‘मध्य पृथ्वी’ नामक कथाको पात्र ओर्कसजस्तै भ्रष्ट

मेरो योभन्दा अगाडिको लेखमा हामीचाहिँ परमेश्वरको स्वरूपमा बनिएका हौँ र हामीले आफूले आफैलाई र अरूहरूलाई कसरी हेर्नुपर्छ भन्ने कुराको लागि मैले बाइबलीय आधारलाई हेरेको थिएँ । तर वेद् पुस्तक (बाइबल) यस आधारको बारेमा अझ बढ् विकसित हुन्छ । बाइबलमा भजनसङ्ग्रहको पुस्तक पुरानो नियमको हिब्रूहरूद्घारा तिनीहरूका परमेश्वरको आराधनाको लागि प्रयोग गरिने पवित्र गीत तथा भजनहरूको संकलन हो । भजनसंग्रह १४ दाउद राजा (जोचाहि एक ऋषि पनि थिए) द्घारा लगभग १००० ईसापूर्वमा लेखिएको थियो र दाउदको यो भजनले परमेश्वरको दृष्टिकोणबाट मानवीय जीवनको वस्तुस्थितिलाई वर्णन गर्ने गर्दछ ।

पृथ्वीमा कोही बुझ्ने मानिसहरू तथा कोही परमेश्वरलाई खोज्ने मानिसहरू छन् कि भनेर प्रभु स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुन्छ । तिनीहरू सबै कुबाटोतिर लागेका छन्, तिनीहरू सबै एकैसाथ भ्रष्ट भएका छन्, असल काम गर्ने कोही पनि छैन, अहँ, असल गर्ने एकजना पनि छैन । (भजनसंग्रह १४:२–३)

‘भ्रष्ट हुनु’ भन्ने पदावली सम्पूर्ण मानवजातिलाई वर्णन गर्नको लागि प्रयोग गरिन्छ । किनकि यो केही कुरा हो जो हामी ‘बनेका’ छौँ, यहाँ परमेश्वरको स्वरूपमा बन्ने कामको प्रारम्भिक अवस्थाको सन्दर्भमा भ्रष्टताको उल्लेख गरिएको हो । यस अनुच्छेदले यो कुरा बताउँदछ कि भ्रष्टता आफैले यसलाई परमेश्वरबाट भएको निश्चित स्वतन्त्रतामा प्रदर्शन गर्दछ (‘सबै’ ‘परमेश्वरलाई खोज्ने काममा’ ‘किनारा लागेका’ छन्) र असल गर्ने काममा पनि त्यसै गर्छन् ।

अल्बस र ओर्कसप्रतिको विचार वा सोचाइ

Lord-of-the-rings-orcs
यस कथाका ओर्कसहरू दानव र मानव स्त्रीको मेलबाट उत्पन्न भएका थिए जो विभिन्न तरिकाहरूमा घिनलाग्दा थिए । तर साधारणतया तिनीहरू अल्बसको भ्रष्ट सन्तानहरू थिए ।

यसबारेमा अझ राम्ररी बुझ्नको लागि ‘लर्ड अफ द रिङ्गस’ वा ‘औँठीको मालिक’ भन्ने फिल्ममा भएको मध्य पृथ्वीको ओर्कसलाई एउटा उदाहरणको रूपमा लिन सकिन्छ । ओर्कस त्यसको देखिने मुहार, व्यवहार तथा त्यसले पृथ्वीसँग गर्ने कार्यव्यवहारमा डरलाग्दो तथा घृणित जनावरजस्तो छ । यद्यपि, अल्बस जो कुलीन तथा वैभवशाली थिए, ऊबाट आएको सन्तान ओर्कसचाहिँ साउरोनद्घारा भ्रष्ट तुल्याइएको थियो ।

