भजनसंग्रह 22 को भविष्यवाणीकोरहस्य

भजनसंग्रह 22 को भविष्यवाणीकोरहस्य

केही वर्षपहिले मसंग काम गर्ने मेरा एकसहयोगी, जीत, मेरो टेबुलको नजिक घुम्दै आयो। जीत एउटा समझदार रशिक्षितव्यक्ति थिए – रनिश्चितरूपले सुसमाचारको अनुयायीथिएन।तर पनि केहि मात्रा सम्म जिज्ञासुथिए,त्यसैले हाम्रो बीचमा केहिन्यानो रखुला वार्तालाप हुन्थियो।उनले बाइबललाई कहिले पनि पढेको थिएनन,त्यसैले मैले उनलाईअझै धेरै खोजबीन गर्नको लागि प्रोत्साहितगरे।

एक दिन उनी मेरो कार्यालयमा बाइबलको साथ मलाई यो देखाउनको लागि आयो कि उसले बाइबल पढी रहेको थियो। उनले बाइबललाई  यसै बीचबाट खोल्यो।मैले उसलाई सोधे कि उनी के अध्यन गर्दै छन्। हाम्रो वार्तालाप यस प्रकारको हुन्थियो।

“म भजनसंग्रह 22 को अध्यन गर्दै छु उसले भन्यो

साचै,”मैले भने। “जे तिमी पढ्दै छौ त्यसको बारेमा के विचार छ?”

“मलाई लाग्छ कि म येशूको क्रूसीकरणको बारेमा पढ्दै छु,” जीत ले उत्तर दिए।

“यो त रामो अनुमान हो “, महाँसे। “तर तिमी यस घटनाबाट एक हज़ार वर्ष पहिलेको अध्ययन गरि रहेको छौ। भजन संग्रह 22 दाऊद द्वारा लगभग 1000 ईसा पूर्व मा लेखिएको हो । येशूको  क्रूसीकरण 30 ईस्वी सन्मा घटित भयो। एक हज़ार वर्ष पश्चात्।”

जीतलाई यो थाहा थिएन कि भजनसंग्रह  उहाँको समकालीनमानिस द्वारालेखिएको  येशूको जीवनको सुसमाचारको  वृतान्त थिएन। भजनसंग्रह येशूको बारेमा 1000 वर्षो पहिले ऋषिहरु द्वारा प्रेरित एक पवित्र हिब्रू भजन थियो। जीतले तकेवल येशूको बारेमा केहि कथा मात्र सुनेका थिए, जसमा उहाँ क्रूसीकरण, रअन्धधुन्दतरीकले आफ्नो बाइबलखोल्नु, पढ्नु आदि सम्मिलित थियो, जसले क्रूसीकरणको वर्णनको आभास दिन्थ्यो।यस असल तरीकालाईनजानीकन, उसले यो  अनुमान लगायो कि यो क्रूसीकरणको  कथा थियो, जसलाई प्रतक वर्ष गुड फ्राइडे  अर्थात् शुभ शुक्रवारको, दिनमा  स्मरण गरिन्छ। बाइबलपढ्न प्रति उसले गरेको पहलेगलत-कदमदेखेर हामी आफ्नो मुख लुकाएर हस थियौ।

भजनसंग्रह प्राचीन हिब्रू भजनहो र यो  3000 वर्षों पहिले ऋषि दाऊद द्वारा लेखिएको थियो ।

तबमैले जीतसँग सोधे उसले भजनसंग्रह 22 मा के भेट्यो, जसको कारण उसले यो सोच्यो कि यो येशुको क्रूसीकरणको बारेमा पढ्दै थियो। यस प्रकारले हाम्रो सानो अध्ययन आरम्भ भयो।  म तपाई लाई केहि समानताहरु माथि विचारगर्नको लागि निमन्त्रणा गर्छु,जुन एउटा तालिकामा एक-अर्कोको सामुन्ने राखियो। हाम्रो सहायताको लागि भिन्नदै  रंगले समान पाठहरुलाई एक अर्कोसंग मिलान गरियो।

