको सम्बन्ध विच्छेदको पुललाई पार गर्न सक्दैनौ।
धार्मिक योग्यता– यद्यपि असल हुनसक्छ र पनि– हाम्रो र परमेश्‍वरको मध्यको सम्बन्ध विच्छेदको पुललाई पार गर्न सक्दैनौ।

हाम्रो धार्मिक प्रयासहरुद्वारा हामीले यस्तो ‘पुल’ को निर्माण गर्छौँ जसले परमेश्‍वर बाट अलग हुने मार्गलाई बनाउने कोशिश गर्दछ। यद्यपि यो खराब होइन, यसले हाम्रो समस्याको समाधान गर्दैन किनकी यो पूर्णरुपले अर्को तर्फ जान सफल हुँदैन। हाम्रो प्रयास पर्याप्त हुँदैन। यो त कैंसर (जसको अन्त मृत्यु हो) लाई केवल साग सब्जि खाएर निको हुन्छ भने जस्तो हो। साग सब्जि खानु धेरै राम्रो हो– तर यसले कैंसरलाई निको पर्न सक्दैन। यसको लागि तपाईंलाई पूर्णरुपले भिन्न उपचारको अवश्यकता छ। हामीले यी प्रयासहरुद्वारा एक धार्मिक योग्ताहरुले एउटा यस्तो ‘पुल’ को रूपमा चित्रण गर्न सक्छौँ जसले केहि-टाडा-सम्म खाडलमा गए जस्तो– हामीलाई फेरि पनि परमेश्‍वर बाट अलग नै राख्दछ।

कर्मको व्यवस्था एउटा खराब समाचार हो– यो यति सम्म खराब छ कि हामी यसको बारेमा सुनन मन पराउदैनौ र हामी आफ्नो जीवनहरुको धेरै प्रकारको गतिविधिहरु र यस्तो कुराहरु बाट यो आशा गर्दछौं कि यो व्यवस्था हटि जानेछ– र यो यस्तो तब सम्म हुने छ जब सम्म हाम्रो परिस्थितिहरुको बोझ हाम्रो प्राणहरुलाई चारै तिर बाट घेर्ने छ। तर बाइबल कर्महरुको व्यवस्थाको साथमा अन्त हुँदैन।

किनकी पापको ज्याला मृत्यु हो तर …(रोमी 6:23)

एउटा सानो शब्द ‘तर’ ले यहाँ व्यवस्थाको दिशालाई देखाउदछ कि यो अब अर्को तर्फ, अर्थात् शुभ सन्देश – सुसमाचार तर्फ जानको लागि तैयार छ। यो त्यस्तै कर्महरुको व्यवस्था हो जसले मोक्ष र प्रकाशित हुने एउटा व्यक्तिलाई उल्टाउने छ।  यसकारण मोक्षको शुभ सन्देश के हो?

किनकी कि पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो (रोमी 6:23)

सुसमाचारको शुभ सन्देश चाहिँ यो हो कि येशूको मृत्युको बलिदान हाम्रो र परमेश्‍वरको बीचको विच्छेदलाई भर्ने पुल नै पर्याप्त छ। हामीले यो जान्दछौं कि मृत्युको तीन दिन पछि येशू शारीरिक रूपमा बरु उठनु भयो, भौतिक रूपमा पुनरूत्थानद्वारा एक पटक फिरी जीवित भई आउनु भयो। यद्यपि आज धेरै मानिसहरुले येशूको पुनरूत्थानमा अविश्‍वास गर्ने छनौट गर्छन तर यो विरोधमा एउटा शक्तिशाली प्रमाण देखिद्छ जसलाई सार्वजनिक भाषणमा दिएको छ जुन एउटा विश्वविद्यालयमा दिएको थियो (यो विडियो लिंक लाई खोनुहोस)।  प्रभु यीशु स्वर्ग मा जानु भयो अनी अपनो भेटी परमेश्वर लाई चढाऊनू भयो । एक अर्थ मा, वहाँ ले एस्तो पूजा अर्थात् अराधना लाई, सबै लोग को बदला मा, स्वयं भेटी चढाउँदे, पाप को साफ गर्नो को लागी स्वयं लाई अपर्ण गर्दे, जो परमेश्वर को स्वीकारयोग्य छ।

येशू त्यो पुरूष हुनुहुन्छ जसले पूर्णरुपमा बलिदान दिनु भयो। किनकि उहाँ एक मनुष्य हुन्थ्यो त्यसैले उहाँ पुल बन्ने योग्यको हुनुहुन्थो जसले त्यो खाडललाई भरी दिन्थ्यो र यसले मनुष्य तर्फको भागलाई छुद्थ्यो र किनकी उहाँ पूर्ण हुनुहुथ्यो जसले परमेश्‍वर तर्फको भागलाई छुद्थ्यो। उहाँ जीवनको पुल हुनुहुथ्यो र यो तल दिएको चित्रले व्यख्या गर्दछ

येशू एउटा यस्तो पुल हो जसले परमेश्‍वर र मानिसको बीचको खाडललाई भरी दिएको छ। उहाँको बलिदान हाम्रो पापको मूल्य तिरेको छ।
येशू एउटा यस्तो पुल हो जसले परमेश्‍वर र मानिसको बीचको खाडललाई भरी दिएको छ। उहाँको बलिदान हाम्रो पापको मूल्य तिरेको छ।