Elf

जब तपाईँ अल्बससँग भएको प्रकृतिसँगको शानदार भव्यता, मिलाप र सम्बन्धलाई हेर्नुहुन्छ (लेग्लोसलाई नै सोचौँ) तब यो महसुस गर्नुहुन्छ कि भ्रष्ट ओर्कस पनि एकपटक अल्बस थिए जो पछि ‘भ्रष्ट भइगयो’, भन्ने कुरा गर्दा यहाँ तपाईँले मानिसहरूका बारेमा के भनिएको छ भन्ने भाव पाउँनुहुनेछ । मानिसको सम्बन्धमा पनि परमेश्वरले अल्बसको रचना गर्नुभएको थियो तर पछि ऊ ओर्कस बन्यो ।

हामीले हेरेको मानिसहरूको बीचमा भएको सर्वव्यापी प्रवृत्ति वा गुणसँग सम्बन्धित विषय र यो प्रस्तुत गरेको विषय साच्चै नै मिल्छ, अर्थात कुम्भमेला उत्सवमा देखाइएको झैँ हामीले गरेको पापप्रति सजग हुनु र शुद्घ हुनको लागि आवश्यकता । त्यसैले, यहाँ हामी त्यस्तो दृष्टिकोण वा विचारमा आइपुग्छौँ कि जुनचाहिँ एकदमै उपदेशात्मक वा शिक्षाप्रद छन् ः त्योचाहिँ हो मानिस एक चेतनशील, शारीरिक अनि नैतिक हुन्छन् भन्ने बाइबलीय प्रारम्भिक बिन्दु तर फेरि भ्रष्ट पनि, जुन हामी हाम्रो जीवनसँग मेल खाएको देख्दछौँ । यो भ्रष्टताको कारण हाम्रो स्वभावले मागेअनुसारको हाम्रो व्यवहार कहिल्यै पनि मिल्ने नहुदाँ चलाकिसाथ मानिसहरू स्वयमको आंकलन गर्दा हामीभित्र भएको एउटा नैसर्गिक नैतिक स्वभावको पहिचान गर्ने काम सजिलैसँग वेवास्ता गर्न सक्ने सम्भावना रहन्छ । बाइबलीय सोचाईँ मानवीय जीवनसँग मिल्छ । तर यसले एउटा स्पष्ट प्रश्न उठाँउछ कि : परमेश्वरले हामीलाई किन यसरी नैतिक दिशानिर्देशनका साथ बनाउनुभयो — तर पनि अझ यो किन भ्रष्ट छ त ? सुप्रसिद्घ नास्तिक क्रिस्टोफर हचिन्स यसरी आलोचना गर्छन् कि:

“…यदि परमेश्वरले साँच्चै मानिसहरूलाई यस्तो सोचाईँबाट (जस्तै, भ्रष्टताले भरिएको), मुक्त भएको चाहनुभएको हो भने उसले अझ फरक प्रकारको प्रजातिहरूका आविष्कार गर्नको लागि उसले धेरै सावधानीसाथ कार्य गरेको जुनुपर्छ । क्रिस्टोफर हचिन्स, २००७ । परमेश्वर महान हुनुहुन्नः कसरी धर्मले सबै कुरालाई बिगार्छ . पृष्ठ १०० ।

तर कुरो यो हो कि मानिसको हत्तारमा काम गर्ने बानीले गर्दा बाइबलमा भएको महत्वपूर्ण कुराहरूलाई स्वीकार गर्नुको सट्टा लत्याउने वा गुमाउने गदर्छ । बाइबलले हामीलाई यो तरिकाले बनाउनुभयो भनेर भन्दैन तर मानवको प्रारम्भिक सृष्टिपश्चात् आजको यो कठीन वस्तु स्थितिसम्म आइपुग्न वा मानवलाई यस्तो अवस्थासम्म ल्याउन त्यस्ता केही डरलाग्दा वा दुखद घटनाहरू घटेका छन् । हामी मानवको सृष्टिपश्चात् मानवीय इतिहासमा एउटा महत्वपूर्ण घटना घटेका छन् । बाइबल (वेद पुस्तक) को सबभन्दा पहिलो र सुरुको पुस्तक उत्पति मा लेखिए वा वर्णन गरिएअनुसार सृष्टिको पहिलो मानवले परमेश्वरको आज्ञा तोड्यो वा मानेन, मानवको यस्तो अनाज्ञाकारिताको कारणले गर्दा तिनीहरू परिवर्तन र भ्रष्ट भयो । यसैकारणले गर्दा आज हामी तमस, वा अन्धकारमा जीवन जिइरहेका छौँ ।

