मोक्ष प्राप्ति—कर्मबाट स्वतन्त्रता प्राप्त गर्नु

कर्म, गुरुत्वाकर्षण जस्तै, एउटा व्यवस्था हो जुनचाँहि तपार्इँ र ममाथि कार्यरत छ । कर्मले धेरैओटा अर्थ दिनसक्छ तर यसको आधारभूत मर्मलाई हामीद्धारा सम्पन्न भएको कामले जनाउँदछ अनि धार्मिक कार्यको लाभ र दुष्ट कामको दण्ड हाम्रो प्राणसँग जोडिएको छ । हाम्रो कार्यव्यवहार पूर्णरूपले धार्मिक नभएको खण्डमा हामीले दण्ड भोग्नुपर्छ अनि फेरि त्यो दण्ड नभोगेमा हामी बन्धनमा पर्छौँ ।

हामी सबैजना स्वभाविकरूपमा कुनै न कुनै तरिकाले यसलाई अनुभगर्छौ । अनि हाम्रो ज्ञान र बुद्धिद्धारा संगठित कर्महरूसँग संगत वा कार्यव्यवहार गर्न धेरै तरीकाहरू आविष्कार गरेकाछौँ । यहाँ एउटा कर्ममार्ग (कामको बाटो) छ जहाँ हामी भलाईको कामको लागि कठोर मेहनत गर्छौँ । धेरै मन्त्र तथा पूजाहरू छन् जसको उच्चारण गरिन्छ । साथै धेरै पर्वहरू तथा पवित्र स्नान कर्महरू छन् , जस्तै कुम्भमेला पर्व। जसमा सहभागी हुने गरिन्छ । यी सबै मार्गहरू कठिन छन् अनि हाम्रा प्रयासहरू पर्याप्त भएका छन् भनेर हामी कहिल्यै पनि निश्चित हुदैनौँ । के हाम्रा कर्महरूका पछाडिको अभिप्रायहरू असल थिए? के ती असल कामहरूका संख्याको मात्रा पर्याप्त थिए? यसमा हामी कहिल्यै पनि निश्चित छैनौँ । अनि, गुरुत्वाकर्षण जस्तै, हामी पनि कर्मसँगै रहिरहन्छौँ र मोक्ष प्राप्त गर्न अनि स्वतन्त्रता प्राप्त गर्नको लागि हामी असक्षम छौँ । यसकारण, मानिसहरू पूजा गर्नुभन्दा अगाडि प्ररथास्नाना (वा प्रतासना) मंत्र (“म एक पापी हुँ । म पापको परिणाम हुँ । म पापमा जन्मिएको हुँ। । मेरो प्राण पापको अधिनमा छ । म सबभन्दा खत्तम पापी हुँ । हे प्रभु जसको आखा सुन्दर छ, मेरो लागि बलिदान दिने हे प्रभु, मलार्इँ बचाउनुहोस्।”) को उच्चारण गर्छन् ।

प्रजापति/यहोवा : यस्तो परमेश्वर जो बलिदानको प्रबन्ध गर्नुहुन्छ

यसकारण यो “बलिदानको प्रभु को हुनुहुन्छ?” अनि उहाँले हामीलाई कसरी यो कामको व्यवस्थाबाट बचाउन सक्नुहुन्छ? सबभन्दा प्राचीन वेदको लेखमा, परमेश्वर जो सारा सृष्टिको प्रभु हुनुहुन्थ्यो—उहाँले यो ब्रह्माण्डलाई बनाउनु तथा नियन्त्रण गर्नुभयो —उहाँलाई नै प्रजापति भनियो । उहाँ प्रजापति हुनुहुन्छ जसद्धारा सबै कुराहरू अस्तित्वमा आए ।

ऋग्वेद लेखिएको समयकै आसपासको समयमा, लगभग १५०० ईसा पूर्वमा, पृथ्वीको अर्को भाग जसलाई आजभोली मध्यपूर्व द्वीप भनी भनिन्छ—त्यहाँ पवित्र शास्त्रको अर्को भाग लेखिदै थियो । वेद पुस्तक (बाइबल) को यी प्रारम्भिक हिब्रू भागलाई तोरह को रूपमा चिनिन्छ । तोरह यो घोषणा गर्दै सुरु हुन्छ कि एक परमेश्वर हुनुहुन्छ जोचाहिँ पूरै ब्रह्माण्डको सृष्टिकर्ता हुनुहुन्छ । मूल हिब्रू भाषाको पुस्तकमा परमेश्वरलाई या त इलोहीम या त यहोवा भनियो, अनि यी नामहरूलाई हिब्रू भाषाको पुस्तकमा एक अर्काको स्थानमा प्रयोग गरिन्छ । यसप्रकारले, ऋग्वेदमा भएको प्रजापति जस्तै, तोरहमा भएका यहोवा वा इलोहीम पनि सबै सृष्टिको प्रभु हुनुहुन्थ्यो (हुनुहुन्छ) ।