ध्यान दिनुहोस कसरी येशूको बलिदान हामीलाई दिएको छ। यो हामीलाई एउटा… ‘वरदान’  अर्थात् उपहारको रूपमा दिएको छ। वरदान अर्थात् उपहारहरुको बारे मा सोच्नुहोस्। यो महत्वपूर्ण होइन कि वरदान के हो, यदि यो वास्तवमै एउटा वरदान हो भनि यो यस्तो हो कि जसलाई पाउनको लागि तपाईंले केहि काम गर्नु भएको छैन र यो तपाईंले आफ्नो योग्यताद्वारा कमाउनु भएको होइन। यदि तपाईं कमाउनु भएको हो भने उपहार कुनै उपहार रहने छैन! त्यसै गरिनै येशूको बलिदानलाई तपाईंको योग्यता वा कमाईले कमाउन सक्नु हुँदैन। यो तपाईंलाई उपहार स्वरूप दिएको हो।

र त्यो उपहार के हो? त्यो ‘अनन्त जीवन’ हो। यसको अर्थ हो कि त्यो पाप जसले तपाईंमा मृत्यु ल्याउद थियो अब त्यो रद्द भयो। येशूको बलिदान एउटा पुल हो जसको माथि तपाईं हिडेर परमेश्‍वरको साथमा सम्पर्क स्थापित गर्नु सक्नु हुन्छ र जीवन प्राप्त गर्नु सक्नु हुन्छ – जुन सधै बनि रहन्छ। यो वरदान अर्थात् उपहार येशूद्वारा दिएको हो जुन, मृत्यु बाट उठेर, आफुलाई ‘प्रभु’ को रूपमा प्रकट गर्नु भयो।

त्यसो भए तपाईं र मैले यो जीवनको पुललाई कसरी ‘पार’ गर्नु सक्छौँ जसलाई येशूले एउटा वरदानको रूपमा हामीलाई दिनु भयो? फेरि पनि, उपहारको बारेमा सोच्नुहोस्। यदि कोई आयो र तपाईंलाई उपहार दियो यो केहि कुरा जसको लागि तपाईंले केहि काम गर्नु भएको थिएन। तर उपहार बाट केहि लाभ पाउनुको लागि तपाईंले यसलाई ‘प्राप्त’ गर्नु पर्दछ। जैलेपनि तपाईंलाई कुनै एउटा उपहार दिदा त्यहाँ दुई ओटा विकल्प हुन्छ। या त उपहार अस्वीकार गर्नु (“नाई, तपाईंलाई धन्यवाद”) वा यसलाई स्वीकार गर्नु (“यो उपहारको लागि तपाईंलाई धन्यवाद। म यसलाई लिनेछु”)। त्यसैले येशूले हामीलाई दिएको यो उपहारलाई स्वीकार गर्नु पर्छ। यो केवल साधारण रूपमा ‘विश्‍वास’, यसको ‘अध्ययन’, वा यसले ‘बुझने’ हुन् सक्दैन्। यो चित्रणलाई अर्को चित्रमा व्यख्या गरेको छ जहाँ हामी परमेश्‍वरको तर्फ फर्कन पुलमा ‘हिडदै’ र त्यो उपहारलाई प्राप्त गर्दे जुन हामीलाई दिने प्रस्ताव दी रहनु हुनेछ।

येशूको बलिदान एउटा यस्तो उपहार हो जुन हामी प्रत्येकले प्राप्त गर्न रोज्नु पर्दछ
येशूको बलिदान एउटा यस्तो उपहार हो जुन हामी प्रत्येकले प्राप्त गर्न रोज्नु पर्दछ

त्यसोभए हामीले यो उपहार कसरी प्राप्त गर्नु सक्छौँ? बाइबलले यसो भन्छ कि

प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ (रोमियों 10:12)

ध्यान दिनुहोस यो प्रतिज्ञा ‘हरेकको’ लागि हो, न कि कुनै विशेष धर्म, जाति वा देशको लागि। किनकी उहाँ मृत्यु बाट उठनु भयो येशू अहिले पनि जीवित नै हुनुहुन्छ र उहाँ ‘प्रभु’ हुनुहुन्छ। त्यसैले यदि तपाईंले उहाँलाई पुकार्नु भयो भने उहाँले सुन्नु हुनेछ र उहाँको जीवनको उपहार तपाईंलाई दिनु हुनेछ। उहाँसँग वार्तालाप गरेर- तपाईंले उहाँ पुकार्नु र माग्नु आवश्यक छ। शायद तपाईंले यो कहिल्यै पनि गर्नु भएको छैन। यहाँ एउटा दिशानिर्देश दिएको छ जसको मददद्वारा तपाईंले उहाँसँग वार्तालाप र प्रार्थना गर्नु सक्नुहुन्छ। यो कुनै जादूले भरिएको मंत्र होइन। यो कुनै विशेष शब्द होइन जसले सामर्थ दिन्छ। यो केवल उहाँको योग्यता र उहाँद्वारा हामीलाई उपहार दिनको इच्छा माथि एउटा भरोसा गर्नु हो। जब हामी उहाँ माथि भरोसा गर्दछौं तब उहाँले हामीलाई सुन्नु हुन्छ र उत्तर दिनु हुन्छ। त्यसैले यस दिशानिर्देशलाई पछ्याउनको लागि स्वतंत्रताको महसूस गर्नुहोस् जब तपाईं ठूलो आवाजमा वा आफ्नो आत्मामा येशूसँग कुरा गर्नु हुन्छ र उहाँको उपहारलाई प्राप्त गर्नु हुन्छ।