पापको कारण मानवजातिको पतन

मानव इतिहासमा यस घटनालाई प्रायजसो पापमा पर्नु वा पतन हुनु भनिन्छ । सृष्टिको पहिलो मानिस आदम परमेश्वरद्घारा सृजिएको थियो । कुनै पनि वैवाहिक सम्बन्धमा आपसमा विश्वासयोग्यता हुन्छ त्यसरी नै परमेश्वर र आदमको बीचमा पनि एउटा विश्वासको सहमति वा सम्झौता थियो, तर त्यो सम्झौतालाई आदमले तोड्यो । बाइबलले यो कुरा बताउँदछ कि आदमले ‘असल र खराबको ज्ञान दिने रूख’ को फल खायो जबकि उसले त्यो रूखको फल खानेछैन भनेर सहमति गरिएको थियो । यही सम्झौता र त्यस रूखले आदमलाई परमेश्वरप्रति विश्वासयोग्य रहने या नरहने भन्ने कुराप्रति स्वतन्त्र छनौट गर्ने मौका दिएको थियो । आदमचाहिँ परमेश्वरको स्वरूपमा सृष्टि गरिइएको थियो, र परमेश्वरसँग एउटा मित्रको जस्तो सम्बन्धमा आदमलाई राखिएको थियो । तर आदमसँग आफ्नो सृष्टिको सम्बन्धमा कुनै पनि प्रकारको छनौट गर्ने अधिकार थिएन, त्यसैले आदमलाई परमेश्वरसँगको मित्रतामा नै रहनको लागि अनुमति दिनुभयो । यदि बस्ने काम असम्भव भएको खण्डमा खड्डा भएर रहने इच्छा वा छनौट गर्नु पनि सम्भव हुदैन, ठीक त्यस्तै आदमको परमेश्वरसँगको मित्रता र भरोसा पनि एउटा छनौट गर्नु जस्तै थियो । यो छनौटचाहिँ आदमलाई रूखको फल नखानु भनी गरिएको आज्ञामाथि आधारित छ । तर आदमले यस आज्ञाको विरूद्घमा विद्रोह गर्ने कुराको छनौट गरयो गर्यो गरयो । आदमले उसको विद्रोहको साथमा जे कुरा सुरुवात गरयो त्यो कुरा एकपछि अर्को पुस्तासम्म लगातार सर्दै आजसम्म पनि हामीसँग निरन्तर चलिरहेको छ । यस भनाईको अर्थ के हो भन्ने कुराको लागि

परमेश्‍वरको स्वरूपमा

हामीले पहिले नै देखेका छौँ कि कसरी पुरूषासूक्ता आरम्भ हुने समयको आरम्भ हुनुभन्दा अगाडि नै आरम्भ हुन्छ र पुरूषाको बलिदानको निर्णय गर्ने परमेश्‍वर (प्रजापति) को मनको वर्णन गर्छ । यो निर्णय पश्चात् सम्पूर्ण सृष्टिको वस्तुको सृजना हुन्छ जसमा मानवजातिको सृष्टि पनि सम्मिलित छन् ।

अब हामी वेद पुस्तक (बाइबल) ले मानवजातिको सृष्टिको बारेमा के भन्छ भन्ने बारेमा सोचौँ ताकि हामी बाइबलले सृष्टिको विवरणको मुख्य सन्दर्भमा रहेर हाम्रो बारेमा के सिकाँउछ भन्ने समझ प्राप्त गर्न सक्छौँ ।

अनि परमेश्‍वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं …” यसैकारण परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो, नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। ” (उत्पति १: २६-२७)

“परमेश्‍वरको स्वरूपमा”