भजनसंग्रह 22 मा पाइने क्रूसीकरणको विवरणलाई

सुसमाचारमा दिएको विवरणको साथ तुलना

सुसमाचारको आँखो देखि साक्षी द्वारा क्रूसीकरणको विवरण भजनसंग्रह22:  1000 ईसा पूर्व
(मत्ती27:31-48) .. तब उनीहरुले उहाँलाई(येशू) क्रूसमा झुण्‍ड्याउन लगे….39आउने-जानेहरूले आ-आफ्‍नो मुन्‍टो हल्‍लाएर उहाँको गिल्‍ला गरे, “… आफैलाई बचा, र परमेश्‍वरको पुत्र होस्‌ भने, क्रूसबाट ओर्लेर तल आइज!41मुख्‍य पूजाहारीहरूले पनि शास्‍त्रीहरू र धर्म-गुरुहरूका सँगसँगै उहाँको गिल्‍ला गर्दै भने, 42“यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्‍दैन। यो ‘इस्राएलको राजा’ हो! अहिले क्रूसबाट तल ओर्लेर आओस्, र हामी यसलाई विश्‍वास गर्नेछौं।43यसले परमेश्‍वरमा भरोसा राख्‍छ। परमेश्‍वरले यसलाई चाहनुहुन्‍छ भने उहाँले यसलाई अहिले छुटकारा देऊन्….तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो… “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?”… 48तिनीहरूमध्‍ये एक जनाले झट्टै दगुरेर गई एउटा स्‍पन्‍ज लिई सिर्कामा चोपेर निगालोमा राखी उहाँलाई पिउन दियो। (मर्कूस15:16-20)16 सिपाहीहरूले उहाँलाई महलभित्र लगे…तिनीहरूले उहाँलाई बैजनी रङ्गको वस्‍त्र लगाइदिए, र काँढ़ाहरूको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए।18अनि “यहूदीहरूका राजाको जय” भन्‍दै तिनीहरूले उहाँलाई सलाम गर्न लागे। 19अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके, र घुँड़ा टेकेर उहाँलाई दण्‍डवत्‌ गरे। 20अनि येशूको गिल्‍ला गरिसकेपछि तिनीहरूले बैजनी वस्‍त्र फुकालिदिए, र उहाँका आफ्‍नै लुगा लगाइदिए। त्‍यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍नलाई बाहिर….37तब येशूले ठूलो सोर निकालेर प्राण त्‍याग्‍नुभयो। (यूहन्ना 19:34) उनीहरुले उहाँका खुट्टा भाँचेनन्‌…., उहाँको कोखामा भालाले घोच्‍यो, र तुरुन्‍तै रगत र पानी निस्‍क्‍यो… तब उनीहरुले उहाँलाई(येशू) क्रूसमा टांगे…(यूहन्ना 20:25) [थोमा] जबसम्‍म म उहाँका हातमा कीलाहरूका डोब देख्‍दिनँ,(यूहन्ना 19:23-24) जब सिपाहीहरूले येशूलाई क्रूसमा टाँगे, तब तिनीहरूले उहाँका वस्‍त्र लिएर प्रत्‍येक सिपाहीलाई एक-एक भाग हुने गरी चार भाग गरे….  यसकारण तिनीहरूले आपसमा भने, “योचाहिँ नच्‍यातौं, तर यो कसको हुने हो भनी चिट्ठा हालौं।”…1 हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर,तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ? मलाई बचाउनबाट तपाईं किन यति टाढ़ा हुनुहुन्‍छ? अनि मेरो करुण-क्रन्‍दनका शब्‍दहरूबाट त्‍यति टाढ़ा?

2मेरा परमेश्‍वर, दिनको समयमा म पुकार्छु, तर तपाईं उत्तर दिनुहुन्‍न;राती पनि म शान्‍त बन्‍दिनँ… 7मलाई देख्‍नेहरू जति सबैले मेरो ठट्टा गर्छन्‌,तिनीहरू ओठ लेब्‍र्याउँछन्‌, र मुन्‍टो बटार्दै भन्‍छन्‌,

8“त्‍यसले परमप्रभुमाथि भरोसा गर्दछ,त्‍यसलाई उहाँले नै छुटाऊन्‌,” उहाँले नै त्‍यसको उद्धार गरून्‌, किनकि त्‍यससँग “उहाँ प्रसन्‍न हुनुहुन्‍छ।”

9तैपनि तपाईंले नै मलाई गर्भबाट निकालिल्‍याउनुभयो; मेरी आमाको काखैबाट तपाईंले मलाई तपाईंमाथि भरोसा राख्‍ने बनाउनुभयो।

10मेरो जन्‍मैदेखि म तपाईंमा अर्पण गरिएँ, मेरी आमाले मलाई जन्‍म दिएदेखि तपाईं मेरा परमेश्‍वर हुनुभएको छ।11मबाट टाढ़ा नहुनुहोस्‌, किनकि सङ्कष्‍ट नजिकै छ,