प्यारो प्रभु येशू। म जान्दछु कि मेरो जीवनको पापहरुको साथमा म परमेश्‍वर बाट अलग भएको छु। यद्यपि मैले आफ्नो सर्वोत्तम कोशिशहरु गरे, तापनि मरो कुनै प्रयास र बलिदान यस सम्बन्ध विच्छेदलाई भर्न स्कदैन। तर म जान्दछु कि तपाईंको बलिदान हामी सबै पाप धुनको लागि पर्याप्त थियो– मेरो पापहरु पनि। म विश्‍वास गर्दछु कि तपाईं आफ्नु बलिदान पश्चात मृत्यु बाट उठनु भयो त्यसैले म जान्दछु कि तपाईंको बलिदान पर्याप्त है। म तपाईंसँग प्रार्थना गर्दछु कि मलाई मेरो पापहरु बाट शुद्ध गर्नुहोस् र मलाई परमेश्‍वरसँग नजिक ल्याउनु होस् ताकि मैले अनन्त जीवन प्राप्त गर्नु सकु। म यस्तो जीवन जिउन चाहदिन जुन पापको दासत्व होस् त्यसैले कृपा गरि मलाई यी पापहरु बाट शुद्ध गर्नुहोस् जसले मलाई कर्म बन्धनमा जकडेका छन्। हे प्रभु येशू, मेरो लागि गर्नु भएको सबै कुराहरुको लागि र अब निरन्तर मलाई मेरो जीवनमा मेरो प्रभुको रूपमा मार्गदर्शन दि रहनुको लागि तपाईंलाई धन्यवाद।

दिपावली र प्रभु येशू

diwali-lampsपहिलो पटक जब मैले ‘धेरै नजिकबाट’ दिपावलीको अनुभव यस बेला गरे जब म भारतमा काम गर्दे थिए।  म यहाँ एक महीना बस्नको लागि आएको थिए र मेरो बसाई शुरुवातको दिनहरुमा में दिपावली दिपावलीको त्योहार मेरो वरिपरी मनाइदै थियो। जुन मलाई सब भन्दा धेरै स्मरण छ त्यो पटाका हो– हावा धुवाले भरिएको थियो र त्यसले मेरो आँखामा हल्का जलन हुँदै थियो। मेरो वरिपरी चारै तर्फ घटित भइ रहेको उत्साह को साथमा मैले दिपावलीको बारेमा जान्न चाहन्थे, कि यो के हो र यसको अर्थ के हो? र म यसको प्रेममा परे।

‘ज्योति वा प्रकाशको त्योहार’ ले मलाई प्रेरणाले भरिदियो किनकि म एउटा विश्‍वासी हूँ, र येशू सत्संग जसलाई प्रभु येशूको नाउले पनि चिनिनु हुन्छ, उहाँको अनुयायी हूँ। र उहाँको सन्देशको मुख्य शिक्षा यो हो कि उहाँको ज्योति अर्थात् प्रकाश हाम्रो बीचको अन्धकार माथि विजय प्राप्त गर्दछ। यसरी दिपावली को प्रभु येशूसँग मजबूतीको सम्बन्ध छ।

हामीहरु मध्य धेरै मानिसहरु जान्दछन कि हामीहरुको बिचमा अन्धकारलाई लिएर एउटा समस्या छ। त्यसै कारण लाखौं को संख्यामा कुम्भ मेला को त्योहार मा भाग लिन्छन – किनकि हामी मध्य लाखौँ यो जान्न चाहन्छौ कि हामीले पाप गरेका छौ र यसलाई हामीले धुने र स्वयं लाई शुद्ध गर्न आवश्यकता छ। यसको साथै, प्ररथा स्नाना (वा प्रतासना) मंत्रको प्राचीन ज्ञान प्रार्थना यस पापलाई वा हाम्रो भित्रको अन्धकारलाई स्वीकार गर्दछ।

म एक पापी हूँ। म पाप का परिणाम हूँ। म पाप मा उत्पन्न भए। मेरो प्राण पापको अधीनमा छ। म सबै भन्दा ठूलो पापी हूँ। हे प्रभु जससँग सुन्दर आँखा छ, मलाई बचाउनुहोस्, बलिदान दिने हे प्रभु।

तर अन्धकार, वा पापको हामी भित्रको यो सारा विचारले, हामीलाई उत्साहित गर्दैन। सत्य यो हो कि हामीले धेरै पटक यसलाई ‘खराब समाचारहरु’ को रूपमा सोच्द्छौ। यस कारण अन्धकारको माथि विजय प्राप्त गर्दै ज्योतिको विचारले हामीलाई धेरै अधिक आशा र हर्ष दिदछ। र त्यसैले, मोमबत्तिहरु, मिठाइहरु र पटाकाहरुको साथमा, दिपावलीले यस आशालाई व्यक्त गर्दछ कि प्रकाशले अन्धकारको माथि जय प्राप्त गर्दछ।

प्रभु येशू– संसार मा ज्योति

यस्तै नै वास्तवमा प्रभु येशूले गर्नु भएको छ। वेद पुस्तक (वा बाइबल) मा सुसमाचार येशूलाई यस प्रकारले वर्णन गर्दछ:

आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्‍वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्थ्यो। सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन; उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरुको ज्योति थियो। त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकार त्यसमाथि विजयी भएको छैन्। (यूहन्ना 1:1-5)

यस प्रकारले तपाईंले देख्नु सक्नु हुन्छ, यो ‘शब्द’ त्यस आशाको पूर्णता हो जसलाई दिपावलीले  व्यक्त गर्दछ। र यो आशा परमेश्‍वरको तर्फ बाट यस ‘शब्द’ मा आउदछ छ, जसलाई यूहन्नाले पछि प्रभु येशूको रूपमा पहिचान गरे। सुसमाचारले निरन्तर यो भन्दछ कि

हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरुकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरुले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरुलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। तिनीहरु रगतद्वारा, शारीरिक इच्छाद्वारा, र कुनै मान्छेको इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन्। (यूहन्ना 1:9-13)

यसले यो विवरण दिदछ कि कसरी प्रभु येशू ‘हर एकलाई ज्योति’ वा प्रकाश दिनलाई आउनु भएको थियो। केहि मानिसहरुले सोच्द्छन कि यो केवल केहि मानिसहरु माथि मात्र लागु हुदछ, तर ध्यान दिनुहोस् यसले भन्दछ कि यो प्रस्ताव यस ‘संसार’ मा रहनेहरु ‘हरेक’ को लागि हो कि उनीहरु ‘परमेश्‍वरको सन्तान’ बनोस्। यो यस्तो प्रस्ताव हो कि हरेक, कम से कम हरेक जसले दिपावली जस्तो त्योहारमा रूचि राख्दछन, को भित्रको अन्धकार माथि प्रकाशले विजय प्राप्त गर्दछन।

प्रभु येशूको जीवनलाई हजारों वर्ष पहिले नै भविष्यद्वाणी गरियोएको थियो

प्रभु येशूको बारेमा असाधारण यो हो कि उहाँको देहधारण वा मानव अवतार हुन् विभिन्न प्रकारहरु बाट र आरम्भिक मानवीय इतिहासको घटनाहरुमा धेरै प्रकारले पहिले बाट नै भविष्यद्वाणी गरिएको थियो र सूचित गरिएको थियो र हिब्रू वेदहरुमा यसको उल्लेख भएको छ। यसैकारण उहाँको बारेमा पहिले बाट नै लेखिएको थियो जबकि उहाँ पृथ्वीमा आउनु पनि भएको थिएन। र उहाँको देहधारणको धेरै भविष्यद्वाणिहरुलाई सबै भन्दा प्राचीन ऋग्वेदको भजनहरुमा स्मरण गरिएको छ, जुन आउनु हुने पुरूषको स्तुति गर्दछ, र मानवीय इतिहासको केहि आरम्भिक घटनाहरुमा उल्लेख गर्दछ, जसरी मनु की जल प्रलय, तेही व्यक्ति जसलाई

बाइबल – अर्थात् वेद पुस्तक –’नूह’ को नामले पुकार्दछन्। यो प्राचीन विवरण मानिसहरुको पापहरुको अन्धकारलाई दर्शाउदछ, जबकि पूरूषा, वा प्रभु येशूको आगमनको आशाको प्रस्ताव दिदछ।

ऋग्वेदको भविष्यद्वाणिहरुमा, पूरूषा, अर्थात् परमेश्‍वरको देहधारण र पूर्ण मनुष्यलाई बलिदान हुन को लागि आउदै हुनुहुन्थो। यो बलिदान हाम्रो पापहरुको कर्महरुका मूल्य तिर्न र साथै यो हाम्रो भित्रदेखि शुद्ध गर्नको लागि पर्याप्त थियो। शुद्धीकरण र पूजा-पाठ राम्रो हो, तर यसले हामीलाई केवल बाहिर मात्र सीमित राख्दछ। हामीलाई भित्रदेखि शुद्ध हुनको लागि असल बलिदानको आवश्यकता छ।

प्रभु येशूको हिब्रू वेदहरुमा भविष्यद्वाणी गरि दिएको थियो

ऋग्वेदको यी भजनहरुको साथमा नै, हिब्रू वेदहरुले यस आगमनको बारेमा भविष्यद्वाणी गरिएको थियो। हिब्रू वेदहरुमा महत्वपूर्ण ऋषि यशैया हो (जो 750 ईशा पूर्व थिए, अर्को शब्दहरुमा प्रभु येशूको यस पृथ्वीमा आउने 750 वर्ष पूर्व)। उहाँले उनको आगमनको प्रति धेरै अन्तर्दृष्टिहरुलाई दिएका थिए। उहाँले दिपावलीको पूर्वानुमान लगाई सकेका थिए जब उहाँले प्रभु येशूको बारेमा घोषणा गरे:

अन्धकारमा हिड्ने मानिसहरुले एउटा ठूलो ज्योति देखेका छन्; मृत्युको छायाको देशमा बसनेहरुमाथि एउटा ज्योति उदाएको छ (यशैया 9:2)।

यस्तो घटना किन घटित हुने छ? उहाँले निरन्तर अघि बताउदछ:

किनभने हाम्रो निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रो निम्ति एउटा छोरो दिएको छ; शासन उहाँको काँधमा हुनेछ, उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्ति का राजकुमार कहलाइनुहुनेछ (यशैया 9:6)।

तर यद्यपि उहाँले देहधारण गर्नुभयो, उहाँ हाम्रो लागि एउटा दास बन्नुभयो, कि हाम्रो लागि अन्धकारमए आवश्यकतामा हामीलाई सहायता दिनुभयो।

निश्चयनै उसले हाम्रो निर्बलताहरु बोक्यो, र हाम्रो दुख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काएको, वहाँबाट पिटिएको र दुखा मा परेको सम्झयौं। तर ऊ ता हाम्रो अपराधहरुका निम्ति छेडियो। हाम्रो अधर्मको निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं। हामी सबै भेडा झैं बरालिएका छौँ। हामी हरेक आफ्नै बाटो तिर लागेका छौं र परमप्रभुले उसमाथि हामी सबैको अर्धम हाली दिनुभएको छ (यशैया 53:4-6)।