मानिस ‘परमेश्‍वरको स्वरूपमा’ सृष्टि गरियो भन्नुको तात्पर्य के हो ? यसको तात्पर्य यो होईन कि परमेश्‍वर दुई हात, कपाल, आदि भएको भौतिक प्राणी हो । गम्भीर तवरले भन्नुपर्दा, मानिसका आधारभूत गुण–विशेषताहरू परमेश्‍वरको गुणबाट आएका छन् । त्यसैले उदाहरणको लागि, परमेश्‍वर (बाइबलमा) र मानिस (अवलोकन गर्दा) दुबैसँग बुद्धि छ, भावना छ, र इच्छा छ । बाइबलमा परमेश्‍वरलाई कहिले दुखित भएको, कहिले चोट परेको, कहिले रिसाएको त कहिले आनन्दित भएको पाइन्छ , त्यहीँ प्रकारको भावनाहरू हामी मानवजातिले अनुभव गर्छौँ । हामी दैनिक रूपमा छनौट तथा निर्णय गर्ने गर्छौँ । त्यस्तै गरेर परमेश्‍वरले पनि छनौट गर्नुभएको तथा निर्णय गर्नुभएको कुरा हामी बाइबलमा पाउछौँ । हाम्रो धारणागत तर्क गर्ने तथा सोचविचार गर्ने क्षमता परमेश्‍वरबाट आएका हुन् । हामीसँग चेतनाको, भावनाको तथा इच्छाको क्षमताहरू छन् किनभने तिनीहरू परमेश्‍वरसँग छन् र हामी उहाँको स्वरूपमा बनिएका हौँ ।

गहनरूपमा हेर्दा हामी एक चेतनशील, आत्मसचेत तथा ‘म’ र ‘तिमी’ भन्ने विवेक भएका प्राणी हौँ । हामी व्यक्तित्वहीन ठोस वस्तु होइनौँ । हामी यस्तो यसकारणले छौँ किनकि परमेश्‍वर नै यस्तै हुनुहुन्छ । यस आधारभूत दृष्टिकोणमा, बाइबलको परमेश्‍वरलाई चितपरिचित स्टार वार फिल्मको ‘शक्ति’ जस्तो सर्वेस्वरवादी व्यक्तित्वहीनको रूपमा चित्रण गरिदैन । वास्तविकता यो हो कि मानवजाति ‘ठोस वस्तु’ को रूपमा भन्दा पनि एक चेतनशील प्राणी हुन् भन्ने कुरा परमेश्‍वरको बारेमा दिइएको यस प्रारम्भिक शिक्षाको ज्योतिमा अर्थपूर्ण रूपमा छ ।

हामी किन सौन्दर्यप्रेमी छौँ

हामी कला तथा नाटक मन पराउछौँ । हामी प्राकृतिक रूपमै सुन्दरताको सराहना गर्छौ तथा चाहन्छौँ पनि । संगीत तथा साहित्यलाई समावेश गर्दा यो बाह्य सौन्दर्यभन्दा परको कुरा हो । हामीलाई संगीत कति महत्वपूर्ण छ भन्ने बारेमा सोच्नुहोस् अनि यतिसम्म कि हामी नाच्न कति मन पराउछौँ । संगीतले हाम्रो जीवनलाई समृद्ध बनाउछ । हामी आज पनि राम्रा कथाहरू चाहे त्यो उपन्यासहरू या नाटकहरू या अधिक सामान्यत फिल्म नै किन नहोस् तर मन पराउछौँ । कथाहरूका हिरोहरू, खलनायकहरू, कथाहरू अनि प्रसिद्ध कथाहरूले त यी नायकहरू, खलनायकहरू तथा कथाहरू सबैलाई हाम्रो कल्पनामा मिलाइदिन्छन्। हामी आफैले मनोरञ्जन लिन, पूनर्जागृत तथा ताजकि महसुस गर्ने क्रममा कलालाई यसको विभिन्न स्वरूपमा प्रयोग तथा सराहना गर्नु हाम्रो लागि एकदमै स्वभाविक देखिन्छ किनभने परमेश्‍वर एउटा कलाकार हुनुहुन्छ र हामी उहाँको स्वरूपमा सृजिएका एउटा कला हौँ ।