तोरहको सुरुमा, अब्राहाम नामक ऋषिसँगको उल्लेखनीय जम्काभेटमा यहोवाले आफैलाई ‘जुटाउनुहुने’ परमेश्वरको रूपमा प्रकट गर्नुहुन्छ । हामी यस जम्काभेटको बारेमा अझ विस्तृतरूपमा पछि हेर्नेछौँ । यो समयमा, म यहोवा जसले जुटाउनुहुन्छ (हिब्रू भाषामा यहोवा–यीरे) र ऋग्वेदको प्रजापति जो “प्राणीहरूका संरक्षक तथा समर्थक” हुनुहुन्छ, उहाँकोबीचमा भएको समानतालाई देखाउन चाहँन्छु ।

यहोवाले कुन तरिकाले जुटाउनुहुन्छ ? हामी कर्मबाट स्वतन्त्र हुनुपर्ने आवश्यकताको बारेमा अघि नै हेरिसकेका र्छौँ अनि मन्त्रको बारेमा पनि जसले बलिदानको परमेश्वरमा प्रार्थना गर्दछ । ऋग्वेदले हामीलाई निम्न कुराहरू बताउदै यो यसरी विस्तार हुन्छ:

“वास्तविक बलिदान प्रजापति स्वयम् हुन्”

[ संस्कृत : प्रजापतिर य़ाञा:]

संस्कृतको विद्वान एच.अगुइलरले सतपथ ब्राह्माणबाट अनुवाद गर्दै यसमा यसरी टिप्पणी गर्छन्:

“अनि वास्तवमा, यस बलिदानको पूरा गर्नको लागि कोही पनि (पीडित) थिएन तर केवल प्रजापति हुनहन्थयो, र परमेश्वरले नै उहाँलाई बलिदानको लागि तयार गर्नुभयो । यसकारण यस सन्दर्भको सम्बन्धमा ऋषिले भन्नुभयो कि “देवताहरूले बलिदानको सहायताले यस बलिदान चढा्ए—किनकि बलिदानको सहायताद्धारा उनीहरूले उहाँ (प्रजापति) लाई बलि चढाए, बलिदान—यो सबभन्दा पहिले विधान थियो, किनकि व्यवस्था सबभन्दा पहिले स्थापित भएको थियो ।” एच. अगुइलर, ऋग्वेदमा बलिदान

प्राचीन समयबाट नै वेदले घोषणा गर्दछ कि प्रजापति (यहोवा) ले हाम्रो आवश्यकताको पहिचान गर्नहुन्छ त्यसैकारणले हाम्रो कर्मको लागि उहाँले आफैलाई बलिदान दिनुभयो । उहाँले यो कसरी गर्नुभयो त भन्नेबारेमा हामी पछिल्लो लेखमा हेर्नेछौँ जब हामी ऋग्वेदको पुरूषासूक्तामा पुरूषा-प्रजापतिको बलिदानमाथि ध्यान केन्द्रित गछौँ, तर अहिलेलाई यो कत्तिको महत्वपूर्ण छ त भन्नेबारेमा सोच्नुहोस् । स्येतास्येतरोपनिषद् भन्नुहुन्छ:

“अनन्त जीवनमा प्रवेश गर्ने अरू कुनै बाटो छैन” (संस्कृतमाः णन्यह्पन्थ विद्यते—अयनय) स्येतास्येतरोपनिषद् ३/८