ऋषि यशैया प्रभु येशूको क्रूसीकरणको विवरण दिद्छन। उसले यस्तो वर्णन गर्दछ जस्तो कि यो 750 वर्ष पहिले घटित भएको हो, र उसले साथमा क्रूसीकरणको विवरण यस प्रकारको बलिदानको रूपमा गर्दछ कि जसले हामीलाई चंगा गर्दछ। र यो कार्य जसको प्रस्ताव यो दासले यसरी दिन्छ जसरी परमेश्‍वरले त्यसलाई गर्न भन्नु भएको हो।

पृथ्वीहो पल्लो छेउसम्म तैले मेरो उद्धार पुर्याओस भनि अन्यजातिहरुकहाँ एउटा ज्योति पनि म तँलाई बनाउनेछु (यशैया 49:6-7)।

यसरी तपाईंले देख्न सक्नु हुन्छ! यो मेरो र तपाईंको लागि हो। यो हर एक जनाको लागि हो।

पावलको उदाहरण

सत्य यो हो कि, एउटा व्यक्ति जसले निश्चित रुपमा यो सोचेको थिएन कि प्रभु येशूको  बलिदान उनको लागि थियो उनी पावल थिए जसले येशूको नाउको विरोध गरे। तर उनको सामना प्रभु येशूको साथ भए जसको परिणामस्वरूप उनले पछि यस प्रकारले लेखे

जुन परमेश्वरले “अँध्यारोबाट ज्योति चम्कोस” भन्नुभयो उहाँ हाम्रा हृदयमा चम्कनुभएको छ, ताकि परमेश्‍वरका महिमाको ज्ञानको ज्योति ख्रीष्टको मुहारमा चम्कोस (2 कोरन्थी 4:6)।

पावलको प्रभु येशूसँग व्यक्तिगत् सामना भयो जसको परिणामस्वरूप ज्योति उनको ‘हृदयमा चमकन’ लाग्यो।

येशूको ज्योतिलाई तपाईं स्वयंको लागि अनुभव गर्नु

त्यसैकारण अन्धकार र पाप बाट ज्योति बन्नलाई यो ‘उद्धार’ लाई पाउनको लागि के गर्नु पर्छ जसको बारेमा ऋषि यशैयाले भविष्यद्वाणी गरेका थिए, जो प्रभु येशूसँग छ, र जसको अनुभव पावलले गरे? पावलले यस प्रश्नको उत्तर आफ्नो एक अन्य पत्रमा दिएका छन् जहाँ उनले यस्तो लेख्दछन कि

किनकी पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा  अनन्त जीवन छ (रोमी 6:23)।

ध्यान दिनुहोस् कि उनले कसरी भन्दछन कि यो एक ‘वरदान’ वा उपहार हो। एक उपहार, आफ्नो परिभाषा बाट कमाउन सकिदैन। कसैले तपाईंलाई सितैमा एउटा उपहार दिए जसलाई कमाएको होइन जसको लागि तपाईं राम्रो कर्महरु गर्नुभएको छैन। तर यो उपहारले तपाईंलाई तब सम्म केहि लाभ दिदैन् जब सम्म तपाईंको आफ्नो सम्पत्ति, तपाईंद्वारा ‘प्राप्त’ गर्नु हुदैन। त्यसैकारण यूहन्ना, जसको उद्धरण मैले शुरुमा गरेको थिए यस्तो लेख्दछन् कि

तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँ माथि विश्वास गरे, उहाँले तिनीहरुलाई परमेश्‍वरका सन्तान हुने अधिकार दिनुभयो (यूहन्ना 1:12)।

त्यसैकारण तपाईंले केवल यसलाई स्वीकार गर्नु पर्छ। तपाईंले यसलाई उहाँसँग माँगेर प्राप्त गर्न सक्नु हुन्छ जुन तपाईंलाई निशुल्क दिनेछ। किनकी उहाँ जीवित हुनुहुन्छ त्यसैले तपाईंले उहाँसँग माँग गर्न सक्नु हुन्छ। हो, उहाँ तपाईंको पापहरुको लागि बलिदान हुनुभयो, तर तीन दिन पछि उहाँ फेरि जीवित हुनुभयो, ठीक त्यसरी नै जसरी ऋषि यशैयाले हज़ारों वर्ष पहिले भविष्यद्वाणी गरेका थिए जब उनले दु:ख उठाउनु हुने सेवकको बारेमा लेखेका थिए

उसका प्राणको वेदनापछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुने छ; आफ्नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउने छ, र उसले तिनीहरुका अधर्म बोक्ने छ (यशैया 53:11)।

यस प्रकारले प्रभु येशू जीवित हुनुहुन्छ र तपाईंको प्रार्थनालाई त्यही समयमा सुन्न सक्नु हुन्छ जब तपाईंले उहाँसँग गर्नु हुन्छ। तपाईं प्ररथा स्नाना (वा प्रतासना) मंत्रको प्रार्थनालाई उहाँसंग गर्नु सक्नु हुन्छ र उहाँले तपाईंलाई सुन्नु हुनेछ र तपाईंलाई बचाउनु हुने छ किनकी उहाँले आफ्नो बलिदान तपाईंको लागि दिनु भएको हो र अब उहाँसँग सबै प्रकारको अधिकार छ। यहाँ एक पटक फेरि त्यही प्रार्थना दिएको छ जुन प्रार्थना तपाईं उहाँसँग गर्नु सक्नु हुन्छ।