यस्तो प्रश्न सोध्न वाञ्छनीय हुन्छ । चाहे त्यो कलामा होस्, चाहे त्यो नाटकमा होस्, चाहे त्यो संगीतमा होस्, चाहे त्यो नृत्यमा होस् वा चाहे त्यो साहित्यमा होस् कि हामी किन स्वभाविकरूपमा सौन्दर्यप्रेमी छौँ ? जब म भारतको यात्रा गर्छु तब पश्चिमी देशहरूमा बनेको फिल्महरूमा भन्दा भारतीय फिल्म ज्यादा संगीत तथा नृत्यले भरिएको देख्दा म सधै छक्क पर्ने गर्छु । एक निडर स्पष्ट बोल्ने नास्तिक तथा संज्ञानात्मक प्रक्रियामाथि बुझाई भएको विद्घान् दानिएल डेनेटले भौतिकवादी दृष्टिकोणाबाट यसरी यस प्रश्नको उत्तर दिन्छन्:

“तर यस अनुसन्धानमा अनुसन्धानमा अहिले पनि संगीतलाई गम्भीरताका साथ लिदैनन् । यो प्रश्न विरलै सोधिन्छ कि: संगीत किन अस्तित्वमा आयो? जहासम्म संगीतको कुरा छ , यसको लागि एउटा सत्य उत्तर छ: संगीत अस्तित्वमा छ किनभने हामी यसलाई मन पराउछौँ र अझ अरू संगीतहरूलाई अस्तित्वमा ल्याउछौँ वा जन्माउछौँ । तर हामी यसलाई यसरी किन मन पराउछौँ त : किनभने हामी संगीतलाई एकदमै सुन्दर पाउछौँ । तर यो हामीलाई किन सुन्दर लाग्छ ? यो एउटा पूर्ण असल जैविक प्रश्न हो, तर पनि अझै यसको असल उत्तर मिलेको छैन।” (दानिएल डेनेट । जादूको तोडाई : एक प्राकृतिक धटनाको रूपमा धर्म . पृष्ठ ४३)

मानवजातिमाथि भौतिकवादी दृष्टिकोणसँग हाम्रो मानवीय प्रकृतिको बारेमा यस मूलभूत प्रश्नका कुनै उत्तर छैन। बाइबलीय दृष्टिकोणबाट यो कुरा थाहा हुन्छ कि परमेश्‍वर कलाप्रेमी तथा सौन्दर्यप्रेमी हुनुहुन्छ। परमेश्‍वरले विभिन्न चीजविजहरूलाई सुन्दर रूपमा सृजनुभयो अनि सृजनुभएको सुन्दरतामा उहाँ आनन्दित हुनुभयो । उहाँको स्वरूपमा बनिएका हामी पनि उहाँजस्ते छौँ ।

हामी नैतिकवान् किन छौँ

यसका अतिरिक्त, ‘परमेश्‍वरको स्वरूपमा बनिनु वा सृजिनु’ ले कुनै पनि संस्कृतिहरूमा सामान्यत पाइने स्वाभाविक नैतिक क्षमताको वर्णन गर्दछ जुनचाहिँ हामीले गुरु साई बाबाको नैतिक शिक्षामा हेरेका छौँ । किनभने हामी परमेश्‍वरको स्वरूपमा तथा नैतिकतामा बनिएका हौँ, जसरी एउटा कम्पासले उत्तरी ध्रुवतिर निर्देशित गर्दछ त्यसरी नै हाम्रो ‘निष्पक्षता’ ‘भलाई’, ‘सही’ को लागि त्यसतर्फ निर्देशित रहन पनि यस तरिकाले सृजिएका हौँ किनकि परमेश्‍वर यसरी नै बनिनुभएको हो । यो धार्मिक मानिसहरू मात्र होईन जो यस तरिकाले बनिएका हुन् — यद्यपि प्रत्येक जना यसरी नै सृजिएका हुन् बनिएका हुन् । यस कुराको पहिचान नगर्दा गलत बुझाई उत्पन्न हुनसक्छ । उदाहरणको लागि भौतिकवादी अमेरिकी व्यक्ति साम हारिसले दिएको यस चुनौतीलाई लिऔँ ।

