राजले जस्तै: येशू ख्रीष्टको नाममा ‘ख्रीष्ट’ को अर्थ के हो?

म धेरै जसो जब मान्छेहरूलाई सोध्छु, कि येशू अन्तिम (पछिल्लो) नाम के थियो। धेरै जसो यस्तो जवाफ दिन्छन्,

“मलाई लाग्दछ, कि उनको अन्तिम नाम ‘ख्रीष्ट’ थियो, तर म यस प्रति निश्चत छैन।”

तब मैले सोध्ने गर्दछु,

“यदि यो सत्य हो भने जब येशू एउटा केटो थिए तब के युसुफ ख्रीष्ट र मरियम ख्रीष्ट सानो येशू ख्रीष्टलाई आफ्नो साथमा बाजार लिएर जाने गर्द थिए?”

यसलाई यसरी भन्दा, उनीहरुलाई थाहा भयो, कि येशूको अन्तिम नाम ‘ख्रीष्ट’ थिएन। यस प्रकार, अब ‘ख्रीष्ट’ के हो? यो कहाँ बाट आयो? यसको अर्थ के हो? धेरै जसो को लागि यो आश्चार्यको कुरा हुनसक्छ, ‘ख्रीष्ट’ एउटा यस्तो उपाधि हो, जसको अर्थ ‘शासक’ वा ‘शासन’ संग छ। यो उपाधि त्यो राजाको जस्तो होइन, जस्तो ब्रिटिश राज्य मा पाइन्दछ, जसले दक्षिण एशियामा धेरै दशक सम्म राज गरे।

भाषान्तरण बनाम लिप्यंतरण

यसलाई हर्नुको लागि, सबैभन्दा पहिले अनुवाद अर्थात् भाषान्तरणको केहि सिद्धान्तहरुलाई हेर्नु पर्छ। अनुवादक कहिले कहिँ विशेष रूपले  नाम र शीर्षकको लगि, अर्थको अपेक्षा त्यस किसिमको ध्वनि  शब्दहरुलाई भाषान्तरणको लागि चुनाव गर्दछन्। यसलाई लिप्यंतरण  को नामले जानिन्छ। उदाहरणको लागि, कुंभ मेला हिन्दीको कुंभ मेला अंग्रेजी लिप्यंतरण हो। यद्यपि शब्द मेलाको अर्थ ‘प्रदर्शनी’ वा ‘पर्व’ संग छ, तर यसलाई धेरै जसो अंग्रेजीमा समान ध्वनि जस्तै शब्द अर्थात् कुंभ प्रदर्शनीको अपेक्षा कुंभ मेलाको रूपमा नै उपयोग गरिद्छ। किनकी बाइबलको लागि, अनुवादकहरुले यो निर्णय लिनुपर्छ,  नाम र उपाधिहरु सर्वोत्तम रूपले अनुवादित भाषामा भाषान्तरण (अर्थद्वारा) वा लिप्यंतरण (ध्वनिद्वारा) कुन माध्यमले उचित अर्थ दिन्छ। यसको लागि कुनै विशेष नियम छैन।

प्राचिन संग्रह

बाइबल सबैभन्दा पहिले 250 ईशा पूर्वमा तब अनुवाद भएको थियो, जब हिब्रू पुरानो करारलाई ग्रीक भाषा – त्यस समयको अन्तराष्ट्रीय भाषामा अनुवाद गरिएको थियो। यस भाषान्तरणलाई प्राचिन संग्रह  (वा LXX) को नामले चिनिन्छ, र यो धेरै नै अधिक प्रभावशाली छ। किनभने नयाँ करार ग्रीक भाषामा नै लेखिएको थियो, त्यसैले यसमा दिएको पुरानो करारको धेरै उद्धरणहरुलाई प्राचिन संग्रह बाट नै लिएको हो।

प्राचिन संग्रहमा भाषान्तरण एवम् लिप्यंतरण

तल दिएको चित्रले यस प्रक्रियालाई देखाउद छ र यसले कसरी आधुनिक-दिनको बाइबललाई प्रभावित पर्दछ

मूल भाषाहरुले आधुनिक-दिनको बाइबलमा भाषान्तरको प्रवाह
मूल भाषाहरुले आधुनिक-दिनको बाइबलमा भाषान्तरको प्रवाह