म एक पापी हूँ। म पाप का परिणाम हूँ। म पाप मा उत्पन्न भए। मेरो  प्राण पाप को अधीनमा छ। म  सबै भन्दा ठूलो पापी हूँ। हे प्रभु जससँग सुन्दर आँखा छ, मलाई बचाउनुहोस्, बलिदान दिने हे प्रभु।

तपाईंको अन्य लेखहरुलाई पनि यहाँ बाट पढ़नको लागि स्वागत छ। यो मानवीय इतिहास बाट शुरु हुँदछ र संस्कृति र हिब्रू वेदहरुमा दिएको अन्धकार बाट हामीलाई बचाउने र ज्योतिमा ल्याउने परमेश्‍वरको यस योजनालाई एक उपहारको रूपमा देखाउद छ। जब-जब म सँग समय हुँदछ म र अन्य लेखहरुलाई यसमा जोड्दै जानेछु। यदि तपाईंसँग केहि प्रश्न छ भने मलाई  सम्पर्क गर्न स्वागत छ।

यो दिपावलीमा, जब तपाईं मोमबत्तिहरु जलाउनु हुन्छ र उपहारहरुलाई एक अर्कामा दिनु हुन्छ, मेरो प्रार्थना छ कि तपाईं आन्तरिक ज्योति अर्थात् प्रकाशको उपहारको अनुभव प्रभु येशूको तर्फ बाट गर्नुहोस् जसरी पावलले अनुभव गरेका थिए र धेरै वर्ष पहिले परिवर्तित भएका थिए र जसलाई दिनको लागि तपाईंलाई पनि प्रस्ताव गरिएका थिए। दिपावली को शुभकामना!

कुम्भ मेला महोत्सव: पापको खराब समाचार र हाम्रो शुद्धताको आवश्यकतालाई देखाउद छ

मानवीय इतिहासमा जनसभाको एउटा सबैभन्दा ठूलो रुपमा भेला भएको वर्ष 2013 मा भएको–कुम्भ मेलाको महोत्सव 12 वर्षामा केवल एक पटक मात्र मनाइन्छ। अचम्म हुने गरि 10 करोड़ संख्यामा मानिसहरु 55 दिनहरुको महोत्सव मनाउनको लागि गंगा नदीको किनारामा इलाहाबाद शहरमा पुग्ये, जस मध्य 1 करोड़ ले त गंगाको महोत्सव शुरु भएको पहिलो दिनमै स्नान गरि सकेका थिए।

kumbh mela image
लाखौं संख्यामा कुंभको मेलामा श्रद्धालुहरु

एन.डी.टी.वी. को अनुसार, आयोजकहरु ले फरवरी 15 को स्नानको अन्तिम दिनमा 2 करोड़ मानिसहरु द्वारा स्नान गरेको अनुमान लागेको थियो। म इलाहाबाद आएको छु र म यो कल्पना गर्न सक्दिन कि कसरी यति धेरै मानिसहरु लाखौंको संख्यामा एकदम सित बिना कुनै कामलाई न रोकी त्यहाँ एकत्र हुन् सक्छन। बी. बी. सी. ले रिपोर्ट दियो कि यिनीहरुको दिन-दिनको आवश्यकताहरुको पूर्तिको लागि चिकित्सहरु र शौचालहरु जस्ता वस्तुहरु जुटाउनुको लागि ठूलो प्रयासहरु गरिएको थियो। कुम्भ मेलामा मानिसहरु यति अधिक संख्याले वार्षिक मक्काको लागि हज जाने तीर्थ यात्रिहरुको संख्या जस्तै कि मुसलमानहरुको कुल संख्या – 2012 मा केवल 31 लाख थियो, लाई ठिगना गरि दिएको थियो।

यस कारण किन 10 करोड़ मानिसहरुलाई 120 अरब रूपिया गंगा नदीमा स्नान गर्नको लागि खर्च गर्नु पर्यो? नेपालबाट आउने एक श्रद्धालु ले बी. बी. सी. लाई यस्तो बताए कि

“मैले आफ्नो पपलाई धोएको छु।”

रायटर्स समाचार एजेंसी ले रिपोर्ट दिदछ कि,

77 वर्षको घुमक्कड़ तपस्वी स्वामी शंकरानन्द सरस्वती, जो चिसोमा नाङ्गै खड़ाभई काँपी रहेका थिए, ले यस्तो भनेका छन् कि, “मैले यो र पहिलेको जीवनको आफ्नो सारा पापहरुलाई धोएको छु,”

एन.डी. टी.वी. ले हामीलाई भन्दछ कि

भक्तजन, जसले यो विश्वास गर्दछन् कि पवित्र जलमा डुबकी लगाए पछि उनीहरुको पाप शुद्ध हुँदछ,

विगत वर्ष 2001 को महोत्सवमा मैले बी.बी.सी. को द्वारा तेतिबेला भएको साक्षात्कारमा ध्यान दिएको थियो तीर्थ यात्री मोहन शर्मा ले यसो भनेका थिए कि “जुन पापहरुलाई हामीले उत्पन्न गरेको छौ त्यी पापहरु यहाँ धोइन्छन्।”