“यदि तपाई धार्मिक विश्‍वासले मात्रै नैतिकताको लागि वास्तविक आधार प्रदान गर्छ भन्ने कुरामा विश्‍वास गर्नु ठीक मान्नुहुन्छ भने नास्तिकहरू धार्मिक विश्वासीभन्दा कम नैतिकवान हुनुपर्छ ।” साम हारिस. २००५. एक ईसाई राष्ट्रको लागि पत्र . पृष्ठ ३८–३९

हारिस यहाँ गलत छन्। बाइबलीय आधारमा भन्नुपर्दा, नैतिकताप्रतिको हाम्रो बुझाई हामी परमेश्‍वरको स्वरूपमा बनिएको कारणबाट आउँछ, तर धार्मिक हुनुबाट होइन। तसर्थ: हामी सबै बाँकि रहेका जस्तै नास्तिकहरूसँग यो नैतिक भावना छन् अनि नैतिक तवरले कार्यव्यवहार गर्न सक्छन् । नास्तिकवादसँग समस्या यो हो कि हामीसँग हाम्रो नैतिकता किन छ भन्ने कुरा कोप्रति जवाफदेही हुने — तर परमेश्‍वरको नैतिक स्वरूपमा बनिनु भनेको नै एउटा सरल तथा सिधा विवरण हुन् ।

किन हामी यति धेरै सम्बन्धपरक छौँ

बाइबलअनुसार हामी आफैलाई बुझ्नको लागि प्रारम्भिक बिन्दु भनेको हामी परमेश्‍वरको स्वरूपमा बनिएका हौँ भनेर पहिचान गर्नु हो । यसकारणले गर्दा, हामी या त परमेश्‍वर (बाइबलमा उहाँको बारेमा जे कुरा खुलाइएको छ त्यसद्घारा) प्रति अन्तरदृष्टि या त मानिसहरू (अवलोकन वा प्रतिबिम्बद्घारा) प्रति अन्तरदृष्टि या त अरूहरूप्रति अन्तरदृष्टि प्राप्त गर्न सक्छौँ। त्यसैले उदाहरणको लागि, मानिसहरू सम्बन्धलाई यति धेरै महत्व किन दिन्छन् भन्ने कुरामा ध्यान दिनु सजिलो छ । एउटा राम्रो फिल्म हेर्नु एकदम ठीक हो, तर त्यो फिल्म आफ्नो साथीसँग हेर्नु अझ त्यो भन्दा उत्तम अनुभव हुन्छ । हामी स्वाभाविक रूपमै साथीसंगी चाहन्छौँ जोसँग हामी आफ्नो अनुभवहरू बाँड्छौँ । अर्थपूर्ण वा सच्चा मित्रता र पारिवारिक सम्बन्धहरू हाम्रो भलाइको भावको लागि एउटा साँचो हो । यसको विपरित, एक्लोपना र/वा फुटेको परिवारिक सम्बन्ध तथा मित्रतामा आएको खटपटले हामीलाई तनावमा पार्ने गर्छ। अरूहरूसँगको हाम्रो सम्बन्धको अवस्थाले हामी तटस्थ तथा स्थीर हुदैनौँ । फेरि, म भारततर्फ निरन्तर भ्रमण गर्ने भएको हुँदा यो कुरा भारतीय फिल्ममा एकदमै दृढ्ताको साथमा देखाइन्छ भन्ने मलाई थाहा छ । यी फिल्महरूमा सधै पारिवारिक तथा रमाइलो प्रकारको सम्बन्धहरूलाई एकदमै जोड दिएर चित्रित गरिएको देखिन्छ ।