यदि तपार्इँ कर्मबाट बच्ने रूचि राख्नुहुन्छ भने, यदि तपाईँ मोक्ष या आत्मजागृतिको इच्छा राख्नुहुन्छ भने यस कुरामा जानकार हुनु बुद्धिमानी हुन्छ कि किन र कसरी प्रजापति (या यहोवा) ले हाम्रो लागि येशूको स्वयम् बलिदानद्धारा जे प्रकट गर्नुभयो ताकि हामी कर्मबाट बच्न सकौँ अनि स्वर्ग प्राप्त गर्न सकौँ । अनि वेदले हामीलाई मार्गमा त्यसै छोडिदिनुहुन्न । ऋग्वेदमा पुरूषासूकता छ जसले प्रजापतिको देहधारण र उहाँले हाम्रो लागि गर्नुभएको बलिदानको बारेमा वर्णन गर्छ । पुरूषासूकताको परिचयको बारेमा जान्नको लागि यहाँ क्लिक गर्नुहोस् जसले पूरूषाको बारेमा बताउँछ जसरी बाइबल (वेद पुस्तक) ले येशू सत्संग (नासरतको येशू) र तपाईँलाई मोक्ष वा मुक्ति (अमरत्व) दिनलाई उहाँले गर्नुभएको बलिदानको बारेमा बताउँछ । यसपश्चात् हामी यो वेदको अध्ययनलाई निरन्तरता दिन्छौँ कि प्राचीन ऋषि अ्ययूब आफूले कसरी कर्मबाट स्वतन्त्रता र अनन्त जीवन—उसलाई मोक्ष प्रदान गरिएको थियो, र आशाको घोषणा गर्न सक्यो

बलिदानको लागि विश्वव्यापी आवश्यकता

ऋषि तथा मुनिगणहरूले युगौँदेखि जानेका छन् कि मानिसहरू धोका–मायाजाल तथा पापमा जीवन जिउने गर्छन् । सबैजना कुनै पनि तरिकाले ‘शुद्ध’ हुनुपर्छ भन्ने स्वभाविक चेतना भएका सबै धर्महरू, युगहरू तथा शैक्षिक स्तरका मानिसहरूमा यो कुरा पार्इँन्छ । यसकारणले, धेरैजना कुम्भमेला उत्सवमा सहभागी हुन्छन् र मानिसहरू किन पूजा गर्नुभन्दा अगाडि प्ररथास्नाना (वा प्रतासना) मन्त्र (“म एक पापी हुँ । म पापको परिणाम हुँ । म पापमा जन्मिएको हुँ । मेरो प्राण पापको अधिनमा छ । म सबभन्दा खत्तम पापी हुँ । हे प्रभु जसको आखा सुन्दर छ, मेरो लागि बलिदान दिने हे प्रभु, मलार्इँ बचाउनुहोस् ।”भनी भन्छन्/जप्छन् )। यो शुद्ध हुने स्वभाविक आवश्यकतालाई साथ दिनु वा मान्नु भनेको हाम्रो पापको लागि वा हाम्रो जीवनको अन्धकार (तमस) को लागि कुनै पनि तरिकाले बलिदान दिनुपर्ने आवश्यकताको भाव हो । अनि एकपटक फेरि बलिदानको पूजाहरूमा वा कुम्भमेलामा र अरू पर्व–उत्सवहरूमा मानिसहरूले बलिदान दिनुपर्ने यो स्वभाविक–सहज आवश्यकतालाई पूरा गर्न समयको, रूपैयाँ–पैसाको र तपस्याको बलिदान चढा्उने गर्दछन् । मैले सुनेको छु कि मानिसहरू गाईलाई लिएर उसको पुच्छर समातेर नदी पार गर्छन् रे । यो सबै पूजा या बलिदानको रूपमा क्षमा प्राप्त गर्नको लागि गर्ने गरिन्छ ।

क्षमाको लागि बलिदान दिने आवश्यकता त्यतिबेलासम्म हाम्रो माझमा रहिरहन्छ जतिबेलासम्म हाम्रो माझमा सबभन्दा पुरानो धार्मिक लेख रहन्छ । र यी लेखहरूले यो पुष्टि गर्छन् कि जे कुरा हामीलाई हाम्रो अन्तरदृष्टिले बताउँछ—त्यो बलिदान एकदमै महत्वपूर्ण हुन्छ अनि त्यसलाई चढाउनैपर्छ ।

कठोपनिषद् (हिन्दू लेख) मा नायक नचिकेता भन्छन्:

“म साँच्चै जान्दछु कि अग्निबलिले स्वर्ग पु-याँउछ अनि यो स्वर्ग प्राप्त गर्ने मार्ग हो”

कठोपनिषद् १.१४

हिन्दू पुस्तकले भन्छ:

“बलिदानको माध्यमबाट नै मानिस स्वर्ग पुग्छ” शतपथब्राह्मण VII.६.१.१०

“बलिदानको तरिकाबाट, मानिसले मात्र होइन तर देवताहरूले पनि अमरत्व प्राप्त गर्छन्” शतपथब्राह्मण II२.२.८-1४