मूल हिब्रू पुरानो करार (1500 देखि – 400 ई.पू. सम्म लेखिको थियो) लाई चित्र-खण्ड # 1 मा देखाएका छ। किनकी प्राचिन संग्रह 250 ईशा पूर्वमा लेखिएको थियो त्यसैले हिब्रू –> ग्रीक भाषान्तरलाई चित्र-खण्ड #1 देखि #2 को तर्फ जादै गरेको तीरको चिन्हले देखाएको छ। नयाँ करार ग्रीकमा लेखिएको थियो ( (50–90 ईस्वी सन्), त्यसैले यसको अर्थ यो भयो #2 मा दुवै नै पुरानो र नयाँ करार सम्मेलित छ । चित्र को तल्लो आधा भाग (#3) बाइबलको एउटा आधुनिक भाषामा भाषान्तरण गरिएको छ । यहाँ सम्म पुग्नलाई पुराने करार लाई मूल हिब्रू भाषा (1 -> 3) र नयाँ करारलाई ग्रीक (2 -> 3) देखि भाषान्तरित गरिएको हो।  पहिला बताए जस्तै, अनुवादकहरुले  नामहरु र उपाधिहरुलाई निर्धारित गर्नु पर्ने हुन्छ । यसलाई निलो तीरहरुको प्रतीक चिन्हहरुको साथ लिप्यंतरण  र भाषान्तरणको शब्दहरुको साथ यो दर्शौदै देखिएको छ, कि अनुवादकले कुनै पनि दृष्टिकोणलाई लिन  सक्छ ।

‘ख्रीष्ट’ को  उत्पत्ति

अब हामी माथि दिएको प्रक्रियाको अनुसरण गर्ने छौ, तर यस समय हामी हाम्रो ध्यान लाई ‘ख्रीष्ट’ शब्द माथि केन्द्रित गर्नेछौ।

'ख्रीष्ट' बाइबलमा कहाँबाट आउछ?
‘ख्रीष्ट’ बाइबलमा कहाँबाट आउछ?

उपाधिहामी देख्न सक्छौ, कि मूल हिब्रू पुरानो करारमा  उपाधि ‘מָשִׁיחַ’ (मसीहीयाख़) दिएको छ, जिसको  शाब्दिक अर्थ ‘अभिषिक्त वा  प्रतिष्ठित’ व्यक्ति संग छ जस्तै एउटा राजा वा  शासक इत्यादि। पुरानो करारको समयविधिमा हिब्रू राजाहरु राजा बनिनु भन्दा पहिले (अनुष्ठानिक रीतिले तेल मल्नु) अभिषिक्त गरिन्थियो, यस प्रकारले तिनीहरु अभिषिक्त  वा  मसीहीयाख़  हुन्थिए । तब तिनीहरु शासक बन्द  थिए, तर उनिहरुको शासन परमेश्वरको स्वर्गीय शासनको अधीनतामा,उहाँको व्यव्यस्थाको अनुसार हुने गर्दथियो ।यस भावार्थमा, पुरानो करारको एउटा हिब्रू राजा दक्षिण एशियाको भूतपूर्व राज्यपालको जस्तै हुने गर्थे। राज्यपाल दक्षिण एशियाको ब्रिटिश क्षेत्रहरुको माथि शासन गर्दथे,तर तिनीहरु यस्तो ब्रिटेनको सरकारको अधीनतामा , त्यसको व्यवस्थाको पालन गर्ने  गर्दथे। पुरानो करार एउटा निश्चित रूपले विशेष मसीहायाख़ को आउने भविष्यद्वाणी (‘निश्चित’ शब्दको साथ) लाई गरिएको थियो, जुन एउटा विशेष राजा होलान। जब प्राचिन संग्रह अनुवाद लाई 250 ईस्वी सन् मा भाषान्तरित गरिएको थियो, तब अनुवादकहरुले ग्रीक भाषामा समानार्थ शब्दलाई क्रिओ मा आधारित हुन्, Χριστός (क्रिस्टोस  जस्तो ध्वनि) को चुनाव गरे,जसो अर्थ अनुष्ठानिक रूपले तेल मल्लु हो। यस प्रकारले हिब्रू भाषाको शब्द ‘मसीहीयाख़’ को भाषान्तरण अर्थ द्वारा (न कि ध्वनि को द्वारा लिप्यंतरण गर्दै) Χριστός (क्रिस्टोसको  उच्चारण) को रूपमा ग्रीक प्राचिन संग्रहमा गरिएको थियो । नयाँ करारको लेखक निरन्तर शब्द क्रिस्टोस को उपयोग येशूको पहिचानको लागि गरिरहे, जसको भविष्यवाणी ‘मसीहीयाख़’को रूपमा गरिएको थियो ।