र मलाई गोहार गर्ने कोही छैन।

12धेरै साँढ़ेहरूले मलाई घेरेका छन्‌, बाशानका बलिया साँढ़ेहरू मेरो चारैपट्टि छन्‌।

13आफ्‍नो शिकार फहराउने भोकाएका गर्जने सिंहहरू मेरो विरुद्ध आफ्‍ना मुख बाउँछन्‌।

14म त पानीझैँ पोखिएको छु,र मेरा सारा हड्डीका जोर्नीहरू फुस्‍केका छन्‌; मेरो मुटु मैनजस्‍तै भइसकेको छ, मेरो छातीभित्र त्‍यो पग्‍लेको छ।

15माटोको खपटोझैँ मेरो बल सुकिसकेको छ,

र मेरो जिब्रो मेरो तालुमा टाँसिएको छ। तपाईंले मलाई मृत्‍युको धूलोमा मिलाउनुभएको छ।

16कुकुरहरू मेरो चारैपट्टि छन्‌, कुकर्मीहरूको समूहले मलाई घेरेको छ;तिनीहरूले मेरा हात र मेरा खुट्टा छेड़ेका छन्‌।

17मेरा सबै हाड़हरू म गन्‍न सक्‍छु;मानिसहरू द्वेषसाथ मलाई एकटक लाएर हेर्छन्‌;

18तिनीहरू मेरा वस्‍त्रहरू आपसमा बाँड्‌छन्‌

र मेरो पोशाकको निम्‍ति तिनीहरूले चिट्ठा हाल्‍छन्‌।

यस बाट जीत ले तार्किकतर गलत निष्कर्ष निकालेका थिए भजनसंग्रह 22 गुडफ्राइडेको क्रूसीकरणको आँखा देखि साक्षीहरुको वृतान्त थियो, यहाँ निर हामीलाई एउटा प्रश्नसोध्नु पर्ने हुन्थियो।

हामीले कसरी भजनसंग्रह22 र क्रूसीकरणको मध्यमा पाइने समानाताहरुको व्याख्या गर्न सक्छौ?

के यो संयोगहो कियो विवरणयति धेरै सटीकता को साथमा एक अर्को संग सदृश छ किवस्त्रलाई बाड्नेछन ( सिलाई बिना माथि देखि तलसम्म बुनेको कपड़ा मानिसहरु मध्य बडी दिएर सैनिकहरु मध्य विभाजित गरिएको थियो) रचिठ्ठाहाले (त्यसैले कि सिलाई बिनाको वस्त्रखराब नहोस् भनि उनीहरुले चिट्ठाहाले)। भजनसंग्रह 22 क्रूसीकरणको घटना घटित हुनु भन्दा अगाडी लेखिएको थिए, तरपनि यसले विभिन्न विवरण हरुको वर्णनगर्दछ (हाथरपाऊमा छेड, हड्डीको जोर्नी बाहिर निस्कनु–शिकारको रुपमा उहाँलाई टाँगी दिनु)। यसको अतिरिक्त, यूहन्नाको सुसमाचारमा भनिएको छ कि जब येशूको को खामा भाला हानियो, तब रगत रपानी बग्यो, जसले यो संकेत दिन्छ कि उहाँको हृदयको चौतर्फ तरल पदार्थ जम्मा भएको थियो। येशूलाई यस कारण हृदय घात भएको थियो। यो भजनसंग्रह 22 मा दिएको ‘मेरो हृदय मैन भयो ‘को वर्णनको साथ मेल खान जान्छ।

भजनसंग्रह 22 यस्तो लेखिएको थियो मानौं कि येशूको क्रूसीकरणलाई  देखिएको थियो। तर यो कसरी हुन सक्छ, किनकी यसलाई 1000 वर्ष पहिले नै लेखिएको थियो?

भजन संग्रह 22 को परमेश्वर-प्रेरित स्पष्टीकरण

सुसमाचारमा येशूले तर्कदिनु भयो कि यो समानताहरु स्वयंमा भविष्यवाणी थियो। ईश्वरले येशूको जीवन र मृत्यु को विवरणको भविष्यवाणीको लागि येशूको जीवनको सयौ वर्ष पहिले नै पुराने नियम को भविष्यवक्ता हरुलाई प्रेरित गरिएको थियो ताकि हामी हरुले यो थाहा गर्न सकौकियो सबै परमेश्वरको योजनामा थियो। भविष्यवाणी पूरा हुनु गुडफ्राइडेको यी घटनाहरु माथि एउटा ईश्वरीय हस्ताक्षरहुनु जस्तै हो किनकी कुनै पनि मानवयस प्रकारको विवरणको साथ भविष्यको भविष्यवाणी गर्न सक्दैन। यो इतिहासमा परमेश्वरको कार्य रहस्तक्षेपको प्रमाणहो।