त्यसकारणले गर्दा बलिदानको माध्यमबाट नै हामी अमरत्व तथा स्वर्ग (मोक्ष) प्राप्त गर्न सक्छौँ । तर कस्तो प्रकारको बलिदान? र त्यो बलिदानको लागि कति दण्डको आबश्यकता पर्छ? या हाम्रो पाप/तमस मोचनको लागि कति भलाईको काम गर्नुपर्छ? भन्ने सम्बन्धमा अझ प्रश्न आउँछ । के यसको लागि ५ वर्षको तपस्या काफी हुनेछ? के गरीबहरूलाई पैसा दिनु एक बलिदानको लागि प्रयाप्त हुनेछ? यदि हुनेछ भने कति प्रयाप्त?

प्रजापति/यहोवा: यस्तो परमेश्वर जो बलिदानको प्रबन्ध गर्नुहुन्छ

सबभन्दा प्राचीन वेदको लेखमा, परमेश्वर जो यस सबै सृष्टिको प्रभु हुनुहुन्थ्यो—जसले ब्रह्माण्डलाई बनाउनुभयो र वशमा राख्नुभयो—उहाँ नै प्रजापति हुनुहुन्छ, जसद्धारा सम्पूर्ण कुराहरू अस्तित्वमा आए ।

वेद पुस्तक (बाइबल) को प्रारम्भिक हिब्रू भागलाई तोरह को रूपमा चिनिन्छ । तोरह लगभग १५०० ईसापूर्वमा लेखियो, त्यसैबेला ऋग्वेद पनि रचिएको थियो । तोरह यो घोषणा गर्दै सुरु हुन्छ कि एक जीवित परमेश्वर हुनुहुन्छ जोचाहिँ पूरै ब्रह्माण्डको सृटिकर्ता हुनुहुन्छ । मूल हिब्रू भाषाको पुस्तकमा परमेश्वरलाई या त इलोहीम या त यहोवा भनियो, अनि यी नामहरूलाई हिब्रू भाषाको पुस्तकमा एक अर्काको स्थानमा प्रयोग गरिन्छ । यसप्रकारले, ऋग्वेदमा भएको प्रजापति जस्तै, तोरहमा भएको यहोवा वा इलोहीम पनि सबै सृष्टिको प्रभु हुनुहुन्थ्यो (हुनुहुन्छ) ।

तोरहको सुरुमा, अब्राहाम नामक ऋषिसँगको उल्लेखनीय जम्काभेटमा यहोवाले आफैलाई ‘जुटाउनुहुने’ परमेश्वरको रूपमा प्रकट गर्नुहुन्छ । यहोवा जसले ‘जुटाउनुहुन्छ’ (हिब्रू भाषामा यहोवा–यीरे) र ऋग्वेदको प्रजापति जो “प्राणीहरूका संरक्षक तथा समर्थक” हुनुहुन्छ, यस्तो समानताले म आकर्षित भएँ ।

कुन तरीकामा यहोवाले जुटाउनुहुन्छ? हामीले पहिले नै मानिसहरूद्धारा चढाइने बलिदानको स्वभाविक आवश्यकतामाथि ध्यान दिएका छौँ, तर यस कुराको निश्चितताबिना हामी जुन बलिदान ल्याउछौँ त्यो प्रयाप्त हुन्छ । एकदमै चाखलाग्लो कुरा त यो छ कि हाम्रो आवश्यकताको विशेष क्षेत्रमा कसरी प्रजापतिले हाम्रो आवश्यकता पूर्तिको लागि जुटाउनुहुन्छ भन्ने बारेमा तन्ड्यामाहा ब्राह्मण घोषणा गर्छ । भनिएको छ:

“प्रजापति (सारा सृष्टिका प्रभु) ले देवताहरूको लागि आफ्नै बलिदानी चढउनुभयो” तन्डयामा ब्राह्मण अध्याय ७ को दोस्रो खण्ड । [संस्कृतमा – “प्रजापतिर्द्देवेभ्यम् अत्मनम्य़ज्नम्क्र्त्व प्रयच्चत्”]