अब, यदि हामी परमेश्‍वरको स्वरूपमा बनिएका हौँ भने परमेश्‍वरसँग पनि यस्तैखालको सम्बन्धको महत्व बुझ्न तथा दिन पनि अपेक्षा गर्नुपर्ने हुन्छ, र वास्तवमा हामी त्यसो गर्छौँ पनि । बाइबलले यो बताँउछ कि “परमेश्‍वर प्रेम हुनुहुन्छ…” (१ यूहन्ना ४: ८) । हामीले परमेश्‍वरलाई दिनुपर्ने प्रेम र अरूहरूलाई दिनुपर्ने प्रेमको महत्वको बारेमा बाइबलमा प्रशस्त लेखिएका छन् — तिनीहरूलाई वास्तवमा येशू खीष्ट (येशू सत्संग) द्घारा बाइबलमा दिइएको दुईओटा सबभन्दा महत्वपूर्ण आज्ञाहरू हुन् भनी बताइएको छ । जब तपाईँ यसको बारेमा सोच्नुहुन्छ, प्रेम सम्बन्धउन्मुख हुनुपर्छ किनकि यसलाई व्यवहारमा उतार्नको लागि एउटा व्यक्तिको आवश्यकता पर्छ जसले प्रेम (प्रेमी) गर्छ र अर्को व्यक्ति जोचाहिँ यो प्रेम प्राप्त गर्ने व्यक्ति हुन् – अर्थात् प्रियतम ।

यसप्रकार हामीले परमेश्‍वरलाई एउटा प्रेमीको रूपमा सोच्नुपर्छ । यदि हामी उहाँलाई ‘प्रमुख संचालक’, ‘प्रथम कारक’, ‘सर्वज्ञानी ईश्वर’, ‘दयालु प्राणी’ या त सायद ‘व्यक्तिहीन आत्मा’ को रूपमा मात्रै सोच्छौँ भने हामी उहाँलाई बाइबलमा उल्लेख भएको परमेश्‍वरको रूपमा सोचिरहेका हुदैनौँ तर त्योभन्दा बढी् हामी हाम्रो मनमा आफ्नै देवतालाई निर्माण गरेर राखेका हुन्छौँ । यद्यपि उहाँको साथमा यी सबै कुराहरू छन्, उहाँलाई सम्बन्धमा अनियन्त्रित तवरले जोशिलो हुने व्यत्तिको रूपमा पनि चित्रित गरिन्छ । उहाँ ‘ सँग’ प्रेम छैन । तर उहाँ आफै नै प्रेम हुनुहुन्छ। परमेश्‍वरको मानिसहरूसँगको सम्बन्धको बारेमा बाइबलमा दुईओटा चर्चित उपमाहरू दिइएका छन् जसमा एउटा बाबु र उसको बच्चाहरूकाबीचको सम्बन्ध तथा एउटा श्रीमान् र उसको श्रीमतीसँगको सम्बन्ध के छ भन्ने हो । तिनीहरू भनेको अभावुक दार्शनिक प्रथम कारकको उदाहरणहरू होइनन् तर यिनीहरू भनेको मानव सम्बन्धको बढो घनिष्ट अनि गहनताको साथमा रहेका छन् ।

त्यसैले, यस विषयमा हामीले अहिलेसम्म खड्डा गरेको आधार यहाँ छन् । मन, भावना, तथा इच्छा समावेश भएको मानिस परमेश्‍वरको स्वरूपमा बनिएका हुन्। हामी संवेदनशील तथा आत्मसजग छौँ । हामी हाम्रो आफ्नै ‘नैतिक व्याकरण’ भएका नैतिक प्राणी हौँ जसले हामीलाई ठीकबेठीक, सही गलत तथा के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने बारेमा जन्मजात रूपबाट दिशानिर्देश गर्छन्। हामीसँग सबै प्रकारको रूपमा सुन्दरता, अभिनय, कला तथा कथालाई विकास तथा सराहना गर्ने जन्मजात क्षमता रहेको छ । अनि हामी जन्मजात तथा स्वभाविक रूपमै अरूहरूसँग सम्बन्ध तथा मित्रता कायम गर्न खोज्छौँ । यी सबै कुराहरूमा हामी संलग्न हुन्छौँ किनकि परमेश्‍वर नै यी कुरामा संलग्न हुनुहुन्छ र हामी परमेश्‍वरको स्वरूपमा बनिएका हौँ । हामीले यो आधार खड्डा गरेको हुँदा हामी हाम्रो बारेमा जे अवलोकन गर्छौँ त्योसँग यी सबै मान्यताहरू कमसेकम पनि स्थीर छन्। हामी अर्को भागमा वा लेखमा अरू कठीनाईहरूका बारेमा हेर्नेछौँ ।