‘पाप’ को विश्वव्यापी भावना

अर्को शब्दमा, लाखौं मानिसहरुले धनको खर्च गर्ने छन्, भीड़ले भरीएको ट्रेनहरुमा यात्रा गर्ने छन्, भीड़भाड़ भएको परिस्थितिहरुको सामना गर्ने छन् र आफ्नो पापहरु ‘धुनको लागि’ गंगा नदीमा गएर स्नान गर्ने छन्। हामीले यो देख्न भन्दा पहिला कि यी श्रद्धालुले के गरि रहेको छन्, आउनुहोस् हामीले त्यो समस्यामा ध्यान दिउ जो कि उनीहरुको आफ्नो स्वयंको जीवनमा जान्दछन् – जुन पाप हो।

श्री सत्य साईं बाबा असल ‘गलत’

आउनुहोस् यसको अध्ययनमा हिन्दी गुरू श्री सत्य साईं बाबाको उपदेशहरुलाई हेरौ, जसको सोच मैले सोच्छु कि सराहनीय छ। म यसलाई तल लेखिदिन्छु। जब तपाईंले यसलाई पढ्नु हुन्छ तपाईं स्वयं आफैसँग यो सोध्नुहोस्, “के यस्तो कुनै नैतिक उपदेश छ जसको सहाराले जीवन यापन गर्न सकिन्छ? के मैले यिनीहरु अनुसार जीवन यापन गर्नु पर्दछ?”

“अरु धर्म के हो (हाम्रो नैतिक कर्तव्य)? जुन तपाईंले उपदेशद्वारा दिनु हुन्छ त्यसलाई अभ्यासमा ल्याउने, जुन तपाईंले भन्नु हुन्छ त्यसलाई भने अनुसार त्यस्तै नै गर्नु हो, उपदेशलाई मान्दै र यसलाई अभ्यासमा ल्याउदै। असल कर्महरुको कमाउन, धर्मको लोभ गर्नु; परमेश्वरको भयमा जीवन यापन गर्नु, परमेश्वरसम्म पुग्नलाई जीवन यापन गर्नु: यही धर्म हो “सत्य साईं बाबाले भन्दछन 4, पृ. 339.

“वास्तवमा तपाईंको कर्तव्य के हो?….

  • सबै भन्दा पहिले आफ्नो आमा-बुआ लाई प्रेम र आदर र कृतज्ञताको साथ सेवा गर्नु।
  • दोस्रो, सत्य बोलनु र असल कामहरुलाई व्यवहारमा ल्याउनु।
  • तेस्रो, जबपनि आफुसँग केहि समय छ भने, तब प्रभुको नाउँ- तपाईंको मनमा जुनै पनि रुपमा छ, दोहोराई रहनु हो।
  • चौथो, अरुको बारेमा नराम्रो बोलनुमा लिप्त नहुनु वा अरुको कमजोरिहरुलाई खोजी गर्ने प्रयास नगर्नु।
  • र अन्तिममा, कुनै पनि रुपमा अरुलाई दुख नपुराउनु” सत्य साईं बाबाले भन्दछन 4, पृ. 348-349.

“जसले आफ्नो घमण्डलाई आफ्नो अधीनमा राख्दछ, आफ्नो स्वार्थमय इच्छाहरुमा जय प्राप्त गर्दछ, अफ्नो अमानवीय भावनाहरु र आवेगशीललाई नष्ट गर्दछ, र आफ्नो शरीरलाई प्रेम गर्ने स्वाभाविक प्रवृत्तिलाई दबाउद छ, ऊ निश्चिय नै धर्मको पथमा अग्रसर छ” धर्म वाहिनी, पृ. 4

जब मैले यसलाई पढे तब मैले यो पाए कि यी उपदेश अनुसार मैले जीवन यापन – केवल एक साधारण नैतिक कर्तव्यको रुपमा गर्नु पर्दछ। तर के तपाईंले वास्तवमा यिनीहरुक माथि जीवन यापन गरिरहेको हुनुहुन्छ? के तपाईंले (र मैले) कहिले यिनीहरुको प्रति सोचेका छौ? त्यस समयमा के हुनेछ यदि यो उपदेशहरुको पालन गर्नमा चूक भयो भने र यो कुराको अनुसार जीवन यापन गर्नु सकेन भने। सत्य साईं बाबाले यस प्रश्नको उत्तर निम्न तरीका ले उपदेश दिदै भन्दछन कि

“सामान्य रूपमा, म मीठो बोलदछु, तर अनुशासनको विषयमा, म कुनै पनि तरिकाले कुनै सुविधालाई दिन स्वीकार गर्दिन… म कठोर अनुशासनको माथि जोर दिनेछु। म कुनै पनि तरिकाले तपाईंको स्तर अनुरूप कठोरतालाई कम गर्ने छैन,” सत्य साईंले भन्दछन 2, पृ. 186.

कठोरताको स्तर ठीक हो– यदि तपाईं सधै शर्तहरुलाई पूरा गर्नु हुन्छ। तर यदि तपाईंले यसलाई पूरा गर्नु हुन्न भने? तब यही त्यो स्थान हो जहाँ “पाप” को अवधारणा आउदछ। जब म नैतिक लक्ष्यलाई पूरा गर्न बाट चूकदछु, वा जसलाई म जान्दछु कि यसलाई मैले पूरा गर्न पर्दछ, जसलाई पुरा गर्नमा म असफल हुँदछु तब मैले पाप गर्दछु र म एक पापी हूँ। कसैले कहिले पनि यो सुन्न मन पराउदैन् कि ऊ एउटा ‘पापी’ हो– यो एउटा यस्तो कुरा हो जसले तपाईंलाई असहज र दोषी ठहराउद्छ, र साँचो यो हो कि हामी धेरै मानसिक र भावनात्मक ऊर्जालाई यस विचारहरु र युक्तिसंगत तरीका बाट हटाई दिने प्रयासमा खर्च गर्दछौं। सायद हामी सत्य साईं बाबा बाहेक कोहि अन्य शिक्षक तर्फ हेर्न थाल्दछौं, तर यदि ऊ एउटा ‘असल’ शिक्षक हो भने, उसको नैतिक उपदेश धेरै अधिकमा– पालन गर्नको लागि कठोरताले भरिएको हुनेछ।