यहाँ प्रजापति एकवचनमा छ । ठीक तोरहमा एउटा मात्रै यहोवा भएजस्तै यहाँ पनि एउटा मात्रै प्रजापति छ । पछि ईस्वी सम्वत् ५०० देखि १००० को बीचमा लेखिएको पुराणको साहित्यमा धेरै प्रजापतिहरूको पहिचान भएको छ । तर माथि लेखिएको सबभन्दा पुरानो लेखमा झैँ प्रजापति एकवचन हो अर्थात एउटै मात्र प्रजापति हुनुहुन्छ । अनि हामी यस कथनमा देख्छौँ कि प्रजापतिले आफैलाई दिनुहुन्छ वा उहाँ स्वयम् बलिदान हुनुहुन्छ अनि उहाँले यो बलिदान अरूहरूका लागि दिनुहुनुहुन्छ । ऋग्वेदले यस कुरालाई यसो भन्दै पुष्टि गर्छन् कि :

“वास्तविक बलिदान भनेको प्रजापति स्वयम् हो” [संस्कृतमा: प्रजापतिरय़ाञा:]

संस्कृतका विद्धान् एच. अगुइलर शतपथब्राह्मणबाट अनुवाद् गर्दै यस कुरालाई यसरी टिप्पणी गर्छन्:

“अनि वास्तवमा यस बलिदानको पूरा गर्नको लागि अरू (पीडित) कोही पनि थिएन तर मात्रै प्रजापति हुनुहुन्थ्यो, अनि देवताले उहालाई नै बलिदानको लागि तयार गर्दिए । यसकारण यस सन्दर्भको सम्बन्धमा ऋषिले भनेका छन् कि देवताले बलिदानको सहायताले यस बलिदान चढए—किनकि बलिदानको सहायताले तिनीहरूले उहाँ (प्रजापति) लाई चढए, बलिदान—यो सबभन्दा पहिलो विद्यान थियो, किनकि यी व्यवस्थाहरू सबभन्दा पहिले स्थापित गरिएका थिए ।” एच. अगुइलर, ऋग्वेदमा बलिदान

धेरै पहिलेदेखि नै वेदले यो घोषणा गर्दछ कि यहोवा वा प्रजापतिले हाम्रो आबश्यकतालाई पहिचान गर्नुभएको थियो । त्यसैले उहाँले हाम्रो कर्मको लागि आफ्नै बलिदानको प्रबन्ध गर्नुभयो । उहाँले यो कसरी गर्नुभयो त भन्ने बारेमा हामी अघिल्लो लेखमा हेर्नेछौँ जब हामी ऋग्वेदमा पुरूषासूक्ताको पुरूषा–प्रजापतिको बलिदानमाथि ध्यान केन्द्रित गर्छौँ, तर अहिलेको लागि यति मात्रै सोच्नुहोस् कि यो कति महत्वपूर्ण छ । स्येतास्येतरोपनिषद् यसरी भन्छ कि:

“अनन्त जीवनमा प्रवेश गर्ने अरू कुनै मार्ग छैन (संस्कृतमा: णन्यह्पन्थ विद्यते—अयनय) स्येतास्येतरोपनिषद् ३:८

यदि तपार्इँ अनन्त जीवनमा रूचि राख्नुहुन्छ भने, यदि तपाईँ मोक्ष या आत्मजागृतिको इच्छा राख्नुहुन्छ भने यस कुरामा जानकार हुनु बुद्धिमानी हुन्छ कि किन र कसरी प्रजापति (या यहोवा) ले हाम्रो लागि येशू खीष्टको स्वयम् बलिदानद्धारा जे प्रकट गर्नुभयो ताकि हामी कर्मबाट बच्न सकौँ अनि स्वर्ग प्राप्त गर्न सकौँ । अनि वेदले हामीलाई मार्गमा बीचमै त्यसै छोडिदिनहुन्न। ऋग्वेदमा पुरूषासूकता छ जसले प्रजापतिको देहधारण र उहाँले हाम्रो लागि गर्नुभएको बलिदानको बारेमा वर्णन गर्छ । पुरूषासूकताको परिचयको बारेमा जान्नको लागि यहाँ क्लिक गर्नुहोस् जसले पूरूषाको बारेमा बताउँछ जसरी बाइबल (वेद पुस्तक) ले येशू सत्संग (नासरतको येशू) र तपाईँलाई मोक्ष वा मुक्ति (अमरत्व) दिनलाई उहाँले गर्नुभएको बलिदानको बारेमा बताउँछ । प्रभु येशू ख्रीष्टको बलिदानबाट कसरी शुद्धिकरण प्राप्त गर्ने भन्ने बारेमा जान्न यहाँ क्लिक गर्नुहोस् ।