भजनसंग्रह 22 को स्वभाविक स्पष्टीकरण

अन्य मानिसहरुले तर्क दिन्छन् कि गुडफ्राइडेको क्रूसीकरणको घटनाहरु को साथ भजन संग्रह 22 को समान यसकारण छ, किनकी सुसमाचारको लेखेक हरुले भविष्यवाणी अनुरूपघटनाहरु घटित हुनलाई लेखियो। तर यो स्पष्टीकरण पुरा तरिकाले बाइबल बाहिर को इतिहासकार हरुको गवाही लाई अनदेखा गर्दछ। जोसीफुस र टैक्टुस क्रमशः हामीलाई यो बताउछन कि:

“यस समयमा एउटा बुद्धिमान व्यक्ति थिए… येशू … असल,र … गुणी। र यहूदिहरु को र अन्य जाति हरुको मध्य अन्य मानिस हरु उहाँ को शिष्य/चेला भए। पिलातुसले उहाँ लाई क्रूसमा चढ़ामर्ने दण्ड दिए। “(जोसीफुस. 90 ईस्वी सन. प्राचीन इतिहास. खण्ड -18, भाग -13. जोसीफुस एक यहूदी इतिहासकार थिए

“ख्रिस्तुस, संस्थापक नाम भएका, जसलाई तीबुरियुस को शासन कालमा यहूदियाको राज्यपाल पेन्तुस पिलातुसले मरे का थिए “(टैक्टुस. 117 ईस्वी सन्. वर्षक्रमिकइतिहास, खण्ड – 15, भाग – 44. टैक्टुस रोमी इतिहासकार थिए)

उनी हरुको ऐतिहासिक साक्षी यो सुसमाचार हरुमा सहमतहुन्छ कि येशूलाई क्रूसमा चढ़ाइएको थियो। यो महत्वपूर्णछ, किनकी भजन संग्रह 22 मा दिए को विवरण केवल क्रूसमा चढ़ाइनु को विवरण हो। यदि सुसमाचारको लेखक वास्तविक घटना हरुलाई उनको भजन संग्रह 22 को अनुरूपपूरा बनाउन को लागि लेख्दै थिए त्यति बेला उनी हरुलाई मूल रूपमा सम्पूर्ण क्रूसीकरण को घटना लाई निर्मित गर्नु पर्थ्यो। तापनि त्यस समयमा कसैले पनि उहाँको क्रूसीकरणलाई इन्कार गरेनन, र यहूदी इतिहासकार जोसीफुस ले स्पष्ट रूपले भन्दछन कि क्रूसीकरण को घटना यसरी नै घटित भए को थियो।

भजन संग्रह 22 र येशू को विरासत

यसको साथै, भजन संग्रह 22 उपरोक्त तालिका मा दिए को वचन 18 मा नै समाप्त हुदैन। यो निरन्तर हुँदै। अन्तमा दिए को – एक व्यक्ति मरे पश्चात्विजयी प्राप्तिमा ध्यान !

26गरीबहरू खाएर तृप्‍त हुनेछन्‌; परम प्रभु को खोजी गर्नेहरूले, उहाँको प्रशंसा गर्नेछन्‌- तिमीहरू का हृदय सदा जीवित रहून्‌!

27समस्‍त पृथ्‍वीका सबै जातिहरूले स्‍मरण गर्नेछन्‌,र परम प्रभुतिर फर्कनेछन्‌; जाति-जातिका सबै परिवार हरूले उहाँलाई दण्‍डवत्‌ गर्नेछन्‌।

28किन भने राज्‍य त परम प्रभु कै हो,र सबै जातिहरू माथि उहाँले नै शासन गर्नुहुन्‍छ।

29पृथ्‍वी का सबै धनीहरूले भोज गर्नेछन्‌, आराधना गर्नेछन्‌;जस-जसले आफ्‍नो प्राण बचाउन सक्‍दैनन्‌, जो धूलोमा मिलि जानेछन्‌- ती सबै उहाँको सामुन्‍ने घोप्‍टो पर्नेछन्‌।

30भावी सन्‍तानले उहाँको सेवा गर्नेछन्‌, भावी पुस्‍तालाई परम प्रभु को बारेमा बताइनेछ।

31अहिलेसम्‍म जन्‍म नभए को एउटा जातिलाई तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्‌- किन कि उहाँले यो गर्नुभएको छ। (भजनसंग्रह22:26-31)

यसले त्यस व्यक्तिको मृत्यु को घटनाहरुको विवरणको बारेमा कुरा गर्दैन। त्यी विवरणहरु भजनसंग्रहको आरम्भमा नै अध्ययन गरि सकौ। भजनकारले अबत्यस व्यक्तिको मृत्युको विरासतमा आउनु हुने सन्तानभविष्यको पीढी‘ (वचन 30) लाई संबोधितगर्दछ।

त्यो को हुनेछ?