बाइबल (वेद पुस्तक) ले भन्दछ कि हामी सबै पापको भावलाई महसूस गर्दछौं, चाहे हामी कुनै पनि धर्मको किन न हौ वा हाम्रो शिक्षाको स्तर कुनै पनि किन न होस् किनकी पापको यो भाव हाम्रो विवेक बाट आउदछ। वेद पुस्तक ले यसलाई यसरी व्यक्त गर्दछ

किनकी व्यवस्था नहुने अन्यजातिहरु (अर्थात् गैर-यहूदी) स्वभावैले व्यवस्थाअनुसार (बाइबलमा दिएको दस आज्ञाहरु) काम गर्दछन भने, तिनीहरुको व्यवस्था नभएता पनि तिनीहरु आफ्नों निम्ति आफै व्यवस्था हुन्छन्। व्यवस्थाले चाहेका कुराहरु आफ्नो हृदयमा लेखिएका तिनीहरु देखाउँछन् र तिनीहरुको आफ्नै विवेकले पनि गवाही दिन्छ र तिनीहरुका विचारहरुले कहिले तिनीहरुलाई दोष्याउँछन्, र कहिले समर्थन गर्छन (रोमियों 2:14-15)।

यस प्रकार लाखौं को संख्यामा तीर्थ यात्रीहरुले आफ्नो पापलाई महसूस गर्दछन। ठीक यस्तो प्रकारले जसरी वेद पुस्तक (बाइबल)ले भन्दछ

किनकी सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।

प्रतासना मंत्र मा पाप व्यक्त

यसको धारणा प्रसिद्ध प्रर्था स्नान (वा प्रतासना) मंत्र मा व्यक्त गरिएको छ जसलाई मैले तल लेखिदिएको छु

म एक पापी हूँ। म पापको परिणाम हूँ। म पापमा उत्पन्न भए। मेरो प्राण पापको अधीनमा छ। म सबभन्दा ठुलो पापी हूँ। हे प्रभु जोसँग सुन्दर आँखा छ, मलाई बचाउनु होस, बलिदान दिने प्रभु।

सुसमाचारले हाम्रो पपलाई “धोइ दिन्छ”

सुसमाचारले ठीक त्यही विषयलाई सम्बोधित गर्दछ जसको समाधान यो समर्पित तीर्थयात्रीले खोजी रहेका छन् – कि ‘उनिहरुका पाप धोइदियोस।’ यसले उनिहरुलाई एउटा यस्तो प्रतिज्ञा दिदछ जसले आफ्नो ‘वस्त्रहरू’ (अर्थात् उनीहरुको आफ्नो नैतिक कार्यहरु) लाई धोइदिन्छ। यसको आशीष स्वर्ग (‘त्यस शहर’) को एउटा अमरत्व (जीवनको वृक्ष) सँग छ।

“जीवनका वृक्षको हक पाउनु र शहरका ढोकाहरुबाट भित्र पस्न पाऊँ भनी आफ्ना वस्त्र धुनेहरु धन्यको हुन्” (प्रकाश 22:14)।

कुम्भको मेलाको महोत्सवले हामीलाई हाम्रो पापको वास्तविकताको ‘खराब समाचार’ लाई देखाउद छ, र यसले यस प्रकारले हामीलाई हाम्रो शुद्धता पाउनको लागि सचेत हुनु पर्दछ। चाहे यसमा केवल एउटा सदूर संभावना नै देखिए ता पनि सुसमाचारको यो प्रतिज्ञा एक सत्य हो, किनकी यो निकै नै महत्वपूर्ण छ, यो निश्चिय नै अधिक गहन रूपमा जाँच गर्नको लागि लाभदायी छ।

यदि तपाईं अनन्त जीवन पाउनको लागि रूचि राख्नु हुन्छ भने, यदि तपाईं पापबाट स्वतन्त्रता पाउने इच्छा राख्नु हुन्छ भने तब यिनी कुराहरुलाई अध्ययन गर्न अति नै बुद्धिमानी हुने छ कि प्रजापति (वा यहोवा) को बारेमा के प्रगट भएको छ र कसरी र किन उहाँले हाम्रो लागि आफु स्वयंलाई बलिदान दिनु भयो ताकि हामीले स्वर्गलाई प्राप्त गर्न सकौ। र वेदले हामीलाई दोधारमा नै नछोडी दिओस। ऋग्वेद पुरूषासूक्ता छ जसले प्रजापतिको देहधारण र उनकोद्वारा हाम्रो लागि बलिदान दिएको व्यख्या गर्दछन। यहाँ निर पुरूषासूक्ताको परिचय लाई जान्नको लागि क्लिक (गर्नुहोस्) जसरी बाइबल (वेद पुस्तक) येशू सत्संग (नासरतको येशू) र तपाईंको लागि मोक्ष वा मुक्ति (अमरत्व) लाई लिनको लागि बलिदान को व्यख्या गर्दछ त्यस्तै नै पुरूषको विवरण दिदछ।