तर जब हामी युरोपको भाषाहरुको कुरा गर्छौँ, तब हामी यो पाउछौ, कि ग्रीक शब्द ‘क्रिस्टोस’  को सामानार्थ कुनै पनि स्पष्ट शब्द न पाएकोले यसको भाषान्तरण ‘क्राईस्ट’ अर्थात् ख्रीष्ट गरियो। ‘ख्रीष्ट’ शब्द पुरानो करारमा आधारित हिब्रू देखि ग्रीकमा भाषान्तरित  हुँदै र त्यस बेला ग्रीक देखि आधुनिक भाषाहरुमा लिप्यंतरित  हुँदै एउटा विशेष शब्द हो। हिब्रू पुरानो करारको भाषान्तरण सिधै धेरै आधुनिक भाषाहरुमा गरिएको छ  र अनुवादकहरुले मूल हिब्रू शब्द ‘मसीहीयाख़’ को सम्बन्धमा विभिन्न निर्णयहरुलाई लिएका छन्। केहि बाइबलीय शब्द ‘मसीहीयाख़’ को लिप्यंतरण ‘मसीह’ शब्द द्वारा रूपान्तरित गर्दै गरिएको हो, अन्य यसको अनुवाद ‘अभिषिक्त’ को अर्थ द्वारा गर्दछ, र अन्य यसका लिप्यंतरण ‘क्राईस्ट’ शब्द द्वारा रूपान्तरित गर्दै गरिएको छ। क्राईस्ट वा ख्रीस्त (मसीह) को लागि हिन्दी शब्द लाई अरबी देखि लिप्यंतरित गरिएको हो, जसको बदलामा मूल हिब्रू भाषा देखि लिप्यंतरित भएको थियो। त्यसैले ‘मसीह’ को उच्चारण मूल हिब्रू भाषासँग धेरै निकटता मा छ, जब कि अन्य शब्द क्राईस्ट को लिप्यंतरण अग्रेजी ‘क्राईस्ट’ देखि भएको हो र यसको ध्वनि ‘क्राइस्त’ जस्तो छ। क्राईस्ट (ख्रीष्ट) को लागि नेपाली शब्द को लिप्यांतरण ग्रीक क्रिस्टोस  बाट भएको हो र त्यसैले यसलाई ख्रीष्ट  शब्दले उच्चारित गरिद्छ।

किनकि हामी पुरानो करारमा ‘मसीह’ शब्दलाई सामान्य रूपले नहेर्ने हुँदा, यसको सम्बन्ध पुरानो करार देखि सदैव प्रगट हुदैन। तर यस अध्ययन बाट हामीले जान्दछौँ, कि बाइबल आधारित ‘ख्रीष्ट’ = ‘मसीह’ = ‘अभिषिक्त’ सबै एक हुन् र यो एउटा विशेष उप थियो।

पहिलो शताब्दीमा प्रत्याशित ख्रीष्ट

यस बोधको साथ, आउनोहोस सुसमाचारहरु बाट केहि विचारहरुलाई प्राप्त गरौँ। तल राजा हेरोद को त्यस बेलाको प्रतिक्रिया दिइएको छ, जब ज्योतिषी यहूदिहरुको राजासँग भेटघाट गर्न उनीहरु कहाँ आए, जुन कि क्रिसमिसको कथाको एउटा राम्रोसंग परिचित हिस्सा हो। ध्यान दिनुहोस्, ख्रीष्टको लागि ‘निश्चित’ वाक्यको उपयोग गरिएको छ, यद्यपि यसले विशेष रूपले येशूको बारेमा उद्धृत गरेको छैन।

जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्य पुजारीहरु र जनताका शास्त्रिहरुलाई भेला गरे, र ख्रीष्टको जन्म कहाँ हुने हो? भनि सोधपूछ गरे। (मत्ती 2:3-4)

तपाईं यस निश्चित वाक्यमा ‘ख्रीष्ट’ को विचार देख्न सक्नुहुन्छ, जसलाई हेरोद र उनका प्रधानहरु मध्य राम्रोसंग बुझेका थिए – यहाँ सम्म कि येशूको जन्म हुनु भन्दा पहिले- र यो यहाँ निर विशेष रूपले येशूको लागि उद्धृत नभई उपयोग भएको हो। यो देखिन्छ, कि ‘क्राईस्ट’ अर्थात् ख्रीष्ट पुरानो करारबाट आएको हो, जुन पहिलो शताब्दीमा मानिसहरुद्वारा (हेरोद र उनका प्रधाहरु जस्तै) ग्रीकको प्राचिन संग्रह मा पाएको एउटा सामान्य पठन थियो। ‘क्राईस्ट’  एउटा नाम होइन, यद्यपि एउटा उपाधि हो (र आज पनि छ), यसले एउटा शासक वा राजाको संकेत दिदछ। त्यसैले नै हेरोद ‘चिन्तामा थिए’ किनकि उनले एउटा अर्को राजा हुने संभावनालाई स्वयंको लागि खतरा महसूस गरे। हामीले यस हास्यास्पद विचारलाई इन्कार गर्न सक्छौं, कि ‘ख्रीष्ट’ ख्रीष्टीय विश्वासीहरू द्वारा आविष्कृत गरिएका थिए वा यो कुनै ठुलो व्यक्ति जस्तै 300 ईस्वी सन्मा सम्राट कन्सटेनटाईन द्वारा अविष्कृत गरिएको थियो। यो उपाधि हजारौं वर्ष पहिले देखि कुनै ख्रीष्टिय विश्वासीको आगमन वा कन्सटेनटाईन द्वारा शासन गर्न भन्दा धेरै पहिले बाट नै प्रचलनमा थिए।

ख्रीष्टको अधिकारको विरोधाभास

येशूका प्रारम्भिक अनुयायीहरूले  हिब्रू वेदमा अगमवाणी भए अनुसार येशू आउँदै गरेको ख्रीष्ट हुनुहुन्छ भन्ने कुरामा विश्वस्त थिए , जबकि अरूहरूले यस विश्वासको विरोध गरे ।

किन?

उत्तर प्रेम वा शक्तिमा आधारित राजको बारेमा विरोधाभासको हृदयमा जान्छ । राजसँग बेलायती मुकुटमुनि भारतमा शासन गर्ने अधिकार थियो । तर यसले भारतमा शासन गर्ने अधिकार पायो किनकि राज पहिलो पटक सैन्य शक्तिमा आयो र आफ्नो शक्तिको माध्यमबाट बाहिरी अधीनता लागू गर्‍यो । मानिसहरूले राजलाई माया गर्दैनथे र गान्धी जस्ता नेताहरू मार्फत अन्ततः राजको अन्त्य भयो ।

येशू ख्रीष्टको रूपमा अधिकार भएको भए पनि उहाँ अधीनमा बस्न माग गर्नुभएन । उहाँ प्रेम वा भक्तिमा आधारित अनन्त राज्य स्थापना गर्न आउनुभयो र यसको लागि एकातिर सत्ता र अख्तियार बिचको विरोधाभास अर्को तिर प्रेमको आवश्यकता थियो । हिब्रू ऋषिहरुले यो विरोधाभासको अन्वेषण गरी हामीलाई ‘ख्रिष्ट’को आगमन बुझ्न मद्दत पुर्‍याएका छन । हामी हिब्रू वेदहरूमा ‘ख्रीष्ट’ को पहिलो उपस्थितिबाट तिनीहरूको अन्तर्दृष्टि अनुसरण गर्दछौं, हिब्रू राजा दाउदबाट १००० ईसापूर्व तिर बाट आएका थिए ।