येशूलाई क्रूसमा टाँगीए को 2000 वर्ष पश्चात् पनि हामी जीवितछौं। भजनकारले हामीलाई बताउद छन् कि सन्तानजसले त्यस छेडिएकोव्यक्तिको अनुसरगर्दछ, जसले यस्तो प्रकारको भयानक मृत्यु प्राप्त गर्यो, उनको सेवागर्नेछ र उनको बारेमा बताउने छन। वचन 27ले यस प्रभावको भौगोलिक सीमाको भविष्यवाणीगर्दछ – पृथ्वीको बारेमा टाढा-टाढाको देशजाति-जातिको सबै कुलउनीहरुलाई यहोवे को तर्फ फर्किन को लागि प्रेरितगर्दछ । वचन 29 भविष्यवाणीले यो गर्दछ कि जसले आफ्नो प्राण बचाउन सक्दैन (किनकी हामी मरणशील प्राणी हौ, जसको अर्थहामी सबै हौ) एकदिन उहाँको सामुन्ने घुँडा टेक्नेछौ। यस व्यक्तिको धार्मिकतायी मानिस हरुको लागि घोषित गरिनेछ जुन उहाँको मृत्युको समय जीवित थिएनन (जसको अहिले जन्म भएको छैन)।

भजन संग्रह 22 कोनिष्कर्षमा यसको केहि सम्बन्ध छैन कि सुसमाचार को वृतान्तले यसलाई उधारोलिए को हो या क्रूसमा चढ़ाइनु को घटनाहरु लाई निर्मित गरिएको हो, किन कियसले यहाँ धेरै पछि आउन हुने जसले युगको साथमा कार्य गर्दछ– अर्थात् हाम्रो समयसँग। पहिलो शताब्दीमा भएको सुसमाचार लेखक ले येशू को मृत्यु को समय लाई हाम्रो समय सम्मको लागि प्रभावित ‘पार्न सक्दैन’। उनिहरुलाई यो थाहा थिएन कि यसको प्रभाव के  हुनेछ।

एक व्यक्ति भजन संग्रह 22 को तुलनामा येशूको विरासतको यस भन्दा असल भविष्यवाणीगर्न सक्दैन।यहाँ सम्म कि वार्षिक विश्वव्यापी गुडफ्राइडे समारोहरुलाई ध्यानमा राख्दै उहाँको मृत्युको दुई हजारवर्ष  पश्चात् पनि उहाँको वैश्विक प्रभावको स्मरण गराउछ। यसले भजन संग्रह 22 को निष्कर्षलाई पूरागर्दछ, ठीक यस्तै सटीकताको साथ छ जति कि उहाँको मृत्युको विवरणको लागि आरम्भिक भविष्यवाणीमा भनिएको थियो।

विश्वको इतिहासमा अरु कसले यस्तो दावागर्न सक्छ किउहाँको मृत्युको विवरणको साथ-साथटाढाको भविष्यमा उहाँकोमा जीवनको विरासतको 1000 वर्ष पहिले नै भविष्यवाणी हुनेछ?

यधपि, मेरो साथी जीत को जस्तै, तपाईं पनि येशूको क्रूसमा चढ़ाउनु लाई भजन संग्रह 22 को प्रकाशमा हेर्न लाई विचारगर्नु हुन्छ। यसको लागी केहि मानसिक प्रयास गर्नु पर्छ। तरपनि यो सार्थकछ, किनकी जुन व्यक्तिको बारेमा भजन संग्रह 22 मा भनिएको छ, त्यो पहिले देखीको प्रतिज्ञा थियो:

म त तिनीहरूले जीवन पाऊन्, र त्‍यो प्रशस्‍त मात्रा मापाऊन्‌ भन्‍ने हेतु ले आएँ। (यूहन्ना 10:10)

गुडफ्राइडे को लागि सम्पूर्ण सुसमाचार को वृतान्त यहाँ निर दिएको छ, जसलाई भजन संग्रह 22ले पहिले देखि नै देखे को थियो र यहाँ निर यस उपहारको बारे तपाईको लागि व्याख्या गरिए को छ।